About

पृष्ठभूमि

नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागको उद्देश्य अनुरुप आन्तरिक राजस्व व्यवस्थापन गर्ने, सूचना प्रविधिको उपयोग गर्दै करदाता सेवा प्रदान गर्ने, सबै करदाताको पहिचान दिने गरी स्थायी लेखा नम्बर जारी गर्ने, स्वयं कर निर्धारण प्रणालीलाई व्यवस्थित गर्दै सूचना प्रविधिको उपयोगबाट करदाता र कर प्रशासनको प्रत्यक्ष सम्पर्क घटाउँदै कर सहभागिता बढाउने, कर संकलन लागत घटाउने, अनौपचारिक अर्थतन्त्रलाई करको दायरामा ल्याउन जोड दिनेजस्ता कार्यनीति तथा कार्यक्रमहरु सञ्‍चालन गर्नका लागि नेपाल सरकार मन्त्रिपरिषद्को २०७६ पुस २१ को निर्णयबाट देशभरीमा २४ वटा कर सेवा कार्यालय स्थापना गर्ने निर्णय भएको थियो । सोही निर्णय अनुसार गुल्मीको सदरमुकाम तम्घासमा पनि करदाता सेवा कार्यालय स्थापना भएको हो ।

 
आन्तरिक राजस्व कार्यालय बुटवलको कार्यक्षेत्र अन्तरगत गुल्मीका करदातालाई यसले सेवा प्रवाह गर्दै आएको छ। कर सम्बन्धी सेवा प्रवाह, बजार अनुगमन, व्यवसायलाई करमा दर्ता गर्ने, कर संकलन गर्ने, कर सम्बन्धी शिक्षा दिने साथै चाहेका व्यवसायीको व्यवसाय खारेज गर्ने लगायतका सेवाहरु यस कार्यालयले प्रदान गर्दै आएको छ ।

करदाता सेवा कार्यालय तम्घास, गुल्मीको कार्यालय जिल्ला सदरमुकाम तम्घास स्थित क्याम्पस रोडमा रहेको छ ।

ऐन कानुनहरु

आन्तरिक राजस्व विभागले मूलतः आयकर, मू.अ.कर र अन्तःशुल्कको प्रशासन गर्दछ । यसका अलावा शिक्षा सेवा शुल्क, स्वास्थ्य सेवा शुल्क, बहालकर पनि यस कार्यालयले हेर्ने गर्दछ ।हाल राजस्व प्रशासनमा आयकर ऐन २०५८ र नियमावली २०५९, मू.अ.कर ऐन २०५२ र नियमावली २०५३, अन्तशुल्क ऐन २०५८ र नियमावली २०५९ कार्यान्यनमा छन् भने निर्देशिकाहरु पनि विभागले जारी गरेको छ ।

 

कार्यालयको कार्यक्षेत्र

यस कार्यालयको कार्यक्षेत्र गुल्मी जिल्ला रहेको छ । करदाता सेवा कार्यालयको तालुक कार्यालयको रुपमा आन्तरिक राजस्व कार्यलय, बुटवल रहेको छ ।