About

हाम्रो बारेमा

कर प्रशासनलाई अझ सुदृढ र आधुनिक बनाई करदातालाई प्रदान गरिने सेवामा प्रभावकारिता ल्याई अधिकतम राजस्व परिचालन गर्न, करदाताको आवश्यकतामा आधारित करदाता शिक्षा आदि कार्यहरु कुशल तरिकाले सम्पादन गर्नका लागि नेपाल सरकार (मन्त्रिपरिषद) को मिति 2076/09/21 को निर्णयानुसार आन्तरिक राजस्व कार्यालय, दमौलीको मातहत रहने गरी मिति 2077/05/01 देखी यस कार्यालयले गोरखा जिल्ला अन्तर्गतका करदाताहरुलाई सेवा प्रवाह गर्दै आइरहेको छ।यो कार्यालय गोरखा जिल्लाको सदरमुकाम गोरखा, आलेगाँउमा अवस्थित छ।

आन्तरिक राजस्व कार्यालय दमौली,तनहुँको मातहतमा रही गोरखा जिल्ला भित्रका करदाताहरुलाई सेवा प्रवाह गर्ने गरी यस कार्यालयको स्थापना भएको हो । यस कार्यालयले आफ्नो कार्यक्षेत्र भित्र आयकर, मूल्य अभिवृद्धि कर र अन्तः शुल्क कर सम्बन्धी नीतिहरुको कार्यान्वयन र सेवा प्रवाह गर्दछ ।