About

परिचय

आन्तरिक राजस्व विभाग अन्तर्गतका ४३ आन्तरिक राजस्व कार्यालयहरुमध्य काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १३ र १४ तथा किर्तीपुर नगरपालिका र दक्षिणकाली नगरपालिका कार्यक्षेत्रभित्रको आन्तरिक करको प्रशासनिक कार्य गर्नका लागि का. म. न. पा.  १४ कलंकी काठमाडौमा करदाता सेवा कार्यालयको रुपमा मिति २०६८।३।२४ मा स्थापना भई संचालनमा आएको यस कार्यालय मिति २०७५।५।१ देखि आन्तरिक राजस्व कार्यालयमा रुपान्तरण भएको हो । यस कार्यालयले आफ्नो कार्यक्षेत्र भित्र आयकर, मूल्य अभिवृद्धि कर तथा अन्त शुल्कको प्रशासन गर्नुका साथै करदाता शिक्षा, सचेतना, करदाता दर्ता लगायतका सेवा प्रवाहको कार्यहरु गर्दै आइरहेको छ । चुस्त, पारदर्शी एवं सक्षम कर प्रशासनका माध्यमबाट नेपाल सरकारको राजस्व नीतिको प्रभावकारी कार्यान्वयन गरी समृद्ध नेपाल:सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्तिमा योगदान गर्न यो कार्यालय प्रतिवद्ध रहेको छ । दशौं राष्ट्रिय कर दिवश २०७८ का लागि आन्तरिक राजस्व विभागबाट तय गरिएको स्वेच्छिक कर सहभागितमा अभिवृद्धि: सुशासन विकास र समृद्धि नारालाई सार्थक वनाउने गरी यस कार्यालय अगाडि बढिरहेको छ ।

मुख्य कार्यहरु

उदेश्यहरु

प्रभावकारी सेवा प्रवाह गर्ने

राजस्व संकलन गर्ने

कर कानूनको परिपालना गराउने

रणनीति

  • सक्षम र व्यवसायिक कर प्रशासनमार्फत सेवाग्राहीमैत्री, प्रविधिमैत्री र व्यवासायमैत्री सेवाप्रवाह सुनिश्चित गर्ने
  • शिक्षा अन्तर्क्रिया तथा गुनासो सुनुवाइ मार्फत करदाता र कर प्रशासनबीच असल सम्बन्ध विकास गर्ने
  • प्रभावकारी अनुगमन तथा गुणस्तरीय कर परीक्षण अनुसन्धान मार्फत कर कानूनको परिपालना वढाउने

 

सोच