About

हाम्रो बारेमा

करदाता सेवा कार्यालय सन्धिखर्कको वेबसाइटमा हार्दिक स्वागत छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७६.०९.२१ को निर्णयानुसार आन्तरिक राजस्व कार्यालय कृष्णनगरको मातहतमा रही अर्घाखाँची जिल्ला भित्रका करदाताहरूलाई सेवा प्रवाह गर्ने गरी यस  कार्यालयकाे स्थापना भएको  हो । यस कार्यालयले आफ्नो कार्यक्षेत्र भित्र आयकर, मूल्य अभिवृद्धि कर  र अन्तःशुल्क  सम्बन्धी नीतिहरूको कार्यान्वयन र सेवा प्रवाह गर्दछ। यस कार्यालयको कार्यालय कोड ३०५०४५१०१ हो ।