About

हाम्रो बारेमा

कर प्रणाली आफैमा शासन, विकास र सेवा प्रवाहको मेरुदण्ड हो । राज्य व्यवस्थाको चुस्तता र सुदृढीकरणको अवस्था मापन गर्ने एक महत्वपूर्ण आयाम हो । राज्यको ढुकुटी निर्माण र व्यवस्थापनको प्रमुख प्रणाली र अवयव हो । यही कर प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र अनुमानयोग्य बनाउन कर प्रशासनको विकास भएको हो । यसै अन्तर्गत विगतमा रहेको कर विभाग र मूल्य अभिवृद्धि कर विभागलाई एकीकृत गरी हालको आन्तरिक राजस्व विभागको स्थापना भएको हो । यसै विभाग अन्तर्गगत हाल १ ठूला करदाता कार्यालय, एक मध्यमस्तरीय करदाता कार्यालय, ४३ आन्तरिक राजस्व कार्यालय  र ३९ करदाता सेवा कार्यालयहरु रहेको छन् ।करदाता सेवा कार्यालय, परासी देशभरका ३९ करदाता सेवा कार्यालय मध्येको एक हो । आन्तरिक राजस्व कार्यालयहरुको कार्यसम्पादनमा अत्याधिक चाप बढ्दै गएपछि उक्त चापको सही समायोजन गर्ने गरी करदाता सेवा कार्यालयहरुको स्थापना गरिएको हो । व्यापारिक प्रतिष्ठान, उद्योग तथा अन्य अन्तशूल्क प्रतिष्ठानहरुको बढ्दो सङ्ख्यालाई मध्यनजर गर्दै जनताको नजिकको कार्यालयबाट सेवा प्रवाह गर्ने अभिलाषा सहित यो कार्यालयको स्थापना भएको देखिन्छ ।यसै प्रकृया अन्तर्गत यस कार्यालयको स्थापना नेपाल सरकार(मन्त्रीपरिषद्) को मिति २०७६।०९।२१ को निर्णयानुसार आन्तरिक राजस्व कार्यालय, भैरहवाको मातहतमा रही नवलपरासी (ब.सु.प.) का करदाताहरुलाई सेवा प्रवाह गर्ने गरी भएको हो। यस कार्यालयको प्रशासन सञ्चालन गर्नको लागि कर अधिकृत सहित कुल ६ जनाको दरबन्दी रहेकोमा स्थायी तर्फ कर अधिकृत १,नायब सुब्बा१ र करार तर्फ डाटा ईन्ट्री सुपरभाईजर १, हलुका सवारी चालक १, कार्यालय सहयोगी १ गरी ५ जना कार्यरत रहेको अवस्था छ ।