About

About

स्वेच्छिक कर सहभागितामा अभिवृद्धि : सुशासन, विकास र समृद्धि" भन्ने नाराको साथ शुरु दशौं राष्ट्रिय कर सप्ताहको पहिलो दिन सेवा लिन आउने पहिलो करदातालाई अविर तथा खादाबाट सम्मान गरि सेवा प्रारम्भ ।

हाम्रो बारेमा

 नेपालमा आधुनिक कर प्रणालीको शुरुवात बि.सं.२००८ मा बजेट बक्तब्यमार्फत भएपनि यसको कार्यान्वयन भने बि.सं.२०१५ देखि अर्थ मन्त्रालय अन्तर्गत आयकर शाखा स्थापना भएदेखि शुरु भएको थियो । बि.सं.२०१७ मा छुट्टै कर विभाग र यसका २९ बटा कार्यालय हुदै बि.सं.२०५८ साउन १ देखि आन्तरिक राजस्व विभागका रुपमा साविकका मूल्य अभिवृद्धि कर, अन्तशुल्क र आयकर समेतको प्रशासन शुरु भएको हो । नेपाल सरकारको कुल राजस्व मध्ये करीब आधा हिस्सा आन्तरिक राजस्व विभागबाट र आन्तरिक राजस्व विभागको करीब आधा हिस्सा ठूला करदाता कार्यालयबाटै संकलन हुने गरेको छ । आन्तरिक राजस्व विभाग अन्तर्गत ८४ वटा कार्यालयहरु मध्ये ठूला करदाता कार्यालय एक हो । समग्र विभागले लिएको कार्यप्रणाली बमोजिमै यस कार्यालयले करदाताको स्वेच्छिक कर सहभागिता बमोजिम कर परिपालना गराउने र कर जोखिममा आधारित भै कर परीक्षण र अनसन्धान गर्ने, सूचना प्रविधिको उपयोग गर्दै करदातालाई सेवा प्रदान गर्ने, करदातासंग प्रत्यक्ष सम्पर्क कम गर्ने, अनौपचारिक अर्थतन्त्रलाई करको दायरामा ल्याउने लेखा र बैकिङ्ग प्रणाली प्रोत्साहन गर्ने गरेको छ । नेपाल सरकार, अर्थ मन्त्रालयले तोकेको करदाताको बार्षिक कारोवारको आधारमा तथा कारोवारको प्रकृतिको आधारमा हाल ५५७ करदाताहरु ठूला करदाता कार्यालयको कार्यक्षेत्र भित्र परेका छन् । यी करदाताको सेवा सुविधा, कर परिपालना समेतको व्यवस्थापन, नियमन गर्न ठूला करदाता कार्यालय, ललितपुरमा १ प्रमुख कर प्रशासक, १० जना प्रमुख कर अधिकृत, ३३ जना कर अधिकृत, १ कानून अधिकृत, १ सूचना प्रविधि अधिकृत लगायत ७३ जना कर्मचारीहरु कार्यरत रहेका छन् । कार्यगत प्रणाली बमोजिम करदाता सेवा शाखा-१, कर संकलन शाखा-१ तथा क्षेत्रगत बिशिष्ठताका आधारमा छ वटा कर परीक्षण शाखा र १ वटा अनुसन्धान शाखा समेत रहेको छ । बिशेषतः गैह कृषिजन्य उद्योग, कृषिजन्य उद्योग, व्यापार, सेवा क्षेत्र, बैकिङ्ग र फाईनान्स तथा अन्तर्राष्ट्रिय कम्पनीहरु गरी ६ वटा क्षेत्रगतरुपमा छुटाछुट्टै कर परीक्षण शाखाहरु तोकिई सोही बमोजिम क्षेत्रगत विशिष्ठताका आधारमा कर परीक्षण गरिदै आएको छ ।