About

प्रमुख कर अधिकृतको सन्देशः

मुलुकको आन्तरिक राजस्व परिचालन गर्ने मुल उद्धेश्यका साथ अर्थ मन्त्रालय अन्तर्गत रहेको आन्तरिक राजस्व विभाग अन्तर्गतका ४३ वटा आन्तरिक राजस्व कार्यालयहरुमध्ये आन्तरिक राजस्व कार्यालय भरतपुर, चितवन जिल्ला भित्र मुख्य रुपमा आयकर, मुल्य अभिवृद्धि कर र अन्तःशुल्क प्रशासन गर्त खडा गरिएको एक कार्यालय हो। यस कार्यालयको मातहतमा करदाता सेवा कार्यालय खैरहनी एक मात्र सेवा कार्यालय रहेको छ। यस सेवा कार्यालयले रत्ननगर नगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका र खैरहनी नगरपालिकामा करदाता सेवा र कर संकलनका कार्यहरु सम्पादन गर्दै आएको अवस्था छ। यस कार्यालयबाट प्रवाह गरिने कार्यहरु बढी भन्दा बढी प्रभावकारी बनाउन मौजुदा जनशक्तिको समुचित परिचालन गरी सेवामा शीघ्रता, गुणस्तरियता, पारदर्शी, लागत प्रभावकारी बनाउनुका साथै करदाता मैत्री कर प्रशासन संचालन गर्दै आएका छौं र यसै तर्फ उन्मुख पनि रहने छौं।

करदाताहरुमा आवश्यकताका आधारमा करदाता शिक्षा सधन रुपमा संचालन गरिदै आएको छ र यसलाई आगामी दिनमा निरन्तरता दिनुको साथै थप प्रभावकारी वनाउने हाम्रो प्रतिवद्धता पनि छ। आधुनिकिकरणको लहरसंगै सूचना प्रविधिमा आएका परिवर्तन तथा कर प्रशासनका अबलम्वन गरिएका प्रविधिहरुको उच्चतम परिचालन गर्दै कर प्रशासनको प्रभावकारिता बढाउदै जाने र करदातालाई प्रविधिमैत्री बनाउदै जाने सोच अनुरुप करदाता शिक्षा प्रविधियुक्त बनाउने हाम्रो उद्देश्य हुनेछ र हाम्रा यात्रा पनि त्यसै तर्फको पनि हो। आन्तरिक राजस्वमा हुने बढोत्तरीसंगै मुलुकको आर्थिक समृद्धि जोडिएकोले करछली तथा चुहावट नियन्त्रण गरी स्वच्छ, पारदर्शी प्रविधिमैत्री कर प्रशासनः विकास समृद्धि र सुशासन भन्ने नवौं राष्ट्रिय कर दिवसले अंगिकार गरेको नारा सफल पारी कार्यमुलक लक्ष्य प्राप्तीका सहयात्री कर्मचारी, सरोकारवाला तथा करदाता सबै एकजुट भई अगाडी बढौं।