About

कार्यालयको परिचय

कर प्रशासनलाई सरल, जनकेन्द्रित, जनसमर्पित बनाइ सेवाको प्रभावकारिता अभिवृद्धि गर्न तथा कर सहभागिता लागतलाई न्यून गर्ने उद्देश्यका साथ साविकमा यस कपिलवस्तु जिल्लामा एक मात्र आन्तरिक राजस्व कार्यालय रहेकोमा २०७७ साल श्रावण १ गते कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा करदाता सेवा कार्यालयको स्थापना भएको हो ।

यस कार्यालयको मुख्य कार्य जिम्मेवारी आफ्नो कार्यक्षेत्रभित्रका करदाताहरुको पहिचान गरी स्थायी लेखा नम्बर जारी गरी कराधार विस्तार गर्ने, करदाता शिक्षा कार्यक्रमका माध्यमद्धारा कर सचेतना अभिबृद्धि गर्ने, स्वयम् कर निर्धारण प्रणालीलाई उत्प्रेरित गर्ने, कर विवरण पेश नगर्ने करदाताहरुको पहिचान गरी कर विवरण संकलन गर्ने, कर चुक्ता प्रमाणपत्र जारी गर्ने, करदाताले  दाखिला गरेको कर र कर प्रशासनले कररोपण गरी सिर्जना गरेको कर संकलन गर्ने र बक्यौता रकम असुली गरी सोको अभिलेख अद्यावधिक गर्ने तथा करदाताहरुलाई गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्नु हो ।यस कार्यालयको कार्यक्षेत्र अन्तर्गत कपिलवस्तु जिल्लाका वाणगंगा नगरपालिका, कपिलवस्तु नगरपालिका, बुद्धभूमि नगरपालिका, मायादेवी गाउँपालिका, शुद्धोधन गाउँपालिका र यशोधरा गाउँपालिका गरी जम्मा ६ स्थानीय तहहरु पर्दछन् ।