About

परिचय

आन्तरिक राजस्व कार्यालय धरानको स्थापना वि.सं. २०५८ सालमा भएको हो।यस कार्यालयको स्थापना तत्कालीन अन्तःशुल्क विभाग, कर विभाग तथा मुल्य अभिवृद्धी कर विभाग समेतको एकीकरण भई पूर्वाञ्चलको सुन्दरनगरी धरानमा भएको हो । नेपाल सरकारले २०५८ सालमा तत्कालीन अन्तःशुल्क विभाग, कर विभाग तथा मुल्य अभिवृद्धी कर विभाग समेतको एकीकरण गरी आन्तरिक राजस्व विभागको स्थापना गरे सँगै यस कार्यालयको स्थापना पानि गरेको हो। प्रारम्भिक कालमा हालको भानुचोक स्थित पुरानो कर कार्यालयको भवनबाटै यसको प्रशासन गरिएकोमा वि.सं. २०५८ साल पश्चात् साविकको कार्यालयमा नयाँ भवन निर्माणगरी कार्यालय सञ्चालनमा आएको हो। यस कार्यालयको स्थापना पश्चात् धरान १८ को भूपीमार्ग स्थित आफ्नै भवनबाट हाल सम्म करीब ६८ हजार छ सय करदाताहरु मध्ये ६५ हजार ५ सय ११ सक्रिय करदाता लाई प्रत्यक्ष परोक्ष रुपमा सेवा पुर्याइरहेको छ ।

कार्यालयको अवस्थिती तथा कार्यक्षेत्र: धरान उपमहानगरपालिकाको वार्ड नंम्बर १६ भूपी मार्गस्थित कार्यालयले एक विगाहा जमीन चर्चेको छ जसमा एकवटा मुख्य प्रशासनिक भवन तथा तीन वटा कर्मचारी आवास भवनहरु रहेका छन्। धरानको भानुचौकमा तेह्रधुरमा बनेको १४ कोठाको भवन समेत कर्मचारी आवासको रुपमा प्रयोग भइरहेको छ ।

आन्तरिक राजस्व कार्यलय धरानको प्रशासनिक भवन

कोशी अञ्चलका पाँचवटा जिल्ला सुनसरीको धरान उपमहानगरपालिका साथै बराह नगरपालिक वडा नं. १ देखि वडा नं. ७ सम्म , धनकुटा, तेह्रथुम, भोजपुर तथा संखुवासभा यस कार्यालयको कार्यक्षेत्र पर्दछन् । दुर्गम पहाडि जिल्लाका करदाताहरु तथा व्यवसायीहरु लाई धरानमा रहेर करदातासेवा प्रदान गरीरहेको यस कार्यालयले भौगोलिक जटिलताको कारण पहाडी क्षेत्रका करदाताहरुलाई अपेक्षित रुपमा प्रभावकारी सेवा प्रदानगर्न नसिकएता पनि करदातालाई राज्यलेप्रदान गरेका सेवा तथा सुविधा तथा कर प्रशासन सम्बन्धमा जानकारी गराउनको लागि घुम्ती सेवा प्रदानगर्ने तथा बेलाबेलामा करदाताहरुसँग उनीहरुलाई पायक पर्ने स्थानमा गइ अन्तरक्रिया एवं छलफल गर्ने गरिएको छ । हाल  पहाडी क्षेत्रमा करदाताहरूलाई प्रत्यक्ष सेवा पुर्याउने उदेश्यले  धनकुटा, संखुवासभा र भोजपुर गरी जम्मा तीनवटा करदाता सेवा कार्यालय स्थापना भएका छन् ।