About

About

आन्तरिक राजस्व कार्यालय, कावासोती यहाँहरुलाई हार्दिक स्वागत गर्दछ ।

आन्तरिक राजस्व कार्यालय, कावासोती नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७६।०९।२१ को निर्णयानुसार साविक करदाता सेवा कार्यालयबाट आन्तरिक राजस्व कार्यालयका रुपमा स्तरोन्नती भइ सञ्चालनमा आएको हो ।यस कार्यालयको कार्यक्षेत्र अन्तरगत नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्लाभित्रका सबै क्षेत्रहरु पर्दछन् ।यस जिल्लामा गैडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका र मध्यबिन्दु नगरपालिका गरी चार वटा नगरपालिकाहरु रहेका छन् भने गाउँपालिकाहरुमा बौदीकाली गाउँपालिका, बुलिङ्गटार गाउँपालिका, बिनयी त्रिवेणी गाउँपालिका र हुप्सेकोट गाउपालिकाहरु रहेका छन् । यस जिल्ला अन्तरगत रहेका प्रमुख व्यवसायिक एवम् व्यापारिक क्षेत्रहरुमा गैडाकोट बजार, भेडावारी, अमरापुरी, रजहर, केउरेनी, दलदले, प्रगतिनगर, कावासोती, डण्डा, झ्यालबास, चोरमारा, अरुणखोला, दुम्कीबास, सर्दी, त्रिवेणी, डेढगाउँ, बुलिङ्गटार आदि रहेका छन् ।