महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ पोहेलागा दशमी - २५

बारम्बार सोधिने प्रश्नहरू

इजाजतपत्र लिनु पर्ने वस्तु तथा सेवाको इजाजतपत्र दस्तुर र नवीकरण दस्तुर सम्बन्धमा अन्त M शुल्क नियमावली, २०५९ को अनुसूची २ मा व्यबस्था गरिएको हुन्छ। अन्त M शुल्क नियमावली, २०५९ मा २०८० मा भएको चौबिसौ संशोधन अनुसार देहाय बमोजिमको इजाजत दस्तुर र नविकरण दस्तुर तोकेको छ ।

आर्थिक ऐन २०७२ अर्थात २०७२ श्रावण १ गते पछिको निवृत्तिभरण आयमा १ प्रतिशत सामाजिक सुरक्षा कर नलाग्ने व्यवस्था भएको छ ।

कुनै आर्थिक बर्षमा एक पटकमा एउटा मात्र रोजगारदाताकोमा रोजगारी गरी सो रोजगारीको मात्र आय हुनेले आय विवरण पेश गर्नु पदैन । तर रु.४० लाख भन्दा बढी बार्षिक आय हुने प्राकृतिक व्यक्तिले अनिवार्य रुपमा आय विवरण पेश  गर्नु पर्दछ । 

श्रीमानको कुनै आयश्रोत नभए पनि (वा श्रीमतीको कुनै आयश्रोत नभए पनि) श्रीमतीको कर रकमबाट (वा श्रीमानको कर रकमबाट) श्रीमान् बिरामी हुँदाको औषधि उपचार खर्च (वा श्रीमती बिरामी हुँदाको औषधी उपचार खर्च) वापत् कर मिलान गर्न दावी गर्न पाईन्छ । यस्तो कर मिलानको सुविधा दुबैजना दम्पत्ति विरामी हुँदा लागेको औषधि उपचार खर्च वापत पनि पाईन्छ । तर बार्षिक कर मिलान दावी रकम रु. ७५०।– भन्दा बढी हुन सक्दैन र कूल औषधि उपचार खर्चको १५ प्रतिशत भन्दा बढी पनि हुन सक्दैन । तर बढी खर्च वापतको दावी कर मिलान रकम आगामी वर्षहरुमा सार्न पाईन्छ । यसै गरी श्रीमानको बीमा गरेको रकम भएमा पनि २० हजार सम्मको सीमा अन्तर्गत रही खर्च कट्टी गर्न पाईन्छ ।

प्राकृतिक व्यक्तिले दम्पत्तिको रुपमा आफैले छनौट गरी आय विवरण भर्न सक्दछन् । यस्तो छनौट अर्को वर्ष परिवर्तन पनि गर्न सक्दछ । यस्तो छनौट गर्न आन्तरिक राजस्व विभाग लगायत कसैसंग स्वीकृति लिई रहनु पर्दैन । श्रीमान् वा श्रीमती दुबैजनाको आयश्रोत भएपनि/नभएपनि यस्तो छनौट गर्न सक्दछन् र प्राकृतिक व्यक्तिले दम्पत्तिले पाउने सुविधा पाउन सक्दछ ।श्रीमान् वा श्रीमती दुबैजनाको आयश्रोत भएको प्राकृतिक व्यक्तिले दम्पत्तिको सुविधा लिएमा दुवैको आयलाई संयुक्त रुपमा जोडी कर गणना गर्नु पर्दछ । आश्रितलाई भरणपोषण गर्नुपर्ने बासिन्दा विधवा वा विधुरलाई पनि दम्पत्ति सरह मानिन्छ ।

प्राकृतिक व्यक्तिले आयकर नियमावलीले तोके अनुसारको दरले दुर्गम क्षेत्रमा बसोबास गरी व्यवसाय वा रोजगारी गरेमा करयोग्य आयमा छुट पाउँछ । यस्तो छुट ‘ङ’ वर्गको भौगोलिक क्षेत्रमा १० हजार रुपैयाँदेखि ‘क’ वर्गको भौगोलिक क्षेत्रमा रु. ५० हजार रुपैयाँसम्म छ ।

त्यसैगरी बासिन्दा प्राकृतिक व्यक्तिले वार्षिक रु.७५०।– मा नबढ्ने गरी आफुले गरेको औषधि उपचार खर्चको १५ प्रतिशतमा नबढाई (सौन्दर्य सल्य चिकित्सामा भएको खर्च बाहेक) तिर्नुपर्ने करमा सोझै कर कट्टी मिलान दावी गर्न सक्दछन् । एक वर्षको दावी रु.७५०।– को सीमाले कर मिलान गर्न नभ्याए आगामी वर्षहरुमा सार्न समेत पाउँछ ।

क) प्राकृतिक व्यक्तिलाई लाग्ने करको दर र छुटको सिमा आर्थिक वर्ष अनुसार फरक हुन सक्छ । प्राकृतिक व्यक्तिको रोजगारीको आयमात्र भएमा सो आयमा आ.व २०८०/०८१ मा लाग्ने करको दर निम्नानुसार छ ।

विवरण

करयोग्य आय रु.

करको दर

एक्लो प्राकृतिक व्यक्तिको रुपमा छनौट गर्नेको हकमा

(क)    ५,००,०००।०० सम्म

सामाजिक सूरक्षा कर बापत एक प्रतिशत कर लाग्ने ।

(ख)    ७,००,०००।०० सम्म

रु.५ लाखसम्म एक प्रतिशत र बांकी रकममा दश प्रतिशतले कर लाग्ने ।

(ग)    १०,००,०००।०० सम्म

रु.७ लाखसम्म पच्चिस हजार रुपैयाँ र बांकी रकममा बीस प्रतिशतले कर लाग्ने ।

(घ)     २०,००,०००।०० सम्म

रु.१० लाखसम्म पचासी हजार रुपैयाँ र बांकी रकममा तीस प्रतिशतले कर लाग्ने ।

(ङ)     २०,००,०००।०० रुपैयाँ भन्दा माथि पचास लाख सम्मको करयोग्य आय हुनेको हकमा

रु.५ लाखमा एक प्रतिशत,

रु.२ लाखमा दश प्रतिशत,

रु.३ लाखमा बीस प्रतिशत,

रु.१० लाखमा तीस प्रतिशत,

रु.२० लाख भन्दा बढी पचास लाख सम्मको करयोग्य आयमा  तीस प्रतिशतले हुने करको दरमा थप बीस प्रतिशत अतिरिक्त कर लाग्ने ।

५०,००,०००/०० रुपैँया भन्दा माथि जतिसुकै करयोग्य आय हुनेको हकमा

रु.५० लाख भन्दा बढी जतिसुकै करयोग्य आय भएमा तीस प्रतिशत बमोजिमको दरको थप तीस प्रतिशत

दम्पती प्राकृतिक व्यक्तिको रुपमा छनौट गर्नेको हकमा

(क)    ६,००,०००।०० सम्म

सामाजिक सूरक्षा कर बापत एक प्रतिशत कर लाग्ने ।

(ख)    ८,००,०००।०० सम्म

रु.६ लाख  सम्म एक प्रतिशत र बांकी रकममा दश प्रतिशतले कर लाग्ने ।

(ग)    ११,००,०००।०० सम्म

रु.८ लाख सम्म छब्वीस हजार  रुपैयाँ र बांकी रकममा बीस प्रतिशतले कर लाग्ने ।

(घ)     २०,००,०००।०० सम्म

रु.११ लाख रुपैंयासम्म छयासी हजार  रुपैयाँ र बांकी रकममा तीस प्रतिशतले कर लाग्ने ।

(ङ)     २०,००,०००।०० रुपैयाँ भन्दा माथि पचास लाख सम्मको करयोग्य आय हुनेको हकमा

रु.६ लाख मा एक प्रतिशत,

रु.२ लाखमा दश प्रतिशत,

रु.३ लाखमा बीस प्रतिशत,

रु.९ लाखमा तीस प्रतिशत,

ख) प्राकृतिक व्यक्तिको व्यवसायिक आय अर्थात एकलौटी (प्रोप्राईटरशीप) फर्मको व्यवसायिक आयमा आ.व २०८०/०८१ मा लाग्ने करको दर र कर निम्नानुसार छ ।

विवरण

करयोग्य आय रु.

करको दर

एक्लो प्राकृतिक व्यक्तिको रुपमा छनौट गर्नेको हकमा

(क)    ५,००,०००।०० सम्म

कर नलाग्ने ।

(ख)    ७,००,०००।०० सम्म

रु.५ लाखसम्म कर नलाग्नेर बांकी रकममा दश प्रतिशतले कर लाग्ने ।

(ग)    १०,००,०००।०० सम्म

रु.७ लाखसम्म बीस हजार रुपैयाँ र बांकी रकममा बीस प्रतिशतले कर लाग्ने ।

(घ)     २०,००,०००।०० सम्म

रु.१० लाखसम्म असी हजार रुपैयाँ र बांकी रकममा तीस प्रतिशतले कर लाग्ने ।

(ङ)     २०,००,०००।०० रुपैयाँभन्दा बढी रु. ५०,००,०००।०० करयोग्य आय हुनेको हकमा

खण्ड (घ) बमोजिम लागेको करको दरमा थप बीस प्रतिशत ।

(च)    ५०,००,०००।०० रुपैयाँभन्दा बढी करयोग्य आए हुनेको हकमा

बढी भएजति करयोग्य आयको खण्ड (घ) बमोजिम लागेको करको दरमा थप तीस प्रतिशत ।

दम्पती प्राकृतिक व्यक्तिको रुपमा छनौट गर्नेको हकमा

(क)    ६,००,०००।०० सम्म

कर नलाग्ने ।

(ख)    ८,००,०००।०० सम्म

रु.६ लाखसम्म कर नलाग्ने र बांकी रकममा दश प्रतिशतले कर लाग्ने ।

(ग)    ११,००,०००।०० सम्म

रु.८ लाखसम्म बीस हजार रुपैयाँ र बांकी रकममा बीस प्रतिशतले कर लाग्ने ।

(घ)     २०,००,०००।०० सम्म

रु.११ लाखसम्म असी हजार रुपैयाँ र बांकी रकममा तीस प्रतिशतले कर लाग्ने ।

(ङ)     २०,००,०००।०० रुपैयाँभन्दा बढी रु. ५०,००,०००।०० करयोग्य आय हुनेको हकमा

खण्ड (घ) बमोजिम लागेको करको दरमा थप बीस प्रतिशत ।

(च)    ५०,००,०००।०० रुपैयाँभन्दा बढी करयोग्य आए हुनेको हकमा

बढी भएजति करयोग्य आयको खण्ड (घ) बमोजिम लागेको करको दरमा थप तीस प्रतिशत ।

आयकर ऐन, २०५८ र सम्बन्धित वर्षको आर्थिक ऐनले कर नलाग्ने छुट रकमको सिमा फरक फरक तोकेको हुन्छ । तर प्राकृतिक व्यक्तिको रोजगारी आय भएमा कर छुटको सिमा नभएकोले शुरुदेखि कै छुट सिमा सम्मको आयमा सामाजिक सुरक्षा कर लाग्दछ । आ.व २०८०/०८१ को लागि हेर्ने हो भने प्राकृतिक व्यक्तिको व्यवसायिक आय अर्थात एकलौटी (प्रोप्राईटरशीप) फर्मको व्यवसायिक आयमा शुरु सिमा (एकल व्यक्तिको लागि रु.५ लाख तथा दम्पत्तिका लागि रु.६ लाख)मा आयकर लाग्दैन तर प्राकृतिक व्यक्तिको रोजगारीको आयको शुरु स्ल्याव अर्थात एकल व्यक्तिको हकमा रु.५ लाख तथा दम्पत्तिको हकमा रु.६ सम्मको आयमा समेत १% ले कर लाग्दछ । तर निवृत्तभरण  बापतको  आय,  निवृत्तभरण  कोष  र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गरेको रकममा १ प्रतिशत कर लाग्दैन ।

प्राकृतिक व्यक्तिले PAN लिंदा आफ्नो परिचय खुलाउने प्रमाणको प्रतिलिपि (जस्तै नागरिकता प्रमाणपत्र वा राहदानी), फोटो, पेशा व्यवसाय गरेको भए पेशागत प्रमाणपत्र वा फर्म दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि र आफ्नै  घरमा कारोवार गर्ने भए सो को प्रमाण वा भाडामा भए घरबहाल सम्झौता पत्रको प्रतिलिपी पेश गर्नु पर्दछ ।

प्राकृतिक व्यक्तिले आफू बसोबास गरेको स्थल वा कारोवार गरेको स्थल (प्रोप्राइटरशीप फर्म भए सो फर्मको मुख्य ठेगाना रहेको स्थल) वा रोजगारी गरेको ठाउँसँग सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयबाट स्थायी लेखा नम्बर (PAN) लिनु पर्दछ ।

प्राकृतिक व्यक्तिको करको दायित्व कानुनमा तोके बमोजिम हुन्छ अर्थात् कर तिर्न अटेरी गरेमा निजको घरघराना, जायजेथा लिलाम विक्री गरेर पनि आयकर असुली गर्न सकिन्छ ।

निर्धारण योग्य आय आर्जन गर्न चाहने वा भुक्तानीमा अग्रिम कर कट्टी गर्नुपर्ने प्राकृतिक व्यक्तिले स्थायी लेखा नम्बर (PAN) लिनु पर्दछ ।

महिला, पुरुष वा अन्य लिंग भएको मानिस (Human Beings) र प्राकृतिक व्यक्तिको स्वामित्वमा रहेको एकलौटी फर्म समेतलाई प्राकृतिक व्यक्ति भनिन्छ ।

बासिन्दा प्राकृतिक व्यक्तिले नेपालमा श्रोत भएको,व्यवसायबाट प्राप्त आयमात्र भएको, व्यवसायको करयोग्य आय दश लाख रुपैयाँ र व्यवसायको कारोबार तीस लाख रुपैयाँ भन्दा बढी र एक करोड रुपैयाँ भन्दा घटी भएको र चिकित्सक, ईन्जिनियर जस्ता पेशाविद्ब प्रदान गर्ने परामर्श तथा विशेषज्ञ सेवा बापतको आय नभएको करदाताको हकमा देहाय अनुसार खण्ड (क) र (ख)  वा (क),(ख) र(ग) को जोड बमोजिमको कर दाखिला गर्नु पर्दछ । [आयकर ऐन, २०५८ को दफा ४ को उपदफा (४क)]

खण्ड (क) - रु. तीस लाख रुपैंया सम्मको कारोबारमा

व्यवसाय हुने क्षेत्र

कर रकम रु.

महानगरपालिका वा उपमहानगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्ति

७,५00।-

नगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्ति

४,000।-

माथि उल्लिखित क्षेत्र बाहेक अन्य क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्ति

२,५00।-

खण्ड (ख) - रु. तीस लाख रुपैंयाभन्दा बढी रु पचास लाख रुपैंयासम्मको कारोवारमा

व्यवसायको प्रकार

कर दर

ग्याँस, चुरोट लगायतका तीन प्रतिशतसम्म कमिशन वा मूल्य थप गरी वस्तुको कारोवार गर्ने व्यक्तिलाई तीस लाख रुपैंया भन्दा बढी रु.पचास लाख रुपैंया सम्मको कारोवार रकममा

०.२५ प्रतिशत

माथि उल्लिखित व्यवसाय बाहेकको व्यवसाय गर्ने व्यक्तिलाई तीस लाख रुपैंया भन्दा बढी रु. पचास लाख रुपैंया सम्म कारोवार रकमको

१ प्रतिशत

सेवा व्यवसाय गर्ने व्यक्तिलाई तीस लाख रुपैंया भन्दा बढी रु. पचास लाख रुपैंया सम्म कारोवार रकमको

२ प्रतिशत

खण्ड () - रु. पचा लाख रुपैंयाभन्दा बढी रु एक करोड रुपैंयासम्मको कारोवारमा

व्यवसायको प्रकार

कर दर

ग्याँस, चुरोट लगायतका तीन प्रतिशतसम्म कमिशन वा मूल्य थप गरी वस्तुको कारोवार गर्ने व्यक्तिलाई पचास लाख रुपैंया भन्दा बढी रु.एक करोड रुपैंयासम्मको कारोवार रकमको

०.३ प्रतिशत

माथि उल्लिखित व्यवसाय बाहेकको व्यवसाय गर्ने व्यक्तिलाई पचास लाख रुपैंया भन्दा बढी रु.एक करोड रुपैंयासम्मको कारोवार रकमको

०.८ प्रतिशत

सेवा व्यवसाय गर्ने व्यक्तिलाई पचास लाख रुपैंया भन्दा बढी एक करोड रुपैंयासम्मको कारोवार रकमको

२ प्रतिशत

कारोवारको आधारमा कर तिर्ने व्यक्तिले देहाय बमोजिम दुई किस्तामा कर दाखिला गर्नुपर्ने व्यवस्था ऐनको दफा ९४ को उपदफा (१क) मा रहेको छ ।

दाखिला गर्नु पर्ने मिति

दाखिला गर्नु पर्ने कर रकम

पुस महिनाको अन्त्यसम्म

पुस २० गते सम्मको कारोवारमा तोकिएको दर अनुसार लाग्ने कर

असार महिनाको अन्त्यसम्म

असार २० गते सम्मको यथार्थ कारोवारको आधारमा असार महिनाको अन्त्यसम्म हुने कारोवार अनुमान गरी तोकिएको दर अनुसार लाग्ने करको गणना गरी सो कर रकमबाट पुस मसान्तभित्र दाखिला गरेको कर घटाई हुन आउने कर रकम ।

बासिन्दा प्राकृतिक व्यक्तिले व्यवसायबाट प्राप्त आय तीन लाख रुपैयाँ र व्यवसायको कारोबार बार्षिक तीस लाख रुपैयाँ भन्दा बढी नभएको तथा मूल्य अभिवृद्धि करमा दर्ता नभएको करदाताको हकमा देहाय अनुसार कर लाग्ने छ । [आयकर ऐन, २०५८ को दफा ४ को उपदफा (४)]

सि.नं.

अनुसूची/दफा

व्यवसाय/निकायको विवरण/आयको अवस्था

करको दर

अनुसूची-१ दफा २(१)

सामान्य व्यवसाय गर्ने निकाय

२५ प्रतिशत

अनुसूची-१ दफा २(२)

बैङ्ग, वित्तीय संस्था, सामान्य बीमा व्यवसाय वा दूर सञ्चार र इन्टरनेट सेवा, मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर), पूँजी बजार व्यवसाय, धितोपत्र व्यवसाय, मर्चेन्ट बैंकिङ्ग व्यवसाय, कमोडिटी फ्युचर मार्केट, धितोपत्र र कमोडिटी दलाल व्यवसाय, चुरोट, विँडी, सिगार, खानेसूर्ति, खैनी, गुट्खा, पान मसला, मदिरा र बियरको कारोवार गर्ने वा नेपाल पेट्रोलियम ऐन, २०४० बमोजिम पेट्रोलियम कार्य गर्ने निकाय

३० प्रतिशत

अनुसूची-१ दफा २(३)

सहकारी ऐन, २०७४ बमोजिम दर्ता भएको सहकारी संस्थाले करछुट हुने कारोबार बाहेकको कारोबार गरेमा देहाय बमोजिमका दरले कर लाग्नेछ।

- नगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा

- उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा

- महानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा

५ प्रतिशत

७ प्रतिशत

1० प्रतिशत

अनुसूची-१ दफा २(३ख)

सार्वजनिक गुठी अन्तर्गत दर्ता भई सन्चालित विद्यालय महाविद्यालयकोको करयोग्य आयमा

२० प्रतिशत

अनुसूची-१ दफा २(६)

कुनै आय वर्षमा कुनै गैरबासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनले विदेश पठाएको आयमा

५ प्रतिशत

अनुसूची-१ दफा २(७)

कुनै आय वर्षमा ऐनको दफा ७० मा उल्लिखित आयको सम्बन्धमा कुनै गैरबासिन्दा व्यक्तिको करयोग्य आयमा

तर नेपालबाट अर्को विदेशी मुलुकमा पुग्ने गरी प्रस्थान नहुने जल यातायात, हवाई यातायात वा दूरसञ्चार सेवा उपलव्ध गराउने गैर बासिन्दा व्यक्तिको हकमा

५ प्रतिशत

२ प्रतिशत

एकल व्यक्ति

दम्पत्ति

करको दर

रोजगारीको आय मात्र हुनेको लागि

रु.पाँच लाख सम्म करयोग्य आय भएमा

रु.छ लाख सम्म करयोग्य आय भएमा

करयोग्य आयको १  प्रतिशतका दरले *

रु पाँच लाख भन्दा बढी रु.सात लाख सम्म

रु.छ लाख भन्दा बढी तर रु.आठ लाख सम्म करयोग्य आय भएमा

एकल व्यक्तिको हकमा

रु.पाँच हजार र रु.पाँच लाख देखि रु.सात लाख सम्मको रकममा दश प्रतिशतका दरले

दम्पत्तिको हकमा

रु.छ हजार र रु.छ लाख देखि रु.आठ लाख सम्मको रकममा दश   प्रतिशतका दरले

रु.सात लाख रुपयाँभन्दा बढी तर दश लाख रुपयाँसम्म करयोग्य आय भएमा

रु.आठ लाख रुपयाँभन्दा बढी तर एघार लाख रुपयाँसम्म करयोग्य आय भएमा

एकल व्यक्तिको हकमा

रु.सात लाख सम्म 25 हजार र सात लाख रुपयाँ भन्दा बढि करयोग्य आयमा बीस प्रतिशतका दरले

दम्पत्तिको हकमा

रु.आठ लाख रुपयाँसम्म छब्वीस हजार रुपयाँ र आठ लाख रुपयाँभन्दा बढी करयोग्य आयमा बीस प्रतिशत

रु दश लाख भन्दा बढी तर रु.बीस लाख सम्म करयोग्य आय भएमा

रु.एघार लाख रुपयाँभन्दा बढी तर बीस लाख रुपयाँसम्म करयोग्य आय भएमा  

एकल व्यक्तिको हकमा

दश लाख रुपयाँसम्म पचासी हजार र दश लाख रुपयाँभन्दा बढि करयोग्य आयमा तीस प्रतिशत

दम्पत्तिको हकमा

रु.एघार लाख रुपयाँसम्म रु.छयासी हजार रुपयाँ र एघार लाख रुपयाँभन्दा बढी करयोग्य आयमा तीस प्रतिशत

रु.बीस लाख रुपयाँभन्दा बढी पचास लाख रुपैँया सम्म करयोग्य आय भएमा

.बीस लाख रुपयाँभन्दा बढी पचास लाख रुपैँया सम्म करयोग्य आय भएमा

एकल व्यक्तिको हकमा

बीस लाख रुपैँया भन्दा बढी पचास लाख रुपैँयासम्म करयोग्य आय भएमा तीस प्रतिशत करको दरमा थप बीस प्रतिशत कर लाग्ने ।

दम्पत्तिको हकमा

बीस लाख रुपैँया भन्दा बढी पचास लाख रुपैँयासम्म करयोग्य आय भएमा तीस प्रतिशत करको दरमा थप बीस प्रतिशत कर लाग्ने ।

रु.पचास लाख रुपयाँभन्दा बढी करयोग्य आय भएमा

रु.पचास लाख रुपयाँभन्दा बढी करयोग्य आय भएमा

एकल व्यक्तिको हकमा

पचास लाख रुपैँया भन्दा बढी करयोग्य आय भएमा बढी भए जति करयोग्य आयको तीस प्रतिशत करको दरमा थप तीस प्रतिशत कर लाग्ने ।

दम्पत्तिको हकमा

पचास लाख रुपैँया भन्दा बढी करयोग्य आय भएमा बढी भए जति करयोग्य आयको तीस प्रतिशत करको दरमा थप तीस प्रतिशत कर लाग्ने ।

एकलौटी फर्मको रुपमा व्यवसाय मात्र हुनेको लागि

रु5००००० सम्म करयोग्य आय भएमा

रु.60०००० सम्म करयोग्य आय भएमा

कर नलाग्ने

रु.5००००० भन्दा बढी तर रु.7००००० सम्म करयोग्य आय भएमा

रु.60०००० भन्दा बढी तर रु.80०००० सम्म करयोग्य आय भएमा

एकल व्यक्तिको हकमा

रु.5००००० देखि रु.7००००० सम्मको रु.200000 रकममा १०   प्रतिशतका दरले

दम्पत्तिको हकमा

रु.60०००० देखि रु.80०००० को रु.200000 सम्मको रकममा १०   प्रतिशतका दरले

रु.70००००० भन्दा बढी तर रु.10००००० सम्म करयोग्य आय भएमा

रु.80०००० भन्दा बढी तर रु.110०००० सम्म करयोग्य आय भएमा

एकल व्यक्तिको हकमा

रु.70०००० देखि रु.10०००००   सम्मको  रु.300000 रकममा २०   प्रतिशतका दरले

दम्पत्तिको हकमा

रु.80०००० देखि रु.1100000 देखि रु.300000 सम्मको रकममा २०   प्रतिशतका दरले

रु.1000000 भन्दा बढी तर रु.20०००००० सम्म करयोग्य आय भएमा

रु.1100000 भन्दा बढी तर रु.2000000 सम्म करयोग्य आय भएमा

एकल व्यक्तिको हकमा

रु.100०००० देखि रु.2000000 सम्मको रु.1000000 रकममा 30 प्रतिशतका दरले

दम्पत्तिको हकमा

रु.1100000 देखि रु.2000000 सम्मको रु.900000  रकममा 30 प्रतिशत दरले

रु.२०००००० भन्दा बढी रु. ५०००००० लाख सम्म करयोग्य आय भएमा

रु.२०००००० भन्दा बढी रु.५०००००० लाख सम्म करयोग्य आय भएमा

एकल व्यक्तिको हकमा

बीस लाख भन्दा मथि ५०००००० सम्मको करयोग्य आय भएमा थप बढी भएको करयोग्य आयमा तीस प्रतिशत करको दरमा थप बीस प्रतिशत कर ।

दम्पत्तिको हकमा

बीस लाख भन्दा मथि ५०००००० सम्मको करयोग्य आय भएमा थप बढी भएको करयोग्य आयमा तीस प्रतिशत करको दरमा थप बीस प्रतिशत कर ।

रु.५०००००० भन्दा बढी करयोग्य आय भएमा

रु.५०००००० भन्दा बढी करयोग्य आय भएमा

एकल व्यक्तिको हकमा

पचास लाख भन्दा मथि करयोग्य आय भएमा बढी भए जति करयोग्य आयमा तीस प्रतिशत करको दरमा थप तीस प्रतिशत कर ।

दम्पत्तिको हकमा

पचास लाख भन्दा मथि करयोग्य आय भएमा बढी भए जति करयोग्य आयमा तीस प्रतिशत करको दरमा थप तीस प्रतिशत कर ।

*  एकलौटी फर्म दर्ता भएका करदाताको हकमा, निवृत्तभरण  बापतको  आय,  निवृत्तभरण  कोष  र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्ति वा दम्पत्तिको हकमा १ प्रतिशतको कर लाग्दैन । {(अनुसूचि १ को दफा १ को उपदफा (१) र (२)}

प्राकृतिक व्यक्तिको आयमा समावेश नहुने रकम वा खर्चमा छुट हुने रकम

१ दुर्गम भत्ता सुविधाः

दुर्गम क्षेत्रमा कार्यरत प्राकृतिक व्यक्तिको करयोग्य आयबाट घटाउन पाउने रकम

१. “क” वर्गका क्षेत्रमा रु. ५०,००० (पचास हजार)

२. “ख” वर्गका क्षेत्रमा रु. ४०,००० (चालीस हजार)

३. “ग” वर्गका क्षेत्रमा रु. ३०,००० (तीस हजार)

४. “घ” वर्गका क्षेत्रमा रु. २०,००० (बीस हजार)

५. “ङ” वर्गका क्षेत्रमा रु. १०,००० (दश हजार)

  दुर्गम क्षेत्रको बर्गीकरण देहाए वमोजिम रहेको छ‍

      वर्गमा रहने क्षेत्र:

 (१) मनाङ्ग जिल्ला (२) कालिकोट जिल्ला (३) मूगू जिल्ला (४) डोल्पा जिल्ला ( ५) हुम्ला जिल्ला (६) बाजूरा जिल्ला

      वर्गमा रहने क्षेत्र:

 (क) ताप्लेजुङ्ग जिल्लाको धुन्सा ओलाङचुङगोला र यसमा पर्ने गा.वि.स. 

 (ख)  संखुवासभा जिल्लाको निम्न गाउँ विकास समिति

      १. चेपुवा २. हेदाड्ना ३. किमाथांका ४. स्याकसिला  ५. वालूङ ६. सीमाजोर

 (ग)   सोलुखुम्बु जिल्लाको निम्न गाउँ विकास समिति

      १. खोम्जुङ २. नाम्चे ३. चौरी खर्क

 (घ)   दोलखा जिल्लाको गोगर गाउँ विकास समिति

 (ङ)   रसुवा जिल्लाको टिमूर गाउँ विकास समिति

 (च)   गोरखा जिल्लाको निम्न गाउँ विकास समिति

            १. सिर्दिवास २. प्रोक ३. लोहा ४. केरोजा  ५. छेकाम्पार ६. मान्बु

 (छ)   बाग्लुङ्ग जिल्लाको निम्न गाउँ विकास समिति

            १. बोङ्गा २. निसी ३. हुकाम ४. रम्मा  ५. मेकोट ६. टकवाछी

 (ज)   मुस्ताङ्ग जिल्ला

 (झ)    जुम्ला जिल्ला

 (ञ)   बजाङ जिल्ला

 (ट)   डोटी जिल्लाको खप्तड जडिबुटी उद्यानको ९०० फिटभन्दा उचाईको भाग

 (ठ)   दार्चुला जिल्ला

वर्गमा रहने क्षेत्रः

 (क)   रुकुम जिल्ला

 (ख) जाजरकोट जिल्ला

 (ग)   दैलेख जिल्ला

 (घ)   अछाम जिल्ला

            बर्गमा रहने क्षेत्र:

 (क)   ताप्लेजुङ जिल्ला “ख” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति

 (ख) भोजपुर जिल्ला

 (ग)   तेह्रथुम जिल्ला

 (घ)   संखुवा सभाको जिल्ला “ख” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति

 (ङ)   खोटाङ जिल्ला

 (च)   ओखलढुङ्गा जिल्ला

 (छ)    सोलुखुम्बु जिल्ला “ख” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति

 (ज)   धादिङ जिल्लाको निम्न गाउ विकास समिति

            १. बुडाथुम २. लापा ३. फुलखर्क ४. रिगाउ  ५. सल्यानकोट ६. सल्यानटार

 (झ)   सिन्धुपाल्चोक जिल्लाको निम्न गाउँ विकास समिति

१. बराम्चो २. वरुवा ३. मौताडा ४. वीरता गोलदे  ५. गुनसा ६. गुवा ७. किउल ८. लिस्टिकोट ९ महांकाल १०. पाग ताग ११. फुल्पीङ कटी १२. धागपालकोट १३. टिसुनठगल टिनस ध्यागल

 (ञ)   लमजुङ जिल्लाको निम्न गाउँ विकास समिति

१. बाहुनडाँडा महेन्द्रोदय २. श्रीकाली काताधी ३. ठूलीवेसी पटाङ्गो ४. ठाकन फालिकादेवी

 (ट)   म्याग्दी जिल्ला

 (ठ)   रोल्पा जिल्ला

 (ड)   सल्यान जिल्ला

 (ढ)   प्यूठान जिल्ला

 (ण)   डोटी जिल्लाको “ख” वर्गमा परेका क्षेत्रदेखि बाहेक अन्य बाँकी क्षेत्र

 (त)   डडेलधुरा जिल्ला

 (थ)   बैतडी जिल्ला

            वर्गमा रहने क्षेत्र:

 (क)   पाँचथर जिल्ला

 (ख) धनकुटा जिल्ला

 (ग)   रामेछाप जिल्ला

 (घ)   दोलखा जिल्ला

 (ङ)   रसुवा जिल्लाको “ख” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति

 (च)   सिन्धुपाल्चोक जिल्लाको “घ” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउ विकास समिति

 (छ)   धादिङ जिल्लाको “घ” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति

 (ज)   लमजुङ जिल्लाको “घ” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति

 (झ)    गोरखा जिल्लाको “ख” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति

 (ञ)   गुल्मी जिल्ला

 (ट)   अर्घखाँची जिल्ला

 (ठ)   पर्वत जिल्ला

 (ड)   बाग्लुङ जिल्लाको “ख” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति

२. बैदेशिक भत्तामा छुट सुविधाः

नेपालका विदेशस्थित कुटनीतिक नियोगमा कार्यरत कर्मचारीलार्ई प्राप्त हुने बैदेशिक भत्ताको पचहत्तर प्रतिशत रकम करयोग्य आयबाट घटाउन पाउने ।

३. निवृतिभरण आय भएको व्यक्त्तिले पाउने छुट सुविधाः

बासिन्दा प्राकृतिक व्यक्तिको निवृतिभरण आय रहेछ भने  त्यस्तो व्यक्तिले करयोग्य आयबाट निजले छुट पाउने सीमामा थप पचीस प्रतिशत रकम घटाउन पाउने।

४. अपाङ्ग ब्यक्तिले पाउने छुट सुविधाः

बासिन्दा प्राकृतिक व्यक्ति अपाङ्ग रहेछ भने त्यस्तो व्यक्तिले करयोग्य आयबाट निजले छुट पाउने सीमामा थप पचास प्रतिशत थप रकम घटाउन पाउने।

५. लगानी वीमामा छुट सुविधाः

बासिन्दा प्राकृतिक व्यक्तिले लगानी बीमा गरेको रहेछ भने त्यस्तो बीमा वापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा चालिस हजार रुपैयाँमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाउन पाउने ।

६. स्वास्थ्य बीमा वापत तिरेको प्रिमियम

बासिन्दा प्राकृतिक व्यक्तिले बासिन्दा बीमा कम्पनीसँग स्वास्थ्य बीमा गरेको रहेछ भने त्यस्तो बीमा बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा बीस हजार रुपैयाँमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाउन पाउने ।

७. आफ्नो स्वामित्वमा रहेको निजि भवनको बीमा बापत तिरेको प्रिमियम

बासिन्दा प्राकृतिक व्यक्तिले बासिन्दा बीमा कम्पनीसँग आफ्नो स्वामित्वमा रहेको निजि भवनको बीमा गरेको रहेछ भने त्यस्तो बीमा बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा पाँच हजार रुपैयाँमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाउन पाउने ।

८. पारिश्रमिक आय मात्र हुने महिलालाई लाग्ने करमा छुट

कुनै बासिन्दा प्राकृतिक व्यक्ति पारिश्रमिक आय मात्र आर्जन गर्ने महिला रहेछ भने त्यस्तो प्राकृतिक व्यक्तिले तिर्नुपर्ने कर रकममा दश प्रतिशत छुट हुनेछ ।      

शुल्क लाग्दैन तर दाखिला गर्नुपर्ने कर बांकी रहेको हुनुहुदैन ।

सम्वन्धित कार्यालय प्रमुख वा आन्तरिक राजस्व विभाग समक्ष ।

कर चुक्ता प्रमाण पत्र प्राप्त गर्न देहायका कागजातहरु पेश गर्नुपर्दछ ।

  • करदाताले व्यहोरा खुलाई रु.१० को टिकट टांसी निवेदन दिने ।
  • आय विवरण पेश गर्नुपर्ने हकमा आय विवरण पेश गरी निर्धारित कर दाखिला गरेको हुनुपर्ने ।
  • विगत का आर्थिक बर्षहरुको आय विवरण र कर वक्यौता नभएको ।
  • बित्तीय विवरण पेश गर्नुपर्ने करदाताको हकमा वित्तीय विवरण र लाग्ने कर वापतको रकम तिरेको भौचर ।
  • रोजगारीको आय हुनेको सम्वन्धमा रोजगारदातावाट आम्दानी र कर दाखिलाको विवरण ।
  • अरु कुराको हकमा कार्यालयवाट तोकिए वमोजिम ।

डे०१ आयविवरण पेश गर्ने करदाताको हकमा बैंक काउण्टर मार्फत राजस्व बुझाउँदा नै सिधै डे ०१ आय विवरण तथा राजस्व दाखिला फाराम भरी आय विवरण तथा पूर्वानुमानित कर बुझाएपछि करदाता स्वयंले कम्प्युटर प्रणालीवाट करचुक्ता प्रमाणपत्र निकाल्न सक्ने व्यवस्था रहेकोले करचुक्ताको लागि सम्बन्धित कार्यालयमा गई कागजात पेश गरिरहनु पर्दैन ।

करदाताले पेश गरेको स्वयम कर विवरण/वित्तीय विवरण अनुसार सम्पुर्ण कर रकम दाखिला भए पछि कर चुक्ता प्रमाणपत्र जारी गरिन्छ । कर चुक्ता प्रमाणपत्र लिएता पनि करदाताले घोषणा गरेको स्वयं कर विवरण/वित्तीय विवरणमा कर परीक्षण वा अनुसन्धान वा अन्य कुनै तरिकाले थप आय कायम भएमा सो आयमा कर तिर्नुपर्ने दायित्व करदाताको रहिरहन्छ ।

पाउँछ ।

आयकर ऐन, २०५८ को दफा ११ बमोजिम व्यवसायको आयमा छुट तथा सुविधाहरु (Concession) सम्बन्धी व्यवस्थालाई तलको तालिकामा प्रष्ट पारिएको छः

व्यवसायिक छुट तथा सुविधाहरु (आय वर्ष २०८०।०८१ को लागि)

सि.नं.

   दफा

व्यवसाय/निकायको विवरण/आयको अवस्था

कर छुट तथा सुविधा

दफा ११(१)

कुनै फर्म, कम्पनी, साझेदारी तथा संगठित संस्थाको रुपमा दर्ता भर्इ गरेको कृषि व्यवसाय, तरकारीलार्इ डिहाइड्रेड गर्ने व्यवसाय र कोल्ड स्टोर व्यवसाय संचालन गरी प्राप्त गरेको आयमा लाग्ने करमा शतप्रतिशत कर छुट हुनेछ ।  कृषि व्यवसाय गरी प्राप्त गरेको आयमा र भूमि सम्वन्धी ऐन, २०२१ को दफा १२ को खण्ड (घ) र (ङ) मा उल्लेख भए बमोजिमको जग्गामा कृषि व्यवसायबाट प्राप्त भएको बाहेक अन्य कृषि आम्दानीमा

कर नलाग्ने

दफा ११(१)

कुनै फर्म, कम्पनी, साझेदारी तथा संगठित संस्थाको रुपमा दर्ता गरी कृषि व्यवसाय गरी प्राप्त गरेको आयमा लाग्ने करमा

५० प्रतिशतले छुट

दफा ११(२)

सहकारी ऐन, २०७४ बमोजिम दर्ता भई सञ्चालन भएको कृषि वा वन पैदावरमा आधारित रेशम खेती तथा रेशम उत्पादन, फलफूल खेती, उत्पादन तथा फलफूल प्रशोधन, कफी खेती तथा प्रशोधन, जडिवुटी खेती तथा प्रशोधन, तरकारीका बीउ बिजन उत्पादन, मौरीपालन, मह उत्पादन, रबर खेती, कवुलियति वन, एग्रोफरेष्ट्री आदि व्यावसायिक वन सम्वन्धी व्यवसायहरु जस्ता कृषि तथा वनजन्य उद्योगहरु, तरकारी भण्डारका लागि स्थापित शीत भण्डार, कृषि सम्वन्धी बीउ विजन, पशु आहारा, दाना, कीटनाशक औषधि, मल तथा कृषि औजार (यान्त्रिक शक्तिवाट चल्ने बाहेक) को कारोवार गर्ने सहकारी संस्था तथा गाउँपालिका क्षेत्रमा सञ्चालित सहकारी संस्था वा संघको आयमा तथा यस्तो संस्था वा संघले वितरण गरेको लाभांशमा समेत

कर नलाग्ने

दफा ११(२क)

गाउँपालिकाको क्षेत्रमा सञ्चालित लघु वित्त संस्था, ग्रामिण विकास बैङ्क, हुलाक बचत बैंङ्क, र उपदफा (२) बमोजिमका सहकारीमा जम्मा गरेको निक्षेपबाट आर्जित वार्षिक पच्चीस हजार रुपैंयासम्मको ब्याज आयमा

कर नलाग्ने

दफा ११(२ख)

वर्षभरी पूर्णरुपले सञ्चालनमा रहेको विशेष उद्योगबाट भएको आयमा लाग्ने करमा देहाय बमोजिम छूट हुने

-बासिन्दा प्राकृतिक व्यक्तिको आयमा तीस प्रतिशतका दरले कर लागेको रहेछ भने सो करमा

- निकायको आयमा लाग्ने करमा

एक तिहाईले छुट

बीस प्रतिशतले छुट

दफा ११(३)(क)

कुनै व्यक्तिलाई कुनै आय वर्षमा विशेष उद्योग र सूचना प्रविधि उद्योगबाट भएको आयमा देहाय बमोजिम कर लाग्ने

- एक सय वा सो भन्दा बढी नेपाली नागरिकलाई वर्षभरी नै प्रत्यक्ष रोजगारी दिएमा लाग्ने करको

- तीन सय वा सो भन्दा बढी नेपाली नागरिकलाई वर्षभरी नै प्रत्यक्ष रोजगारी दिएमा लाग्ने करको

- पाँच सय वा सो भन्दा बढी नेपाली नागरिकलाई वर्षभरी नै प्रत्यक्ष रोजगारी दिएमा लाग्ने करको

- एक हजार वा सो भन्दा बढी नेपाली नागरिकलाई वर्षभरी नै प्रत्यक्ष रोजगारी दिएमा लाग्ने करको

 लाग्ने करको

 ९० प्रतिशत

८० प्रतिशत

७५ प्रतिशत

७५ प्रतिशत

७० प्रतिशत

तर महिला, दलित वा अपाङ्गहरु मध्ये कम्तीमा तेत्तीस प्रतिशतलाई समेत समावेश गरी एक सय जनाभन्दा बढी नेपाली नागरीकलाई वर्षभरी प्रत्यक्ष रोजगारी दिएमा तिर्नुपर्ने रकममा थप दश प्रतिशत छुट हुने 

तिर्नुपर्ने रकममा थप १० प्रतिशत छुट

दफा ११(३)(ख)

क. अति अविकसित क्षेत्रहरुमा विशेष उद्योग सञ्चालन भएको भए त्यस्तो उद्योगले व्यवसायिक उत्पादन वा कारोवार सुरु गरेको मितिले दश वर्ष सम्म आयमा लाग्ने करको

१० प्रतिशत कर लाग्ने

ख. अविकसित क्षेत्रहरुमा विशेष उद्योग सञ्चालन भएको भए त्यस्तो उद्योगले व्यवसायिक उत्पादन वा कारोवार सुरु गरेको मितिले दश वर्ष सम्म आयमा लाग्ने करको

२० प्रतिशत कर लाग्ने

ग. कमविकसित क्षेत्रहरुमा विशेष उद्योग सञ्चालन भएको भए त्यस्तो उद्योगले व्यवसायिक उत्पादन वा कारोवार सुरु गरेको मितिले दश वर्ष सम्म आयमा लाग्ने करको

३० प्रतिशत कर लाग्ने

दफा ११(३)(ग)

एक अर्ब रुपैंयाभन्दा बढीको पूँजी लगानीमा स्थापना हुने र पाँच सयभन्दा बढीलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी प्रदान गर्ने विशेष उद्योग र पर्यटन उद्योग (क्यासिनो बाहेक) लाई कारोवार शुरु गरेको मितिले पाँच वर्षसम्म पूर्ण रुपमा आयकर छुट

-त्यसपछिको तीन वर्षसम्म लाग्ने करको

तर हाल सञ्चालनमा रहेका त्यस्ता उद्योगले कम्तीमा पच्चीस प्रतिशत जडित क्षमता वृद्धि गरी दुई अर्व रुपैयाँ पूँजी पुर्र्याई तीन सयभन्दा बढीलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी प्रदान गरेमा त्यसरी क्षमता वृद्धिवाट प्राप्त भएको आयमा पहिलो पाँच वर्षसम्म पूर्ण रुपमा आयकर छुट

-त्यसपछिको तीन वर्षसम्म लाग्ने करको

कर नलाग्ने

५० प्रतिशत छुट

कर नलाग्ने

५० प्रतिशत छुट

दफा ११(३क)(क)

हिमाली जिल्ला र नेपाल सरकारले तोकेको पहाडी जिल्लाका विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगलाई

- कारोवार शुरु गरेको मितिले दश वर्षसम्म लाग्ने आयकरको शत प्रतिशत छुट

- त्यसपछिका आय वर्षमा लाग्ने आयकरको

कर नलाग्ने

५० प्रतिशत छुट

दफा ११(३क)(ख)

अन्य क्षेत्रमा रहेको विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगलाई

- कारोवार शुरु गरेको मितिले पाँच वर्षसम्म लाग्ने आयकरको शत प्रतिशत छुट

- त्यसपछिका आय वर्षमा लाग्ने आयकरको

कर नलाग्ने

५० प्रतिशत छुट

दफा११(३क)(ग)

विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगले वितरण गरेको लाभांशमा

-कारोवार शुरु गरेको मितिले पाँच वर्षसम्म लाभांश वितरणमा लाग्ने करको शत प्रतिशत छुट

-त्यसपछिको तीन वर्षसम्म  लाभांस वितरणमा लाग्ने करको

कर नलाग्ने

५० प्रतिशत छुट

दफा ११(३क)(घ)

विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगका विदेशी लगानीकर्ताले विदेशी प्रविधि वा व्यवस्थापन सेवा शुल्क तथा रोयल्टीबाट आर्जन गरेको आयमा लाग्ने आयकरको

५० प्रतिशत छुट

दफा ११(३ख)

खनिज, पेट्रोलियम पदार्थ, प्राकृतिक ग्याँस तथा इन्धन अन्वेषण तथा उत्खनन गर्ने व्यक्तिले २०८० साल चैत्र महिनासम्म व्यापारिक रुपमा कारोवार सञ्चालन गरेमा कारोवार सञ्चालन गरेको मितिले पहिलो सात वर्षसम्म

-त्यसपछिको तीन वर्षसम्म  

कर नलाग्ने

५० प्रतिशत छुट

१०

दफा ११(३ग)

नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको प्राणीशास्त्र सम्बन्धी (जुलोजिकल), भूशास्त्र सम्बन्धी (जियोलोजिकल), जीवप्रविधि (वायोटेक) सम्बन्धी पार्क संचालन, प्रविधि पार्क र सूचना प्रविधि पार्कभित्र स्थापित सफ्टवेयर विकास, तथ्यांङ्क प्रशोधन, साइवर क्याफे, डिजिटल म्पापिङ सम्बन्धी उद्योगको आयमा लाग्ने करको  

५० प्रतिशत छुट

११

दफा ११(३घ)

सम्वत् २०८० साल चैत्र महिनासम्म जलविद्युतको व्यापारिक रुपमा उत्पादन, प्रसारण वा वितरण सुरु गर्ने अनुमति प्राप्त व्यक्ति वा निकायले लजविद्युतको व्यापारिक उत्पादन शुरु गरेको मितिले पहिलो दश वर्षसम्म

-त्यसपछिको पाँच वर्षसम्म

त्यस्तो सुविधा सौर्य, वायु तथा जैविक पदार्थबाट उत्पादन हुने विद्युतले समेत पाउनेछ ।

कर नलाग्ने

५० प्रतिशत छुट

१२

दफा ११(३ङ)

नेपालको श्रोतबाट कुनै आय वर्षमा निकासीबाट भएको आयमा

-बासिन्दा प्राकृतिक व्यक्तिको आयमा बीस प्रतिशतका दरले कर लाग्ने रहेछ भने सो करमा

-बासिन्दा प्राकृतिक व्यक्तिको आयमा तीस प्रतिशतका दरले कर लाग्ने रहेछ भने सो करमा

-निकायको आयमा लाग्ने करमा

-बिजनेस प्रोसेस आउटसोसिंङ्ग, सफ्टवेयर प्रोग्रामिङ्ग, क्लाउड कम्प्युटिङ्ग लगायतका सूचना प्रबिधिमा आधारित सेवा निर्यात गरी सो वापत विदेशी मुद्रा आर्जन गरेमा त्यस्तो ब्यक्त्तिलाई आर्थिक बर्ष २०८४/०८५ सम्म विदेशी मुद्रामा प्राप्त गरेको आयको हदसम्म लाग्ने करमा

-प्राकृतिक व्यक्तिको उत्पादनमुलक उद्योगले उत्पादन गरेको वस्तु निर्यात गरी प्राप्त भएको आयमा दफा ११(३ङ)(क) बमोजिमको छुट पछि कायम हुने करमा

-निकायको उत्पादनमुलक उद्योगले उत्पादन गरेको वस्तु निर्यात गरी प्राप्त भएको आयमा दफा ११(३ङ)(ख) बमोजिमको छुट पछि कायम हुने करमा  

२५ प्रतिशत छुट

५० प्रतिशत छुट

२० प्रतिशत छुट

५० प्रतिशत

थप ३५ प्रतिशत छुट

थप ३५ प्रतिशत छुट

१२

दफा ११(३च)

कुनै निकायले देहाय बमोजिमको कार्य गरी सो बाट प्राप्त आयमा व्यापारिक कारोबार संचालन गरेको मितिले दश वर्षसम्म लाग्ने करमा देहाय बमोजिम छुट हुनेछ ।

दफा ११(३च)(क)

ट्राम वा ट्रली बस सञ्चालन गरेमा लाग्ने करमा

४० प्रतिशत छुट

दफा ११(३च)(ख)

रोपवे, केवलकार, रेल्वे, टनेल वा आकासे पुल निर्माण गरी सञ्चालन गरेमा लाग्ने करमा

४० प्रतिशत छुट

दफा ११(३च)(ग)

सडक, पुल, सुरुङ्गमार्ग, टनेल, रेलवे, विमानस्थल निर्माण गरी सञ्चालन गरेमा लाग्ने करमा

५० प्रतिशत छुट

१३

दफा ११(३छ)

धितोपत्र बजारमा सूचीकृत भएका उत्पादनमुलक, पर्यटन सेवा, जलविद्युत उत्पादन, वितरण तथा ट्रान्समिसन गर्ने र दफा ११ को उपदफा (३ग) मा उल्लेख भएका निकायहरुलाई लाग्ने करमा

१५ प्रतिशत छुट

१४

दफा ११(३ज)

अति अविकसित क्षेत्रमा स्थापित फलफूलमा आधारित ब्राण्डी, साइडर एवं वाइन उत्पादन गर्ने उद्योगलाई कारोवार शुरु गरेको मितिले दश वर्षसम्म

४० प्रतिशत आयकर छुट

अविकसित क्षेत्रमा स्थापित फलफूलमा आधारित ब्राण्डी, साइडर एवं वाइन उत्पादन गर्ने उद्योगलाई कारोवार शुरु गरेको मितिले दश वर्षसम्म

२५ प्रतिशत आयकर छुट

१५

दफा ११(३झ)

कुनै व्यक्तिले बौद्धिक सम्पत्ति निर्यात वापत प्राप्त रोयल्टी आयमा लाग्ने आयकरको दरमा

२५ प्रतिशत छुट

१६

दफा ११(३ञ)

कुनै व्यक्तिले बौद्धिक सम्पत्तिको हस्तान्तरणद्वारा बिक्री गरी प्राप्त गरेको आयमा लाग्ने आयकरको दरमा

५० प्रतिशत छुट

१७

दफा ११(३ट)

एक अर्ब रुपैंयाभन्दा बढीको पुँजी लगानीमा स्थापना हुने पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग वा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीलाई

-कारोवार शुरु गरेको मितिले ५ वर्षसम्म

-त्यसपछिको ३ वर्षसम्म लाग्ने आयकरको दरमा

कर नलाग्ने

५० प्रतिशत छुट

१८

दफा ११(३ठ)

विशेष उद्योग र पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योगले आफ्नो सञ्चित मुनाफालाई सोही उद्योगको क्षमता विस्तारको लागि शेयरमा पुँजीकरण गरेको अवस्थामा त्यस्तो पुँजीकरणमा लाभांश वितरण स्वरूप लाग्ने लाभांश करमा

शत प्रतिशत छुट

१९

दफा ११(३ड)

पचास करोड रुपैंया वा सोभन्दा बढी चुक्ता पुँजी भएको प्राइभेट कम्पनीको रुपमा सञ्चालनमा रहेको कुनै कम्पनी पब्लिक कम्पनीको रुपमा परिणत भई कारोवार सञ्चालन गरेमा त्यसरी पब्लिक कम्पनीको रुपमा परिणत भएको मितिदेखि तीन वर्षसम्म लाग्ने करमा

तर कम्पनी ऐन, २०६३ को दफा १२ बमोजिम पब्लिक कम्पनीको रुपमा संस्थापन हुनुपर्ने कम्पनीले यस उपदफा बमोजिमको सुविधा पाउने छैन ।

दश प्रतिशत छुट

२०

दफा ११(३ढ)

स्वदेशी चिया उत्पादन र प्रशोधन गर्ने उद्योग, दुग्ध पदार्थको कारोवार गर्ने डेरी उद्योग र कपडा उत्पादन गर्ने उद्योगले आफ्नो उत्पादन बिक्री गरी प्राप्त गरेको आयमा लाग्ने आयकरको दरमा

५० प्रतिशत छुट

२१

दफा ११(३ण)

सामुदायिक संस्थाबाट सञ्चालन गरिएका स्वास्थ्य संस्थाको करयोग्य आयमा लाग्ने करमा

२० प्रतिशत छुट

२२

दफा ११(३त)

लघु उद्यमलाई व्यवसाय वा कारोवार शुरु गरेको मितिले ७ वर्षसम्म लाग्ने आयकर पूर्ण रुपमा छुट हुने

यस्तो लघु उद्यम महिला उद्यमीबाट सञ्चालन भएमा थप तीन वर्ष लाग्ने आयकर पूर्णरुपमा छुट हुने

आयकर नलाग्ने

आयकर नलाग्ने

२३

दफा ११(३थ)

कुनै आय वर्षमा कुनै निकायले सार्वजनिक पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालन गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने जस्ता आयोजनाहरु र विद्युत गृह निर्माण, उत्पादन र प्रसारण गरेमा त्यस्तो निकायलाई सो निकायको करयोग्य आयमा लाग्ने करमा 

२० प्रतिशत छुट

२४

दफा ११(३द)

औद्योगिक क्षेत्र वा औद्योगिक ग्राममा स्थापन वा स्थानान्तरण भई सञ्चालन भएका विशेष उद्योगलाई कारोबार शुरु गरेको मितिले तीन वर्षसम्म लाग्ने आयकरमा पचास प्रतिशत छुट र त्यस पछिको पाँच वर्ष सम्म लाग्ने करमा पच्चिस प्रतिशत छुट हुनेछ ।

(३ध) स्वदेशमा उत्पादन गरेको कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ विशेष उद्योगलाई विक्री गरी प्राप्त गरेको आयमा लाग्ने करमा बिस प्रतिशत छुट हुनेछ ।

(३न) नवप्रवर्तनकारी ज्ञान, सोच, सीप, प्रविधि, व्यवहार र तरिका प्रयोग गरी वार्षिक एक करोड सम्म कारोवार गर्ने विभागले तोकेको स्टार्ट अप व्यवसायलाई कारोवार सुरु गरेको मितिले पाँच वर्षसम्म लाग्ने करमा शतप्रतिशत छुट हुनेछ ।

(३प) काठमाडौं उपत्यकामा सञ्चालनमा रहेको कुनै विशेष उद्योग काठमाडौं उपत्यका बाहिर स्थानान्तरण भई सञ्चालन भएमा त्यसरी स्थानान्तरण भई सञ्चालन भएको मितिले तीन वर्षसम्म लाग्ने करमा शतप्रतिशत र त्यसपछिको दुई वर्ष सम्म पचास प्रतिशत छुट हुनेछ ।

(३फ) वातावरणमा प्रत्यक्ष असर पार्ने प्रयोग भइसकेका वस्तु मात्र कच्चा पदार्थका रुपमा प्रयोग गरी नयाँ वस्तु उत्पादन गर्ने उद्योगलाई कारोवार शुरु गरेको मितिले पहिलो तीन वर्षसम्म लाग्ने करको पचास प्रतिशत र त्यस पछिको दुई वर्ष पच्चिस प्रतिशत छुट हुनेछ ।  

२५ प्रतिशत छुट

२५

दफा ११(३फ)

वातावरणमा प्रत्यक्ष असर पार्ने प्रयोग भइसकेका वस्तु मात्र कच्चा पदार्थका रुपमा प्रयोग गरी नयाँ वस्तु उत्पादन गर्ने उद्योगलाई कारोवार शुरु गरेको मितिले पहिलो तीन वर्षसम्म लाग्ने करको पचास प्रतिशत र त्यस पछिको दुई वर्ष पच्चिस प्रतिशत छुट हुनेछ । 

२५ प्रतिशत छुट

२६

दफा ११(४)

कुनै व्यक्तिले दफा ११ बमोजिम बेग्ला बेग्लै कर छुट सुविधा पाउने कारोबार गरेको रहेछ भने त्यस्तो सुविधा लिन आयको गणना  गर्दा छुट्टा छुट्टै व्यक्तिले सो आय ‌प्राप्त गरेको सरह मानी आय गणना गर्नुपर्नेछ ।

२७

दफा ११(५)

एउटै आयको सम्बन्धमा यस दफा बमोजिम एकभन्दा बढी छुट पाउन सक्ने अवस्था भएको व्यक्तिले उपदफा (२ख) बमोजिमको सुविधाको अतिरिक्त्त आफूले रोजेको कुनै एउटा छुट मात्र पाउनेछ ।

२८

दफा ११क

पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालन गर्नको लागि नेपाल सरकार र कुनै व्यक्तिका बीच कुनै सम्झौंता भएमा त्यस्तो सम्झौंता गर्दाको बखत कायम रहेको ऐनले व्यवस्था गरेको करका सुविधाहरु त्यस्तो पूर्वाधार निर्माण तथा सञ्चालन गर्ने व्यक्तिले सम्झौंता अवधिभर उपभोग गर्न पाउनेछ ।

पाउँछ ।

पाउँछ ।

सरकारले तोकेको दुर्गम क्षेत्रमा सञ्चालन गरिने उद्योग धन्दाहरुका लागि उद्योग सञ्चालन मितिले १० वर्षसम्म आयकर लाग्दैन । सो पछिका आय वर्षमा लाग्ने आयकरको पचास प्रतिशत सम्म कर  लाग्दछ ।

अनिवार्य छैन । करदाताको आवश्यकता अनुसार कर चुक्ता प्रमाण पत्र लिन सकिन्छ ।

पूर्वाधार विकास निर्माणका सम्बन्धमा नेपाल सरकार र कुनै व्यक्ति बीच भएको सम्झौता भए सम्झौता अवधिभर कायम भएको सम्झौताको दर लागु हुन्छ । करको दर २० प्रतिशत रहेको छ ।

ऐन बमोजिम आय विवरण/वित्तिय विवरण पेश गरि तिर्नुपर्ने सम्पुर्ण कर तिरिसकेपछि आवश्यक कागजात सहित सम्बन्धित कार्यालयमा निवेदन दिनु पर्छ ।डे ०१ आय विवरणपेश गर्ने करदाताको हकमा सम्बन्धित आ.रा.का. तथा करदाता सेवा कार्यालयमा विवरण पेश नगरी बैंक काउण्टर मार्फत राजस्व बुझाउँदा नै सिधै डे ०१ आय विवरण तथा राजस्व दाखिला फाराम भरी आय विवरण तथा पूर्वानुमानित कर बुझाएपछि करदाता स्वयंले कम्प्युटर प्रणालीवाट करचुक्ता प्रमाणपत्र निकाल्न सक्नेछ । यसको लागि सम्बन्धित कार्यालयमा गई निवेदन दिनु पर्दैन ।

यस्ता निकायलाई २० प्रतिशतका दरले कर लाग्दछ ।

कुनै व्यक्तिले निश्चित मिति सम्मको ऐन बमोजिम वुझाउनु पर्ने आय विवरण/वित्तिय विवरण र तिर्न पर्ने सम्पुर्ण कर दाखिला गरिसकेपछि करदाताको माग बमोजिम जारी गरिने कर तिरिसकेको प्रमाण पत्रलाई कर चुक्ता प्रमाण पत्र भनिन्छ ।

ऐनको दफा

विषय

दर

९५क(१)

कमोडिटी फ्युचर मार्केट व्यवसायबाट प्राप्त गर्ने मुनाफा र लाभमा

१० प्रतिशत

९५क (२)क

नेपाल धितोपत्र वोर्डमा सूचिकरण भएको निकायको हितको निसर्गबाट प्राप्त लाभ रकमको हकमा  (बासिन्दा प्राकृतिक ब्यक्तिको लागि )

तीन सय पैँसठ्ठी दिनभन्दा बढी अबधि स्वामित्वमा रहेको हितको लाभ रकमा-

तीन सय पैँसठ्ठी दिनभन्दा कम अबधि स्वामित्वमा रहेको हितको लाभ रकमा-

५ प्रतिशत

7.5 प्रतिशत

नेपाल धितोपत्र वोर्डमा सूचिकरण भएको निकायको हितको निसर्गबाट प्राप्त लाभ रकमको हकमा  (बासिन्दा निकायको लागि)

१० प्रतिशत

नेपाल धितोपत्र वोर्डमा सूचिकरण भएको निकायको हितको निसर्गबाट प्राप्त लाभ रकमको हकमा  (अन्यको हकमा)

२५ प्रतिशत

९५क (२)ख

नेपाल धितोपत्र वोर्डमा सूचिकरण नभएको निकायको हितको निसर्गबाट प्राप्त लाभ रकमको हकमा  (बासिन्दा प्राकृतिक ब्यक्तिको लागि)

१०प्रतिशत

नेपाल धितोपत्र वोर्डमा सूचिकरण नभएका निकायको हितको निसर्गबाट प्राप्त लाभ रकमको हकमा  (बासिन्दा निकायको लागि)

१५ प्रतिशत

नेपाल धितोपत्र वोर्डमा सूचिकरण नभएका निकायको हितको निसर्गबाट प्राप्त लाभ रकमको हकमा  (अन्यको हकमा)

२५ प्रतिशत

९५क (५)क

प्राकृतिक ब्यक्तिले ५ वर्ष भन्दा बढी अबधीको स्वामित्व धारण गरेको गैर व्यवसायिक करयोग्य सम्पत्ती (जग्गा तथा घरजग्गा) को निसर्ग भएको पूजीगत लाभमा

५ प्रतिशत

९५क (५)ख

प्राकृतिक ब्यक्तिले ५ वर्ष भन्दा कम अबधीको स्वामित्व धारण गरेको गैर व्यवसायिक करयोग्य सम्पत्ती (जग्गा तथा घरजग्गा) को निसर्ग भएको पूजीगत लाभमा

७.५  प्रतिशत

९५क (६)

दफा ९५क(५) मा लेखिए देखि वाहेक अन्य कुनै व्यक्तिको स्वामित्वको जग्गा वा भवन नि:सर्गको मूल्यमा

१.५ प्रतिशत

९५क (७)

व्यापारिक प्रयोजनको लागि पैठारी हुने भन्सार दरबन्दीको भाग १ मा पर्ने राँगा, भैसी, खसी, बोका, भेडा, च्याङग्रा, भाग ३ मा पर्ने जीवित, ताजा तथा हिमिकृत गरिएको माछा, भाग ६ मा पर्ने ताजा फूलहरु, भाग ७ मा पर्ने ताजा तरकारी, आलु प्याज, सुख्खा तरकारी, लसुन, बेबी कर्न र भाग ८ मा पर्ने ताजा फलफूलहरुमा भन्सार प्रयोजनको लागि कायम मूल्यमा

५ प्रतिशत

भाग २ को मासु, भाग ४ को दूधजन्य पदार्थ, अण्डा, मह, भाग १० को कोदो, फापर, जुनेलो, चामल, कनिका, भाग ११ को मैदा, आँटा तथा पिठो, भाग १२ को जडिबुटी, उखु र भाग १४ को वनस्पतिजन्य उत्पादनमा

२.५ प्रतिशत

 मूल्य अभिबृद्धि कर लाग्ने बस्तु पैठारीमा

1.5 प्रतिशत

हाल आयकरको दर न्यूनतम १ प्रतिशत देखि १०, १५, २०, २५ र अधिकतम ३० प्रतिशतसम्म रहेको छ । तर ऐनको दफा ११ ले केही क्षेत्रगत व्यबसायमा र वर्गलाई आंशिक छुट दिएको छ ।

नेपालमा लाग्ने आय करको दर आयकर ऐन, २०५८ को अनुसुची – १ मा उल्लेख गरिएको छ । यो अनुसूचीलाई सालबसाली आर्थिक ऐनले आयकर ऐनलाई संशोधन गरिरहने भएकोले सम्बन्धित आर्थिक वर्षको आर्थिक ऐन पनि हेर्नुपर्दछ । आयकर ऐनको दफा ११ ले केही क्षेत्र र व्यवस्थालाई करको सहुलियत दिएकोले यसको आधारमा वास्तबिक करको भार थाहा पाउन सकिन्छ ।

शुल्क पनि ब्याज जस्तै तोकिएको दरले लाग्दछ र यसमा कुनै तजबीजी अधिकार कर अधिकृतसंग रहेको छैन । ऐनको (र नियमको) व्यवस्थाको पालना नगर्ने (ऐनमा स्पष्ट ब्याज वा शुल्क लाग्ने व्यवस्थाहरु बाहेक) व्यक्तिलाई भने रु. ५ हजारदेखि रु. ३० हजारसम्म जरिवाना सरहको शुल्क अटेरीको प्रकृति हेरी लाग्न सक्दछ ।

ब्याज र शुल्क फरक/फरक प्रयोजनको लागि लाग्ने भएकोले एउटै करदातालाई एकैचोटि उही आय वर्षको उही आय विवरणमा लाग्न सक्दछ । शुल्क कानूनी परिपालना नगरे बापत लगाईन्छ भने व्याज ढिला कर दाखिला गरे वापत लगाईन्छ ।

तपाईले गर्नु भएको गुनासोको परिणाम थाहा पाउन स्वयं चनाखो भई नतिजाको अनुगमन गर्नु  पर्दछ । यसका लागि ठेगाना, ईमेल वा फोन नंबर समेत टिपाउन सकिन्छ ।

शुल्क भनेको विवरण नबुझाउने, झुठा विवरण बुझाउने, भ्रमपूर्ण वा झुठा विवरण बनाउन मतियार भई मद्दत गर्ने वा आयकर कानून (ऐन नियम) को पालना नगर्ने व्यक्तिलाई कर प्रशासनले/आन्तरिक राजस्व विभाग ले लगाउने एकप्रकारको आर्थिक दण्ड हो । ब्याज भनेको कर रकम ढिला तिरे वापत असूल गरिने आर्थिक क्षतिपूर्ति (Compensation)  वापतको रकम हो अर्थात् कर दाखिला नगरी वा ढिला गरी अन्यत्र लगानी गर्ने अवस्थाबाट सरकारी राजस्व संकलनलाई प्रभावित हुन नदिन र त्यसो भएमा सो को क्षतिपूर्ति दावी गर्न लगाइने आर्थिक दुरुत्साहन (Economic Disincentive) स्वरुपको रकम हो ।

करदाताको गुनासो गर्न सम्बन्धित कार्यालयको गुनासो सुन्ने अधिकृत वा सम्बन्धित कार्यालयको प्रमुख वा आन्तरिक राजस्व विभागको महानिर्देशक वा अर्थ मन्त्रालयका सचिवसंग सम्पर्क गर्न सकिन्छ । निम्नलिखित ठेगाना, र इमेल वा हटलाइनमा समेत गुनासो राख्न सकिन्छ ।

क)    सम्बन्धित आन्तरिक राजस्व कार्यालय,

ख)    आन्तरिक राजस्व विभाग, लाजिम्पाट, काठमाडौं,

ग)    अर्थ मन्त्रालय सिंहदरबार, काठमाडौं,

घ)    विभाग/कार्यालयको टेलिफोन नम्बर र

ङ)    Email –website:  www.iro_@ird.gov.np

                                           www.ird.gov.np

                                           www.mof.gov.np

                                           हटलाइन ०१४४१५८०२, ०१४४१५८०३, ०१४४१९७१९

ब्याज र शुल्कका हकमा संशय वा संशोधित कर निर्धारणका साथै यस्तो लाग्ने ब्याज र शुल्कको निर्धारण पनि सम्बन्धित आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयले ऐनको दफा १०२ अनुसारको करदातालाई दिइने सूचनासाथ संलग्न गरी करदातालाई बुझाईन्छ र कर संकलन सरह यस्तो ब्याज र शुल्कको असूली पनि गरिन्छ । सजाय र जरिवानाका हकमा नेपाल सरकार वादी भई जिल्ला अदालतमा मुद्दा दायर गरी तहाँको फैसला अनुसार कार्यान्वयन हुन्छ ।

आयकर ऐन अनुसारको (परिच्छेद २३ अनुसारको) कसूर गर्ने जोसुकै व्यक्ति अर्थात् कर तिर्नुपर्ने वा विवरण दाखिला गर्नु पर्ने कर्तव्य भएको व्यक्ति, झुठा वित्तीय वा कर लेखा प्रमाणित गर्ने वा गलत परामर्श दिने वा भ्रमपूर्ण विवरण तयार पार्न सहयोग गर्ने मतियार (जस्तैः- लेखापरीक्षक वा कानूनी सल्लाहकार) वा अख्तियार प्राप्त वा अख्तियार ढाँट्ने व्यक्तिले कसूर गरेमा सजाय र जरिवानाको (कैद र जरिवानाको) सामना गर्नुपर्ने हुन सक्दछ ।

आन्तरिक राजस्व विभाग र सो मातहतमा कार्यालयले समेत प्रत्यक्ष गुनासो सुन्ने निश्चित पदाधिकारी तोकेको हुन्छ । गुनासो गर्ने व्यक्तिले सम्बन्धित अधिकारीलाइ भेटी गुनासो राख्न सकिन्छ । सो बाहेक जुनसुकै समयमा लिखित रुपमा पनि गुनासो पेश गर्न पनि सकिने व्यवस्था छ ।

कर दाखिला निर्धारित समयसम्म नगर्ने (मनासीब कारण बिना), झुठा वा भ्रमपूर्ण विवरण जानाजानी वा लापरवाहीसाथ पेश गर्ने, कर प्रशासनमा बाधा विरोध गर्ने वा अनुचित प्रभाव पार्ने, कसूर गर्न मतियार बन्ने, ऐनको पालना नगर्ने व्यक्तिलाई अदालतको आदेशले कैद वा नगद जरिवाना वा दुबै सजाय हुन सक्दछ । अख्तियार प्राप्त व्यक्तिले सरकारी गोप्यता भंग गरेमा वा अख्तियार नपाएको कुनै व्यक्तिले कर वा कर भनी अन्य कुनै रकम उठाएमा पनि जरिवाना र कैद दुबै सजाय हुन सक्दछ ।

करदाताको अधिकारको सम्मान भएन भने आन्तरिक राजस्व कार्यालयको प्रमुख वा आन्तरिक राजस्व विभागको महानिर्देशक वा अर्थ मन्त्रालयमा गुनासो गर्न सकिन्छ ।

शुल्कको निर्धारण माथि बुँदा ७ मा उल्लेख भए झैं घटी कर रकमको प्रतिशतका दरले वा निश्चित/तोकिएको रकमको दरले गरिन्छ । यसरी शुल्क निर्धारण गर्दा स्वयं कर निर्धारण गर्दा करदाता आफैले र संशोधित कर निर्धारण गर्दा कर अधिकृतले गर्दछ ।

करदाताले आफ्नो अधिकारको दाबी गर्दा ऐन नियममा उल्लेखित कर्तव्यहरु पालना गर्नुपर्दछ । प्रमुख कर्तव्यहरु देहाय बमोजिम छ :–

क)    तोकिएको समयमा विवरण एवं कर बुझाउनु पर्ने,

ख)    तोकिएको समयमा निर्धारित कर दाखिला गर्ने,

ग)    प्रशासनले माग गरेको सूचना, कागजात उपलब्ध गराउने र

घ)    प्रशासनलाई सहयोग गर्ने आदि ।

  • किस्ताबन्दीको विवरण/अनुमानित करको विवरण (आय विवरण) दाखिला गर्न सकेन भने प्रति विवरण रु.५ हजार रुपैयाँ वा आय विवरणमा उल्लेखित निर्धारण योग्य आय रकमको शून्य दशमलव शून्य एक प्रतिशतले हुने रकम मध्ये जुन वढी हुन्छ सो रकम शुल्क लाग्दछ ।
  • पूर्वानुमानितकरको विवरण दाखिला नगर्ने व्यक्तिलाई रु. एक सय प्रति महिनाका दरले शुल्क लाग्दछ।
  • अन्य व्यक्तिले आय विवरण दाखिला नगरेमा सो आय वर्षमा कुनै रकम कटाई पाउने भए सो नकटाई (अर्थात् कारोवाररकम) र कुनै रकम समावेश गर्नुपर्ने भए सो समावशे गरी हुने निर्धारणयोग्य आयको रकमको ०.१% प्रति वर्षका दरले हुने रकम वा एक सय रुपैयाँ प्रति महिनाका दरले हुने रकम मध्ये जुन बढी हुन्छ सो रकम शुल्क लाग्दछ ।
  • कुनै राख्नु पर्ने कागजात नराखेमा कारोवार रकमको ०.१% प्रतिशत वा वार्षिक एक हजार रुपैयाँ मध्ये जुन बढी हुन्छ सो रकम शुल्क लाग्दछ ।
  • त्यसै गरी जानजानी वा लापरवाही गरेको कारणबाट झुठा वा भ्रमपूर्ण विवरण दाखिला गर्नेलाई घटी हुन गएको कर रकमको शत् प्रतिशत र भूलवश मात्र त्रुटी हुन गएकोमा घटी कर दाखिला रकमको ५० प्रतिशत शुल्क लाग्दछ ।
  • मतियारलाई कम कर तिर्ने व्यक्तिले तिरेको कम करको शत् प्रतिशत रकम शुल्क लाग्दछ र साथै ऐन नियमका अन्य व्यवस्था उल्लंघन गर्ने व्यक्तिलाई ५ हजारदेखि ३० हजार रुपैयाँसम्म शुल्क लाग्दछ ।
  • अग्रिम कर असुल गर्नुपर्ने कुनै व्यक्तिले प्रत्येक महिना समाप्त भएको पच्चिस दिन भित्र विवरण दाखिला नगरेमा अग्रिम कर असुल गर्नुपर्र्ने रकमको वार्षिक २.५ प्रतिशतका दरले हुने शुल्क लाग्छ ।

करदाताको अधिकारको प्रत्याभूति आयकर ऐन, २०५८ को दफा ७४(२) मा गरिएको   छ । सो अनुसार करदातालाई देहाय बमोजिमको अधिकार हुनेछ ।

क)    सम्मानपूर्वक व्यवहारको अधिकार,

ख)    कर सम्बन्धी कुराहरुको सूचना प्रचलित कानून बमोजिम प्राप्त गर्ने अधिकार,

ग)    कर सम्बन्धी कुरामा सफाइको सबुत पेश गर्ने मौका प्राप्त गर्ने अधिकार,

घ)    प्रतिरक्षाका लागि कानून व्यवसायी वा लेखा परीक्षक मुकरर गर्ने अधिकार र

ङ)    कर सम्बन्धी गोपनीय कुराहरु यसमा उल्लेख भए बाहेक अनतिक्रम्य हुने अधिकार  आदि ।

कागजात नराखेमा वा विवरण वा आय विवरण दाखिला नगरेमा शुल्क लाग्दछ । झुठा वा भ्रमपूर्ण विवरण दाखिला गरेमा शुल्क लाग्दछ । कसूर गर्ने व्यक्तिलाई जानाजान वा लापरवाही गरी मद्दत गर्ने वा सल्लाह दिने मतियारलाई शुल्क लाग्दछ । साथै यी कुराहरु बाहेक आयकर ऐन वा नियमको कुनै व्यवस्था पालना नगर्ने व्यक्तिलाई पनि शुल्क लाग्दछ ।

कर निर्धारण भई असुल उपर भएपछि पनि पुरस्कार पाउन सक्नु भएन भने आन्तरिक राजस्व विभागको महानिर्देशक वा अर्थ मन्त्रालयमा उजुरी गर्न सक्नु हुन्छ । कानून अनुसार आफूलाई पुरस्कार नदिएको भनी अदालत समक्ष पनि निवदेन दिन सकिन्छ । यस्तो व्यवस्थाको कार्यान्वयन गर्न बिभागले अग्राधिकार दिने गर्दछ ।

ब्याज र शुल्कको निर्धारण सम्बन्धित आन्तरिक राजस्व कार्यालय,करदाता सेवा कार्यालयले गर्दछ र सोको सूचना आयकर ऐनको दफा १०२ बमोजिम जारी गरिने सूचनामा संशय वा संशोधित कर निर्धारण आदेशको साथ संलग्न गरी पठाउन सक्दछ ।

पुरस्कार पाउने निश्चित समय बारे स्पष्ट कानूनी व्यवस्था छैन । सामान्यतया सूचनाको आधारबाट छलि भएको कर रकम असूल उपर भएपछि पुरस्कार पाउन सक्नु हुन्छ ।

कर तिर्नुपर्ने मितिदेखि कर दाखिला गर्न बाँकी रहेको अवधिभरको लागि यस्तो तिर्न बाँकी कर रकममा प्रत्येक महिना र महिनाको भागमा सामान्य ब्याज दरले (१५ प्रतिशत वार्षिकका दरले) ब्याज लाग्दछ । किस्ताबन्दी करको हकमा सम्बन्धित किस्ता बुझाउनु पर्ने मितिबाट आगामी आ.ब.को असोज मसान्तसम्मको अवधिको लागि तिर्न बाँकी कर रकममा सामान्य ब्याज दरले ब्याज लाग्दछ । आय विवरणसाथ दाखिला गर्नुपर्ने कर रकमको हकमा सम्बन्धित आय वर्षपछिको आश्विन मसान्त पश्चातको दाखिला नभएसम्मको अवधिको लागि तिर्न बाँकी रकममा ब्याज लाग्दछ र विवरण दाखिला गर्न म्याद थप पाएको भए पनि यस्तो थप म्यादका लागि ब्याज छूट हुँदैन । यदि करदाताले आयको कम घोषणा गरी कार्यालयबाट थप करको दायित्व सिर्जना भएको अबस्थामा आर्थिक बर्ष समाप्त भएको असोज मसान्त सम्म किस्ता कम बुझाएको हिसाबले व्याज लाग्दछ भने कार्तिक १ देखि कर ढीला बुझाएको हिसाबले व्याजको गणना गरिन्छ ।

कर छली गरेको प्रमाणित हुने यथार्थ र वास्तविक कागजात तपाईले पेश गर्नुपर्दछ । आफ्नो नाम नदिई सांकेतिक चिन्ह प्रयोग गरेर पनि कर छलिको सूचना दिन सक्नु हुन्छ । यस्तो प्रकारका सांकेतिक सूचना गोप्य तबरले तपाईको स्पष्ट हुने गरी अधिकार प्राप्त अधिकारी समक्ष पहिले नै उल्लेख गर्नु पर्दछ ।

ब्याजको दर वार्षिक १५ प्रतिशत छ । यसलाई सामान्य ब्याजको दर भनिन्छ ।

दाखिला गर्नु पर्ने भनि आन्तरिक राजस्व कार्यालयले गरेको सूचना अनुसारको कर समयमा नबुझाएमा, किस्ताबन्दी कर, अग्रिम कर वा आय विवरणसाथ दाखिला गर्नु पर्ने कर समयमा नबुझाएमा ब्याज लाग्दछ ।

तपाईको सूचनाको आधारमा असूल उपर गरिएको करको रकम मध्ये तपाईले पेश गरेको प्रमाणको आधारमा थप असुल भएको कर रकमको २० प्रतिशत बराबरको रकम पुरस्कार पाउन सक्नु हुन्छ । पुरस्कार पाउने व्यक्ति एकभन्दा बढी भएमा पुरस्कारको रकम समानुपातिक रुपमा दिइनेछ ।

कुनै व्यक्तिले आफ्नो करको दायित्व छलेको वा छल्ने कोशिस गरेको प्रमाण सहितको सूचना दिई कर प्रशासनलाई सहयोग गरेमा पुरस्कार पाउन सकिन्छ ।

समयमा कर दाखिला नगरेमा ब्याज लाग्दछ । समयमा विवरणहरु (आय विवरण, किस्ताबन्दीको अनुमानित करको विवरण) दाखिला नगरेमा वा कागजात नराखेमा वा आयकर ऐन वा नियमको कुनै व्यवस्थाको पालना नगरेमा वा झुठा वा भ्रमपूर्ण विवरण दाखिला गरेमा तथा कर सम्बन्धी कसूर गर्ने व्यक्तिलाई जानाजान वा लापरवाही गरी मद्दत गरेमा शुल्क लाग्दछ । त्यसै गरी अदालतको फैसला अनुसार कर दाखिला नगर्ने, झुठा वा भ्रमपूर्ण विवरण दिने, कर प्रशासनमा बाधा विरोध गर्ने वा अनुचित प्रभाव पार्ने, कसूरमा मतियार हुने, अख्तियार प्राप्त वा अख्तियार प्राप्त नभएको व्यक्तिले कसूर गरेमा तथा ऐनको पालना नगर्ने व्यक्तिलाई नगद जरिवाना वा कैद वा दुबै सजाय (अवस्था अनुसार) हुने व्यवस्था आयकर ऐनले गरेको छ ।

पारिश्रमिक आय हुने प्राकृतिक व्यक्तिले ऐनको दफा १२ अनुसार आयकर छुट प्राप्त संस्थालाई दिएको बढीमा एक लाख रुपैया वा समायोजित कर योग्य आयको पांच प्रतिशत रकम मध्ये जुन घटी हुन्छ सो रकम सम्मको चन्दा खर्च दाबी गर्न पाउँछ । तर चन्दा खर्च दावी गर्न आय विवरण पेश गर्नुपर्दछ ।

स्वीकृत औषधि उपचार खर्च वापत बढीमा रू. ७५०।– सम्म कर मिलान गर्न पाइन्छ । स्वीकृत औषधि उपचार खर्चको प्रमाण पेश गर्नुपर्दछ ।

दुई स्थानमा रोजगारी आय भएमा आय विवरण पेश गर्नु पर्दछ ।

पारिश्रमिक आयमा तिरेको कर सो आय वर्षको दाखिला गर्नुपर्ने कर रकममा मिलान गर्दा बढी भएमा आगामी वर्षमा मिलान गर्न पाउँछ ।

पारिश्रमिक वापत वासिन्दा प्राकृतिक व्यक्तिलाई वार्षिक करयोग्य आयको आधारमा लाग्ने करलाई दामासाहीले मासिक रुपमा पारिश्रमिक भुक्तानी गर्दाको बखत रोजगारदाताले अग्रिम कर कट्टी गरी दाखिला गर्नुपर्दछ  र गैर वासिन्दा प्राकृतिक व्यक्तिलाई भुक्तानी गर्दा भुक्तानी गर्ने रकमको २५ प्रतिशतले कर कट्टी गर्नुपर्दछ ।

रोजगारदाताले कर कट्टी नगरेमा निजबाट लाग्ने कर रकम र दफा ११९ अनुसार बार्षिक १५ प्रतिशतका दरले व्याजको अतिरिक्त दफा १२० बमोजिमको शुल्क समेत असुल गरिन्छ । अग्रिम कर कट्टी गर्ने रोजगारदाताले कट्टी गरिएको करको विवरण पेश नगरेमा अग्रिम कर कट्टी गर्नुपर्ने कर रकमको वार्षिक दुई दशमलव पाँच प्रतिशतका दरले हुने रकम शुल्क लाग्दछ ।

भुक्तानीकर्ता/रोजगारदाताले वार्षिक पारिश्रमिक आय प्रमाणित गर्नुपर्दछ ।

पारिश्रमिक आयको कर चुक्ता प्रमाणपत्र आन्तरिक राजस्व विभाग मातहतका सम्बन्धित कार्यालयहरुले दिन्छन् ।

छ । पारिश्रमिक आय हुनेलाई विशेष सुविधा स्वरूप आय वर्ष २०८०/०८१ को लागि प्राकृतिक व्यक्तिको आयमा समावेश नहुने रकम वा खर्चमा छुट हुने रकम देहाय बमोजिम रेहकोछ ।

१ दुर्गम भत्ता सुविधाः

दुर्गम क्षेत्रमा कार्यरत प्राकृतिक व्यक्तिको करयोग्य आयबाट घटाउन पाउने रकम

१. “क” वर्गका क्षेत्रमा रु. ५०,००० (पचास हजार)

२. “ख” वर्गका क्षेत्रमा रु. ४०,००० (चालीस हजार)

३. “ग” वर्गका क्षेत्रमा रु. ३०,००० (तीस हजार)

४. “घ” वर्गका क्षेत्रमा रु. २०,००० (बीस हजार)

५. “ङ” वर्गका क्षेत्रमा रु. १०,००० (दश हजार)

२. बैदेशिक भत्तामा छुट सुविधाः

नेपालका विदेशस्थित कुटनीतिक नियोगमा कार्यरत कर्मचारीलार्ई प्राप्त हुने बैदेशिक भत्ताको पचहत्तर प्रतिशत रकम करयोग्य आयबाट घटाउन पाउने ।

३. अपाङ्ग ब्यक्तिले पाउने छुट सुविधाः

बासिन्दा प्राकृतिक व्यक्ति अपाङ्ग रहेछ भने त्यस्तो व्यक्तिले करयोग्य आयबाट निजले छुट पाउने सीमामा थप पचास प्रतिशत थप रकम पाउने ।

४. लगानी वीमामा छुट सुविधाः

बासिन्दा प्राकृतिक व्यक्तिले लगानी बीमा गरेको रहेछ भने त्यस्तो बीमा वापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा चालीस हजार रुपैयाँमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाउन पाउने ।

५. स्वास्थ्य बीमा वापत तिरेको प्रिमियम

बासिन्दा प्राकृतिक व्यक्तिले बासिन्दा बीमा कम्पनीसँग स्वास्थ्य बीमा गरेको रहेछ भने त्यस्तो बीमा बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा बीस हजार रुपैयाँमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाउन पाउने ।

६. पारिश्रमिक आय मात्र हुने महिलालाई लाग्ने करमा छुट

कुनै बासिन्दा प्राकृतिक व्यक्ति पारिश्रमिक आय मात्र आर्जन गर्ने महिला रहेछन भने त्यस्तो प्राकृतिक व्यक्तिले तिर्नुपर्ने कर रकममा दश प्रतिशत छुट हुनेछ । 

७. निजी भवनको बीमा वापत तिरेको प्रिमियम

बासिन्दा प्राकृतिक व्यक्तिले बासिन्दा बीमा कम्पनीसँग आफ्नो स्वामित्वमा रहेको निजी भवनको बीमा गरेको रहेछ भने त्यस्तो बीमा बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा पाँच हजार रुपैयाँमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाउन पाउने ।

रोजगारी आयमा रोजगारदाताबाट कुनै आय वर्षमा प्राकृतिक व्यक्तिलाई दिइएका ज्याला, तलब, बिदा वापतको रकम, अतिरिक्त समय काम गरे वापतको रकम, शुल्क, कमिशन, पुरस्कार, उपहार, बोनस र अन्य सुविधाहरु वापतको भुक्तानी, महगी भत्ता, जीवन निर्वाह खर्च, भाडा, मनोरञ्जन वा यातायात वापतको रकम लगायत कुनै पनि व्यक्तिगत भत्ताका भुक्तानीहरु, निज वा निजका सम्बद्ध व्यक्तिले व्यक्तिगत प्रयोजनका लागि गरेको खर्चको फछर्यौट वा शोधभर्ना वापत प्राप्त गरिएको भुक्तानी, रोजगारीको कुनै शर्तमा सहमति जनाए वापत गरिएका भुक्तानी, रोजगारीको अन्त्य, नोक्सानी वा अनिवार्य अवकाश वापत गरिएका भुक्तानी, अवकाश भुक्तानी र रोजगारदाताले सो कर्मचारीको लागि अवकाश कोषमा जम्मा गरेको रकम समेतका अवकाश योगदान, रोजगारीका सम्बन्धमा गरिएका अन्य भुक्तानी र कर लेखांकन रकमहरुको परिमाणिकरण, बांडफांड र चारित्रीकरण गर्दा समावेश गरिर्नुपर्ने अन्य रकमहरु समावेश हुन्छन् ।

कुल निर्धारणयोग्य आयमा दफा १२ अनुसार कर छुट पाएका संस्थाहरुलाई दिइएका चन्दा उपहार र दफा ६३ बमोजिम स्वीकृत अवकाश कोषमा जम्मा गरिएको तोकिएको सीमासम्मको भुक्तानी घटाई हुन आउने करयोग्य आयमा ऐनको अनुसूची–१ बमोजिम पाउने सुविधा कट्टा गरि बाँकी हुन आउने रकममा सोही अनूसूचीमा उल्लेखित करको दरले गणना गरी हुने कर रकममा दफा ५१ बमोजिम औषधि उपचार खर्च भए बढीमा रु. ७५०।०० कर मिलान गरी बाँकि हुन आउने रकमलाई दामासाहीले मासिक रुपमा विभाजन गरी पारिश्रमिक आय प्राप्त गर्दाका बखत अग्रिम रुपमा कर तिर्नुपर्दछ ।

लाग्ने करको गणना भुक्तानीकर्ताले गर्छ । सो ठीक भए नभएको सम्बन्धमा भुक्तानी पाउने व्यक्ति पनि सचेत हुनुपर्दछ ।

रोजगारी आय हुने व्यक्तिको पारिश्रमिक भुक्तानी प्राप्त गर्दाका बखत रोजगारदाताले अग्रिम कर कट्टी गरी दाखिला गर्नुपर्दछ ।

रोजगारीको आयमा कर छुट छैन । प्राकृतिक व्यक्तिको रोजगारीको आयमा आ.व.२०८०।०८१ को लागि देहाय बमोजिम कर लाग्दछ ।

विवरण

करयोग्य आय रु.

करको दर

एक्लो प्राकृतिक व्यक्तिको रुपमा छनौट गर्नेको हकमा

(क)    ५,००,०००।०० सम्म

सामाजिक सूरक्षा कर बापत एक प्रतिशत कर लाग्ने ।

(ख)    ७,००,०००।०० सम्म

रु.५ लाखसम्म एक प्रतिशत र बांकी रकममा दश प्रतिशतले कर लाग्ने ।

(ग)     १०,००,०००।०० सम्म

रु.७ लाखसम्म पच्चिस हजार रुपैयाँ र बांकी रकममा बीस प्रतिशतले कर लाग्ने ।

(घ)     २०,००,०००।०० सम्म

रु.१० लाखसम्म पचासी हजार रुपैयाँ र बांकी रकममा तीस प्रतिशतले कर लाग्ने ।

(ङ)     २०,००,०००।०० रुपैयाँ भन्दा माथि पचास लाख सम्मको करयोग्य आय हुनेको हकमा

रु.५ लाखमा एक प्रतिशत,

रु.२ लाखमा दश प्रतिशत,

रु.३ लाखमा बीस प्रतिशत,

रु.१० लाखमा तीस प्रतिशत,

रु.२० लाख भन्दा बढी पचास लाख सम्मको करयोग्य आयमा  तीस प्रतिशतले हुने करको दरमा थप बीस प्रतिशत अतिरिक्त कर लाग्ने ।

(च)     ५०,००,०००/०० रुपैँया भन्दा माथि जतिसुकै करयोग्य आय हुनेको हकमा

रु.५ लाखमा एक प्रतिशत,

रु.२ लाखमा दश प्रतिशत,

रु.३ लाखमा बीस प्रतिशत,

रु.१० लाखमा तीस प्रतिशत,

रु.२० लाख भन्दा बढी पचास लाख सम्मको करयोग्य आयमा  तीस प्रतिशतले हुने करको दरमा थप बीस प्रतिशत अतिरिक्त कर लाग्ने ।

रु.५० लाख भन्दा बढी जतिसुकै करयोग्य आय भएमा तीस प्रतिशत बमोजिमको दरको थप तीस प्रतिशत

तर निवृत्तभरण  बापतको  आय,  निवृत्तभरण  कोष  र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा १ प्रतिशत कर लाग्दैन ।

दम्पती प्राकृतिक व्यक्तिको रुपमा छनौट गर्नेको हकमा

(क)    ६,००,०००।०० सम्म

सामाजिक सूरक्षा कर बापत एक प्रतिशत कर लाग्ने ।

(ख)    ८,००,०००।०० सम्म

रु.६ लाख  सम्म एक प्रतिशत र बांकी रकममा दश प्रतिशतले कर लाग्ने ।

(ग)     ११,००,०००।०० सम्म

रु.८ लाख सम्म छब्वीस हजार  रुपैयाँ र बांकी रकममा बीस प्रतिशतले कर लाग्ने ।

(घ)     २०,००,०००।०० सम्म

रु.११ लाख रुपैंयासम्म छयासी हजार  रुपैयाँ र बांकी रकममा तीस प्रतिशतले कर लाग्ने ।

(ङ)     २०,००,०००।०० रुपैयाँ भन्दा माथि पचास लाख सम्मको करयोग्य आय हुनेको हकमा

रु.६ लाख मा एक प्रतिशत,

रु.२ लाखमा दश प्रतिशत,

रु.३ लाखमा बीस प्रतिशत,

रु.९ लाखमा तीस प्रतिशत,

रु.२० लाख भन्दा बढी पचास लाख सम्मको करयोग्य आयमा  तीस प्रतिशतले हुने करको दरमा थप बीस प्रतिशत अतिरिक्त कर लाग्ने ।

(च)     ५०,००,०००/०० रुपैँया भन्दा माथि जतिसुकै करयोग्य आय हुनेको हकमा

रु.५ लाखमा एक प्रतिशत,

रु.२ लाखमा दश प्रतिशत,

रु.३ लाखमा बीस प्रतिशत,

रु.१० लाखमा तीस प्रतिशत,

रु.२० लाख भन्दा बढी पचास लाख सम्मको करयोग्य आयमा  तीस प्रतिशतले हुने करको दरमा थप बीस प्रतिशत अतिरिक्त कर लाग्ने ।

रु.५० लाख भन्दा बढी जतिसुकै करयोग्य आय भएमा तीस प्रतिशत बमोजिमको दरको थप तीस प्रतिशत

तर निवृत्तभरण  बापतको  आय,  निवृत्तभरण  कोष  र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा १ प्रतिशत कर लाग्दैन ।

कर प्रशासन र निवेदक दुवैले यो आदेशको पालना गर्नु पर्दछ ।

पूर्वादेश माग गर्ने निवेदक र कार्यान्वयन गर्ने कर प्रशासनका लागि मात्र पूर्वादेश बहाल रहेसम्म उक्त आदेश बाध्यकारी हुन्छ । अन्यलाई बाध्यकारी हुँदैन । पूर्वादेशसंग सम्बद्ध विषयको पूर्ण यथार्थ विवरण विभाग समक्ष प्रस्तुत गरेको र पूर्वादेश माग गरिएको निवेदनमा उल्लिखित बुंदा अनुरुपको प्रबन्ध भएको व्यक्तिको हकमा आन्तरिक राजस्व विभाग यस्तो पूर्वादेश मान्न बाध्य छ । पूर्वादेश जारी गरिएको व्यक्तिको हकमा सार्वजनिक परिपत्रभन्दा पूर्वादेशले यस्तो व्यक्तिका लागि प्राथमिकता पाउँछ । तर आयकर ऐन तथा नियमावलीको जुन दफा वा नियमको आधारमा पूर्वादेश जारी गरिएको हो सो दफा वा नियममा संशोधन भएमा जारी भएको पूर्वादेश संशोधन भएको हदसम्म स्वतः बदर हुनेछ ।

रोजगारी आय मात्र हुने व्यक्तिको वार्षिक करयोग्य आयको आधारमा लाग्ने करलाई दामासाहीले मासिक रुपमा पारिश्रमिक भुक्तानी गर्दाको बखत रोजगारदाताले अग्रिम कर कट्टी गरी दाखिला गर्नुपर्दछ ।

पूर्वादेश माग गर्न कुनैपनि धरौटी वा दस्तुर बुझाउनु पर्दैन ।

कुनै काल्पनिक विषयमा विभागको राय जान्न पूर्वादेश माग गर्न सकिदैन । पूर्वादेशको विषयवस्तु निवेदकको कारोबारको यथार्थ अवस्थासँग सम्बन्धित भई कानूनी द्विविधा परेको हुनुपर्छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशकले जारी गरेको पूर्वादेशमा चित्त नबुझे तपाईले ऐनको दफा ११५ बमोजिम विभाग समक्ष प्रशासकीय पुनरावलोकनको लागि निवेदन वा आयकर ऐन २०५८ दफा ११६(४)  बमोजिम राजस्व न्यायाधीकरण समक्ष पुनरावेदन दिन सक्नु हुन्छ ।

(१) देहायका भुक्तानीलाई अन्तिम रुपमा कर कट्टी हुने भुक्तानी मानिनेछः–

(क) बासिन्दा कम्पनी वा साझेदारी फर्मले भुक्तानी गरेको लाभांश,

(ख) व्यवसाय सञ्चालन गरिरहेको बाहेक अन्य प्राकृतिक व्यक्तिलाई नेपालमा स्रोत भएको जग्गा वा घर र सो सँग गाँसिएका जडानहरु र उपकरणहरु बापत भुक्तानी गरेको भाडा,

(ग) बासिन्दा व्यक्तिले लगानी बीमा बापत भुक्तानी गरेको लाभ,

(घ) बासिन्दा व्यक्तिले तिरेको स्वीकृति नलिएको अवकाश कोषको हित बापत भुक्तानी गरेको लाभ,

(ङ) दफा ८८ को उपदफा (३) मा उल्लिखित बैंड्क, वित्तीय संस्था वा ऋणपत्र जारी गर्ने अन्य कुनै निकाय वा प्रचलित कानून बमोजिम सूचीकृत भएका कम्पनी वा सहकारीले भुक्तानी दिएको देहाय बमोजिमको ब्याजः–

        (१) नेपालमा स्रोत भएको र व्यवसाय सञ्चालनसँग सम्बन्धित नभएको प्राकृतिक व्यक्तिलाई भुक्तानी गरेको,

        (२)  दफा २ को खण्ड (ध) बमोजिमको कर छुट पाउने संस्थालाई भुक्तानी गरेको ।

(च) दफा ८७, ८८, ८८क. वा ८९ बमोजिम गैरबासिन्दा व्यक्तिलाई दिइएको कर कट्टी हुनु पर्ने भुक्तानी ।

(छ) नेपाल सरकार वा स्वीकृत अवकाश कोष वा स्वीकृति नलिएको अवकाश कोषबाट भुक्तानी गरिएको अवकाश भुक्तानीसमेत सबै प्रकारका अवकाश भुक्तानी (नियमित रूपमा भुक्तानी हुने निवृत्तिभरण बाहेक),

(ज) प्रति बैठक बीस हजार रुपैयाँ सम्मको बैठक भत्ता, पटके रूपमा अध्यापन गराए वापत, प्रश्नपत्र तयार गरे वा उत्तर पुस्तिका जाँच गरे वापतको भुक्तानी,  

(झ) आकस्मिक लाभ बापतको भुक्तानी,

(ञ) सामुहिक लगानी कोष (म्युचुअल फण्ड) बाट प्राकृतिक व्यक्तिलाई वितरण गरिने प्रतिफल रकम ।

(ट)   एकलौटी फर्म बाहेकका प्राकृतिक व्यक्तिको सवारी वा ढुवानी साधानको भाडा वा ढुवानी सेवा वापतको भुक्तानी ।

पूर्वादेश आन्तरिक राजस्व विभागका महानिर्देशकबाट जारी हुन्छ ।

आफूले माग गरेको पूर्वादेश पाउन ढिला भयो भने निवेदकले ऐनको दफा ११५ बमोजिम विभाग समक्ष प्रशासकीय पुनरावलोकनको लागि निवेदन वा दफा ११६(४) बमोजिम राजस्व न्यायाधीकरण समक्ष पुनरावेदन गर्न सकिन्छ ।

बासिन्दा ब्यक्तिले ऐनको ८७, ८८, ८८क., र ८९ बमोजिम भुक्तानीमा गर्नुपर्ने अग्रिम कर कट्टीका दर (आ. व. २०८०।०८१) को सम्बन्धमा समष्टिगतमा तल टेवलमा प्रस्तुत गरिएको छ ।

क्र.सं.

भुक्तानी (आय) को किसिम

अग्रिम कर कट्टी गर्ने दर

अग्रिम कर कट्टी गर्ने दफा

नेपालमा स्रोत भएको रोजगारीबाट कुनै कर्मचारी वा कामदारले प्राप्त गरेको पारिश्रमिक

अनुसूची १ को दफा १ वा २ मा तोकिएको दरले

दफा ८७ को उपदफा (१)

नेपालमा स्रोत भएको निकायको लागि ब्याज भुक्तानी

१५

दफा ८८ को उपदफा (१)

प्राकृतिक स्रोत, रोयल्टी,सेवा शुल्क, कमिशन, बिक्रि बोनस, अबकास भुक्त्तानी आदि

१५

दफा ८८ को उपदफा (१)

बैठक भत्ता, पटके रुपमा गरिएको अध्यापन गराए वापत, प्रश्नपत्र तयार गरे वा उत्तर पुस्तिका जाँच गरे वापतको भुक्त्तानी

१५

दफा ८८ को उपदफा (१)

नेपाल सरकारबाट भएको अबकाश भुक्त्तानी वा स्वीकृत अबकाश कोषबाट भएको योगदानमा आधारित अबकाश भुक्त्तानीबाट रु.५,००,०००/- वा भुक्त्तानी रकमको ५० प्रतिशतमध्ये जुन बढी हुन्छ सो घटाइ बाँकी रहने भुक्त्तानी

दफा ८८ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यंशको देहाय (१)

बासिन्दा रोजगार कम्पनीले गैर बासिन्दा ब्यक्त्तिलाइ भुक्त्तानी गरेको कमिशन

दफा ८८ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यंशको देहाय (२)

वायुयानको लिज पट्टा वापतको रकम भुत्तानी

१०

दफा ८८ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यंशको देहाय (३)

मूल्य अभिबृद्धी करमा दर्ता भएको सेवा प्रदायक वासिन्दा ब्यक्त्तीलाई भुक्त्तानी गरेको सेवा शुल्कमा वा मूल्य अभिबृद्धी कर छुटको कारोवार गर्ने वासिन्दा निकायलाई भुक्त्तानी गरेको सेवा शुल्क

१.५

दफा ८८ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यंशको देहाय (४)

बासिन्दा ब्यक्त्तिले नेपालमा स्रोत भएको भाडा भुक्त्तानी

१०

दफा ८८ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यंशको देहाय (५)

१०

मूल्य अभिबृद्धी करमा दर्ता भई सवारी साधन भाडामा दिने व्यबसाय गर्ने ब्यक्त्तिलाई त्यस्तो सवारी साधानको भाडा वापत भुक्त्तानी गर्ने रकममा

१.५

दफा ८८ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यंशको देहाय (५) (क)

११

सामुहिक लगानी कोष (म्युचुअल फण्ड) बाट वितरण गरिने प्रतिफल

प्राकृतिक ब्यक्त्तिलाईः

अन्य ब्यक्त्तिलाईः

१५

दफा ८८ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यंशको देहाय (६)

१२

बासिन्दा ब्यक्त्तिले भू उपग्रह, ब्याण्डविथ, अप्टिकल फाइबर, दूरसञ्चार सम्बन्धी उपकरण वा विद्युत प्रशारण लाइन प्रयोग गरे बापतको भुक्त्तानी

१०

दफा ८८ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यंशको देहाय (७)

१३

ढुवानी सेवा वापतको वा ढुवानी साधान भाडामा दिए वापतको भुक्त्तानी रकम

तर मूल्य अभिबृद्धि करमा दर्ता भई ढुवानी सेवा प्रदान गर्ने वा ढुवानी साधन भाडामा दिने व्यवसाय गर्ने ब्यक्त्तिलाई भुक्त्तानी गर्ने रकम

२.५

१.५

दफा ८८ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यंशको देहाय (८)

१४

बासिन्दा बैंक तथा वित्तिय संस्थाले नेपाल राष्ट्र बैंकले तोकेको क्षेत्रमा लगानी गर्न बिदेशी बैंक वा अन्य वित्तिय संस्थाबाट विदेशी मुद्रामा ऋण बापतको ब्याज भुक्त्तानी

१०

दफा ८८ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यंशको देहाय (९)

१५

संवत् २०८२ साल चैत महिनासम्म वित्तिय व्यबस्थापन (फाइनान्सियल क्लोजर) सम्पन्न हुने दुई सय मेगावाट भन्दा माथिका जलाशय तथा अर्धजलाशययुत्त जलबिद्युत आयोजनाले विदेशी बैंक वा अन्य विदेशी वित्तिय संस्थाबाट बिदेशी  मुद्रामा लिएको ऋण बापतको ब्याज भुक्त्तानी

दफा ८८ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यंशको देहाय (९)

(क)

१६

विदेशी बिद्यालय वा विश्वविद्यालयलाई रजिष्ट्रेशन शुल्क, शिक्षण शुल्क तथा परीक्षा शुल्क वापतको भुक्त्तानी

दफा ८८ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यंशको देहाय (११)

१७

बासिन्दा बैक तथा वित्तिय संस्थाले जीवन बीमा कम्पनीलाई निक्षेप बापत भुक्त्तानी गरेको ब्याज

दफा ८८ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यंशको देहाय (१२)

१८

साहित्यिक लेख वा रचना वापत बासिन्दा ब्यक्त्तिलाई रोयल्टी भुक्त्तानी

१.५

दफा ८८ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यंशको देहाय (१३)

१९

बासिन्दा ब्यक्त्तिले नेपालमा स्रोत भएको लाभांश भुक्त्तानीमा

दफा ८८ को उपदफा (२) को खण्ड (क)

२०

बासिन्दा ब्यक्त्तिले नेपालमा स्रोत भएको लगानी बीमाको लाभ भुक्त्तानीमा

दफा ८८ को उपदफा (२) को खण्ड (ख)

२१

बासिन्दा ब्यक्त्तिले नेपालमा स्रोत भएको स्वीकृति नलिएको अवकाश कोषबाट लाभको भुक्त्तानीमा

दफा ८८ को उपदफा (२) को खण्ड (ग)

२२

नेपालमा स्रोत भएको र व्यवसाय सञ्चालनसँग सम्बन्धित नभएको हकमा बासिन्दा बैंक, वित्तिय संस्था, सहकारी वा ऋणपत्र जारी गर्ने अन्य कुनै निकाय वा प्रतलित कानुन बमोजिम सूचिकृत भएका कम्पनीले कुनै प्राकृतिक ब्यक्त्तिलाई निक्षेप, ऋणपत्र, डिबेन्चर तथा सरकारी बण्ड बापत भुक्त्तानी गर्ने ब्याज

दफा ८८ को उपदफा (३)

२३

आकास्मिक लाभ बापतको भुक्त्तानीमा

२५

दफा ८८क. को उपदफा (१)

२४

ठेक्का वा करार बापत रु.५०,०००/-भन्दा बढी रकमको भुक्त्तानीमा

१.५

दफा ८९ को उपदफा (१)

२५

गैर बासिन्दा ब्यक्त्तिलाई भुक्त्तानी हुने ठेक्का वा करारमा

दफा ८९ को उपदफा (३)(क)

२६

गैर बासिन्दा बिमा कम्पनीलाई भुक्त्तानी हुने प्रिमियम वा गैर बासिन्दा बीमा कम्पनीबाट पुनर्बीमा बापत प्राप्त हुने प्रिमियम रकमबाट दिइने कमिशन

१.५

दफा ८९ को उपदफा (३) को खण्ड (ख)

२७

गैर बासिन्दा ब्यक्त्तिलाई हुने अन्य भुक्त्तानी

विभागले लिखित सूचना दिए बमोजिम

दफा ८९ को उपदफा (३) को खण्ड (ग)

२८

उपभोक्त्ता समिति मार्फत काम गराउने गरी गरिएको पचास लाख रुपैँयाभन्दा बढीको भुक्त्तानी

१.५

दफा ८९ को उपदफा (३क)

२९

प्राकृतिक ब्यक्त्तिले घर बहाल बापत प्राप्त गरेको रकममा

कर कट्टी गर्नु नपर्ने

दफा ८८ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यंशको देहाय (५) को खण्ड (ख)

३०

उपभोक्त्ताले वस्तु तथा सेवा खरिद गर्दा प्रतलित कानुन बमोजिम भुक्त्तानी कार्ड, इ-मनी (वालेट), मोबाइल बैंकिङ्ग जस्ता बिद्युतिय भुक्त्तानीका उपकरणबाट भुक्त्तानी गरे बापत प्रदान गरिने प्रोत्साहन रकममा

कर कट्टी गर्नु नपर्ने

दफा ८८ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यंशको देहाय (१०)

३१

प्राकृतिक ब्यक्त्तिले गरेको ब्यबसाय सञ्चालनसँग सम्बन्धित बाहेकका अन्य कुनै भुक्त्तानी

कर कट्टी गर्नु नपर्ने

दफा ८८ को उपदफा (४) को खण्ड (क)

३२

पत्रपत्रिकामा प्रकाशित लेख रचना बापतको भुक्त्तानी

कर कट्टी गर्नु नपर्ने

दफा ८८ को उपदफा (४) को खण्ड (क१)

३३

बासिन्दा बैंक वा अरु बासिन्दा वित्तिय संस्थालाई तिरेको ब्याज

कर कट्टी गर्नु नपर्ने

दफा ८८ को उपदफा (४) को खण्ड (ख)

३४

सहकारी बैंक तथा सहकारी संघ संस्थाले एक आपसमा ऋण लगानी बापत तिरेको ब्याज

कर कट्टी गर्नु नपर्ने

दफा ८८ को उपदफा (४) को खण्ड (ख१)

३५

कर छुट पाएको भुक्त्तानी

कर कट्टी गर्नु नपर्ने

दफा ८८ को उपदफा (४) को खण्ड (ग)

३६

क्रेडिट कार्ड जारी गर्ने बैंकलाई तिरेको इण्टररिजनल इण्टरचेन्ज शुल्क

कर कट्टी गर्नु नपर्ने

दफा ८८ को उपदफा (४) को खण्ड (घ)

३७

साहित्य, कला,संस्कृति,खेलकुद,पत्रकारिता, बिज्ञान,प्रबिधि तथा सार्बजनिक प्रशासन क्षेत्रमा योगदान पुय्राए वापत प्राप्त हुने राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका पाँच लाख रुपैँयासम्मको पुरस्कार

कर कट्टी गर्नु नपर्ने

दफा ८८ क.को उपदफा (२)

३८

कमोडिटी फ्यूचर मार्केट अन्तर्गत ब्यापार गर्ने ब्यक्त्तिबाट सो व्यबसायबाट प्राप्त गर्ने मुनाफा र लाभमा कमोडिटी फ्यूचर मार्केट सेवा सञ्चालन गर्ने निकायले असुल गर्नुपर्ने अग्रिम कर

१०

दफा ९५ क.को उपदफा (१)

३९

नेपाल धितो पत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निसर्गबाट प्राप्त लाभको भुक्त्तानी वासिन्दा प्राकृतिक ब्यक्त्तिको हकमा तीन सय पैँसठ्ठी दिन भन्दा बढी अबधि स्वामित्वमा रहेको हितको लाभ रकममा

दफा ९५ क.को उपदफा (२) को खण्ड (क)

४०

नेपाल धितो पत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निसर्गबाट प्राप्त लाभको भुक्त्तानी वासिन्दा प्राकृतिक ब्यक्त्तिको हकमा तीन सय पैँसठ्ठी दिन वा सो भन्दा कम अबधि स्वामित्वमा रहेको हितको लाभ रकममा

७.५

दफा ९५ क.को उपदफा (२) को खण्ड (क)

४१

नेपाल धितो पत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निसर्गबाट बासिन्दा निकायले प्राप्त गरेको लाभको भुक्त्तानीमा

१०

दफा ९५ क.को उपदफा (२) को खण्ड (क)

४२

नेपाल धितो पत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निसर्गबाट अन्यले प्राप्त गरेको लाभको भुक्त्तानीमा

२५

दफा ९५ क.को उपदफा (२) को खण्ड (क)

४३

नेपाल धितो पत्र बोर्डमा सूचीकरण नभएको निकायको हितको निसर्गबाट बासिन्दा प्राकृतिक ब्यक्त्तिले प्राप्त गरेको लाभको भुक्त्तानीमा

१०

दफा ९५ क.को उपदफा (२) को खण्ड (ख)

४४

नेपाल धितो पत्र बोर्डमा सूचीकरण नभएको निकायको हितको निसर्गबाट बासिन्दा निकायले प्राप्त गरेको लाभको भुक्त्तानीमा

१५

दफा ९५ क.को उपदफा (२) को खण्ड (ख)

४५

नेपाल धितो पत्र बोर्डमा सूचीकरण नभएको निकायको हितको निसर्गबाट अन्यले प्राप्त गरेको लाभको भुक्त्तानीमा

२५

दफा ९५ क.को उपदफा (२) को खण्ड (ख)

४६

प्राकृतिक ब्यक्त्तिको जग्गा वा निजी भवन निःसर्ग वापत भएको पुँजीगत लाभमा सम्पत्तिको स्वामित्व पाँच वर्ष वा सो भन्दा बढी भएकोमा

दफा ९५ क.को उपदफा (५) को खण्ड (क)

४७

प्राकृतिक ब्यक्त्तिको जग्गा वा निजी भवन निःसर्ग वापत भएको पुँजीगत लाभमा सम्पत्तिको स्वभाविक पाँच वर्ष  भन्दा कम भएकोमा

७.५

दफा ९५ क.को उपदफा (५) को खण्ड (ख)

४८

दफा ९५क. को उपदफा (५) मा लेखिए देखि बाहेक अन्य कुनै व्यक्त्तिको स्वामित्वको जग्गा वा भवन निःसर्ग भएको मूल्यमा

१.५

दफा ९५ क.को उपदफा (६)

४९

विदेशमा अध्ययन गर्न जाने विद्यार्थिलाई भाषा परिक्षा तथा मानकीकृत परीक्षण शुल्क वापत विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउने वासिन्दा बैक वा वित्तिय संस्थाले त्यस्तो परीक्षा शुल्क वापतको रकममा विदेशी मुद्राको सटही सुविधा दिएको

१५

दफा ९५ क.को उपदफा (६क)

५०

व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्त्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराए वापत विदेशी मुद्रामा भुक्त्तानी प्राप्त गरेको भए, सम्बन्धित बैङ्क, वित्तिय संस्था तथा मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्त्तानी प्रदान गर्दा प्राप्त रकममा

दफा ९५ क.को उपदफा (६

ख)

५१

व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्त्तिले ब्यक्त्तिगत रुपमा नेपाल बाहिर परामर्श सेवा प्रदान गरे वापत विदेशी मुद्रामा कुनै भुक्त्तानी प्राप्त गरेको भएमा सम्बन्धित बैङ्क, वित्तिय संस्था तथा मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्त्तानी प्रदान गर्दा प्राप्त रकममा

दफा ९५ क.को उपदफा (६ग)

५२

व्यवसाय सञ्चालनमा संलग्न नरहेको  बासिन्दा प्राकृतिक व्यक्त्तिले सामाजिक संजालमा श्रब्यदृश्य सामाग्री अपलोड गरे वापत विदेशी मुद्रामा भुक्त्तानी प्राप्त गरेको भएमा सम्बन्धित बैङ्क, वित्तिय संस्था तथा मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्त्तानी प्रदान गर्दा प्राप्त रकममा

दफा ९५ क.को उपदफा (६घ)

५३

बासिन्दा विद्युतीय व्यापार सञ्चालक (इ-कमर्श अपरेटर) ले आफ्नो प्लेटफर्ममा आबद्ध भई कुनै वस्तु, सेवा वा वस्तु र सेवा बिक्री बापतको रकम भुक्त्तानी गर्दा

दफा ९५ क.को उपदफा (६ङ)

५४

व्यापारिक प्रयोजनको लागि पैठारी हुने भन्सार दरबन्दीको भाग १ मा पर्ने राँगा, भैसी, खसी, बोका, भेडा,  च्याङग्रा, भाग ३ मा पर्ने जीवित, ताजा तथा हिमिकृत गरिएको माछा, भाग ६ मा पर्ने ताजा फुलहरु, भाग ७ मा पर्ने ताजा तरकारी, आलु, प्याज, सुख्खा तरकारी, लसुन, बेबी कर्न र भाग ८ मा पर्ने ताजा फलफुलहरुमा भन्सार प्रयोजनको लागि कायम मूल्यमा

दफा ९५ क.को उपदफा (७)

५५

भाग २ को मासु, भाग ४ को दूधजन्य पदार्थ, अण्डा, मह, भाग १० को कोदो , फापर, जुनेलो, चामल, कनिका, भाग ११ को मैदा, आँटा तथा पिठो, भाग १२ को जडिबुटि, उखु, र भाग १४ को बनस्पतिजन्य उत्पादनमा

२.५

दफा ९५ क.को उपदफा (७)

५६

तर दफा ९५क. को उपदफा (७) बमोजिमका बस्तुमध्ये मुल्य अभिबृद्धि कर लाग्ने वस्तु पैठारीमा

१.५

दफा ९५ क.को उपदफा (७)

पूर्वादेश माग गरेको ४५ दिनभित्र बिभागले उपलब्ध गराउनु पर्ने कानूनी व्यवस्था छ ।

पूर्वादेश माग गर्न विभाग समक्ष निवेदन दिनु पर्दछ । यस प्रयोजनका लागि निवेदनको ढाँचा तोकिएको छ । पूर्वादेश माग गर्न सम्बद्ध विषयको पूर्ण र यथार्थ विवरण विभागलाई उपलब्ध गराउनु पर्दछ । तर पूर्वादेश काल्पनिक बिषयमा भने माग्न सकिदैन । यो करदाताको द्विबिधा हटाउनको लागि प्रयोगमा ल्याएको आधुनिक कर प्रणालीको प्रबन्ध हो ।

इन्टरनेटबाट पनि अग्रिम कर कट्टी विवरण बुझाउने सुविधा छ । सोका लागि पहिलो एक पटक सम्बन्धित कार्यालयबाट गोप्य संकेत (Password) प्राप्त गर्नुपर्दछ । सो पश्चात e-tds गरेर आफै प्रमाणित(Verify) गर्नु पर्दछ ।

दफा ७६ अनुसार आफूद्वारा प्रस्तावित वा आफूले मानेको कुनै प्रवन्धका बारेमा कुनै द्विविधा परी निवेदन गर्ने करदातालाई मात्र पूर्वादेश लागू हुन्छ ।

अग्रिम कर कट्टी गर्ने व्यक्तिले अग्रिम कर कट्टी हुनेको विवरण आन्तरिक राजस्व  विभाग मातहतका सम्बन्धित कार्यालयहरुमा दिनु पर्दछ । यस्तो विवरण र रकम संयुक्त रुपमा वा छुट्टा–छुट्टै पेश गर्न सकिन्छ ।

कुनै व्यक्तिले आफूद्वारा प्रस्तावित वा आफूले मानेको कुनै प्रवन्धका सम्बन्धमा द्विविधा भै आन्तरिक राजस्व विभागको धारणा लिन लिखित रुपमा निवेदन दिई जान्न चाहेमा निजलाई दिइएको लिखित विभागीय धारणालाई पूर्वादेश भनिन्छ ।

भुक्तानीकर्ताले अग्रिम कर कट्टी गरेको रकम तोकिएको बैंकमा वा कार्यालयमा सम्बन्धित राजस्व शीर्षकमा दाखिला गरी सो को विवरण र राजस्व दाखिलाको जानकारी आफूले स्थायी लेखा नम्बर लिएको कार्यालय वा भुक्तानी स्थलबाट नजिकको/सम्बद्ध रहेको आन्तरिक राजस्व कार्यालयमा भुक्तानी गरिएको महिना समाप्त भएको २५ दिनभित्र दाखिला गर्नुपर्छ ।

अग्रिम कर कट्टी हुने व्यक्तिले सो भुक्तानी गरेको आय वर्षमा दाखिला गर्नु पर्ने कर रकममा मात्र मिलान गर्न दाबी गर्न सक्छ । अग्रीम कर कट्टी भएको कर रकम मिलान गर्न कुनै वर्ष छुट भए पछिल्लो वर्षमा मिलान गर्न पाइदैन ।

अन्तिम रुपमा कर कट्टी हुने भुक्तानी बाहेक अन्य अग्रिम कर कट्टीको रकम आय विवरण (D01 विवरण बाहेक) साथ दाखिला गर्नुपर्ने कर रकममा मिलान गर्न पाइन्छ ।

अग्रिम कर कट्टी भुक्तानी गर्दाका बखत वा खर्च लेख्दाका बखत गर्नुपर्दछ ।

अग्रिम कर कट्टी गर्न छुट भएमा अग्रिम कर कट्टी हुने व्यक्ति र सो अग्रिम कर कट्टी गर्ने व्यक्ति दुबैजना संयुक्त रुपमा र छुट्टा–छुट्टै रुपमा जिम्मेवार हुन्छन् ।

आयकर ऐन, २०५८ को परिच्छेद १७ मा उल्लेख भए अनुसार लगानीबाट भएको आय, लाभांश, रोजगारीको आय, सेवा शुल्क, ठेक्का पट्टा (Contract) आदिमा गरिने भुक्तानीमा त्यस्तो भुक्तानी हुँदाका अवस्थामा नै अग्रिम कर कट्टा गरी बाँकी रकम भुक्तानी गरिन्छ । यसरी अग्रिम कर कट्टी गरेर मात्र भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्दा ऐनमा तोकेको दर अनुसार हुने रकम कट्टा गरी बाँकी रकम मात्र सो व्यक्तिलार्ई भुक्तानी गर्नुपर्दछ । यस्तो कर कट्टी गर्नुपर्ने दायित्व भएको व्यक्तिलार्ई अग्रिम कर कट्टी गर्ने व्यक्ति भनिन्छ । उदाहरणको लागि कुनै बासिन्दा रोजगारदाताले आफ्नो कर्मचारीलार्ई पारिश्रमिक भुक्तानी गर्दा भुक्तानीमा कर कट्टा गरी भुक्तानी गर्नुपर्ने दायित्व भएको अवस्था रहेछ भने यस्ता रोजगारदातालार्ई अग्रिम कर कट्टी गर्ने व्यक्ति भनिन्छ ।

अग्रीम कर कट्टी गर्नुपर्ने कुनै पनि भुक्तानी गर्दा भुक्तानीकर्ताले अग्रिम कर कट्टी गर्नुपर्दछ ।

कर लाग्ने कारोबार गर्ने व्यक्तिलार्ई आयकरको दायरामा ल्याउन एवं नियमित रूपले कर संकलन गर्ने उद्देश्यले आयकर ऐन, २०५८ को परिच्छेद १७ मा श्रोतमा कर कट्टी / अग्रिम कर कट्टी सम्बन्धी प्रावधान रहेको छ।कुनै पनि व्यक्तिले आय वर्षमा गरेको आयलार्ई ऐनको परिच्छेद १७ अन्तर्गत उल्लिखित दफामा उल्लेख गरिएका भुक्तानीका किसिममा भुक्तानी गर्दा कै अवस्थामा तोकिएको दरले कर कट्टा गरी बाँकी रकम भुक्तानी गरिने व्यवस्थालार्ई भुक्तानीमा कर कट्टी भनिन्छ। अग्रिम कर कट्टी गर्ने तथा अग्रिम कर असुली गर्ने दायित्व भएको व्यक्तिले कर कानुनले तोकेको भुक्तानीमा कर कट्टी गर्नुपर्ने र लाभ तथा कारोवारमा अग्रिम कर असुली गर्नु पर्दछ ।यसरी भुक्तानी कै समयमा अर्थात श्रोतमा नै कर कट्टीहुने भएकोले यसलाई भुक्तानी (श्रोत) मा कर कट्टी (Tax Deduction at Source, TDS) भनिन्छ । भुक्तानी गर्दा लाग्ने कर रकम भुक्तानी प्राप्त गर्नेबाटकट्टा गर्ने हुँदा यसलार्ई Withholding Tax पनि भनिन्छ । आय गर्दाका बखतमा नै कर तिरिने भएकाले यसरी कर तिर्ने अवधारणालार्ई Pay As You Earn (PAYE) समेत भनिन्छ । यस प्रणालीले गर्दा सरकारलार्ई अग्रिममा राजस्व संकलन पनि हुने र करको दायरामा बढी करदाता पनि समेटिनुका साथै सरकार तथा करदाता दुवैको कर संकलन लागत (Compliance Cost) पनि न्यून हुन जान्छ । विशेष गरी असंगठित क्षेत्र, छरिएका र साना भुक्तानी एवं निष्कृय आय हुने प्राकृतिक व्यक्ति (Hard to Tax Group) को आयमा कर लगाउने उद्देश्यले समेत यस्तो प्रबन्ध गरिएको हो ।

निजी भवन भन्नाले भवन, भवनले ओगटेको जग्गा र सो भवनले ‌ओगटेको क्षेत्रफल वरावरको थप जग्गा वा एक रोपनी जग्गा मध्य जुन घटी हुन्छ त्यसलाई जनाउँछ ।

पाउँदछन् । यदि उसले आय विवरण पेश गरेमा व्यक्तिको लागि आयकर ऐनमा तोकेबमोजिम आर्थिक वर्ष २०८०।०८१ मा यसको सीमा ५ लाख एकल व्यक्तिको हकमा र र दम्पत्तिको हकमा ६ लाख छुट पाउँदछन् ।

रु. १० लाखभन्दा कम मूल्यमा निसर्ग भएको जग्गा तथा निजी भवनको पूँजीगत लाभमा कर लाग्दैन ।

सार्वजनिक परिपत्रहरु विभागको वेवसाईटमा पनि राखिएको हुन्छ ।

यदि कसैको २ वटा घर भए उसको निजी भवनको रुपमा कुनै एकलाई करदाता आफैले छनौट गर्न पाउँदछ ।

सार्वजनिक परिपत्रहरू राजपत्र वा गोर्खापत्रमा प्रकाशित हुँदैनन् । आन्तरिक राजस्व विभागले नियमित रुपमा प्रकाशित गर्ने परिपत्र संग्रह, विभागको वेबसाईट र वस्तुगत संघ संस्थाहरुमा पनि उपलब्ध गराइएको हुने हुँदा त्यहाँबाट पनि प्राप्त गर्न सक्नु हुन्छ ।

१० वर्षभन्दा बढी समयसम्म स्वामित्वमा रहेको र बसोबास पनि गरेको (१० वर्षभन्दा बढी) घरजग्गा बिक्री गर्दा गैर व्यवसायिक ‘करयोग्य सम्पत्ति’ नमानिने हुँदा कर तिर्नु पर्दैन । ५ वर्षभन्दा बढीको स्वामित्वको घरजग्गा विक्री गर्दा लाभ रकममा ५ प्रतिशतले मात्र कर लाग्दछ र सोभन्दा कम समयको स्वामित्वको घरजग्गा विक्री गर्दा लाभ रकममा ७.५ प्रतिशतले कर लाग्दछ ।

तीन पुस्ता भित्रको खरीद बिक्री बाहेक अन्य तरिकाले हुने घरजग्गा वा जग्गाको हस्तान्तरण गैर व्यवसायिक ‘करयोग्य सम्पत्ति’ नमानिने हुँदा कर तिर्नु पर्दैन । तर यस्तो सम्पत्तिको पनि खरिद बिक्री भएको अवस्थामा कर लाग्दछ ।

पूँजीगत लाभ हुने प्राकृतिक व्यक्तिले चाहेमा आय विवरण पेश गर्न सक्ने छ । आय विवरण पेश गर्दा अग्रिम दाखिला भएको कर मिलान गर्न वा नोक्सानी भएको भए नोक्सानी दाबी गर्न पाउँदछ ।

सार्वजनिक परिपत्रका विषयवस्तुमा चित्त नबुझे कानूनी उपचारमा जान सक्नु हुन्छ । सार्वजनिक परिपत्रको अन्तरवस्तुसँग सहमत हुन नसकेमा कानूनी उपचारको बाटो प्रयोग गर्नु पर्दछ । कानूनी उपचारको बिषयमा निर्णय नभए सम्म मान्न बाध्य हुनु पर्दछ ।

गैर व्यावसायिक करयोग्य सम्पत्ति हुने बासिन्दा प्राकृतिक व्यक्तिले आफ्नो शेयर वा घरजग्गा वा जग्गा खरीद बिक्री गर्न PAN लिनु पर्दैन वा अन्य किसिमले दर्ता हुन पर्दैन । तर पूँजीगत सम्पत्तिको कारोवार व्यवसायको रुपमा गर्ने व्यक्ति (जस्तै शेयर दलाल वा रियल इस्टेट व्यवसाय गर्ने व्यक्ति) ले PANलिनु पर्दछ ।

विभागले जारी गरेको सार्वजनिक परिपत्र रद्द नभए सम्म कार्यरत कर अधिकृतहरु सार्वजनिक परिपत्र मान्न बाध्य हुन्छन् । यो एउटा बिभागीय कानूनी व्याख्याको धारणाको परिपत्र हो ।

पूँजीगत लाभ कर तिरेको प्रमाण आफूले जहाँ कर तिरेको हो सोही कार्यालय, निकाय वा नेपाल स्टक एक्चेन्जबाट प्राप्त हुन्छ ।

पाँच वर्ष वा सो भन्दा बढी स्वामित्वमा रहेको घरजग्गा तथा जग्गामा ५ प्रतिशतका दरले  र  पाँच वर्ष भन्दा कम  समय स्वामित्वमा रहेको घरजग्गा तथा जग्गामा ७.५ प्रतिशतले कर लाग्दछ ।

ऐनको व्याख्या सहित जारी गरिएको हुँदा यसलाई कानूनी मान्यता प्राप्त हुन्छ । सो सार्बजनिक परिपत्रलाई बिभाग स्वयंले रद्द नगरेसम्म र अदालतबाट अन्यथा व्यबस्था नभएको अबस्था सम्म लागू भइरहन्छ । ऐन नियम अन्तर्गत र सोहीद्वारा प्रदत्त अधिकार प्रयोग गरी सार्वजनिक परिपत्र बन्ने भएकोले सार्वजनिक परिपत्रले ऐन नियमलाई काट्न वा नाघ्न सक्दैन ।

घरजग्गाको कारोवारमा कर लाग्दछ । व्यवसायमा प्रयोग नभएको घरजग्गालाई निसर्ग गर्दा प्राप्त लाभ गैर व्यावसायिक करयोग्य आय मानी लाभको गणना गरी कर लगाईन्छ भने व्यवसायमा प्रयोग भएको घरजग्गालाई व्यावसायिक सम्पत्ति मानी सोको निसर्गबाट हुने लाभलाई व्यवसायको आयमा समावेश गरी कर लगाइन्छ । तर रु. १० लाखभन्दा कम मूल्यको घरजग्गाको बिक्री, तीन पुस्ता भित्रको खरीद बिक्री बाहेकको तरिकाले गरिएको हस्तान्तरण र १० वर्षभन्दा बढी स्वामित्व भई बसोबास गरेको प्राकृतिक व्यक्तिको घरलाई गैर व्यवसायिककरयोग्य सम्पत्ति मानिंदैन ।

ऐन, नियमको कार्यान्वयनमा एकरुपता ल्याई सो बाट प्रभावित व्यक्ति एवं कर प्रशासनलाई व्याख्या गरी सरल बनाउने उद्देश्यले जारी गरिने लिखतलाई सार्वजनिक परिपत्र भनिन्छ ।

पूँजीगत घाटालाई अगामी कारोवारमा पूँजीगत आय/लाभमा मात्र मिलान गर्न पाइन्छ । तर यस्तो नोक्सानी रोजगारी वा व्यवसायको आयमा मिलान गर्न पाइदैन ।

खरीद मूल्यभन्दा बिक्री मूल्य कम भएको शेयरको बिक्री कारोवारमा नोक्सानी भएकोले अग्रिम कर कट्टी गर्नु पर्दैन । सम्बन्धित करदाताले यस्तो नोक्सानी आय विवरण पेश गर्दा दावी गर्न पाउँछ र लगानीको अन्य आयमा मिलान गर्न पाउँछ ।

करको रकम अग्रिम कर कट्टी गर्ने स्टक एक्सचेन्ज वा निकायले नजिकको आन्तरिक राजस्व कार्यालय. तथा करदाता सेवा कार्यालयमा कट्टी गरेको महिना समाप्त भएको मितिले २५ दिनभित्र विवरण सहित दाखिला गर्नुपर्दछ । करदाता स्वयंले कर दाखिला गर्दा भने अरु आय कर सरह दाखिला गर्नुपर्दछ ।

शेयर कारोवारमा शेयर निसर्ग भएकै समयमा जस्तै खरीद बिक्री भएकै बखत कर लाग्दछ र अग्रिमकर कट्टीको रुपमा दाखिला हुनु पर्दछ । तर यस्तो कर रकम अन्तिम नभएकोले सम्बन्धित करदाताले आय विवरणसाथ लाभको पनि गणना गरी करयोग्य आय निकाल्ने र सोमा लाग्ने कर तिर्ने र अग्रिम कर मिलान गर्न पाउँछ ।

नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको नि:सर्गबाट प्राप्त लाभको हकमा धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले बासिन्दा प्राकृतिक ब्यक्त्तिको हकमा तीन सय पैसठ्ठी दिन भन्दा बढी अबधि स्वामित्वमा रहेको हितको लाभ रकमको पाँच प्रतिशत र तीन सय पैसठ्ठी दिन वा सो भन्दा कम अबधि स्वामित्वमा रहेको हितको लाभ रकमको सात दशमलब पाँच प्रतिशत , वासिन्दा निकायको हकमा लाभ रकमको दश प्रतिशत र अन्यको हकमा लाभ रकमको पच्चीस प्रतिशतका दरले, नेपाल धितोपत्र बोर्डमा सूचीकरण नभएको निकायको हितको नि:सर्गबाट प्राप्त लाभको हकमा जुन निकायको हित नि:सर्ग भएको हो सोहि निकायले बासिन्दा प्राकृतिक ब्यक्तिको हकमा लाभ रकमको दश प्रतिशत, बासिन्दा निकायको हकमा लाभ रकमको पन्ध्र प्रतिशत र अन्यको हकमा लाभ रकमको पच्चीस प्रतिशतका दरले ।

अरु कर झैं पूँजीगत लाभमा लाग्ने करको निर्धारण पनि करदाता स्वयंले स्वयं कर निर्धारण गरी गर्नु पर्दछ ।

औषधी उपचार वापतको कर मिलानवाट वढि भएको रकम र वैदेशिक कर मिलान वापतको रकम  फिर्ता दावी गर्न पाइदैन ।

व्यावसायिक सम्पत्ति वा दायित्वको निसर्गबाट प्राप्त लाभ र ह्रासयोग्य सम्पत्तिको निसर्गबाट प्राप्त लाभ वा व्यापारिक मौज्दातको निसर्गबाट हुने मुनाफालाई व्यवसायको आयमा समावेश गरी निर्धारणयोग्य आय र करयोग्य आय गणना गरी कर लगाईन्छ । गैर व्यावसायिक करयोग्य सम्पत्तिबाट हुने लाभलाई पूँजीगत लाभको रुपमा छुट्टै गणना गरी कर लगाइन्छ भने निकायको हकमा (सामान्यतया यस्तो आय नभए पनि, सबै सम्पत्ति प्रायजसो व्यावसायिक सम्पत्ति हुने हुँदा) निकायलाई लाग्ने सामान्य करको दरले कर लगाइन्छ । आयकर ऐन, २०५८ लागू भएको मिति २०५८।१२।१९ अगाडिको अवधिमा प्राकृतिक व्यक्तिको पूँजीगत लाभमा कर लाग्दैन । यसर्थ २०५८।१२।१९ को बजार मूल्यांकनबाट पुरानो सम्पत्तिको मूल्यांकन गर्नु पर्दछ ।

सबै पूँजीगत लाभमा कर लाग्दैन । जस्तै प्राकृतिक व्यक्तिले सुन, चाँदी, आफ्नो स्वामित्वको निजी सवारी साधन आदी को बिक्रीबाट हुने लाभ वा निश्चित सीमाभित्रको घरजग्गा बिक्रीबाट हुने लाभमा कर लाग्दैन । निकायहरु (जस्तै साझेदारी फर्म, कम्पनी वा संघसंस्था) को व्यावसायिक सम्पत्ति वा दायित्व वा ह्रासयोग्य सम्पत्तिको निसर्गबाट प्राप्त हुने लाभलाई व्यवसायको आयमा समावेश गरी कर लगाईन्छ । व्यवसायिक सम्पत्ति वा दायित्व भन्नाले व्यवसायमा प्रयोग भएका सम्पत्ति हुन् । यी सबै करयोग्य सम्पत्ति हुन् ।

गैर व्यावसायिक करयोग्य सम्पत्तिबाट प्राप्त लाभमा फरक फरक  प्रतिशतका दरले पुँजीगत लाभ कर लाग्दछ । गैर व्यावसायिक करयोग्य सम्पत्ति भन्नाले व्यावसायिक सम्पत्ति, ह्रासयोग्य सम्पत्ति, व्यापारिक मौज्दात, कुनै प्राकृतिक व्यक्तिको अविच्छिन्न वा पटक पटक गरी दश वर्ष वा सो भन्दा बढी अवधि स्वामित्व रहेको र बसोबास गरेको निजी भवन, अवकाश कोषमा रहेको हित, १० लाख रुपैयाँ भन्दा कम मूल्यमा निसर्ग गरेको जग्गा, घरजग्गा तथा निजी भवन वा ३ पुस्ता भित्र खरिद बिक्री बाहेक अन्य किसिमले हस्तान्तरण गरी निसर्ग गरेको सम्पत्ति बाहेकका सबै जग्गा, भवन, हित वा सुरक्षणलाई बुझाउँछ ।

सम्वन्धित कार्यालय प्रमुख वा आन्तरिक राजस्व विभाग समक्ष ।

पूँजीगत लाभ भनेको कुनै पनि पूँजीगत सम्पत्ति वा पूँजीगत दायित्वको निसर्ग गर्दा प्राप्त हुने लाभ (वा नोक्सानी भए यस्तो नोक्सानी समायोजन गरी रहेको लाभ वा थप नोक्सानी समेत) लाई जनाउँछ । सम्पत्ति वा दायित्वको निसर्ग भन्नाले मुख्यतया यस्तो सम्पत्ति वा दायित्वबाट स्वामित्व हटेको अवस्थालाई जनाउँछ । यस्तो स्वामित्व हट्ने अवस्था सम्पत्ति वा दायित्व बिक्री हुनु, वितरण गरिनु, अन्य सम्पत्ति वा दायित्वमा गाभिनु, पट्टामा दिइनु, रद्द गरिनु, विनाश हुनु, हराउनु, म्याद सकिनु, समर्पण गरिनु, समापन हुनु, दायित्व फछ्र्यौट वा मुक्त हुनु समेतको अवस्थालाई जनाउँछ ।

करदाताले वढि दाखिला गरेको पुष्टि हुने कागजात सहित सम्वन्धित कार्यालयमा निवेदन दिनुपर्छ ।

करदाता दर्ता भएको सम्वन्धित कार्यालय ।

आयकर ऐनले तोकेको सामान्य व्याजदर सहित फिर्ता हुन्छ ।

स्वीकृत अबकाश कोषबाट रकम झिक्दा (भुक्तानी पाउँदा) सो रकमको ५० प्रतिशत वा ५ लाख जुन वढि हुन्छ सो रकम घटाई बांकी रकममा पाँच प्रतिशतका दरले कर लाग्दछ ।

६० दिन भित्र ।

स्वीकृत अवकाश कोषमा रकम जम्मा गरेमा करयोग्य आयबाट तोकिए अनुसार (निर्धारणयोग्य आयको एक तिहाई वा रु. ३ लाख वा योगदानमा आधारित सामाजिक सुरक्षा कोष योजनामा सहभागि हुनेको हकमा भने रु.५ लाखमा जुन घटी हुन्छ सो रकम सम्म) घटाउन पाईन्छ अर्थात् कर दायित्व घट्न जान्छ । अनिवार्य वचत हुने गर्छ निवृत जीवनयापन गर्न सहज हुन्छ ।

(क)   बढी रकम दाखिला गरेको कारण उत्पत्ति भएको आय वर्षको समाप्ति भएको मितिले २ वर्ष भित्र ।

(ख)   वढी रकम दाखिला मितिले २ वर्ष भित्र फिर्ता माग गर्नुपर्छ ।

(ग)   मुद्दा फैसला भएको मितिले २ वर्ष भित्र ।

स्वीकृत प्राप्त अवकाश कोषले प्राप्त रकम वा जम्मा गरिएको रकम स्वीकृत क्षेत्रमा मात्र लगानी गर्नुपर्दछ । स्वीकृत लगानी भन्नाले निम्न लगानी सम्झनु पर्दछ ।

            (क)   नागरिक लगानी कोषमा गरिएको लगानी,

            (ख)   सरकारी ऋणपत्रमा गरिएको लगानी,

            (ग)   बैंकमा गरिएको लगानी,

            (घ)   बैंकसंग सहवित्तीयकरणको आधारमा गरिएको लगानी, र

            (ङ)   आफ्ना शेयरहोल्डर बाहेकका हिताधिकारी (Beneficiary) लाई गरिएको लगानी ।

कुनै व्यक्तिले आफुले दाखिला गर्नुपर्ने कर दायित्व भन्दा वढि हुने गरि कर दाखिला गरेमा र तिर्नुपर्ने कुनै कर वाँकी वक्यौता नरहेमा वढि दाखिला गरेको रकम फिर्ता हुन्छ ।

फिर्ता हुन्छ ।

अवकाश कोषमा गरिने योगदान समान रहे पनि वा परिवर्तन भए पनि तोकिएको वार्षिक सीमा ननाघेसम्म करयोग्य आयबाट घटाउन पाइन्छ ।

एकपटक अवकाश कोषमा योगदान गरेपछि संधै गर्नुपर्छ वा पर्दैन भन्ने कुराको करारोपणसंग सम्बन्ध छैन । योगदान स्वीकार गर्ने अवकाश कोष र योगदान गर्ने प्राकृतिक व्यक्ति बीचको करारमा यो कुरा भर पर्दछ ।

राजस्व न्यायाधिकरणहरु काठमाण्डौं, विराटनगर, पोखरा र नेपालगंजमा छन् । राजस्व न्यायाधिकरण विराटनगरले साविक पूर्वाञ्चल क्षेत्रका आन्तरिक राजस्व कार्यालयहरु बाट भएका निर्णयहरु उपर, काठमाण्डौंले साविक मध्यमाञ्चल क्षेत्र, पोखराले साविक पश्चिमाञ्चल तथा नेपालगञ्ज स्थित राजस्व न्यायाधिकरणले साविक मध्य पश्चिमाञ्चल र साविक सुदुर पश्चिमाञ्चल क्षेत्रमा रहेका आन्तरिक राजस्व कार्यालयहरुले गरेका निर्णयहरु उपर भएको प्रशासकीय पुनरावलोकनको निर्णयमा चित्त नबुझी गरिएको पुनरावेदन हेर्दछ ।

स्वीकृत अवकाश कोषमा रु.३ लाख वार्षिक वा योगदानमा आधारित सामाजिक सुरक्षा कोष योजनामा सहभागि हुनेको हकमा भने रु.५ लाख वा कूल निर्धारणयोग्य आयको एक तिहाई रकममा जुन घटी हुन्छ, सो रकमसम्म अवकाश योगदान गरी (रोजगारदाताले थप्ने रकम समेत) करयोग्य आयबाट घटाउन पाइन्छ । यस्ता स्वीकृत अवकाश कोषहरु एक वा एकभन्दा बढी पनि हुन सक्दछन् । जस्तै क.सं. कोष र नागरिक लगानी कोष तथा बिभागले स्वीकृत दिएका अन्य अबकाश कोषमा अवकाश योगदान जम्मा गर्न पाईन्छ तर कूल अवकाश योगदान रकमले उपरोक्त तोकिएको सीमा नाघ्नु हुँदैन । तोकिएको सीमा भन्दा बढी रकम अवकाश कोषमा जम्मा गर्दा करयोग्य आयबाट घटाउन पाईंदैन ।

राजस्व न्यायाधिकरणको फैसलाको कार्यान्वयन सम्बन्धित कार्यालयले तुरुन्त गर्नुपर्दछ । राजस्व न्यायाधिकरणको वा अन्य अदालतको फैसला अनुसार दाखिला भई सकेको कर रकम फिर्ता गर्नुपर्नेमा यथाशक्य छिटो यस्तो निर्णय कार्यान्वयन गर्नुपर्दछ । राजस्व न्यायाधिकरणले पुनः छानविन गरी कर निर्धारण गर्न आदेश दिएकोमा छानवीन गरी संशोधित कर निर्धारण गर्नु पर्दछ ।

स्वीकृत अवकाश कोषको स्वीकृत प्राप्त क्षेत्रको आयमा कर लाग्दैन तर अन्य आय र स्वीकृत नभएका अवकाश कोषहरुलाई अन्य निकाय सरह कर लाग्दछ ।

राजस्व न्यायाधिकरणको फैसलामा पनि चित्त नबुझे सर्वोच्च अदालत समक्ष अनुमति लिई पुनः पुनरावेदन जान सकिन्छ । यस्तो पुनरावेदनमा जान अधिकार क्षेत्रको प्रश्न, गम्भीर कानूनी त्रुटिको प्रश्न वा बुझन् पर्ने प्रमाण नबुझेको वा बुझ्नु नपर्ने प्रमाण बुझेको अवस्था हुनु पर्दछ । सर्वोच्च अदालतले गरेको फैसला नजीर हुन्छ र Case Law को रुपमा उस्तै प्रकृति र अवस्थाको अरु मुद्दाको फैसलाको हकमा पनि सबै तल्लो न्यायिक निकाय वा आन्तरिक राजस्व विभाग मान्न बाध्य हुन्छन् ।

स्वीकृत अवकाश कोषबाट हुने पटके भुक्तानी (जस्तै क.सं. कोषको रकम) मा भुक्तानी रकमको ५० प्रतिशत वा रु. ५ लाख जुन बढी हुन्छ सो रकम घटाई बाँकी रहने रकमलाई लाभ मानी यस्तो लाभमा ५ प्रतिशतका दरले कर लाग्दछ र यस्तो कर अन्तिम मानिन्छ । तर निवृत्तिभरण र यस्तै प्रकारको अन्य (वृत्तिको स्वरुपको) भुक्तानीका हकमा आयमा समावेश गरी कर तिर्नुपर्दछ । स्वीकृत नरहेको अवकाश कोषबाट हुने भुक्तानीको हकमा अवकाश योगदान रकममा कर लागि सकेको हुँदा, अवकाश भुक्तानी रकमबाट अवकाश योगदान रकम घटाई पूँजीगत लाभको गणना गर्ने र यस्तो लाभमा ५ प्रतिशतले कर लाग्दछ ।

राजस्व न्यायाधिकरणमा पुनरावेदन दिन धरौटी राख्नु पर्दछ । राजस्व न्यायाधिकरण ऐन २०३१ अनुसार निर्धारित कर रकमको ५० प्रतिशत रकम र जरिवाना रकम पुरै धरौटी राख्नु पर्दछ । सो धरौटी रकम वा बैंक जमानतको गणना गर्दा आन्तरिक राजस्व विभागमा प्रशासकीय पुनरावलोकनको लागि दाखिला गरेको पच्चिस प्रतिशत कर रकमलाई समेत गणना गर्नु पर्नेछ ।

स्वीकृत अवकाश कोषमा जम्मा गरेको रकम अवकाश प्राप्त गरेको कर्मचारीले वा ५८ वर्ष उमेर पुगेको beneficiary वा उसको आश्रित व्यक्तिले वा स्थायी रुपले अपांग भएको व्यक्ति वा मृत्यु भएको व्यक्तिको आश्रित व्यक्तिले झिक्न पाउँछ ।

६० दिन भित्र विभागले निवेदन उपरको निर्णयको सूचना निवेदकलाई नदिएमा निवेदकले सो को जानकारी विभागमा दर्ता गराई विभागले निवेदन अस्वीकार गरेको मान्न सक्नेछ र सो कुरा लिखित रुपमा विभागलाई जानकारी गराई राजस्व न्यायाधिकरणमा पुनरावेदन दिन सक्दछ ।

प्रशासकिय पुनरावलोकनको निवेदन उपर भएको निर्णयमा चित्त नबुझ्ने व्यक्तिले राजस्व न्यायाधिकरणमा पुनरावेदन जान सक्दछ । साथै प्रशासकीय पुनरावलोकन हुन सक्ने निर्णय विभागको महानिर्देशकले गरेको भए त्यस्तो निवेदन उपर पनि सोझै (अर्थात् प्रशासकीय पुनरावलोकनको प्रकृयामा नगई) राजस्व न्यायाधिकरणमा पुनरावलोकन लाग्दछ ।

कर्मचारी संचयकोष र नागरिक लगानी कोष बाहेकका निकायले स्वीकृत अवकाश कोष संचालन गर्न स्वीकृती लिनुपर्दछ । स्वीकृत अवकाश कोषमा जम्मा गरिने अवकाश योगदान रकममा कर लाग्दैन तर यस्तो अवकाश कोषमा अवकाश योगदान गर्दा वार्षिक तीन लाख रुपैयाँ वा निर्धारणयोग्य आयको एक तिहाईमा जुन घटी हुन्छ सो रकमसम्म मात्र हुनु पर्दछ भने योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन, २०७४ बमोजिम स्थापना भएको सामाजिक सुरक्षा कोषमा योगदान गर्नेको हकमा भने सो कोषमा योगदान गर्दा वार्षिक पाँच लाख रुपैयाँ वा निजको निर्धारणयोग्य आयको एक तिहाईमा जुन घटी हुन्छ सो रकमसम्म अवकाश योगदान गर्न पाउने व्यवस्था छ । यस्तो अवकाश योगदान रकम करयोग्य आयबाट घटाउन पाईन्छ । स्वीकृत नभएको वा स्वीकृति नलिएको अवकाश कोषमा अवकाश योगदान रकम जम्मा गर्दा अवकाश योगदान रकम करयोग्य आयबाट घटाउन पाईंदैन र कर लाग्दछ ।

प्रशासकीय पुनरावलोकनको निवेदन उपर छानवीन र निर्णय निवेदन दिएको मितिले ६० साठी दिनभित्र विभागले गरिसक्नु पर्दछ । साठी दिन भित्र विभागले प्रशासकीय पुनरावलोकनको निर्णयको जानकारी निवेदकलाई नदिएमा निवेदकले सोको जानकारी विभागमा लिखित रुपमा गराई विभागले यस्तो निवेदन अस्वीकार गरेको मान्न सक्दछ । निवेदकले त्यसो गरेमा राजस्व न्यायाधिकरणमा पुनरावेदन जान सक्दछ र विभागले आफ्नो निवेदन अस्वीकार गरेको मानेको जिकिर गर्न सक्दछ । 

कर्मचारी संचयकोष, नागरिक लगानी कोष, योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन, २०७४ बमोजिम स्थापना भएको सामाजिक सुरक्षा कोषले अवकाश कोष राख्न चाहेमा त्यस्तो कोष, निवृत्तभरण  कोष  ऐन,  २०७५  बमोजिम स्थापना  भएको  निवृत्तभरण  कोषले अवकाश कोष संचालन गर्न सक्दछ भने आन्तरिक राजस्व विभागबाट स्वीकृती लिएका कुनै बासिन्दा व्यक्तिले (जस्तै बैक, वित्तिय संस्था) तोकिएको शर्तहरुको अधिनमा रही अवकाश कोष संचालन गर्न सक्दछ । यो कोष न्यास (Trust) को रुपमा संचालन हुने गर्दछ । रोजगारदाताबाट अवकाश योगदान स्वीकार गर्ने अवकाश कोषको व्यवस्थापन र संचालन रोजगारदाता भन्दा स्वतन्त्र रुपमा भएको हुनु पर्दछ । आयकर नियमावली, २०५९ ले अवकाश कोषको हिताधिकारीलाई १. सेवाबाट अवकाश प्राप्त गरेमा २. हिताधिकारीको उमेर ५८ वर्ष पुगेमा वा ३. हिताधिकारीको मृत्यु भएमा वा निज स्थायी रुपमा अपांग भएमा मात्र अवकाश भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । अवकाश कोषको वार्षिक लेखापरीक्षण महालेखा परीक्षकको विभागबाट स्वीकृति पाएको लेखापरीक्षकले मात्र गर्नु पर्दछ । अवकाश कोषमा जम्मा गरिएको वा प्राप्त हुने रकम स्वीकृत क्षेत्रहरु (आयकर नियमावली अनुसार) मा मात्र लगानी गर्नु पर्दछ । यस्तो कोषको चुक्ता पूँजी कम्तीमा रु. १ करोड हुनुपर्ने र हिताधिकारीको संख्या कम्तीमा १ हजार हुनु पर्दछ ।

प्रशासकीय पुनरावलोकनमा नगई सोझै राजस्व न्यायाधिकरणमा पुनरावेदन जान सकिंदैन, तर प्रशासकीय पुनरावलोकनको निर्णयमा चित्त नबुझी वा समयमा निर्णय नपाउँदा अर्थात करदाताले बिभागमा  प्रशासकीय पुनरावलोकनको  निबेदन दर्ता भएको ६० दिन भित्र निर्णय नपाएमा निर्णय नपाएको संझी राजस्व न्यायाधिकरणसमक्ष पुनरावेदन जान सकिन्छ । सरकारको अरु निकाय जस्तै प्रधानमन्त्रीको कार्यालय वा अर्थ मन्त्रालयमा उजूरी गरी प्रशासकीय पुनरावलोकन हुन सक्दैन ।  किनकि आयकर ऐनले यो व्यवस्थाका लागि विभाग समक्ष (महानिर्देशक समक्ष) निवेदन गर्नु पर्ने व्यवस्था गरेको छ । सम्बन्धित ठाउँमा समय मै निवेदन नदिंदा बरु निवेदन दिने म्याद गुज्रन सक्दछ र न्याय पाउनबाट आफ्नै गल्तीले वञ्चित हुन सक्दछ ।

अवकाश कोषमा जोसुकै प्राकृतिक व्यक्तिले वा निजको तर्फबाट निजको रोजगारदाताले योगदान गर्दछ । रोजगारी आय नभएका स्वतन्त्र पेशा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिले पनि अवकाश कोषमा योगदान गर्न सक्दछ ।

प्रशासकीय पुनरावलोकन कानूनी फरक मतहरुको निरोपणको लागि होइन । यो प्रशासकीय त्रुटीहरु, प्राविधिक वा गणितीय त्रुटीहरु तथा मातहतका कर अधिकारीले लेखापद्धति, आयकर कानून, विभागीय परिपत्र, निर्देशिका वा पूर्वादेशहरु बारे पर्याप्त जानकारी नराखी वा जानीजानी लापरवाहीबश त्रुटीहरु गरी करदातालाई मर्का पारेमा सोबाट बचाउनका लागि गरिने माथिल्लो अधिकारीबाट प्रशासकीय हस्तक्षेप/निर्देशन (आयकर ऐन अनुसार हुनका लागि) पाउनका लागि हो । तर न्यायिक निरोपणका लागि राजस्वन्यायाधिकरणमा जानू पूर्व विभागसमक्ष प्रशासकीय पुनरावलोकनमा जान अनिवार्य व्यवस्था रहेकोले कुनै हदसम्म कानूनी उपचारको सहज अपेक्षा पनि प्रशासकीय पुनरावलोकनबाट राख्न सकिन्छ । मर्का परेको पक्ष/व्यक्तिले आफ्नो निवेदन/मुद्दाको पुर्पक्षका लागि कानूनी सहयोग लिन सक्दछन् र वकील नियुक्त गरी  (वा लेखा विशेषज्ञ को सल्लाह लिई) विभागमा आफ्ना प्रमाण र आधारहरु प्रस्तुत गर्न सक्दछन् ।

अवकाश कोष भनेको प्राकृतिक व्यक्ति वा निजको आश्रितलाई सेवाबाट सेवा निवृत भएपछि निश्चित समयपछि अवकाश भुक्तानी (जस्तैः– क.सं. कोष, नागरिक लगानी कोष सामाजिक सुरक्षा कोष, निवृतभरण कोष वा स्वीकृत प्राप्त अवकाश कोषबाट हुने भुक्तानी वा उपदान, निवृत्तिभरण रकम) प्रदान गर्ने प्रयोजनको लागि रकम (योगदान रकम समेत) स्वीकार गर्ने र सो रकम तोकिएका क्षेत्रमा लगानी गर्ने उद्देश्यले मात्र स्थापना भएको निकाय/संस्था/कोष हो ।

प्रशासकीय पुनरावलोकनको लागि निवेदन दिन कुनै ढाँचा/फाराम विभागले तोकेको छैन । तर प्रशासकीय पुनरावलोकन गर्न सकिने निर्णय (माथि बुँदा २ मा उल्लेख भएका निर्णयहरु वा आदेशहरु मध्ये) उपर चित्त नबुझ्ने व्यक्तिले सो निर्णयको सूचना पाएको मितिले ३० दिनभित्र विभाग समक्ष त्यस्तो पुनरावलोकन हुनु पर्ने कारण तथा आधारहरु स्पष्ट रुपमा उल्लेख गरी निवेदन दिनु पर्दछ । यदि ३० दिन भित्र प्रशासकीय पुनरावलोकनको निबेदन दिन नसकिने भएमा त्यो ३० दिन पछिको ७ दिन भित्र म्याद गुज्रेको थामी दिन निबेदन बिभागमा दर्ता गराएमा स्वत म्याद सकिएको ३० दिन पछि पुन ३० दिन को थप गुज्रेको म्याद थाम्न सकिन्छ ।

करदाताले अविवादित करको सम्पूर्ण रकम र विवादित करको एक चौथाई रकम (२५ प्रतिशत) बुझाउनु पर्दछ ।

विभागले जारी गरेको पूर्वादेश, अग्रिम कर वा विवरण दाखिला गर्न दिइएको आदेश, अनुमानित कर (किस्ताबन्दी करको लागि) बारे आन्तरिक राजस्व विभागका मातहतका कार्यालयहरुले गरेको निर्णय, आय विवरण पेश गर्न दिएको आदेश, आय विवरणको म्याद थप गर्न दिएको निवेदनमा विभागले गरेको निर्णय, संशय वा संशोधित कर निर्धारण, लिलाम बिक्री खर्चको निर्धारण, शुल्क र ब्याजको निर्धारण, प्रापकलाई कुनै रकम छुट्याई राख्न विभागले दिएको आदेश (कर असूलीको प्रयोजनार्थ), कर बक्यौता राख्ने व्यक्तिलाई बुझाउनु पर्ने रकम राख्ने कुनै व्यक्तिलाई सो रकम विभागमा दाखिला गर्न दिएको आदेश, गैर बासिन्दा व्यक्तिको तर्फबाट कुनै व्यक्तिलाई कर दाखिला गर्न दिएको आदेश, कर फिर्ता पाउँ भनी दिएको निवेदन उपरको विभागको निर्णय र प्रशासकीय पुनरावलोकनका लागि दिइने निवेदनको म्याद थप्न दिएको निवेदन उपरको निर्णयबाट मर्का परी वा त्यस्तो निर्णय वा आदेशमा चित्त नबुझे प्रशासकीय पुनरावलोकनमा जान पाईन्छ ।

प्रशासकीय पुनरावलोकन भनेको मातहत कार्यालयले/कर अधिकारीले गरेको कर सम्बन्धी कुनै निर्णय उपर चित्त नबुझी विभागका महानिर्देशक समक्ष प्रशासकीय रुपमा पुनर्विचार हुन गरिने आवेदनको हकमा दिइने प्रशासकीय निबेदन हो ।

यो न्यायिक निर्णय वा न्यायिक अधिकारीले गरेको निर्णय नभएता पनि प्रशासकीय निर्णय हो । तर समग्र विभाग करदाता/सेवाग्राहीका नजरमा एकीकृत एउटै संस्था रहने हुँदा विभागका अधिकारीहरुले करदाताको कर दायित्व वा कर सम्बन्धी कर्तव्यका बारेमा गर्ने निर्णय उपर सोझै न्यायिक निकाय (राजस्व न्यायाधिकरण) मा उजूरी जानुभन्दा विभागीय रुपले एकपटक सो निर्णयमा अज्ञानता वा भूलवश कुनै त्रुटीहरु रहन गएको भए सोलाई सच्याई छिटो र सुलभ तरिकाले कर सम्बन्धी विवाद टुंग्याउन मद्दत पुर्र्याउने हेतुले प्रशासकीय पुनरावलोकनको व्यवस्था गरिएको छ । यस्तो व्यवस्थाबाट करदातालाई पनि छिटो विवाद समाधान भई सन्तुष्टि मिल्ने र विभागको लागि पनि न्यायोचित छवि कायम गर्दै छिटो कर संकलन गर्न सहयोग पुग्ने हुन्छ । प्रशासकीय पुनरावलोकनको निवेदन सम्बन्धित आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालय मार्फत् वा सोझै आन्तरिक राजस्व विभाग को महानिर्देशकलाई दिन सकिन्छ ।

अन्तःशुल्क ऐन बमोजिम इजाजतपत्र नलिई अन्तःशुल्क लाग्ने बस्तु वा सेवाको उत्पादन वा पैठारी गरेमा विगो जफत गरी विगो बमोजिम जरिवाना वा एक वर्ष सम्म कैद वा दुवै सजाय हुनेछ । इजाजतपत्र नलिई अन्तःशुल्क लाग्ने बस्तु वा सेवाको बिक्री वा संचय गरेमा रु.पाँच हजार देखि पन्ध्र हजार सम्म जरिवाना हुनेछ । इजाजतपत्र नलिई अन्तःशुल्क लाग्ने बस्तु वा सेवाको कारोबार गरेमा इजाजत दस्तुर र नविकरण दस्तुरबाट उन्मुक्ती पाउदैन ।

बासिन्दा प्राकृतिक व्यक्तिले नेपालमा श्रोत भएको व्यवसायबाट प्राप्त आयमात्र भएको, व्यवसायबाट प्राप्त करयोग्य आय १० लाख रुपैयाँ सम्म र व्यवसायको कारोबार ३० लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँभन्दा घटी भएको र चिकित्सक, इन्जिनियर जस्ता पेशाविद् बाट प्रदान गर्ने परामर्श तथा विशेषज्ञ सेवा बापतको आय नभएको करदाताको हकमा देहाय अनुसार खण्ड (क) र (ख) वा (क), (ख) र (ग)को जोड बमोजिमको कर दाखिला गर्नु पर्दछ । [आयकर ऐन, २०५८ को दफा ४ को उपदफा (४क)]

खण्ड () - रु. तीस लाख रुपैंया सम्मको कारोबारमा

व्यवसाय हुने क्षेत्र

कर रकम रु.

महानगरपालिका वा उपमहानगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्ति

७,५00।-

नगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्ति

४,000।-

माथि उल्लिखित क्षेत्र बाहेक अन्य क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्ति

२,५00।-

खण्ड (ख) - रु. तिस लाख रुपैंयाभन्दा बढी रु.पचास लाख रुपैंयासम्मको कारोवारमा

व्यवसायको प्रकार

कर दर

ग्याँस, चुरोट लगायतका तीन प्रतिशतसम्म कमिशन वा मूल्य थप गरी वस्तुको कारोवार गर्ने व्यक्तिलाई तीस लाख रुपैंया भन्दा बढी रु.पचास लाख रुपैंयासम्मको कारोवार रकममा

०.२५ प्रतिशत

माथि उल्लिखित व्यवसाय बाहेकको व्यवसाय गर्ने व्यक्तिलाई तीस लाख रुपैंया भन्दा बढी रु.पचास लाख रुपैंयासम्मको कारोवार रकममा

१ प्रतिशत

सेवा व्यवसाय गर्ने व्यक्तिलाई तीस लाख रुपैंया भन्दा बढी रु.पचास लाख रुपैंयासम्मको कारोवार रकममा

२ प्रतिशत

खण्ड () - रु.५० लाख रुपैंयाभन्दा बढी रु.१ करोड रुपैंयासम्मको कारोवारमा

व्यवसायको प्रकार

कर दर

ग्याँस, चुरोट लगायतका तीन प्रतिशतसम्म कमिशन वा मूल्य थप गरी वस्तुको कारोवार गर्ने व्यक्तिलाई पचास लाख रुपैंया भन्दा बढी रु. एक करोड रुपैंयासम्मको कारोवार रकममा

०.३ प्रतिशत

माथि उल्लिखित व्यवसाय बाहेकको व्यवसाय गर्ने व्यक्तिलाई पचास लाख रुपैंया भन्दा बढी रु. एक करोड रुपैंयासम्मको कारोवार रकममा

०.८  प्रतिशत

सेवा व्यवसाय गर्ने व्यक्तिलाई पचास लाख रुपैंया भन्दा बढी रु. एक करोड रुपैंयासम्मको कारोवार रकममा

२ प्रतिशत

कारोबारको आधारमा कर (Turnover Tax - TOT) तिर्ने व्यक्तिले देहाय बमोजिम दुई किस्तामा कर दाखिला गर्नु पर्ने व्यवस्था गरेको छ ।

दाखिला गर्नु पर्ने मिति

दाखिला गर्नु पर्ने कर रकम

पुस महिनाको अन्त्यसम्म

पुस २० गते सम्मको कारोवारमा तोकिएको दर अनुसार लाग्ने कर

असार महिनाको अन्त्यसम्म

असार २० गते सम्मको यथार्थ कारोवारको आधारमा असार महिनाको अन्त्यसम्म हुने कारोवार अनुमान गरी तोकिएको दर अनुसार लाग्ने करको गणना गरी सो कर रकमबाट पुस मसान्तभित्र दाखिला गरेको कर घटाई हुन आउने कर रकम ।

मिल्दैन । करको दाखिला गर्दा करको प्रकार अनुसार वर्गिकरण गरेको राजस्व शिर्षक प्रयोग गर्नु पर्दछ । यस सम्बन्धमा मिति २०७६।०४।०१ देखि लागू भएका करको प्रकार अनुसारका राजस्व शिर्षकहरु तपसिल बमोजिम रहेका छन् ।

सि. नं.

.. २०७६.०४.०१ देखी कायम भएको राजस्व संकेत

राजस्व आधार शीर्षक, मूल शीर्षक, शीर्षक तथा उपशीर्षक

व्याख्या

१.

१११११

एकलौटी फर्म तथा व्यक्तिगत आयमा लाग्ने कर

एकलौटी फर्म तथा व्यक्तिगत आयमा लाग्ने कर यसमा पर्दछ ।

२.

११११२

 पारिश्रमिक कर

कुनै प्रकृति व्यक्तिले रोजगारबाट प्राप्त गरेको तलव, ज्याला, मजदुरी, पारिश्रमिक, भत्ता एवं सुविधा, अवकाश भुक्तानी, रोजगारका सम्बन्धमा गरिएका अन्य भुक्तानी, अध्ययन, अध्यापन आदि विभिन्न श्रोतबाट हुने आयमा लाग्ने कर यसमा पर्दछ ।

३.

११११३

पूँजीगत लाभ कर

घर, जग्गा, शेयर आदि सम्पत्तिको बिक्री, पट्टा, हक हस्तान्तरण लगायत विभिन्न किसिमका निःसर्ग बाट भएको पूँजीगत लाभमा व्यक्ति तथा एकलौटी फर्मलाई लाग्ने कर यसमा पर्दछ ।

४.

१११२०

निकायको आयमा लाग्ने कर

व्यवसायिक निकाय तथा संस्थानको आयमा लाग्ने कर यसमा पर्दछ । यो शीर्षकमा रकम जम्मा गर्न मिल्दैन ।

५.

१११२१

निकायको मुनाफामा लाग्ने कर (सरकारी संस्थान)

सरकारको पुर्ण वा अधिकांश (५० प्रतिशत भन्दा बढी) स्वामित्व भएका सरकारी निकाय तथा त्यस्ता निकायको व्यवस्थापकीय नियन्त्रण भएको निकायको आयमा लाग्ने कर यसमा पर्दछ ।

६.

१११२२

निकायको मुनाफामा लाग्ने कर (पब्लिक लिमिटेड कम्पनी)

कुनै विषेश ऐन  वा कम्पनी ऐन अन्तर्गत दर्ता भएका पब्लिक लिमिटेड कम्पनी र सरकारको ५० प्रतिशत भन्दा कम स्वामित्व भएका कम्पनीको आयमा लाग्ने कर यसमा पर्दछ ।

७.

१११२३

निकायको मुनाफामा लाग्ने कर (प्राइभेट लिमिटेड कम्पनी)

कम्पनी ऐन अन्तर्गत दर्ता भएका प्राइभेट लिमिटेड कम्पनी तथा आयकर ऐन बमोजिम तोकिएको कम्पनीको आयमा लाग्ने कर यसमा पर्दछ ।

८.

१११२४

निकायको मुनाफामा लाग्ने कर (अन्य संस्था)

माथि उल्लिखित उपशीर्षक १११२१ देखि १११२३ भित्र परेका बाहेक अन्य संस्थाहरुः- साझेदारी फर्म, सहकारी संस्था, ट्रस्ट, संघ संथा, विदेशी कम्पनी एवं अन्य निकायको आयमा लाग्ने कर यसमा पर्दछ ।

९.

१११२५

पूँजीगत लाभ कर –

निकाय

घर, जग्गा शेयर आदि सम्पत्तिको बिक्री, पट्टा, हक हस्तान्तरण लगायत विभिन्न किसिमका निःसर्गबाट भएको पुँजीगत लाभमा निकायलाई लाग्ने कर यसमा पर्दछ ।

१०.

१११२६

आकस्मिक लाभ कर

कुनै निकायले चिठ्ठा, उपहार, दान, अपुताली, पुरस्कार लगायतका आकस्मिक लाभका स्रोतबाट प्राप्त आयमा लाग्ने कर यसमा पर्दछ ।

११.

१११२९

निकायको आयमा लाग्ने अन्य कर

माथि उल्लिखित शिर्षकहरुमा नपरेका यस अन्तर्गत पर्ने अन्य करहरु यसमा पर्दछ ।

१२.

१११३०

लगानीको आय तथा अन्य आयमा लाग्ने कर

माथि उल्लेखित शीर्षक १११११ दखि १११२५ भित्र परेका बाहेक अन्य आयमा लाग्ने कर यसमा पर्दछ । यो शीर्षकमा रकम जम्मा गर्न मिल्दैन ।

१३.

१११३१

सम्पति, बहाल तथा पट्टा वापतको आयमा लाग्ने कर

घर, जग्गा, सवारी साधन तथा अन्य अचल सम्पत्ती वहाल वा पट्टा वा दीर्घकालीन करारमा दिए वापतको आयमा लाग्ने कर यसमा पर्दछ ।

१४.

१११३२

ब्याजमा लाग्ने कर

बैंक, वित्त कम्पनी वा अन्य निकाय वा व्यक्तिबाट भुक्तानी गरिने वा प्राप्त हुने व्याजमा लाग्ने कर यसमा पर्दछ ।

१५.

१११३३

लाभांशमा लाग्ने कर

कुनैपनि कम्पनी वा निकायमा लगानी गरे वापत प्राप्त हुने लाभांशमा लाग्ने कर यसमा पर्दछ ।

१६.

१११३४

लगानी सम्बन्धी अन्य आयमा लाग्ने कर

लगानी सम्बन्धी अन्य आयमा लाग्ने कर यसमा पर्दछ ।

१७.

११११५

आकस्मिक लाभ कर

जुवा, चिठ्ठा, बाजी, उपहार, दान, अपुताली, सुराकी, पुरस्कार लगायतका आकस्मिक लाभका स्रोतबाट प्राप्त आयमा लाग्ने कर यसमा पर्दछ ।

१८.

१११३९

अन्य आयमा लाग्ने कर

माथि उल्लखित शीर्षक नं. हरूमा नपरेका अन्य आयमा  लाग्ने कर यसमा पर्दछ ।

१९.

११२११

पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा कर

कुनै प्राकृतिक व्यक्तिले रोजगारीबाट प्राप्त गरेको तलव, ज्याला, मजदुरी, पारिश्रमिक, भत्ता एवं सुविधा, अवकाश भुक्तानी, रोजगारीका सम्बन्धमा गरिएका अन्य भुक्तानी, अध्ययन, अध्यापन आदि विभिन्न स्रोतबाट हुने समग्र आयमा एकमुष्ट रुपमा तोकिए बमोजिम लिईले सामाजिक सुरक्षा कर यसमा पर्दछ ।

२०.

११४४२

स्वास्थ्य सेवा कर

सरकार तथा सामुदायिक अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवा बाहेक अन्य स्वास्थ्य संस्थाले प्रदान गर्ने स्वास्थ्य सेवामा लाग्ने कर यसमा पर्दछ ।

२१.

११४४३

शिक्षा सेवा कर(शैक्षिक संस्था)

निजी शैक्षिक संस्थाले प्रदान गर्ने तोकिएका शैक्षिक सेवाहरूमा लाग्ने शिक्षा सेवाशुल्क यसमा पर्दछ ।

२२.

११४४४

शिक्षा सेवा कर(वैदेशिक अध्ययन)

विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरूले बुझाउनु पर्ने शिक्षण शुल्कमा लाग्ने सेवा शुल्क वापतको रकम यसमा पर्दछ ।

२३.

११४५४

सडक निर्माण तथा संभार कर

सवारी साधन दर्ताका वखत यातायात व्यवस्था कार्यालायमा सवारी साधनको किसिम अनुसार संकलन गरिने कर यसमा पर्दछन् ।

२४.

१४२१४

दूरसंचार सेवा शुल्क

दूरसञ्चार सेवा शुल्क वापतको रकम यसमा पर्दछ ।

२५.

१४२१५

टेलिफोन स्वामित्वको शुल्क

टेलिफोन स्वमित्व वापतको रकम यसमा पर्दछ ।

२६.

३३३११

मू.अ. कर (उत्पादन)

उत्पादनकर्ताले वस्तु उत्पादन गरी बिक्री गर्दा लाग्ने मूल्य अभिबृद्धि कर वापत तिर्नु पर्ने रकम यसमा पर्दछ ।

२७.

३३३१३

मू.अ.  कर (वस्तु बिक्री र वितरण)

थोक तथा खुद्रा बिक्रेताबाट मूल्य अभिबृद्धि कर वापत तिर्नु पर्ने रकम यसमा पर्दछ ।

२८.

३३३१४

मू.अ.  कर (परामर्श तथा ठेक्का)

सबै प्रकारका ठेक्का व्यवसाय तथा परामर्श सेवामा लाग्ने मूल्य अभिबृद्धि कर यसमा पर्दछ । मूल्य अभिवृद्धि कर लागू हुनु अगाडि असुल हुन बाँकी रहेका ठेक्का कर असुल भएमा यसैमा जम्मा गर्नु पर्दछ ।

२९.

३३३१५

मू.अ.  कर (पर्यटन सेवा संकलन)

पर्यटन व्यवसायसँग सम्बन्धित होटल, ट्राभल एजेन्सी, पदयात्रा (ट्रकिङ), जलयात्रा (र्‍याफ्टिङ) समेतका व्यवसायमा लाग्ने मूल्य अभिवृद्धि कर यसमा पर्दछ । मूल्य अभिवृद्धि कर लागू हुनु अगाडी असुल हुन बाँकी रहेका होटल कर असुल भएमा यसैमा जम्मा गर्नु पर्दछ ।

३०.

३३३१६

मू.अ. कर (संचार सेवा, विमा, हवाई उडान र अन्य सेवा संकलन)

सबै प्रकारका सञ्चार सेवा (सरकारी हुलाक सेवा बाहेक), बीमा र तोकिएका अन्य सेवाको बिक्रीमा लगाइने मूल्य अभिवृद्धि कर र हवार्इ उडान कर वापतको रकम यसमा पर्दछ । मूल्य अभिवृद्धि कर लागू हुनु अगाडि असुल हुन बाँकी रहेका मनोरन्जन कर असुल भएमा यसैमा जम्मा गर्नु पर्दछ ।

३१.

३३३१७

मू.अ.  कर (बेदर्तावालाबाट गर्ने संकलन)

नेपाल बाहिरको दर्ता नभएको कुनै व्यक्तिबाट सेवा प्राप्त गर्दा उठाउनु पर्ने मूल्य अभिवृद्धि कर, काठ बिक्रीमा लगाइने मूल्य अभिवृद्धि कर, स्थानीय तह वा नेपाल स्थित अन्तर्राष्ट्रिय संघ संस्था वा नियोग वा सरकार वा मूल्य अभिवृद्धि कर नलाग्ने वस्तुको कारोवार गर्ने सार्वजनिक संस्थानले सङ्कलन/दाखिला गर्ने मूल्य अभिवृद्धि कर यसमा पर्दछ ।

३२.

३३३३१

अन्तःशुल्क (सुर्तिजन्य पदार्थ)

सबै प्रकारका सुर्तीजन्य पदार्थको उत्पादनमा लाग्ने अन्तःशुल्क यसमा पर्दछ ।

३३.

३३३३२

अन्तःशुल्क  (मदिरा)

मदिरा (वार्इन र हल्का पेय पदार्थ समेत) के उत्पादनमा लाग्ने लाग्ने अन्तःशुल्क यसमा पर्दछ ।

३४.

३३३३३

अन्तःशुल्क  (बियर)

वियर उत्पादनमा लाग्ने अन्तःशुल्क यसमा पर्दछ ।

३५.

३३३३४

अन्तःशुल्क  (अन्य औद्योगिक उत्पादन)

माथि उल्लखित उपशीर्षक ३३३३१, ३३३३२, ३३३३३ मा परेको बाहेक अन्य औद्योगिक उत्पादनमा लाग्ने अन्तःशुल्क यसमा पर्दछ ।

देहायको अवस्थामा इजाजतपत्र रद्द हुन सक्ने व्यवस्था छ ।

(क)   इजाजतपत्रमा तोकिएको शर्त तथा बन्देज उल्लंघन भएको पाइएमा,

(ख    सार्वजनिक हित विपरीत हुने देखिएमा,

(ग)   बुझाउनुपर्ने अन्तःशुल्क नबुझाएमा,

(घ)   इजाजतपत्रवाला संस्था विघटन भएमा वा इजाजतपत्रवालाले आफ्नो इजाजतपत्र रद्द गर्न निवेदन दिएमा ।

कम्पनी भाडाको सवारी साधन धनी भए पनि प्रति सवारी साधन लाग्ने कर तिर्नु पर्दछ । तर यो अन्तिम कर नभई अग्रीम कर कट्टी भएकोले वार्षिक कर दायित्वमा मिलान गर्न पाईन्छ ।

सक्नुहुन्छ । सबै किसिमका राजस्व संकलनमा बैकल्पिक माध्यमको रुपमा विद्युतीय भुक्तानीको माध्यम संचालनमा ल्याउने नेपाल सरकारको २०७४।११।१४ को निर्णयानुसार यस विभागले कर राजस्व संकलनको लागि विद्युतीय भुक्तानी सेवाको कार्यान्वयनमा ल्याएकोछ ।

विद्युतीय माध्यमबाट राजस्व दाखिला गर्न देहाय अनुसारका प्रकृया अवलम्बन गर्नु पर्नेछ ।

विद्युतीय माध्यमबाट राजस्व दाखिला गर्नु पूर्व निम्नानुसारको सेवा प्राप्त भएको हुनु पर्दछ

१. आन्त्तरिक राजस्व कार्यालयहरुबाट विवरणहरु स्वयं रुजु (Self Verification) गर्ने Username र Password प्राप्त गरेका करदाताहरुले मात्र यो सेवा प्रयोग गर्न सक्नुहुनेछ ।

२. नेपाल सरकारले Payment Service Provider को रुपमा तोकेको Nepal Clearing House Limited को ConnectIPS बाट online Registration गरी Username र Password प्राप्त गरी बैंक खाताको लिंक गरी सकेपछि मात्र विद्युतीय माध्यमबाट राजस्व दखिला गर्न सकिने छ ।

 विद्युतीय माध्यमबाट राजस्व दाखिला गर्न निम्नानुसारको प्रकृया अवलम्बन गर्न सकिने

१. आन्त्तरिक राजस्व विभागको वेबसाइट www.ird.gov.np मा क्लिक गर्ने

२. Taxpayer Portal मा क्लिक गरी Integrated Tax System भित्रको General मा डबल क्लिक गर्ने

३. General भित्र रहेको Taxpayer Login मेनुमा क्लिक गर्ने

४. आफ्नो User Credential प्रयोग गरी Login गर्ने

५. त्यस पछि Proceed To Payment भन्ने लिङ्कमा क्लिक गर्ने

६. भौचरका विवरणहरु प्रबिष्ट गरी भौचर संकेत नम्बर (Revenue Payment को Request Slip) सृजना गर्न देहायका प्रकृया अवलम्बन गर्ने

Ø आफूले दाखिला गर्न चाहेको राजस्व प्रकार जस्तै आयकर, मूल्य अभिबृद्धी कर, अन्त्त:शुल्क, अन्य (शिक्षा सेवा शुल्क, स्वास्थ्य जोखिम कर) छनौट गरी सो संग सम्बन्धित राजस्व शिर्षकहरु ( जस्तै १११११, ३३११३), आय बर्ष (जस्तै २०७५।०७६), के बापतको राजस्व दाखिला गर्न लागेको (जस्तै कर विवरण, कर निर्धारण,शुल्क आदि) समेत छनौट गरी दाखिला गर्न चाहेको रकम टाइप गर्ने ।

Ø आयकर छनौट गरेको भए TDS हो वा होइन भन्ने अप्सनमा गई TDS हो भने “हो” र होइन भने “होइन” भन्ने अप्सन छनौट गर्ने ।

Ø दाखिला गर्न चाहेको रकम मूल्य अभिवृद्धि कर हो भने दाखिला गर्ने राजस्वको रकम टाइप गरी इ.सि. हो वा होइन भन्ने अप्सनमा गई सो रकम इ.सि. (Extra collection) हो भने “हो” र होइन भने “होइन” भन्ने अप्सन छनौट गर्ने ।

Ø Add बटनमा क्लिक गरी एउटा राजस्व शीर्षकमा दाखिला गर्ने भौचर विवरण तयार गर्ने ।

Ø एकै पटकमा विभिन्न शीर्षकमा राजस्व दाखिला गर्न चाहेमा अन्य शीर्षकको पनि यसै गरी भौचर विवरण तयार गर्ने ।

Ø स्थायी लेखा नम्बर (PAN) भएको कार्यालयको (ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्त्तरिक राजस्व कार्यालय, करदाता सेवा कार्यालय) राजस्व संकलन गर्ने बैंक सूचीबाट आफूलाई राजस्व दाखिला गर्न उपयुक्त हुने बैंक छनौट गर्ने ।

Ø Generate Transaction Code बटनमा क्लिक गरी भौचर संकेत नं. सहितको Request Slip तयार गर्ने र Request Slip मा भएको राजस्व शीर्षक, रकम र आर्थिक बर्षको विवरणहरु हेरी Confirm Button मा क्लिक गर्ने ।

७.  यसरी तयार भएको भौचर संकेत नम्बर सहितको राजस्व दाखिला गर्ने Request Slip प्रिन्ट गरी राजस्व दाखिला हुने बैंकको जुनसुकै शाखामा गई राजस्व दाखिला गर्न सकिनेछ ।

विद्युतीय माध्यमबाट सोझै राजस्व भुक्तानी E-Payment गर्न चाहनुहुन्छ भने निम्नानुसारको प्रकृया अपनाउनुहोस्

८. Make Payment Button मा क्लिक गरी Payment Processor छनौट गर्ने र ConnectIPS मा Login गर्ने ।

Ø यदि ConnectIPS को Username / Password छैन भने निम्नानुसार गर्ने ।

  • www.connectips.com मा क्लिक गरी Sign UP मा क्लिक गर्ने ।
  • User Name, Password, Mobile No, Email लगाएतका विवरणहरु भरी Username बनाउने ।
  • User Create गर्दा राखेको मोवाइल नं र इमेल ठेगानामा प्राप्त हुने Code राखि विवरण Account Verification गर्ने ।
  • बैंक खाता लिंक गर्न Link Bank Account मा गई बैंक खाताको विवरणहरु भरी उक्त विवरण सहितको फाराम डाउनलोड गर्ने ।
  • अब बैंकको सम्बन्धित खातामा गई बैंक खाता लिंकको Verify गराउने ।

९. राजस्व दाखिला गर्ने बैंक खाता (Debit Account) छनौट गरी Submit Button मा क्लिक गर्ने ।

१०. नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) ले Payment Verification को लागि तपाईंको रजिष्टर्ड Mobile Number र Email Account मा OTP (One Time Password) पठाउँछ । उक्त OTP Number टाइप गरी Confirm Button मा क्लिक गरी सकेपछि तपाईंको खाताबाट रकम Debit भएको खण्डमा Debit Success पेज देखा पर्दछ र Request Slip मा देहाय अनुसारको Debit Success Status देखा पर्दछ ।

[तपाईंको डेबिट कारोवार सफलतापूर्वक सम्पन्न भएको राजस्व खातामा रकम जम्मा भइसकेपछि उक्त विवरण केही मिनेटमा अद्यावधिक भएको देखिनेछ । भौचर प्रिन्ट गरी सेवा लिन कार्यालय जान सक्नु हुनेछ]

११. यसरी Debit Success भएको कारोबारको राजस्व दाखिला महालेखा नियन्त्रक कार्यालयको नाममा भएको बैंकको खातामा जम्मा भएपछि राजस्व दाखिलाको Credit Success Status देखा पर्दछ । सो को लागि हाललाई करिब ५ मिनेट समय लाग्दछ ।

१२. पुरानो Payment को Request को Status निम्नानुसार प्राप्त हुनेछ ।

Pending -> Payment not initiated,

In Progress -> Debited from Taxpayer’s account,

Completed -> Credited to FCGO Account

१३. यसरी तपाईंले विद्युतीय माध्यमबाट राजस्व दाखिला गर्न सक्नुहुनेछ ।

अन्तःशुल्क लाग्ने वस्तु वा सेवाको कारोवार गर्न छाडेमा पन्ध्र दिनभित्र त्यसको कारण सहित  इजाजतपत्र स्थगन गर्नको लागि अन्तःशुल्क अधिकृत समक्ष निवेदन दिन सकिन्छ । अन्तःशुल्क अधिकृतबाट स्थगनको जानकारी प्राप्त भए पछि स्थगन भएको अवधि भर अन्तःशुल्क विवरण  दिन र  इजाजतपत्र नविकरण गराउनु पर्दैन ।

प्राकृतिक व्यक्तिका लागि यस्तो कर रकम अन्तिम मानिन्छ तर कम्पनी लगायत निकायका भाडाका सवारी साधनका हकमा यो कर बुझाउन अनिवार्य भए पनि यो अन्तिम कर होइन र आय विवरणमा स्वयं कर निर्धारण गरी कर दाखिला गर्नु पर्दछ । यसरी कर दाखिला गर्दा सवारी साधन पिच्छे तिरेको कर रकम मिलान भने गर्न पाइन्छ ।

व्यवसाय बाहेक अरु श्रोतको पनि आय भएमा पूर्वानुमानित कर तिर्न पाईंदैन र स्वयंकर निर्धारण गरी करको सामान्य दरले गणना गरी आय विवरण बुझाउने र कर दाखिला गर्नु पर्दछ । गैर बासिन्दा व्यक्तिले व्यवसायको मात्र आय भए पनि पूर्वानुमानित कर तिर्न पाउँदैन र सामान्य दरले कर तिर्नु पर्दछ । यसैगरी पूर्वानुमानित कर तिर्न पाउने सुविधा बासिन्दा प्राकृतिक व्यक्तिलाई मात्र प्राप्त छ, साझेदारी फर्म वा कम्पनी वा अन्य निकायले पूर्वानुमानति कर तिर्न पाउँदैनन् ।

कार्यालयले राजस्व शिर्षक, आय वर्ष, जम्माकर्ताको नाम, ठेगाना र स्थायी लेखा नं. आदि फरक परेको अवस्थामा संशोधन गर्न सामान्यतया सम्बन्धित आर्थिक वर्ष भित्र र अन्तिम अवधि आगामी आर्थिक वर्षको असोज मसान्तसम्म सम्बन्धित कार्यालय, बैंक र को.ले.नि.का मा सम्पर्क गरी शिर्षकमा सुधार गर्न सकिन्छ ।

पूर्वानुमानित कर बुझाउने बासिन्दा प्राकृतिक व्यक्तिले औषधि उपचार खर्च वापत वा अग्रिम कर कट्टी वापत कर मिलान गर्न दावी गर्न पाउँदैन ।

तोकिएको समयमा कर नबुझाएमा आयकर ऐन, २०५८ ले व्याज, शुल्क, जरिवाना असुल गर्ने, लाग्ने कर नबुझाउनेको सबै प्रकारका संपत्ति माथि दाबि गर्न सक्ने, विदेश जानमा रोक लाग्ने लगायत मुद्धा सम्म पनि व्यहोर्नु पर्ने कानूनी व्यवस्था गरेको छ ।

पाइन्छ । आफुलाई पायक पर्ने कर कार्यालयमा रहेको बैंक काउण्टर मार्फत डे ०१ आय विवरण तथा राजस्व दाखिला फाराम भरी आय विवरण तथा कर रकम बुझाउन सकिन्छ ।  डे ०१ आय विवरण तथा कर दाखिला फाराममा करदाताले आफ्नो स्थायी लेखा नम्बर, आय वर्ष, कारोबार रकम र कट्टी हुने रकम, करदाताको नाम र दस्तखत वा करदाताको प्रतिनिधि भए निजको नाम र दस्तखत र करदाताको मोबाइल नम्बर अनिवार्य रूपमा उल्लेख गर्नु पर्दछ ।

बढी दाखिला भएको कर आगामी दिनमा दाखिला गर्नु पर्ने करमा मिलान गर्न सकिन्छ । यसका लागि कर मिलान दाबिको फारम भने आय बिबरण साथ पेश गर्नु पर्दछ । सो गर्न नसकिएमा निवेदन दिई फिर्ता प्राप्त गर्न पनि सकिन्छ ।

संशोधित कर निर्धारण तथा संसय कर निर्धारणको कर यस्तो कर निर्धारण गरिएको सूचनामा उल्लेख भएको समय भित्र बुझाउनु पर्दछ ।

पूर्वानुमानित कर ढीला बुझाएमा विवरण ढिला बुझाए वापत शुल्क र कर ढिला बुझाए वापत ब्याज लाग्दछ ।

स्वयं कर निर्धारण गरिएको कर आय विवरण दाखिला गर्ने म्याद भित्र (अर्थात आगामी   आ.ब.को असोज मसान्तभित्र) बुझाई सक्नु पर्दछ ।

डे ०१ आय विवरण तथा राजस्व दाखिला फाराम भरी आय विवरण तथा पूर्वानुमानित कर बुझाएपछि करदाता स्वयंले कम्प्युटर प्रणालीवाट करचुक्ता प्रमाणपत्र निकाल्न सक्छ । कम्प्युटर प्रणालीवाट जारी करचुक्ता प्रमाणपत्र नै विवरण दाखिलाको प्रमाण हो ।

पूर्वानुमानीत कर आय विवरण दाखिला गर्ने म्याद भित्र (अर्थात आगामी आ.ब.को असोज मसान्तभित्र) बुझाउनु पर्दछ ।

रोजगारीको आय हुने व्यक्तिले सवारी साधनको सुबिधा वापत नगद प्राप्त गरेको छ भने त्यस्तो प्राप्त सम्पूर्ण नगद रकम सो व्यक्तिको रोजगारीको आयमा समाबेश गर्नु पर्दछ ।  

आय विवरण बुझाउन आयकर ऐनले निर्धारण गरेको म्याद अर्थात् गत आ.व.को कर रकम चालु आ.ब.को आश्विन मसान्तभित्र बुझाउनु पर्दछ ।

किस्ताबन्दी रुपमा बुझाउनु पर्ने अनुमानित करको ४० प्रतिशत पौष मसान्तभित्र, ७० प्रतिशत चैत्र मसान्तभित्र र १०० प्रतिशत कर आषाढ मसान्त भित्र भुक्तानी गरी सक्नु पर्दछ ।

जुनसुकै प्रकारको सुविधा वा Fringe Benefit लाई पारिश्रमिक आयमा समावेश गरी करयोग्य आयको गणना गर्नुपर्दछ । जिन्सी वा सेवामा भुक्तानी पाएको भए वा बजार मूल्यभन्दा सहुलियत दरमा कुनै सुविधा पाएको भए (जस्तै मोल नपर्ने उपहार वा सस्तो दरको ब्याजमा ऋण सुविधा) वा परोक्ष रुपमा (तेस्रो व्यक्ति मार्फत् जस्तै विद्यालयलाई सोझै रोजगारदाताले केटाकेटीको फि तिरि दिएको अवस्थामा) कुनै सुविधा प्राप्त गरेको भए पनि प्रचलित बजार मूल्य अनुसार यस्तो जिन्सी वा सेवा सुविधाको परिमाणिकरण (Quantification) र मूल्यांकन गरी हुन आउने रकम करयोग्य आयमा समावेश गर्नुपर्दछ ।

अग्रिम कर कट्टीको रकम विवरण सहित भुक्तानी गरिएको महिना समाप्त भएको २५ दिन भित्र दाखिला गर्नु पर्दछ ।

रोजगारदाता कम्पनीले दिएको घर र सवारी साधनको सुविधालाई परिमाणिकरण गरी निश्चत दरले आयमा समावेश गर्नुपर्दछ ।  यस्तो परिमाणीकरण गर्ने तरिका निम्नानुसार छ :-

(क)  सवारी साधन सुविधा लिएको हकमा खाईपाई आएको तलबको शुन्य दशमलब पाँच प्रतिशतले हुने रकम कर योग्य आयमा समावेश गर्नु पर्दछ ।

(ख)  भवन (आवास) सुविधा लिएको हकमा खाईपाई आएको तलबको दुई प्रतिशतले हुने रकम कर योग्य आयमा समावेश गर्नु पर्दछ ।

पर्दछ । हालको नयाँ व्यवस्थाले डे ०१ आय विवरण पेश गर्नु पर्ने करदाताले सम्बन्धित आ.रा.का. तथा करदाता सेवा कार्यालयमा विवरण पेश नगरी बैंक काउण्टर मार्फत राजस्व बुझाउँदा नै सिधै डे ०१ आय विवरण तथा राजस्व दाखिला फाराम भरी आय विवरण बुझाउनु पर्ने व्यवस्था गरेको छ । डे ०१ आय विवरण तथा कर दाखिला फाराममा करदाताले आफ्नो स्थायी लेखा नम्बर, आय वर्ष, कारोबार रकम र कट्टी हुने रकम, करदाताको नाम र दस्तखत वा करदाताको प्रतिनिधि भए निजको नाम र दस्तखत र करदाताको मोबाइल नम्बर अनिवार्य रूपमा उल्लेख गर्नु पर्दछ ।

निवृत्तिभरणमा कर लाग्दछ । कुनै बासिन्दा प्राकृतिक व्यक्तिको निवृत्तभरण आय रहेछ भने प्राकृतिक व्यक्तिको लागि आयकर ऐन, २०५८ को अनूसुची १ को दफा १ को उपदफा (१) को खण्ड (क) वा दम्पत्तिको लागि उपदफा (२) को खण्ड (क) मा उल्लिखित रकमको पच्चिस प्रतिशत रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा मात्र यस दफा बमोजिम कर लाग्नेछ । तर सामाजिक सुरक्षा कर बापत १ प्रतिशतले लाग्ने कर भने लाग्दैन । कर्मचारी संचयकोष र औषधि उपचार वापत पाइने रकममा कर लाग्दछ ।

करको भुक्तानी सरकारी कारोबार गर्ने बैंक, आन्तरिक राजस्व कार्यालय, करदाता सेवा कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, ठूला करदाता कार्यालयमा गर्न सकिन्छ ।

रोजगारीको आय बाहेक श्रोतमा अन्तिम करको रुपमा कट्टी हुने भुक्तानीहरु (जस्तै घर बहाल, ब्याज, लाभांश, बैठक भत्ता, पटके रुपमा अध्यापन गरे वापतको भुक्तानी, अवकाश भुक्तानी, लगानी विमाको भुक्तानी) बाट हुने आय मात्र छ भने आय विवरण पेश गर्नु पर्दैन । सो बाहेक उद्योग, व्यापार, पेशा, व्यवसाय वा लगानीका अन्य आयहरु प्राप्त भएका छन् भने आय विवरण पेश गर्नु पर्दछ ।

प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा चालिस लाख रुपैया भन्दा बढी आय भएमा ऐनको दफा ९६ बमोजिम आय विवरण पेश गर्नु पर्ने छ सो भन्दा कम पारिश्रमिक आय मात्र हुने बासिन्दा व्यक्तिको एकपटकमा एउटा मात्र रोजगारदाता भए तथा चन्दा खर्च दावी नगरेको भए आय विवरण बुझाउनु पर्दैन । अन्य सबै अवस्थामा आय विवरण बुझाउनु पर्दछ ।

अग्रिम कर कट्टि वापतको रकम भुक्तानी गरिएको महिना समाप्त भएको २५ दिनभित्र, किस्ताबन्दी कर बुझाउनेले पौष, चैत्र र आषाढ मासान्तभित्र, स्वयं कर निर्धारण गरिएको कर आय विवरण दाखिला गर्ने म्याद भित्र (अर्थात आगामी आ.ब.को असोज मसान्तभित्र), निर्धारण गरिएको कर, व्याज, शुल्क सूचनामा लेखिएको म्याद भित्र बुझाउनु पर्दछ ।

जो सुकैले करदाताको तर्फबाट करको रकम बैंकमा दाखिला गर्न सक्दछ तर डे ०१ आय विवरणमा करदाता आफैंले वा अधिकृत वारेसले दस्तखत गरी विवरण बुझाउनु पर्दछ ।

करको गणना गलत भएमा सोको जानकारी आफुलाई वा लेखा अधिकारीलाई हुने वित्तिकै सो गल्ती सच्याई आगामी महिनादेखि दाखिला गर्ने कर रकममा समायोजन गर्नु पर्दछ । आर्थिक वर्षको अन्त्यमा मात्र यस्तो त्रुटी थाहा हुन आए बढी कर दाखिला भएको भए रोजगारदाता दर्ता रहेको करदाता सेवा कार्यालय/आन्तरिक राजस्व कार्यालय/मध्यमस्तरीय करदाता कार्यालय वा ठूला करदाता कार्यालयबाट कर फिर्ता माग गर्नु पर्दछ भने कम कर दाखिला भएको भए सोको विवरण र लाग्ने शुल्क/ब्याज साथ घटी तिरेको कर (थप्नु पर्ने कर रकम) तुरुन्त दाखिला गर्नुपर्दछ ।

रोजगारीको आयमा आफूले कर तिर्ने नभई रोजगारदाताले कर कट्टी गर्ने भएकोले रोजगारदाताले e-Payment मार्फत वा रोजगारदाता दर्ता रहेको करदाता सेवा कार्यालय/आन्तरिक राजस्व कार्यालय/मध्यमस्तरीय करदाता कार्यालय वा ठूला करदाता कार्यालयमा यस्तो कर रकम दाखिला गर्नु पर्दछ । तपाईंले सम्पर्क गर्दा सम्बन्धित कार्यालयहरुमा गर्नुपर्दछ  ।

अग्रिम कर कट्टी गरी राजस्व दाखिला गर्ने आफ्नो रोजगारदाता (त्यसको लेखा अधिकारी) बाट आफ्नो पारिश्रमिकमा कर कट्टी गरी दाखिला गरेको प्रमाण लिनु पर्दछ । यसरी अग्रिम कर कट्टी गर्ने व्यक्तिले प्रत्येक महिना समाप्त भएको २५ दिन भित्र विद्युतीय माध्यमबाट e-tds विवरण र कर रकम दाखिला गर्नुपर्दछ । अग्रिम कर कट्टी हुने व्यक्तिले आफ्नो व्यक्तिगत स्थायी लेखा नम्वर PAN प्रदान गर्ने करदाता सेवा कार्यालय/आन्तरिक राजस्व कार्यालय/मध्यमस्तरीय करदाता कार्यालय वा ठूला करदाता कार्यालयबाट Username र Password समेत लिई स्वयले आफनो नाममा दाखिला भएको अग्रिम कट्टीको विवरणको जानकारी प्राप्त गर्न सकिन्छ । त्यस्तो प्रमाणको आधारमा आफूलाई कुनै कारणवश ‘कर चुक्ता प्रमाण’ आवश्यक परे सम्बन्धित करदाता सेवा कार्यालय/आन्तरिक राजस्व कार्यालय/मध्यमस्तरीय करदाता कार्यालय वा ठूला करदाता कार्यालय (आफ्नो कर दाखिला भएको वा आफूले PAN  लिएको कार्यालय) बाट ‘कर चुक्ता प्रमाण’ पनि पाउन सकिन्छ ।

रोजगारीको आयमा लाग्ने कर वा अन्य पेशा व्यवसायमा लाग्ने कर तिर्नु सम्बन्धित करदाताको दायित्व हो र यसका लागि व्यक्तिगत स्थायी लेखा नम्वर (PAN) लिनु पर्दछ । अग्रिम कर कट्टी गर्ने व्यक्तिले  पनि अनिवार्य रुपमा PAN लिनै पर्दछ ।

पारिश्रमिक भुक्तानी गर्ने रोजगारदाताको कार्यालयले (त्यहाँको लेखा अधिकारीले) करको गणना गर्ने गर्दछ तर सम्बन्धित कर्मचारी (रोजगारी गर्ने व्यक्ति) ले आफ्नो वैयक्तिक विवरण (जस्तै व्यक्ति वा दम्पत्तिको छनौट, औषधि खर्च वापत कर मिलान दावी, अवकाश भुक्तानी वा लगानी विमाको प्रिमियम भुक्तानी) बारे आफ्नो कार्यालयको लेखापाललाई जानकारी गराउनु पर्दछ ।

रोजगारदाताले गरेको अग्रिम कर कट्टी रकम e-Payment मार्फत वा सम्बन्धित (नजिकको रोजगारदाताको कार्यालय रहेको स्थानसँग सम्बद्ध वा पारिश्रमिक भुक्तानी हुने स्थानसँग सम्बद्ध) ठुला करदाता कार्यालय/ मध्यमस्तरीय करदाता कार्यालय/ आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा दाखिला गर्नु पर्दछ । यस्तो कर कट्टी रकम बैंकमा राजस्व बुझाई e-tds का माध्यमले विवरण बुझाई दाखिला गर्न सकिन्छ । रोजगारदाताले कर कट्टी नगरेको अवस्थामा सम्बन्धित करदाता (रोजगारी गर्ने व्यक्ति वा दम्पत्ति) स्वयंले आफ्नो कर रकम गणना गरी दाखिला गर्नु पर्दछ । एकै पटक एकभन्दा बढी रोजगारी गर्ने व्यक्ति वा रोजगारी सँगै व्यवसायको पनि आय हुने व्यक्तिले आय विवरण दाखिला गर्नु पर्दछ,। अन्यथा अग्रिम कर कट्टी गरी दाखिला भएपछि सम्बन्धित करदाताले (रोजगारी गर्ने व्यक्तिले) आय विवरण बुझाउनु पर्दैन । 

 एक पटक लिएको User Name र Password ले नै सँधै प्रयोग गर्न सकिन्छ । तसर्थ प्रत्येक महिना पर्दैन ।

प्रत्येक महिनाको पारिश्रमिक रकमको भुक्तानीसँगै वा पटके रकमको भुक्तानीमा भुक्तानीको वखत अग्रिम कर कट्टी गरी सो महिना समाप्त भए पछि अर्को महिनाको २५ गते भित्र पारिश्रमिक आयकर दाखिला गर्नु पर्दछ ।

आर्थिक ऐन, २०८० ले रोजगारीको करयोग्य आयमा शुरुको ५ लाख रुपैयाँसम्म (व्यक्तिका लागि) वा ६ लाख रुपैयाँसम्म (दम्पत्तिका लागि) १ प्रतिशत कर लाग्ने, तत्पश्चातको रु. २ लाखसम्म १० प्रतिशतले कर लाग्ने, तत्पश्चातको रु. ३ लाखसम्म २० प्रतिशतले कर लाग्ने, सोभन्दा बढि बीस लाख सम्मको करयोग्य आयमा ३० प्रतिशतले कर लाग्ने रु. २० लाख भन्दा  मथि ५० लाख सम्म ३६ प्रतिशत र ५० लाख भन्दा माथि जतिसुकै करयोग्य आय भएमा बढी करायोग्य आय रकममा ३० प्रतिशतले हुने कर र सो करको दरमा थप ३० प्रतिशत अतिरिक्त कर लाग्ने व्यवस्था गरेको छ । तर निवृत्तभरण  बापतको  आय,  निवृत्तभरण  कोष  र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्ति वा दम्पतीको हकमा १ प्रतिशत कर लाग्दैन ।

  • करदाताले आफुले पेश गरेको विवरण आफैले Verify गर्न सक्ने कर नीति अनुसार तपाईले आफै विवरण Verify गर्न आन्तरिक राजस्व विभाग मातहतका सम्बन्धित कार्यालयमा गएर विवरण Self Verify को Username तथा Password लिनुहोस।
  • यदी तपाईको Self Verify गर्ने Username तथा Password एउटै भएको खण्डमा विवरण भेरीफाइ हुदैन । तसर्थ विवरण भेरीफाई गर्नु पूर्व Taxpayer Portal को General Folder मा गई Change Password मेनु खोली आफ्नो Password परिवर्नत गर्नुहोस ।
  • अब फेरी General Folder मा भएको Login मेनुमा क्लिक गरी Username तथा Password Type गरी Login गर्नुहोस र आवश्यकता अनुसारको Income Tax को Module छनौट गरी आफुले पेश गरेको विवरणको Submission No. छनौट गर्नुहोस ।
  • Login Menu बाट करदाताले आफुले पेश गरेका आयकर विवरणहरु अबलोकन तथा प्रिन्ट गर्न सक्नु हुनेछ । करदाताले पेश गरेको सम्पूर्ण विवरणहरु यसै पेजबाट हेर्न र आवश्यकता अनुसारको विवरणहरु Verify समेत गर्न सकिन्छ ।

रोजगारीको आय अर्थात् पारिश्रमिक आयमा रोजगारीसँग सम्बन्धित ज्याला, तलब, विदा वापतको रकम, अतिरिक्त समय भत्ता, शुल्क, कमिशन, पुरस्कार, उपहार, बोनस, महङ्गी भत्ता, जीवन निर्वाह खर्च, भाडा, मनोरञ्जन वा यातायात भत्ता, शैक्षिक भत्ता, समायोजन भत्ता, कुनै पनि व्यक्तिगत भत्ता वा सुविधा, व्यक्तिगत प्रयोजनको लागि गरेको खर्चको फर्छ्योट वा सोधभर्ना भुक्तानी, रोजगारीको शर्तमा सहमति जनाए वापतको भुक्तानी, रोजगारीको अन्त्य, नोक्सानी वा अनिवार्य अवकाश वापतको भुक्तानी, अवकाश भुक्तानी (जस्तै क.सं.कोष, नागरिक लगानी कोषबाट हुने भुक्तानी, उपदान, निवृत्तिभरण) तथा रोजगारीका सम्बन्धमा गरिएका अन्य कुनै पनि भुक्तानी पर्दछन् ।

विद्युतीय प्रणाली (Internet) बाट आय विवरण (Income Tax D03) भर्ने प्रक्रिया निम्न बमोजिम छ ।

  • Mozilla Firefox वेव व्राउजर प्रयोग गरी ird.gov.np पेजलोड गर्नुहोस ।
  • होमपेजमा भएको Taxpayer Portal क्लिक गर्नुहोस ।
  • तत् पश्चात प्राप्त हुने Screen मा Income Tax Folder लाई छनौट गर्नुहोस ।
  • तत् पश्चात D03-Return Entry मेनुमा क्लिक गर्नुहोस ।
  • आयविवरण दाखिला गर्ने Submission Number प्राप्त गर्न आवश्यकता अनुसारको बक्समा User Name, Password, स्थायी लेखा नं., आर्थिक वर्ष (आय वर्ष समाप्त भएपछि सो वर्षको आयविवरण दाखिला गर्नुपर्ने हुदा  आर्थिक वर्ष छनौट गर्दा जहिले पनि गत विगतका वर्ष  छनौट गर्ने) तथा सम्पर्क नं टाइप गरी Register Button मा क्लिक गर्नुहोस ।
  • तपाईलाई Submission No. प्राप्त भएको जानकारी प्राप्त हुनेछ । अब Proceed Button मा क्लिक गरी निम्न अनुसारको विवरण प्रविष्टि गर्नुहोस ।
    • करदाताको किसिम छनौट गर्ने ।
    • करदाताका प्रकार छनौट गर्ने जस्तै दम्पती वा एकल प्राकृतिक ब्यक्ति (ब्यक्तिगत PAN भएमा)
    • अनूसूची ५
    • अनुसूची ६,
    • अनुसूची ७
    • अनुसूची ८
    • अनुसूची १३ का विवरणहरु प्रविष्टि गर्ने,

           Audit Report (Financial Statement) अपलोड गर्न अन्य अनिवार्य कागजातहरु Upload गर्नको लागि यहाँ क्लिक गर्नुहोस् भनेको ठाँउमा क्लिक गरी Audit Report (Financial Statement)  upload गर्ने । अपलोड गर्दा pdf. or jpg. file format मा र file size maximum 1 MB सम्मको हुनु पर्दछ ।

  • यसरी Save भएको विवरण हेरफेर गर्नुपर्ने भएमा Income Tax Folder मा भएको Tax Return Login मेनुमा क्लिक गरी Submission No. तथा Submission No. लिदा प्रयोग गरेको Username र Password Type गरी Login गरेर विवरणलाई पूर्ण  बनाउनहोस ।
  • आफुले प्रविष्टि (Entry) गरेका विवरणहरु सबै रुजु गरी ठीक भएमा Submit Button मा क्लिक गरी विवरण Submit भएको जानकारी प्राप्त गर्नुहोस ।
  • यसरी विवरण Submit भै सकेकपछि त्यस पेजमा भएको Save र Submit Button Disable भै Print Button मात्र Enable हुन्छ ।
  • अब Print Button मा क्लिक गरी विवरणहरु प्रिन्ट गरेर सम्बन्धित ठुला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा गएर विवरण Verify गर्नुहोस । वा आफैले Verify गर्ने Username र Password प्राप्त गर्नु भएको छ भने आफै Verify गर्नुहोस् ।
  • तपाईले पेश गर्न चाहनु भएको विवरण Verify नभएसम्म विवरण पेश भएको मान्य हुदैन । अतः आफुले पेश गरेको विवरण तोकिएको समयमा नै सम्बन्धित कार्यालयमा गएर Verify गराउनुहोस् वा आफैले Verify गर्ने Username र Password प्राप्त गर्नु भएको छ भने आफै Verify गर्नुहोस् ।
  • यदि तपाईंलाई सहयोगको आबश्यकता भएमा Help मेनुमा गई सहयोग लिन सकिन्छ ।

स्थायी लेखा नं. स्थगन तथा खारेजीको विवरण भर्ने तरिका:-

  • यदि तपाइले आफ्नो स्थायी लेखा नं. स्थगन तथा खारेजीको विवरण पेश गर्ने हो भने Income Tax Folder मा भएका Close of Business D03 मेनु छनौट गरी Return Entry गर्दा को प्रकृयाहरु अनुसार नै विवरण भरी Submit गरी Verify  गर्नुहोस । तर Close of Business D03 गर्दा चालु आर्थिक वर्ष छनौट गर्नु पर्ने हुन्छ ।

पूर्वानुमानित करको रकम आफू दर्ता भएको आ.रा.का. तथा करदाता सेवा कार्यालयहरुमा र भाडाको सवारी साधनको हकमा यातायात व्यवस्था कार्यालयमा बुझाउनु पर्दछ । बिद्युतीय माध्यमबाट पनि बिभागको www.ird.gov.np मा गई Taxpayer portal मा गएर online को माध्यमवाट ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयहरुमा नगई बिबरण दाखिला गर्न सकिन्छ ।

विद्यालय संचालकले मुनाफा/लाभको रुपमा विद्यालयबाट आय आर्जन गरी जीविकोपार्जन गरेको रहेछ भने, संचालकलाई अरु करदाता सरह यस्तो मुनाफा/लाभमा कर लाग्दछ । यसका लागि आय विवरण पेश गरी स्वयं कर निर्धारण गरी कर दाखिला गर्नु पर्दछ । विद्यालय संचालकले प्रधान अध्यापकको रुपमा वा प्रमुख कार्यकारीको रुपमा कुनै पारिश्रमिक लिएको रहेछ भने, त्यस्तो आयमा रोजगारीको आय सरह अग्रिम कर कट्टी गरी राजस्व दाखिला गर्नु पर्दछ ।

व्यवसायिक रुपमा कृषिको कारोवार गर्ने फर्म, कम्पनी, साझेदारी तथा संगठित संस्थाहरुले बाहेक अन्य कृषि आम्दानीमा कर लाग्दैन ।

नेपाली बासिन्दा व्यक्तिको जहाँसुकैको आयमा पनि नेपालमा कर लाग्दछ तसर्थ बासिन्दा व्यक्तिले विदेशमा आर्जन गरेको आयमा पनि नेपालमा कर लाग्दछ । तर, विदेशमा तिरेको कर भने नेपालमा तिर्नु पर्ने करमा (नेपाली करको सरदर दरले हुने गणनामा नबढ्ने गरी) हिसाब मिलान गर्न वा खर्च लेख्न पाइन्छ ।

नेपालको करको औसत दरलाई निम्नानुसार बुझ्न सकिन्छ :-

करको औषत दर =  बिदेशी कर मिलान अघि जम्मा लाग्ने कर x १००%

                                                            करयोग्य आय   

आकस्मिक लाभहरु (जस्तै क्यासिनोको जितौरी, चिठ्ठा, पुरस्कार रकम आदि) मा प्राप्त भुक्तानी रकमको २५ प्रतिशतका दरले आयकर लाग्दछ ।

नेपालमा रोजगारी, व्यवसाय, लगानी र आकस्मिक लाभको श्रोतबाट प्राप्त आयमा कर लाग्दछ । श्रम (Labour) को लगानीबाट प्राप्त हुने पारिश्रमिक, ज्याला, भत्ता सुविधा, बोनस, निवृत्तिभरण, उपदान वा रोजगारीका सम्बन्धमा प्राप्त हुने कुनै पनि भुक्तानी रोजगारीबाट भएको आय अन्तर्गत पर्दछ । सक्रिय श्रम, पूंजीको निस्कृय लगानी र उद्यमशीलताको मिश्रणबाट गरिने उद्योग ब्यापार पेशा व्यवसायको श्रोतबाट प्राप्त हुने मुनाफा, लाभ, सेवा शुल्क, मालसामान वा सेवाको विक्रिबाट प्राप्त रकम, व्यवसायसँग सम्बद्ध पूंजीगत लाभ तथा व्यवसायसँग सम्बद्ध भुक्तानीहरु व्यवसायको श्रोतबाट प्राप्त आय मानिन्छ । कुनै पनि प्रकारले पूंजी वा पूंजीगत सम्पत्तिको लगानीबाट प्राप्त हुने लाभांश, ब्याज, रोयल्टी, भाडा, प्राकृतिक श्रोत वापतको भुक्तानी, लगानी विमा वा अवकाश कोषबाट प्राप्त लाभ, पूँजीगत लाभ वा लगानीसँग सम्बन्धित अन्य भुक्तानीहरु लगानीबाट भएको आय अन्तर्गत पर्दछ । चिठ्ठा, उपहार ,पुरस्कार, बक्सिस, जितौरी तथा अन्य कुनै पनि आकस्मिक रुपमा प्राप्त हुने लाभ आकस्मिक लाभको आय अन्तर्गत पर्दछ ।

अन्तःशुल्क ऐन अनुसार जारी भएका ईजाजतपत्रहरुको अबधि सामान्यत एक आर्थिक बर्षको  हुनेछ ।

करदाताको स्वयंकर निर्धारणको बिबरणहरुको द्रुत परीक्षण गर्दा दुरुस्त नपाइएमा वा करदाताका बिबरणहरुमा बिभिन्न सूचकांकका आधारमा राजस्व जोखिमको अबस्था देखिएमा वा करदाताको कर सहभागिता न्यून भएमा मात्र थप बिस्तृत परीक्षण तथा अनुसन्धानका लागि छानिन सक्दछ । त्यस्तै आफ्नो आय बिबरणमा सही आयको घोषणा गर्ने, आयकर ऐन तथा निर्देशिकाले निर्दिष्ट गरेका बिबरणहरु अध्याबधिक राखेको अबस्थामा तपाईंको आय बिबरण पूर्ण कर परीक्षण तथा अनुसन्धानको लागि छनौटमा पर्न सक्दैन ।

देहायको कुनै एक वा एक भन्दा बढी अवस्थामा कुनै करछुट संस्थाको रूपमा दर्ता भई कर छुटको प्रमाणपत्र प्राप्त गरेको संस्थाको कर छुटको सुविधा समाप्त हुन जान्छ ।

१. सो संस्था नाफा कमाउने उद्देश्य नभएको सार्वजनिक वा परोपकारी संस्थाको रूपमा नरहेमा,

२. सम्बन्धित  आन्तरिक  राजस्व  कार्यालयमा तोकिएको  समयमा लेखापरीक्षण भएको  वित्तीय विवरण साथ आय विवरण पेश नगरेसम्म ।

३. संस्थाको सम्पत्ति र आय रकमबाट कुनै व्यक्तिलार्ई कुनै व्यक्तिगत फाइदा पुर्‍याएमा ।

४. संस्थाको विधानमा उल्लेख भएको उद्देश्यभन्दा बाहेकका अन्य कार्यमा संलग्न भएमा ।

५. कर छुटको प्रमाणपत्र प्राप्त गरेको संस्थाले कर छुटको प्रमाणपत्र नवीकरण नगराएसम्म ।

आफ्नो कारोवार बारे सबभन्दा बढी जानकारी र ज्ञान करदाता स्वयंलाई नै हुने हुँदा आयकर ऐन, २०५८ ले पूर्णतया स्वयं कर निर्धारणको व्यवस्था गरेको छ  अर्थात् यो व्यवस्था ऐच्छिक होइन । आवश्यकता अनुसार वित्तीय वा कर लेखा परीक्षकद्वारा प्रमाणीकरण समेत गरी विवरण र फाँटवारीहरु पेश गर्नु पर्दछ । साना र मझौला करदाताका लागि (खास गरी प्राकृतिक व्यक्तिका लागि) सरलीकृत विवरणहरु, पूवानुमानित कर तिर्न छनौट गर्न पाइने र अन्तिम रुपले अग्रिम कर कट्टी भई दाखिला हुने र आय विवरण पेश गर्नु नपर्ने व्यवस्था पनि गरिएको छ । तर विभाग स्वयंले स्वयं कर निर्धारणको सट्टा न्यायोचित आधारमा कर निर्धारण गर्दैन । स्वयं कर निर्धारणको विवरण बुझाउनु पर्ने करदाताले यस्तो विवरण नबुझाए पनि बुझाउनु पर्ने समय (आगामी आ.ब. को असोज मसान्त) मा बुझाएको र कर दाखिला गरेको मानी विभागले आवश्यक छानबीन गरी संशोधित कर निर्धारण भने गर्न सक्दछ । यस्तो अवस्थामा विवरण वा कर दाखिला नगरे वापत छुट्टाछुट्टै ब्याज, शुल्क वा जरिवाना लाग्ने हुन्छ ।

कर छुट संस्थाको रूपमा दर्ता भई करछुटको प्रमाणपत्र प्राप्त गर्न र प्राप्त करछुटको सुविधालार्ई निरन्तरता दिन देहाय बमोजिमको प्रक्रिया र शर्त पुरा गर्नुपर्दछ ।

१. कर  छुटको  लागि  संस्था  दर्ताको  प्रमाणपत्र, संस्थाको  विधान,  स्थायी  लेखा  नम्बर  दर्ता प्रमाणपत्र  र  पहिलेदेखि  सञ्चालन भइरहेको  संस्था  भए अघिल्लो  आय  वर्षको लेखा  परीक्षण प्रतिवेदन साथ आय विवरण समेत पेश गरी सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा निवेदन दिनु पर्दछ । तर ऐनमा दर्ता हुनु नपर्ने भनी तोकेको कुनै संस्थाले दर्ता हुन निवेदन दिइरहनु पर्दैन ।

२. निवेदक  ऐनको  दफा  २  को  खण्ड (ध)  ले  “कर  छुट  पाउने  संस्था”  को रूपमा  परिभाषित गरेको नाफा कमाउने उद्देश्य नभएको परोपकारी सामाजिक संस्था हुनुपर्दछ ।

३. कर  छुट  प्राप्त  संस्थाले  हरेक  वर्ष  आय  वर्ष  समाप्त  भएको एक वर्ष भित्र आय  विवरण दाखिला गरी करछुटको प्रमाणपत्र नवीकरण गर्नु पर्दछ ।

४. त्यस्तो संस्थाले आफ्नो लेखापरीक्षण भएको वार्षिक वित्तीय विवरण साथ एक वर्ष भित्र आय विवरण पेश गरी ऐनको दफा १०(छ) बाहेकका अन्य कुनै रकम प्राप्त गरेको भएमा लाग्ने कर दाखिला गर्नु पर्नेछ ।

५. छुट  प्राप्त संस्थाको लेखापरीक्षण  गर्ने  लेखापरीक्षकले  आफ्नो  प्रतिवेदनमा  आयकर  ऐन, २०५८ को परिच्छेद–१७ अनुसार अग्रिम कर कट्टी गरेको, ऐनको दफा १०(छ) बाहेकका अन्य कुनै  रकम  प्राप्त  गरेको  वा  नगरेको  र  संस्थाको  उद्देश्य  अनुसारको  मात्र  कार्य  गरेको  वा नगरेको विषय उल्लेख गर्नु पर्दछ ।

६. कर छुट प्राप्त गर्ने संस्थाले प्राप्त गरेको भुक्तानीमा आयकर ऐन, २०५८ को परिच्छेद १७ अनुसार भुक्तानी दिने निकायले अग्रिम कर कट्टी गर्नुपर्ने भुक्तानी भए कर कट्टी गर्नुपर्ने र यसरी अग्रिम कर कट्टी भएको रकमको आयमा कर लाग्ने नदेखिएमा कर फिर्ता माग गर्नु पर्दछ ।

७. करयोग्य कारोबार  गर्ने  व्यक्ति  तथा  संस्थासँग  प्रतिस्पर्धा  गरी  प्राप्त  गरेको  अनुदानलार्ई  कर छुटको रूपमा मान्यता हुदैन ।

८. कर छुट पाएको कुनै संस्थाले आफ्नो सम्पत्ति र आफूले प्राप्त गरेको रकमबाट कुनै व्यक्ति विशेषलार्ई  व्यक्तिगत  फाइदा  पुर्‍याएको  हुनु  हुदैंन  ।  त्यसरी  फाइदा पुर्‍याएको  भए  कर  छुट पाउने संस्थाको हैसियत रहन्न ।

९. कर छुट प्राप्त गरेको संस्थाले आफ्नो विधानमा उल्लेख भएको उद्देश्य विपरित कार्य गर्नु हुदैन  ।

कर छुटको प्रमाणपत्र प्राप्त गरेको छुट पाउने संस्थाले आय वर्ष समाप्त भएको मितिले १ वर्ष भित्र त्यस्तो प्रमाणपत्र नविकरण गराउनु पर्दछ । यस्तो प्रमाणपत्र नवीकरण गर्न विभागले तोकेको ढांचामा निवेदन साथ अघिल्लो आय वर्षको आय विवरण, लेखा परीक्षण भएको वित्तीय विवरण र अग्रिम कर कट्टी गरी दाखिला गरेको विवरण समेत पेश गर्नु पर्दछ  र कर अधिकृतले छानविन गर्दा कर छुट पाउने देखिएमा त्यस्तो प्रमाणपत्र नविकरण गरिनेछ ।

तपाईंले स्वयं कर निर्धारणको विवरण र लाग्ने कर समयमा दाखिला गरी सकेपछि करदाताको जिम्मेवारी सकिन्छ । निजले पुनः सम्बन्धित कर कार्यालयलाई आफ्नो कर निर्धारण गरि दिन अनुरोध गरि रहन पर्दैन । करदाताद्वारा गरिने स्वयं कर निर्धारण नै अन्तिम कर निर्धारण मानिन्छ । विभागले यस्तो विवरण छानविन गर्दा कुनै त्रुटि फेला पारेमा संशोधित कर निर्धारण गर्ने गर्दछ र यस्तो अवस्थामा कानून अनुसार तपाईंको बिबरणको छानबिनमा परेको र उचित सुनुवाईको मौका र सूचना दिए पछि मात्र अन्तिम कर निर्धारण गरिन्छ ।

कर छुट लिन चाहने संस्थाले थप जानकारी लिन चाहेमा आ.रा.वि. वा आ.रा.का. वा करदाता सेवा कार्यालयको करदाता सेवा शाखा वा कार्यालयहरुको हेल्प डेस्कहरुमा सम्पर्क राख्नु पर्दछ ।

कर छुट पाउने संस्थाको लागि आवश्यक निवेदनको ढाँचा इन्टरनेटबाट विभागको वेबसाईट www.ird.gov.np बाट प्राप्त गर्न सकिन्छ तर निवेदन आफूले स्थायी लेखा नम्वर लिएको आन्तरिक राजस्व विभाग मातहतको कार्यालयहरुमा पेश गर्नु पर्दछ ।

कर छूट पाउन संस्थाको प्रमुखले वा संस्थाको अधिकृत प्रतिनिधिले निवेदन दिनु पर्दछ ।

कर छुट संस्थाको रुपमा स्वीकृति लिन आफूले स्थायी लेखा नम्वर लिएको आन्तरिक राजस्व विभाग मातहतको कार्यालयहरुमा सम्पर्क राख्नु पर्दछ ।

आन्तरिक राजस्व विभागले ‘e-filling’ को सुविधा दिएकोले PAN हुने करदाताले ‘e-filling’ द्वारा बिद्युतीय माध्यमबाट आ.रा.वि.को www.ird.gov.np मा लग अन गरी आय विवरण बुझाउन सक्दछन् । त्यसैगरी विभागले तोके बमोजिमको प्रकृया अवलम्वन गरी e-Payment पनि गर्न सकिन्छ ।

कर छूट पाउने संस्थाले प्रतिस्पर्धा गरी वा नगरी कुनै व्यावसायिक कारोवार (जस्तै ठेक्का, सेवा करार) गर्न सक्दछ तर यस्तो कारोवार कर लाग्ने कारोवार भएकोले ति कारोवारबाट प्राप्त आय/रकममा करछुटको प्रमाणपत्र लिएको भएतापनि आयकर ऐन अनुसार कर तिर्नु पर्दछ ।

कर छुट पाउने संस्थाले यस्तो छुट पाउन निवेदन दिनु अगावै स्थायी लेखा नम्बर (PAN) लिई सक्नु पर्दछ ।

वार्षिक ४० लाख भन्दा कम पारिश्रमिक आय (एकपटकमा एउटा रोजगारदाताबाट मात्र रोजगारी आय भएको र चन्दा खर्च दावी नगरेको अवस्थामा) मात्र हुने प्राकृतिक व्यक्तिले आय विवरण बुझाउनु पर्दैन । रोजगारदाताले प्रत्येक महिनाको पारिश्रमिक रकमको भुक्तानीमा अग्रिम कर कट्टीको माध्यमले कर कट्टी गरी दाखिला गर्नु पर्दछ । तर वार्षिक ४० लाख भन्दा वढी पारिश्रमिक आय आर्जन गर्ने व्यक्तिले D-4 को आय विवरण भर्नु पर्दछ ।

कर छुट पाउने संस्थाले PAN मा दर्ता भई (PAN लिई) आफूले अग्रिम कर कट्टी गर्नुपर्ने सबै भुक्तानीहरुबाट (जस्तै पारिश्रमिक, बहाल, ठेक्का/करार वा सेवाको भुक्तानी) आयकर ऐनले ताके अनुसारका दरले भुक्तानीका बखत वा खर्च लेख्दा अग्रिम कर कट्टी गरी सोको विवरण तथा कर रकम प्रत्येक महिना समाप्त भएको २५ दिन भित्र सम्बन्धित आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयहरुमा दाखिला गर्नु पर्दछ । समयमा अग्रिम कर कट्टी गरी रकम दाखिला नगरेमा शुल्क तथा व्याज लाग्छ ।

कर छुट प्रमाणपत्र लिएको संस्थाले करयोग्य कारोबार गरेको छ भने आर्थिक वर्ष समाप्त भएको मितिले ३ महिना भित्र विवरण बुझाउनु पर्दछ । यदि करयोग्य कारोबार गरेको छैन भने नविकरण प्रयोजनको लागि आय वर्ष समाप्त भएको मितिले १ वर्ष भित्र आय विवरण सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा बुझाउनु पर्दछ ।

सबै कर अग्रिम करको रुपमा तिरी सकेको भए पनि यस्तो अग्रिम कर अन्तिम रुपमा लाग्ने कर नभएको अवस्थामा (जस्तै बासिन्दा प्राकृतिक व्यक्तिले व्यवसायसंग असम्बन्धित भाडा, ब्याज, लाभांश, पारिश्रमिक आयमा लाग्ने कर बाहेकको कर) सम्बन्धित करदाता व्यक्तिले आय विवरण बुझाउनु पर्दछ । आय विवरण नबुझाउँदा शुल्क तिर्नुपर्ने हुन्छ । आय बिबरण सहित कर पनि बुझाउन बाँकी भएमा १५ प्रतिशतका दरले व्याज लाग्दछ ।

कर छुट पाउने संस्थाले अनिवार्य रुपमा लेखा परीक्षण गराई आय विवरणहरु वार्षिक रुपमा आर्थिक वर्ष समाप्त भएको मितिले ३ महिना भित्र दाखिला गर्नु पर्दछ । त्यस्ता संस्थाले कर छुट हुने आयका अतिरिक्त अन्य कर लाग्ने आय आर्जन गरेको भए तोकिएको समयमा किस्ताबन्दीको विवरण, वार्षिक आय विवरण र कर दाखिला गर्नु पर्दछ ।

कर छूट पाउने निवेदन साथ कुनै दस्तुर बुझाउनु पर्दैन ।

स्वयं कर निर्धारणको विवरणमा त्रुटी भयो भने यस्तो त्रुटीबाट घटी दाखिला भएको करमा ५० देखि १०० प्रतिशतसम्म शुल्क लाग्दछ । त्रुटी जानी–जानी वा लापरवाही वा झुठा विवरणले गर्दा नभएको र भूलवश भएको भए ५०% र जानीजानी वा लापरवाही गरेको कारणले झुठा वा भ्रमपूर्ण हुन गएको भए १००% शुल्क लाग्दछ ।

कर छुट पाउने संस्थाले आन्तरिक राजस्व विभाग अन्तर्गत रहेका कार्यालयहरुबाट स्थायी लेखा नम्बर लिनु पर्दछ । दर्ता प्रमाणपत्रको वर्षेनि आय वर्ष समाप्त भएको मितिले १ वर्ष भित्र नविकरण गराउनु पर्दछ । संस्थाको आय विवरणहरु वार्षिक रुपमा दाखिला गर्नुपर्दछ । साथै अग्रिम कर कट्टी गरेको विवरण र कर रकम समयमा दाखिला गर्नु पर्दछ । आयकर लाग्ने कारोवार गरेको भए आय विवरण र कर रकम पनि आर्थिक वर्ष समाप्त भएको ३ महिना भित्र दाखिला गर्नु पर्दछ ।

रु. १ करोड भन्दा बढी वार्षिक कारोबार हुने करदाता (पेशा व्यवसायीको हकमा रु. ५० लाख भन्दा बढी आय हुने करदाता) ले कर लेखा परीक्षण गराई प्रमाणीकरण (सबै विवरण र अनुसूचीहरुको) गराउनु पर्दछ । यस्तो कर लेखापरीक्षक नेपाल चार्टर्ड एकान्टेन्ट्स संस्थामा सूचीकृत हुन्छन् । आन्तरिक राजस्व विभागले कर लेखा परीक्षकको स्वीकृति सम्बन्धी कार्य गर्दैन । तसर्थ आन्तरिक राजस्व विभागको  स्वीकृति चाहिदैन ।

कर छूट हुने प्रमाण पाउन सम्बन्धित इच्छुक संस्थाले कर छूटको लागि आन्तरिक राजस्व विभाग अन्तर्गत रहेका कार्यालयहरुमा निवदेन दिनु पर्दछ । यस्तो निवेदनमा इच्छुक निकाय, संघ वा संस्थाको नाम, PAN, सम्बन्धित निकायमा दर्ता भएको दर्ता नम्बर, ठेगाना, उद्देश्य, कृयाकलाप संचालन गर्ने स्थान, संस्थाको अध्यक्ष वा मुख्य व्यक्तिको नाम, पद, ठेगाना, संस्थाको आयश्रोत सम्बन्धी विवरण बारे उल्लेख गर्नु पर्दछ । कर छुट हुने प्रमाण पाउन इच्छुक संस्थाले निवेदनका साथ (क) संस्थाको गठन सम्बन्धी विधान, (ख) अन्य कुनै निकायबाट स्वीकृति/नविकरण गर्नु पर्ने भए स्विकृती/नविकरण भएको प्रमाणपत्रको प्रतिलिपि, (ग) PAN को प्रमाणपत्रको प्रतिलिपि र (घ) लेखा परीक्षणको प्रतिवेदन भए सोको प्रतिलिपि पेश गर्नु पर्दछ ।

कर छूट हुने संस्थाले प्राप्त गर्ने कर नलाग्ने रकम जस्तै संस्थाको उद्देश्य प्राप्तिमा सहयोग पुर्‍याउन लिइएको चन्दा, उपहार, अनुदान, आर्थिक सहायता, सदस्यता शुल्क वा सरकारी तथा गैरसरकारी (स्वदेशी वा विदेशी) संस्थाबाट प्राप्त सहयोग रकममा कर छुट हुन्छ ।

करदाताले आफुले पेश गरेको कुनै पनि बिबरण वा कागजातमा त्रुटी छ भन्ने कुरा आफुले थाहा पाएपछि अय विवरण पेश गरेको मितिले ३० दिन भित्र सो कुराको जानकारी सम्बन्धित कार्यालयलाई दिई आय विवरणको संशोधित विवरण पेश गर्न पाइन्छ । ३० दिन कटेपछि भने शंसोधित विवरण पेश गर्न पाईदैन ।

कर छुट हुने संस्थाको कर नलाग्ने आय जस्तै संस्थाको उद्देश्यमा सहयोग पुर्र्याउन प्राप्त गर्ने चन्दा, उपहार, अनुदान, सदस्यता शुल्क वा सरकारी/गैर सरकारी (स्वदेशी वा विदेशी) संस्थाबाट प्राप्त सहयोग रकममा मात्र कर छुट हुन्छ । तर अरु व्यवसाय वा लगानी गर्ने करदाता झैं व्यवसाय वा लगानी गरेमा (जस्तै ब्याज वा घर भाडा आर्जन गरेमा) सोमा कर लाग्दछ ।

देहाय बमोजिमका संस्थाहरुलाई कर छूट हुन्छ ।

क) आन्तरिक राजस्व बिभागबाट कर छुट पाउने संस्थाको प्रमाण पत्र पाएका नाफा नकमाउने उद्देश्यले स्थापना भएका सार्वजनिक प्रकृतिका सामाजिक, धार्मिक, शैक्षिक, परोपकारी संस्था, सदस्यहरुले लाभ नलिने गरी सामाजिक वा खेलकुद सम्बन्धी सुविधा प्रवर्द्धन गर्ने उद्देश्यले गठन भएका अव्यवसायी संस्था ।

ख) आयकर ऐन, २०५८ ले आयकर छुट हुने संस्थाका रुपमा परिभाषित गरेका निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दल ।

स्वयंकर निर्धारण बिबरण आय बर्ष समाप्त भएको तीन महिना भित्र (अर्थात् आगामी आर्थिक बर्षको असोज मसान्त भित्र) बुझाउनु पर्दछ । म्याद भित्र बिबरण बुझाउन नसक्ने हो भने सम्बन्धित ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा निबेदन दिई बढीमा तीन महिनाको थप म्याद पाउन सकिन्छ ।

कुनै ब्यक्तिले कुनै आर्थिक वर्षमा आय आर्जन गर्ने कार्य (जस्तै तलब, भत्ता, ज्याला, तथा घर बहाल लगायत) गर्दछ भने ती सबै ब्यक्तिले अनिवार्य रुपमा ब्यक्तिगत स्थायी लेखा नम्बर (PAN)  लिनु पर्ने नितीगत व्यवस्थालाई "सवैका लागि स्थायी लेखा नम्बर" भनिएको हो ।

ब्यावसायीक स्थायी लेखा नम्बर हरायो भने आफुलाई स्थायी लेखा नम्बर संझना छ भने सो  स्थायी लेखा नम्बर लिएको कार्यालयमा गइ निवेदन साथ रु.१०० दस्तुर तिरी पुन प्राप्त गर्न सकिन्छ । यदी स्थायी लेखा नम्बर संझनामा छैन भने आफनो नागरिकताको प्रमाण पत्र लिई सम्बन्धीत कार्यालयमा गै स्थायी लेखा नम्बर खोजी गर्न अग्रह गर्ने र स्थायीलेखा नम्बर पत्ता लागेपछि निवेदन साथ रु.१०० दस्तुर तिरी पुन प्राप्त गर्न सकिन्छ ।

प्राकृतिक व्यक्तिका लागि एवं निकायका लागि छुट्टाछुट्टै आय विवरणका ढाँचाहरु छन् । त्यसै गरी रोजगारी, व्यवसाय, लगानी वा गैर व्यावसायिक करयोग्य सम्पत्तिको निसर्गबाट लाभको लागि छुट्टाछुट्टै आय विवरणका अनुसूचीहरु छन् । पूर्वानुमानित कर तिर्न छनौट गर्ने प्राकृतिक व्यक्तिका लागि छुट्टै फाराम तोकिएको छ । आय विवरण भर्दा आयका शिर्षकको आधारमा र व्यवसायको आकारको आधारमा छुट्टाछुट्टै अनुसूची र विवरणहरु बुझाउनु पर्ने व्यवस्था छ । यी फारामहरु र अनुसूचीहरुको प्रयोग एवं भर्ने तरिका बारे निर्देशिकाहरु फारामसाथ उपलब्ध छन् र यी सबै फाराम एवं निर्देशिका आन्तरिक राजस्व विभागको वेबसाईटबाट डाउनलोड गरी प्राप्त गर्न सकिन्छ ।

ब्यक्तिगत ब्यावसायिक स्थायी लेखा नम्बर लिएको ब्यक्तिले अर्को ब्यक्तिगत स्थायी लेखा नम्बर लिनु पदैन सोही स्थायी लेखा नम्बरलाई नै अन्य कामका लागि पनि प्रयोग गर्न सकिन्छ । एउटै ब्यक्तिको दुइवटा स्थायीलेखा नम्बर हुँदैन ।

स्थायी लेखा नम्बर लिन अनलाइन विवरण भर्दा प्रयोग गर्ने युजर आइ डी र पासवर्डमा आफुलाई सजिलो हुने र सम्झन सक्ने शब्द राख्न सकिन्छ । जस्तै युजरनेममा आफ्नो नाम र पासवर्डमा मोवाइलन नम्बर आदी । तर यसरी राखिएको युजरनेम, पासवर्ड र सब्मीसन नम्बरबाट पुन लगइन गरी सबमिट नगर्दा सम्म संशोधन एवं तत् पश्चात निवेदन प्रिन्ट गर्न सकिनेछ ।

आय विवरणका फारामहरु र अनुसूचीहरु आन्तरिक राजस्व विभाग मातहतका कुनै पनि कार्यालयबाट वा आन्तरिक राजस्व विभागको वेवसाईट www.ird.gov.np बाट डाउनलोड गरी प्राप्त गर्न सकिन्छ ।

स्थायी लेखा नम्बरका बारेमा थप जानकारी लिन विभागको वेबसाइट www.ird.gov.np मा Log On गर्न सकिन्छ । साथै आन्तरिक राजस्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु, आन्तरिक राजस्व विभागबाट स्थायी लेखा नम्बर जारी गर्न स्वीकृति प्राप्त उद्योग बाणिज्य संघहरु लगायतका निकायहरुबाट समेत स्थायी लेखा नम्बर (PAN) बारे थप जानकारी पाउन सकिन्छ ।

हो, स्वीकृत प्राप्त संस्थाले तपाईंलाई स्थायी लेखा नम्बर प्रमाणपत्रको निस्सा उपलब्ध गराउँदछ र तीन महिना भित्र आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयबाट स्थायी प्रमाणपत्र प्राप्त गरी उपलब्ध गराउँदछ । उक्त निस्सा लिएर सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा सेवा कार्यालयमा आफैं उपस्थित भई प्रमाणपत्र लिन पनि सकिन्छ ।

मिल्दैन । VAT दर्ता गर्न आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा नै सम्पर्क गर्नु पर्दछ । PAN प्रदान गर्न स्विकृति दिईएका संस्थाहरुलाई मूल्य अभिबृद्धि करमा दर्ता गर्ने अनुमति दिईएको छैन ।

सोही नम्बर प्रयोग गर्नका लागि व्यवसाय दर्ता खारेज वा स्थगन गरी व्यक्तिगत स्थायी लेखा नम्बरमा परिवर्तनका लागि आवश्यक पर्ने कागजातहरु सहित सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयहरुमा निवेदन दिनु पर्दछ ।

सोही नम्बर प्रयोग गर्नका लागि व्यवसाय दर्ता गरी व्यावसायिक स्थायी लेखा नम्बरमा परिवर्तनका लागि आवश्यक कागजात सहित कारोवार स्थलसँग सम्बन्धित आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयहरुमा निवेदन दिनु पर्दछ ।

PAN नलिई कारोवार गर्दा आयकर ऐनको अनिवार्य व्यवस्था नमाने वापत ऐनको दफा ११९ क अनुसार रु.५ हजार देखि २५ हजारसम्म शुल्क लाग्दछ । साथै आयात निर्यात गर्दा वा बैकिंग कारोवार गर्दा वा सरकारी/सार्वजनिक निकायसँग सरोकार पर्ने कार्य गर्दा यस्तो कार्य गर्न नपाईने हुन सक्दछ ।

कुनै पनि आय बर्षमा करलाग्ने आय आर्जन गर्ने व्यक्तिले आन्तरिक राजस्व बिभागद्धारा निर्धारित फारमहरुमा आफ्नो आयको घोषणा आफैं गरी ऐन अनुसार लाग्ने कर समेत आफैंले निर्धारण गरी निर्धारित कर दाखिला गर्ने कार्य नै स्वयंकर निर्धारण हो ।

घरमै बसेर कम्प्यूटरबाट इन्टरनेटका माध्यमले PAN का लागि आवेदन गर्न सकिन्छ तर PAN कार्ड लिन आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा उपस्थित भई कार्ड लिनु पर्दछ ।

PAN लिन आवेदन गर्दा इन्टरनेटका माध्यमबाट वा अरुलाई मञ्जुरीनामा दिएर पनि आवेदन गर्न सकिन्छ तर PAN कार्ड दर्ता गर्दा बायोमेट्रिक गर्नुपर्ने र करदाताले (निकायको हकमा अधिकृत व्यक्तिले) प्राप्त गर्ने प्रमाण पत्रमा दस्तखत गर्नुपर्ने हुँदा स्वयं उपस्थित हुनु पर्दछ ।

PAN लिएपछि आफ्नो वैयक्तिक विवरण र PAN संख्या उल्लेख भएको फोटो सहितको PAN कार्ड वा प्रमाणपत्र पाइन्छ ।

स्थायी लेखा नम्बर (PAN) लिन देहायका कागजात पेश गर्नु पर्दछः 

            क) व्यक्तिगत व्यवसायिक स्थायी लेखा नम्बर लिन (Individual Business PAN) को लागि

  • एकलौटी फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपी,
  • आवेदन पत्रमा दस्तखत गर्नेको पासपोर्ट साइजका २ प्रति फोटोहरु,
  • प्रोप्राइटरको नागरिकताको प्रतिलिपी
  • मुख्य कारोवार स्थल वा प्रधान कार्यालय देखिने गरी बनाइएको नक्सा र प्रोप्राइटरको २ प्रती फोटो समावेश गर्ने साथै आफ्नो भवन भए लालपूर्जाको फोटोकपी अन्यथा घरधनी सँगको घरबहाल सम्झौताको फोटोकपी ।

ख) व्यवसायिक स्थायी लेखा नम्बर लिन (Business PAN Entity) को लागि

  • फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपी,
  • आवेदन पत्रमा दस्तखत गर्नेको पासपोर्ट साइजका २ प्रति फोटोहरु,
  • संचालकहरुको नागरिकताको प्रतिलिपी,
  • मुख्य कारोवार स्थल वा प्रधान कार्यालय देखिने गरी बनाइएको नक्सा र संचालकको २ प्रती फोटो समावेश गर्ने साथै आफ्नो भवन भए लालपूर्जाको फोटोकपी अन्यथा घरधनी सँगको घरबहाल सम्झौताको फोटोकपी ।

              ग) स्थायी लेखा नम्बर (PAN) लिन समय लाग्दैन, तुरुन्त पाइन्छ ।

PAN नलिएका व्यक्तिले पनि करयोग्य कारोवार गरेको भए आय विवरण पेश गर्न र कर तिर्नु पर्दछ । PAN नलिंदैमा करको दायित्वबाट मुक्ति पाइंदैन । कर तिरेपछि सोको निस्सा (कर चुक्ता प्रमाण) पनि पाइन्छ । तर PAN नलिंदा जरिवाना हुने, PAN ले करदातालाई नै फाइदा पुग्ने भएकोले PAN लिनका लागि पनि आवेदन गर्नु अनिवार्य हुन्छ । यो लिन सजिलो पनि छ ।

पूर्वानुमानित कर भनेको वार्षिक रुपमा तिर्नु पर्ने कर रकम बारे आयकर ऐनको अनुसूची १ (करको दर सम्बन्धी) अनुसार तोकिएको अवस्थामा तोकिएको एकमुष्ट रकम तिरे पुग्ने कर हो ।

यसमा निम्नानुसारका करहरु पर्दछन् ।

     बार्षिक रु.३ लाख सम्म आय हुने वा रु.३० लाखसम्म कारोवार हुने, नेपालमा श्रोत भएको व्यवसायबाट मात्र आय प्राप्त हुने, औषधि उपचार खर्च वापत तथा अग्रिम कर कट्टी वापत कर मिलान गर्न दावी नगर्ने र यो व्यवस्था छनौट गर्ने बासिन्दा प्राकृतिक व्यक्तिले देहाय बमोजिम का दरले तिर्नुपर्ने कर ।

  • म.न.पा. /उप म.न.पा. क्षेत्रका प्राकृतिक व्यक्तिले वार्षिक रु.७,५००।–
  • नगरपालिका क्षेत्रका प्राकृतिक व्यक्तिले वार्षिक                         रु. ४,०००।–
  • अन्य क्षेत्रका प्राकृतिक व्यक्तिले वार्षिक                                     रु.२,५००।–

PAN एउटा स्थायी परिचयपत्र हो । यसको नवीकरण गराइ राख्न पर्दैन । तर करदाताको ठेगाना, कारोवार स्थल वा कारोबारको प्रकृति आदिमा कुनै परिवर्तन भए सोको सूचना सम्बन्धित आन्तरिक राजस्व कार्यालय/करदाता सेवा कार्यालयलाई परिवर्तन भएको मितिले १५ दिन भित्र दिई सक्नु पर्नेछ ।

पुरानो आयकर दर्ता प्रमाणपत्र लिने व्यक्तिले पनि PAN लिन अनिवार्य छ । पुरानो आयकर प्रमाणपत्रलाई यसले प्रतिस्थापन गर्दछ । यो नयाँ नम्बरले हिजोको व्यवसायलाई भने नियमितता दिन्छ ।

PAN का लागि आवदेन गर्दा कर चुक्ता प्रमाणपत्र वा पुरानो आय विवरण, कर रकम, अग्रिम कर कट्टी रकम दाखिला गर्नु पर्दैन । कारोवार शुरु गर्न बाँकी नै रहेको करदाताले त झन् पर्दै परेन । तर आन्तरिक राजस्व कार्यालयले पुराना करदाताबाट (साविकदेखि कारोवार गरिरहेका) कर असुली प्रयोजनका लागि आय विवरण, अग्रिम कर माग गर्न सक्दछ । भाडाको घरमा बसेको करदाताको ठेगानाको पहिचानको लागि बसेको ठाउँको (कारोवार स्थलको) नक्सा र घरबहालको सम्झौता भने आवश्यक पर्दछ ।

गैर बासिन्दा व्यक्तिको हकमा निज स्वयंले वा निजको नेपालमा रहेको स्थायी संस्थापन वा प्रतिनिधिले PAN लिन आवेदन गर्नुपर्दछ ।

विदेशी नागरिकले नेपालको प्रचलित कानून अनुसार नेपालमा उद्योग, व्यापार, पेशा, व्यवसाय, रोजगारी वा लगानी गर्दा PAN लिनु पर्दछ । यसका लागि आवेदन गर्दा अन्य कागजातका अतिरिक्त निजको परिचय खुल्ने राहदानी वा सम्बन्धित कूटनैतिक नियोगद्वारा जारी गरिएको परिचयपत्र पेश गर्नु पर्दछ ।

PAN का लागि आवेदन गर्दा प्राकृतिक व्यक्तिको हकमा निजको फोटो कार्यालयमा नै खिचेर बायोमेट्रिक गरिन्छ । निकायको हकमा संचालक समितीले निर्णय गरे अनुसारको व्यक्तिको फोटो कार्यालयमा नै खिचेर बायोमेट्रिक गरिन्छ ।

आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयहरुमा रहेको हेल्पडेस्क, www.ird.gov.np को वेबसाईट र उद्योग वाणिज्य महासंघहरुबाट समेत थप जानकारी र सहयोग लिन सकिन्छ ।

PAN लिएपछि कारोवार गर्न, आयात निर्यात गर्न, बैंकसँग ऋण लिन एवं राजस्वसम्बन्धी सम्पूर्ण काम गर्न सहज हुन्छ । साथै तपाईको व्यवसायमा पारदर्शिता आउने हुन्छ ।PAN लिएर त्यसको आधारमा करदाताको पहिचान पाउनु तपाईको लागि गौरबको विषय हो । यो हरेक करदाताको पहिचान सम्बन्धी विशेष संकेत पनि हो ।

सक्दैन । एउटा व्यक्ति (प्राकृतिक व्यक्ति वा निकाय) ले जीवनमा एउटा मात्रै PAN लिन सक्दछ । एउटै मात्र PAN रहन्छ । त्यसैमा आफ्नो व्यवसायको प्रकारहरु थप गर्दै लैजानु पर्दछ । प्राकृतिक व्यक्तिले थप कारोबार गर्न चाहेमा सोही PAN मा कारोबार थप गर्नुपर्दछ ।

हुँदैन । किनभने PAN नलिई उद्योग व्यापार पेशा व्यवसाय संचालन गरेमा आयकर ऐन, २०५८ को उल्लघंन हुन गई दण्ड जरिवानामा समेत परिन्छ । तसर्थ उद्योग व्यापार पेशा व्यवसाय थालनी गर्नु अगावै PAN का लागि आवेदन गरी PAN लिई सक्नु पर्दछ ।

जुनसुकै ठाउँबाट इन्टरनेट मार्फत् फाराम डाउनलोड गरी अनलाईनबाट नै PAN का लागि आवेदन गर्न सकिन्छ । यसरी अनलाईन आवेदन फाराम भर्दा प्राप्त भएको निस्सा (सब्मिशन नम्बर) लिई सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क राख्नु पर्दछ । रोजगारी गर्ने व्यक्तिले आफ्नो रोजगारदाता मार्फत् पनि Personnel PAN का लागि आवेदन गर्न सक्दछन् ।

PAN लिनका लागि कुनैपनि किसिमको दस्तुर बुझाउनु पर्दैन ।

PAN लिनको लागि भर्नुपर्ने निवेदन फारामको ढाँचा www.ird.gov.np को वेबसाइटबाट डाउनलोड गरी प्राप्त गर्न सकिन्छ । साथै आन्तरिक राजस्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु, आन्तरिक राजस्व विभागबाट स्थायी लेखा नं. जारी गर्न स्विकृति प्राप्त उद्योग बाणिज्य संघहरु लगायतका निकायहरुबाट समेत प्राप्त गर्न सकिन्छ ।

Personal PAN लिन प्राकृतिक व्यक्तिले आफ्नो नाम, थर, स्थायी ठेगाना, पिताको नाम, जन्म मिति, नागरिकता/परिचयपत्र नम्बर बारे जानकारी गराउनु पर्दछ । सो साथ नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, विदेशीको हकमा राहदानी वा सम्बन्धित कुटनैतिक नियोगद्वारा जारी गरिएको परिचयपत्र, पेशागत प्रमाणपत्रको प्रतिलिपी र दुई प्रति फोटो पेश गर्नु पर्दछ । व्यावसायिक स्थायी लेखा नम्बर (Business PAN) को लागि व्यवसाय दर्ता प्रमाणपत्र समेत पेश गर्नुपर्दछ ।

व्यवसाय दर्ता गरिसकेपछि Personal PAN लाई व्यावसायिक स्थायी लेखा नम्बर (Business PAN) मा परिवर्तनका लागि व्यवसाय दर्ता प्रमाणपत्र सहित सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा निवेदन दिएको अवस्थामा Personal PAN लाई कार्यालयले Business PAN मा रुपान्तरण गरिदिन्छ ।

आन्तरिक राजस्व विभागले स्थायी लेखा नं. लिनुपर्ने भनी तोकेको निर्धारण योग्य आय आर्जन गर्न चाहने वा भुक्तानीमा करकट्टी गर्नुपर्ने जुनसुकै व्यक्तिले त्यस्तो आय आर्जन गर्नु वा करकट्टी गर्नु अगावै स्थायी लेखा नम्बर अनिवार्य रुपमा लिनुपर्दछ । स्थायी लेखा नम्बर लिन अनिवार्य नभएको र स्थायी लेखा नं प्राप्त नगरेका अन्य व्यक्तिले पनि स्थायी लेखा नं. लिन सक्नेछन् ।

स्थायी लेखा नम्बर (PAN )  लिने तरिका (Registration Process )

  • Mozilla Firefox वेब व्राउजर प्रयोग गरी ird.gov.np पेज लोड गर्नुहोस ।
  • होमपेजमा भएको taxpayer portal क्लिक गर्नुहोस ।
  • तत्पश्चात प्राप्त हुने screen मा Registration Folder लाई छनौट गर्नुहोस ।
  • तत्पश्चात Application for Registration मेनु क्लिक गर्नुहोस ।
  • Submission No. प्राप्त गर्न आवश्यकता अनुसारको बक्समा टाइप गरी आफ्नो कारोवार स्थल संग सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयबाट (PAN) लिने हो सोही कार्यालय छनौट गरी OK बटनमा क्लिक गर्नुहोस ।
  • Submission No. प्राप्त गरी आवश्यकता अनुसारको व्यक्तिगत वा व्यवसायिक (Personal/ Business) छनौट गर्नुहोस ।
  • अब Screen मा माग भए बमोजिमको विवरणहरु प्रविष्टि गरी Save बटनमा क्लिक गर्नुहोस ।
  • आवश्यक सबै विवरण रुजु गरी विवरण ठीक भएमा Submit Button Click गरी विवरण Submit भएको जानकारी प्राप्त गर्नुहोस ।
  • यसरी विवरण Submit भैसकेपछि त्यस पेजमा भएको Save र Submit Button Disable भै Print Button मात्र Enable हुन्छ ।
  • अब Print Button मा क्लिक गरेर विवरण प्रिन्ट गरी आवश्यक अन्य कागजातहरु (जस्तै व्यवसाय दर्ता प्रमाण, दुई प्रति पासपोर्ट साइजको फोटो, नागरिकताको फोटोकपि, घरभाडा सम्झौता लगायतका कारोबार स्थल पहिचान हुने गरी तयार गरेको हस्तलिखित नक्सा) सहित सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा गएर स्थायी लेखा नम्बर (PAN) प्राप्त गर्न सकिन्छ ।
  • तपाईंलाई कुनै कुरा स्पष्ट नभएमा Help मा गई सहयोग लिन समेत सक्नु हुनेछ ।

PAN दुइ किसिमबाट जारी गरिन्छ। कार्यालयमा दरखास्त बुझाएर वा विद्युतीय माध्यमबाट दरखास्त दिएर । Business PAN को लागि आन्तरिक राजस्व विभागको वेब साइट www.ird.gov.np मा गई त्यहाँ उपलब्ध फाराम (Business PAN पाउनका लागि गरिने दरखास्त फाराम) अनलाईनको माध्यमबाट भरी त्यसको Print Out वा Submission Number लिएर वा आन्तरिक राजस्व विभाग मातहतका कार्यालयहरुमा प्राप्त हुने दरखास्त फाराम पूर्ण रुपमा भरी सो साथ आवश्यक पर्ने कागजातहरु समेत संलग्न गरी आन्तरिक राजस्व विभाग मातहतका सम्बन्धित कार्यालयहरुमा दरखास्त गर्न सकिन्छ । यसरी दरखास्त प्राप्त भएपछि आन्तरिक राजस्व विभाग मातहतका कार्यालयहरुले जाँचबुझ गरी विद्युतीय प्रणालीबाट PAN जारी गर्दछन ।

आन्तरिक राजस्व विभाग वा मातहतका कार्यालयहरुबाट तथा राजस्व अनुसन्धान विभाग वा मातहतका कार्यालयहरुबाट PAN लिए/नलिएको, VAT लगायतका करमा दर्ता भए नभएको र बिल बिजकमा सो नम्बर उल्लेख गरे/नगरेको अनुगमन गरिन्छ । यसका लागि बजार अनुगमनको विशेष व्यवस्था गरिएको छ । PAN लिएर मात्र कारोवार गर्नु पर्ने व्यक्तिले PAN नलिई कारोवार गरेको पाइएमा आयकर तथा मूल्य अभिबृद्धि कर ऐन बमोजिम आन्तरिक राजस्व विभागले कानूनी कारवाही गर्दछ ।

बिल वा कर बिजक जारी गर्दा आफ्नो PAN उल्लेख गर्नुका साथै सामान खरीदकर्ता व्यवसायीको PAN उल्लेख गर्न पनि अनिवार्य हुन्छ । यसबाट बिक्रेता र खरीदकर्ताको कारोबार मिलान गर्न सहज र सम्भव हुन्छ । आफ्नो व्यवसायिक कारोबारको यथार्थ चित्रण प्रस्तुत गर्नेुपर्ने भएकोले बिक्रेताले बिक्री बिलमा PAN उल्लेख गर्नु पर्दछ । यसले ग्राहकलाई व्यवसायको सम्पर्कमा रहिरहन समेत सघाउँछ ।

उही प्राकृतिक व्यक्ति हो भने ठाउँ वा कारोवारको प्रकृति बदले पनि पुनः PAN लिई राख्नु पर्दैन । तर त्यस्तो परिवर्तन सम्बन्धी सूचना PAN लिएको सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दिई आफ्नो अभिलेख अद्यावधिक गराउनु पर्दछ । पुनः उद्योग व्यवसाय सूचारु गर्नु परेमा व्यवसाय गर्न छनौट भएको स्थान अन्तर्गतको क्षेत्रमा पर्ने आन्तरिक राजस्व कार्यालय/करदाता सेवा कार्यालयमा निवेदन दिई PAN लाई Reactivate गर्नुपर्दछ ।

प्रोप्राइटरसीप फर्म एकल प्राकृतिक व्यक्तिको स्वामित्वमा रहने र कम्पनी छुट्टाछुट्टै व्यक्तिको स्वामित्वमा रहने भएकोले प्राइभेट लिमिटेड कम्पनी जुन एकल प्राकृतिक व्यक्तिको स्वामित्वमा रहे पनि, छुट्टै कानूनी व्यक्ति भएकोले छुट्टै PAN लिनु पर्दछ ।

अनुमानित करको विवरण (Estimated Tax Return) भर्ने तरिका

  • Mozilla Firefox वेव व्राउजर प्रयोग गरी ird.gov.np पेजलोड गर्नुहोस ।
  • होमपेजमा भएको Taxpayer Portal मा क्लिक गर्नुहोस ।
  • तत् पश्चात प्राप्त हुने Screen मा Estimated Return लाई छनौट गर्नुहोस ।
  • तत् पश्चात Estimated Return Entry मेनुमा क्लिक गर्नुहोस ।
  • अनुमानित करको विवरण दाखिला गर्ने Submission No. प्राप्त गर्न आवश्यकता अनुसारको बक्समा युजरनेम, पासवर्ड, स्थायी लेखा नं. आर्थिक वर्ष (अनुमानित करको विवरण जहिले पनि चालु आर्थिक वर्षको हुन्छ त्यसैले चालु आर्थिक वर्ष छनौट गर्ने) सम्पर्क न टाइप गरी Register Button मा क्लिक गर्नुहोस ।
  • तपाईलाई Submission No. प्राप्त भएको जानकारी प्राप्त हुने छ । अब Proceed Button मा क्लिक गरी आवश्यकता अनुसारको अनुमानित कारोबार विवरण र राजश्व दाखिला विवरण प्रविष्टि गरी Save Button मा क्लिक गर्नुहोस ।
  • यसरी Save भएको विवरण हेरफेर गर्नुपर्ने भएमा Estimated Return Folder मा भएको Estimated Return Login मेनुमा क्लिक गरी Submission No. तथा Submission No. लिदा प्रयोग गरेको Username र Password Type गरी Login गरेर विवरणलाई पूर्ण  बनाउनहोस ।
  • आफुले प्रविष्टि (Entry) गरेका विवरणहरु सबै रुजु गरी ठीक भएमा Submit Button मा क्लिक गरी विवरण Submit भएको जानकारी प्राप्त गर्नुहोस ।
  • यसरी विवरण Submit भै सकेकपछि त्यस पेजमा भएको Save र Submit Button Disable भै Print Button मात्र Enable हुन्छ ।
  • अब Print Button मा क्लिक गरी विवरणहरु प्रिन्ट गरेर सम्बन्धित ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा गएर विवरण Verify गर्नुहोस वा आफैले Verify गर्ने Username र Password प्राप्त गर्नु भएको छ भने आफै Verify गर्नुहोस् ।
  • तपाईले पेश गर्न चाहनु भएको विवरण Verify नभएसम्म विवरण पेश भएको मान्य हुदैन । अतः आफुले पेश गरेको विवरण तोकिएको समयमानै सम्बन्धित कार्यालयमा गएर Verify गराउनुहोस् वा आफैले Verify गर्ने Username र Password प्राप्त गर्नु भएको छ भने आफै Verify गर्नुहोस् ।
  • यदि तपाईंलाई सहयोगको आबश्यकता भएमा Help मेनुमा गई सहयोग लिन सकिन्छ ।

इन्टरनेटद्वारा अनुमानित करको विवरण ढाँचा विभागको वेबसाईट www.ird.gov.np बाट प्राप्त गर्न सकिन्छ । विवरण बुझाउन बिद्युतीय माध्यमबाट पनि सकिन्छ । यसको लागि सम्बन्धित ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयवाट User ID  र Password लिनु पर्दछ ।

अनुमानित करको विवरण आफु दर्ता रहेको सम्बन्धित ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा बुझाउन पर्दछ ।

आफूले गरेको अनुमानित करको विवरणको अनुमानमा पहिलो किस्तामा त्रुटी भयो भने वा पछि कारोवारका बारेमा थप स्पष्टताहरु प्राप्त हुँदै गयो भने दोश्रो/तेश्रो किस्तासंगै पुनः संशोधित विवरण बुझाउन पाइन्छ र पुरानो विवरण सच्याउन पाइन्छ । तर अनुमानको शुद्धताको प्रतिशत ९० भन्दा तल झर्‍यो भने यसरी घटी रकम तिर्दा ब्याज लाग्दछ । साथै यस्तो संशोधित अनुमान बुझाउन बाँकी किस्ता रकमको हकमा मात्र लागू हुन्छ । करदाताले बुझाएको विवरण वा संशोधित विवरणमा (अनुमानमा) विभाग सन्तुष्ट नभएमा गत आय वर्षमा दाखिला गरेको करको आधारमा विभागले (सम्बन्धित ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयले) करदाताको अनुमानमा संशोधन गर्न सक्दछ । यसरी विभागले संशोधन गरेमा करदाताले विभागद्वारा संशोधित अनुमानका आधारमा किस्ताबन्दी कर दाखिला गर्नु पर्दछ । 

किस्तावन्दीमा कर दाखिला गर्न पहिलो किस्तासंगै वार्षिक अनुमानित करको विवरण करदाता आफैले तयार गरी (लेखापरीक्षक चाहिंदैन) सो का आधारमा किस्ताबन्दी करको गणना गर्नुपर्दछ । अनुमानित आयको विवरण तयार गर्दा अरु सामान्य आय विवरण तयार गरे झैं रोजगारी, व्यवसाय र लगानीको श्रोतबाट छुट्टाछुट्टै आयको अनुमान गरी निर्धारणयोग्य आय र करयोग्य आय गणना गर्नुपर्दछ र यस्तो करयोग्य आयमा औषधि उपचार खर्च वापत कर मिलानको रकम नघटाई करको गणना गर्नुपर्दछ । यस्तो अनुमानमा ९० प्रतिशतसम्म शुद्धता हुनु अनिवार्य छ । सोभन्दा बढी त्रुटी भयो भने र दाखिला गरेको कर रकम तिर्नुपर्ने कर रकमको ९० प्रतिशतभन्दा घटी भएमा यस्तो घटी तिरिएको रकममा ब्याज तिर्नुपर्ने हुन्छ ।

समयमा किस्ताबन्दीमा कर दाखिला गरिएन भने ब्याज र शुल्क दुबै लाग्ने हुन्छ । किस्ताबन्दीको विवरण/अनुमानित करको विवरण (आय विवरण) दाखिला गर्न सकेन भने प्रति विवरण रु.५ हजार रुपैयाँ वा आय विवरणमा उल्लेखित निर्धारण योग्य आय रकमको शून्य दशमलव शून्य एक प्रतिशतले हुने रकम मध्ये जुन वढी हुन्छ सो रकम शुल्क लाग्दछ ।  त्यसैगरी समयमा किस्ताबन्दी कर दाखिला नगर्ने वा कम रकम दाखिला गर्ने व्यक्तिलाई आय विवरण (आ.ब. व्यतित भएपछि बुझाइने) अनुसार बुझाउनु पर्ने करको नव्वे प्रतिशतभन्दा घटी रकम दाखिला गरेकोमा यस्तो घटी रकममा सामान्य ब्याज दरले (१५% वार्षिक) वार्षिक आय विवरण बुझाउनु पर्ने मिति सम्मका लागि (अर्थात् आगामी आ.ब. को असोज मसान्तसम्मका लागि) ब्याज बुझाउनु पर्दछ ।

कारोबारको आधारमा कर तिर्ने व्यक्तिले २ किस्तामा कर दाखिला गर्नुपर्छ । पुष २० गते सम्मको कारोबारमा तोकिएको दर अनुसार लाग्ने कर पुष महिनाको अन्त्यसम्म र असार २० गते सम्मको यर्थाथ कारोबारको आधारमा असार महिनाको अन्त्यसम्म हुने कारोबार अनुमान गरी तोकिएको दर अनुसार लाग्ने करको गणना गरी सो कर रकमबाट पुष मसान्तभित्र दाखिला गरेको कर घटाई हुन आउने कर रकम आषाढ महिनाको अन्त्यमा दाखिला गर्नुपर्छ ।

यो कर आर्थिक वर्ष २०७२/०७३ देखि शुरु भएको हो । यो कर व्यवसायबाट प्राप्त करयोग्य आय दश लाख रुपयाँसम्म र व्यवसायको कारोवारको कारोवार तीस लाख रुपयाँभन्दा बढी र एक करोड रुपयाँभन्दा घटी भएको  । कारोवारको प्रकृति र करको दर आय कर ऐन २०५८ को अनुसूची १ को दफा १ को उपदफा १७ मा तोकिएको दरमा कर लाग्छ ।

कुनै करदाताको कूल बार्षिक बिक्रीलाई आधार मानेर सो कारोबारमा निश्चित प्रतिशतको आधारमा तिर्नुपर्ने कर कारोबारमा आधारित कर हो ।

कुनै व्यवसाय वा लगानीबाट कुनै आय वर्षमा निर्धारण योग्य आय भएको वा हुने व्यक्तिले पहिलो किस्तामा अनुमानित करको ४०% रकम मध्ये तिर्न बाँकी रकम, दोश्रो किस्तामा अनुमानित करको ७०% रकम मध्ये तिर्न बाँकी रकम र तेश्रो किस्तामा अनुमानित करको १००% रकम मध्ये तिर्न बाँकी रकम दाखिला गर्नु पर्दछ । त्यस्तै कारोबारको आधारमा कर तिर्ने करदाता Turnover Tax (TOT) मा आवद्ध व्यक्ति (करदाता) ले देहाय बमोजिम दुई किस्तामा कर दाखिला गर्नु पर्दछ ।

दाखिला गर्नु पर्ने मिति

दाखिला गर्नु पर्ने कर रकम

पुस महिनाको अन्त्यसम्म

पुस २० गते सम्मको कारोवारमा तोकिएको दर अनुसार लाग्ने कर

असार महिनाको अन्त्यसम्म

असार २० गते सम्मको यथार्थ कारोवारको आधारमा असार महिनाको अन्त्यसम्म हुने कारोवार अनुमान गरी तोकिएको दर अनुसार लाग्ने करको गणना गरी सो कर रकमबाट पुस मसान्तभित्र दाखिला गरेको कर घटाई हुन आउने कर रकम ।

किस्ताबन्दी कर तीन किस्तामा बुझाउनु पर्दछ । पौषको अन्त्यसम्म पहिलो किस्ता, चैत्रको अन्त्यसम्म दोश्रो किस्ता तथा आषाढ महिनाको अन्त्यसम्म तेश्रो र अन्तिम किस्ताको कर दाखिला गर्नु पर्दछ । त्यस्तै कारोबारको आधारमा कर तिर्ने करदाता Turnover Tax (TOT) मा आवद्ध व्यक्ति (करदाता) ले पौषको अन्त्यसम्म पहिलो किस्ता र असारको अन्त्यसम्म दोश्रो किस्ता गरी दुई किस्तामा कर दाखिला गर्नु पर्दछ ।

रोजगारीबाट आय हुने व्यक्ति बाहेक अर्थात् कुनै व्यवसाय वा लगानीबाट कुनै आय बर्षमा  निर्धारणयोग्य आय भएको वा हुने व्यक्तिले किस्ताबन्दीमा कर तिर्नुपर्दछ । तर समग्र किस्ताको जम्मा रकम (बार्षिक रकम) रु. ७ हजार ५ सय भन्दा कम भएमा त्यस्तो किस्ताको रकम बुझाउनु पर्दैन । त्यसै गरी श्रोतमा अन्तिम रुपले कर कट्टी हुने भुक्तानीहरु तथा रु. ३ लाख आय वा रु. ३० लाख कारोवार भएका बासिन्दा प्राकृतिक व्यक्तिले छनौट गरेको पूर्वानुमानित कर तिर्ने व्यक्तिले वा भाडाका सवारी साधन धनी प्राकृतिक व्यक्तिले पनि किस्ताबन्दी कर तिर्नुपर्दैन ।

मूल्य अभिबृद्धि कर (VAT) र आयकर दुबै आन्तरिक राजस्व विभागद्वारा प्रशासन गरिन्छ र दुबै प्रयोजनको लागि एउटै PAN दिइन्छ । यसर्थ आयकर तथा मूल्य अभिबृद्धि कर प्रयोजनका लागि छुट्टाछुट्टै दुईटा PAN लिनु पर्दैन । तर PAN मात्र लिएको व्यवसायले मूल्य अभिबृद्धि करयोग्य कारोबार गर्न चाहेमा सम्बन्धित आन्तरिक राजस्व कार्यालय/करदाता सेवा कार्यालयमा निवेदन दिई मूल्य अभिबृद्धि करमा दर्ता भने हुनुपर्दछ ।

आफूले गर्ने कारोवार, बिल र बिजक, खाताबही, आय विवरण लगायत बैंकिंग कागजात तथा कर सम्बन्धी सम्पूर्ण विवरण (आयकर, मू.अ.कर, भन्सार, अन्तःशूल्क समेत) मा PAN उल्लेख गर्न अनिवार्य हुन्छ । आफैंलाई कर सम्बन्धी सुविधा सहुलियत हासिल गर्न वा कुनै सूचना प्राप्त गर्न PAN को उल्लेख गर्न आवश्यक हुन्छ । राजस्व दाखिला गर्ने भौचरमा PAN नम्बर अनिवार्य रुपमा उल्लेख गर्नु पर्दछ ।

तपाईंले आय विवरणसाथ संलग्न गर्नुपर्ने अनुसूची १० मा कर दावी महलमा अन्य विवरणका अतिरिक्त  e-tds को Transaction Number मात्र राखे पुग्छ, अन्य कागजात (भौचर, अग्रिम कर कट्टी फाराम) संलग्न गर्नु पर्दैन ।

पर्दैन । एकपटक दर्ता भएको Username, Password सँधै प्रयोग गर्न सक्नुहुन्छ ।

Username, Password प्राप्त गर्न सम्बन्धित आन्तरिक राजस्व विभाग मातहतका कार्यालयमा सम्पर्क गर्नुहोस । त्यसपछि,

  • Mozilla Firefox वेव व्राउजर प्रयोग गरी ird.gov.np पेजलोड गर्नुहोस ।
  • होमपेजमा भएको taxpayer portal क्लिक गर्नुहोस ।
  • तत् पश्चात प्राप्त हुने screen मा e-TDS Folder लाई छनौट गर्नुहोस ।
  • तत् पश्चात e-TDS मेनुमा क्लिक गर्नुहोस ।
  • Withholdee Login मा क्लिक गर्नुहोस ।
  • Username, password राखी आफ्नो विवरण हेर्नुहोस ।

यदि तपाईंको कर कट्टी गर्ने व्यक्तिले e-tds मार्फत अग्रिम करकट्टीको विवरण बुझाएको र सो लाई verify गरेको रहेछ भने तपाईं आफैंले विद्युतीय प्रणाली (Internet) बाट हेर्न सक्नुहुन्छ ।

अग्रिम कर कट्टी e-tds को विवरण बुझाउने तरिका

  • Mozilla Firefox वेव व्राउजर प्रयोग गरी ird.gov.np पेजलोड गर्नुहोस ।
  • होमपेजमा भएको taxpayer portal क्लिक गर्नुहोस ।
  • तत् पश्चात प्राप्त हुने screen मा e-tds Folder लाई छनौट गर्नुहोस ।
  • तत् पश्चात e-tds मेनुमा क्लिक गर्नुहोस ।
  • Submission No. प्राप्त गर्न सब्मिशन नं. लिने फारम लाई छनौट गरी आवश्यकता अनुसारको बक्समा युजरनेम, पासवर्ड, स्थायी लेखा नं., विथहोल्डरको नाम, सम्बन्धित आन्तरिक राजस्व विभाग मातहतका कार्यालय छनौट गरी, फोन नं., अग्रिम कर कट्टी अवधि (मिति देखि मिति सम्म), भौचर मिति (भौचर मिति २०७५.०४.०१ भन्दा अगाडीको भएमा मात्र) टाइप गरी Register Button मा क्लिक गर्नुहोस ।
  • अब तपाइले प्रविष्टि (Entry) गरेको विवरण सहित नयाँ सब्मिशन नं. र ट्रान्स्याक्सन भर्ने भन्ने दुइवटा Button देखा पर्नेछन । विवरण प्रविष्टि गर्ने ट्रान्स्याक्सन भर्ने (Transaction Entry) बटनमा क्लिक गर्नुहोस ।
  • अब Down Sample बटनमा क्लिक गरी नमूना फाइलमा भए अनुसारको अग्रिम करकट्टीको विवरणहरु Microsoft Excel files मा प्रविष्टि गरी Save गर्नुहोस । यसरी Save गर्दा Microsoft Excel version 97 मा file name को तल देखिने File save as type मा क्लिक गरी Excel 97-2003 workbook format मा file save गर्नुहोस ।
  • यसरी तयार भएको file load Excel file मा क्लिक गरी विवरणहरु TDS भर्ने फारममा लोड गर्नुहोस ।
  • अब विवरणहरु ठीक संग लोड भएको छ कि छैन रुजु गरी यदि विवरण सबै ठिक भएको खण्डमा पेजको माथि पट्टी रहेको भौचर भर्ने फारममा क्लिक गर्नुहोस ।
  • अब भौचर विवरण जस्तै शीर्षक नं., भौचर नं. भौचर मिति, भुक्तानीको प्रकार (नगद, बैक वा गुडफर पेमेन्ट) छनौट गरी तथा रकम टाइप गरी Add Button मा क्लिक गर्नुहोस । भौचर संख्या १ भन्दा वढी भएमा सोही प्रकृया दोहोराउनुहोस ।
  • अब तपाईले अग्रिम करकट्टी विवरण तथा भौचर विवरण दाखिला -Submit_ गरिसक्नु भएको छ भने पूनः ट्रान्स्याक्सन -Transaction_ भर्ने फारममा भएको Save Button मा क्लिक गरी  विवरण Save गर्नुहोस ।
  • विवरण भर्ने कार्य पुरा भएको भए Submit Button मा क्लिक गरी अग्रिम करकट्टी विवरण सम्बन्धित आन्तरिक राजस्व विभाग मातहतका कार्यालयमा पेश गर्न Submit Button मा क्लिक गर्नुहोस ।
  • यदि विवरण पूर्ण भएको छैन भने Taxpayer portal को e-TDS Folder मा भएको e-TDS Menu मा क्लिक गरी विथहोल्डर Login ट्यावमा क्लिक गरी विवरण भर्दा प्राप्त गरेको User Name Password र Submission No. टाइप गरी पून विवरण अध्यावधिक गरी Submit Button मा क्लिक गर्नुहोस ।
  • अब Print Button मा क्लिक गरी विवरणहरु प्रिन्ट गरी सक्कल भौचर समेत लिएर सम्बन्धित आन्तरिक राजस्व विभाग मातहतका कार्यालयमा गएर विवरण Verify गर्नुहोस ।
  • तपाईले पेश गर्न चाहनु भएको विवरण verify नभएसम्म विवरण पेश भएको मान्य हुदैन । अत: आफूले पेश गरेको विवरण तोकिएको समयमा नै स्वयम् verify गर्ने वा सम्बन्धित कार्यालयमा गएर verify गराउनुहोस ।
  • थप सहयोगको आबश्यक भएमा e-TDS Menu मा गई Help लिन सकिन्छ ।

अन्तःशुल्क नियमावली, २०५९ मा तोकिएको ढाँचाको निवेदन र सम्वन्धित कारोवारको लागि तोकिएको इजाजतपत्र दस्तुर दाखिला गरेको प्रमाण संलग्न गरी सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा र उक्त कार्यालय नभएको जिल्लाहरुमा कोष तथा लेखा नियन्त्रक कार्यालयमा कागजात सहित निबेदन पेश गरी प्राप्त गर्न सकिन्छ । हाल सबै प्रकृया अनलाइनबाट करदाताले आफै पुरा गरी अन्तःशुल्क इजाजत नविकरण गर्न सक्दछन तर प्रमाण लिनका लागि सम्बन्धित कार्यालयमा जानुपर्छ ।

(क)   परराष्ट्र मन्त्रालयको सिफारिसमा कुटनैतिक सुविधा अन्तर्गत अन्तःशुल्क लाग्ने वस्तुको पैठारी गर्दा ।

(ख)   स्वयम् निष्काशन प्रणाली अन्तर्गतका वस्तुहरुको विक्री वा संचय गर्न । तर स्वयं निश्काशन भए पनि चुरोट तथा सूर्तिजन्य वस्तुको उत्पादन र विक्री वितरणको हकमा इजाजत लिनुपर्दछ । त्यस्तै स्वदेशी झुत्रा वा पत्रु (कवाडी) वस्तु प्रयोग गरी उत्पादन गर्ने उद्योगले अन्तःशुल्क इजाजत लिएर मात्र कारोबार गर्नु पर्दछ ।

अन्तःशुल्क लाग्ने वस्तुको कारोबार गर्दा निम्न बमोजिम कारोवार गर्न चाहने व्यक्तिले निम्न बमोजिमको ईजाजत लिनु पर्छः

 क) अन्तःशुल्क लाग्ने बस्तु उत्पादन गर्न उत्पादन ईजाजत,

 ख)   विदेशबाट अन्तःशुल्क लाग्ने बस्तु पैठारी गर्दा पैठारी ईजाजत,

 ग)   अन्तःशुल्क लाग्ने बस्तु खरिद विक्री गर्दा खरिद विक्रीको ईजाजत,

 घ)   अन्तःशुल्क लाग्ने बस्तु संचय गर्नु परेमा संचय गर्ने ईजाजत,

 ङ)   अन्तःशुल्क लाग्ने बस्तु निकासी गर्नु परेमा निकासी ईजाजत

कारोबार शुरु गर्नु अघिनै इजाजतका लागि आबेदन दिनु पर्दछ ।

मदिरा, वियर, वाइन, चुरोट र सूर्तीजन्य पदार्थ उत्पादन, पैठारी, निकासी, विक्री वा  संचय गर्न  तथा त्यस्तो बस्तुको थोक वा खुद्रा खरिद, विक्री, ओसार पसार र भण्डारणको कारोबार शुरु गर्नु भन्दा अगाडि नै ईजाजत लिनु पर्दछ । मदिरा, वियर,  वाइन, चुरोट र सूर्तीजन्य पदार्थ बाहेकका अन्य बस्तुका निकासीकर्ता तथा पैठारीकर्ताले निकासी तथा पैठारी गर्नु अगावै र उत्पादकले उत्पादन शुरुगर्नु अगावै इजाजत पत्र लिनु पर्छ । त्यस्ता वस्तुका विक्रेताले इजाजतपत्र लिनु पर्दैन ।

प्राकृतिक व्यक्ति र कम्पनीले फरक फरक PAN लिनु परे पनि स्थायी लेखा नम्बरको रुपमा एउटै किसिमको विशिष्ट नम्बर (Unique Number)  दिइएको हुन्छ । PAN को संकेत बाटै प्राकृतिक व्यक्ति र कम्पनी छुट्टिंदैन ।

अन्तःशुल्क लाग्ने वस्तुको कारोवार गर्न पहिला PAN लिई सकेका व्यक्तिले पुनः छुट्टै PAN लिनु पर्दैन । अन्तःशुल्क लाग्ने वस्तुको कारोबार गर्नेले सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालय वा कोष तथा लेखा नियन्त्रक कार्यालयमा इजाजतपत्रका लागि आवेदन गरी इजाजतपत्र भने लिनु पर्दछ । अन्तःशुल्क इजाजत लिंदा कारोबारको प्रकृतिका आधारमा इजाजत दस्तुर बुझाउनु पर्छ । अन्तःशुल्क इजाजतपत्रको लागि आवेदन दिंदा PAN दर्ता प्रमाणपत्रको प्रतिलिपी पनि संलग्न गर्नुपर्दछ ।

उद्योग, व्यापार, पेशा, व्यवसाय (फर्म नराखी स्वतन्त्र व्यवसाय गर्ने प्राकृतिक व्यक्तिसमेत), रोजगारी गर्ने व्यक्तिले आफूले गर्ने कारोवार, बैंकिङ्ग कारोवार, जारी गर्ने बिल बिजक , खाता बही, कागजात तथा आय विवरण लगायत कर सम्बन्धी सम्पूर्ण विवरणमा PAN को उल्लेख गर्न अनिवार्य भएकोले PAN लिनु पर्दछ । साथै यो नम्बरले करदातालाई एउटा विशिष्ट पहिचान दिने हुँदा आफ्नो व्यवसाय गर्न र सोमा सम्बद्ध राजस्व दाखिला गर्न PAN लिए पछि सहज हुने भएकोले PAN लिन आवश्यक छ ।

कर प्रयोजनको लागि प्रत्येक करदातालाई पहिचान दिन दिइने अद्वितिय (Unique) र स्थायी (Permanent) संकेत हो । यो नौ (९) अंकको हुन्छ । यो संकेत एक पटक लिई सकेपछि उही व्यक्तिले व्यवसाय गर्ने स्थल वा व्यवसायको प्रकृति वा अन्य विवरण परिवर्तन भए पनि सो करदाताका लागि सँधै भरि सोही संकेत अंक कायम रहने भएकोले यसलाई स्थायी लेखा नम्बर भनिएको हो । यसलाई अंग्रेजीमा Permanent Account Number र छोटकरीमा PAN भनिन्छ । व्यक्तिको लागि यो कर तिर्ने प्रयोजनको लागि प्रयोग गरिन्छ । यो व्यवसाय, रोजगारी एवं लगानीको पहिचान जनाउने नम्बर पनि हो । कम्प्यूटर प्रणालीबाट सृजना हुने नौ अंकको  स्थायी लेखा नम्बरको उदाहरणः ३००३६२२५७

भुक्तानीमा गरिएको (अग्रिम) करकट्टीको विवरण विद्युतीय प्रणाली (Internet) बाट बुझाउने व्यवस्था हो ।

क्यासिनोमा जुवा खेल्दा जित भयो भने यस्तो रकम पनि आकस्मिक लाभ अन्तर्गत पर्दछ ।

कुनै ब्यक्तिले कुनै आर्थिक वर्षमा आय आर्जन गर्ने कार्य (जस्तै तलब, भत्ता, ज्याला, तथा घर बहाल लगायत) गर्दछ भने ती सबै ब्यक्तिले अनिवार्य रुपमा ब्यक्तिगत स्थायी लेखानम्बर (PAN) लिनुपर्ने व्यवस्थालाई "सवैका लागि स्थायी लेखा नम्बर" भनिएको हो ।

ब्यक्तिगत स्थायी लेखानम्बर हरायो भने करदाताको Login बाट प्रिन्ट गर्न सकिन्छ। साथै आफुलाई स्थायी लेखा नम्बर संझना छ भने सो स्थायी लेखा नम्बर लिएको कार्यालयमा गइ निवेदन साथ रु.१००। दस्तुर तिरी पुनःप्राप्त गर्न सकिन्छ।यदि स्थायी लेखा नम्बर संझनामा छैन भने आफनो नागरिकताको प्रमाणपत्र लिई सम्बन्धित कार्यालयमा गई स्थायी लेखा नम्बर खोजी गर्न आग्रह गर्ने र स्थायी लेखा नम्बर पत्ता लागे पछि निवेदन साथ रु.१००।  दस्तुर तिरी पुनःप्राप्त गर्न सकिन्छ।

लगानीबाट प्राप्त हुने आय पूँजीगत आय अन्तर्गत पर्दछ भने लगानी नगरी अनपेक्षित तवरले प्राप्त गर्ने आय आकस्मिक लाभ अन्तर्गत पर्दछ ।

ब्यक्तिगत ब्यावसायिक स्थायी लेखानम्बर लिएको ब्यक्तिले अर्को ब्यक्तिगत स्थायी लेखा नम्बर लिनु पदैन सोही स्थायी लेखा नम्बर लाई नै अन्य कामका लागि पनि प्रयोग गर्न सकिन्छ।एउटै ब्यक्ति को दुइ वटा स्थायी लेखा नम्बर हुँदैन।

ब्यक्तिगत स्थायी लेखानम्बरलाई नविकरण गर्नु पर्दैन।

आकस्मिक लाभमा आकस्मिक लाभको नामले आयकर लाग्छ ।

ब्यक्तिगत स्थायी लेखा नम्बर लिन अनलाइन विवरण भर्दा प्रयोग गर्ने युजर आइडी र पासवर्डमा आफुलाई सजिलो हुने र सम्झन सक्ने शब्द राख्न सकिन्छ।जस्तै युजर नेममा आफ्नो नाम र पासवर्ड मा मोवाइल नम्बर आदि।तर यसरी राखिएको युजरनेम, पासवर्ड र सब्मीसन नम्बरबाट पुनःलगइन गरी सबमिट नगर्दा सम्म संशोधन एवं तत्पश्चात निवेदन प्रिन्ट गर्न सकिनेछ।

मिल्दैन।VAT दर्ता गर्न आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा नै सम्पर्क गर्नुपर्दछ।PAN प्रदान गर्न स्विकृति दिईएका संस्थाहरुलाई मूल्य अभिबृद्धिकरमा दर्ता गर्ने अनुमति  दिईएको छैन।

कलाकार वा खेलाडीले पाउने पुरस्कार रकममा आकष्मिक लाभ मानी पश्चिस प्रतिशतका दरले कर लाग्दछ तर साहित्य, कला, संस्कृति, खेलकुद, पत्रकारिता, विज्ञान, प्रविधि तथा सार्वजनिक प्रशासन क्षेत्रमा योगदान पुर्‍याए बापत प्राप्त हुने राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका पाँच लाख रुपैयाँसम्मको पुरस्कारमा आकस्मिक लाभ कर लाग्दैन । पाँच लाख रुपैयाँ भन्दा वढी रकमको पुरस्कारको हकमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आकस्मिक लाभ कर नलाग्ने गरी छुट दिन सक्नेछ ।

कारण खोली सम्बन्धित आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयमा निवेदन दिनु पर्दछ।तर तपाईको मृत्यूपछि यो नम्बर खारेज हुन्छ अन्यथा यो नम्बर तपाईको नाममा inactive अवस्थामा System मा रहिरहन्छ।

व्यक्तिको मृत्यु भएमा, नागरिकता त्याग गरी नेपाल छाडेमा, विदेशीको हकमा आय आर्जन गर्ने काम गर्न छाडेमा।

कुनै व्यक्ति वा संस्थाबाट प्राप्त चन्दा कर छुट संस्थाले प्राप्त गरेको भएमा मात्र आकस्मिक लाभ अन्तर्गत पर्दैन । अन्यथा अरु सबैको आकस्मिक लाभको परिभाषा भित्र पर्दछ ।

सोही नम्बर प्रयोग गर्नका लागि व्यवसाय दर्ता गरी व्यावसायिक स्थायी लेखा नम्बरमा परिवर्तनका लागि आवश्यक कागजातसहित कारोवार स्थलसँग सम्बन्धित कागजात लिएर आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयहरुमा निवेदन दिनुपर्दछ।

उपहार वा चिठ्ठा प्राप्त गर्ने व्यक्ति अग्रिम कर बुझाउन नसक्ने अवस्थाको भए पनि करको भार वहन गर्नु नै पर्दछ । अन्यथा करको भार उपहार वा चिठ्ठा दिने व्यक्तिले व्यहोर्नु पर्दछ । यो भुक्तानीमा कर कट्टि गरिने प्रणालीबाट कर संकलन गरिने भएकोले यसको कर कानून परिपालनाको उत्तरदायित्व अग्रीम कर कट्टी गर्ने निकायको भएकोले यो जिम्मेवारी भुक्तानी गर्नेको हुन्छ ।

घरमै बसेर कम्प्यूटरबाट इन्टरनेटका माध्यमले PAN का लागि आवेदन भरी कार्यालयबाट Verify  भए पछि विवरण भर्दाको Login बाट प्रिन्ट गर्न सकिन्छ ।

PAN लिन स्वयं उपस्थित हुनुपर्दैन । PAN लिन आवेदन गर्दा इन्टरनेटका माध्यमबाट आवेदन भरी कार्यालयबाट Verify भए पछि विवरण भर्दाको Login बाट प्रिन्ट गर्न सकिन्छ ।

PAN लिएपछि आफ्नो वैयक्तिक विवरण र PAN संख्या उल्लेख भएको फोटो सहितको PAN CARD वा प्रमाणपत्र पाइन्छ।

कार्यालयमा दरखास्त दिएको हकमा तुरुन्तै पाउन सकिन्छ।Online Application बाट PAN लिएकोमा नागरिकताको प्रमाणपत्र सहित कार्यालयमा जानु पर्दछ ।

कसैलाई जिन्सी सामान उपहार दिएमा वा चिठ्ठा परेमा सो को मौद्रिक मूल्य गणना गरी सो मूल्यमा अग्रिम करकट्टी गर्नुपर्दछ ।

PAN एउटा स्थायी परिचयपत्र हो।यसको नविकरण गराइराख्न पर्दैन।तर करदाताको ठेगाना, कारोवारस्थल वा कारोबारको प्रकृति आदिमा कुनै परिवर्तन भए सो को सूचना सम्बन्धित आन्तरिक राजस्व कार्यालय/करदाता सेवा कार्यालयलाई परिवर्तन भएको मितिले १५ दिनभित्र दिई सक्नुपर्नेछ।

गैर बासिन्दा व्यक्तिको हकमा निज स्वयंले वा निजको नेपालमा रहेको स्थायी संस्थापन वा प्रतिनिधिले PAN लिन आवेदन गर्नु पर्दछ।

आकस्मिक लाभको भुक्तानीमा अग्रिम कर कट्टी गर्नुपर्छ । आकस्मिक लाभको भुक्तानीमा २५ प्रतिशतका दरले अग्रिम करकट्टी गर्नु पर्दछ ।

PAN पाउन आवेदन गर्ने महिला (प्राकृतिक व्यक्ति) ले आफ्नो बुबा, आमा, पति वा ससुराको नाम अनिवार्य लेख्नुपर्दछ।

व्यक्तिको रोजगारी, व्यवसाय वा लगानीसंग प्रत्यक्ष रुपले सम्बन्धित नरहेको अनपेक्षित आय वा पूर्व अनुमान नगरिएको आय (जस्तैः चिठ्ठा, उपहार, पुरस्कार, बक्सिस, जितौरी तथा अन्य कुनै पनि आकस्मिक रुपमा प्राप्त हुने  लाभ) लाई  आकस्मिक लाभको आय भनिन्छ ।  

PAN पाउन आवेदन गर्ने महिला (प्राकृतिक व्यक्ति) ले आफ्नो बुबा, आमा, पति वा ससुराको नाम अनिवार्य लेख्नुपर्दछ।

विदेशी नागरिकले नेपालको प्रचलित कानून अनुसार नेपालमा उद्योग, व्यापार, पेशा, व्यवसाय, रोजगारी वा  लगानी गर्दा PAN लिनुपर्दछ।यसका लागि आवेदन गर्दा अन्य कागजातका अतिरिक्त निजको परिचय खुल्ने राहदानी वा सम्बन्धित कूटनैतिक नियोगद्वारा जारी गरिएको परिचय पत्र पेश गर्नु पर्दछ।

आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयहरुमा रहेको हेल्पडेस्क, आन्तरिक राजस्व विभागकोवे बसाईट www.ird.gov.np र उद्योग वाणिज्य संघहरुबाट समेत थप जानकारी र सहयोग लिन सकिन्छ।

PAN लिएपछि कारोवार गर्न, आयात/निर्यातगर्न, बैंकसँग ऋण लिन एवं राजस्व सम्बन्धी सम्पूर्ण काम गर्न सहज हुन्छ।साथै तपाईको व्यवसायमा पारदर्शिता आउने हुन्छ।PAN लिएर त्यसको आधारमा करदाताको पहिचान पाउनु नागरिकको लागि गौरबको विषय हो।यो हरेक करदाताको पहिचान सम्बन्धी विशेष संकेत पनि हो।

सक्दैन।एउटा व्यक्ति (प्राकृतिक व्यक्ति वा निकाय) ले जीवनमा एउटामात्रै PAN लिनसक्दछ।एउटै मात्र PAN रहन्छ।त्यसैमा आफ्नो व्यवसायको प्रकारहरु थप गर्दै लैजानुपर्दछ।प्राकृतिक व्यक्तिले थप कारोबार गर्न चाहेमा सोही PAN मा कारोबार थप गर्नुपर्दछ।

PAN लिनका लागि कुनैपनि किसिमको दस्तुर बुझाउनु पर्दैन।

Personal PAN लिन प्राकृतिक व्यक्तिले आफ्नो नाम, थर, स्थायी ठेगाना, पिताको नाम, जन्म मिति, नागरिकता/परिचयपत्र नम्बर बारे जानकारी गराउनु पर्दछ।सो साथ नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, विदेशीको हकमा राहदानी वा सम्बन्धित कुटनैतिक नियोगद्वारा जारी गरिएको परिचयपत्र, स्थानीय रोजगारदाताको सिफारीस, पेशागत प्रमाणपत्रको प्रतिलिपी र दुई प्रतिफोटो पेश गर्नुपर्दछ।

व्यवसाय दर्ता गरिसकेपछि Personal PAN लाई व्यावसायिक स्थायी लेखा नम्बर (Business PAN) मा परिवर्तनका लागि व्यवसाय दर्ता प्रमाणपत्र सहित सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा निवेदन दिएको अवस्थामा Personal PAN लाई कार्यालयले Business PAN मा रुपान्तरण गरिदिन्छ।

आन्तरिक राजस्व विभागले स्थायी लेखा नं. लिनुपर्ने भनी तोकेको निर्धारणयोग्य आय आर्जन गर्न चाहने वा भुक्तानीमा कर कट्टी गर्नुपर्ने जुनसुकै व्यक्तिले त्यस्तो आय आर्जन गर्नु वा करकट्टी गर्नु अगावै स्थायी लेखा नम्बर अनिवार्य रुपमा लिनु पर्दछ।स्थायी लेखानम्बर लिन अनिवार्य नभएको र स्थायी लेखा नं प्राप्त नगरेका अन्य व्यक्तिले पनि स्थायी लेखा नं. लिन सक्नेछन्।

व्यक्तिगत स्थायी लेखा नम्बर लिन अपनाउनु पर्ने निवेदनको प्रक्रिया

  • नेपाली नागरिकको हकमा पासपोर्ट साइजको फोटो र नागरिकताको अगाडि तथा पछाडिको Scan गरेर फाइल सुरक्षित गर्नुहोस् ।
  • गैर नेपाली नागरिकको हकमा पासपोर्ट साइजको फोटो, निज कार्यरत रहेको कार्यालयको सिफारिस र बिदेशी भनी प्रमाणित गराउने प्रमाणित कागजात संलग्न राखी Scan गरी फाइल सुरक्षित गर्नुहोस् ।
  • "Mozilla Firefox" browser खोल्नुहोस् ।
  • gov.np टाइप गरी Enter key हान्नुहोस् ।
  • Taxpayer Portal मा Click गर्नुहोस् ।
  • Registration(PAN,VAT,EXCISE) को Application for Registration मा Click गर्नुहोस् ।

  • Submission लिनको लागि निवेदकले Username, Password, Re-Password, Contact No, Email-Id Entry भर्नुहोस् ।
  • Registration for को Personal PAN चेक बक्समा Click गर्नुहोस् ।
    • Verify गर्ने अफिस छान्नको लागि –
    • आन्तरिक राजस्व कार्यालयको लागि IRO मा Click गरी आफ्नो पायक पर्ने कार्यालय छान्नुहोस् ।
    • करदाता सेवा कार्यालय भएमा TSO मा Click गरी आफ्नो पायक पर्ने कार्यालय छान्नुहोस्।
    • OK मा Click गर्नुहोस् ।
  • Continue मा Click गर्नुहोस् । (Submission No. आउँछ सो टिप्नुहोस्)
  • नाम र थर नेपाली र अंग्रेजीमा Entry गर्नुहोस् ।
  • बि.सं. वा इ.सं. छानेर जन्ममिति Entry गर्नुहोस् ।
  • लिंगमा पुरुष/महिला/लैङ्गिक/यौनिकअल्पसंख्यकमध्ये एक छान्नुहोस् ।
  • Scan गरेर राखेको Photo दायाँ तर्फको Browse मा Click गरी Photo को फाइल छानेर Upload गर्नुहोस् ।
  • Citizenship Card को दायाँ तर्फको Upload Document भनेको Up Arrow बक्समा Click गर्नुहोस्
  • नागरिकता नं., नागरिकता जारी गर्ने कार्यालय, स्थान, जारी मिति Entry गर्नुहोस् ।
  • त्यसपछि Browse मा Click गरी Scan गरेको नागरिकताको फाइल Upload गर्नुहोस् ।
    • गैर नेपाली नागरिक भए Embassy-ID को प्रमाणपत्र नं., जारी गर्ने कार्यालय, स्थान, जारी मिति इन्ट्री गरी सो प्रमाणपत्र Scan गरी Upload गर्नुहोस् ।
  • OK मा Click गर्नुहोस् ।
  • पेशागत License वा प्रमाणपत्र भए सो को नम्बर Entry गर्नुहोस् ।
  • रोजगारदाताको सिफारिस (च.नं./प्रमाणपत्र नं.) काम गरेको भए कामको प्रकार पेशाको उप-प्रकार छान्नु होस् । कार्यालयको सिफारिस समेत पेश गर्नु पर्छ ।
  • रोजगारदाताको सिफारिस नभएकाले Others छान्नुहोस् ।
  • पारिवारिक विवरण भर्नुहोस् ।
  • स्थायी ठेगाना भर्नुहोस् ।
  • अस्थायी ठेगाना भर्नुहोस् ।
  • Save/Submit गर्नुहोस् ।
  • Submit पछि मोवाइल र इमेलमा OTP आउनेछ ।
  • OTP भर्नुहोस।
  • Verify भएपछि मोवाइल र इमेलमा PAN आउनेछ ।
  • Verify भए पछि विवरण भर्दाको Login बाट प्रिन्ट गर्न सकिन्छ ।
  • नेपाल सरकारको नागरिक App बाट समेत Online Application गरी PAN लिन सकिन्छ ।

PAN दुई किसिमबाट जारी गरिन्छ।कार्यालयमा दरखास्त बुझाएर वा विद्युतीय माध्यमबाट दरखास्त दिएर।Personal को लागि आन्तरिक राजस्व विभागको वेब साइट www.ird.gov.np मा गई त्यहाँ उपलब्ध फाराम (PAN पाउनका लागि गरिने दरखास्त फाराम) अनलाईनको माध्यमबाट भरी कार्यालयबाट Verify भएपछि आफैले प्रिन्ट गर्न सकिन्छ वा आन्तरिक राजस्व विभाग मातहतका कार्यालयहरुमा प्राप्त हुने दरखास्त फाराम पूर्णरुपमा भरी सोसाथ आवश्यक पर्ने कागजातहरु समेत संलग्न गरी आन्तरिक राजस्व विभाग मातहतका सम्बन्धित कार्यालयहरुमा दरखास्त गर्न सकिन्छ।यसरी दरखास्त प्राप्त भएपछि आन्तरिक राजस्व विभाग मातहतका कार्यालयहरुले जाँचबुझ गरी विद्युतीय प्रणालीबाट PAN जारी गर्दछन।साथै नेपाल सरकारको नागरिक App बाट समेत Online Application गरी PAN लिन सकिन्छ ।

रोजगारीको आय हुने व्यक्तिले पनि PAN लिनुपर्ने गरी आर्थिक वर्ष २०६६।६७ देखि व्यवस्था गरिएको छ।एउटै मात्र रोजगारदाता भएको अवस्थामा व्यक्तिगत PAN लिनुपर्दछ।यस्तो PAN हुने व्यक्तिको रोजगारदाताले नै पारिश्रमिक भुक्तानी गर्दा करकट्टी गरी दाखिला गरिदिने भएकोले आय विवरण पेश गर्नु पर्दैन।तर एक भन्दा बढी रोजगारदाता भएको अवस्थामा अन्तिम कर दायित्व एकिन गरी आय विवरण पेश गर्न पनि PAN लिनुपर्दछ।

प्राकृतिक व्यक्ति र कम्पनीले फरक फरक PAN लिनु परे पनि स्थायी लेखा नम्बरको रुपमा एउटै किसिमको विशिष्ट नम्बर(Unique Number) दिइएको हुन्छ।PAN को संकेत बाटै प्राकृतिक व्यक्ति र कम्पनी छुट्टिंदैन।

उद्योग, व्यापार, पेशा, व्यवसाय (फर्म नराखी स्वतन्त्र व्यवसाय गर्ने प्राकृतिक व्यक्तिसमेत), रोजगारी गर्ने व्यक्तिले आफूले गर्ने कारोवार, बैंकिङ्ग कारोवार, जारी गर्ने बिल बिजक, खाता बही, कागजात तथा आय विवरण लगायत कर सम्बन्धी सम्पूर्ण विवरणमा PAN को उल्लेख गर्न अनिवार्य भएकोले PAN लिनु पर्दछ । साथै यो नम्बरले करदातालाई एउटा विशिष्ट पहिचान दिने हुँदा आफ्नो व्यवसाय गर्न र सोमा सम्बद्ध राजस्व दाखिला गर्न PAN लिए पछि सहज हुने भएकोले PAN लिन आवश्यक छ ।

कर प्रयोजनको लागि प्रत्येक करदातालाई पहिचान दिन दिइने अद्वितिय (Unique) र स्थायी (Permanent) संकेत हो । यो नौ (९) अंकको हुन्छ । यो संकेत एक पटक लिई सकेपछि उही व्यक्तिले व्यवसाय गर्ने स्थल वा व्यवसायको प्रकृति वा अन्य विवरण परिवर्तन भए पनि सो करदाताका लागि सँधैभरि सोही संकेत अंक कायम रहने भएकोले यसलाई स्थायी लेखा नम्बर भनिएको हो । यसलाई अंग्रेजीमा Permanent Account Number र छोटकरीमा PAN भनिन्छ । व्यक्तिको लागि यो कर तिर्ने प्रयोजनको लागि प्रयोग गरिन्छ । यो व्यवसाय, रोजगारी एवं लगानीको पहिचान जनाउने नम्बर पनि हो ।विद्युतीय प्रणालीबाट सृजना हुने नौ अंकको स्थायी लेखा नम्बरको उदाहरणः १००३६२२५७

आयकर ऐन, २०५८ र सम्बन्धित वर्षको आर्थिक ऐनले कर नलाग्ने छुट रकमको सिमा फरक फरक तोकेको हुन्छ । तर प्राकृतिक व्यक्तिको रोजगारी आय भएमा कर छुटको सिमा नभएकोले शुरुदेखि छुट सिमा सम्मको आयमा सामाजिक सुरक्षा कर लाग्दछ । आर्थिक बर्ष २०80/81 को लागि हेर्ने हो भने प्राकृतिक व्यक्तिको स्वामित्वमा रहेको एकलौटी फर्मको शुरु सिमा (एकल व्यक्तिको लागि रु.5 लाख तथा दम्पत्तिका लागि रु.6 लाख ) मा आयकर लाग्दैन तर प्राकृतिक व्यक्तिको रोजगारीको आयको शुरु स्ल्याव अर्थात एकल व्यक्तिको हकमा रु.5 लाख तथा दम्पत्तिको हकमा रु.6 लाख सम्मको आयमा १% ले सामाजिक सुरक्षा कर लाग्दछ ।तर निवृत्तभरण  बापतको  आय,  निवृत्तभरण  कोष  र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्ति वा दम्पतीको हकमा १ प्रतिशत कर लाग्दैन ।

महिला, पुरुष वा अन्य लिंग भएको मानिस (Human Being) र प्राकृतिक व्यक्तिको स्वामित्वमा रहेको एकलौटी फर्म समेतलाई प्राकृतिक व्यक्ति भनिन्छ ।

पूर्वानुमानित कर भनेको वार्षिक रुपमा तिर्नुपर्ने कर रकम बारे आयकर ऐन, २०५८ को अनुसूची १ (करको दर सम्बन्धी) अनुसार तोकिएको अवस्थामा तोकिएको एकमुष्ट रकम तिरे पुग्ने कर हो ।

लाग्दछ । तर सामाजिक सुरक्षा वापत १ प्रतिशतले लाग्ने कर भने लाग्दैन ।

रोजगारीको आयमा आफूले कर तिर्ने नभई रोजगारदाताले कर कट्टी गर्ने भएकोले रोजगारदाताले आफू दर्ता रहेको करदाता सेवा कार्यालय वा आन्तरिक राजस्व कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा ठूला करदाता कार्यालयमा कर रकम दाखिला गर्नु पर्दछ ।

प्रत्येक महिनाको पारिश्रमिक रकमको भुक्तानीसँगै वा पटके रकमको भुक्तानीमा अग्रिम कर कट्टीको माध्यमले पारिश्रमिक आयकर दाखिला गर्नु पर्दछ ।

रोजगारीको आयमा रोजगारीसँग सम्बन्धित ज्याला, तलब, विदा वापतको रकम, अतिरिक्त समय काम गरे वापत प्राप्त गरेको भत्ता, शुल्क, कमिशन, पुरस्कार, उपहार जस्ता रोजगारीका सम्बन्धमा गरिएका अन्य कुनै पनि भुक्तानी पर्दछ ।

व्यवसायिक रुपमा कृषिको कारोवार गर्ने फर्म, कम्पनी, साझेदारी फर्म तथा संगठित संस्थाहरु बाहेक अन्य व्यक्तिको कृषि आयमा संघीय सरकारको तहमा कर लाग्दैन । तर कुनै फर्म, कम्पनी, साझेदारी तथा संगठित संस्थाको रुपमा दर्ता गरी कृषि व्यवसाय गरी प्राप्त गरेको आयमा लाग्ने करमा पचास प्रतिशतले कर छुट हुनेछ ।

नेपालमा रोजगारी, व्यवसाय, लगानी र आकस्मिक लाभको श्रोतबाट प्राप्त आयमा कर     लाग्दछ ।

मदिराजन्य पदार्थहरु (मदिरा, वाईन, वियर, स्प्रिट लगायत) तथा सूर्तीजन्य पदार्थहरु(चुरोट, विंडी, खैनी, गुट्खा पानपराग, पानमसला वा अन्य यस्तै पदार्थहरु) को उत्पादन, आयात तथा विक्री वितरणको कारोबार गर्नु अगाबै इजाजत पत्र लिनु पर्दछ । चुरोट तथा अन्य सूर्तीजन्य पदार्थहरु बाहेकका स्वयं निष्कासन प्रणाली अन्तर्गतका वस्तुहरु जस्तै मार्वल, टायल,  टेलिभिजन, मोटरसाइकल, कुरकुरे, सिमेन्ट, फलामे डण्डि, पेन्टस, प्लाष्टिकका सामानहरुको उत्पादन गर्नु अगावै इजाजत पत्र लिनु पर्दछ । तर यस्ता वस्तुको विक्री वितरणको कारोवार गर्नको लागि इजाजत पत्र लिनु पर्दैन ।
तपाईंले सम्वन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा र उक्त कार्यालय नभएको जिल्लाहरुमा  कोष तथा लेखा  नियन्त्रक कार्यालयमा गई इजाजतपत्र लिनु पर्दछ ।

सम्बन्धित निकायमा ब्यबसाय दर्ता गरेको ब्यबसाय दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाणपत्रको छायाँ प्रति, राहदानी आकारको फोटो २ प्रति, कारोबार गर्ने ठाउँको नक्सा र तोकिए बमोजिमका कागजात संलग्न गर्नु पर्दछ ।

अन्तःशुल्कजन्य बस्तुको कारोबार गर्ने ईजाजतपत्रवालाले अनिवार्य रुपमा आफूले ईजाजतपत्र लिएको कार्यालयमा गई तोकिए बमोजिमको दस्तुर दाखिला गरी श्रावण महिना भित्र नविकरण गराउनु पर्दछ । स्प्रिट, खाँडसारी उद्योग, मदिरा, वाइन, वियर, चुरोट, विँडी, सूर्ति, गुट्खा, पानमसला जस्ता मदिराजन्य र सुर्तीजन्य पदार्थको उत्पादकले तोकिएबमोजिम जरीवाना तिरी माघ मसान्तसम्म इजाजतपत्र नविकरण गर्न सक्नेछन् । यी वस्तुको खरिद विक्री गर्ने व्यवसायीले तोकिएको जरीवाना तिरी आर्थिक वर्षको अन्त सम्म पनि नविकरण गर्न सक्नेछन् । जरीवाना तिरेर नविकरण गराउन पाउने अवधिसम्म पनि नविकरण नगराएमा इजाजत स्वत: खारेज हुन्छ ।

सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालय वा आन्तरिक राजस्व  विभागमा सम्पर्क राखेमा यस सम्बन्धी जानकारी पाईन्छ ।

पैठारी गर्दाकै अबस्थामा भन्सार विन्दूमा लाग्छ ।

अन्तःशुल्क वस्तु तथा सेवाको आन्तरिक उत्पादन र पैठारीमा लाग्ने कर हो । सिद्धान्ततः मानवीय स्वास्थ्य र वातावरणमा नकारात्मक प्रभाव पार्ने तथा बिलासिताका वस्तुमा अन्तःशुल्क लगाईन्छ । यो सामान्यतया उत्पादनको तहमा र पैठारीमा मात्र लाग्दछ । अन्तःशुल्क लाग्ने भनि तोकिएका स्वदेशी उत्पादन वा पैठारी हुने बस्तु वा प्रदान गरिने सेवामा त्यस्ता बस्तु वा सेवा उत्पादन गर्न लाग्ने खर्च र प्रतिष्ठानको नाफा मात्र जोडी हुने मूल्यमा वा निश्कासन भएको परिमाणमा तोकिएको दर अनुसार निष्कासनका बखत लाग्ने कर नै अन्तःशुल्क हो ।

अन्तःशुल्क टिकट विभागले लाग्ने दस्तुर लिई उपलव्ध गराउने छ । टिकट टाँस गर्दा मदिरा, साइडर,
वाइनको बोतल र विर्कोमा पर्ने गरी, वियरको बोतल वा कार्टुन (विभागले तोके बमोजिम) चुरोटको
प्रत्येक बट्टामा र खैनी वा सूर्तीको प्रत्येक प्याकेट,बट्टा वा पोकामा नच्यात्तिने गरी टाँस्नु पर्छ । हाल
भईरहेको व्यवस्थामा आवश्यक ठानेमा विभागले टिकट लगाउने वस्तु र तरिका परिमार्जन गर्न सक्छ ।
त्यस्तो अवस्थामा परिमार्जित विधि अनुसार नै टिकट प्रयोग गर्नु पर्छ ।

बासिन्दा ब्यक्तिले ऐनको ८७, ८८, ८८क., र ८९ बमोजिम भुक्तानीमा गर्नुपर्ने अग्रिम कर कट्टीका दर (आ. व. २०७८।०७९) को सम्बन्धमा समष्टिगतमा तल टेवलमा प्रस्तुत गरिएको छ ।

आकर्षित हुने दफा

भुक्तानीमा कर कट्टी हुने भुक्तानी

भुक्तानीमा कर कट्टीको दर %

दफ ८७ (१)

रोजगारीको आय (पारिश्रमिक)

अनुसूची १ को दफा १ वा २ मा तोकिएको दरले

दफा ८८(१)

नेपालमा स्रोत भएको व्याज भुक्तानी

१५ प्रतिशत

दफा ८८(१)

प्राकृतिक श्रोत, रोयल्टी, सेवा शुल्क, कमिशन, बिक्री वोनस, अवकाश भुक्तानी आदि

१५ प्रतिशत

दफा ८८(१)

९२(१)(ज)

वैठक भत्ता, पटके रुपमा गरिएको अध्यापन गराए बापत, प्रश्न पत्र तयार गरे वा उत्तर पुस्तीका जांच गरे वापतको भुक्तानी

१५ प्रतिशत

दफा ८८(१)(१)

९२(१)(छ)

नेपाल सरकार वा स्वीकृत अवकाश कोषबाट भएको योगदानमा आधारित अवकाश भुक्तानी रु. ५,००,००० वा ५० प्रतिशत मध्ये जुन बढी हुन्छ सो घटाई बाँकी रहने भुक्तानी

५ प्रतिशत

दफा ८८(१)(२)

दफा ९२(१)(च)

वासिन्दा रोजगार कम्पनीले गैर वासिन्दा व्यक्तिलार्ई भुक्तानी गरेको कमिशन

५ प्रतिशत

दफा ८८(१)(३)

दफा ९२(१)(च)

वायुयानको लिज (पट्टा) वापतको रकम भुक्तानी

१० प्रतिशत

दफा ८८(१)(४)

मूल्य अभिवृद्धि करमा दर्ता भएको सेवाप्रदायक वासिन्दा व्यक्तिलार्ई भुक्तानी गरेको सेवा शुल्कमा वा मूल्य अभिबृद्धि कर छुटको कारोवार गर्ने बासिन्दा निकायलार्ई भुक्तानी गरेको सेवा शुल्क

१.५ प्रतिशत

दफा ८८(१)(५)

बासिन्दा ब्यक्तिले नेपालमा स्रोत भएको भाडा भुक्तानी

१० प्रतिशत

दफा ८८(१)(५)(क)

मू्ल्य अभिवृद्धि करमा दर्ता भई सवारी साधन भाडामा दिने व्यवसाय गर्ने व्यक्तिलार्ई त्यस्तो सवारी साधनको भाडा बापत भुक्तानी गर्ने रकम

१.५ प्रतिशत

दफा ८८(१)(५)(ख)

प्राकृतिक व्यक्तिले घर बहाल बापतप्राप्त गरेको रकम

कर कट्टी गर्नु नपर्ने

दफा ८८(१)(७)

वासिन्दा व्यक्तिले भू उपग्रह, व्याण्डविथ, अप्टिकल फाइवर, दूरसंचार सम्बन्धी उपकरण वा विद्युत प्रशारण लाइन प्रयोग गरे वापतको भुक्तानी

१० प्रतिशत

दफा ८८(१)(६)

दफा ९२(१)(ञ)

सामुहिक लगानी कोष (म्यूच्युअल फण्ड) बाट बितरण गरिने प्रतिफल प्राकृतिक व्यक्तिलार्ई अन्य व्यक्तिलार्ई 

५ प्रतिशत

१५ प्रतिशत

दफा ८८(१)(८)

ढुवानी  सेवा  बापतको  तथा  ढुवानी साधन   भाडामा   दिए   बापतको भुक्तानी रकम

२.५ प्रतिशत

दफा८८(१)(९)

बासिन्दा  बैंङ्क  तथा  वित्तीय  संस्थाले नेपाल  राष्ट्र  बैङ्कले  तोकेको  क्षेत्रमा लगानी गर्न विदेशी बैङ्क वा अन्य वित्तीय संस्थाबाट विदेशी मुद्रामा    लिएको    ऋण    बापतको ब्याज भुक्तानी

१० प्रतिशत

दफा८८(१)(१०)

उपभोक्ताले  वस्तु  तथा  सेवा  खरिद गर्दा   प्रचलित   कानुन   बमोजिम भुक्तानी  कार्ड‚ इ–मनी (वालेट)‚मोवाइल  बैंकिङ्गजस्ता विद्युतीय भुक्तानीका  उपकरणबाट  भुक्तानी गरे  बापत  प्रदान  गरिने  प्रोत्साहन रकममा

कर कट्टी गर्नु नपर्ने

दफा८८(१)(११)

विदेशी विद्यालय वा विश्वविद्यालयलाई रजिष्ट्रेशन शुल्क, शिक्षण शुल्क तथा परक्षा शुल्क बापतको रकम भुक्तानी

५ प्रतिशत

दफा८८(१)(१२)

बासिन्दा बैङ्क तथा वित्तीय संस्थाले जीवन बीमा कम्पनीलाई निक्षेप बापत भुक्तानी गरेको ब्याजमा

५ प्रतिशत

दफा ८८(२)क

दफा ९२(१)(क)

कम्पनी वा साझेदारी फर्मले भुक्तानी गरेको लाभांश

५ प्रतिशत

दफा ८८(२)ख

दफा ९२(१)(ग)

लगानी बीमाको लाभ भुक्तानी

५ प्रतिशत

दफा ८८(२)ग

दफा ९२(१)(घ)

स्वीकृति नलिएको अवकाश कोषबाट लाभको भुक्तानी

५ प्रतिशत

दफा ८८(३)

दफा ९२(१)(ङ)

नेपालमा स्रोत भएको र व्यवसाय सञ्चालनसंग सम्वन्धित नभएको खण्डमा बासिन्दा बैंक, वित्तीय संस्था, सहकारी वा ऋणपत्र जारी गर्ने अन्य कुनै निकाय वा प्रचलित कानून बमोजिम सूचिकृत भएका कम्पनीले कुनै प्राकृतिक व्यक्तिलार्ई निक्षेप, ऋणपत्र, डिवेन्चर तथा सरकारी वण्डको बापत भुक्तानी गर्ने व्याज   

५ प्रतिशत

दफा  ८८ (१)

दफा ९२(१)(ङ)

बासिन्दा बैंक, वित्तीय संस्था, सहकारी वा ऋणपत्र जारी गर्ने अन्य कुनै  निकाय  वा  प्रचलित  कानुन बमोजिम सूचिकृत भएका कम्पनीले कर छुट पाउने  संस्थालाई भुक्तान गर्ने ब्याज

१५ प्रतिशत

दफा ८८(४)(क)

प्राकृतिक व्यक्तिले गरेको व्यवसाय सञ्चालनसँग सम्बन्धित बाहेकका अन्य कुनै भुक्तानी

कर कट्टी गर्नु नपर्ने

दफा ८८(४)(क१)

पत्रपत्रिकामा प्रकाशित लेख रचना वापतको भुक्तानी

कर कट्टी गर्नु नपर्ने

दफा ८८(४)(ख)

बासिन्दा बैंक वा अरु बासिन्दा वित्तीय संस्थालार्ई तिरेको व्याज

कर कट्टी गर्नु नपर्ने

दफा ८८(४)(ख१)           

सहकारी बैङ्क तथा सहकारी संघ संस्थाले एक आपसमा ऋण लगानी बापत तिरेको व्याज

कर कट्टी गर्नु नपर्ने

दफा ८८(४)(ख२)           

संवत् २०८२ साल चैत महिनासम्म वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्पन्न भएका दुईसय मेगावाट भन्दा माथिका जलाशय तथा अर्धजलाशययुक्त जलविद्युत्त आयोजनाले विदेशी  बैङ्क वा अन्य विदेशी वित्तीय संस्थाबाट विदेशी मुद्रामा लिएको ऋण बापत तिरेको ब्याज।

कर कट्टी गर्नु नपर्ने

दफा ८८(४)(ग)

कर छुट पाएको भुक्तानी

कर कट्टी गर्नु नपर्ने

दफा ८८(४)(घ)

क्रेडिट कार्ड जारी गर्ने वैंकलार्ई तिरेको इण्टररिजनल इण्टरचेन्ज शुल्क

कर कट्टी गर्नु नपर्ने

दफा ८८क(१)

दफा ९२(१)(झ)

आकस्मिक लाभ

२५ प्रतिशत

दफा ८८क(२)

दफा ९२(१)(झ)

साहित्य, कला, संस्कृति, खेलकुद, पत्रकरिता, विज्ञान, प्रविधि तथा सार्वजनिक प्रशासन क्षेत्रमा योगदान पुर्‍याए वापत प्राप्त हुने राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका पाँच लाख रुपैंयासम्मको पुरस्कार

कर कट्टी गर्नु नपर्ने

दफा ८९(१)

ठेक्का वा करार वापत रु. ५०,००० भन्दा वढी रकमको भुक्तानी

१.५ प्रतिशत

दफा ८९(३)(क)

गैर वासिन्दा व्यक्तिलार्ई भुक्तानी हुने ठेक्का वा करारमा

५ प्रतिशत

दफा ८९(३)(ख)

गैर वासिन्दा बीमा कम्पनीलार्ई भुक्तानी हुने  पुनर्बीमा प्रिमियम वा गैर वासिन्दा बीमा कम्पनीबाट पुनर्बीमा वापत प्राप्त हुने प्रिमियम रकमबाट दिइने कमिशन

१.५ प्रतिशत

दफा ८९(३)(ग)

गैर वासिन्दा व्यक्तिलार्ई हुने अन्य भुक्तानी

विभागले लिखित सूचना दिए बमोजिम

दफा ८९(३क)

उपभोक्ता समिति मार्फत काम गराउने गरी गरिएको पचास लाख रुपैया भन्दा बढीको भुक्तानी

१.५ प्रतिशत

दफा  ९५क(१)

कमोडिटी फ्यूचर मार्केट अन्तर्गत व्यापार गर्ने व्यक्तिबाट सो व्यवसायबाट प्राप्त गर्ने मुनाफा र लाभमा कमोडिटी फ्युचर मार्केट सेवा संचालन गर्ने निकायले असुल गर्नुपर्ने अग्रिम कर

१० प्रतिशत

दफा  ९५क(२)(क)

नेपाल धितोपत्र बोर्डमा सूचिकरण भएको निकायको हितको निःसर्गबाट प्राप्त लाभको भुक्तानी वासिन्दा प्राकृतिक व्यक्तिको हकमा

५ प्रतिशत

दफा  ९५क(२)(क)

नेपाल धितोपत्र बोर्डमा सूचिकरण भएको निकायको हितको निःसर्गबाट प्राप्त लाभको भुक्तानी वासिन्दा निकायको हकमा तीन सय पैसठ्ठी दिन भन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको पाँच प्रतिशत र तीन सय पैसठ्ठी दिन वा सो भन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको सात दशमलब पाँच प्रतिशत

५ प्रतिशत/७.५ प्रतिशत

दफा  ९५क(२)(क)

नेपाल धितोपत्र बोर्डमा सूचिकरण भएको निकायको हितको निःसर्गबाट प्राप्त लाभको भुक्तानी अन्यको हकमा  

२५ प्रतिशत

दफा  ९५क(२)(ख)

नेपाल धितोपत्र बोर्डमा सूचिकरण नभएको निकायको हितको निःसर्गबाट प्राप्त लाभको भुक्तानी वासिन्दा प्राकृतिक व्यक्तिको हकमा

१० प्रतिशत

दफा  ९५क(२)(ख)

नेपाल धितोपत्र बोर्डमा सूचिकरण नभएको निकायको हितको निःसर्गबाट प्राप्त लाभको भुक्तानी वासिन्दा निकायको हकमा

१५ प्रतिशत

दफा  ९५क(२)(ख)

नेपाल धितोपत्र बोर्डमा सूचिकरण नभएको निकायको हितको निःसर्गबाट प्राप्त लाभको भुक्तानी अन्यको हकमा  

२५ प्रतिशत

दफा ९५क(५)(क)

प्राकृतिक व्यक्तिको जग्गा वा निजी भवन निःसर्ग वापत भएको पूँजीगत लाभमा सम्पत्तिको स्वामित्व पांच वर्ष वा सो भन्दा बढी भएकोमा

२.५ प्रतिशत

दफा ९५क(५)(ख)

प्राकृतिक व्यक्तिको जग्गा वा निजी भवन निःसर्ग वापत भएको पूजीगत लाभमा सम्पत्तिको स्वामित्व पांच वर्ष भन्दा कम भएकोमा

५ प्रतिशत

दफा ९५क(६)

दफा ९५क(५) मा लेखिए देखि बाहेक अन्य कुनै व्यक्तिको स्वामित्वको जग्गा वा भवन निःसर्ग भएको मुल्यमा

१.५ प्रतिशत

दफा ९५क(६क)

विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई भाषा परीक्षा तथा मानकीकृत परीक्षण शुल्क वापत विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउने बासिन्दा बैंक वा वित्तीय संस्थाले त्यस्तो परीक्षा शुल्क बापतको रकममा विदेशी मुद्राको सटही सुविधा दिएको वखत

१५ प्रतिशत

दफा ९५क(६ख)

व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिले नेपाल बाहिर सफ्टवेयर वा यस्तै प्रकृतिको अन्य विद्युतीय सेवा उपलब्ध गराए बापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गरेको भए सम्बन्धित बैङ्क, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको  एक प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ।

१ प्रतिशत

दफा ९५क(६ग)

व्यवसाय सञ्चालनमा संलग्न नरहेको कुनै बासिन्दा प्राकृतिक व्यक्तिले व्यक्तिगत रुपमा नेपाल बाहिर परामर्श सेवा प्रदान गरे बापत विदेशी मुद्रामा कुनै भुक्तानी प्राप्त गरेको भएमा सम्बन्धित बैंङ्क, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको एक प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ।

१ प्रतिशत

दफा ९५क(६घ)

व्यवसाय सञ्चालनमा संलग्न नरहेको बासिन्दा प्राकृतिक व्यक्तिले सामाजिक सञ्जालमा श्रब्यदृश्य सामग्री अपलोड गरे बापत विदेशी मुद्रामा भुक्तानी प्राप्त गरेको भएमा सम्बन्धित बैंङ्क, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर) गर्ने संस्थाले त्यस्तो भुक्तानी प्रदान गर्दा प्राप्त रकमको एक प्रतिशतका दरले अग्रिम कर असुल गर्नु पर्नेछ।

१ प्रतिशत

दफा ९५क(७)

व्यापारिक प्रयोजनको लागि पैठारी हुने भन्सार दरबन्दीको भाग १ मा पर्ने राँगा, भैसी, खसी, बोका, च्यांग्रा, भाग ३ मा पर्ने जीवित,ताजा तथा हिमिकृत गरिएको माछा, भाग ६ मा पर्ने ताजा फुलहरु, भाग ७ मा पर्ने ताजा तरकारी, आलु, प्याज, सुख्खा तरकारी, लसुन, बेबी कर्न र भाग ८ मा पर्ने ताजा फलफुलहरुमा भन्सार प्रयोजनको लागि कायम मूल्यमा

५ प्रतिशत

भाग २ को मासु, भाग ४ को दूधजन्य पदार्थ, अण्डा, मह, भाग १० को कोदो, फापर, जुनेलो, चामल, कनिका, भाग ११ को मैदा, आंटा तथा पिठो, भाग १२ को जडिबुटि, उखु र भाग १४ को बनस्पतिजन्य उत्पादनमा

२.५ प्रतिशत

आयकर ऐन, २०५८ को परिच्छेद १७ मा उल्लेख भए अनुसार लगानीबाट भएको आय, लाभांश, रोजगारीको आय, सेवा शुल्क, ठेक्का पट्टा (Contract) आदिमा गरिने भुक्तानीमा त्यस्तो भुक्तानी हुँदाका अवस्थामा नै अग्रिम कर कट्टा गरी बाँकी रकम भुक्तानी गरिन्छ । यसरी अग्रिम कर कट्टी गरेर मात्र भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्दा ऐनमा तोकेको दर अनुसार हुने रकम कट्टा गरी बाँकी रकम मात्र सो व्यक्तिलार्ई भुक्तानी गर्नु पर्दछ । यस्तो कर कट्टी गर्नुपर्ने दायित्व भएको व्यक्तिलार्ई अग्रिम कर कट्टी गर्ने व्यक्ति भनिन्छ । उदाहरणको लागि कुनै बासिन्दा रोजगारदाताले आफ्नो कर्मचारीलार्ई पारिश्रमिक भुक्तानी गर्दा भुक्तानीमा कर कट्टा गरी भुक्तानी गर्नुपर्ने दायित्व भएको अवस्था रहेछ भने यस्ता रोजगारदातालार्ई अग्रिम कर कट्टी गर्ने व्यक्ति भनिन्छ । अग्रिम कर कट्टी गर्ने व्यक्तिले सामान्यतया तल उल्लिखित भुक्तानीहरुमा अग्रिम कर कट्टी गर्नु पर्दछ ।

क्र.सं.

भुक्तानी (आय) को किसिम

अग्रिम कर कट्टी गर्ने व्यक्ति

ऐनको दफा

नेपालमा स्रोत भएको रोजगारीबाट कुनै कर्मचारी वा कामदारले प्राप्त गरेको पारिश्रमिक

पारिश्रमिक भुक्तानी गर्ने बासिन्दा रोजगारदाता

८७(१)

नेपालमा स्रोत भएको ब्याज, प्राकृतिक स्रोत, भाडा, रोयल्टी, सेवा शुल्क, कमिशन वा बिक्री बोनस र अवकाश भुक्तानी           

भुक्तानी गर्ने बासिन्दा व्यक्ति

८८(१)

ठेक्का वा करार बापत पचास हजार रुपैयाँभन्दा बढीको रकम भुक्तानी

भुक्तानी गर्ने बासिन्दा व्यक्ति

८९(१)

आकस्मिक लाभ बापतको रकमको भुक्तानी

भुक्तानी दिने व्यक्ति

८८क.(१)

राजस्व न्यायाधिकरणहरु काठमाण्डौं, विराटनगर, पोखरा र नेपालगंजमा छन् । राजस्व न्यायाधिकरण विराटनगरले साविक पूर्वाञ्चल क्षेत्रका आन्तरिक राजस्व कार्यालयहरु बाट भएका निर्णयहरु उपर, काठमाण्डौंले साविक मध्यमाञ्चल क्षेत्र, पोखराले साविक पश्चिमाञ्चल तथा नेपालगञ्ज स्थित राजस्व न्यायाधिकरणले साविक मध्य पश्चिमाञ्चल र साविक सुदुर पश्चिमाञ्चल क्षेत्रमा रहेका आन्तरिक राजस्व कार्यालयहरुले गरेका निर्णयहरु उपर भएको प्रशासकीय पुनरावलोकनको निर्णयमा चित्त नबुझी गरिएको पुनरावेदन हेर्दछ ।

राजस्व न्यायाधिकरणमा पुनरावेदन दिन धरौटी राख्नु पर्दछ । राजस्व न्यायाधिकरण ऐन २०३१ अनुसार निर्धारित कर रकमको ५० प्रतिशत रकम र जरिवाना रकम पुरै धरौटी राख्नु पर्दछ । (आर्थिक विधेयक (प्रतिस्थापन),२०७८ मा व्यवस्था भए अनुसार राजस्व न्यायाधिकरणामा पुनरावेदन दिँदा निर्धारित कर रकम मध्ये विवादरहित कर रकम बुझाई विवादित कर रकम,शुल्क र जरिवानाको पचास प्रतिशत रकम धरौटी वा त्यस्तो रकम बापत बैङ्क जमानत दिनु पर्नेछ ।

सो धरौटी रकम वा बैंक जमानतको गणना गर्दा आन्तरिक राजस्व विभागमा प्रशासकीय पुनरावलोकनको लागि दाखिला गरेको पच्चिस प्रतिशत कर रकमलाई समेत गणना गर्नु पर्नेछ ।

प्रशासकीय पुनरावलोकनमा नगई सोझै राजस्व न्यायाधिकरणमा पुनरावेदन जान सकिंदैन, तर प्रशासकीय पुनरावलोकनको निर्णयमा चित्त नबुझी वा समयमा निर्णय नपाउँदा अर्थात करदाताले बिभागमा  प्रशासकीय पुनरावलोकनको  निबेदन दर्ता भएको ६० दिन भित्र निर्णय नपाएमा निर्णय नपाएको संझी राजस्व न्यायाधिकरणसमक्ष पुनरावेदन जान सकिन्छ । सरकारको अरु निकाय जस्तै प्रधानमन्त्रीको कार्यालय वा अर्थ मन्त्रालयमा उजूरी गरी प्रशासकीय पुनरावलोकन हुन सक्दैन ।  किनकि आयकर ऐनले यो व्यवस्थाका लागि विभाग समक्ष (महानिर्देशक समक्ष) निवेदन गर्नु पर्ने व्यवस्था गरेको छ । सम्बन्धित ठाउँमा समय मै निवेदन नदिंदा बरु निवेदन दिने म्याद गुज्रन सक्दछ र न्याय पाउनबाट आफ्नै गल्तीले वञ्चित हुन सक्दछ ।

करदाताले अविवादित करको सम्पूर्ण रकम र विवादित करको एक चौथाई रकम बुझाउनु पर्दछ । आर्थिक विधेयक (प्रतिस्थापन),२०७८ अनुसार मूल्य अभिवृद्धि कर ऐन, २०५२, अन्त:शुल्क ऐन, २०५८ र आयकर ऐन, २०५८ बमोजिम संवत् २०७७ साल असार मसान्तभित्र भएको कर निर्धारण वा अन्त:शुल्क निर्धारण वा संशोधित कर निर्धारण उपर चित्त नबुझाई आन्तरिक राजस्व विभाग समक्ष प्रशासकीय पुनरावलोकनको लागि निवेदन दिई विचाराधीन रहेका वा विभागको निर्णयमा चित्त नबुझाई राजस्व न्यायाधीकरण वा अदालतमा पुनरावेदनमा गई विचाराधीन रहेका मुद्दा मध्ये झुट्ठा तथा नक्कली विजक सम्बन्धमा भएको कर निर्धारण वा संशोधित कर निर्धारण बाहेकका मुद्दा सम्बन्धित करदाताले फिर्ता लिई त्यस्तो निर्धारणबाट कायम भएको मूल्य अभिवृद्धि कर, अन्त:शुल्क र आयकर बापतको कर वा अन्त:शुल्क रकम र यस उपदफाको सुविधा उपभोग गर्न निवेदन दिएको मिति सम्मको ब्याजको पचास प्रतिशत रकम संवत् २०७८ साल मंसिर मसान्तभित्र बुझाएमा सो मा लागेको शुल्क, थप दस्तुर, जरीवाना तथा बाँकी ब्याज मिन्हा हुने व्यवस्था गरेको छ ।

उत्तरः  करको दर १३ प्रतिशत

तह रचरण

बिक्री मूल्य

(क)

बिक्रीमा संकलन गरिने कर           (Output tax)  (ख)

खरिद र पैठारी मूल्य

(Purchase Price)

(ग)

खरिद र पैठारीमा तिरेको कर

(Input tax)

(घ)

मूल्य अभिवृद्धि कर (Output Tax – Input Tax)

(ख–घ)

उत्पादक

रु. २००।–

रु. २६।–

रु.००।–

रु.००।–

रु. २६।–

थोक बिक्रेता

रु. ३००।–

रु. ३९।–

रु. २००।–

रु. २६।–

रु. १३।–

खुद्रा बिक्रेता

रु. ४००।–

रु. ५२।–

रु. ३००।–

रु. ३९।–

रु. १३।–

उपभोक्ताले तिर्नु पर्ने र सरकारले प्राप्त गर्ने मू.अ. कर

रु. ५२।–

कुनै पनि व्यवसायीले कारोवार गरेको वस्तु वा सेवामा कर लाग्ने भएमा त्यसरी कर लागेको वा कारोवार सञ्चालन गरेको मितिले तीस दिनभित्र त्यस्तो कारोवार दर्ताको लागि तोकिएको ढाँचामा कर अधिकृतसमक्ष दरखास्त दिन सक्ननेछ । दर्ता विवरणमा केही परिवर्तन भए १५ दिन भित्र कर अधिकृत समक्ष जानाकारी गराउनु पर्छ ।

कुनै पनि व्यवसायीले कारोवार गरेको वस्तु वा सेवामा कर लाग्ने भएमा त्यसरी कर लागेको वा कारोवार सञ्चालन गरेको मितिले तीस दिनभित्र त्यस्तो कारोवार दर्ताको लागि तोकिएको ढाँचामा कर अधिकृतसमक्ष दरखास्त दिन सक्ननेछ । आर्थिक ऐन, २०७८ ले अनिवार्य दर्ताको प्रावधान हटाएको छ ।

  • महिनाभरीको कूल विक्रिमध्ये ४० प्रतिशतभन्दा बढी निकासी गरी विक्रि गर्ने दर्ता भएको नियमित निकासीकर्ताले खरिदमा तिरेको वा तिर्नुपर्ने कर आफूले उठाएको करमा मिलान हुन नसकी बांकि रहेको कर ।
  • लगातार ४ (चार) महिनासम्म मिलान हुन नसकेको कर ।
  • नेपाल सरकार, परराष्ट्र मन्त्रालयले कूटनैतिक मान्यता प्रदान गरेको नेपालको कूटनीतिज्ञलाई विदेशी राष्ट्रले पारस्परिकताको आधारमा वा क्षेत्रीय, अन्तर्राष्ट्रिय नियोग तथा संस्थामा कार्यरत कूटनैतिक सुविधा प्राप्त व्यक्तिलाई कर छूटको सुविधा प्रदान गरेको रहेछ भने नेपाल स्थित त्यस्तो राष्ट्र, क्षेत्रीय, अन्तर्राष्ट्रिय नियोगतथा संस्थाको कूटनीतिज्ञले आफूले उपभोग गरेको हदसम्म नेपाल राज्यभित्र तिरेको करको रकम ।
  • नेपाल सरकार, अर्थ मन्त्रालयले कर छुटको सुविधा प्रदान गरेको अन्तर्राष्ट्रिय संस्था वा त्यस्तो संस्थाले तिरेको करको रकम,
  • संयुक्त राष्ट्र संघ, यसका सदस्य संस्था एवम् विशिष्टीकृत एजेन्सीले आफ्नो उद्देश्य अनुरूप कार्य सञ्चालन गर्ने सिलसिलामा नेपालभित्र कर लाग्ने वस्तु वा सेवा खरिद गर्दा तिरेको करको रकम ।
  • नेपाल सरकार, अर्थ मन्त्रालयबाट कर छुटको सहमति प्राप्त दुई वा बहुपक्षीय सम्झौता बमोजिम नेपाल भित्र आयोजना संचालन गर्ने सिलसिलामा तिरेको करको रकम,
  • भूलबाट असुल गरिएको करको रकम ।
  • कूटनीतिक निकाय वा कूटनीतिज्ञले करलाग्ने वस्तु वा सेवा खरिदगर्दा तिरेको कर एक पटकमा दशहजार रुपैयां भन्दा कमको खरिदमा फिर्ता हुदैन ।
  • कुनै उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य प्रचलित कानून बमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको दश प्रतिशत रकम विभागले तोकेको प्रक्रिया बमोजिम निजको बैड्ढ खातामा फिर्ता गरिने व्यवस्था छ ।
  • नेपाल भ्रमण गरी हवाई मार्गबाट फर्कने विदेशी पर्यटकले पच्चिस हजार रुपैयाँ भन्दा बढीको कर लाग्ने वस्तु खरिद गरी आफुसँग लगेमा त्यस्तो वस्तुमा तिरेको कर ।
  • कुनै वस्तु पुनः निर्यात भएमा सम्बन्धित व्यक्तिले भन्सारमा दाखिला गरेको मूल्य अभिवृद्धि कर बापतको धरौटी रकममध्ये सो वस्तु पुनः निर्यात भएको प्रमाणको आधारमा हुने रकम सम्बन्धित भन्सार कार्यालयबाट निजलाई फिर्ता दिइनेछ ।
  • कुनै वस्तु पुनः निर्यात भई परिवतर्य मुद्रामा अग्रिम रूपमा भुक्तानी प्राप्त भएमा सम्बन्धित व्यक्तिले खरिदमा तिरेको मूल्य अभिवृद्धि कर बापतको रकम निजलाई फिर्ता दिइनेछ ।
  • सार्वजनिक खरिद सम्बन्धी प्रचलित कानून बमोजिमको सार्वजनिक निकाय वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संघ संस्थाले ठेक्का सम्झौता वा करार अन्तर्गत आपूर्ति भएको वस्तु वा सेवा वा वस्तु तथा सेवा बापतको रकम सम्बन्धित ठेकेदार वा आपूर्तिकर्तालाई भुक्तानी गर्दा निजको नामबाट दाखिला भएको कर बापतको रकम लगातार चार महिनासम्म मिलान गर्दा मिलान हुन नसकी बढी दाखिला भएको त्यस्तो रकम सम्बन्धित ठेकेदार वा आपूर्तिकर्ताले फिर्ता लिन चाहेमा फिर्ता दिइनेछ ।
  • औषधि उद्योगले औषधि उत्पादनको लागि आवश्यक पर्ने कच्चा पदार्थ‚ सहायक कच्चा पदार्थ र प्याकिङ्ग मेटेरियल स्वदेशी उद्योगबाट खरिद गरेमा उक्त खरिदमा तिरेको कर चौमासिक रूपमा फिर्ता पाउन निवेदन दिएमा फिर्ता दिइनेछ ।

सेवा शुल्क अन्तर्गत बैठक भत्ता, व्यवस्थापन शुल्क, प्राविधिक सेवा शुल्क लगायत कुनै व्यक्तिले उपलब्ध गराएको सेवा वापत निजलाई बजार मूल्य अनुसार भुक्तानी गरिएको जुनसुकै रकमहरु पर्दछन् । साथै विदेशी विद्यालय वा विश्वविद्यालयलाई रजिष्ट्रेशन शुल्क, शिक्षण शुल्क तथा परीक्षा शुल्क बापतको रकम भुक्तानी पनि पर्दछ ।

बासिन्दा बैंक, वित्तीय संस्था वा ऋणपत्र जारी गर्ने अन्य कुनै निकाय वा प्रचलित कानून बमोजिम सूचिकृत भएका कम्पनिले कुनै प्राकृतिक व्यक्तिलाई निक्षेप, ऋणपत्र, डिबेन्चर तथा सरकारी बण्ड वापत नेपालमा स्रोत भएको र व्यवसाय सञ्चालनसँग सम्बन्धित नभएको व्याज वा व्याज स्वरुपको कुनै रकम भुक्तानी दिंदा कुल भुक्तानी रकममा ५ प्रतिशतका दरले र सो बाहेकको ब्याज भुक्तानीमा भुक्तानी रकमको १५ प्रतिशतका दरले अग्रिम कर कट्टी गर्नुपर्दछ । साथै बासिन्दा बैंक तथा वित्तीय संस्थाले जीवन बीमा कम्पनीलाई निक्षेप बापत भुक्तानी गरेको ब्याजमा पाँच प्रतिशतका दरले कर कट्टी गर्नुपर्दछ ।

प्राकृतिक व्यक्तिको व्यवसाय सञ्चालनसँग सम्बन्धित भएको व्याजको भुक्तानीमा भुक्तानी रकमको १५ प्रतिशतका दरले र व्यवसाय सञ्चालनसँग सम्बन्धित नभएको व्याजमा भुक्तानीकर्ता बासिन्दा बैंक, वित्तीय संस्थाले भुक्तानी गर्दा ५ प्रतिशतका दरले अग्रिम कर कट्टी गर्नुपर्दछ । साथै बासिन्दा बैंक तथा वित्तीय संस्थाले जीवन बीमा कम्पनीलाई निक्षेप बापत भुक्तानी गरेको ब्याजमा पाँच प्रतिशतका दरले कर कट्टी गर्नुपर्दछ । सहकारी बैंक तथा सहकारी संघ संस्थाले एक आपसमा ऋण लगानी बापत तिरेको ब्याज रकममा कर कट्टी गर्नु पर्दैन ।

रोजगारदाताले कर कट्टी नगरेमा निजबाट लाग्ने कर रकम र दफा ११९ अनुसार १५ प्रतिशतका दरले व्याजको अतिरिक्त दफा १२० बमोजिमको शुल्क समेत असुल गरिन्छ । अग्रिम कर कट्टी गर्ने रोजगारदाताले कट्टी गरिएको करको विवरण पेश नगरेमा अग्रिम कर कट्टी गर्नुपर्ने कर रकमको वार्षिक दुई दशमलव पाँच प्रतिशतका दरले हुने रकम शुल्क लाग्दछ ।

पारिश्रमिक आय हुनेलाई विशेष सुविधा स्वरूप आय वर्ष २०७८/०७९ को लागि प्राकृतिक व्यक्तिको आयमा समावेश नहुने रकम वा खर्चमा छुट हुने रकम देहाय बमोजिम रेहकोछ ।

१ दुर्गम भत्ता सुविधाः

दुर्गम क्षेत्रमा कार्यरत प्राकृतिक व्यक्तिको करयोग्य आयबाट घटाउन पाउने रकम

१. “क” वर्गका क्षेत्रमा रु. ५०,००० (पचास हजार)

२. “ख” वर्गका क्षेत्रमा रु. ४०,००० (चालीस हजार)

३. “ग” वर्गका क्षेत्रमा रु. ३०,००० (तीस हजार)

४. “घ” वर्गका क्षेत्रमा रु. २०,००० (बीस हजार)

५. “ङ” वर्गका क्षेत्रमा रु. १०,००० (दश हजार)

२. बैदेशिक भत्तामा छुट सुविधाः

नेपालका विदेशस्थित कुटनीतिक नियोगमा कार्यरत कर्मचारीलार्ई प्राप्त हुने बैदेशिक भत्ताको पचहत्तर प्रतिशत रकम करयोग्य आयबाट घटाउन पाउने ।

३. अपाङ्ग ब्यक्तिले पाउने छुट सुविधाः

बासिन्दा प्राकृतिक व्यक्ति अपाङ्ग रहेछ भने त्यस्तो व्यक्तिले करयोग्य आयबाट निजले छुट पाउने सीमामा थप पचास प्रतिशत थप रकम पाउने ।

४. लगानी वीमामा छुट सुविधाः

बासिन्दा प्राकृतिक व्यक्तिले लगानी बीमा गरेको रहेछ भने त्यस्तो बीमा वापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा पच्चीस हजार रुपैयाँमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाउन पाउने ।

५. स्वास्थ्य बीमा वापत तिरेको प्रिमियम

बासिन्दा प्राकृतिक व्यक्तिले बासिन्दा बीमा कम्पनीसँग स्वास्थ्य बीमा गरेको रहेछ भने त्यस्तो बीमा बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा बीस हजार रुपैयाँमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाउन पाउने ।

६. पारिश्रमिक आय मात्र हुने महिलालाई लाग्ने करमा छुट

कुनै बासिन्दा प्राकृतिक व्यक्ति पारिश्रमिक आय मात्र आर्जन गर्ने महिला रहेछ भने त्यस्तो प्राकृतिक व्यक्तिले तिर्नुपर्ने कर रकममा दश प्रतिशत छुट हुनेछ । 

             ७. निवृत्तभरण आय भएको व्यक्तिले पाउने छुट सुविधा

 बासिन्दा प्राकृतिक व्यक्तिको निवृत्तभरण आय रहेछ भने त्यस्तो व्यक्त्तिले कर योग्य आय बाट निजले छुट पाउने सिमामा पच्चीस प्रतिशत रकम घटाउन पाउनेछ ।

८. आफ्नो स्वामित्वमा रहेको निजी भवनको बीमा बापत तिरेको प्रिमियम

बासिन्दा प्राकृतिक व्यक्तिले बासिन्दा बीमा कम्पनीसँग आफ्नो स्वामित्वमा रहेको निजी भवनको बीमा गरेको रहेछ भने त्यस्तो बीमा बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा पाँच हजार रुपैयाँमा जुन घटी हुन्छ त्यस्तो रकम करयोग्य आयबाट घटाउन पाउनेछ ।

रोजगारी आयमा रोजगारदाताबाट कुनै आय वर्षमा प्राकृतिक व्यक्तिलाई दिइएका ज्याला, तलब, बिदा वापतको रकम, अतिरिक्त समय काम गरे वापतको रकम, शुल्क, कमिशन, पुरस्कार, उपहार, बोनस र अन्य सुविधाहरु वापतको भुक्तानी, महगी भत्ता, जीवन निर्वाह खर्च, भाडा, मनोरञ्जन वा यातायात वापतको रकम लगायत कुनै पनि व्यक्तिगत भत्ताका भुक्तानीहरु, निज वा निजका सम्बद्ध व्यक्तिले व्यक्तिगत प्रयोजनका लागि गरेको खर्चको फछर्यौट वा शोधभर्ना वापत प्राप्त गरिएको भुक्तानी, रोजगारीको कुनै शर्तमा सहमति जनाए वापत गरिएका भुक्तानी, रोजगारीको अन्त्य, नोक्सानी वा अनिवार्य अवकाश वापत गरिएका भुक्तानी, अवकाश भुक्तानी र रोजगारदाताले सो कर्मचारीको लागि अवकाश कोषमा जम्मा गरेको रकम समेतका अवकाश योगदान, रोजगारीका सम्बन्धमा गरिएका अन्य भुक्तानी र कर लेखांकन रकमहरुको परिमाणिकरण, बांडफांड र चारित्रीकरण गर्दा समावेश गरिर्नुपर्ने अन्य रकमहरु समावेश हुन्छन् ।

रोजगारीको आयमा कर छुट छैन । प्राकृतिक व्यक्तिको रोजगारीको आयमा आ.व.२०७७।०७८ को लागि देहाय बमोजिम कर लाग्दछ ।

विवरण

करयोग्य आय रु.

करको दर

एक्लो प्राकृतिक व्यक्तिको रुपमा छनौट गर्नेको हकमा

(क)    ४,००,०००।०० सम्म

सामाजिक सूरक्षा कर बापत एक प्रतिशत कर लाग्ने ।

(ख)    ५,००,०००।०० सम्म

रु.४ लाखसम्म एक प्रतिशत र बांकी रकममा दश प्रतिशतले कर लाग्ने ।

(ग)     ७,००,०००।०० सम्म

रु.५ लाखसम्म चौध हजार रुपैयाँ र बांकी रकममा बीस प्रतिशतले कर लाग्ने ।

(घ)     २०,००,०००।०० सम्म

रु.७ लाखसम्म चौवन्न हजार रुपैयाँ र बांकी रकममा तीस प्रतिशतले कर लाग्ने ।

(ङ)    २०,००,०००।०० रुपैयाँ भन्दा बढी करयोग्य आय हुनेको हकमा

रु.४ लाखमा एक प्रतिशत,

रु.1 लाखमा दश प्रतिशत,

रु.२ लाखमा बीस प्रतिशत,

रु.१३ लाखमा तीस प्रतिशत,

रु.२० लाख भन्दा बढी रकममा तीस प्रतिशतले हुने कर र सो करको दरमा थप बीस प्रतिशत अतिरिक्त कर लाग्ने ।

तर निवृत्तभरण  बापतको  आय,  निवृत्तभरण  कोष  र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्ति वा दम्पत्तिको हकमा १ प्रतिशत कर लाग्दैन ।

दम्पती प्राकृतिक व्यक्तिको रुपमा छनौट गर्नेको हकमा

(क)    ४,५०,०००।०० सम्म

सामाजिक सूरक्षा कर बापत एक प्रतिशत कर लाग्ने ।

(ख)    ५,५०,०००।०० सम्म

रु.४ लाख ५० हजारसम्म एक प्रतिशत र बांकी रकममा दश प्रतिशतले कर लाग्ने ।

(ग)     ७,५०,०००।०० सम्म

रु.५ लाख ५० हजारसम्म चौध हजार पाँच सय रुपैयाँ र बांकी रकममा बीस प्रतिशतले कर लाग्ने ।

(घ)     २०,००,०००।०० सम्म

रु.७ लाख ५० हजार रुपैंयासम्म चौवन्न हजार पाँच सय रुपैयाँ र बांकी रकममा तीस प्रतिशतले कर लाग्ने ।

(ङ)    २०,००,०००।०० रुपैयाँ भन्दा बढी करयोग्य आय हुनेको हकमा

रु.४ लाख ५० हजारमा एक प्रतिशत,

रु.१ लाखमा दश प्रतिशत,

रु.२ लाखमा बीस प्रतिशत,

रु.१२ लाख ५० हजारमा तीस प्रतिशत,

रु.२० लाख भन्दा बढी रकममा तीस प्रतिशतले हुने कर र सो करको दरमा थप बीस प्रतिशत अतिरिक्त कर लाग्ने ।

तर निवृत्तभरण बापतको आय, निवृत्तभरण  कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्ति वा दम्पत्तिको हकमा १ प्रतिशत कर लाग्दैन ।

आर्थिक वर्ष २०७६/७७ को बजेट बक्तव्यले कुनै ब्यक्तिले कुनै आर्थिक वर्षमा आय आर्जन गर्ने कार्य (जस्तै तलब, भत्ता, ज्याला, तथा घर बहाल लगायत) गर्दछ भने ती सबै ब्यक्तिले अनिवार्य रुपमा ब्यक्तिगत स्थायी लेखा नम्बर (PAN)  लिनु पर्ने व्यवस्था गरेको र यस नितीगत व्यवस्थालाई "सवैका लागि स्थायी लेखा नम्बर" भनिएको हो ।

ब्यावसायिक स्थायी लेखा नम्बर हरायो भने आफुलाई स्थायी लेखा नम्बर संझना छ भने सो  स्थायी लेखा नम्बर लिएको कार्यालयमा गइ निवेदन दिई पुन प्राप्त गर्न सकिन्छ । यदी स्थायी लेखा नम्बर संझनामा छैन भने आफनो नागरिकताको प्रमाण पत्र लिई सम्बन्धीत कार्यालयमा गई स्थायी लेखा नम्बर खोजी गर्न आग्रह गर्ने र स्थायी लेखा नम्बर पत्ता लागेपछि निवेदन दिई कार्ड पुन: प्राप्त गर्न सकिन्छ । यदि मू.अ.करमा दर्ता भएको करदाता हो भने निवेदन साथ रु.१०० दस्तुर तिरी पुन प्राप्त गर्न सकिन्छ ।

ब्यक्तिगत ब्यावसायिक स्थायी लेखा नम्बर लिएको ब्यक्तिले अर्को ब्यक्तिगत स्थायी लेखा नम्बर लिनु पदैन सोही स्थायी लेखा नम्बरलाई नै अन्य कामका लागि पनि प्रयोग गर्न सकिन्छ । एउटै ब्यक्तिको दुइवटा स्थायीलेखा नम्बर हुँदैन ।

स्थायी लेखा नम्बर लिन अनलाइन विवरण भर्दा प्रयोग गर्ने युजर आइ डी र पासवर्डमा आफुलाई सजिलो हुने र सम्झन सक्ने शब्द राख्न सकिन्छ । जस्तै युजरनेममा आफ्नो नाम र पासवर्डमा मोवाइलन नम्बर आदि । तर यसरी राखिएको युजरनेम, पासवर्ड र सब्मीसन नम्बरबाट पुन लगइन गरी सबमिट नगर्दा सम्म संशोधन एवं तत् पश्चात निवेदन प्रिन्ट गर्न सकिनेछ ।

स्थायी लेखा नम्बरका बारेमा थप जानकारी लिन विभागको वेबसाइट www.ird.gov.np मा Log On गर्न सकिन्छ । साथै आन्तरिक राजस्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु, आन्तरिक राजस्व विभागबाट स्थायी लेखा नम्बर जारी गर्न स्वीकृति प्राप्त उद्योग बाणिज्य संघहरु लगायतका निकायहरुबाट समेत स्थायी लेखा नम्बर (PAN) बारे थप जानकारी पाउन सकिन्छ ।

सोही नम्बर प्रयोग गर्नका लागि व्यवसाय दर्ता खारेज वा स्थगन गरी व्यक्तिगत स्थायी लेखा नम्बरमा परिवर्तनका लागि आवश्यक पर्ने कागजातहरु सहित सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयहरुमा निवेदन दिनु पर्दछ ।

सोही नम्बर प्रयोग गर्नका लागि व्यवसाय दर्ता गरी व्यावसायिक स्थायी लेखा नम्बरमा परिवर्तनका लागि आवश्यक कागजात सहित कारोवार स्थलसँग सम्बन्धित आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयहरुमा निवेदन दिनु पर्दछ ।

PAN नलिई कारोवार गर्दा आयकर ऐनको अनिवार्य व्यवस्था नमाने वापत ऐनको दफा ११९ क अनुसार रु.५ हजार देखि २५ हजारसम्म शुल्क लाग्दछ । साथै आयात निर्यात गर्दा वा बैकिंग कारोवार गर्दा वा सरकारी/सार्वजनिक निकायसँग सरोकार पर्ने कार्य गर्न पाईदैन ।

घरमै बसेर कम्प्यूटरबाट इन्टरनेटका माध्यमले PAN का लागि आवेदन गर्न सकिन्छ तर PAN कार्ड लिन आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा उपस्थित भई कार्ड लिनु पर्दछ ।

PAN लिन आवेदन गर्दा इन्टरनेटका माध्यमबाट वा अरुलाई मञ्जुरीनामा दिएर पनि आवेदन गर्न सकिन्छ तर PAN कार्ड लिंदा आफू करदाताले (निकायको हकमा अधिकृत व्यक्तिले) प्राप्त गर्ने प्रमाण पत्रमा दस्तखत गर्नुपर्ने हुँदा स्वयं उपस्थित हुनु पर्दछ ।

PAN लिएपछि आफ्नो वैयक्तिक विवरण र PAN संख्या उल्लेख भएको फोटो सहितको PAN कार्ड वा प्रमाणपत्र पाइन्छ ।

स्थायी लेखा नम्बर (PAN) लिन देहायका कागजात पेश गर्नु पर्दछः       

          क) व्यक्तिगत व्यवसायिक स्थायी लेखा नम्बर लिन (Individual Business PAN) को लागि

  • एकलौटी फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपी,
  • आवेदन पत्रमा दस्तखत गर्नेको पासपोर्ट साइजका २ प्रति फोटोहरु,
  • प्रोप्राइटरको नागरिकताको प्रतिलिपी
  • मुख्य कारोवार स्थल वा प्रधान कार्यालय देखिने गरी बनाइएको नक्सा र प्रोप्राइटरको २ प्रती फोटो समावेश गर्ने साथै आफ्नो भवन भए लालपूर्जाको फोटोकपी अन्यथा घरधनी सँगको घरबहाल सम्झौताको फोटोकपी ।

ख) व्यवसायिक स्थायी लेखा नम्बर लिन (Business PAN Entity) को लागि

  • फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपी,
  • आवेदन पत्रमा दस्तखत गर्नेको पासपोर्ट साइजका २ प्रति फोटोहरु,
  • संचालकहरुको नागरिकताको प्रतिलिपी,
  • मुख्य कारोवार स्थल वा प्रधान कार्यालय देखिने गरी बनाइएको नक्सा र संचालकको २ प्रती फोटो समावेश गर्ने साथै आफ्नो भवन भए लालपूर्जाको फोटोकपी अन्यथा घरधनी सँगको घरबहाल सम्झौताको फोटोकपी ।

           ग) स्थायी लेखा नम्बर (PAN) लिन समय लाग्दैन, तुरुन्त पाइन्छ ।

PAN नलिएका व्यक्तिले पनि करयोग्य कारोवार गरेको भए आय विवरण पेश गर्ने र लाग्ने कर तिर्नु पर्दछ । PAN नलिंदैमा करको दायित्वबाट मुक्ति पाइंदैन । कर तिरेपछि सोको निस्सा (कर चुक्ता प्रमाण) पनि पाइन्छ । तर PAN नलिंदा जरिवाना हुने, PAN ले करदातालाई नै फाइदा पुग्ने भएकोले PAN लिनका लागि पनि आवेदन गर्नु अनिवार्य हुन्छ । यो लिन सजिलो पनि  छ ।

PAN एउटा स्थायी परिचयपत्र हो । यसको नवीकरण गराइ राख्न पर्दैन । तर करदाताको ठेगाना, कारोवार स्थल वा कारोबारको प्रकृति आदिमा कुनै परिवर्तन भए सोको सूचना सम्बन्धित आन्तरिक राजस्व कार्यालय/करदाता सेवा कार्यालयलाई परिवर्तन भएको मितिले १५ दिन भित्र दिनुपर्नेछ ।

पुरानो आयकर दर्ता प्रमाणपत्र लिने व्यक्तिले पनि PAN लिन अनिवार्य छ । पुरानो आयकर प्रमाणपत्रलाई यसले प्रतिस्थापन गर्दछ । यो नयाँ नम्बरले हिजोको व्यवसायलाई भने नियमितता दिन्छ ।

PAN का लागि आवदेन गर्दा कर चुक्ता प्रमाणपत्र वा पुरानो आय विवरण, कर रकम, अग्रिम कर कट्टी रकम दाखिला गर्नु पर्दैन । कारोवार शुरु गर्न बाँकी नै रहेको करदाताले त झन् पर्दै परेन । तर आन्तरिक राजस्व कार्यालयले पुराना करदाताबाट (साविकदेखि कारोवार गरिरहेका) कर असुली प्रयोजनका लागि आय विवरण, अग्रिम कर माग गर्न सक्दछ । भाडाको घरमा बसेको करदाताको ठेगानाको पहिचानको लागि बसेको ठाउँको (कारोवार स्थलको) नक्सा र घरबहालको सम्झौता भने आवश्यक पर्दछ ।

गैर बासिन्दा व्यक्तिको हकमा निज स्वयंले वा निजको नेपालमा रहेको स्थायी संस्थापन वा प्रतिनिधिले PAN लिन आवेदन गर्नुपर्दछ ।

विदेशी नागरिकले नेपालको प्रचलित कानून अनुसार नेपालमा उद्योग, व्यापार, पेशा, व्यवसाय, रोजगारी वा लगानी गर्दा PAN लिनु पर्दछ । यसका लागि आवेदन गर्दा अन्य कागजातका अतिरिक्त निजको परिचय खुल्ने राहदानी वा सम्बन्धित कूटनैतिक नियोगद्वारा जारी गरिएको परिचयपत्र पेश गर्नु पर्दछ ।

PAN का लागि आवेदन गर्दा प्राकृतिक व्यक्तिको हकमा आफ्नो २ प्रति पासपोर्ट साइजको फोटो बुझाउनु पर्छ । निकायको हकमा संचालक समितिले निर्णय गरे अनुसारका व्यक्तिको फोटो संलग्न गर्नुपर्दछ ।

आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयहरुमा रहेको हेल्पडेस्क, www.ird.gov.np को वेबसाईट र उद्योग वाणिज्य महासंघहरुबाट समेत थप जानकारी र सहयोग लिन सकिन्छ ।

PAN लिएपछि कारोवार गर्न, आयात निर्यात गर्न, बैंकसँग ऋण लिन एवं राजस्वसम्बन्धी सम्पूर्ण काम गर्न सहज हुन्छ । साथै तपाईको व्यवसायमा पारदर्शिता आउने हुन्छ । PAN लिएर त्यसको आधारमा करदाताको पहिचान पाउनु तपाईको लागि गौरवको विषय हो । यो हरेक करदाताको पहिचान सम्बन्धी विशेष संकेत पनि हो ।

एउटा व्यक्ति (प्राकृतिक व्यक्ति वा निकाय) ले जीवनमा एउटा मात्रै PAN लिन सक्दछ । त्यसैमा आफ्नो व्यवसायको प्रकारहरु थप गर्दै लैजानु पर्दछ । प्राकृतिक व्यक्तिले थप कारोबार गर्न चाहेमा सोही PAN मा कारोबार थप गर्नुपर्दछ ।

PAN नलिई उद्योग व्यापार पेशा व्यवसाय संचालन गरेमा आयकर ऐन, २०५८ को उल्लघंन हुन गई दण्ड जरिवानामा समेत परिन्छ । तसर्थ उद्योग व्यापार पेशा व्यवसाय थालनी गर्नु अगावै PAN का लागि आवेदन गरी PAN लिनुपर्दछ ।

जुनसुकै ठाउँबाट इन्टरनेट मार्फत् फाराम डाउनलोड गरी अनलाईनबाट नै PAN का लागि आवेदन गर्न सकिन्छ । यसरी अनलाईन आवेदन फाराम भर्दा प्राप्त भएको निस्सा (सब्मिशन नम्बर) लिई सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क राख्नु पर्दछ । रोजगारी गर्ने व्यक्तिले आफ्नो रोजगारदाता मार्फत् पनि Personnel PAN का लागि आवेदन गर्न सक्दछन् ।

PAN लिनका लागि कुनैपनि किसिमको दस्तुर बुझाउनु पर्दैन ।

PAN लिनको लागि भर्नुपर्ने निवेदन फारामको ढाँचा www.ird.gov.np को वेबसाइटबाट डाउनलोड गरी प्राप्त गर्न सकिन्छ । साथै आन्तरिक राजस्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु, आन्तरिक राजस्व विभागबाट स्थायी लेखा नं. जारी गर्न स्विकृति प्राप्त उद्योग बाणिज्य संघहरु लगायतका निकायहरुबाट समेत प्राप्त गर्न सकिन्छ ।

Personal PAN लिन प्राकृतिक व्यक्तिले आफ्नो नाम, थर, स्थायी ठेगाना, पिताको नाम, जन्म मिति, नागरिकता/परिचयपत्र नम्बर बारे जानकारी गराउनु पर्दछ । सो साथ नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, विदेशीको हकमा राहदानी वा सम्बन्धित कुटनैतिक नियोगद्वारा जारी गरिएको परिचयपत्र, पेशागत प्रमाणपत्रको प्रतिलिपी र दुई प्रति फोटो पेश गर्नु पर्दछ । व्यावसायीक स्थायी लेखा नम्बर (Business PAN) को लागि व्यवसाय दर्ता प्रमाणपत्र समेत पेश गर्नुपर्दछ ।

व्यवसाय दर्ता गरिसकेपछि Personal PAN लाई व्यावसायिक स्थायी लेखा नम्बर (Business PAN) मा परिवर्तनका लागि व्यवसाय दर्ता प्रमाणपत्र सहित सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा निवेदन दिएको अवस्थामा Personal PAN लाई कार्यालयले Business PAN मा रुपान्तरण गरिदिन्छ ।

आन्तरिक राजस्व विभागले स्थायी लेखा नं. लिनुपर्ने भनी तोकेको निर्धारण योग्य आय आर्जन गर्न चाहने वा भुक्तानीमा करकट्टी गर्नुपर्ने जुनसुकै व्यक्तिले त्यस्तो आय आर्जन गर्नु वा करकट्टी गर्नु अगावै स्थायी लेखा नम्बर अनिवार्य रुपमा लिनुपर्दछ । स्थायी लेखा नम्बर लिन अनिवार्य नभएको र स्थायी लेखा नं प्राप्त नगरेका अन्य व्यक्तिले पनि स्थायी लेखा नं. लिन सक्नेछन् ।

  स्थायी लेखा नम्बर (PAN )  लिने तरिका (Registration Process )

  • Mozilla Firefox वेब व्राउजर प्रयोग गरी ird.gov.np पेज लोड गर्नुहोस ।
  • होमपेजमा भएको taxpayer portal क्लिक गर्नुहोस ।
  • तत्पश्चात प्राप्त हुने screen मा Registration Folder लाई छनौट गर्नुहोस ।
  • तत्पश्चात Application for Registration मेनु क्लिक गर्नुहोस ।
  • Submission No. प्राप्त गर्न आवश्यकता अनुसारको बक्समा टाइप गरी आफ्नो कारोवार स्थल संग सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयबाट (PAN) लिने हो सोही कार्यालय छनौट गरी OK बटनमा क्लिक गर्नुहोस ।
  • Submission No. प्राप्त गरी आवश्यकता अनुसारको व्यक्तिगत वा व्यवसायिक (Personal/ Business) छनौट गर्नुहोस ।
  • अब Screen मा माग भए बमोजिमको विवरणहरु प्रविष्टि गरी Save बटनमा क्लिक गर्नुहोस ।
  • आवश्यक सबै विवरण रुजु गरी विवरण ठीक भएमा Submit Button Click गरी विवरण Submit भएको जानकारी प्राप्त गर्नुहोस ।
  • यसरी विवरण Submit भैसकेपछि त्यस पेजमा भएको Save र Submit Button Disable भै Print Button मात्र Enable हुन्छ ।
  • अब Print Button मा क्लिक गरेर विवरण प्रिन्ट गरी आवश्यक अन्य कागजातहरु (जस्तै व्यवसाय दर्ता प्रमाण, दुई प्रति पासपोर्ट साइजको फोटो, नागरिकताको फोटोकपि, घरभाडा सम्झौता लगायतका कारोबार स्थल पहिचान हुने गरी तयार गरेको हस्तलिखित नक्सा) सहित सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा गएर स्थायी लेखा नम्बर (PAN) प्राप्त गर्न सकिन्छ ।
  • तपाईंलाई कुनै कुरा स्पष्ट नभएमा Help मा गई सहयोग लिन समेत सक्नु हुनेछ ।

PAN तीन किसिमबाट जारी गरिन्छ । कार्यालयमा दरखास्त बुझाएर वा विद्युतीय माध्यमबाट दरखास्त दिएर । Business PAN को लागि आन्तरिक राजस्व विभागको वेब साइट www.ird.gov.np मा गई त्यहाँ उपलब्ध फाराम (Business PAN पाउनका लागि गरिने दरखास्त फाराम) अनलाईनको माध्यमबाट भरी त्यसको Print Out वा Submission Number लिएर वा आन्तरिक राजस्व विभाग मातहतका कार्यालयहरुमा प्राप्त हुने दरखास्त फाराम पूर्ण रुपमा भरी सो साथ आवश्यक पर्ने कागजातहरु समेत संलग्न गरी आन्तरिक राजस्व विभाग मातहतका सम्बन्धित कार्यालयहरुमा दरखास्त गर्न सकिन्छ । यसरी दरखास्त प्राप्त भएपछि आन्तरिक राजस्व विभाग मातहतका कार्यालयहरुले जाँचबुझ गरी विद्युतीय प्रणालीबाट PAN जारी गर्दछन ।

आन्तरिक राजस्व विभाग वा मातहतका कार्यालयहरुबाट तथा राजस्व अनुसन्धान विभाग वा मातहतका कार्यालयहरुबाट PAN लिए/नलिएको, VAT लगायतका करमा दर्ता भए नभएको र बिल बिजकमा सो नम्बर उल्लेख गरे/नगरेको अनुगमन गरिन्छ । यसका लागि बजार अनुगमनको विशेष व्यवस्था गरिएको छ । PAN लिएर मात्र कारोवार गर्नु पर्ने व्यक्तिले PAN नलिई कारोवार गरेको पाइएमा आयकर तथा मूल्य अभिबृद्धि कर ऐन बमोजिम कानूनी कारवाही हुन्छ ।

बिल वा कर बिजक जारी गर्दा आफ्नो PAN उल्लेख गर्नुका साथै सामान खरीदकर्ता व्यवसायीको PAN उल्लेख गर्न पनि अनिवार्य हुन्छ । यसबाट बिक्रेता र खरीदकर्ताको कारोबार मिलान गर्न सहज र सम्भव हुन्छ । आफ्नो व्यवसायिक कारोबारको यथार्थ चित्रण प्रस्तुत गर्नेुपर्ने भएकोले बिक्रेताले बिक्री बिलमा PAN उल्लेख गर्नु पर्दछ । यसले ग्राहकलाई व्यवसायको सम्पर्कमा रहिरहन समेत सघाउँछ ।

उही प्राकृतिक व्यक्ति हो भने ठाउँ वा कारोवारको प्रकृति बदलेपनि पुनः PAN लिई राख्नु पर्दैन । तर त्यस्तो परिवर्तन सम्बन्धी सूचना PAN लिएको सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दिई आफ्नो अभिलेख अद्यावधिक गराउनु पर्दछ । पुनः उद्योग व्यवसाय सूचारु गर्नु परेमा व्यवसाय गर्न छनौट भएको स्थान अन्तर्गतको क्षेत्रमा पर्ने आन्तरिक राजस्व कार्यालय/करदाता सेवा कार्यालयमा निवेदन दिई PAN लाई Reactivate गर्नुपर्दछ ।

प्रोप्राइटरसीप फर्म एकल प्राकृतिक व्यक्तिको स्वामित्वमा रहने र कम्पनी छुट्टाछुट्टै व्यक्तिको स्वामित्वमा रहने भएकोले प्राइभेट लिमिटेड कम्पनी जुन एकल प्राकृतिक व्यक्तिको स्वामित्वमा रहे पनि, छुट्टै कानूनी व्यक्ति भएकोले छुट्टै PAN लिनु पर्दछ ।

मूल्य अभिबृद्धि कर (VAT) र आयकर दुबै आन्तरिक राजस्व विभागद्वारा प्रशासन गरिन्छ र दुबै प्रयोजनको लागि एउटै PAN दिइन्छ । यसर्थ आयकर तथा मूल्य अभिबृद्धि कर प्रयोजनका लागि छुट्टाछुट्टै दुईटा PAN लिनु पर्दैन । तर PAN मात्र लिएको व्यवसायले मूल्य अभिबृद्धि करयोग्य कारोबार गर्न चाहेमा सम्बन्धित आन्तरिक राजस्व कार्यालय/करदाता सेवा कार्यालयमा निवेदन दिई मूल्य अभिबृद्धि करमा दर्ता भने हुनुपर्दछ ।

आफूले गर्ने कारोवार, बिल र बिजक, खातावही, आय विवरण लगायत बैंकिंग कागजात तथा कर सम्बन्धी सम्पूर्ण विवरण (आयकर, मू.अ.कर, भन्सार, अन्तःशूल्क समेत) मा PAN उल्लेख गर्न अनिवार्य हुन्छ । आफैंलाई कर सम्बन्धी सुविधा सहुलियत हासिल गर्न वा कुनै सूचना प्राप्त गर्न PAN को उल्लेख गर्न आवश्यक हुन्छ । राजस्व दाखिला गर्ने भौचरमा PAN नम्बर अनिवार्य रुपमा उल्लेख गर्नु पर्दछ ।

प्राकृतिक व्यक्ति र कम्पनीले फरक फरक PAN लिनु परे पनि स्थायी लेखा नम्बरको रुपमा एउटै किसिमको विशिष्ट नम्बर (Unique Number)  दिइएको हुन्छ । PAN को संकेत बाट प्राकृतिक व्यक्ति र कम्पनी छुट्टिंदैन ।

अन्तःशुल्क लाग्ने वस्तुको कारोवार गर्न पहिला PAN लिई सकेका व्यक्तिले पुनः छुट्टै PAN लिनु पर्दैन । अन्तःशुल्क लाग्ने वस्तुको कारोबार गर्नेले सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालय वा कोष तथा लखा नियन्त्रक कार्यालयमा इजाजतपत्रका लागि आवेदन गरी इजाजतपत्र भने लिनु पर्दछ । अन्तःशुल्क इजाजत लिंदा कारोबारको प्रकृतिका आधारमा इजाजत दस्तुर बुझाउनु पर्छ । अन्तःशुल्क इजाजतपत्रको लागि आवेदन दिंदा PAN दर्ता प्रमाणपत्रको प्रतिलिपी पनि संलग्न गर्नुपर्दछ ।

उद्योग, व्यापार, पेशा, व्यवसाय (फर्म नराखी स्वतन्त्र व्यवसाय गर्ने प्राकृतिक व्यक्तिसमेत), रोजगारी गर्ने व्यक्तिले आफूले गर्ने कारोवार, बैंकिङ्ग कारोवार, जारी गर्ने बिल बिजक , खाता बही, कागजात तथा आय विवरण लगायत कर सम्बन्धी सम्पूर्ण विवरणमा PAN को उल्लेख गर्न अनिवार्य भएकोले PAN लिनु पर्दछ । साथै यो नम्बरले करदातालाई एउटा विशिष्ट पहिचान दिने हुँदा आफ्नो व्यवसाय गर्न र सोमा सम्बद्ध राजस्व दाखिला गर्न PAN लिए पछि सहज हुने भएकोले PAN लिन आवश्यक छ ।

कर प्रयोजनको लागि प्रत्येक करदातालाई पहिचानका लागि दिइने अद्वितिय (Unique) र स्थायी (Permanent) संकेत हो । यो नौ (९) अंकको हुन्छ । यो संकेत एक पटक लिई सकेपछि उही व्यक्तिले व्यवसाय गर्ने स्थल वा व्यवसायको प्रकृति वा अन्य विवरण परिवर्तन भए पनि सो करदाताका लागि सँधैभरी सोही संकेत अंक कायम रहने भएकोले यसलाई स्थायी लेखा नम्बर भनिएको हो । यसलाई अंग्रेजीमा Permanent Account Number र छोटकरीमा PAN भनिन्छ । व्यक्तिको लागि यो कर तिर्ने प्रयोजनको लागि प्रयोग गरिन्छ । यो व्यवसाय, रोजगारी एवं लगानीको पहिचान जनाउने नम्बर पनि हो । कम्प्यूटर प्रणालीबाट सृजना हुने नौ अंकको  स्थायी लेखा नम्बरको उदाहरणः ३००३६२२५७

आर्थिक वर्ष २०७६/७७ को बजेट बक्तब्यले कुनै ब्यक्तिले कुनै आर्थिक वर्षमा आय आर्जन गर्ने कार्य (जस्तै तलब, भत्ता, ज्याला, तथा घर बहाल लगायत) गर्दछ भने ती सबै ब्यक्तिले अनिवार्य रुपमा ब्यक्तिगत स्थायी लेखा नम्बर (PAN)  लिनु पर्ने व्यवस्था गरेको र यस नीतिगत व्यवस्थालाई "सवैका लागि स्थायी लेखा नम्बर" भनिएको हो ।

ब्यक्तिगत स्थायी लेखा नम्बर हरायो भने करदाताको Login बाट प्रिन्ट गर्न सकिन्छ । साथै आफुलाई स्थायी लेखा नम्बर संझना छ भने सो  स्थायी लेखा नम्बर लिएको कार्यालयमा गइ निवेदन दिएर पुन प्राप्त गर्न सकिन्छ । यदि स्थायी लेखा नम्बर संझनामा छैन भने आफनो नागरिकताको प्रमाण पत्र लिई सम्बन्धित कार्यालयमा गई स्थायी लेखा नम्बर खोजी गर्न आग्रह गर्ने र स्थायी लेखा नम्बर पत्ता लागेपछि निवेदन दिएर पुन प्राप्त गर्न सकिन्छ । मू.अ.करमा दर्ता भएका करदाताको हकमा भने रु १०० दस्तुर तिरी निवेदन दिएर पुन कार्ड लिन सकिन्छ ।

घरमै बसेर कम्प्यूटरबाट इन्टरनेटका माध्यमले PAN का लागि आवेदन भरी कार्यालयबाट Verify भए पछि विवरण भर्दाको Login बाट प्रिन्ट गर्न सकिन्छ ।

PAN लिन स्वयं उपस्थित हुनुपर्दैन । PAN लिन आवेदन गर्दा इन्टरनेटका माध्यमबाट आवेदन भरी कार्यालयबाट Verify भए पछि विवरण भर्दाको Login बाट प्रिन्ट गर्न सकिन्छ ।

कार्यालयमा दरखास्त दिएको हकमा तुरुन्तै पाउन सकिन्छ । Online Application बाट PAN लिएकोमा नागरिकताको प्रमाणपत्र सहित कार्यालयमा जानु पर्दछ ।

व्यक्तिगत स्थायी लेखा नम्बर लिन अपनाउनु पर्ने निवेदनको प्रक्रिया

  • नेपाली नागरिकको हकमा पासपोर्ट साइजको फोटो र नागरिकताको अगाडि तथा पछाडिको Scan गरेर फाइल सुरक्षित गर्नुहोस् ।
  • गैर नेपाली नागरिकको हकमा पासपोर्ट साइजको फोटो, निज कार्यरत रहेको कार्यालयको सिफारिस र बिदेशी भनी प्रमाणित गराउने प्रमाणित कागजात संलग्न राखी Scan गरी फाइल सुरक्षित गर्नुहोस् ।
  • "Mozilla Firefox" browser खोल्नुहोस् ।
  • gov.np टाइप गरी Enter key हान्नुहोस् ।
  • Taxpayer Portal मा Click गर्नुहोस् ।
  • Registration(PAN,VAT,EXCISE) को Application for Registration मा Click गर्नुहोस् ।

  • Submission लिनको लागि निवेदकले Username, Password, Re-Password, Contact No, Email-Id Entry भर्नुहोस् ।
  • Registration for को Personal PAN चेक बक्समा Click गर्नुहोस् ।
    • Verify गर्ने अफिस छान्नको लागि –
    • आन्तरिक राजस्व कार्यालयको लागि IRO मा Click गरी आफ्नो पायक पर्ने कार्यालय छान्नुहोस् ।
    • करदाता सेवा कार्यालय भएमा TSO मा Click गरी आफ्नो पायक पर्ने कार्यालय छान्नुहोस्।
    • OK मा Click गर्नुहोस् ।
  • Continue मा Click गर्नुहोस् । (Submission No. आउँछ सो टिप्नुहोस्)
  • नाम र थर नेपाली र अंग्रेजीमा Entry गर्नुहोस् ।
  • बि.सं. वा इ.सं. छानेर जन्ममिति Entry गर्नुहोस् ।
  • लिंगमा पुरुष/महिला/लैङ्गिक/यौनिक अल्पसंख्यक मध्ये एक छान्नुहोस् ।
  • Scan गरेर राखेको Photo दायाँ तर्फको Browse मा Click गरी Photo को फाइल छानेर Upload गर्नुहोस् ।
  • Citizenship Card को दायाँ तर्फको Upload Document भनेको Up Arrow बक्समा Click गर्नुहोस्
  • नागरिकता नं., नागरिकता जारी गर्ने कार्यालय, स्थान, जारी मिति Entry गर्नुहोस् ।
  • त्यसपछि Browse मा Click गरी Scan गरेको नागरिकताको फाइल Upload गर्नुहोस् ।
    • गैर नेपाली नागरिक भए Embassy-ID को प्रमाणपत्र नं., जारी गर्ने कार्यालय, स्थान, जारी मिति इन्ट्री गरी सो प्रमाणपत्र Scan गरी Upload गर्नुहोस् ।
  • OK मा Click गर्नुहोस् ।
  • पेशागत License वा प्रमाणपत्र भए सो को नम्बर Entry गर्नुहोस् ।
  • रोजगारदाताको सिफारिस (च.नं./प्रमाणपत्र नं.) काम गरेको भए कामको प्रकार पेशाको उप-प्रकार छान्नु होस् । कार्यालयको सिफारिस समेत पेश गर्नु पर्छ ।
  • रोजगारदाताको सिफारिस नभएकाले Others छान्नुहोस् ।
  • पारिवारिक विवरणभर्नुहोस् ।
  • स्थायी ठेगाना भर्नुहोस् ।
  • अस्थायी ठेगाना भर्नुहोस् ।
  • Save/Submit गर्नुहोस् ।
  • Submit पछि मोवाइल र इमेलमा OTP आउनेछ ।
  • OTP भर्नुहोस ।
  • Verify भएपछि मोवाइल र इमेलमा PAN आउनेछ ।
  • Verify भए पछि विवरण भर्दाको Login बाट प्रिन्ट गर्न सकिन्छ ।
  • नेपाल सरकारको नागरिक App बाट समेत Online Application गरी PAN लिन सकिन्छ ।

PAN दुई किसिमबाट जारी गरिन्छ । कार्यालयमा दरखास्त बुझाएर वा विद्युतीय माध्यमबाट दरखास्त दिएर  जारी गरिन्छ । Personal PAN को लागि आन्तरिक राजस्व विभागको वेब साइट www.ird.gov.np मा गई त्यहाँ उपलब्ध फाराम (PAN पाउनका लागि गरिने दरखास्त फाराम) अनलाईनको माध्यमबाट भरी कार्यालयबाट Verify भएपछि आफैले प्रिन्ट गर्न सकिन्छ वा आन्तरिक राजस्व विभाग मातहतका कार्यालयहरुमा प्राप्त हुने दरखास्त फाराम पूर्ण रुपमा भरी सो साथ आवश्यक पर्ने कागजातहरु समेत संलग्न गरी आन्तरिक राजस्व विभाग मातहतका सम्बन्धित कार्यालयहरुमा दरखास्त गर्न सकिन्छ । यसरी दरखास्त प्राप्त भएपछि आन्तरिक राजस्व विभाग मातहतका कार्यालयहरुले जाँचबुझ गरी विद्युतीय प्रणालीबाट PAN जारी गर्दछन् । साथै नेपाल सरकारको नागरिक App बाट समेत Online Application गरी PAN लिन सकिन्छ ।

नेपालमा रोजगारी, व्यवसाय, लगानी र आकस्मिक लाभको श्रोतबाट प्राप्त आयमा कर लाग्दछ । श्रम (Lobour) को लगानीबाट प्राप्त हुने पारिश्रमिक, ज्याला, भत्ता सुविधा, बोनस, निवृत्तभरण, उपदान वा रोजगारीका सम्बन्धमा प्राप्त हुने कुनै पनि भुक्तानी रोजगारीबाट भएको आय अन्तर्गत पर्दछ । सक्रिय श्रम, पूँजीको निस्कृय लगानी र उद्यमशीलताको मिश्रणबाट गरिने उद्योग ब्यापार पेशा व्यवसायको श्रोतबाट प्राप्त हुने मुनाफा, लाभ, सेवा शुल्क, मालसामान वा सेवाको विक्रिबाट प्राप्त रकम, व्यवसायसँग सम्बद्ध पूँजीगत लाभ तथा व्यवसायसँग सम्बद्ध भुक्तानीहरु व्यवसायको श्रोतबाट प्राप्त आय मानिन्छ । कुनै पनि प्रकारले पूँजी वा पूँजीगत सम्पत्तिको लगानीबाट प्राप्त हुने लाभांश, ब्याज, रोयल्टी, भाडा, प्राकृतिक श्रोत वापतको भुक्तानी, लगानी विमा वा अवकाश कोषबाट प्राप्त लाभ, पूँजीगत लाभ वा लगानीसँग सम्बन्धित अन्य भुक्तानीहरु लगानीबाट भएको आय अन्तर्गत पर्दछ । चिठ्ठा, उपहार ,पुरस्कार, बक्सिस, जितौरी तथा अन्य कुनै पनि आकस्मिक रुपमा प्राप्त हुने लाभ आकस्मिक लाभको आय अन्तर्गत पर्दछ ।

अग्रिम कर कट्टी गरी राजस्व दाखिला गर्ने आफ्नो रोजगारदाता (त्यसको लेखा अधिकारी) बाट आफ्नो पारिश्रमिकमा कर कट्टी गरी दाखिला गरेको प्रमाण लिनु पर्दछ । यसरी अग्रिम कर कट्टी गर्ने व्यक्तिले प्रत्येक महिना समाप्त भएको २५ दिन भित्र विद्युतीय माध्यमबाट e-TDS विवरण र कर रकम दाखिला गर्नुपर्दछ । अग्रिम कर कट्टी हुने व्यक्तिले आफ्नो व्यक्तिगत स्थायी लेखा नम्वर PAN प्रदान गर्ने करदाता सेवा कार्यालय/आन्तरिक राजस्व कार्यालय/मध्यमस्तरीय करदाता कार्यालय वा ठूला करदाता कार्यालयबाट Username र Password समेत लिई स्वयले आफनो नाममा दाखिला भएको अग्रिम कट्टीको विवरणको जानकारी प्राप्त गर्न सकिन्छ । त्यस्तो प्रमाणको आधारमा आफूलाई कुनै कारणवश ‘कर चुक्ता प्रमाण’ आवश्यक परे सम्बन्धित करदाता सेवा कार्यालय/आन्तरिक राजस्व कार्यालय/मध्यमस्तरीय करदाता कार्यालय वा ठूला करदाता कार्यालय (आफ्नो कर दाखिला भएको वा आफूले PAN  लिएको कार्यालय) बाट ‘कर चुक्ता प्रमाण’ पनि पाउन सकिन्छ ।

आर्थिक ऐन, २०७६ ले रोजगारीको करयोग्य आयमा कुनै स्लाबको छुट नदिई शुरुको ४ लाख रुपैयाँसम्म (व्यक्तिका लागि) वा ४ लाख पचास हजार रुपैयाँसम्म (दम्पत्तिका लागि) १ प्रतिशत कर लाग्ने, तत्पश्चातको रु. १ लाखसम्म १० प्रतिशतले कर लाग्ने, तत्पश्चातको रु. २ लाखसम्म २० प्रतिशतले कर लाग्ने, सोभन्दा बढि बीस लाख सम्मको करयोग्य आयमा ३० प्रतिशतले कर लाग्ने र रु. २०,००,०००।०० भन्दा बढी करायोग्य आय रकममा ३० प्रतिशतले हुने कर र सो करको दरमा थप २० प्रतिशत अतिरिक्त कर लाग्ने व्यवस्था गरेको छ । 

रोजगारीको आय अर्थात् पारिश्रमिक आयमा रोजगारीसँग सम्बन्धित ज्याला, तलब, विदा वापतको रकम, अतिरिक्त समय भत्ता, शुल्क, कमिशन, पुरस्कार, उपहार, बोनस, महङ्गी भत्ता, जीवन निर्वाह खर्च, भाडा, मनोरञ्जन वा यातायात भत्ता, शैक्षिक भत्ता, समायोजन भत्ता, कुनै पनि व्यक्तिगत भत्ता वा सुविधा, व्यक्तिगत प्रयोजनको लागि गरेको खर्चको फर्छ्योट वा सोधभर्ना भुक्तानी, रोजगारीको शर्तमा सहमति जनाए वापतको भुक्तानी, रोजगारीको अन्त्य, नोक्सानी वा अनिवार्य अवकाश वापतको भुक्तानी, अवकाश भुक्तानी (जस्तै क.सं.कोष, नागरिक लगानी कोषबाट हुने भुक्तानी, उपदान, निवृत्तभरण) तथा रोजगारीका सम्बन्धमा गरिएका अन्य कुनै पनि भुक्तानी पर्दछन् ।

बासिन्दा प्राकृतिक व्यक्तिले नेपालमा श्रोत भएको व्यवसायबाट प्राप्त आयमात्र भएको, व्यवसायबाट प्राप्त करयोग्य आय १० लाख रुपैयाँ र व्यवसायको कारोबार ३० लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँभन्दा घटी भएको र चिकित्सक, इन्जिनियर जस्ता पेशाविद् बाट प्रदान गर्ने परामर्श तथा विशेषज्ञ सेवा बापतको आय नभएको करदाताको हकमा देहाय अनुसार खण्ड (क) र (ख) वा (क), (ख) र (ग)को जोड बमोजिमको कर दाखिला गर्नु पर्दछ । [आयकर ऐन, २०५८ को दफा ४ को उपदफा (४क)]

खण्ड () - रु. तीस लाख रुपैंया सम्मको कारोबारमा

व्यवसाय हुने क्षेत्र

कर रकम रु.

महानगरपालिका वा उपमहानगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्ति

७,५00।-

नगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्ति

४,000।-

माथि उल्लिखित क्षेत्र बाहेक अन्य क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्ति

२,५00।-

खण्ड () - रु. तिस लाख रुपैंयाभन्दा बढी रु.पचास लाख रुपैंयासम्मको कारोवारमा

व्यवसायको प्रकार

कर दर

ग्याँस, चुरोट लगायतका तीन प्रतिशतसम्म कमिशन वा मूल्य थप गरी वस्तुको कारोवार गर्ने व्यक्तिलाई तीस लाख रुपैंया भन्दा बढी रु.पचास लाख रुपैंयासम्मको कारोवार रकममा

०.२५ प्रतिशत

माथि उल्लिखित व्यवसाय बाहेकको व्यवसाय गर्ने व्यक्तिलाई तीस लाख रुपैंया भन्दा बढी रु.पचास लाख रुपैंयासम्मको कारोवार रकममा

१ प्रतिशत

सेवा व्यवसाय गर्ने व्यक्तिलाई तीस लाख रुपैंया भन्दा बढी रु.पचास लाख रुपैंयासम्मको कारोवार रकममा

२ प्रतिशत

खण्ड () - रु.५० लाख रुपैंयाभन्दा बढी रु.१ करोड रुपैंयासम्मको कारोवारमा

व्यवसायको प्रकार

कर दर

ग्याँस, चुरोट लगायतका तीन प्रतिशतसम्म कमिशन वा मूल्य थप गरी वस्तुको कारोवार गर्ने व्यक्तिलाई पचास लाख रुपैंया भन्दा बढी रु. एक करोड रुपैंयासम्मको कारोवार रकममा

०.३ प्रतिशत

माथि उल्लिखित व्यवसाय बाहेकको व्यवसाय गर्ने व्यक्तिलाई पचास लाख रुपैंया भन्दा बढी रु. एक करोड रुपैंयासम्मको कारोवार रकममा

०.८  प्रतिशत

सेवा व्यवसाय गर्ने व्यक्तिलाई पचास लाख रुपैंया भन्दा बढी रु. एक करोड रुपैंयासम्मको कारोवार रकममा

२ प्रतिशत

कारोबारको आधारमा कर (Turnover Tax - TOT) तिर्ने व्यक्तिले देहाय बमोजिम दुई किस्तामा कर दाखिला गर्नु पर्ने व्यवस्था गरेको छ ।

दाखिला गर्नु पर्ने मिति

दाखिला गर्नु पर्ने कर रकम

पुस महिनाको अन्त्यसम्म

पुस २० गते सम्मको कारोवारमा तोकिएको दर अनुसार लाग्ने कर

असार महिनाको अन्त्यसम्म

असार २० गते सम्मको यथार्थ कारोवारको आधारमा असार महिनाको अन्त्यसम्म हुने कारोवार अनुमान गरी तोकिएको दर अनुसार लाग्ने करको गणना गरी सो कर रकमबाट पुस मसान्तभित्र दाखिला गरेको कर घटाई हुन आउने कर रकम ।

पूर्वानुमानित कर भनेको वार्षिक रुपमा तिर्नु पर्ने कर रकम बारे आयकर ऐनको अनुसूची १ (करको दर सम्बन्धी) अनुसार तोकिएको अवस्थामा तोकिएको एकमुष्ट रकम तिरे पुग्ने कर हो ।

यसमा निम्नानुसारका करहरु पर्दछन् ।

         रु.३ लाख सम्म आय हुने वा रु.३० लाखसम्म कारोवार हुने, नेपालमा श्रोत भएको व्यवसायबाट मात्र आय प्राप्त हुने, औषधि उपचार खर्च वापत तथा अग्रिम कर कट्टी वापत कर मिलान गर्न दावी नगर्ने र यो व्यवस्था छनौट गर्ने बासिन्दा प्राकृतिक व्यक्तिले देहाय बमोजिम का दरले तिर्नुपर्ने कर ।

  • म.न.पा. /उप म.न.पा. क्षेत्रका प्राकृतिक व्यक्तिले वार्षिक रु.७,५००।–
  • नगरपालिका क्षेत्रका प्राकृतिक व्यक्तिले वार्षिक                         रु. ४,०००।–
  • अन्य क्षेत्रका प्राकृतिक व्यक्तिले वार्षिक                                     रु.२,५००।–

आ.व. २०७७।०७८ को हकमा आर्थिक विधेयक (प्रतिस्थापन),, २०७८  ले दिएको सुविधा बमोजिम लाग्ने करमा ९०% छुट दिइएको छ ।

कर्मचारी संचयकोष र नागरिक लगानी कोष बाहेकका निकायले स्वीकृत अवकाश कोष संचालन गर्न स्वीकृती लिनुपर्दछ । स्वीकृत अवकाश कोषमा जम्मा गरिने अवकाश योगदान रकममा कर लाग्दैन तर यस्तो अवकाश कोषमा अवकाश योगदान गर्दा वार्षिक तीन लाख रुपैयाँ वा निर्धारणयोग्य आयको एक तिहाईमा जुन घटी हुन्छ सो रकमसम्म मात्र हुनु पर्दछ भने योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन, २०७४ बमोजिम स्थापना भएको सामाजिक सुरक्षा कोषमा योगदान गर्नेको हकमा भने सो कोषमा योगदान गर्दा वार्षिक पाँच लाख रुपैयाँ वा निजको निर्धारणयोग्य आयको एक तिहाईमा जुन घटी हुन्छ सो रकमसम्म अवकाश योगदान गर्न पाउने व्यवस्था छ । यस्तो अवकाश योगदान रकम करयोग्य आयबाट घटाउन पाईन्छ । स्वीकृत नभएको वा स्वीकृति नलिएको अवकाश कोषमा अवकाश योगदान रकम जम्मा गर्दा अवकाश योगदान रकम करयोग्य आयबाट घटाउन पाईंदैन र कर लाग्दछ ।

कर्मचारी संचयकोष, नागरिक लगानी कोष, योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन, २०७४ बमोजिम स्थापना भएको सामाजिक सुरक्षा कोषले अवकाश कोष राख्न चाहेमा त्यस्तो कोष, निवृत्तभरण  कोष  ऐन,  २०७५  बमोजिम स्थापना  भएको  निवृत्तभरण  कोषले अवकाश कोष संचालन गर्न सक्दछ भने आन्तरिक राजस्व विभागबाट स्वीकृती लिएका कुनै बासिन्दा व्यक्तिले (जस्तै बैक, वित्तिय संस्था) तोकिएको शर्तहरुको अधिनमा रही अवकाश कोष संचालन गर्न सक्दछ । यो कोष न्यास (Trust) को रुपमा संचालन हुने गर्दछ । रोजगारदाताबाट अवकाश योगदान स्वीकार गर्ने अवकाश कोषको व्यवस्थापन र संचालन रोजगारदाता भन्दा स्वतन्त्र रुपमा भएको हुनु पर्दछ । आयकर नियमावली, २०५९ ले अवकाश कोषको हिताधिकारीलाई १. सेवाबाट अवकाश प्राप्त गरेमा २. हिताधिकारीको उमेर ५८ वर्ष पुगेमा वा ३. हिताधिकारीको मृत्यु भएमा वा निज स्थायी रुपमा अपांग भएमा मात्र अवकाश भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ । अवकाश कोषको वार्षिक लेखापरीक्षण महालेखा परीक्षकको विभागबाट स्वीकृति पाएको लेखापरीक्षकले मात्र गर्नु पर्दछ । अवकाश कोषमा जम्मा गरिएको वा प्राप्त हुने रकम स्वीकृत क्षेत्रहरु (आयकर नियमावली अनुसार) मा मात्र लगानी गर्नु पर्दछ । यस्तो कोषको चुक्ता पूँजी कम्तीमा रु. १ करोड हुनुपर्ने र हिताधिकारीको संख्या कम्तीमा १ हजार हुनु पर्दछ ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएको निकायको हितको निसर्ग बाट प्राप्त लाभको भुक्तानी बासिन्दा प्राकृतिक व्यक्तिको हकमा तीन सय पैसठ्ठी दिन भन्दा बढी  तथा तीन सय पैसठ्ठी दिन भन्दा कम अवधी स्वामित्वमा रहेको हितको लाभ रकममा क्रमश: ५ तथा ७.५ का दरले कर लाग्दछ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएको निकायको हितको निसर्ग बाट प्राप्त लाभको भुक्तानी बासिन्दा निकायको हकमा १० प्रतिशत तथा अन्यको हकमा २५ प्रतिशतका दरले सम्बन्धित कम्पनिले अग्रिम कर असूल गरी दाखिला गर्नुपर्दछ ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकरण नभएको कम्पनीको शेयर कारोवारमा बासिन्दा प्राकृतिक व्यक्तिको हकमा १० प्रतिशतले वासिन्दा निकायको हकमा १५ प्रतिशत र अन्यको हकमा २५ प्रतिशतका दरले सम्बन्धित कम्पनिले अग्रिम कर असूल गरी दाखिला गर्नुपर्दछ ।

अन्तिम रुपमा कर कट्टी हुने भुक्तानी बाहेक अन्य अग्रिम कर कट्टीको रकम आय विवरण (D01 विवरण बाहेक) साथ दाखिला गर्नुपर्ने कर रकममा मिलान गर्न पाइन्छ ।

कर लाग्ने कारोबार गर्ने व्यक्तिलार्ई आयकरको दायरामा ल्याउन एवं नियमित रूपले कर संकलन गर्ने उद्देश्यले आयकर ऐन, २०५८ को परिच्छेद १७ मा श्रोतमा कर कट्टी / अग्रिम कर कट्टी सम्बन्धी प्रावधान रहेको छ । कुनै पनि व्यक्तिले आय वर्षमा गरेको आयलार्ई ऐनको परिच्छेद १७ अन्तर्गत उल्लिखित दफामा उल्लेख गरिएका भुक्तानीका किसिममा भुक्तानी गर्दा कै अवस्थामा तोकिएको दरले कर कट्टा गरी बाँकी रकम भुक्तानी गरिने व्यवस्थालार्ई भुक्तानीमा कर कट्टी भनिन्छ । अग्रिम कर कट्टी गर्ने तथा अग्रिम कर असुली गर्ने दायित्व भएको व्यक्तिले कर कानुनले तोकेको भुक्तानीमा कर कट्टी गर्नुपर्ने र लाभ तथा कारोवारमा अग्रिम कर असुली गर्नु पर्दछ । यसरी भुक्तानी कै समयमा अर्थात श्रोतमा नै कर कट्टी हुने भएकोले यसलाई भुक्तानी (श्रोत) मा कर कट्टी (Tax Deduction at Source, TDS) भनिन्छ । भुक्तानी गर्दा लाग्ने कर रकम भुक्तानी प्राप्त गर्नेबाट कट्टा गर्ने हुँदा यसलार्ई Withholding Tax पनि भनिन्छ । आय गर्दाका बखतमा नै कर तिरिने भएकाले यसरी कर तिर्ने अवधारणालार्ई Pay As You Earn (PAYE) समेत भनिन्छ । यस प्रणालीले गर्दा सरकारलार्ई अग्रिममा राजस्व संकलन पनि हुने र करको दायरामा बढी करदाता समेटिनुका साथै सरकार तथा करदाता दुवैको कर संकलन लागत (Compliance Cost) पनि न्यून हुन जान्छ । विशेष गरी असंगठित क्षेत्र, छरिएका र साना भुक्तानी एवं निष्कृय आय हुने प्राकृतिक व्यक्ति (Hard to Tax Group) को आयमा कर लगाउने उद्देश्यले समेत यस्तो प्रबन्ध गरिएको हो ।

बासिन्दा प्राकृतिक व्यक्तिले  नेपालमा स्रोत भएको व्यवसायबाट प्राप्त आय मात्र भएको, व्यवसायबाट प्राप्त कर योग्य आय दश लाख रुपैँया र व्यवसायको कारोवार रु.तीस लाख भन्दा वढी रु एक करोड भन्दा घटी भएको करदाताहरुले कारोबारमा आधारित कर तिर्नुपर्छ ।

किस्ताबन्दी कर तीन किस्तामा बुझाउनु पर्दछ । पौषको अन्त्यसम्म पहिलो किस्ता, चैत्रको अन्त्यसम्म दोश्रो किस्ता तथा आषाढ महिनाको अन्त्यसम्म तेश्रो र अन्तिम किस्ताको कर दाखिला गर्नु पर्दछ । त्यस्तै कारोबारको आधारमा कर तिर्ने करदाता Turnover Tax (TOT) मा आवद्ध व्यक्ति (करदाता) ले पौषको अन्त्यसम्म पहिलो किस्ता र असारको अन्त्यसम्म दोश्रो किस्ता गरी दुई किस्तामा कर दाखिला गर्नु पर्दछ ।

रोजगारीबाट आय हुने व्यक्ति बाहेक अर्थात् कुनै व्यवसाय वा लगानीबाट कुनै आय बर्षमा  निर्धारणयोग्य आय भएको वा हुने व्यक्तिले किस्ताबन्दीमा कर तिर्नुपर्दछ । तर समग्र किस्ताको जम्मा रकम (बार्षिक रकम) रु. ७ हजार ५ सय भन्दा कम भएमा त्यस्तो किस्ताको रकम बुझाउनु पर्दैन । त्यसै गरी श्रोतमा अन्तिम रुपले कर कट्टी हुने भुक्तानीहरु तथा रु. ३ लाख सम्म करयोग्य आय वा रु. ३० लाख रुपैयाँ भन्दा बढी कारोवार नभएका बासिन्दा प्राकृतिक व्यक्तिले छनौट गरेको पूर्वानुमानित कर तिर्ने व्यक्तिले वा भाडाका सवारी साधन धनी प्राकृतिक व्यक्तिले पनि किस्ताबन्दी कर तिर्नुपर्दैन ।

विद्युतीय प्रणाली (Internet) बाट आय विवरण (Income Tax D03) भर्ने प्रक्रिया निम्न बमोजिम छ ।

  • Mozilla Firefox वेव व्राउजर प्रयोग गरी ird.gov.np पेजलोड गर्नुहोस ।
  • होमपेजमा भएको Taxpayer Portal क्लिक गर्नुहोस ।
  • तत् पश्चात प्राप्त हुने Screen मा Income Tax Folder लाई छनौट गर्नुहोस ।
  • तत् पश्चात D03-Return Entry मेनुमा क्लिक गर्नुहोस ।
  • आयविवरण दाखिला गर्ने Submission Number प्राप्त गर्न आवश्यकता अनुसारको बक्समा User Name, Password, स्थायी लेखा नं., आर्थिक वर्ष (आय वर्ष समाप्त भएपछि सो वर्षको आयविवरण दाखिला गर्नुपर्ने हुदा  आर्थिक वर्ष छनौट गर्दा जहिले पनि गत विगतका वर्ष  छनौट गर्ने) तथा सम्पर्क नं टाइप गरी Register Button मा क्लिक गर्नुहोस ।
  • तपाईलाई Submission No. प्राप्त भएको जानकारी प्राप्त हुनेछ । अब Proceed Button मा क्लिक गरी निम्न अनुसारको विवरण प्रविष्टि गर्नुहोस ।
    • करदाताको किसिम छनौट गर्ने ।
    • करदाताका प्रकार छनौट गर्ने जस्तै दम्पती वा एकल प्राकृतिक ब्यक्ति (ब्यक्तिगत PAN भएमा)
    • अनूसूची ५
    • अनुसूची ६,
    • अनुसूची ७
    • अनुसूची ८
    • अनुसूची १३ का विवरणहरु प्रविष्टि गर्ने,

           Audit Report (Financial Statement) अपलोड गर्न अन्य अनिवार्य कागजातहरु Upload गर्नको लागि यहाँ क्लिक गर्नुहोस् भनेको ठाँउमा क्लिक गरी Audit Report (Financial Statement)  upload गर्ने । अपलोड गर्दा pdf. or jpg. file format मा र file size maximum 1 MB सम्मको हुनु पर्दछ ।

  • यसरी Save भएको विवरण हेरफेर गर्नुपर्ने भएमा Income Tax Folder मा भएको Tax Return Login मेनुमा क्लिक गरी Submission No. तथा Submission No. लिदा प्रयोग गरेको Username र Password Type गरी Login गरेर विवरणलाई पूर्ण  बनाउनहोस ।
  • आफुले प्रविष्टि (Entry) गरेका विवरणहरु सबै रुजु गरी ठीक भएमा Submit Button मा क्लिक गरी विवरण Submit भएको जानकारी प्राप्त गर्नुहोस ।
  • यसरी विवरण Submit भै सकेकपछि त्यस पेजमा भएको Save र Submit Button Disable भै Print Button मात्र Enable हुन्छ ।
  • अब Print Button मा क्लिक गरी विवरणहरु प्रिन्ट गरेर सम्बन्धित ठुला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा गएर विवरण Verify गर्नुहोस । वा आफैले Verify गर्ने Username र Password प्राप्त गर्नु भएको छ भने आफै Verify गर्नुहोस् ।
  • तपाईले पेश गर्न चाहनु भएको विवरण Verify नभएसम्म विवरण पेश भएको मान्य हुदैन । अतः आफुले पेश गरेको विवरण तोकिएको समयमा नै सम्बन्धित कार्यालयमा गएर Verify गराउनुहोस् वा आफैले Verify गर्ने Username र Password प्राप्त गर्नु भएको छ भने आफै Verify गर्नुहोस् ।
  • यदि तपाईंलाई सहयोगको आबश्यकता भएमा Help मेनुमा गई सहयोग लिन सकिन्छ ।

स्थायी लेखा नं. स्थगन तथा खारेजीको विवरण भर्ने तरिका:-

  • यदि तपाइले आफ्नो स्थायी लेखा नं. स्थगन तथा खारेजीको विवरण पेश गर्ने हो भने Income Tax Folder मा भएका Close of Business D03 मेनु छनौट गरी Return Entry गर्दा को प्रकृयाहरु अनुसार नै विवरण भरी Submit गरी Verify  गर्नुहोस । तर Close of Business D03 गर्दा चालु आर्थिक वर्ष छनौट गर्नु पर्ने हुन्छ ।

सक्नुहुन्छ । सबै किसिमका राजस्व संकलनमा बैकल्पिक माध्यमको रुपमा विद्युतीय भुक्तानीको माध्यम संचालनमा ल्याउने नेपाल सरकारको २०७४।११।१४ को निर्णयानुसार यस विभागले कर राजस्व संकलनको लागि विद्युतीय भुक्तानी सेवाको कार्यान्वयनमा ल्याएकोछ ।

विद्युतीय माध्यमबाट राजस्व दाखिला गर्न देहाय अनुसारका प्रकृया अवलम्बन गर्नु पर्नेछ ।

विद्युतीय माध्यमबाट राजस्व दाखिला गर्नु पूर्व निम्नानुसारको सेवा प्राप्त भएको हुनु पर्दछ

१. आन्त्तरिक राजस्व कार्यालयहरुबाट विवरणहरु स्वयं रुजु (Self Verification) गर्ने Username र Password प्राप्त गरेका करदाताहरुले मात्र यो सेवा प्रयोग गर्न सक्नुहुनेछ ।

२. नेपाल सरकारले Payment Service Provider को रुपमा तोकेको Nepal Clearing House Limited को Connect IPS बाट online Registration गरी Username र Password प्राप्त गरी बैंक खाताको लिंक गरी सकेपछि मात्र विद्युतीय माध्यमबाट राजस्व दखिला गर्न सकिने छ ।

 विद्युतीय माध्यमबाट राजस्व दाखिला गर्न निम्नानुसारको प्रकृया अवलम्बन गर्न सकिने

१. आन्त्तरिक राजस्व विभागको वेबसाइट www.ird.gov.np मा क्लिक गर्ने

२. Taxpayer Portal मा क्लिक गरी Integrated Tax System भित्रको General मा डबल क्लिक गर्ने

३. General भित्र रहेको Taxpayer Login मेनुमा क्लिक गर्ने

४. आफ्नो User Credential प्रयोग गरी Login गर्ने

५. त्यस पछि Proceed To Payment भन्ने लिङ्कमा क्लिक गर्ने

६. भौचरका विवरणहरु प्रबिष्ट गरी भौचर संकेत नम्बर (Revenue Payment को Request Slip) सृजना गर्न देहायका प्रकृया अवलम्बन गर्ने

Ø आफूले दाखिला गर्न चाहेको राजस्व प्रकार जस्तै आयकर, मूल्य अभिबृद्धी कर, अन्त्त:शुल्क, अन्य (शिक्षा सेवा शुल्क, स्वास्थ्य जोखिम कर) छनौट गरी सो संग सम्बन्धित राजस्व शिर्षकहरु ( जस्तै १११११, ३३११३), आय बर्ष (जस्तै २०७५।०७६), के बापतको राजस्व दाखिला गर्न लागेको (जस्तै कर विवरण, कर निर्धारण,शुल्क आदि) समेत छनौट गरी दाखिला गर्न चाहेको रकम टाइप गर्ने ।

Ø आयकर छनौट गरेको भए TDS हो वा होइन भन्ने अप्सनमा गई TDS हो भने “हो” र होइन भने “होइन” भन्ने अप्सन छनौट गर्ने ।

Ø दाखिला गर्न चाहेको रकम मूल्य अभिवृद्धि कर हो भने दाखिला गर्ने राजस्वको रकम टाइप गरी इ.सि. हो वा होइन भन्ने अप्सनमा गई सो रकम इ.सि. (Extra collection) हो भने “हो” र होइन भने “होइन” भन्ने अप्सन छनौट गर्ने ।

Ø Add बटनमा क्लिक गरी एउटा राजस्व शीर्षकमा दाखिला गर्ने भौचर विवरण तयार गर्ने ।

Ø एकै पटकमा विभिन्न शीर्षकमा राजस्व दाखिला गर्न चाहेमा अन्य शीर्षकको पनि यसै गरी भौचर विवरण तयार गर्ने ।

Ø स्थायी लेखा नम्बर (PAN) भएको कार्यालयको (ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्त्तरिक राजस्व कार्यालय, करदाता सेवा कार्यालय) राजस्व संकलन गर्ने बैंक सूचीबाट आफूलाई राजस्व दाखिला गर्न उपयुक्त हुने बैंक छनौट गर्ने ।

Ø Generate Transaction Code बटनमा क्लिक गरी भौचर संकेत नं. सहितको Request Slip तयार गर्ने र Request Slip मा भएको राजस्व शीर्षक, रकम र आर्थिक बर्षको विवरणहरु हेरी Confirm Button मा क्लिक गर्ने ।

७.  यसरी तयार भएको भौचर संकेत नम्बर सहितको राजस्व दाखिला गर्ने Request Slip प्रिन्ट गरी राजस्व दाखिला हुने बैंकको जुनसुकै शाखामा गई राजस्व दाखिला गर्न सकिनेछ ।

विद्युतीय माध्यमबाट सोझै राजस्व भुक्तानी E-Payment गर्न चाहनुहुन्छ भने निम्नानुसारको प्रकृया अपनाउनुहोस् ।

८. Make Payment Button मा क्लिक गरी Payment Processor छनौट गर्ने र Connect IPS मा Login गर्ने ।

Ø यदि Connect IPS को Username / Password छैन भने निम्नानुसार गर्ने ।

  • www.connectips.com मा क्लिक गरी Sign UP मा क्लिक गर्ने ।
  • User Name, Password, Mobile No, Email लगाएतका विवरणहरु भरी Username बनाउने ।
  • User Create गर्दा राखेको मोवाइल नं र इमेल ठेगानामा प्राप्त हुने Code राखि विवरण Account Verification गर्ने ।
  • बैंक खाता लिंक गर्न Link Bank Account मा गई बैंक खाताको विवरणहरु भरी उक्त विवरण सहितको फाराम डाउनलोड गर्ने ।
  • अब बैंकको सम्बन्धित खातामा गई बैंक खाता लिंकको Verify गराउने ।

९. राजस्व दाखिला गर्ने बैंक खाता (Debit Account) छनौट गरी Submit Button मा क्लिक गर्ने ।

१०. नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) ले Payment Verification को लागि तपाईंको रजिष्टर्ड Mobile Number र Email Account मा OTP (One Time Password) पठाउँछ । उक्त OTP Number टाइप गरी Confirm Button मा क्लिक गरी सकेपछि तपाईंको खाताबाट रकम Debit भएको खण्डमा Debit Success पेज देखा पर्दछ र Request Slip मा देहाय अनुसारको Debit Success Status देखा पर्दछ ।

[तपाईंको डेबिट कारोवार सफलतापूर्वक सम्पन्न भएको छ । राजस्व खातामा रकम जम्मा भइसकेपछि उक्त विवरण केही मिनेटमा अद्यावधिक भएको देखिनेछ । भौचर प्रिन्ट गरी सेवा लिन कार्यालय जान सक्नु हुनेछ]

११.   यसरी Debit Success भएको कारोबारको राजस्व दाखिला महालेखा नियन्त्रक कार्यालयको नाममा भएको बैंकको खातामा जम्मा भएपछि राजस्व दाखिलाको Credit Success Status देखा पर्दछ । सो को लागि हाललाई करिब ५ मिनेट समय लाग्दछ ।

१२. पुरानो Payment को Request को Status निम्नानुसार प्राप्त हुनेछ ।

Pending -> Payment not initiated,

In Progress -> Debited from Taxpayer’s account,

Completed -> Credited to FCGO Account

१३. यसरी तपाईंले विद्युतीय माध्यमबाट राजस्व दाखिला गर्न सक्नुहुनेछ ।

बासिन्दा प्राकृतिक व्यक्तिले नेपालमा श्रोत भएको,व्यवसायबाट प्राप्त आयमात्र भएको, व्यवसायको करयोग्य आय दश लाख रुपैयाँ र व्यवसायको कारोबार तीस लाख रुपैयाँ भन्दा बढी र एक करोड रुपैयाँ भन्दा घटी भएको र चिकित्सक, ईन्जिनियर जस्ता पेशाविद्बाट प्रदान गर्ने परामर्श तथा विशेषज्ञ सेवा बापतको आय नभएको करदाताको हकमा देहाय अनुसार खण्ड (क) र (ख)  वा (क),(ख) र(ग) को जोड बमोजिमको कर दाखिला गर्नु पर्दछ । [आयकर ऐन, २०५८ को दफा ४ को उपदफा (४क)]

खण्ड (क) - रु. तीस लाख रुपैंया सम्मको कारोबारमा

व्यवसाय हुने क्षेत्र

कर रकम रु.

महानगरपालिका वा उपमहानगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्ति

७,५00।-

नगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्ति

४,000।-

माथि उल्लिखित क्षेत्र बाहेक अन्य क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्ति

२,५00।-

खण्ड (ख) - रु. तीस लाख रुपैंयाभन्दा बढी रु पचास लाख रुपैंयासम्मको कारोवारमा

व्यवसायको प्रकार

कर दर

ग्याँस, चुरोट लगायतका तीन प्रतिशतसम्म कमिशन वा मूल्य थप गरी वस्तुको कारोवार गर्ने व्यक्तिलाई तीस लाख रुपैंया भन्दा बढी रु.पचास लाख रुपैंया सम्मको कारोवार रकममा

०.२५ प्रतिशत

माथि उल्लिखित व्यवसाय बाहेकको व्यवसाय गर्ने व्यक्तिलाई तीस लाख रुपैंया भन्दा बढी रु. पचास लाख रुपैंया सम्म कारोवार रकमको

१ प्रतिशत

सेवा व्यवसाय गर्ने व्यक्तिलाई तीस लाख रुपैंया भन्दा बढी रु. पचास लाख रुपैंया सम्म कारोवार रकमको

२ प्रतिशत

खण्ड () - रु. पचा लाख रुपैंयाभन्दा बढी रु एक करोड रुपैंयासम्मको कारोवारमा

व्यवसायको प्रकार

कर दर

ग्याँस, चुरोट लगायतका तीन प्रतिशतसम्म कमिशन वा मूल्य थप गरी वस्तुको कारोवार गर्ने व्यक्तिलाई पचास लाख रुपैंया भन्दा बढी रु.एक करोड रुपैंयासम्मको कारोवार रकमको

०.३ प्रतिशत

माथि उल्लिखित व्यवसाय बाहेकको व्यवसाय गर्ने व्यक्तिलाई पचास लाख रुपैंया भन्दा बढी रु.एक करोड रुपैंयासम्मको कारोवार रकमको

०.८ प्रतिशत

सेवा व्यवसाय गर्ने व्यक्तिलाई पचास लाख रुपैंया भन्दा बढी एक करोड रुपैंयासम्मको कारोवार रकमको

२ प्रतिशत

आर्थिक वर्ष २०७७।७८ को हकमा रु २० लाख देखि ५० लाख सम्मको कारोवार गर्नेलाई लाग्ने करमा ७५ प्रतिशत  छुट तथा ५० लाख देखि एक करोड सम्मको कारोवार गर्नेलाई लाग्ने करमा ५० प्रतिशत छुट दिइएकोछ ।

कारोवारको आधारमा कर तिर्ने व्यक्तिले देहाय बमोजिम दुई किस्तामा कर दाखिला गर्नुपर्ने व्यवस्था ऐनको दफा ९४ को उपदफा (१क) मा रहेको छ ।

दाखिला गर्नु पर्ने मिति

दाखिला गर्नु पर्ने कर रकम

पुस महिनाको अन्त्यसम्म

पुस २० गते सम्मको कारोवारमा तोकिएको दर अनुसार लाग्ने कर

असार महिनाको अन्त्यसम्म

असार २० गते सम्मको यथार्थ कारोवारको आधारमा असार महिनाको अन्त्यसम्म हुने कारोवार अनुमान गरी तोकिएको दर अनुसार लाग्ने करको गणना गरी सो कर रकमबाट पुस मसान्तभित्र दाखिला गरेको कर घटाई हुन आउने कर रकम ।

बासिन्दा प्राकृतिक व्यक्तिले व्यवसायबाट प्राप्त आय तीन लाख रुपैयाँ र व्यवसायको कारोबार बार्षिक तीस लाख रुपैयाँ भन्दा बढी नभएको तथा मूल्य अभिवृद्धि करमा दर्ता नभएको करदाताको हकमा देहाय अनुसार कर लाग्ने छ । [आयकर ऐन, २०५८ को दफा ४ को उपदफा (४)]

व्यवसाय हुने क्षेत्र

कर रकम रु.

महानगरपालिका वा उपमहानगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्ति

७,५00।-

नगरपालिका क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्ति

४,000।-

माथि उल्लिखित क्षेत्र बाहेक अन्य क्षेत्रमा व्यवसाय गर्ने प्राकृतिक व्यक्ति

२,५00।-

आ.व. २०७७।०७८ को हकमा आर्थिक  ऐन, २०७८  ले दिएको सुविधा बमोजिम लाग्ने करमा ९०% छुट दिइएको छ ।

एकल व्यक्ति

दम्पत्ति

करको दर

रोजगारीको आय मात्र हुनेको लागि

रु.४००००० सम्म करयोग्य आय भएमा

रु.४५०००० सम्म करयोग्य आय भएमा

करयोग्य आयको १  प्रतिशतका दरले *

रु.४००००० भन्दा बढी तर रु.५००००० सम्म करयोग्य आय भएमा

रु.४५०००० भन्दा बढी तर रु.५५०००० सम्म करयोग्य आय भएमा

एकल व्यक्तिको हकमा

रु.४००० र रु.४००००० देखि रु.५००००० सम्मको रकममा १०   प्रतिशतका दरले

दम्पत्तिको हकमा

रु.४५०० र रु.४५०००० देखि रु.५५०००० सम्मको रकममा १०   प्रतिशतका दरले

रु.५००००० भन्दा बढी तर रु.७००००० सम्म करयोग्य आय भएमा

रु.५५०००० भन्दा बढी तर रु.७५०००० सम्म करयोग्य आय भएमा

एकल व्यक्तिको हकमा

रु.१४००० र रु.५००००० देखि रु.७००००० सम्मको रकममा २०   प्रतिशतका दरले

दम्पत्तिको हकमा

रु.१४५०० र रु.५५०००० देखि रु.७५०००० सम्मको रकममा २०   प्रतिशतका दरले

रु.७००००० भन्दा बढी तर रु.२०००००० सम्म करयोग्य आय भएमा

रु.७५०००० भन्दा बढी तर रु.२०००००० सम्म करयोग्य आय भएमा

एकल व्यक्तिको हकमा

रु.५४००० र रु.७००००० देखि रु.२०००००० सम्मको रकममा ३०   प्रतिशतका दरले

दम्पत्तिको हकमा

रु.५४५०० र रु.७५०००० देखि रु.२०००००० सम्मको रकममा ३०   प्रतिशतका दरले

रु.२०००००० भन्दा बढी करयोग्य आय भएमा

रु.२०००००० भन्दा बढी करयोग्य आय भएमा

एकल व्यक्तिको हकमा

रु.४४४००० र रु.२०००००० भन्दा बढी रकममा ३६   प्रतिशतका दरले

दम्पत्तिको हकमा

रु.४२९५०० र रु.२०००००० भन्दा बढी रकममा ३६   प्रतिशतका दरले

एकलौटी फर्मको रुपमा व्यवसाय मात्र हुनेको लागि

रु.४००००० सम्म करयोग्य आय भएमा

रु.४५०००० सम्म करयोग्य आय भएमा

कर नलाग्ने

रु.४००००० भन्दा बढी तर रु.५००००० सम्म करयोग्य आय भएमा

रु.४५०००० भन्दा बढी तर रु.५५०००० सम्म करयोग्य आय भएमा

एकल व्यक्तिको हकमा

रु.४००००० देखि रु.५००००० सम्मको रकममा १०   प्रतिशतका दरले

दम्पत्तिको हकमा

रु.४५०००० देखि रु.५५०००० सम्मको रकममा १०   प्रतिशतका दरले

रु.५००००० भन्दा बढी तर रु.७००००० सम्म करयोग्य आय भएमा

रु.५५०००० भन्दा बढी तर रु.७५०००० सम्म करयोग्य आय भएमा

एकल व्यक्तिको हकमा

रु.१०००० र रु.५००००० देखि रु.७००००० सम्मको रकममा २०   प्रतिशतका दरले

दम्पत्तिको हकमा

रु.१०००० र रु.५५०००० देखि रु.७५०००० सम्मको रकममा २०   प्रतिशतका दरले

रु.७००००० भन्दा बढी तर रु.२०००००० सम्म करयोग्य आय भएमा

रु.७५०००० भन्दा बढी तर रु.२०००००० सम्म करयोग्य आय भएमा

एकल व्यक्तिको हकमा

रु.५०००० र रु.७००००० देखि रु.२०००००० सम्मको रकममा ३०   प्रतिशतका दरले

दम्पत्तिको हकमा

रु.५०००० र रु.७५०००० देखि रु.२०००००० सम्मको रकममा ३०   प्रतिशतका दरले

रु.२०००००० भन्दा बढी करयोग्य आय भएमा

रु.२०००००० भन्दा बढी करयोग्य आय भएमा

एकल व्यक्तिको हकमा

रु.४४०००० र रु.२०००००० भन्दा बढी रकममा ३६   प्रतिशतका दरले

दम्पत्तिको हकमा

रु.४२५००० र रु.२०००००० भन्दा बढी रकममा ३६   प्रतिशतका दरले

*  एकलौटी फर्म दर्ता भएका करदाताको हकमा, निवृत्तभरण  बापतको  आय,  निवृत्तभरण  कोष  र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्ति वा दम्पत्तिको हकमा १ प्रतिशतो कर लाग्दैन । {(अनुसूचि १ को दफा १ को उपदफा (१) र (२)}

प्राकृतिक व्यक्तिको आयमा समावेश नहुने रकम वा खर्चमा छुट हुने रकम

१ दुर्गम भत्ता सुविधाः

दुर्गम क्षेत्रमा कार्यरत प्राकृतिक व्यक्तिको करयोग्य आयबाट घटाउन पाउने रकम

१. “क” वर्गका क्षेत्रमा रु. ५०,००० (पचास हजार)

२. “ख” वर्गका क्षेत्रमा रु. ४०,००० (चालीस हजार)

३. “ग” वर्गका क्षेत्रमा रु. ३०,००० (तीस हजार)

४. “घ” वर्गका क्षेत्रमा रु. २०,००० (बीस हजार)

५. “ङ” वर्गका क्षेत्रमा रु. १०,००० (दश हजार)

  दुर्गम क्षेत्रको बर्गीकरण देहाए वमोजिम रहेको छ‍

            “क” वर्गमा रहने क्षेत्र:

 (१) मनाङ्ग जिल्ला (२) कालिकोट जिल्ला (३) मूगू जिल्ला (४) डोल्पा जिल्ला ( ५) हुम्ला जिल्ला (६) बाजूरा जिल्ला

            “ख” वर्गमा रहने क्षेत्र:

 (क)     ताप्लेजुङ्ग जिल्लाको धुन्सा ओलाङचुङगोला र यसमा पर्ने गा.वि.स. 

 (ख)     संखुवासभा जिल्लाको निम्न गाउँ विकास समिति

            १. चेपुवा २. हेदाड्ना ३. किमाथांका ४. स्याकसिला  ५. वालूङ ६. सीमाजोर

 (ग)      सोलुखुम्बु जिल्लाको निम्न गाउँ विकास समिति

            १. खोम्जुङ २. नाम्चे ३. चौरी खर्क

 (घ)      दोलखा जिल्लाको गोगर गाउँ विकास समिति

 (ङ)      रसुवा जिल्लाको टिमूर गाउँ विकास समिति

 (च)      गोरखा जिल्लाको निम्न गाउँ विकास समिति

            १. सिर्दिवास २. प्रोक ३. लोहा ४. केरोजा  ५. छेकाम्पार ६. मान्बु

 (छ)      बाग्लुङ्ग जिल्लाको निम्न गाउँ विकास समिति

            १. बोङ्गा २. निसी ३. हुकाम ४. रम्मा  ५. मेकोट ६. टकवाछी

 (ज)      मुस्ताङ्ग जिल्ला

 (झ)      जुम्ला जिल्ला

 (ञ)      बजाङ जिल्ला

 (ट)      डोटी जिल्लाको खप्तड जडिबुटी उद्यानको ९०० फिटभन्दा उचाईको भाग

 (ठ)      दार्चुला जिल्ला

ग” वर्गमा रहने क्षेत्रः

 (क)     रुकुम जिल्ला

 (ख)      जाजरकोट जिल्ला

 (ग)      दैलेख जिल्ला

 (घ)      अछाम जिल्ला

            घ” बर्गमा रहने क्षेत्र:

 (क)     ताप्लेजुङ जिल्ला “ख” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति

 (ख)      भोजपुर जिल्ला

 (ग)      तेह्रथुम जिल्ला

 (घ)      संखुवा सभाको जिल्ला “ख” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति

 (ङ)      खोटाङ जिल्ला

 (च)      ओखलढुङ्गा जिल्ला

 (छ)      सोलुखुम्बु जिल्ला “ख” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति

 (ज)      धादिङ जिल्लाको निम्न गाउ विकास समिति

            १. बुडाथुम २. लापा ३. फुलखर्क ४. रिगाउ  ५. सल्यानकोट ६. सल्यानटार

 (झ)      सिन्धुपाल्चोक जिल्लाको निम्न गाउँ विकास समिति

१. बराम्चो २. वरुवा ३. मौताडा ४. वीरता गोलदे  ५. गुनसा ६. गुवा ७. किउल ८. लिस्टिकोट ९ महांकाल १०. पाग ताग ११. फुल्पीङ कटी १२. धागपालकोट १३. टिसुनठगल टिनस ध्यागल

 (ञ)      लमजुङ जिल्लाको निम्न गाउँ विकास समिति

१. बाहुनडाँडा महेन्द्रोदय २. श्रीकाली काताधी ३. ठूलीवेसी पटाङ्गो ४. ठाकन फालिकादेवी

 (ट)      म्याग्दी जिल्ला

 (ठ)      रोल्पा जिल्ला

 (ड)      सल्यान जिल्ला

 (ढ)      प्यूठान जिल्ला

 (ण)      डोटी जिल्लाको “ख” वर्गमा परेका क्षेत्रदेखि बाहेक अन्य बाँकी क्षेत्र

 (त)      डडेलधुरा जिल्ला

 (थ)      बैतडी जिल्ला

            ङ” वर्गमा रहने क्षेत्र:

 (क)     पाँचथर जिल्ला

 (ख)      धनकुटा जिल्ला

 (ग)      रामेछाप जिल्ला

 (घ)      दोलखा जिल्ला

 (ङ)      रसुवा जिल्लाको “ख” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति

 (च)      सिन्धुपाल्चोक जिल्लाको “घ” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउ विकास समिति

 (छ)      धादिङ जिल्लाको “घ” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति

 (ज)      लमजुङ जिल्लाको “घ” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति

 (झ)      गोरखा जिल्लाको “ख” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति

 (ञ)      गुल्मी जिल्ला

 (ट)      अर्घखाँची जिल्ला

 (ठ)      पर्वत जिल्ला

 (ड)      बाग्लुङ जिल्लाको “ख” वर्गमा परेका गाउँ विकास समितिदेखि बाहेक अन्य गाउँ विकास समिति

२. बैदेशिक भत्तामा छुट सुविधाः

नेपालका विदेशस्थित कुटनीतिक नियोगमा कार्यरत कर्मचारीलार्ई प्राप्त हुने बैदेशिक भत्ताको पचहत्तर प्रतिशत रकम करयोग्य आयबाट घटाउन पाउने ।

३. निवृतिभरण आय भएको व्यक्त्तिले पाउने छुट सुविधाः

बासिन्दा प्राकृतिक व्यक्तिको निवृतिभरण आय रहेछ भने  त्यस्तो व्यक्तिले करयोग्य आयबाट निजले छुट पाउने सीमामा थप पचीस प्रतिशत रकम घटाउन पाउने।

४. अपाङ्ग ब्यक्तिले पाउने छुट सुविधाः

बासिन्दा प्राकृतिक व्यक्ति अपाङ्ग रहेछ भने त्यस्तो व्यक्तिले करयोग्य आयबाट निजले छुट पाउने सीमामा थप पचास प्रतिशत थप रकम घटाउन पाउने।

५. लगानी वीमामा छुट सुविधाः

बासिन्दा प्राकृतिक व्यक्तिले लगानी बीमा गरेको रहेछ भने त्यस्तो बीमा वापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा पच्चीस हजार रुपैयाँमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाउन पाउने ।

६. स्वास्थ्य बीमा वापत तिरेको प्रिमियम

बासिन्दा प्राकृतिक व्यक्तिले बासिन्दा बीमा कम्पनीसँग स्वास्थ्य बीमा गरेको रहेछ भने त्यस्तो बीमा बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा बीस हजार रुपैयाँमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाउन पाउने ।

७. आफ्नो स्वामित्वमा रहेको निजि भवनको बीमा बापत तिरेको प्रिमियम स्वास्थ्य

बासिन्दा प्राकृतिक व्यक्तिले बासिन्दा बीमा कम्पनीसँग आफ्नो स्वामित्वमा रहेको निजि भवनको बीमा गरेको रहेछ भने त्यस्तो बीमा बापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा पाँच हजार रुपैयाँमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाउन पाउने ।

८. पारिश्रमिक आय मात्र हुने महिलालाई लाग्ने करमा छुट

कुनै बासिन्दा प्राकृतिक व्यक्ति पारिश्रमिक आय मात्र आर्जन गर्ने महिला रहेछ भने त्यस्तो प्राकृतिक व्यक्तिले तिर्नुपर्ने कर रकममा दश प्रतिशत छुट हुनेछ ।      

७.     निकायको लागि लागू हुने करको दर (आय वर्ष २०७८/०७९ को लागि)

सि.नं.

अनुसूची/दफा

व्यवसाय/निकायको विवरण/आयको अवस्था

करको दर

अनुसूची-१ दफा २(१)

सामान्य व्यवसाय गर्ने निकाय

२५ प्रतिशत

अनुसूची-१ दफा २(२)

बैङ्ग, वित्तीय संस्था, सामान्य बीमा व्यवसाय वा दूर सञ्चार र इन्टरनेट सेवा, मुद्रा हस्तान्तरण (मनि ट्रान्सफर), पूँजी बजार व्यवसाय, धितोपत्र व्यवसाय, मर्चेन्ट बैंकिङ्ग व्यवसाय, कमोडिटी फ्युचर मार्केट, धितोपत्र र कमोडिटी दलाल व्यवसाय, चुरोट, विँडी, सिगार, खानेसूर्ति, खैनी, गुट्खा, पान मसला, मदिरा र बियरको कारोवार गर्ने वा नेपाल पेट्रोलियम ऐन, २०४० बमोजिम पेट्रोलियम कार्य गर्ने निकाय

३० प्रतिशत

अनुसूची-१ दफा २(३)

सहकारी ऐन, २०७४ बमोजिम दर्ता भएको सहकारी संस्थाले करछुट हुने कारोबार बाहेकको कारोबार गरेमा देहाय बमोजिमका दरले कर लाग्नेछ ।

- नगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा

- उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा

- महानगरपालिका क्षेत्रभित्र सञ्चालन भएकोमा

५ प्रतिशत

७ प्रतिशत

१० प्रतिशत

अनुसूची-१ दफा २(३ख)

सार्वजनिक गुठी अन्तर्गत दर्ता भई सन्चालित विद्यालय महाविद्यालयकोको करयोग्य आयमा

२० प्रतिशत

अनुसूची-१ दफा २(६)

कुनै आय वर्षमा कुनै गैरबासिन्दा व्यक्तिको नेपालस्थित विदेशी स्थायी संस्थापनले विदेश पठाएको आयमा

५ प्रतिशत

अनुसूची-१ दफा २(७)

कुनै आय वर्षमा ऐनको दफा ७० मा उल्लिखित आयको सम्बन्धमा कुनै गैरबासिन्दा व्यक्तिको करयोग्य आयमा

तर नेपालबाट अर्को विदेशी मुलुकमा पुग्ने गरी प्रस्थान नहुने जल यातायात, हवाई यातायात वा दूरसञ्चार सेवा उपलव्ध गराउने गैर बासिन्दा व्यक्तिको हकमा

५ प्रतिशत

२ प्रतिशत

आर्थिक वर्ष २०७७।७८ को हकमा रु २० लाख रुपैयाँसम्मको कारोबार वा दुई लाख सम्म आय भई आयकर ऐन, २०५८ को दफा ४ को उपदफा (४) बमोजिम कर लाग्ने करदातालाई लाग्ने करमा ९० प्रतिशत छुट दिईएको छ । त्यसैगरी रु २० लाख देखि ५० लाख सम्मको कारोवार गर्नेलाई लाग्ने करमा ७५ प्रतिशत  छुट तथा ५० लाख देखि एक करोड सम्मको कारोवार गर्नेलाई लाग्ने करमा ५० प्रतिशत छुट दिइएकोछ ।

होटल, ट्राभल, ट्रेकिङ्ग, चलचित्र व्यवसाय (निर्माण, वितरण तथा प्रदर्शन), पार्टी प्यालेस, सञ्चार गृह (मिडिया हाउस), यातायात वा हवाई सेवाको एक करोड रुपैंया भन्दा बढी कारोबार गर्ने व्यक्तिलाई आय वर्ष २०७७/२०७८ मा आयकर ऐन, २०५८ बमोजिमको करयोग्य आयमा एक प्रतिशत कर लाग्नेछ ।

आयकर ऐन, २०५८ को दफा ११ बमोजिम व्यवसायको आयमा छुट तथा सुविधाहरु (Concession) सम्बन्धी व्यवस्थालाई तलको तालिकामा प्रष्ट पारिएको छः

व्यवसायिक छुट तथा सुविधाहरु (आय वर्ष २०७८/७९ को लागि)

सि.नं.

   दफा

व्यवसाय/निकायको विवरण/आयको अवस्था

कर छुट तथा सुविधा

दफा ११(१)

कुनै फर्म, कम्पनी, साझेदारी तथा संगठित संस्थाको रुपमा दर्ता गरी कृषि व्यवसाय गरी प्राप्त गरेको आयमा र भूमि सम्वन्धी ऐन, २०२१ को दफा १२ को खण्ड (घ) र (ङ) मा उल्लेख भए बमोजिमको जग्गामा कृषि व्यवसायबाट प्राप्त भएको बाहेक अन्य कृषि आम्दानीमा

कर नलाग्ने

दफा ११(१)

कुनै फर्म, कम्पनी, साझेदारी तथा संगठित संस्थाको रुपमा दर्ता गरी कृषि व्यवसाय गरी प्राप्त गरेको आयमा लाग्ने करमा

५० प्रतिशतले छुट

दफा ११(२)

सहकारी ऐन, २०७४ बमोजिम दर्ता भई सञ्चालन भएको कृषि वा वन पैदावरमा आधारित रेशम खेती तथा रेशम उत्पादन, फलफूल खेती, उत्पादन तथा फलफूल प्रशोधन, कफी खेती तथा प्रशोधन, जडिवुटी खेती तथा प्रशोधन, तरकारीका बीउ बिजन उत्पादन, मौरीपालन, मह उत्पादन, रबर खेती, कवुलियति वन, एग्रोफरेष्ट्री आदि व्यावसायिक वन सम्वन्धी व्यवसायहरु जस्ता कृषि तथा वनजन्य उद्योगहरु, तरकारी भण्डारका लागि स्थापित शीत भण्डार, कृषि सम्वन्धी बीउ विजन, पशु आहारा, दाना, कीटनाशक औषधि, मल तथा कृषि औजार (यान्त्रिक शक्तिवाट चल्ने बाहेक) को कारोवार गर्ने सहकारी संस्था तथा गाउँपालिका क्षेत्रमा सञ्चालित सहकारी संस्था वा संघको आयमा तथा यस्तो संस्था वा संघले वितरण गरेको लाभांशमा समेत

कर नलाग्ने

दफा ११(२क)

गाउँपालिकाको क्षेत्रमा सञ्चालित लघु वित्त संस्था, ग्रामिण विकास बैङ्क, हुलाक बचत बैंङ्क, र उपदफा (२) बमोजिमका सहकारीमा जम्मा गरेको निक्षेपबाट आर्जित वार्षिक पच्चीस हजार रुपैंयासम्मको ब्याज आयमा

कर नलाग्ने

दफा ११(२ख)

वर्षभरी पूर्णरुपले सञ्चालनमा रहेको विशेष उद्योगबाट भएको आयमा लाग्ने करमा देहाय बमोजिम छूट हुने

-बासिन्दा प्राकृतिक व्यक्तिको आयमा तीस प्रतिशतका दरले कर लागेको रहेछ भने सो करमा

- निकायको आयमा लाग्ने करमा

एक तिहाईले छुट

बीस प्रतिशतले छुट

दफा ११(३)(क)

कुनै व्यक्तिलाई कुनै आय वर्षमा विशेष उद्योग र सूचना प्रविधि उद्योगबाट भएको आयमा देहाय बमोजिम कर लाग्ने

- एक सय वा सो भन्दा बढी नेपाली नागरिकलाई वर्षभरी नै प्रत्यक्ष रोजगारी दिएमा लाग्ने करको

- तीन सय वा सो भन्दा बढी नेपाली नागरिकलाई वर्षभरी नै प्रत्यक्ष रोजगारी दिएमा लाग्ने करको

- पाँच सय वा सो भन्दा बढी नेपाली नागरिकलाई वर्षभरी नै प्रत्यक्ष रोजगारी दिएमा लाग्ने करको

- एक हजार वा सो भन्दा बढी नेपाली नागरिकलाई वर्षभरी नै प्रत्यक्ष रोजगारी दिएमा लाग्ने करको

९० प्रतिशत

८० प्रतिशत

७५ प्रतिशत

७० प्रतिशत

तर महिला, दलित वा अपाङ्गहरु मध्ये कम्तीमा तेत्तीस प्रतिशतलाई समेत समावेश गरी एक सय जनाभन्दा बढी नेपाली नागरीकलाई वर्षभरी प्रत्यक्ष रोजगारी दिएमा तिर्नुपर्ने रकममा थप दश प्रतिशत छुट हुने 

तिर्नुपर्ने रकममा थप १० प्रतिशत छुट

दफा ११(३)(ख)

क. अति अविकसित क्षेत्रहरुमा विशेष उद्योग सञ्चालन भएको भए त्यस्तो उद्योगले व्यवसायिक उत्पादन वा कारोवार सुरु गरेको मितिले दश वर्ष सम्म आयमा लाग्ने करको

१० प्रतिशत कर लाग्ने

ख. अविकसित क्षेत्रहरुमा विशेष उद्योग सञ्चालन भएको भए त्यस्तो उद्योगले व्यवसायिक उत्पादन वा कारोवार सुरु गरेको मितिले दश वर्ष सम्म आयमा लाग्ने करको

२० प्रतिशत कर लाग्ने

ग. कमविकसित क्षेत्रहरुमा विशेष उद्योग सञ्चालन भएको भए त्यस्तो उद्योगले व्यवसायिक उत्पादन वा कारोवार सुरु गरेको मितिले दश वर्ष सम्म आयमा लाग्ने करको

३० प्रतिशत कर लाग्ने

दफा ११(३)(ग)

एक अर्ब रुपैंयाभन्दा बढीको पूँजी लगानीमा स्थापना हुने र पाँच सयभन्दा बढीलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी प्रदान गर्ने विशेष उद्योग र पर्यटन उद्योग (क्यासिनो बाहेक) लाई कारोवार शुरु गरेको मितिले पाँच वर्षसम्म पूर्ण रुपमा आयकर छुट

-त्यसपछिको तीन वर्षसम्म लाग्ने करको

तर हाल सञ्चालनमा रहेका त्यस्ता उद्योगले कम्तीमा पच्चीस प्रतिशत जडित क्षमता वृद्धि गरी दुई अर्व रुपैयाँ पूँजी पुर्र्याई तीन सयभन्दा बढीलाई वर्षभरि नै प्रत्यक्ष रोजगारी प्रदान गरेमा त्यसरी क्षमता वृद्धिवाट प्राप्त भएको आयमा पहिलो पाँच वर्षसम्म पूर्ण रुपमा आयकर छुट

-त्यसपछिको तीन वर्षसम्म लाग्ने करको

कर नलाग्ने

५० प्रतिशत छुट

कर नलाग्ने

५० प्रतिशत छुट

दफा ११(३क)(क)

हिमाली जिल्ला र नेपाल सरकारले तोकेको पहाडी जिल्लाका विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगलाई

- कारोवार शुरु गरेको मितिले दश वर्षसम्म लाग्ने आयकरको शत प्रतिशत छुट

- त्यसपछिका आय वर्षमा लाग्ने आयकरको

कर नलाग्ने

५० प्रतिशत छुट

दफा ११(३क)(ख)

अन्य क्षेत्रमा रहेको विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगलाई

- कारोवार शुरु गरेको मितिले पाँच वर्षसम्म लाग्ने आयकरको शत प्रतिशत छुट

- त्यसपछिका आय वर्षमा लाग्ने आयकरको

कर नलाग्ने

५० प्रतिशत छुट

दफा११(३क)(ग)

विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगले वितरण गरेको लाभांशमा

-कारोवार शुरु गरेको मितिले पाँच वर्षसम्म लाभांश वितरणमा लाग्ने करको शत प्रतिशत छुट

-त्यसपछिको तीन वर्षसम्म  लाभांस वितरणमा लाग्ने करको

कर नलाग्ने

५० प्रतिशत छुट

दफा ११(३क)(घ)

विशेष आर्थिक क्षेत्रमा स्थापित उद्योगका विदेशी लगानीकर्ताले विदेशी प्रविधि वा व्यवस्थापन सेवा शुल्क तथा रोयल्टीबाट आर्जन गरेको आयमा लाग्ने आयकरको

५० प्रतिशत छुट

दफा ११(३ख)

खनिज, पेट्रोलियम पदार्थ, प्राकृतिक ग्याँस तथा इन्धन अन्वेषण तथा उत्खनन गर्ने व्यक्तिले २०८० साल चैत्र महिनासम्म व्यापारिक रुपमा कारोवार सञ्चालन गरेमा कारोवार सञ्चालन गरेको मितिले पहिलो सात वर्षसम्म

-त्यसपछिको तीन वर्षसम्म  

कर नलाग्ने

५० प्रतिशत छुट

१०

दफा ११(३ग)

नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको प्राणीशास्त्र सम्बन्धी (जुलोजिकल), भूशास्त्र सम्बन्धी (जियोलोजिकल), जीवप्रविधि (वायोटेक) सम्बन्धी पार्क संचालन, प्रविधि पार्क र सूचना प्रविधि पार्कभित्र स्थापित सफ्टवेयर विकास, तथ्यांङ्क प्रशोधन, साइवर क्याफे, डिजिटल म्पापिङ सम्बन्धी उद्योगको आयमा लाग्ने करको  

५० प्रतिशत छुट

११

दफा ११(३घ)

सम्वत् २०८० साल चैत्र महिनासम्म जलविद्युतको व्यापारिक रुपमा उत्पादन, प्रसारण वा वितरण सुरु गर्ने अनुमति प्राप्त व्यक्ति वा निकायले लजविद्युतको व्यापारिक उत्पादन शुरु गरेको मितिले पहिलो दश वर्षसम्म

-त्यसपछिको पाँच वर्षसम्म

त्यस्तो सुविधा सौर्य, वायु तथा जैविक पदार्थबाट उत्पादन हुने विद्युतले समेत पाउनेछ ।

कर नलाग्ने

५० प्रतिशत छुट

१२

दफा ११(३ङ)

नेपालको श्रोतबाट कुनै आय वर्षमा निकासीबाट भएको आयमा

-बासिन्दा प्राकृतिक व्यक्तिको आयमा बीस प्रतिशतका दरले कर लाग्ने रहेछ भने सो करमा

-बासिन्दा प्राकृतिक व्यक्तिको आयमा तीस प्रतिशतका दरले कर लाग्ने रहेछ भने सो करमा

-निकायको आयमा लाग्ने करमा

-प्राकृतिक व्यक्तिको उत्पादनमुलक उद्योगले उत्पादन गरेको वस्तु निर्यात गरी प्राप्त भएको आयमा दफा ११(३ङ)(क) बमोजिमको छुट पछि कायम हुने करमा

-निकायको उत्पादनमुलक उद्योगले उत्पादन गरेको वस्तु निर्यात गरी प्राप्त भएको आयमा दफा ११(३ङ)(ख) बमोजिमको छुट पछि कायम हुने करमा  

२५ प्रतिशत  छुट

५० प्रतिशत छुट

२० प्रतिशत छुट

थप ३५ प्रतिशत छुट

थप ३५ प्रतिशत छुट

१२

दफा ११(३च)

कुनै निकायले देहाय बमोजिमको कार्य गरी सो बाट प्राप्त आयमा व्यापारिक कारोबार संचालन गरेको मितिले दश वर्षसम्म लाग्ने करमा देहाय बमोजिम छुट हुनेछ ।

दफा ११(३च)(क)

ट्राम वा ट्रली बस सञ्चालन गरेमा लाग्ने करमा

४० प्रतिशत छुट

दफा ११(३च)(ख)

रोपवे, केवलकार, रेल्वे, टनेल वा आकासे पुल निर्माण गरी सञ्चालन गरेमा लाग्ने करमा

४० प्रतिशत छुट

दफा ११(३च)(ग)

सडक, पुल, सुरुङ्गमार्ग, टनेल, रेलवे, विमानस्थल निर्माण गरी सञ्चालन गरेमा लाग्ने करमा

५० प्रतिशत छुट

१३

दफा ११(३छ)

धितोपत्र बजारमा सूचीकृत भएका उत्पादनमुलक, पर्यटन सेवा, जलविद्युत उत्पादन, वितरण तथा ट्रान्समिसन गर्ने र दफा ११ को उपदफा (३ग) मा उल्लेख भएका निकायहरुलाई लाग्ने करमा

१५ प्रतिशत छुट

१४

दफा ११(३ज)

अति अविकसित क्षेत्रमा स्थापित फलफूलमा आधारित ब्राण्डी, साइडर एवं वाइन उत्पादन गर्ने उद्योगलाई कारोवार शुरु गरेको मितिले दश वर्षसम्म

४० प्रतिशत आयकर छुट

अविकसित क्षेत्रमा स्थापित फलफूलमा आधारित ब्राण्डी, साइडर एवं वाइन उत्पादन गर्ने उद्योगलाई कारोवार शुरु गरेको मितिले दश वर्षसम्म

२५ प्रतिशत आयकर छुट

१५

दफा ११(३झ)

कुनै व्यक्तिले बौद्धिक सम्पत्ति निर्यात वापत प्राप्त रोयल्टी आयमा लाग्ने आयकरको दरमा

२५ प्रतिशत छुट

१६

दफा ११(३ञ)

कुनै व्यक्तिले बौद्धिक सम्पत्तिको हस्तान्तरणद्वारा बिक्री गरी प्राप्त गरेको आयमा लाग्ने आयकरको दरमा

५० प्रतिशत छुट

१७

दफा ११(३ट)

दुई अर्ब रुपैंयाभन्दा बढीको पुँजी लगानीमा स्थापना हुने पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग वा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीलाई

-कारोवार शुरु गरेको मितिले ५ वर्षसम्म

-त्यसपछिको ३ वर्षसम्म लाग्ने आयकरको दरमा

कर नलाग्ने

५० प्रतिशत छुट

१८

दफा ११(३ठ)

विशेष उद्योग र पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योगले आफ्नो सञ्चित मुनाफालाई सोही उद्योगको क्षमता विस्तारको लागि शेयरमा पुँजीकरण गरेको अवस्थामा त्यस्तो पुँजीकरणमा लाभांश वितरण स्वरूप लाग्ने लाभांश करमा

शत प्रतिशत छुट

१९

दफा ११(३ड)

पचास करोड रुपैंया वा सोभन्दा बढी चुक्ता पुँजी भएको प्राइभेट कम्पनीको रुपमा सञ्चालनमा रहेको कुनै कम्पनी हुने गरी पब्लिक कम्पनीको रुपमा परिणत भई कारोवार सञ्चालन गरेमा त्यसरी पब्लिक कम्पनीको रुपमा परिणत भएको मितिदेखि तीन वर्षसम्म लाग्ने करमा

तर कम्पनी ऐन, २०६३ को दफा १२ बमोजिम पब्लिक कम्पनीको रुपमा संस्थापन हुनुपर्ने कम्पनीले यस उपदफा बमोजिमको सुविधा पाउने छैन ।

दश प्रतिशत छुट

२०

दफा ११(३ढ)

स्वदेशी चिया उत्पादन र प्रशोधन गर्ने उद्योग, दुग्ध पदार्थको कारोवार गर्ने डेरी उद्योग र कपडा उत्पादन गर्ने उद्योगले आफ्नो उत्पादन बिक्री गरी प्राप्त गरेको आयमा लाग्ने आयकरको दरमा

५० प्रतिशत छुट

२१

दफा ११(३ण)

सामुदायिक संस्थाबाट सञ्चालन गरिएका स्वास्थ्य संस्थाको करयोग्य आयमा लाग्ने करमा

२० प्रतिशत छुट

२२

दफा ११(३त)

लघु उद्यमलाई व्यवसाय वा कारोवार शुरु गरेको मितिले ७ वर्षसम्म लाग्ने आयकर पूर्ण रुपमा छुट हुने

यस्तो लघु उद्यम महिला उद्यमीबाट सञ्चालन भएमा थप तीन वर्ष लाग्ने आयकर पूर्णरुपमा छुट हुने

आयकर नलाग्ने

आयकर नलाग्ने

२३

दफा ११(३थ)

कुनै आय वर्षमा कुनै निकायले सार्वजनिक पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालन गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने जस्ता आयोजनाहरु र विद्युत गृह निर्माण, उत्पादन र प्रसारण गरेमा त्यस्तो निकायलाई सो निकायको करयोग्य आयमा लाग्ने करमा 

२० प्रतिशत छुट

२४

दफा ११(३द)

औद्योगिक क्षेत्र वा औद्योगिक ग्राममा स्थापन भई सञ्चालन भएका विशेष उद्योगलाई कारोबार शुरु गरेको मितिले तीन वर्षसम्म लाग्ने आयकरमा पचास प्रतिशत छुट र त्यस पछिको पाँच वर्ष सम्म लाग्ने करमा पच्चिस प्रतिशत छुट हुनेछ ।

(आर्थिक विधेयक (प्रतिस्थापन),२०७८ अनुसार)

(३ध) स्वदेशमा उत्पादन गरेको कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ विशेष उद्योगलाई विक्री गरी प्राप्त गरेको आयमा लाग्ने करमा बिस प्रतिशत छुट हुनेछ ।

(३न) नवप्रवर्तनकारी ज्ञान, सोच, सीप, प्रविधि, व्यवहार र तरिका प्रयोग गरी वार्षिक एक करोड सम्म कारोवार गर्ने विभागले तोकेको स्टार्ट अप व्यवसायलाई कारोवार सुरु गरेको मितिले पाँच वर्षसम्म लाग्ने करमा शतप्रतिशत छुट हुनेछ ।

(३प) काठमाडौं उपत्यकामा सञ्चालनमा रहेको कुनै विशेष उद्योग काठमाडौं उपत्यका बाहिर स्थानान्तरण भई सञ्चालन भएको मितिले तीन वर्षसम्म लाग्ने करमा शतप्रतिशत र त्यसपछिको दुई वर्ष सम्म पचास प्रतिशत छुट हुनेछ ।

(३फ) वातावरणमा प्रत्यक्ष असर पार्ने प्रयोग भइसकेका वस्तु मात्र कच्चा पदार्थका रुपमा प्रयोग गरी नयाँ वस्तु उत्पादन गर्ने उद्योगलाई कारोवार शुरु गरेको मितिले पहिलो तीन वर्षसम्म लाग्ने करको पचास प्रतिशत र त्यस पछिको दुई वर्ष पच्चिस प्रतिशत छुट हुनेछ ।  

२५ प्रतिशत छुट

२५

दफा ११(३फ)

वातावरणमा प्रत्यक्ष असर पार्ने प्रयोग भइसकेका वस्तु मात्र कच्चा पदार्थका रुपमा प्रयोग गरी नयाँ वस्तु उत्पादन गर्ने उद्योगलाई कारोवार शुरु गरेको मितिले पहिलो तीन वर्षसम्म लाग्ने करको पचास प्रतिशत र त्यस पछिको दुई वर्ष पच्चिस प्रतिशत छुट हुनेछ । 

२५ प्रतिशत छुट

२६

दफा ११(४)

कुनै व्यक्तिले दफा ११ बमोजिम बेग्ला बेग्लै कर छुट सुविधा पाउने कारोबार गरेको रहेछ भने त्यस्तो सुविधा लिन आयको गणना  गर्दा छुट्टा छुट्टै व्यक्तिले सो आय ‌प्राप्त गरेको सरह मानी आय गणना गर्नुपर्नेछ ।

२७

दफा ११(५)

एउटै आयको सम्बन्धमा यस दफा बमोजिम एकभन्दा बढी छुट पाउन सक्ने अवस्था भएको व्यक्तिले आफूले रोजेको कुनै एउटा छुट मात्र पाउनेछ ।

२८

दफा ११क

पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालान गर्नको लागि नेपाल सरकार र कुनै व्यक्तिका बीच कुनै सम्झौंता भएमा त्यस्तो सम्झौंता गर्दाको बखत कायम रहेको ऐनले व्यवस्था गरेको करका सुविधाहरु त्यस्तो पूर्वाधार निर्माण तथा सञ्चालन गर्ने व्यक्तिले सम्झौंता अवधिभर उपभोग गर्न पाउनेछ ।

ऐनको दफा

विषय

दर

९५क(१)

कमोडिटी फ्युचर मार्केट व्यवसायबाट प्राप्त गर्ने मुनाफा र लाभमा

१० प्रतिशत

९५क (२)क

नेपाल धितोपत्र बोर्डमा सूचिकरण भएको निकायको हितको निःसर्गबाट प्राप्त लाभको भुक्तानी वासिन्दा निकायको हकमा तीन सय पैसठ्ठी दिन भन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको पाँच प्रतिशत र तीन सय पैसठ्ठी दिन भन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको सात दशमलब पाँच प्रतिशत

५ प्रतिशत/ ७.५ प्रतिशत

नेपाल धितोपत्र वोर्डमा सूचिकरण भएको निकायको हितको निसर्गबाट प्राप्त लाभ रकमको हकमा  (बासिन्दा निकायको लागि)

१० प्रतिशत

नेपाल धितोपत्र वोर्डमा सूचिकरण भएको निकायको हितको निसर्गबाट प्राप्त लाभ रकमको हकमा  (अन्यको हकमा)

२५ प्रतिशत

९५क (२)ख

नेपाल धितोपत्र वोर्डमा सूचिकरण नभएको निकायको हितको निसर्गबाट प्राप्त लाभ रकमको हकमा  (बासिन्दा प्राकृतिक ब्यक्तिको लागि)

१०प्रतिशत

नेपाल धितोपत्र वोर्डमा सूचिकरण नभएका निकायको हितको निसर्गबाट प्राप्त लाभ रकमको हकमा  (बासिन्दा निकायको लागि)

१५ प्रतिशत

नेपाल धितोपत्र वोर्डमा सूचिकरण नभएका निकायको हितको निसर्गबाट प्राप्त लाभ रकमको हकमा  (अन्यको हकमा)

२५ प्रतिशत

९५क (५)क

प्राकृतिक ब्यक्तिले ५ वर्ष भन्दा बढी अबधीको स्वामित्व धारण गरेको गैर व्यवसायिक करयोग्य सम्पत्ती (जग्गा तथा घरजग्गा) को निसर्ग भएको पूजीगत लाभमा

२.५ प्रतिशत

९५क (५)ख

प्राकृतिक ब्यक्तिले ५ वर्ष भन्दा कम अबधीको स्वामित्व धारण गरेको गैर व्यवसायिक करयोग्य सम्पत्ती (जग्गा तथा घरजग्गा) को निसर्ग भएको पूजीगत लाभमा

५ प्रतिशत

९५क (६)

दफा ९५क(५) मा लेखिए देखि वाहेक अन्य कुनै व्यक्तिको स्वामित्वको जग्गा वा भवन नि:सर्गको मूल्यमा

१.५ प्रतिशत

९५क (७)

व्यापारिक प्रयोजनको लागि पैठारी हुने भन्सार दरबन्दीको भाग १ मा पर्ने राँगा, भैसी, खसी, बोका, भेडा, च्याङग्रा, भाग ३ मा पर्ने जीवित, ताजा तथा हिमिकृत गरिएको माछा, भाग ६ मा पर्ने ताजा फूलहरु, भाग ७ मा पर्ने ताजा तरकारी, आलु प्याज, सुख्खा तरकारी, लसुन, बेबी कर्न र भाग ८ मा पर्ने ताजा फलफूलहरुमा भन्सार प्रयोजनको लागि कायम मूल्यमा

५ प्रतिशत

भाग २ को मासु, भाग ४ को दूधजन्य पदार्थ, अण्डा, मह, भाग १० को कोदो, फापर, जुनेलो, चामल, कनिका, भाग ११ को मैदा, आँटा तथा पिठो, भाग १२ को जडिबुटी, उखु र भाग १४ को वनस्पतिजन्य उत्पादनमा

२.५ प्रतिशत

हाल आयकरको दर न्यूनतम १ प्रतिशत देखि १०, १५, २०, २५ र अधिकतम ३० प्रतिशतसम्म रहेको छ । तर ऐनको दफा ११ ले केही क्षेत्रगत व्यबसायमा र वर्गलाई आंशिक छुट दिएको छ ।

आर्थिक ऐन २०७२ अर्थात २०७२ श्रावण १ गते पछिको निवृत्तिभरण आयमा १ प्रतिशत सामाजिक सुरक्षा कर नलाग्ने व्यवस्था भएको छ ।

प्राकृतिक व्यक्तिले दम्पत्तिको रुपमा आफैले छनौट गरी आय विवरण भर्न सक्दछन् । यस्तो छनौट अर्को वर्ष परिवर्तन पनि गर्न सक्दछ । यस्तो छनौट गर्न आ.रा.वि. लगायत कसैसंग स्वीकृति लिई रहनु पर्दैन । श्रीमान् वा श्रीमती दुबैजनाको आयश्रोत भएपनि/नभएपनि यस्तो छनौट गर्न सक्दछन् र प्राकृतिक व्यक्तिले दम्पत्तिले पाउने सुविधा पाउन सक्दछ ।श्रीमान् वा श्रीमती दुबैजनाको आयश्रोत भएको प्राकृतिक व्यक्तिले दम्पत्तिको सुविधा लिएमा दुवैको आयलाई संयुक्त रुपमा जोडी कर गणना गर्नु पर्दछ । आश्रितलाई भरणपोषण गर्नुपर्ने बासिन्दा विधवा वा विधुरलाई पनि दम्पत्ति सरह मानिन्छ ।

क) प्राकृतिक व्यक्तिलाई लाग्ने करको दर र छुटको सिमा आर्थिक वर्ष अनुसार फरक हुन सक्छ । प्राकृतिक व्यक्तिको रोजगारीको आयमात्र भएमा सो आयमा आ.व २०७८/०७९ मा लाग्ने करको दर निम्नानुसार छ ।

विवरण

करयोग्य आय रु.

करको दर

एक्लो प्राकृतिक व्यक्तिको रुपमा छनौट गर्नेको हकमा

(क)    ४,००,०००।०० सम्म

सामाजिक सूरक्षा कर बापत एक प्रतिशत कर लाग्ने ।

(ख)    ५,००,०००।०० सम्म

रु.४लाखसम्म एक प्रतिशतर बांकी रकममा दश प्रतिशतले कर लाग्ने ।

(ग)     ७,००,०००।०० सम्म

रु.५लाखसम्म चौध हजार रुपैयाँ र बांकी रकममा बीस प्रतिशतले कर लाग्ने ।

(घ)     २०,००,०००।०० सम्म

रु.७लाखसम्म चौवन्न हजार रुपैयाँ र बांकी रकममा तीस प्रतिशतले कर लाग्ने ।

(ङ)    २०,००,०००।०० रुपैयाँभन्दा बढी करयोग्य आय हुनेको हकमा

रु.४ लाखमा एक प्रतिशत,

रु.1 लाखमादश प्रतिशत,

रु.२ लाखमा बीस प्रतिशत,

रु.१३ लाखमा तीस प्रतिशत,

रु.२० लाख भन्दा बढी रकममा छत्तीस प्रतिशतका दरले कर लाग्ने ।

तर निवृत्तभरण  बापतको  आय,  निवृत्तभरण  कोष  र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्ति वा दम्पत्तिको हकमा १ प्रतिशत कर लाग्दैन ।

दम्पती प्राकृतिक व्यक्तिको रुपमा छनौट गर्नेको हकमा

(क)    ४,५०,०००।०० सम्म

सामाजिक सूरक्षा कर बापत एक प्रतिशत कर लाग्ने ।

(ख)    ५,५०,०००।०० सम्म

रु.४लाख ५० हजारसम्म एक प्रतिशतर बांकी रकममा दश प्रतिशतले कर लाग्ने ।

(ग)     ७,५०,०००।०० सम्म

रु.५लाख ५० हजारसम्म चौध हजार पाँच सय रुपैयाँ र बांकी रकममा बीस प्रतिशतले कर लाग्ने ।

(घ)     २०,००,०००।०० सम्म

रु.७लाखसम्म चौवन्न हजार पाँच सय रुपैयाँ र बांकी रकममा तीस प्रतिशतले कर लाग्ने ।

(ङ)    २०,००,०००।०० रुपैयाँभन्दा बढी करयोग्य आय हुनेको हकमा

रु.४ लाख ५० हजारमा एक प्रतिशत,

रु.1 लाखमादश प्रतिशत,

रु.२ लाखमा बीस प्रतिशत,

रु.१२ लाख ५० हजारमा तीस प्रतिशत,

रु.२० लाख भन्दा बढी रकममा छत्तीस प्रतिशतका दरले कर लाग्ने ।

तर निवृत्तभरण  बापतको  आय,  निवृत्तभरण  कोष  र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्ति वा दम्पत्तिको हकमा १ प्रतिशत कर लाग्दैन ।

ख) प्राकृतिक व्यक्तिको व्यवसायिक आय अर्थात एकलौटी (प्रोप्राईटरशीप) फर्मको व्यवसायिक आयमा आ.व २०७८/०७९ मा लाग्ने करको दर र कर निम्नानुसार छ ।

विवरण

करयोग्य आय रु.

करको दर

एक्लो प्राकृतिक व्यक्तिको रुपमा छनौट गर्नेको हकमा

(क)    ४,००,०००।०० सम्म

कर नलाग्ने ।

(ख)    ५,००,०००।०० सम्म

रु.४लाखसम्म कर नलाग्नेर बांकी रकममा दश प्रतिशतले कर लाग्ने ।

(ग)     ७,००,०००।०० सम्म

रु.५लाखसम्म दश हजार रुपैयाँ र बांकी रकममा बीस प्रतिशतले कर लाग्ने ।

(घ)     २०,००,०००।०० सम्म

रु.७लाखसम्म पचास हजार रुपैयाँ र बांकी रकममा तीस प्रतिशतले कर लाग्ने ।

(ङ)    २०,००,०००।०० रुपैयाँभन्दा बढी करयोग्य आय हुनेको हकमा

रु.४ लाखमा कर नलाग्ने,

रु.1 लाखमा दश प्रतिशत,

रु.२ लाखमा बीस प्रतिशत,

रु.१३ लाखमा तीस प्रतिशत,

रु.२० लाख भन्दा बढी रकममा छत्तीस प्रतिशतका दरले कर लाग्ने ।

दम्पती प्राकृतिक व्यक्तिको रुपमा छनौट गर्नेको हकमा

(क)    ४,५०,०००।०० सम्म

कर नलाग्ने ।

(ख)    ५,५०,०००।०० सम्म

रु.४लाख ५० हजारसम्म कर नलाग्नेर बांकी रकममा दश प्रतिशतले कर लाग्ने ।

(ग)     ७,५०,०००।०० सम्म

रु.५लाख ५० हजारसम्म दश हजार रुपैयाँ र बांकी रकममा बीस प्रतिशतले कर लाग्ने ।

(घ)     २०,००,०००।०० सम्म

रु.७लाखसम्म पचास हजार रुपैयाँ र बांकी रकममा तीस प्रतिशतले कर लाग्ने ।

(ङ)    २०,००,०००।०० रुपैयाँभन्दा बढी करयोग्य आय हुनेको हकमा

रु.४ लाख ५० हजारमा कर नलाग्ने,

रु.1 लाखमा दश प्रतिशत,

रु.२ लाखमा बीस प्रतिशत,

रु.१२ लाख ५० हजारमा तीस प्रतिशत,

रु.२० लाख भन्दा बढी रकममा छत्तीस प्रतिशतका दरले कर लाग्ने ।

आयकर ऐन, २०५८ र सम्बन्धित वर्षको आर्थिक ऐनले कर नलाग्ने छुट रकमको सिमा फरक फरक तोकेको हुन्छ । तर प्राकृतिक व्यक्तिको रोजगारी आय भएमा कर छुटको सिमा नभएकोले शुरुदेखि कै छुट सिमा सम्मको आयमा सामाजिक सुरक्षा कर लाग्दछ । आ.व २०७८।०७९ को लागि हेर्ने हो भने प्राकृतिक व्यक्तिकोव्यवसायिक आय अर्थात एकलौटी (प्रोप्राईटरशीप) फर्मको व्यवसायिक आयमा शुरु सिमा (एकल व्यक्तिको लागि रु.४ लाख तथा दम्पत्तिका लागि रु.४ लाख५० हजार)मा आयकर लाग्दैन तर प्राकृतिक व्यक्तिको रोजगारीको आयको शुरु स्ल्याव अर्थात एकल व्यक्तिको हकमा रु.४ लाख तथा दम्पत्तिको हकमा रु.४ लाख५० हजार सम्मको आयमा समेत १% ले कर लाग्दछ । तर निवृत्तभरण  बापतको  आय,  निवृत्तभरण  कोष  र योगदानमा आधारितसामाजिक सुरक्षा कोषमा योगदान गरेको रकममा १ प्रतिशत कर लाग्दैन ।

शुल्क पनि ब्याज जस्तै तोकिएको दरले लाग्दछ र यसमा कुनै तजबीजी अधिकार कर अधिकृतसंग रहेको छैन । ऐनको (र नियमको) व्यवस्थाको पालना नगर्ने (ऐनमा स्पष्ट ब्याज वा शुल्क लाग्ने व्यवस्थाहरु बाहेक) व्यक्तिलाई भने रु. ५ हजारदेखि रु. ३० हजारसम्म जरिवाना सरहको शुल्क अटेरीको प्रकृति हेरी लाग्न सक्दछ ।

  • किस्ताबन्दीको विवरण/अनुमानित करको विवरण (आय विवरण) दाखिला गर्न सकेन भने प्रति विवरण रु.५ हजार रुपैयाँ वा आय विवरणमा उल्लेखित निर्धारण योग्य आय रकमको शून्य दशमलव शून्य एक प्रतिशतले हुने रकम मध्ये जुन वढी हुन्छ सो रकम शुल्क लाग्दछ ।
  • पूर्वानुमानितकरको विवरण दाखिलानगर्ने व्यक्तिलाई रु. एक सय प्रति महिनाका दरले शुल्क लाग्दछ।
  • अन्य व्यक्तिले आय विवरण दाखिला नगरेमा सो आय वर्षमा कुनै रकम कटाई पाउने भए सो नकटाई (अर्थात् कारोवाररकम) र कुनै रकम समावेश गर्नुपर्ने भए सो समावशे गरी हुने निर्धारणयोग्य आयको रकमको ०.१% प्रति वर्षका दरले हुने रकम वा एक सय रुपैयाँ प्रति महिनाका दरले हुने रकम मध्ये जुन बढी हुन्छ सो रकम शुल्क लाग्दछ ।
  • कुनै राख्नु पर्ने कागजात नराखेमा कारोवार रकमको ०.१% प्रतिशत वा वार्षिक एक हजार रुपैयाँ मध्ये जुन बढी हुन्छ सो रकम शुल्क लाग्दछ ।
  • त्यसै गरी जानजानी वा लापरवाही गरेको कारणबाट झुठा वा भ्रमपूर्ण विवरण दाखिला गर्नेलाई घटी हुन गएको कर रकमको शत् प्रतिशत र भूलवश मात्र त्रुटी हुन गएकोमा घटी कर दाखिला रकमको ५० प्रतिशत शुल्क लाग्दछ ।
  • मतियारलाई कम कर तिर्ने व्यक्तिले तिरेको कम करको शत् प्रतिशत रकम शुल्क लाग्दछ र साथै ऐन नियमका अन्य व्यवस्था उल्लंघन गर्ने व्यक्तिलाई ५ हजारदेखि ३० हजार रुपैयाँसम्म शुल्क लाग्दछ ।
  • अग्रिम कर असुल गर्नुपर्ने कुनै व्यक्तिले प्रत्येक महिना समाप्त भएको पच्चिस दिन भित्र विवरण दाखिला नगरेमा अग्रिम कर असुल गर्नुपर्र्ने रकमको वार्षिक २.५ प्रतिशतका दरले हुने शुल्क लाग्छ ।

ऐन बमोजिम आय विवरण/वित्तिय पेश गरि तिर्नुपर्ने सम्पुर्ण कर तिरिसकेपछि आवश्यक कागजात सहित सम्बन्धित कार्यालयमा निवेदन दिनु पर्छ ।डे ०१ आय विवरणपेश गर्ने करदाताको हकमा सम्बन्धित आ.रा.का. तथा करदाता सेवा कार्यालयमा विवरण पेश नगरी बैंक काउण्टर मार्फत राजस्व बुझाउँदा नै सिधै डे ०१ आय विवरण तथा राजस्व दाखिला फाराम भरी आय विवरण तथा पूर्वानुमानित कर बुझाएपछि करदाता स्वयंले कम्प्युटर प्रणालीवाट करचुक्ता प्रमाणपत्र निकाल्न सक्नेछ । यसको लागि सम्बन्धित कार्यालयमा गई निवेदन दिनु पर्दैन ।

कर चुक्ता प्रमाण पत्र प्राप्त गर्न देहायका कागजातहरु पेश गर्नुपर्दछ ।

  • आय विवरण पेश गर्नुपर्ने हकमा आय विवरण पेश गरी निर्धारित कर दाखिला गरेको हुनुपर्ने ।
  • विगत आ.व.हरुको आय विवरण र कर वक्यौता नभएको ।
  • बित्तीय विवरण पेश गर्नुपर्ने करदाताको हकमा वित्तीय विवरण र लाग्ने कर वापतको रकम तिरेको भौचर ।
  • रोजगारीको आय हुनेको सम्वन्धमा रोजगारदातावाट आम्दानी र कर दाखिलाको विवरण ।
  • अरु कुराको हकमा कार्यालयवाट तोकिए वमोजिम ।

डे०१ आयविवरण पेश गर्ने करदाताको हकमा बैंक काउण्टर मार्फत राजस्व बुझाउँदा नै सिधै डे ०१ आय विवरण तथा राजस्व दाखिला फाराम भरी आय विवरण तथा पूर्वानुमानित कर बुझाएपछि करदाता स्वयंले कम्प्युटर प्रणालीवाट करचुक्ता प्रमाणपत्र निकाल्न सक्ने व्यवस्था रहेकोले करचुक्ताको लागि सम्बन्धित कार्यालयमा गई कागजात पेश गरिरहनु पर्दैन ।

औद्योगिक व्यवसाय ऐन, २०७६ को अनुसूची-१० मा उल्लेख भएका अति अविकसित क्षेत्रका
फलफूलमा आधारित वाइन एवं मदिरा उद्योग खोल्दा इजाजत दस्तुरमा पचहत्तर प्रतिशत छुट हुने
कानूनी व्यवस्था रहेको छ ।

उत्पादन तथा पैठारीकर्ताको हकमा माघ महिना सम्ममा नविकरण नगराएमा इजाजतपत्र खारेज
हुन्छ । इजाजतपत्रवालाले इजाजत पत्र नवीकरण गराउन त्यस्तो अवधि नाघेको पहिलो तीन महिना
भित्र नवीकरण दस्तुरको पच्चीस प्रतिशत, त्यसपछिको तीन महिना भित्र नवीकरण गराएमा नवीकरण
दस्तुरको पचास प्रतिशत, त्यसपछिको तीन महिना भित्र नवीकरण गराउन नवीकरण दस्तुरको
पचहत्तर प्रतिशत र त्यसपछि असार मसान्त सम्मको अवधिको लागि शत प्रतिशत जरिवाना वुझाई
इजाजतपत्र नवीकरण गराउन सकिन्छ । असार मसान्त सम्म पनि नविकरण नगराएमा इजाजतपत्र
खारेज हुन्छ ।

विभागमा प्रशासकीय पुनराबलोकनको निबेदन दिंदा निर्धारित अन्तःशुल्क रकम मध्ये विवाद रहित
अन्तःशुल्क र जरिवाना रकम बुझाई विबादित अन्तःशुल्क र जरिवाना रकमको एक चौथाई रकम
दाखिला गर्नु पर्दछ । राजस्व न्यायाधिकरणमा पुनराबेदन दिदा विवादित अन्त:शुल्क रकम र
जरिवानाको पचास प्रतिशत रकम धरौटी राख्नु पर्ने वा त्यस्तो रकम बापत बैंक जमानत दिनु पर्छ ।

नेपाल भित्रका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका क्षेत्र भित्र र तोकिएको प्रमुख
राजमार्ग क्षेत्रमा (होटल, रेष्टुरेण्ट, पार्टी प्यालेस बाहेक) मदिराको कारोबार गर्नेले मदिरा र सूर्तीजन्य
वस्तुको मात्र कारोबार गर्न पाउने छ ।

६५० एम.एल. को वियरको प्रत्येक वोतलमा अन्त:शुल्क स्टीकर लगाउनु पर्छ भने अन्य साइजका वियरका हकमा कार्टुनको तल माथी एक एक वटा स्टीकर लगाउनु पर्छ ।

नवीकरण हुदैन । नवीकरण नभएको अवधिको नवीकरण दस्तुरबाट भने उन्मुक्ति पाउदैन ।

इजाजतपत्र लिनु पर्ने वस्तु तथा सेवाको इजाजतपत्र दस्तुर र नवीकरण दस्तुर सम्बन्धमा आर्थिक विधेयक (प्रतिस्थापन), २०७८ ले देहाय बमोजिमको इजाजत दस्तुर र नविकरण दस्तुर तोकेको छ । सालबसाली आर्थिक ऐनले हरेक वर्ष समायोजन गर्ने हुँदा सम्बन्धित आर्थिक वर्षको आर्थिक ऐन हेर्न अनुरोध गरिन्छ।

सि.नं.

विवरण

दर रु.

१.

मदिरा र इथानोल उत्पादन तर्फः–

(क)

स्प्रिट उत्पादन गर्ने प्रतिष्ठानको लागि

१,९५,०००।-

(ख)

बियर उत्पादन गर्ने प्रतिष्ठानको लागि

१,९५,०००।-

(ग)

ईथानोल उत्पादन गर्ने प्रतिष्ठानको लागि

१,९५,०००।-

(घ)

वाईन/व्राण्डी (फलफूलमा आधारित) मात्र बनाउने प्रतिष्ठानको लागि

९६,०००।-

(ङ)

अन्य मदिरा उत्पादनका लागि

१,९५,०००।-

(च)

चुरोट उत्पादन गर्ने प्रतिष्ठानको लागि

२,४०,०००।-

२.

मदिरा बिक्री वितरण तर्फः–

(क)

होटल, रेष्टुरेण्ट तथा लजहरूको लागि

(१)

पाँचतारे होटल

६०,०००।-

(२)

चारतारे होटल

४८,०००।-

(३)

तीनतारे होटल

३६,०००।-

(४)

दुईतारे होटल

२४,०००।-

(५)

एकतारे होटल

१२,०००।-

(६)

स्वदेशी तथा विदेशी मदिरा बोतल खोली बिक्री वितरण गर्ने पर्यटक

स्तरको रेष्टुरेण्ट, रिसोर्ट तथा पार्टी प्यालेस

८,५००।-

(७)

स्वदेशी मदिरा बोतल खोली बिक्री वितरण गर्ने साधारण होटल, रेष्टुरेण्ट र वार तथा लज

४,५००।-

(ख)

मदिरा विक्रेताको लागिः–

(१)

मदिरा वितरक

३६,०००।-

(२)

थोक विक्रेता

२४,०००।-

(३)

स्वदेशी तथा विदेशी मदिरा बिक्री गर्ने खुद्रा विक्रेता

१२,०००।-

(४)

महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा स्वदेशी मदिरा मात्र बिक्री गर्ने खुद्रा विक्रेता

८,५००।-

(५)

महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका वाहेकका

अन्य क्षेत्रमा स्वदेशी मदिरा मात्र बिक्री गर्ने खुद्रा विक्रेता

४,५००।-

(६)

डिपार्टमेण्टल स्टोर

२४,०००।-

(ग)

मदिरा निकासी तथा पैठारी कर्ताको लागिः–

(१)

विदेशी मदिरा र स्प्रिट पैठारीकर्ता

४८,०००।-

(२)

मदिरा निकासीकर्ता

६,०००।-

३.

पैठारी तथा अन्य वस्तु खरिद बिक्री र उत्पादन तर्फः–

(क)

विदेशी चुरोट र सिगार

४८,०००।-

(ख)

सूर्ती तथा सूर्तीजन्य वस्तु (विदेशी खैनी, जर्दा, नश तथा पानमसला आदि) पैठारी गर्नेको लागि

४८,०००।-

(ग)

पान मसला, चुरोट, खैनी, जर्दा, नश, सुर्ती, तथा सुर्तीजन्य वस्तु थोक बिक्री

७,२००।-

(घ)

पान मसला, खैनी, जर्दा, नश, सुर्ती, तथा सुर्तीजन्य वस्तु(चुरोट वाहेक) उत्पादन गर्नेको लागि

१,२०,०००।-

(ङ)

चुरोट, खैनी, जर्दा, नश, पानपराग, तथा पानमसला खुद्रा खरिद बिक्री गर्नेको लागि

२,०००।-

(च)

विदेशी खुदो र गुँड पैठारी गर्नेको लागि

१८,०००।-

(छ)

खुदो, गुँड र स्प्रिट खरिद बिक्री (निकासी समेत) गर्नेको लागि

६,०००।-

(झ)

नेपाल बाहिर चुरोट र अन्य सूर्तीजन्य वस्तुहरु निकासीकर्ता

६,०००।-

(ञ)

माथि खण्ड (क) देखि (झ) सम्म उल्लेख नभएका तर स्वदेशमा उत्पादन गर्दा अन्तःशुल्क लाग्ने वस्तुहरु पैठारी गर्नेको लागि

१२,०००।-

(ट)

पावर पावर क्रसर प्रयोग गरी उत्पादन हुने सख्खर (गुण), कालो सख्खर, रसकट उत्पादन गर्ने देहाय बमोजिमका उद्योगको लागिः–

(ठ)

खण्ड (क) देखि (ञ) सम्म उल्लेख नभएका तर पैठारी गर्दा अन्तःशुल्क लाग्ने वस्तुहरु पैठारी गर्नेको लागि

१२,०००।-

(१)भर्टिकल रोलर प्रयोग गर्ने उद्योगको लागि (दश हर्स पावर सम्मको)

२४,०००।-

(२)होरिजेन्टल रोलर प्रयोग गर्ने उद्योगको लागि (दश हर्सपावर भन्दा बढीको)

४८,०००।-

४.

माथि प्रकरण १,२ र ३ मा उल्लेख भए वाहेकको हकमा प्रतिष्ठानको स्थिर पूंजीको आधारमा प्रत्येक १ लाख रुपैयाँ स्थिर पूंजी भएको प्रतिष्ठानलाई साठी रुपैयाँका दरले उत्पादन इजाजतपत्र दस्तुर लाग्नेछ । यस्तो इजाजतपत्र दस्तुर न्यूनतम आठ हजार रुपैयाँ भन्दा कम र अधिकतम अड्चालीस हजार रुपैयाँ भन्दा बढी हुने छैन ।

.

यस बमोजिमको दस्तुर दुर्गम क्षेत्रका फलफूलमा आधारित वाइन एवम् मदिरा उद्योगको हकमा पचहत्तर प्रतिशतले कम लाग्नेछ ।

मदिरा, वियर, वाइन, चुरोट र सूर्तीजन्य पदार्थ उत्पादन, पैठारी, निकासी, विक्री वा संचय गर्न तथा
त्यस्तो बस्तुको थोक वा खुद्रा खरिद, विक्री, ओसार पसार र भण्डारणको कारोबार शुरु गर्नु भन्दा
अगाडि नै ईजाजत लिनु पर्दछ । मदिरा, वियर, वाइन, चुरोट र सूर्तीजन्य पदार्थ बाहेकका अन्य बस्तुका
निकासीकर्ता तथा पैठारीकर्ताले निकासी तथा पैठारी गर्नु अगावै र उत्पादकले उत्पादन शुरुगर्नु अगावै
इजाजत पत्र लिनु पर्छ । त्यस्ता वस्तुका विक्रेताले इजाजतपत्र लिनुपर्दैन ।

देहायको अवस्थाले तामेली भएको जनाउछ ।
 व्यक्तीको ठेगानामा फ्याक्स, इमेल वा त्यस्तै अन्य विद्युतीय माध्यम मार्फत पठाएको,
 जसलाई बुझाउनु पर्ने हो उसैलाई वा निजको प्रतिनिधी वा कर्मचारीलाई वा निकायको
प्रबन्धक वा निजले तोकेको प्रतिनिधी वा कर्मचारीलाई बुझाएको,
 हुलाकबाट रजिष्ट्री गरी पठाएको,
 कम्प्युटर प्रविधिबाट तामेल गरिएको,
 रेडियो टेलिभिजन वा राष्ट्रीय स्तरको दैनिक पत्रपत्रिकाबाट सूचना प्रसारण प्रकाशन गरेको ।

मासिक रुपमा कर विवरण वुझाउने गरी दर्ता भएका करदाताले कर अवधी समाप्त भएको
२५ दिन भित्र कर विवरण बुझाउनु पर्दछ । ईटा उद्योग, छापा, छापा तथा विद्युतीय
प्रकाशन वा प्रसारण गृह, होटल, पर्यटन, चलचित्र घर तथा ढुवानी व्यवसायीले चाहेमा
चौमासिक रुपमा कर विवरण पेश गर्न सक्नेछ ।

दर्ता भएका करदाताले आफ्नो कारोवारको खरिद तथा बिक्री सम्बन्धी विवरण प्रत्येक कर
अवधि समाप्त भएको २५ दिन भित्र आफू दर्ता भएको कार्यालय (ठूला करदाता कार्यालय,
मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालय)
मा पेश गर्न प्रयोग गर्नु पर्ने ऐनको अनुसूची १० को ढाँचाको विवरण हो ।

फिर्ता पाईन्छ ।

कुनै उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य प्रचलित कानून बमोजिम विद्युतिय माध्यामबाट भूक्तानी गरेमा नीजलाई नगद प्रोत्साहन स्वरुप भूक्तानी गरेको करको दश प्रतिशत रकम नगद प्रोत्साहन स्वरुप निजको वैंक खातामा फिर्ता गरिन्छ ।

पाउँदैन ।

सक्नुहुन्न । दर्तावाल करदाताले कर विवरण (अनुसूची–१०) बाट नै कर फिर्ता माग गर्नु पर्दछ ।

नेपाल भ्रमण गरी हवाइ मार्गबाट फर्कने विदेशी पर्यटकले रु.२५,०००।- (पच्चिसहजार रुपैयां) भन्दा बढीको कर लाग्ने बस्तु खरिद गरी आफूसंग लगेमा त्यस्तो बस्तुमा तिरेको कर फिर्ता दिईनेछ ।

  • कुटनीतिज्ञले परिचयपत्रको प्रतिलिपि सहित आफ्नो कुटनीतिक नियोगमार्फत नियमावलीको अनुसूची १७ भरी फिर्ता दावी गर्नुपर्छ,
  • परराष्ट्र मन्त्रालयको कन्सुलर शाखामार्फत आन्तरिक राजस्व विभागको कर फिर्ता शाखामा वा सम्वन्धित आ.रा.का मा फिर्ता दावी गर्नुपर्नेछ परराष्ट्र मन्त्रालयले पारस्पारिकता छ भनी सिफारिश गरेको हुनुपर्नेछ ,
  • कर फिर्ता दावीसंगै कर तिरेको सक्कल विजक र तिनीहरुको प्रतिलिपि पेश गर्नुपर्छ,
  • हाल Online System बाट समेत कागजातहरु पेश गरी कर फिर्ता माग गर्न सकिन्छ ।

कुटनीतिज्ञ वा कुटनीतिक नियोगले स्थानीय बजारमा कर लाग्ने बस्तु वा सेवा खरिद गर्दा  तिरेको कर  (एक पटकमा १०,०००।- रुपैयां भन्दा कमको खरिदमा तिरेको कर बाहेक अन्य) फिर्ता पाउंछन् ।

वार्षिक पन्ध्र प्रतिशतको दरले ब्याज पाईन्छ । यस्तो ब्याज रकम फिर्ता माग गरेको मितिले साठी दिनपछि मात्र गणना गरिनेछ ।

कर विवरण (अनुसूची-१०) बाट फिर्ता माँग गरी कर परिक्षणका बखत अन्य कागजात बुझाउनुपर्छ ।

कारोवार भएको मितिले तीन वर्षभित्र फिर्ता पाउन दरखास्त दिई सक्नु पर्दछ ।

पाईन्छ ।

दर्तावाल व्यक्तिले आफूले उठाएको कर खरिदमा तिरेको करमा मिलान नभई बांकि रहेको अवस्थामा फिर्ता पाउने गरी गरिएको व्यवस्था हो । साथै दर्ता भएको व्यक्ति बाहेक करको भार बहन गर्नु नपर्ने कुटनीतिज्ञ/कुटनीतिक नियोग र कर छुटको सुविधा प्राप्त व्यक्ति वा संस्थाहरुलाई उनीहरुले खरिद गरेको बस्तु वा सेवामा तिरेको वा तिर्नुपर्ने कर फिर्ता गरिन्छ ।

तपाईंले प्रमाणित प्रतिलिपी बीजकका आधारमा कर कट्टी दावी गर्न मिल्छ तर बीजक हराए वापत जरिवाना भने तिर्नुपर्दछ ।

आयात गरेको वस्तु वा सेवाको मूल्य कायम नभएसम्म त्यस्तो वस्तु वा सेवामा तिरेको कर कट्टी गर्न पाइदैन । कुनै वस्तु आयात गर्दा धरौटी राखी आयात गरिएको भए सदरस्याहा भएको अर्थात मूल्य एकिन भएका मितिले एक बर्षसम्म मात्र कर कट्टी दावी गर्न सकिन्छ ।

कर बिजक नभए पनि कर बुझाएको राजस्व भौचरका आधारमा  कर कट्टी दावी गर्न मिल्छ ।

कर बिजक नभए पनि कर बुझाएको राजस्व भौचरका आधारमा कर कट्टी दावी गर्न मिल्छ |

तपाईंले पुरै कर कट्टी दावी गर्न मिल्दैन । बीमा गर्नु भएको छ भने बीमा कंपनीबाट प्राप्त क्षतिपूर्तिको हदसम्म स्वयंले कर कट्टी गर्न सक्नु हुनेछ । बीमा नगरेको वस्तुको हकमा आवश्यक प्रमाण सहित त्यस्तो अवस्था भएको मितिले ३० दिनभित्र त्यस्तो वस्तुमा तिरेको कर कट्टी गर्नको लागि आन्तरिक राजस्व कार्यालयमा निबेदन दिनु पर्दछ । त्यस्तो निबेदन उपर कर अधिकृतले छानबिन गरी कर कट्टी गर्न दिन सक्नेछ ।

पाईंदैन ।

भन्सार प्रज्ञापन पत्र, नगदी रसीद, सामानको बिजक तथा भन्सारको बाटोभई आयात नहुने सेवाको आपूर्तिको हकमा सेवाको बिजक र भुक्तानीको प्रमाण सम्बन्धी कागजातहरु ।

कर बिजक प्राप्त गरेको हुनुपर्छ । तर निजी आवादी, निजीवन, सामुदायिक वन तथा राष्ट्रिय वनको काठ लिलामी तथा बिक्री एवं स्थानिय निकाय वा नेपाल सरकारले कर लाग्ने वस्तु वा सेवा बिक्री गर्दा र ऐनको दफा ८(२) बमोजिम कर असुल गरेकोमा भने कर बिजक नभए पनि राजस्व भौचरका आधारमा सम्बन्धित करदाताले कर कट्टीको सुबिधा पाउनेछ ।

मिल्छ । करदाताले आफू दर्ता हुंदाका बखत मौज्दातमा रहेका वस्तुमा लागेको कर कट्टी गर्नको लागि नियमावलीको अनुसूची – १६ बमोजिमको ढांचामा कर अधिकृत समक्ष निबेदन दिनु पर्छ । यसरी कर कट्टीको दाबी गर्दा कर तिरेको बिजकहरु र अन्य प्रमाण कागजातहरु दर्ता भएको १५ दिनभित्र पेश गरी सक्नु पर्दछ ।

करदाताद्वारा गरिएको दाबी उपर कर अधिकृतले छानबिन गरी स्वीकृत भए पछि मात्र करदाताले कर कट्टीको सुबिधा पाउंदछ ।

खरिद गरेको मितिले एक वर्ष भित्र ।

मिल्छ ।

 डेबिट नोट जारी गरेर सो वस्तु फिर्ता गर्न सकिन्छ ।

कुनै वस्तु आगजनी, चोरी, दुघर्टना, टुटफुट, ध्वंसात्मक गतिविधिका कारणले हानी नोक्सानी हुन गई त्यस्तो वस्तुको मौज्दातबाट लगत कट्टा गर्नु परेमा वा कम मूल्यमा बिक्री गर्नु पर्ने भएमा आवश्यक प्रमाण सहित त्यस्तो अवस्था भएको मितिले ३० दिनभित्र त्यस्तो वस्तुमा तिरेको कर कट्टी गर्नको लागि आन्तरिक राजस्व कार्यालयमा निबेदन दिनु पर्दछ । त्यस्तो निबेदन उपर कर अधिकृतले छानबिन गरी कर कट्टी गर्न दिन सक्नेछ ।  बीमा गर्नु भएको छ भने बीमा कंपनीबाट प्राप्त क्षतिपूर्तिको हदसम्म स्वयंले कर कट्टी गर्न  सक्नु हुनेछ ।

करयोग्य र करछुट भएका वस्तु वा सेवा दुवैको कारोवार गरेको अवस्थामा कर लाग्ने वस्तु वा सेवासंग प्रत्यक्ष रुपमा सम्बन्धित खरीद वा आयातमा तिरेको कर मात्र कट्टी गर्न पाउंदछ । तर यदि कर लाग्ने वस्तु वा सेवाको बिक्रीसंग खरीद वा आयात भएका वस्तु वा सेवाको प्रत्यक्ष सम्बन्ध स्थापित गर्न नसकिएको खण्डमा करदाताले बिक्री गरेको कुल मूल्य मध्ये कर लाग्ने कारोवारको मूल्यको समानुपातिक हिसावबाट खरीद वा आयातमा तिरेको कर कट्टी गर्न सकिने कानूनी व्यवस्था रहेको छ ।

मिल्दैन । व्यावसायिक र ब्यक्तिगत दुबै प्रयोजनका लागि प्रयोग गर्नुहुन्छ भने खरीद मूल्यको ४० प्रतिशत मात्र कर कट्टी गर्न पाइन्छ ।

व्यावसायिक र ब्यक्तिगत दुबै प्रयोजनका लागि प्रयोग हुन सक्ने अटोमोवाइल्स खरीदमा खरीद मूल्यको ४० प्रतिशत मात्र कर कट्टी गर्न पाइन्छ । यस प्रयोजनका लागि अटोमोवाइल्स भन्नाले तीन वा सोभन्दा बढी पांग्रा भएको सडकमा गुड्ने यात्रुवाहक सवारी साधन सम्झनु पर्छ । यद्यपी अटोमोवाइल्सको आपूर्ति गर्ने कार्य नै मुख्य व्यवसाय रहेको खण्डमा भने पूर्ण रुपमा कर कट्टीको सुबिधा पाइन्छ ।

पाईदैन । करयोग्य र करछुट भएका वस्तु वा सेवा दुवैको कारोवार गरेको अवस्थामा कर लाग्ने वस्तु वा सेवासंग प्रत्यक्ष रुपमा सम्बन्धित खरीद वा आयातमा तिरेको कर मात्र कट्टी गर्न पाउंदछ । तर यदि  कर लाग्ने वस्तु वा सेवाको बिक्रीसंग खरीद वा आयात भएका वस्तु वा सेवाको प्रत्यक्ष सम्बन्ध स्थापित गर्न नसकिएको खण्डमा करदाताले बिक्री गरेको कुल मूल्य मध्ये कर लाग्ने कारोवारको मूल्यको समानुपातिक हिसावबाट खरीद वा आयातमा तिरेको कर कट्टी गर्न सकिने कानूनी व्यवस्था रहेको छ ।

व्यावसायिक र ब्यक्तिगत दुबै प्रयोजनका लागि प्रयोग हुन सक्ने देहाय बमोजिमका वस्तु तथा सेवाहरुमा तिरेको कर कट्टी दावी गर्न मिल्दैन ।

(क)       पेय पदार्थ,

(ख)       अल्कोहल वा अल्कोहल मिश्रित पेय पदार्थ जस्तै रक्सी, वियर,

(ग)       मनोरन्जन खर्च ।

तर उल्लेखित वस्तु तथा सेवाहरुको आपूर्ति गर्ने कार्य नै मुख्य व्यवसाय रहेको खण्डमा भने पूर्ण रुपमा कर कट्टी दावी गर्न पाईन्छ ।

मूल्य अभिवृद्धि करमा दर्ता भएको करदाताले आफ्नो व्यवसायिक कारोवारको सिलसिलामा खरीद वा पैठारी गरेका कच्चा पदार्थ, सहायक कच्चा पदार्थ, पैकिंग सामान, पुनर्विक्रीका सामान, मेशिनरी औजार, इक्विपमेन्ट, अफिस सामान, टेलिफोन महसुल, सवारी साधन र संचार व्यवस्था लगायतका व्यावसायिक कारोवारसंग सम्बन्धित सबै किसिमका खर्चहरुमा कर कट्टी गर्न दावी गर्न पाइन्छ ।

मूल्य अभिवृद्धि करमा दर्ता भएको कुनै पनि करदाताले आफूले कारोवार गरेको कुनै बस्तु तथा सेवाको विक्रीमा संकलन गरेको कर (Output Tax) बाट पहिले त्यस्तो बस्तु तथा सेवा खरीद गर्दा तिरेको कर (Input Tax) कटाएर बांकी रहेको रकम मात्र सरकारलाई बुझाउनु पर्दछ । यसरी बिक्रीमा असुल गरेको करबाट खरीदमा तिरेको कर कट्टा गर्न पाउने व्यवस्थालाई कर कट्टी (Tax Credit) भनिन्छ ।

पाउँदैन । अन्तिम उपभोक्तालाई बिक्री गर्ने खुद्रा बिक्रेताले मात्र सम्बन्धित आ.रा.का.को स्वीकृती लिएर मात्र जारी गर्न पाउँछ ।

संक्षिप्त कर बिजक भनेको दर्ता भएको व्यक्तिले जारी गर्ने स्पष्ट रुपमा कर नदेखाइएको (मूल्यमा नै कर समावेश) भएको बिल हो । प्रत्येक बिजकको न्यूनतम तीन प्रति हुनुपर्छ । पहिलो प्रतिमा संक्षिप्त कर बिजक उल्लेख भएको हुनुपर्छ । पहिलो प्रति खरीदकर्तालाई दिइन्छ । दोश्रो प्रति कर प्रशासनले मागेको बखत उपलब्ध गराउने गरी दर्ता भएको ब्यक्तिले अभिलेखमा राख्दछ । यस्तै तेश्रो प्रतिको माध्यमबाट करदाताले आफ्नो बिक्रि खाता प्रविष्ट गर्ने र लेखा राख्ने गर्दछ । यो बीजक करसहितको मूल्य रु.१० (दश) हजारभन्दा बढीको जारी गर्न मिल्दैन । संक्षिप्त कर विजकबाट करकट्टी दावी गर्न पाइने छैन ।

पर्दछ । तर ऐन नियममा तोकेका कुराका अतिरिक्त आफूलाई चाहिने सूचना समावेश गर्न मिल्छ ।

प्रत्येक गाडीका लागि छुट्टाछुट्टै स्टक ट्रान्सफर चलान बनाई सो सम्बन्धी विवरण खातामा प्रविष्ट          गरेर माल वस्तु र चलान सँगै लिएर हिड्नुपर्छ र सामान बिक्री भएपछि बिजक जारी गर्नु पर्दछ ।

दर्ता नभएको व्यक्तिले कर असुल गरेको कुनै कर बिजक जारी गरेमा वा कर संकलन गरेमा वा कर संकलन गरेको कुनै कागजात जारी गरेमा त्यसरी उठाएको कर निर्धारण गरी निजबाट असुल गरिने र उठाएको करको शत प्रतिशत जरिवाना लगाइने व्यवस्था रहेको छ ।

कुनै वस्तु वा सेवाको आपूर्ति गर्दा त्यसको प्रतिफल वापत परिवतर्य विदेशी मुद्रा भुक्तानी लिई कर विजक दिंदा कारोबार भएको दिनको नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर बमोजिम उक्त विदेशी मुद्रा बराबर हुने नेपाली रुपैयाँको रकम कर विजकमा उल्लेख गरी बिजक दिनु पर्नेछ ।

ऐन उल्लंघन गरेको कसूरमा कर अधिकृतले पटकै पिच्छे रु.१०००। जरिवाना गर्न सक्दछ ।

नजिकको आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयहरुमा जानकारी गराउने ।

दर्तावाल व्यक्तिले कुनै वस्तु वा सेवा आपूर्ति गर्दा क्रेता लाई बिजक नदिएमा प्रत्येक पटक दश   हजार रुपैयाँ जरिवाना लगाइने व्यवस्था रहेको छ ।

क्रेडिट वा डेविट नोट जारी गर्नु परेमा त्यस्तो नोटमा स्पष्टसंग क्रेडिट वा डेविट नोट लेखी देहायका कुराहरु खुलाउनु पर्नेछः–

(क) क्रमागत संख्या,

(ख) जारी भएको मिति,

(ग) आपूर्तिकर्ताको नाम, ठेगाना र दर्ता नम्बर,

(घ) प्रापकको नाम, ठेगाना र निज दर्ता भएको व्यक्ति भएमा दर्ता नम्बर,

(ङ) कारोबारसंग सम्बन्धित कर बिजकको संख्या र मिति,

(च) वस्तु वा सेवाको विवरण र क्रेडिट वा डेविटको कारण,

(छ) क्रेडिट वा डेविट भएको रकम,

(ज) क्रेडिट वा डेविट भएको करको रकम उल्लेख गरी मासिक लेखा समेत राख्नुपर्दछ ।

आपूर्ति गरएिको बस्तु वा सेवाको मूल्यमा परिवर्तन भएमा, वस्तु फिर्ता हुन आएमा वा अन्य    जुनसुकै कारणले विक्रि पश्चात आपूर्ति मूल्यमा समायोजन गर्नुपर्ने परिस्थिति उत्पन्न भएमा जारी गरिने नोटलाई डेविट वा क्रेडिट नोट भनिन्छ ।

सफ्टवेयरमा ऐनले तोकेको ढाँचामा कर बीजक जारी गर्ने व्यवस्था हुनु पर्दछ । एकपटक जारी भईसकेको बीजक मेट्न नमिल्ने हुनु पर्दछ । संशोधन गर्नु पर्ने भएमा डेबिट नोट वा क्रेडिट नोटका माध्यमले मात्र संशोधन गर्ने व्यवस्था हुनु पर्दछ । आन्तरिक राजस्व विभागमा सूचीकृत भएका सफ्टवेयर मात्र प्रयोग गर्न सकिन्छ ।

संक्षिप्त कर बिजकबाट करको कूल अंक बिजक मूल्यलाई कर भिन्नले गुणन गरी निकालिन्छ ।                                  

      कर भिन्न =  करको दर         

                    करको दर + १००         

  • सक्कल बिजकको नक्कल प्रति तयार गरी राख्नु पर्ने,
  • टिलरोलको प्रतिलिपि राखी कारोबार गरिएकोमा प्रत्येक दिन सोको जोड गरी राख्नु पर्ने,
  • प्रत्येक कारोबारको कर समेतको मूल्यको अभिलेख राख्ने ।

मिल्छ ।

तपाईंले प्रयोग गर्न चाहेको सफ्टवेयरको विस्तृत विवरण सहित कार्यालयमा निवेदन दिनुपर्दछ यस्तो सफ्टबेयर आन्तरिक राजस्व विभागमा सूचीकृत भएको हुनुपदर्छ । कार्यालयबाट स्वीकृती प्राप्त गरेर मात्र कम्प्युटरबाट बिजक जारी गर्न पाईन्छ । सफ्टवेयरमा ऐनले तोकेको ढाँचामा कर बिजक जारी गर्ने व्यवस्था हुनु पर्दछ । एकपटक जारी भईसकेको बिजक मेट्न नमिल्ने हुनु पर्दछ । संशोधन गर्नु पर्ने भएमा डेबिट नोट वा क्रेडिट नोटका माध्यमले मात्र संशोधन गर्ने व्यवस्था हुनु पर्दछ ।

तपाईंको कारोबार स्पष्ट छुट्टिने छ भने प्रत्येक छुटाछुट्टै कारोबारका लागि सिरियल नम्बर १ बाट शुरु गर्न सक्नुहुन्छ । जस्तो एउटा स्थायी लेखा नम्वरबाट फरक फरक नाममा कारोवार छ भने (ठेक्का व्यवसाय, व्यापार व्यवसाय र उद्योग) छुट्टाछुट्टै कारोवारका लागि छुट्टाछुट्टै सिरियल नम्वर १ बाट बिजक जारी गर्न सकिन्छ ।

प्रत्येक शाखाका लागि छुट छुट्टै सिरियल नम्बर १ बाट शुरु गर्नुपर्दछ र क्रमैसँग राख्नुपर्दछ । प्रत्येक वर्षको शुरुमा नयाँ सिरियल नम्बर कायम गर्नुपर्दछ।  अर्थात एक आर्थिक वर्ष समाप्त भई अर्को आर्थिक वर्ष शुरु हुँदा पुरानो सि.नं. जति पुगेको भएपनि बीजकको सिरियल नम्बर १ बाट शुरु गर्नुपर्दछ ।

सिरियल नम्बर १ बाट शुरु गर्नुपर्दछ र क्रमैसँग राख्नुपर्दछ । प्रत्येक आर्थिक वर्षको शुरुमा नयाँ सिरियल नम्बर कायम गर्नुपर्दछ ।  अर्थात एक आर्थिक वर्ष समाप्त भई अर्को आर्थिक वर्ष शुरु हुँदा पुरानो सि.नं. जति पुगेको भएपनि बिजकको सिरियल नम्बर १ बाट शुरु गर्नुपर्दछ ।

मिल्छ । सम्बन्धित आन्तरिक राजस्व कार्यालय  र करदाता सेवा कार्यालयको स्वीकृती लिएर जारी गर्न मिल्छ ।

मिल्छ, असम्बन्धित व्यक्तिहरुसितको स्वतन्त्र कारोबार मूल्य (Arm’s Length Price) का आधारमा मूल्य निर्धारण गरी बिक्री गर्नुपर्दछ । तर न्यून विजिकरण भने हुनु हुंदैन ।

सामान्यतया ३ प्रति ।

पर्दैन ।

  • वस्तुको आपूर्तिको हकमा क्रेताले बिक्रेताको कारोवार स्थलबाट वस्तु उठाएको वा ग्रहण गरेको समय वा वस्तुको प्रतिफल प्राप्त गरेको समय, जुन पहिला हुन्छ, सोही समयमा ।
  • सेवाको आपूर्तिको हकमा सेवा प्रदान भएको बखत वा सेवा को प्रतिफल प्राप्त गरेको समय, जुन पहिला हुन्छ, सोही समयमा ।
  • करार बमोजिम किस्ताबन्दी रुपमा कुनै वस्तु वा सेवाको मूल्य एक भन्दा बढी दिनमा आंशिक रुपमा भुक्तानी हुने व्यवस्था भएकोमा भुक्तानी भएको वा करारमा भुक्तानी गर्नु पर्ने भनेर उल्लेख गरिएको दिन मध्ये जुन पहिले हुन्छ सो समय,

सामान्य अर्थमा कर बिजक भनेको मूल्य अभिवृद्धि करमा दर्ता भएको व्यक्तिले कर समेत देखिने गरी जारी गर्ने बील हो । बिजकले दर्ता भएको ब्यक्तिले गरेको कर योग्य कारोबारलाई प्रमाणित गर्दछ र तिनको कर दायित्व गणना गर्न सघाउ पनि पुर्‍याउंछ । प्रत्येक बिजकमा तीन प्रति हुनुपर्छ । पहिलो प्रतिमा कर बिजक उल्लेख गरिएको हुनु पर्छ । पहिलो प्रति सम्वन्धित खरीदकर्तालाई दिनु पर्छ । दोश्रो प्रति कर प्रशासनले मागेको बखत उपलब्ध गराउने गरी दर्ता भएको ब्यक्तिले अभिलेखमा राख्नु पर्छ । तेश्रो प्रति दर्ता भएको ब्यक्तिले आफ्नो कारोबारको लेखांकनका लागि राख्दछ । यसै तेश्रो प्रतिको माध्यमबाट करदाताले आफ्नो बिक्रि खाता प्रविष्ट गर्ने र लेखा राख्ने गर्दछ ।

मिल्छ, असम्बन्धित व्यक्तिहरुसितको स्वतन्त्र कारोबार मूल्य (Arm’s Length Price) का आधारमा मूल्य निर्धारण गरी बिक्री गर्नुपर्दछ । तर न्यून विजिकरण भने हुनु हुंदैन ।

दर्ता हुनु पर्ने दायित्व भएका व्यक्तिले दर्ता नगरी कारोबार गरेमा कर अधिकृतले त्यस्तो व्यक्तिलाई कर बिगोको पचास प्रतिशतले हुन आउने रकम जरिवाना गर्न सक्ने व्यवस्था छ ।

सामान्य अवस्थामा दर्ता खारेजीको प्रकृयाः–

मूल्य अभिवृद्धि कर ऐनको दफा १० बमाजिम स्थायी रुपमा दर्ता भएका करदाताको दर्ता खारेज गर्नु पर्ने भएमा त्यस्ता करदाताको दर्ता खारेजी गर्ने प्रकृया ऐन र नियमावलीमा व्यबस्थित गरिएको छ । दर्ता खारेजीका सम्बन्धमा ऐनको दफा ११ को उपदफा (३) मा निम्न व्यवस्था गरेको छः

दफा ११(३): दर्ता खारेजीको लागि कर विवरण पेश भएको पन्ध्र दिनभित्र करदाताले कर परीक्षणको लागि कागजात पेश गर्नु पर्नेछ र कर अधिकृतले त्यस्ता करदाताको कर परीक्षण गरी तीन महिनाभित्र दर्ता खारेज गरी वा दर्ता खारेज नहुने भए त्यसको जानकारी करदातालाई दिनु पर्नेछ । उक्त अवधिभित्र कर अधिकृतले दर्ता खारेज नगरेमा वा दर्ता खारेज हुने भनी निर्णय नगरेमा त्यस्तो अवधिपछिको कर विवरण करदाताले पेश गर्नु पर्ने छैन । 

त्यस्तै नियमावलीको नियम १२ मा दर्ता खारेजी प्रकृयाका सम्बन्धमा निम्न व्यवस्था रहेको छः

नियम १२. दर्ता खारेजी प्रक्रियाः (१) ऐनको दफा ११ को उपदफा (१) मा उल्लिखित अवस्थाको कारणबाट कुनै दर्ता भएको व्यक्तिको दर्ता खारेज हुने भएमा त्यस्तो दर्ता भएको व्यक्ति वा निज नरहेको अवस्थामा निजको हकवालाले दर्ता खारेज हुने अवस्था सिर्जना भएको मितिले तीस दिनभित्र दर्ता खारेज गर्नको लागि दर्ता खारेज हुने अवस्था खुलाई अनुसूची–११ बमोजिमको कर विवरण तथा बुझाउनु पर्ने कर रकम समेत संलग्न राखी सम्बन्धित कर अधिकृत समक्ष दरखास्त दिएमा वा दफा ११ को उपदफा (१) मा उल्लिखित अवस्था विद्यमान रही दर्ता भएको व्यक्तिको दर्ता खारेज गर्नु पर्ने कुरामा सम्बन्धित कर अधिकृत विश्वस्त भएमा बाँकी कर रकम बुझाउन लगाई त्यस्तो व्यक्तिको दर्ता खारेज गरी सो कुराको जानकारी सम्बन्धित दर्ता भएको व्यक्ति वा निजको हकवाला र विभागलाई दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम दर्ता खारेजीको लागि दरखास्त दिएपछि दर्ता खारेजीको जानकारी नभएसम्म वा ३ महिनासम्म कर विवरण पेश गर्नु पर्नेछ ।

(३) दर्ता खारेजीको दरखास्त परेको मितिले ३ महिनाभित्र दर्ता खारेज भएको वा नहुने भए सो विषयको जानकारी दिनु सम्बन्धित कर अधिकृतको कर्तव्य हुनेछ ।

ऐन र नियमावलीका उपरोक्त व्यवस्थाहरु अनुसार दर्ता खारेजीका सन्दर्भमा दर्ता खारेज हुने करदाताले देहाय बमोजिम गर्नु पर्दछः

(क) दर्ता खारेज हुने करदाता वा निजको हकवालाले दर्ता खारेज हुने अवस्था सिर्जना भएको मितिले तीस दिनभित्र दर्ता खारेज गर्नको लागि नियमावलीको अनुसूची–११ बमोजिको कर विवरण पेश गर्नु पर्दछ ।

(ख) अनुशूची–११ बमोजिमको कर विवरण बुझाएको करदाताले सो विवरण देहाय बमोजिम पेश गर्नु पर्दछ ।

१. मौज्दातमा रहेका करयोग्य बस्तुको १३ प्रतिशतले हुने रकम सो विवरणको अन्य थपघटको डेविटतर्फ समावेश गर्ने,

२. पहिले पूँजीगत वस्तुमा क्रेडिट दावी गरेको भए सो वस्तु हालको बजार मूल्यको १३ प्रतिशतले हुने रकम सो विवरणको अन्य थपघटको डेविटतर्फ समावेश गर्ने,

३. अनुसूची–११ बमोजिमको कर विवरण र सो भन्दा अगाडिका कर विवरण वा कर निर्धारण बमोजिम बुझाउन बाँकी कुनै कर रकम भए सो रकम दाखिला गर्नु पर्दछ ।

(ग) अनुसूची–११ बमोजिमको कर विवरण पेश भएको पन्ध्र दिनभित्र कर परीक्षणको लागि कागजात पेश गर्नु पर्दछ ।

(घ) दर्ता खारेजीको लागि दरखास्त दिएपछि दर्ता खारेजीको जानकारी नभएसम्म वा तीन महिनासम्म कर विवरण पेश गर्नु पर्दछ ।

(ङ) दर्ता खारेजी परिक्षणबाट कुनै कर निर्धारण भएका सो रकम दाखिला गर्ने ।

ऐन र नियमावलीका उपरोक्त व्यवस्थाहरु अनुसार दर्ता खारेजीका सन्दर्भमा सम्बन्धित कार्यालयको कर अधिकृतले देहाय बमोजिम गर्नु पर्दछः

(क)  दर्ता खारेज हुने करदाताले कर परीक्षणको लागि पेश गरेको कागजात परीक्षण गरी सो करदाताको कर दायित्व यकिन गर्नु पर्दछ ।

(ख)  दर्ता खारेज हुने करदातालाई बुझाउन बाँकी कर रकम बुझाउन लगाउन पर्दछ ।

(ग)  करदाताले बाँकी कर रकम बुझाए पछि सो करदाताको दर्ता खारेज गर्नु पर्दछ ।

(घ)  दर्ता खारेजीको जानकारी सम्बन्धित करदातालाई गराउनु पर्दछ ।

(ङ) दर्ता खारेजीको दरखास्त परेको मितिले ३ महिनाभित्र दर्ता खारेज भएको वा नहुने भए सो विषयको जानकारी दिनु पर्दछ ।

सम्वन्धित कार्यालय प्रमुख वा आन्तरिक राजस्व विभाग समक्ष ।

सेवा शुल्क भुक्तानी गर्दा अग्रिम कर कट्टी गर्नुपर्दछ ।

खरिदमा तिरेको अन्त:शुल्क मध्ये देहायको रकम कट्टा गर्न पाइदैन :

  • सहायक कच्चा पदार्थ र प्याकिङ्ग सामग्रीमा तिरेको अन्त:शुल्क
  • भन्सार माफी भएका कच्चा पदार्थमा तिरेको अन्त:शुल्क
  • पाटपूर्जा पैठारी गर्दा तिरेको अन्त:शुल्क

अर्काको नामको ब्राण्ड प्रयोग गरी वा ब्राण्ड नखोली उत्पादन, निष्कासन, भण्डारण वा बिक्री वितरण गरेमा,  विगो जफत गरी विगोको दुई सय प्रतिशत जरिवाना वा एक लाख रुपैयामध्ये जुन वढि हुन्छ सो जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुन्छ ।

सि नं

प्रश्न

जवाफ

अंशबण्डा/बकसबाट ३ पुस्तेभित्र हस्तान्तरण भई प्राप्त भएको जग्गा वा भवन विक्री गर्दा स्वामित्व अवधि गणना कहिलेदेखि गर्ने र लागत कहिलेको पाउने हो ?

स्वामित्व अवधिको गणना अंशबण्डा/बकसबाट ३ पुस्तेभित्र हस्तान्तरणबाट पास भएको मितिबाट गर्नुपर्ने र लागतको हकमा अंशवण्डा वा वकस दिने व्यक्तिले खरिद गरेको बखतको लागत खर्च घटाउन पाउनेछ।यस्तो खरिद २०५८ चैत्र १९ अगाडि भएको रहेछ भने २०५८ साल चैत्र १९ गतेको  उक्त सम्पत्तिको मूल्य लागतको रूपमा घटाउन पाउने छ।

श्रीमान र श्रीमतीको नाममा अलग अलग नाममा रहेको जग्गा विक्री गर्दा १० लाखको सीमा गणना गर्दा अलग अलग गर्ने कि ? दुवैको जोडेर गणना गर्ने हो ?

श्रीमान र श्रीमतीको नाममा अलग अलग नाममा रहेको जग्गा विक्री गर्दा १० लाखको सीमा गणना गर्दा अलग अलग गर्नुपर्छ।

एक कित्ता जग्गालाई ३ टुक्रा बनाएर २ टुक्रा बिक्री गरेको र पछि बाँकी रहेको जग्गा १ टुक्रा बिक्री हुंदा स्वामित्व अवधि कुन मितिदेखि गर्ने हो ?

बाँकि रहेको जग्गाको स्वामित्व अवधि गणना गर्दा उक्त जग्गा सुरुमा खरिद गरेको मितिबाट गर्नुपर्छ।

घरजग्गा विक्री हुंदा निजी भवनको परिभाषा भित्र पर्ने घरले चर्चेको जग्गाबाहेक बांकि जग्गाको बिक्री मूल्य रु. १० लाख भन्दा घटी भएको अवस्थामा पूँजीगत लाभकरको दायरामा पर्छ पर्दैन ?

पुरै घरजग्गाको कुल विक्री मुल्य रु. १० लाख वा सो भन्दा बढी भएमा पुँजीगत लाभकरको दायरामा पर्छ ।

भवनको लागत खर्चको लागि कस्तो प्रमाणपत्र पेश गर्नुपर्ने हो? स्थानीय तहले भवनको मूल्यमात्र खुलाउने गरेको लागत नखुलाएको अवस्थामा कसरी लागत मान्यता दिने हो ?

स्थानीय निकायले कर प्रयोजनको लागि कायम गरेको घरको मूल्य खुलाएको आधारमा लागत खर्च घटाउन नदिई सो घरको लागत मूल्य खुलाएको आधारमा मात्र लागत खर्च घटाउन दिनुपर्छ।

भवनको स्वामित्व वा वसोबास गरेको अवधि के आधारमा गणना गर्ने हो ?

भवनको स्वामित्व अवधि गणना गर्दा स्थानीय निकायले भवन निर्माण सम्पन्न भएको मिति खुलाएर दिएको हकमा सो मितिलाई आधार मान्नुपर्दछ।यदि कसैले ३ तला भवनको नक्शा पास गरेर शुरुमा १ तला भवन बनाई वसोवास गर्न शुरु गरेको अवस्थामा स्थानीय निकायको सिफारिशको आधारमा स्वामित्व अवधि र वसोवास अवधि गणना गर्नुपर्दछ। नक्सा बनाउन नपर्ने अवस्थाको पुरानो घरको स्वामित्व र वसोबास गरेको सम्बन्धमा स्थानीय निकायको सिफारिशको आधारमा गर्नुपर्दछ।

अविच्छिन्न बसोबास गणना गर्दा निज विदेश बसे नवसेको कसरी थाहा पाउने सकिन्छ ?

अविच्छिन्न वसोवासको गणना गर्दा घरधनी विदेशमा वसेको हो होइन भन्ने विषयमा घरधनी स्वयंलाई स्वघोषणा गर्न लगाउनु पर्दछ।स्थानीय निकायको सिफारिश आवश्यक देखेमा सोको सिफारिश माग गर्न सक्नेछ।

कुनै व्यक्तिले एउटा प्लट जग्गा एउटा मितिमा खरीद गरेको र सोही प्लटसंगै रहेको अर्को प्लट जग्गा पछि खरीद गरेको र दुवै प्लट एउटा कित्ता बनाएकोमा सो जग्गा बिक्री गर्दा स्वामित्व अवधि गणना गर्दा दुवै प्लट एउटै कायम भएको मितिबाट गर्ने कि ती प्लटहरु अलग अलग रुपमा खरीद भएको मितिबाट गणना गर्नु पर्ने हो ?

जग्गा खरिद गरेको मितिको आधारमा अलग अलग स्वामित्व अवधि गणना गर्नुपर्दछ।

पूँजीगत लाभ कर गणना गर्दा जग्गा बिक्रीको रकमबाट दलाली खर्च/कमिशन/जग्गा विकास खर्च घटाउन पाउने हो होइन ?

पुँजीगत लाभकर घोषणा फारममा उल्लेख भए बाहेकका त्यस्ता खर्चहरु मालपोल कार्यालयमा पुँजीगत लाभ कर तिर्ने समयमा घटाउन पाउने छैन।ती खर्चहरु दावि गर्न आय विवरण पेश गर्नुपर्ने हुन्छ।

१०

अंशवण्डा वा वकस वा पारिवारिक हस्तान्तरणबाट प्राप्त भएको जग्गा वा भवन बिक्री गर्दा अंशवण्डा वा वकस वा हस्तान्तरण गर्दा लागेको रजिष्ट्रेसन शुल्क लागतको रुपमा घटाउन दिन मिल्छ मिल्दैन ?

मिल्छ।

सुत्र प्रयोग गरेर निकालिन्छ ।

            सूत्र       :           L P लिटरमा लाग्ने रकम  X   (१००-U P शक्ति)/१००

उदाहरण :         यदि ५० UP शक्ति मदिराको LP  लिटरका रु.९०० अन्त:शुल्क  लाग्छ भने लिटरको कति लाग्छ ?

                        =          रु.९००  X  (१०० - ५०)/१००

                        =          रु. ४५०

प्रति लिटर अन्त:शुल्क रु . ४५० लाग्छ ।

निम्न बमोजिम अल्कोहल प्रतिशत हुन्छ ।

            १५ UP = १०० – १५     =   ८५  शक्ति     =          ८५ X  ५७.०६५ %        =          ४८.५० %

            २५ UP = १०० – २५     =   ७५  शक्ति     =          ७५ X  ५७.०६५ %        =          ४२.८० %

            ३० UP = १०० – ३०     =   ७०  शक्ति     =          ७० X  ५७.०६५ %        =          ४०.३२ %

            ४० UP = १०० – ४०     =   ६०  शक्ति     =          ६० X  ५७.०६५ %        =          ३४.२३ %

            ५० UP = १०० – ५०     =   ५०  शक्ति     =          ५० X  ५७.०६५ %        =          २८.५३ %

            ७० UP = १०० – ७०     =   ३०  शक्ति     =          ३० X  ५७.०६५ %        =          १७.११ %

UP भन्नाले  London Proof  भन्दा कम भन्ने बुझिन्छ । London Proof  लाई १०० मान्ने भएकोले  ७० यु पी  १००-७० अर्थात ३० शक्तिको मदिरा हो ३० शक्तिको ५७.०६५ प्रतिशतले हिसाव गर्दा हुन आउने १७.११ प्रतिशत अल्कोहल ७० यु पी को मदिरा हुन्छ ।

मदिरामा अल्कोहलको मात्रा ५७.०६५ प्रतिशत रहने अवस्थालाई LP (London Proof) भनिन्छ । LP भन्दा बढी शक्ति भए OP(Over Proof) र कम शक्ति भए UP(Under Proof) भनिन्छ । LP  शक्तिलाई १०० मानेर हिसाव गरिन्छ ।

बैंक जमानत दिन पनि पाइन्छ ।

७० यु पी शक्तिको मदिराको मूल्य अनुसारको विगो कायम गरिन्छ ।

विगो जफत गरी विगोको दुईसय प्रतिसत जरीवाना वा एक लाख रुपैया मध्ये जुन बढी हुन्छ सो जरीवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुन्छ ।

प्रशासकीय पुनरावलोकनको निवेदन सम्बन्धित आ. रा. का. मार्फत् वा सोझै आ.रा.वि.को
महानिर्देशकलाई दिन सकिन्छ । रु. १० को हुलाक टिकट, निर्णय पर्चाको प्रमाणित
प्रतिलिपि, सम्बन्धित कार्यालयबाट कर निर्धारण आदेश बुझेको भरपाईको प्रमाणित
प्रतिलिपि, कर निर्धारण आदेशको प्रतिलिपि, म्याद थप गरेको भए म्याद थप गरेको पत्रको
प्रतिलिपि, विवादित कर रकमको एक चौथाई रकम सम्बन्धित राजस्व शीर्षकमा दाखिला
गरेको भौचरको प्रतिलिपि, तिर्न मन्जुर गरेको रकम पुरै दाखिला गरेको भौचरको
प्रतिलिपि, सम्बन्धित व्यक्ति नभएको अवस्थामा फर्म, कम्पनी वा प्रतिष्ठानले प्रदान
गरेको अख्तियारनामा र वारेशनामा, पुनरावलोकन हुनुपर्ने कारण तथा आधारहरु (जिकिर)

स्पष्ट रुपमा उल्लेख गरी दिएको निवेदनपत्र तथा निवेदनपत्रको थप एक प्रति प्रतिलिपि
सहित आवेदन गर्नुपर्दछ ।

अनुसूची–८ र अनुसूची–९ मा उल्लेख भए बमोजिमका परिवर्तित ढांचामा आ.व.
२०७८।०७९ देखि खरीद तथा बिक्री खाताहरु करदाता आफैले प्रमाणित गरी राख्ने काम
हो ।

दर्ता भएको ७ दिन भित्र कारोबार स्थलमा सवैले देख्न सक्ने गरी राख्नु पर्दछ ।

पाउदैन । संयुक्त उपक्रम (Joint Venture) खडा गर्दा जुन कामका लागि खडा गरिएको
हो, सो कार्य बाहेक अन्य कामका लागि छुट्टै JV खडा गरी दर्ता गर्नु पर्छ ।

मूल्य अभिवृद्धि करमा दर्ताको लागि दरखास्त दिँदा दरखास्त साथ देहायका कागजातहरु संलग्न गरी
पेश गर्नु पर्दछ ।
(क) पासपोर्ट साइजको फोटो :
 प्रोप्राइटरसिप फर्मको हकमा प्रोप्राइटरको दुई प्रति फोटो,
 साझेदारी एवं संयुक्त उपक्रम (Joint Venture) को हकमा साझेदारहरुको दुई दुई प्रति
फोटो, प्राइभेट लिमिटेड, पब्लिक लिमिटेड वा अन्य निकायहरुको हकमा संचालक
समितिले निर्णय गरेको मुख्य व्यक्तिको फोटो २ प्रति ।

(ख) व्यवसाय दर्ताको प्रमाणपत्र :
 उद्योगको हकमा उद्योग विभाग वा घरेलु तथा साना उद्योग विभाग वा विशेष प्रकृतिको
उद्योग व्यवसायको हकमा त्यस्तो व्यवसाय दर्ता गर्ने अन्य निकायमा दर्ता भएको प्रमाण,
 कम्पनीको हकमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको प्रमाण,
 व्यापार व्यवसायको हकमा वाणिज्य विभाग वा यस अन्तर्गतका कार्यालयहरुमा दर्ता
भएको भए सो को प्रमाण,
 स्थानीय निकायमा दर्ता भएको भए सोको प्रमाण ।
(ग) शिक्षक, डाक्टर, वकिल, नर्स, लेखा परीक्षक जस्ता सेवा व्यवसायको हकमा अनुमति दिने
निकायले जारी गरेको प्रमाण पत्र ।
(घ) निर्माण तथा ठेक्का व्यवसायको हकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय वा स्थानीय
तहले जारी गरेको अनुमति प्रमाण पत्र ।
(ङ) नागरिकता प्रमाणपत्रको प्रतिलिपि :
 प्रोप्राइटरसिप फर्म भए सम्बन्धित प्रोप्राइटरको
 प्रा.लि. भए सवै संचालकहरुको
 पब्लिक लिमिटेड कम्पनी भए संचालकको
 साझेदारी तथा संयुक्त उद्यम भए सम्बन्धित सवै साझेदारहरुको
 बिदेशी व्यक्ति भए पासपोर्टको प्रतिलिपि वा सम्बन्धित दूतावासले जारी गरको
परिचयपत्र ।

(च) कारोवास्थल पहिचान गर्न सकिने गरी बनाइएको नक्सा
(छ) घर वहाल सम्झौता वा जग्गा धनी पूर्जा (आफ्नो घरमा भए जग्गा धनी पुर्जा, अर्काको घरमा
भए घरधनीसंग गरेको घरवहाल सम्झौतापत्र)
(ज) कम्पनीको हकमा प्रवन्ध पत्र/नियमावली
(झ) कम्पनीको अधिकारनामा (Power of Attorney)
(ञ) संयुक्त उपक्रम (Joint Venture) को हकमा सम्बन्धित पक्षबीचको सम्झौता र साझेदारहरुको
स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रको प्रतिलिपि ।

नजिकको आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयबाट प्राप्त गर्न
सकिन्छ ।

कुनै पनि व्यवसायीले कारोवार गरेको वस्तु वा सेवामा कर लाग्ने भएमा त्यसरी कर
लागेको वा कारोवार सञ्चालन गरेको मितिले तीस दिनभित्र त्यस्तो कारोवार दर्ताको
लागि तोकिएको ढाँचामा कर अधिकृतसमक्ष दरखास्त दिन सक्ननेछ ।

Threshold भन्दा बढी मू. अ. कर लाग्ने वस्तु वा सेवाको कारोवार गर्ने करदाता मू. अ.
करमा दर्ता हुनुपर्ने व्यवस्था छ ।

कुनै पनि व्यवसायीले कारोवार गरेको वस्तु वा सेवामा कर लाग्ने भएमा त्यसरी कर
लागेको वा कारोवार सञ्चालन गरेको मितिले तीस दिनभित्र त्यस्तो कारोवार दर्ताको
लागि तोकिएको ढाँचामा कर अधिकृतसमक्ष दरखास्त दिनु पर्ने व्यवस्था छ ।

सामान्यतया खरिद वा बिक्री अंकका आधारमा गरिन्छ ।

हाल वार्षिक रु ५० लाख भन्दा बढी मू. अ. कर लाग्ने वस्तु तथा रु २० लाख भन्दा
बढिको करयोग्य सेवाको कारोवार गर्ने करदाता मू. अ. करमा दर्ता हुनुपर्ने व्यवस्था छ ।

होइन । देहायका कुनै अवस्थामा कर अधिकृतले कर निर्धारण गर्न सक्नेछ :-
 म्यादभित्र कर विवरण पेश नगरेमा,
 अधुरो वा त्रुटीपूर्ण कर विवरण पेश गरेमा,
 झुठ्ठा कर विवरण पेश गरेमा,
 करको रकम कम देखाएको वा ठीक नभएको भन्ने कर अधिकृतलाई विश्वास गर्नु पर्ने
कारण भएमा ।
 आपूर्ति मूल्यमा न्यून विजकीकरण गरेको भन्ने कर अधिकृतलाई विश्वास गर्नु पर्ने
कारण भएमा ।
 न्यून विजकीकरण गरी समूह कम्पनीमा आपूर्ति भएमा ।
 दर्ता हुनुपर्ने दायित्व भएको व्यक्तिले दर्ता नगरी कारोवार गरेमा,
 बिजक जारी नगरी विक्री गरेमा,
 दर्ता नभएको व्यक्तिले कर उठाएमा,
 ऐनको दफा ८ को उपदफा (२) वा (३) बमोजिम कर दाखिला नगरेमा,
 दफा १७ को उपदफा (४) को अवस्था विद्यमान रहेमा ।

तर आर्थिक विधेयक (प्रतिस्थापन), २०७८ ले गरेको प्रावधान अनुसार मूल्य अभिवृद्धि
कर ऐन,२०५२ को दफा २० को उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि
राजस्व न्यायाधिकरण वा अन्य अधिकार प्राप्त अदालतबाट कर निर्धारण संशोधन
गरिएको वा निर्धारित कर घटाइएको अवस्थामा सो हदसम्म कर अधिकृतले त्यस्तो
कर निर्धारणमा संशोधन गर्न सक्ने छैन ।

तपाईले कार्यालयमा गई निवेदन दिई Audit Trial Report माँग गर्नु भई सो सँग भिडान
गर्नुपर्दछ । आफु संग User Name तथा Password छ भने Audit Trial Report आफुले हेर्न
सकिन्छ ।

नियमावलीको नियम ३१ मा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कर
अधिकृतले करदातालाई नियम २९ बमोजिम कर निर्धारण आदेश जारी गर्दा त्यस्तो
करदाताको ठेगानामा राखिएको टेलिफ्याक्स, टेलेक्स वा त्यस्तै अन्य विद्युतीय उपकरण
मार्फत पठाएमा वा त्यस्तो आदेश निज वा निजको कार्यालयमा बुझाएमा वा निजको
ठेगानामा रजिष्टरी गरी हुलाक मार्फत पठाएमा रीतपूर्वक तामेल भएको मानिनेछ भनी
उल्लेख भएकोले सो आदेशले कानूनी मान्यता पाउँछ ।

कुन अवधिको विवरण बुझाउन लागेको हो (कर अवधि) र सो कर अवधिभन्दा पहिलो
विवरण वुझाई Verify भएको अवस्थामा मात्र आफूले बुझाउन चाहेको अवधिको विवरण
बुझाउन सकिन्छ ।
 Mozilla Firefox वेव व्राउजर प्रयोग गरी www.ird.gov.np पेजलोड गर्नुहोस ।
 होमपेजमा भएको Taxpayer Portal क्लिक गर्नुहोस ।
 तत् पश्चात प्राप्त हुने Screen मा VAT Folder लाई छनौट गर्नुहोस ।
 तत् पश्चात VAT Return Entry मेनुमा क्लिक गर्नुहोस ।
 Submission Number प्राप्त गर्ने आवश्यकता अनुसारको बक्समा Username,
Password, PAN, Email Address, Contact Number टाइप गरी Register
Button मा क्लिक गर्नुहोस ।
 Submission No प्राप्त गरी आवश्यकता अनुसारको वर्ष जस्तै २०७८, अवधि मासिक
भएमा महिना र चौमासिक भएमा प्रथम, दोश्रो वा तेश्रो छनौट गरी, सोही अवधिमा
भएको कारोवारहरु खरिद, बिक्री, मु.अ.कर रकम लगायतका सम्पूर्ण विवरणहरु प्रविष्टि
गरी विवरणलाई Save गर्न Save वटन मा क्लिक गर्नुहोस ।
 यसरी Save भएको विवरण हेरफेर गर्नुपर्ने भएमा VAT Folder मा भएको VAT
Return Login मेनुमा क्लिक गरी Submission Number तथा Submission
Number लिदा प्रयोग गरेको Username र Password टाइप गरी Login गरेर
विवरणलाई पूर्ण बनाउनुहोस् ।
 आफूले प्रविष्टी (Entry) गरेका विवरणहरु सबै रुजु गरी ठीक भएमा फारमको अन्तमा
भएको उदघोषलाई क्लिक गरी आफुले पेश गरेको विवरण सत्य तथा पुरा भएको

घोषणा गरी Submit वटन क्लिक गरी विवरण Submit भएको जानकारी प्राप्त
गर्नुहोस ।
 यसरी विवरण Submit भै सकेपछि त्यस पेजमा भएको Save र Submit वटन
Disable भै Print वटन र Verify वटन मात्र Enable हुन्छ ।
 अब Print वटन मा क्लिक गरी विवरणहरु प्रिन्ट गरेर सम्बन्धित आन्तरिक राजस्व
कार्यालय वा कर दाता सेवा कार्यालय वा ठूला करदाता कार्यालयमा गएर विवरण
Verify गर्नुहोस वा आफैले Verify गर्ने Username /Password प्राप्त गर्नु भएको
छ भने आफै Verify गर्नुहोस् ।
 तपाईले पेश गर्न चाहनु भएको विवरण Verify नभएसम्म विवरण पेश भएको मान्य
हुदैन । अतः आफुले पेश गरेको विवरण तोकिएको समयमा नै सम्बन्धित कार्यालयमा
गएर Verify गराउनुहोस् वा आफैले Verify गर्ने Username /Password प्राप्त गर्नु
भएको छ भने आफै Verify गर्नुहोस् ।

 साउन देखि कार्तिक सम्मको मंसिर २५ गते भित्र ।
 मंसिर देखि फागुनसम्म को चैत्र २५ गते भित्र ।
 चैत्र देखि आषाढसम्मको साउन २५ गते भित्र ।

तपाईंले फरक परेको व्यहोरा खोली प्रमाण सहित कार्यालयको संकलन शाखामा निवेदन
दिनु पर्दछ । यदि स्थायी लेखा नम्वर फरक परेमा र फरक परेको स्थायी लेखा नम्वर
पनि दर्ता रहेछ भने यो रकमा मेरो होइन भन्ने घोषणा सहित संकलन शाखामा निवेदन
दिनु पर्दछ ।

पर्छ । Account Payee  चेकबाट जुनसुकै मितिमा कर रकम बुझाएको भए तापनि चेक बुझाएको दिनलाई गणना नगरी खाताबाट घटाएको (debit) या राजश्व दाखिला दिनलाई गणना गरिने हुँदा थप दस्तुर, व्याज तिर्नु पर्छ ।

हुन्छ । तर तोकिएको राजस्व शीर्षक रआफु दर्ता भएको आ.रा.का. को कोड राखेर राजश्व वुझ्ने बैंकमा बुझाउनु पर्दछ । User नेम र Password छ भने अनलाइन पेमेन्ट गर्दा नि हुन्छ ।

राजस्व शीर्षक

उत्पादक

३३३११

पैठारी

३३३१२

विक्री वितरक

३३३१३

परामर्श तथा ठेक्का      

३३३१४

पर्यटन व्यवसाय

३३३१५

संचार सेवा, विमा, हवाई उडान र अन्य सेवा

३३३१६

वेदर्तावाल मू.अ.कर रिभर्स चार्ज

३३३१७

होइन । सो कार्य सेवा भएको र मू.अ.कर ऐनको अनुसूची १ मा उल्लेख नगरिएको सेवा भएकाले कर लाग्दछ ।

मू.अ.कर ऐनको अनुसूची १ मा स्पष्ट उल्लेख गरिएका वस्तु र सेवामा मात्र कर
लाग्दैन ।

मू.अ.कर ऐनको अनुसूची १ ले छुट गरेका वस्तु तथा सेवामा मूल्य अभिबृद्धि छुट
हुन्छ जस्तै :-
समूह १ आधारभूत कृषि उत्पादनहरू,
समूह २ आधारभूत आवश्यकताका वस्तुहरू,
समूह ३ जीवजन्तु तथा सोको उपज,
समूह ४ कृषि सामग्रीहरू,
समूह ५ औषधि उपचार र यस्तै स्वास्थ्य सेवाहरू,
समूह ६ शिक्षा,
समूह ७ किताब, अखवार र मुद्रित सामग्रीहरू,
समूह ८ कलात्मक र कालीगढी सेवा,
समूह ९ यात्रुबाहक यातायात
समूह १० व्यावसायिक वा पेशागत सेवा,(लेखा परिक्षक महानगर, उप-महानगर र

नगरपालीमा कार्यालय ठेगाना राखेको वाहेक )

समूह ११ अन्य वस्तु तथा सेवा,
समूह १२ भवन र जग्गा,
समूह १३ वाजी, क्यिसनो र चिठ्ठा ।

मू.अ.कर ऐनको अनुसूची १ मा उल्लेख गरिएका वस्तु र सेवामा कर लाग्दैन । तसर्थ
माथिका वस्तु तथा सेवाहरुको व्याख्याका लागि ऐनको अनुसूची १ हेर्नुहोस ।

देहायको कुनै एक वा एक भन्दा बढी अवस्थामा कुनै करछुट संस्थाको रूपमा दर्ता भई कर छुटको
प्रमाणपत्र प्राप्त गरेको संस्थाको कर छुटको सुविधा समाप्त हुन जान्छ ।
१. सो संस्था नाफा कमाउने उद्देश्य नभएको सार्वजनिक वा परोपकारी संस्थाको रूपमा नरहेमा,
२. सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा तोकिएको समयमा लेखापरीक्षण भएको वित्तीय
विवरण साथ आय विवरण पेश नगरेसम्म ।
३. संस्थाको सम्पत्ति र आय रकमबाट कुनै व्यक्तिलार्ई कुनै व्यक्तिगत फाइदा पुर्‍याएमा ।
४. संस्थाको विधानमा उल्लेख भएको उद्देश्यभन्दा बाहेकका अन्य कार्यमा संलग्न भएमा ।
५. कर छुटको प्रमाणपत्र प्राप्त गरेको संस्थाले कर छुटको प्रमाणपत्र नवीकरण नगराएसम्म ।

कर छुट संस्थाको रूपमा दर्ता भई करछुटको प्रमाणपत्र प्राप्त गर्न र प्राप्त करछुटको सुविधालार्ई
निरन्तरता दिन देहाय बमोजिमको प्रक्रिया र शर्त पुरा गर्नुपर्दछ ।
१. कर छुटको लागि संस्था दर्ताको प्रमाणपत्र, संस्थाको विधान, स्थायी लेखा नम्बर दर्ता
प्रमाणपत्र र पहिलेदेखि सञ्चालन भइरहेको संस्था भए अघिल्लो आय वर्षको लेखा परीक्षण
प्रतिवेदन साथ आय विवरण समेत पेश गरी सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा निवेदन दिनु
पर्दछ । तर ऐनमा दर्ता हुनु नपर्ने भनी तोकेको कुनै संस्थाले दर्ता हुन निवेदन दिइरहनु पर्दैन ।
२. निवेदक ऐनको दफा २ को खण्ड (ध) ले “कर छुट पाउने संस्था” को रूपमा परिभाषित
गरेको नाफा कमाउने उद्देश्य नभएको परोपकारी सामाजिक संस्था हुनुपर्दछ ।
३. कर छुट प्राप्त संस्थाले हरेक वर्ष आय वर्ष समाप्त भएको एक वर्ष भित्र आय विवरण
दाखिला गरी करछुटको प्रमाणपत्र नवीकरण गर्नु पर्दछ ।
४. त्यस्तो संस्थाले आफ्नो लेखापरीक्षण भएको वार्षिक वित्तीय विवरण साथ एक वर्ष भित्र आय
विवरण पेश गरी ऐनको दफा १०(छ) बाहेकका अन्य कुनै रकम प्राप्त गरेको भएमा लाग्ने कर
दाखिला गर्नु पर्नेछ ।
५. छुट प्राप्त संस्थाको लेखापरीक्षण गर्ने लेखापरीक्षकले आफ्नो प्रतिवेदनमा आयकर ऐन,
२०५८ को परिच्छेद–१७ अनुसार अग्रिम कर कट्टी गरेको, ऐनको दफा १०(छ) बाहेकका अन्य
कुनै रकम प्राप्त गरेको वा नगरेको र संस्थाको उद्देश्य अनुसारको मात्र कार्य गरेको वा
नगरेको विषय उल्लेख गर्नु पर्दछ ।
६. कर छुट प्राप्त गर्ने संस्थाले प्राप्त गरेको भुक्तानीमा आयकर ऐन, २०५८ को परिच्छेद १७ अनुसार
भुक्तानी दिने निकायले अग्रिम कर कट्टी गर्नुपर्ने भुक्तानी भए कर कट्टी गर्नुपर्ने र यसरी अग्रिम कर
कट्टी भएको रकमको आयमा कर लाग्ने नदेखिएमा कर फिर्ता माग गर्नु पर्दछ ।

७. करयोग्य कारोबार गर्ने व्यक्ति तथा संस्थासँग प्रतिस्पर्धा गरी प्राप्त गरेको अनुदानलार्ई कर
छुटको रूपमा मान्यता हुदैन ।
८. कर छुट पाएको कुनै संस्थाले आफ्नो सम्पत्ति र आफूले प्राप्त गरेको रकमबाट कुनै व्यक्ति
विशेषलार्ई व्यक्तिगत फाइदा पुर्‍याएको हुनु हुदैंन । त्यसरी फाइदा पुर्‍याएको भए कर
छुट पाउने संस्थाको हैसियत रहन्न ।
९. कर छुट प्राप्त गरेको संस्थाले आफ्नो विधानमा उल्लेख भएको उद्देश्य विपरित कार्य गर्नु हुदैन ।

कर छुटको प्रमाणपत्र प्राप्त गरेको छुट पाउने संस्थाले आय वर्ष समाप्त भएको मितिले १ वर्ष भित्र
त्यस्तो प्रमाणपत्र नवीकरण गराउनु पर्दछ । यस्तो प्रमाणपत्र नवीकरण गर्न विभागले तोकेको ढांचामा
निवेदन साथ अघिल्लो आय वर्षको आय विवरण, लेखा परीक्षण भएको वित्तीय विवरण र अग्रिम कर
कट्टी गरी दाखिला गरेको विवरण समेत पेश गर्नु पर्दछ र कर अधिकृतले छानविन गर्दा कर छुट पाउने
देखिएमा त्यस्तो प्रमाणपत्र नवीकरण गरिनेछ ।

 कर छूट प्रमाणपत्र पाउन संस्थाको प्रमुखले वा संस्थाको अधिकृत प्रतिनिधिले निवेदन दिनु पर्दछ ।

कर छुट प्रमाणपत्र लिएको संस्थाले करयोग्य कारोबार गरेको छ भने आर्थिक वर्ष समाप्त भएको
मितिले ३ महिना भित्र विवरण बुझाउनु पर्दछ । यदि करयोग्य कारोबार गरेको छैन भने नवीकरण
प्रयोजनको लागि आय वर्ष समाप्त भएको मितिले १ वर्ष भित्र आय विवरण सम्बन्धित आन्तरिक
राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा बुझाउनु पर्दछ ।

कर छुट पाउने संस्थाले अनिवार्य रुपमा लेखा परीक्षण गराई आय विवरणहरु वार्षिक रुपमा आर्थिक
वर्ष समाप्त भएको मितिले ३ महिना भित्र दाखिला गर्नु पर्दछ । त्यस्ता संस्थाले कर छुट हुने आयका
अतिरिक्त अन्य कर लाग्ने आय आर्जन गरेको भए तोकिएको समयमा किस्ताबन्दीको विवरण, वार्षिक
आय विवरण र कर दाखिला गर्नु पर्दछ ।

कर छुट पाउने संस्थाले आन्तरिक राजस्व विभाग अन्तर्गत रहेका कार्यालयहरुबाट स्थायी लेखा नम्बर लिनु पर्दछ । दर्ता प्रमाणपत्रको वर्षेनि आय वर्ष समाप्त भएको मितिले १ वर्ष भित्र नवीकरण गराउनु पर्दछ । संस्थाको आय विवरणहरु वार्षिक रुपमा दाखिला गर्नुपर्दछ । साथै अग्रिम कर कट्टी गरेको विवरण र कर रकम समयमा दाखिला गर्नु पर्दछ । आयकर लाग्ने कारोवार गरेको भए आय विवरण र कर रकम पनि आर्थिक वर्ष समाप्त भएको ३ महिना भित्र दाखिला गर्नु पर्दछ ।

आयकर ऐन, २०५८ र सम्बन्धित वर्षको आर्थिक ऐनले कर नलाग्ने छुट रकमको सिमा फरक फरक तोकेको हुन्छ । तर प्राकृतिक व्यक्तिको रोजगारी आय भएमा कर छुटको सिमा नभएकोले शुरुदेखि छुट सिमा सम्मको आयमा सामाजिक सुरक्षा कर लाग्दछ । आ.व २०७८।०७९ को लागि प्राकृतिक व्यक्तिको स्वामित्वमा रहेको एकलौटी फर्मको शुरु सिमा (एकल व्यक्तिको लागि रु.४ लाख तथा दम्पत्तिका लागि रु.४ लाख ५० हजार) मा आयकर लाग्दैन तर प्राकृतिक व्यक्तिको रोजगारीको आयको
शुरु स्ल्याव अर्थात एकल व्यक्तिको हकमा रु.४ लाख तथा दम्पत्तिको हकमा रु.४ लाख ५० हजार सम्मको आयमा समेत १% ले सामाजिक सुरक्षा कर लाग्दछ । तर निवृत्तभरण बापतको आय, निवृत्तभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्ति वा दम्पतीको हकमा १ प्रतिशत कर लाग्दैन ।

रोजगारीको आयमा आफूले कर तिर्ने नभई रोजगारदाताले कर कट्टी गर्ने भएकोले रोजगारदाताले नजिकको करदाता सेवा कार्यालय वा आन्तरिक राजस्व कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा ठूला करदाता कार्यालयमा कर रकम दाखिला गर्नु पर्दछ ।

रोजगारीको आयमा रोजगारीसँग सम्बन्धित ज्याला, तलब, विदा वापतको रकम, अतिरिक्त समय भत्ता, शुल्क, कमिशन, पुरस्कार, उपहार जस्ता रोजगारीका सम्बन्धमा गरिएका अन्य कुनै पनि समावेश हुन्छ ।

व्यवसायिक रुपमा कृषिको कारोवार गर्ने फर्म, कम्पनी, साझेदारी तथा संगठित संस्थाहरु बाहेक अन्य
व्यक्तिको कृषि आयमा संघीय सरकारको तहमा कर लाग्दैन । तर कुनै फर्म, कम्पनी, साझेदारी तथा
संगठित संस्थाको रुपमा दर्ता गरी कृषि व्यवसाय गरी प्राप्त गरेको आयमा लाग्ने करमा पचास प्रतिशतले
कर छुट हुनेछ ।

दुबै ऐनमा भएको ब्यबस्थाहरुको पूर्ण परिपालन गर्नु पर्छ ।

अन्तःशुल्क ऐन बमोजिम इजाजतपत्र नलिई अन्तःशुल्क लाग्ने बस्तु वा सेवाको उत्पादन वा पैठारी गरेमा विगो जफत गरी विगो बमोजिम जरिवाना वा एक वर्ष सम्म कैद वा दुवै सजाय हुनेछ । इजाजतपत्र नलिई अन्तःशुल्क लाग्ने बस्तु वा सेवाको बिक्री वा संचय गरेमा रु.पाँच हजार देखि पन्ध्र हजार सम्म जरिवाना हुनेछ । इजाजतपत्र नलिई अन्तःशुल्क लाग्ने बस्तु वा सेवाको कारोबार गरेमा इजाजत दस्तुर र नविकरण दस्तुरबाट उन्मुक्ती पाउदैन ।

अन्तःशुल्कजन्य बस्तुको कारोबार गर्ने ईजाजतपत्रवालाले अनिवार्य रुपमा आफूले ईजाजतपत्र लिएको कार्यालयमा गई तोकिए बमोजिमको दस्तुर दाखिला गरी श्रावण  महिना भित्र नविकरण गराउनु पर्दछ । स्प्रिट, खाँडसारी उद्योग,मदिरा, वाइन, वियर, चुरोट, विँडी,सूर्ति, गुट्खा, पानमसला जस्ता मदिराजन्य रसुर्तीजन्य पदार्थको उत्पादकले तोकिएबमोजिम जरीवाना तिरी माघ मसान्तसम्म इजाजतपत्र नविकरण गर्न सक्नेछन् । यीवस्तुको खरिद विक्री गर्ने व्यवसायीले तोकिएको जरीवाना तिरी आर्थिक वर्षको अन्त सम्म पनि नविकरण गर्न सक्नेछन् । जरीवाना तिरेर नविकरण गराउन पाउने अवधिसम्म पनि नविकरण नगराएमा इजाजत स्वत: खारेज हुन्छ ।

क्यासिनोमा जुवा खेल्दा जित भयो भने यस्तो रकम पनि आकस्मिक लाभ अन्तर्गत पर्दछ ।

वियर उत्पादन प्रक्रियामा खरिद देखि विक्री वितरण सम्मको निम्न विन्दूमा निगरानी तथा नियन्त्रण गर्नु पर्छः 

  • कच्चा पदार्थको अभिलेख जौ, हप्स आदि अभिलेख राख्ने
  • ब्रुईंग कार्य सकिए पछि प्रत्येक व्याचको अभिलेख राख्ने
  • क्राउन कर्कको अभिलेख राख्ने
  • अन्तःशुल्क टिकटको प्रयोग
  • फ्लो मिटरको प्रयोग
  • विभिन्न चरणको अभिलेख तथा जर्ति नोक्सानीको अभिलेख

वियरको हरेक बोतलमा ट्रेडमार्क, उत्पादन मिति, ब्याच नं., सिरियल नं., अल्कोहलको  मात्रा, ब्राण्डको नाम एवं अधिकतम खुद्रा मूल्य र सेवन गर्न सकिने अन्तिम मिति समेत  लेखी टाँस गर्नु पर्नेछ ।

सामान्यतया करदाता स्वयंले विवरण बुझाउनु पर्दछ, तर अधिकारप्राप्त प्रतिनिधिले समेत बुझाउन सक्दछ ।

अग्रिम दाखिला गरी सो दाखिला गरेको भौचर निष्कासन माग फारम साथै राखी  स्वीकृतिका लागि पेश गर्नु पर्नेछ ।

कर अवधि समाप्त भएको २५ दिन भित्र सम्वन्धित आन्तरिक राजस्व कार्यालयमा वा करदाता सेवा कार्यालयहरुमा  र आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालय नभएको जिल्लाका करदाताले १५ गते भित्र कोष तथा लेखा नियन्त्रक कार्यायमा पेश गर्नु पर्दछ ।

विवरण अनुसार लाग्ने करको प्रतिदिन ०.०५ प्रतिशत वा रु.१००० (जुन बढी हुन्छ) प्रति कर अवधि जरिवाना लाग्दछ ।

तत्काल अर्को कर अवधिको विवरणमा समायोजन गर्न सक्नुहुन्छ । साथै तपाईंले आफ्नो व्यहोरा जनाई सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क गर्नु भएमा कार्यालयले आंशिक कर परिक्षण गरी तपाईको विवरणा सच्याईदिन सक्दछ ।

कर विवरण कर अवधि समाप्त भएको २५ दिन भित्र कर अधिकृत समक्ष अर्थात आफु दर्ता भएको आन्तरिक राजस्व कार्यालयमा वा करदाता सेवा कार्यालयहरुमा बुझाउनु पर्दछ । आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालय नभएको जिल्लाका करदाताले १५ गते भित्र कोष तथा लेखा नियन्त्रक कार्यालयमा पेश गर्न सक्छन । विद्युतीय माध्यम (Internet) बाट समेत विवरण बुझाउन सकिन्छ ।

कुनै इजाजतपत्रवालाको मृत्यु भएमा वा निजले अन्तःशुल्क विवरण पेश गर्न शारीरिक वा मानसिक रुपमा असमर्थ भएमा निजको मृत्यु भएको वा निज शारीरिक वा मानसिक रुपमा असमर्थ भएको अघिल्लो दिनको अवधिसम्म निजले अन्तःशुल्कजन्य कारोबार गरेको मानी अन्तःशुल्क अधिकृतले सो महिनाको अन्तःशुल्क विवरण निजको हकवाला वा कानून बमोजिमको प्रतिनिधिलाई पेश गर्न लगाउन सक्नेछ । कारोबार भएको रहेनछ भने पनि शून्य विवरण पशे गर्नुपर्छ ।

बैंक तथा बित्तीय संस्थालाई तिरेको व्याजमा अग्रिम कर कट्टी गर्नुपर्दैन ।

व्यक्ति भन्नाले प्राकृतिक व्यक्ति, फर्म, कम्पनि, संघ, संस्था, साझेदारी संस्था, सहकारी, संयुक्त व्यवसाय, गुठी वा कोषलाई बुझाउँदछ । सो शब्दले नाफाको उद्देश्य लिई वा नलिई कर लाग्ने कारोबारमा संलग्न रहेको सरकारी निकाय, धार्मिक संगठन, पारोपकारी संस्था वा त्यस्तै अन्य निकाय र तिनका शाखा वा उपशाखालाई समेत जनाउदँछ ।

कारण खोली सम्बन्धित आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयमा निवेदन दिनुपर्दछ । तर तपाईको मृत्यूपछि यो नम्बर खारेज हुन्छ अन्यथा यो नम्बर तपाईको नाममा inactive अवस्थामा System मा रहिरहन्छ ।

 कारण खोली सम्बन्धित आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयमा निवेदन दिनुपर्दछ । तर तपाईको मृत्यू पछी यो नम्बर खारेज हुन्छ अन्यथा यो नम्बर तपाईको नाममा ष्लबअतष्खभ अबस्थामा कथकतझ मा रहि रहन्छ । 

 व्यक्तिगत स्थायी लेखा नम्बर (एब्ल्० ले आफूले बुझाएको आयकर कम्प्यूटर प्रणालीमा अभिलेखांकन हुने र आफूले चाहेका बखत आफ्नो दाखिला रकम हेर्न सकिनेछ । यसका साथै तपाईलाई कर दाखिलाको प्रमाणीकरण आबश्यक भएमा सहज र आधिकारिक बनाउदछ । साथै करदाता भएकोमा गर्वको महसुस हुन्छ । 

सोही नम्बर प्रयोग गर्नका लागि व्यवसाय दर्ता गरी व्यावसायिक स्थायी लेखा नम्बरमा परिवर्तनका लागि आवश्यक कागजात सहित कारोवार स्थलसँग सम्बन्धित आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयहरुमा निवेदन दिनु पर्दछ ।

व्यवसाय बाहेक अरु श्रोतको पनि आय भएमा पूर्वानुमानित कर तिर्न पाईंदैन र स्वयंकर निर्धारण गरी करको सामान्य दरले गणना गरी आय विवरण बुझाउने र कर दाखिला गर्नु पर्दछ । गैर बासिन्दा व्यक्तिले व्यवसायको मात्र आय भए पनि पूर्वानुमानित कर तिर्न पाउँदैन र सामान्य दरले कर तिर्नु पर्दछ । यसैगरी पूर्वानुमानित कर तिर्न पाउने सुविधा बासिन्दा प्राकृतिक व्यक्तिलाई मात्र प्राप्त छ, साझेदारी फर्म वा कम्पनी वा अन्य निकायले पूर्वानुमानति कर तिर्न पाउँदैनन् ।

पाउँछ ।

व्यवसायिक प्रयोगमा रहेका सम्पत्तिहरु जस्तैः मेसिनरी, सवारीसाधन, उपकरण वा यन्त्र र यस्तै प्रकृतिका सम्पत्तिहरु विक्री गर्दा कर असूल गर्नपर्दछ।

व्यावसायिक प्रयोजनको लागि खरिद भई कर कटृी मिलान गरिसकेका पूंजीगत एवं उपभोग्य अन्य सामानलाई घरेलु वा वैयक्तिक प्रयोजनमा उपयोग गर्दा कर असुल गर्नु पर्दछ ।

अबैध मदिराको कारोबार गरे सरह कारवाही हुन्छ ।

भुक्तानीकर्ता अनुसार फरक पर्नसक्छ । यदि भुक्तानीकर्ता प्राकृतिक व्यक्ति भएमा व्याज प्राप्त गर्ने प्राकृतिक व्यक्ति वा कम्पनि जो सुकै भएता पनि १५ प्रतिशतका दरले अग्रिम कर कट्टी गर्नु पर्छ । यदि भुक्तानीकर्ता  बासिन्दा बैंक, वित्तीय संस्था वा ऋणपत्र जारी गर्ने अन्य कुनै निकाय वा प्रचलित कानून बमोजिम सूचिकृत भएका कम्पनि भएमा र निक्षेप, ऋणपत्र, डिबेन्चर तथा सरकारी बण्ड वापत नेपालमा स्रोत भएको र व्यवसाय सञ्चालनसँग सम्बन्धित नभएको व्याज वा व्याज स्वरुपको कुनै रकम भुक्तानी गरेमा प्राकृतिक व्यक्तिको हकमा ५ प्रतिशतका दरले र निकायको हकमा १५ प्रतिशतका दरले अग्रिम कर कट्टी गर्नुपर्छ । तर  बासिन्दा बैंक वा अरु वासिन्दा वित्तीय संस्थालाई तिरेको व्याज र ग्रामीण समुदायमा आधारित लघु वित्त संस्था, ग्रामीण विकास बैंक, हुलाक बचत बैंक र सहकारीमा जम्मा गरेको निक्षेपबाट आर्जित वार्षिक २५ हजार रुपैयासम्मको व्याज भुक्तानीमा अग्रिम कर कट्टी गर्नुपर्दैन ।

बासिन्दा बैंक वा अरु वासिन्दा वित्तीय संस्थालाई तिरेको व्याज र ग्रामीण समुदायमा आधारित लघु वित्त संस्था, ग्रामीण विकास बैंक, हुलाक बचत बैंक र सहकारीमा जम्मा गरेको निक्षेपबाट आर्जित वार्षिक २५ हजार रुपैयासम्मको व्याज भुक्तानीमा बाहेक अन्य सबै व्याज भुक्तानीमा अग्रिम कर कट्टी गर्नुपर्छ ।

नेपालमा स्रोत भएको र व्यवसाय सञ्चालनसँग सम्बन्धित नभएको प्राकृतिक व्यक्तिलाई भुक्तानी गरेको व्याजको अग्रिम कर कट्टी मिलान गर्न पाइदैन, अन्यको हकमा व्यवसायसंग सम्बन्धित कर मिलान गर्न पाइन्छ । दाखिला गर्नुपर्ने करभन्दा बढी दाखिला भएमा अन्तिम रुपमा करकट्टी हुने बाहेक अन्य कर सम्बन्धित व्यक्तिले फिर्ता माग गर्न पाउंछ ।

ब्याज र शुल्कको निर्धारण सम्बन्धित आन्तरिक राजस्व कार्यालय, करदाता सेवा कार्यालयले गर्दछ र सोको सूचना आयकर ऐनको दफा १०२ बमोजिम जारी गरिने सूचनामा संशय वा संशोधित कर निर्धारण आदेशको साथ संलग्न गरी पठाउन सक्दछ ।

ब्याज र शुल्कका हकमा संशय वा संशोधित कर निर्धारणका साथै यस्तो लाग्ने ब्याज र शुल्कको निर्धारण पनि सम्बन्धित आ.रा.का.तथा करदाता सेवा कार्यालयले ऐनको दफा १०२ अनुसारको करदातालाई दिइने सूचनासाथ संलग्न गरी करदातालाई बुझाईन्छ र कर संकलन सरह यस्तो ब्याज र शुल्कको असूली पनि गरिन्छ । सजाय र जरिवानाका हकमा नेपाल सरकार वादी भई जिल्ला अदालतमा मुद्दा दायर गरी तहाँको फैसला अनुसार कार्यान्वयन हुन्छ ।  

ब्याजको दर वार्षिक १५प्रतिशत छ । यसलाई सामान्य ब्याजको दर भनिन्छ ।

कर तिर्नुपर्ने मितिदेखि कर दाखिला गर्न बाँकी रहेको अवधिभरको लागि यस्तो तिर्न बाँकी कर रकममा प्रत्येक महिना र महिनाको भागमा सामान्य ब्याज दरले (१५ प्रतिशत वार्षिकका दरले) ब्याज लाग्दछ । किस्ताबन्दी करको हकमा सम्बन्धित किस्ता बुझाउनु पर्ने मितिबाट आगामी आ.ब.को असोज मसान्तसम्मको अवधिको लागि तिर्न बाँकी कर रकममा सामान्य ब्याज दरले ब्याज लाग्दछ । आय विवरणसाथ दाखिला गर्नुपर्ने कर रकमको हकमा सम्बन्धित आय वर्षपछिको आश्विन मसान्त पश्चात्को कर दाखिला नभएसम्मको अवधिको लागि तिर्न बाँकी रकममा ब्याज लाग्दछ र विवरण दाखिला गर्न म्याद थप पाएको भए पनि यस्तो थप म्यादका लागि ब्याज छूट हुँदैन । यदि करदाताले आयको कम घोषणा गरी कार्यालयबाट थप करको दायित्व सिर्जना भएको अबस्थामा आर्थिक बर्ष समाप्त भएको असोज मसान्त सम्म किस्ता कम बुझाएको हिसाबले व्याज लाग्दछ भने कार्तिक १ देखि कर ढीला बुझाएको हिसाबले व्याजको गणना गरिन्छ ।

आफूले गरेको अनुमानित करको विवरणको अनुमानमा पहिलो किस्तामा त्रुटी भयो भने वा पछि कारोवारका बारेमा थप स्पष्टताहरु प्राप्त हुँदै गयो भने दोश्रो/तेश्रो किस्तासंगै पुनः संशोधित विवरण बुझाउन पाइन्छ र पुरानो विवरण सच्याउन पाइन्छ । तर अनुमानको शुद्धताको प्रतिशत ९० भन्दा तल झर्‍यो भने यसरी घटी रकम तिर्दा ब्याज लाग्दछ । साथै यस्तो संशोधित अनुमान बुझाउन बाँकी किस्ता रकमको हकमा मात्र लागू हुन्छ । करदाताले बुझाएको विवरण वा संशोधित विवरणमा (अनुमानमा) विभाग सन्तुष्ट नभएमा गत आय वर्षमा दाखिला गरेको करको आधारमा विभागले (सम्बन्धित ठूला करदाता कार्यालय वा आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयले) करदाताको अनुमानमा संशोधन गर्न सक्दछ । यसरी विभागले  संशोधन गरेमा करदाताले विभागद्वारा संशोधित अनुमानका आधारमा किस्ताबन्दी कर दाखिला गर्नु पर्दछ ।

कागजात नराखेमा वा विवरण वा आय विवरण दाखिला नगरेमा शुल्क लाग्दछ । झुठा वा भ्रमपूर्ण विवरण दाखिला गरेमा शुल्क लाग्दछ । कसूर गर्ने व्यक्तिलाई जानाजान वा लापरवाही गरी मद्दत गर्ने वा सल्लाह दिने मतियारलाई शुल्क लाग्दछ । साथै यी कुराहरु बाहेक आयकर ऐन वा नियमको कुनै व्यवस्था पालना नगर्ने व्यक्तिलाई पनि शुल्क लाग्दछ । 

शुल्क भनेको विवरण नबुझाउने, झुठा विवरण बुझाउने, भ्रमपूर्ण वा झुठा विवरण बनाउन मतियार भई मद्दत गर्ने वा आयकर कानून (ऐन नियम) को पालना नगर्ने व्यक्तिलाई कर प्रशासनले/आ.रा.वि.ले लगाउने एकप्रकारको आर्थिक दण्ड हो । ब्याज भनेको कर रकम ढिला तिरे वापत असूल गरिने आर्थिक क्षतिपूर्ति (Compensation)  वापतको रकम हो अर्थात् कर दाखिला नगरी वा ढिला गरी अन्यत्र लगानी गर्ने अवस्थाबाट सरकारी राजस्व संकलनलाई प्रभावित हुन नदिन र त्यसो भएमा सो को क्षतिपूर्ति दावी गर्न लगाइने आर्थिक दुरुत्साहन (Economic Disincentive) स्वरुपको रकम हो । 

शुल्कको निर्धारण माथि बुँदा ७ मा उल्लेख भए झैं घटी कर रकमको प्रतिशतका दरले वा निश्चित/तोकिएको रकमको दरले गरिन्छ । यसरी शुल्क निर्धारण गर्दा स्वयं कर निर्धारण गर्दा करदाता आफैले र संशोधित कर निर्धारण गर्दा कर अधिकृतले गर्दछ ।

कुनै खास वस्तु तथा सेवाको उत्पादन, उपभोग, र कारोबारलाई बित्तीय प्रोत्साहन प्रदान गर्नु परेमा, कुनै खास वर्ग, क्षेत्र र समूदायलाई विशेष सुविधा दिने नीति अख्तियार गरिएमा त्यस्ता वस्तुको आपूर्तिमा शून्य दर लगाइन्छ । मुख्यतः प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरी निकासीलाई प्रोत्साहन दिन शून्य दर लगाइन्छ । शून्य दरको आपूर्ति करयोग्य आपूर्ति हो । करयोग्य वस्तुको आपूर्तिमा संकलन गरिएको करबाट खरिदमा तिरेको कर कटृा गर्न सकिन्छ । तर कर छुटको आपूर्तिमा कर संकलन गर्न पाइदैन र खरिदमा तिरेको कर कटृी गर्न पनि पाइदैन ।

होइन । शून्य दरको आपूर्ति करयोग्य आपूर्ति हो । करयोग्य वस्तुको आपूर्तिमा संकलन गरिएको करबाट खरिदमा तिरेको कर कटृा गर्न सकिन्छ । शून्य दरको आपूर्ति करयोग्य आपूर्ति  भएतापनिबिक्रीमा कर संकलन गर्नु नपर्ने तर खरिदमा तिरेको कर फिर्ता पाईन्छ ।तर कर छुटको आपूर्तिमा कर संकलन गर्न पाइदैन र खरिदमा तिरेको कर कटृी गर्न पनि पाइदैन । 

शेयर कारोवारमा शेयर निसर्ग भएकै समयमा जस्तै खरीद बिक्री भएकै बखत कर लाग्दछ र अग्रिमकर कट्टीको रुपमा दाखिला हुनु पर्दछ । तर यस्तो कर रकम अन्तिम नभएकोले सम्बन्धित करदाताले आय विवरणसाथ लाभको पनि गणना गरी करयोग्य आय निकाल्ने र सोमा लाग्ने कर तिर्ने र अग्रिम कर मिलान गर्न पाउँछ । 

करको रकम अग्रिम कर कट्टी गर्ने स्टक एक्सचेन्ज वा निकायले नजिकको आन्तरिक राजस्व कार्यालय. तथा करदाता सेवा कार्यालयमा कट्टी गरेको महिना समाप्त भएको मितिले २५ दिनभित्र विवरण सहित दाखिला गर्नुपर्दछ । करदाता स्वयंले कर दाखिला गर्दा भने अरु आय कर सरह दाखिला गर्नुपर्दछ । 

गैर व्यावसायिक करयोग्य सम्पत्ति हुने बासिन्दा प्राकृतिक व्यक्तिले आफ्नो शेयर वा घरजग्गा वा जग्गा खरीद बिक्री गर्न PAN लिनु पर्दैन वा अन्य किसिमले दर्ता हुन पर्दैन । तर पूँजीगत सम्पत्तिको कारोवार व्यवसायको रुपमा गर्ने व्यक्ति (जस्तै शेयर दलाल वा रियल इस्टेट व्यवसाय गर्ने व्यक्ति) ले PANलिनु पर्दछ ।

समयमा किस्ताबन्दीमा कर दाखिला गरिएन भने ब्याज र शुल्क दुबै लाग्ने हुन्छ । किस्ताबन्दीको विवरण/अनुमानित करको विवरण (आय विवरण) दाखिला गर्न सकेन भने प्रति विवरण रु.५ हजार रुपैयाँ वा आय विवरणमा उल्लेखित निर्धारण योग्य आय रकमको शून्य दशमलव शून्य एक प्रतिशतले हुने रकम मध्ये जुन वढी हुन्छ सो रकम शुल्क लाग्दछ ।  त्यसैगरी समयमा किस्ताबन्दी कर दाखिला नगर्ने वा कम रकम दाखिला गर्ने व्यक्तिलाई आय विवरण (आ.ब. व्यतित भएपछि बुझाइने) अनुसार बुझाउनु पर्ने करको नव्वे प्रतिशतभन्दा घटी रकम दाखिला गरेकोमा यस्तो घटी रकममा सामान्य ब्याज दरले (१५% वार्षिक) वार्षिक आय विवरण बुझाउनु पर्ने मिति सम्मका लागि (अर्थात् आगामी आ.ब. को असोज मसान्तसम्मका लागि) ब्याज बुझाउनु पर्दछ ।

श्रीमानको कुनै आयश्रोत नभए पनि (वा श्रीमतीको कुनै आयश्रोत नभए पनि) श्रीमतीको कर रकमबाट (वा श्रीमानको कर रकमबाट) श्रीमान् बिरामी हुँदाको औषधि उपचार खर्च (वा श्रीमती बिरामी हुँदाको औषधी उपचार खर्च) वापत् कर मिलान गर्न दावी गर्न पाईन्छ । यस्तो कर मिलानको सुविधा दुबैजना दम्पत्ति विरामी हुँदा लागेको औषधि उपचार खर्च वापत पनि पाईन्छ । तर बार्षिक कर मिलान दावी रकम रु. ७५०।– भन्दा बढी हुन सक्दैन र कूल औषधि उपचार खर्चको १५ प्रतिशत भन्दा बढी पनि हुन सक्दैन । तर बढी खर्च वापतको दावी कर मिलान रकम आगामी वर्षहरुमा सार्न पाईन्छ । यसै गरी श्रीमानको बीमा गरेको रकम भएमा पनि २० हजार सम्मको सीमा अन्तर्गत रही खर्च कट्टी गर्न पाईन्छ ।

आफू संलग्न रहेको संयुक्त उपक्रम (Joint Venture) को बांकि कर दायित्व भुक्तानी गर्ने प्रयोजनको लागि साझेदारहरु संयुक्त वा छुट्टाछुट्टै रुपमा जिम्मेवार हुने व्यवस्था रहेको छ । 

आयकर ऐन अनुसारको (परिच्छेद २३ अनुसारको) कसूर गर्ने जोसुकै व्यक्ति अर्थात् कर तिर्नुपर्ने वा विवरण दाखिला गर्नु पर्ने कर्तव्य भएको व्यक्ति, झुठा वित्तीय वा कर लेखा प्रमाणित गर्ने वा गलत परामर्श दिने वा भ्रमपूर्ण विवरण तयार पार्न सहयोग गर्ने मतियार (जस्तैः- लेखापरीक्षक वा कानूनी सल्लाहकार) वा अख्तियार प्राप्त वा अख्तियार ढाँट्ने व्यक्तिले कसूर गरेमा सजाय र जरिवानाको (कैद र जरिवानाको) सामना गर्नुपर्ने हुन सक्दछ । 

कर निर्धारण भई असुल उपर भएपछि पनि पुरस्कार पाउन सक्नु भएन भने आन्तरिक राजस्व विभागको महानिर्देशक वा अर्थ मन्त्रालयमा उजुरी गर्न सक्नु हुन्छ । कानून अनुसार आफूलाई पुरस्कार नदिएको भनी अदालत समक्ष पनि निवदेन दिन सकिन्छ । यस्तो व्यवस्थाको कार्यान्वयन गर्न बिभागले अग्राधिकार दिने गर्दछ ।

जुन कामका लागि JV खडा गरिएको हो, सो कार्य समाप्त नभएसम्मका लागि र सो कामका लागि मात्र दर्ता कायम रहन्छ । त्यसपछि त्यस JV को दर्ता खारेजी गर्नु पर्दछ ।

संयुक्त उपक्रम (Joint Venture) दर्ता गर्दा कुनै निश्चित काम र अवधिको लागि खडा गरी दर्ता गरेकोमा सम्झौतामा तोकिएको काम र अवधि समाप्त भएपछि दर्ता खारेज गराउनु पर्दछ ।

विभागबाट जारी भएको परिपत्र र पूर्बादेश एक आपसमा बाझिएमा पूर्बादेश जारी भएको व्यक्तिको हकमा पूर्बादेशमा उल्लेख भएका कुराहरुले प्राथमिकता पाउनेछ ।

दुई वा दुईभन्दा बढी व्यक्ति मिलेर संयुक्त उपक्रम खडा गरेकोमा त्यस्ता व्यक्तिहरु दर्ता रहेको कार्यालयमध्ये कुनै एक कार्यालयमा मात्र दर्ता हुन सक्दछ । जस्तैः क भन्ने व्यक्ति र ख भन्ने व्यक्ति क्रमशः आन्तरिक राजस्व कार्यालय, धरान र विराटनगरमा दर्ता रहेछन् भने त्यस्ता व्यक्तिको JV दर्ता धरान वा विराटनगरमध्ये कुनै एक कार्यालयमा मात्र गर्न सकिन्छ अरु कार्यालयमा दर्ता गर्न सकिंदैन ।

सरकारी कार्यालयले रु.२० हजारभन्दा बढीको खरिद गर्दा वा वार्षिक पाँच लाख रुपैयांभन्दा बढीको ठेक्कापटृा दिंदा वा परामर्श सेवा लिंदा दर्ता भएको व्यक्तिसंग मात्र दिनु लिनु पर्ने व्यवस्था रहेको हुँदा सो अनुसार कारोबार गर्न दर्ता गर्नु पर्दछ ।

सरकारी संस्थानले सरकारलाई तिरेको व्याजमा अग्रिम कर कट्टी गर्नुपर्दैन ।

सवारी साधन भाडामा लिँदा अग्रिम कर कट्टी गर्नुपर्दछ । तर कुनै ब्यक्तिले आफ्नो स्वामित्वमा रहेको सवारी साधन यातायात ब्यबस्था कार्यालयमा भाडाको सवारी साधनको रुपमा दर्ता गराएको भए सो सवारी साधन भाडामा लगाई निजले आर्जन गरेको आय वापत बर्षेनी निश्चित रकम कर वापत तिर्नु पर्दछ । यस्तो भाडाका सवारी साधन कुनै प्राकृतिक ब्यक्तिको भए निजले सो आय बर्षका लागि तिरेको कर निजले सो सवारी साधनबाट गरेको आय आर्जनका लागि अन्तिम कर हुने ब्यबस्था छ । निजलाई गरिने भाडा भुक्तानीमा भुक्तानी दिने ब्यक्तिले श्रोतमा कर कट्टा गर्नु पर्दैन । कुनै ब्यक्तिले निजलाई भुक्तानी गर्दा कर कट्टा गरी दाखिला गरेको भए निजले सो कर रकम बिभाग समक्ष फिर्ता दाबी गर्न सक्दछ ।

निर्धारण योग्य आय आर्जन  गर्न चाहने वा  भुक्तानीमा अग्रिम कर कट्टी गर्नुपर्ने प्राकृतिक व्यक्तिले स्थायी लेखा नम्बर (PAN) लिनु पर्दछ ।

संशोधित कर निर्धारण तथा संसय कर निर्धारणको कर यस्तो कर निर्धारण गरिएको सूचनामा उल्लेख भएको समय भित्र बुझाउनु पर्दछ ।

ऐनको व्याख्या सहित जारी गरिएको हुँदा यसलाई कानूनी मान्यता प्राप्त हुन्छ । सो सार्बजनिक परिपत्रलाई बिभाग स्वयंले रद्द नगरेसम्म र अदालतले अन्यथा व्यबस्था नभएको अबस्था सम्म लागू भइरहन्छ । ऐन नियम अन्तर्गत र सोही द्धारा प्रदत्त अधिकार प्रयोग गरी सार्वजनिक परिपत्र बन्ने भएकोले सार्वजनिक परिपत्रले ऐन नियमलाई काट्न वा नाघ्न सक्दैन ।

सार्वजनिक परिपत्रहरु विभागको वेवसाईटमा पनि राखिएको हुन्छ ।

सार्वजनिक परिपत्रहरू राजपत्र वा गोर्खापत्रमा प्रकाशित हुँदैनन् । आन्तरिक राजस्व विभागले नियमित रुपमा प्रकाशित गर्ने परिपत्र संग्रह, विभागको वेबसाईट र वस्तुगत संघ संस्थाहरुमा पनि उपलब्ध गराइएको हुने हुँदा त्यहाँबाट पनि प्राप्त गर्न सक्नु हुन्छ ।

ऐनको कार्यान्वयनमा एकरुपता ल्याई ऐनबाट प्रभावित व्यक्ति एवं कर प्रशासनलाई व्याख्या गरी सरल बनाउने उद्देश्यले जारी गरिने लिखतलाई सार्वजनिक परिपत्र भनिन्छ ।

तोकिएको पुरस्कार रकम समानुपातिक हिसाबले बाँडफाँड गरिन्छ ।

सूर्ती, खैनीको आउटर प्याकेट ४०० ग्रामको हुनु पर्छ भने गुट्खा, पान मसलासुगन्धित  सुपारी आदिको १५० ग्रामको आउटर प्याकेटमा प्याकिङ्ग हुनु पर्छ ।

स्वयं निष्काशन प्रणाली अन्तर्गत सूर्तीजन्य वस्तु पर्ने भएकोले निष्कासन माग फारम चार प्रति भरी अन्तःशुल्क अधिकृतबाट स्वीकृत गराएर मात्र निष्कासन गर्नु पर्छ ।

सेवा शुल्क प्राप्त गर्ने कम्पनी र प्राकृतिक व्यक्ति दुबैलाई समान दरमा अग्रिम कर कट्टी  गर्नुपर्छ ।

सेवा शुल्क भुक्तानी गर्दा मूल्य अभिवृद्धि करमा दर्ता भएको सेवा प्रदायक वासिन्दा व्यक्तिलाई १.५ प्रतिशत र अन्यको हकमा १५ प्रतिशतले कर कट्टी गर्नुपर्दछ ।

स्थानीय तह, प्रदेश वा केन्द्र सरकारलाई भुक्तानी गरेको रोयल्टीमा अग्रिम कर कट्टी गर्नु पर्दैन ।

स्थायी लेखा नं. लिने र नलिने सेवा प्रदायकलाई समान दरमा अग्रिम कर कट्टी  गर्नुपर्दछ ।

कर प्रयोजनको लागि प्रत्येक करदातालाई पहिचान दिन दिइने अद्वितिय (Unique) र स्थायी (Permanent) संकेत हो । यो नौ (९) अंकको हुन्छ । यो संकेत एक पटक लिई सकेपछि उही व्यक्तिले व्यवसाय गर्ने स्थल वा व्यवसायको प्रकृति वा अन्य विवरण परिवर्तन भए पनि सो करदाताका लागि सँधै भरि सोही संकेत अंक कायम रहने भएकोले यसलाई स्थायी लेखा नम्बर भनिएको हो । यसलाई अंग्रेजीमा Permanent Account Number र छोटकरीमा PAN भनिन्छ । व्यक्तिको लागि यो कर तिर्ने प्रयोजनको लागि प्रयोग गरिन्छ । यो व्यवसाय, रोजगारी एवं लगानीको पहिचान जनाउने नम्बर पनि हो । कम्प्यूटर प्रणालीबाट सृजना हुने नौ अंकको  स्थायी लेखा नम्बरको उदाहरणः १००३६२२५७ 

स्थायी लेखा नम्बर प्रत्येक करदातालाई पहिचान दिन दिइने अद्धितिय ९ग्लष्त्रगभ० र स्थायी एभचmबलभलत) संकेत अंक हो । यो नौ (९) अंकको हुन्छ । यो संकेत एक पटक लिई सकेपछि उही व्यक्तिले व्यवसाय गर्ने स्थल वा व्यवसायको प्रकृति वा अन्य विवरण बदले पनि सो करदाताका लागि सँधैभरि सोही संकेत अंक कायम रहि रहने भएकोले स्थायी लेखा नम्बर भनिएको हो । यसलाई अंग्रेजीमा एभचmबलभलत ब्अअयगलत ल्गmदभच र छोटकरीमा एब्ल् भनिन्छ । व्यक्तिको लागि यो कर तिर्ने प्रयोजनको लागि प्रयोग गरिन्छ । यो नम्बर कर प्रयोजनको लागि व्यक्तिगत सूचनाको भण्डारण गर्ने कार्यको लागि प्रयोग गरिन्छ । यो व्यवसाय, रोजगारी एबं लागानीको पहिचान जनाउने नम्बर पनि हो । कम्प्यूटर प्रणालीबाट श्रृजना हुने नौ अंकको यो नम्बरको उदाहरण ज्ञण्ण्घटद्दद्दछठ यस्तो हुन्छ ।  

मदिरा, वियर तथा चुरोट उत्पादन गर्ने ईजाजतपत्रवालाले वितरक, थोक तथा खुद्रा विक्रेतालाई विक्री गर्ने मूल्य राष्ट्रियस्तरको पत्रिकामा सार्बजनिक गरी आफुले उत्पादन गरेको बस्तुमा अधिकतम खुद्रा मूल्य अंकित गर्नु पर्नेछ ।

स्थायी लेखा नम्बरका बारेमा थप जानकारी लिन विभागको वेबसाइट धधध।ष्चम।नयख।लउ मा  ीयन इल गर्न सकिन्छ । साथै आन्तरिक राजस्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु, आन्तरिक राजस्व विभागबाट स्थायी लेखा नम्बर जारी गर्न स्विकृति प्राप्त उद्योग बाणिज्य संघहरु लगायतका निकायहरुबाट समेत एब्ल् बारे थप जानकारी पाउन सकिन्छ ।  

कुनै पनि आय बर्षमा करलाग्ने आय आर्जन गर्ने व्यक्तिले आन्तरिक राजस्व बिभागद्धारा निर्धारित फारमहरुमा आफ्नो आयको घोषणा आफैं गरी ऐन अनुसार लाग्ने कर समेत आफैंले निर्धारण गरी निर्धारित कर दाखिला गर्ने कार्य नै स्वयंकर निर्धारण हो ।

तपाईंले स्वयं कर निर्धारणको विवरण र लाग्ने कर समयमा दाखिला गरी सकेपछि करदाताको जिम्मेवारी सकिन्छ । निजले पुनः आ.रा.का.लाई आफ्नो कर निर्धारण गरि दिन अनुरोध गरि रहन पर्दैन । करदाताद्वारा गरिने स्वयं कर निर्धारण नै अन्तिम कर निर्धारण मानिन्छ । विभागले यस्तो विवरण छानविन गर्दा कुनै त्रुटि फेला पारेमा संशोधित कर निर्धारण गर्ने गर्दछ र यस्तो अवस्थामा कानून अनुसार तपाईंको बिबरणको छानबिनमा परेको र उचित सुनुवाईको मौका र सूचना दिए पछि मात्र अन्तिम कर निर्धारण गरिन्छ । 

स्वयं कर निर्धारणको विवरणमा त्रुटी भयो भने यस्तो त्रुटीबाट घटी दाखिला भएको करमा ५० देखि १०० प्रतिशतसम्म शुल्क लाग्दछ । त्रुटी जानी–जानी वा लापरवाही वा झुठा विवरणले गर्दा नभएको र भूलवश भएको भए ५०% र जानीजानी वा लापरवाही गरेको कारणले झुठा वा भ्रमपूर्ण हुन गएको भए १००% शुल्क लाग्दछ । 

क. कच्चा पदार्थको आम्दानी खर्च खाता

ख. उत्पादन तथा निष्काशनको मास्केवारी तथा वार्षिक प्रतिवेदन

ग. कच्चा पदार्थको मास्केवारी तथा वार्षिक प्रतिवेदन

घ. खरिद तथा विक्री खाता

लिनु पर्दछ तर सालवसाली नविकरण गर्नु पर्दैन । तर स्वयं निश्कासन प्रणाली अन्तर्गत भएता पनि शुर्तिजन्य पदार्थ कारोवार गर्ने नविकरण गराउनु पर्दछ ।

भौतिक नियन्त्रण प्रणालीमा आधारित प्रत्यक्ष नियन्त्रण र निगरानी राखिने बाहेकका  अन्तःशुल्क लाग्ने बस्तु वा सेवाको व्यवसायी आफैले खरिद, उत्पादन, निष्कासनपैठारी तथा निकासी, विक्री गर्ने र सो वापत लाग्ने अन्तःशुल्कको दायित्व निर्धारण तथा  दाखिला गर्ने प्रकृया नै स्वयं निष्कासन प्रणाली हो ।

स्वयंकर निर्धारण बिबरण आय बर्ष समाप्त भएको तीन महिना भित्र (अर्थात् आगामी आर्थिक बर्षको असोज मसान्त भित्र) बुझाउनु पर्दछ । म्याद भित्र बिबरण बुझाउन नसक्ने हो भने सम्बिन्धित कार्यालय तथा करदाता सेवा कार्यालयमा निबेदन दिई बढीमा तीन महिनाको थप म्याद पाउन सकिन्छ ।

स्वीकृत अबकाश कोषबाट रकम झिक्दा (भुक्तानी पाउँदा) सो रकमको ५० प्रतिशत वा ५ लाख जुन वढि हुन्छ सो रकम घटाई बांकी रकममा पाँच प्रतिशतका दरले कर लाग्दछ ।

स्वीकृत अवकाश कोषमा रकम जम्मा गरेमा करयोग्य आयबाट तोकिए अनुसार

(निर्धारणयोग्य आयको एक तिहाई वा रु. ३ लाखमा जुन घटी हुन्छ सो रकम सम्म) घटाउन पाईन्छ अर्थात् कर दायित्व घट्न जान्छ । अनिवार्य वचत हुने गर्छ निवृत जीवनयापन गर्न सहज हुन्छ ।

  • सरकारी कार्यालयसँग कारोबार गर्न पाईन्छ ।
  • दर्तावाल करदाताले कर बीजक खोज्ने हुँदा दर्तावालसँग कारोबार विस्तार हुन्छ ।
  • आफूले खरिद गर्दा तिरेको कर (VAT) कट्टी दाबी गर्न मिल्छ ।

थ्रेसहोल्ड भन्दा कमको कर (VAT) लाग्ने वस्तु तथा सेवाको कारोवार गर्ने व्यक्तिले पनि स्वेच्छाले दर्ता गर्ने प्रक्रिया ।

हवाई टिकट विक्रीको कमिशन भुक्तानीमा पनि अग्रिम कर कट्टी गर्नु पर्दछ ।

एक पटक लिएको User Name Password ले नै सँधै प्रयोग गर्न सकिन्छ । तसर्थ प्रत्येक महिना पर्दैन ।

जतिसुकै अवधिको भए पनि भुक्तानी गर्दाको बखत अग्रिम कर कट्टी गर्नुपर्दछ ।

उँचाई १० से.मी. र लम्बाई ३० से.मी. ।

तत्काल अर्को कर अवधिको विवरणमा समायोजन गर्न सक्नुहुन्छ । साथै तपाईंले आफ्नो व्यहोरा जनाई आन्तरिक राजस्व कार्यालय । करदाता सेवा कार्यालयमा सम्पर्क गर्नु भएमा कार्यालयले आंशिक कर परिक्षण गरी तपाईको विवरणा सच्याईदिन सक्दछ ।

भुक्तानीमा गरिएको (अग्रिम) करकट्टीको विवरण विद्युतीय प्रणाली (Internet) बाट बुझाउने व्यवस्था हो ।

पर्दैन । एकपटक दर्ता भएको Username, Password सँधै प्रयोग गर्न सक्नुहुन्छ ।

अग्रिम कर कट्टी e-TDS को विवरण बुझाउने तरिका

    • Mozilla Firefox वेव व्राउजर प्रयोग गरी ird.gov.np पेजलोड गर्नुहोस ।
    • होमपेजमा भएको taxpayer portal क्लिक गर्नुहोस ।
    • तत् पश्चात प्राप्त हुने screen मा e-TDS Folder लाई छनौट गर्नुहोस ।
    • तत् पश्चात e-TDS मेनुमा क्लिक गर्नुहोस ।
    • Submission No. प्राप्त गर्न सब्मिशन नं. लिने फारम लाई छनौट गरी आवश्यकता अनुसारको बक्समा युजरनेम, पासवर्ड, स्थायी लेखा नं., विथहोल्डरको नाम, सम्बन्धित आ.रा.का. वा क.से.का. छनौट गरी, फोन नं., अग्रिम कर कट्टी अवधि( मिति देखि मिति सम्म) टाइप गरी (यदी तपाईले आर्थिक वर्ष २०६८।०६९ भन्दा अगाडीको भौचर मिति भएमा मात्र भौचर मिति टाइप गरी) Register Button मा क्लिक गर्नुहोस ।
    • अब तपाइले प्रविष्टि (Entry) गरेको विवरण सहित नयाँ सब्मिशन नं. र ट्रान्स्याक्सन भर्ने भन्ने दुइवटा Button देखा पर्नेछन । विवरण प्रविष्टि गर्ने ट्रान्स्याक्सन भर्ने (transaction Entry) बटनमा क्लिक गर्नुहोस ।
    • अब down Sample बटनमा क्लिक गरी नमूना फाइलमा भए अनुसारको अग्रिम करकट्टीको विवरणहरु Microsoft Excel files मा विवरणहरु प्रविष्टि गरी Save गर्नुहोस । यसरी Save गर्दा Micro soft Excel version 97 मा file name को तल देखिने File save as type मा क्लिक गरी Excel 97-2003 workbook format मा file save गर्नुहोस ।
    • यसरी तयार भएको file load Excel file मा क्लिक गरी विवरणहरु TDS भर्ने फारममा लोड गर्नुहोस ।
    • अब विवरणहरु ठीक संग लोड भएको छ कि छैन रुजु गरी यदी विवरण सबै ठिक भएको खण्डमा पेजको माथि पट्टी रहेको भौचर भर्ने फारममा क्लिक गर्नुहोस ।
    • अब भौचर विवरण जस्तै शीर्षक नं., भौचर नं. भौचर मिति, भुक्तानीको प्रकार (नगद, बैक वा गुडफर पेमेन्ट छनौट गरी) र रकम टाइप गरी Add Button मा क्लिक गर्नुहोस । भौचर संख्या १ भन्दा वढी भएमा सोही प्रकृया दोहोराउनुहोस ।
    • अब तपाईले अग्रिम करकट्टी विवरण तथा भौचर विवरण दाखिला -Submit_ गरिसक्नु भएको छ भने पूनः ट्रान्स्याक्सन -Transaction_ भर्ने फारममा भएको Save Button मा क्लिक गरी  विवरण Save गर्नुहोस ।
    • विवरण भर्ने कार्य पुरा भएको भए Submit Button मा क्लिक गरी अग्रिम करकट्टी विवरण सम्बन्धित ठूला करदाता कार्यालय वा आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा पेश गर्न Submit Button मा क्लिक गर्नुहोस ।
    • यदि विवरण पूर्ण भएको छैन भने Taxpayer portal को e-TDS Folder मा भएको e-TDS  Menu मा क्लिक गरी विथहोल्डर Login ट्यावमा क्लिक गरी विवरण भर्दा प्राप्त गरेको username Password र Submission No टाइप गरी पून विवरण अध्यावधिक गरी Submit Button मा क्लिक गर्नुहोस ।
    • अब Print Button मा क्लिक गरी विवरणहरु प्रिन्ट गरी सक्कल भौचर समेत लिएर सम्बन्धित ठुला करदाता कार्यालय वा आन्तरीक राजस्व कार्यालय वा कर दाता सेवा कार्यालयमा गएर विवरण Verify गर्नुहोस ।तपाईले पेश गर्न चाहानु भएको विवरण verify नभएसम्म विवरण पेश भएको मान्य हुदैन । अत: आफूले पेश गरेको विवरण तोकिएको समयमा नै सम्बन्धित कार्यालयमा गएर verify गराउनुहोस ।
    • थप सहयोगको आबश्यक भएमा e-TDS menu मा गई Help लिन सकिन्छ ।

इन्टरनेटबाट पनि अग्रिम कर कट्टी विवरण बुझाउने सुविधा छ । सोका लागि पहिलो एक पटक सम्बन्धित कार्यालयबाट गोप्य संकेत (Password) प्राप्त गर्नुपर्दछ । e-TDS गरेमा सम्बन्धित कार्यालयबाट प्रमाणित गराउनु पर्दछ ।

आन्तरिक राजस्व विभागले स्थायी लेखा नं. लिनुपर्ने भनी तोकेको निर्धारण योग्य आय आर्जन गर्न चाहने वा भुक्तानीमा करकट्टी गर्नुपर्ने जुनसुकै व्यक्तिले त्यस्तो आय आर्जन गर्नु वा करकट्टी गर्नु अगावै स्थायी लेखा नम्बर अनिवार्य रुपमा लिनुपर्दछ । स्थायी लेखा नम्बर लिन अनिवार्य नभएको र स्थायी लेखा नं प्राप्त नगरेका अन्य व्यक्तिले पनि स्थायी लेखा नं. लिन सक्नेछन् ।

आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयहरुमा रहेको हेल्पडेस्क, www.ird.gov.np को वेबसाईट र उद्योग वाणिज्य महासंघहरुबाट समेत थप जानकारी र सहयोग लिन सकिन्छ ।

PAN पाउन आवेदन गर्ने महिला (प्राकृतिक व्यक्ति)ले आफ्नो बुबा, आमा, पति वा ससुराको नाम अनिवार्य लेख्नु पर्दछ ।

PAN लिएपछि आफ्नो वैयक्तिक विवरण र PAN संख्या उल्लेख भएको फोटो सहितको PAN कार्ड वा प्रमाणपत्र पाइन्छ ।

PAN लिएपछि कारोवार गर्न, आयात निर्यात गर्न, बैंकसँग ऋण लिन एवं राजस्वसम्बन्धी सम्पूर्ण काम गर्न सहज हुन्छ । साथै तपाईको व्यवसायमा पारदर्शिता आउने हुन्छ । PAN लिएर त्यसको आधारमा करदाताको पहिचान पाउनु नागरिकको लागि गौरबको विषय हो । यो हरेक करदाताको पहिचान सम्बन्धी विशेष संकेत पनि हो ।

उद्योग, व्यापार, पेशा, व्यवसाय (फर्म नराखी स्वतन्त्र व्यवसाय गर्ने प्राकृतिक व्यक्तिसमेत), रोजगारी गर्ने व्यक्तिले आफूले गर्ने कारोवार, बैंकिङ्ग कारोवार, जारी गर्ने बिल बिजक, खाता बही, कागजात तथा आय विवरण लगायत कर सम्बन्धी सम्पूर्ण विवरणमा PAN को उल्लेख गर्न अनिवार्य भएकोले PAN लिनु पर्दछ । साथै यो नम्बरले करदातालाई एउटा विशिष्ट पहिचान दिने हुँदा आफ्नो व्यवसाय गर्न र सोमा सम्बद्ध राजस्व दाखिला गर्न PAN लिए पछि सहज हुने भएकोले PAN लिन आवश्यक छ ।

निश्चित रकमसम्मको वार्षिक कारोबार गर्ने साना व्यवसायीले दर्ता गर्नु नपर्ने गरी कानूनले तोके बमोजिमको कारोबार अंक ।

Personal PAN लिन प्राकृतिक व्यक्तिले आफ्नो नाम, थर, स्थायी ठेगाना, पिताको नाम, जन्म मिति, नागरिकता/परिचयपत्र नम्बर बारे जानकारी गराउनु पर्दछ । सो साथ नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, विदेशीको हकमा राहदानी वा सम्बन्धित कुटनैतिक नियोगद्वारा जारी गरिएको परिचयपत्र, स्थनिय रोजगारदाताको सिफारीस, पेशागत प्रमाणपत्रको प्रतिलिपी र दुई प्रति फोटो पेश गर्नु पर्दछ ।

PAN लिनका लागि कुनैपनि किसिमको दस्तुर बुझाउनु पर्दैन ।

व्यवसाय दर्ता गरिसकेपछि Personal PAN लाई व्यावसायिक स्थायी लेखा नम्बर (Business PAN) मा परिवर्तनका लागि व्यवसाय दर्ता प्रमाणपत्र सहित सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा निवेदन दिएको अवस्थामा Personal PAN लाई कार्यालयले Business PAN मा रुपान्तरण गरिदिन्छ ।

स्वयं उपस्थित हुनु पर्छ । 

दर्ता भएको व्यक्तिले देहायका सूचना, कागजात तथा विवरणहरुको अभिलेख राख्नु पर्नेछ :

  • व्यापार लेखा नगद प्राप्ति र भुक्तानी सम्बन्धी अभिलेख ।
  • आफूले जारी गरेका कर बिजक तथा संक्षिप्त कर बिजकहरु ।
  • आफूले प्राप्त गरेका कर बिजक तथा संक्षिप्त कर बिजकहरु ।
  • आफूले गरेको आयात र निर्यातसंग सम्बन्धित सम्पूर्ण कागजातहरु ।
  • आफूले खरीद र बिक्री गरेका वस्तु तथा सेवाको मूल्यमा घटबढ भएको प्रमाणित गर्ने कागजातहरु ।
  • सम्पूर्ण डेविट तथा क्रेडिट नोट र अन्य तत्सम्बन्धी कागजातहरु ।
  • अनुसूची–७ बमोजिमको मुल्य अभिवृद्धि कर लेखा तथा अनुसूची–८ र अनुसूची–९ मा उल्लेख भए बमोजिमका खरीद बिक्री खाताहरु ।

६ वर्ष सम्म सुरक्षित राख्नु पर्दछ  ।

दस्तुर तिनु पर्दैन ।

अनुमानित करको विवरण आफुसंग सम्बन्धित ठूला करदाता कार्यालय वा आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा  कार्यालयमा बुझाउन पर्दछ ।

भुक्तानीकर्ताले अग्रिम कर कट्टी गरेको रकम तोकिएको बैंकमा वा कार्यालयमा सम्बन्धित राजस्व शीर्षकमा दाखिला गरी सो को विवरण र राजस्व दाखिलाको जानकारी आफूले स्थायी लेखा नम्बर लिएको कार्यालय वा भुक्तानी स्थलबाट नजिकको/सम्बद्ध  रहेको  आन्तरिक राजस्व कार्यालयमा भुक्तानी गरिएको महिना समाप्त भएको २५ दिनभित्र दाखिला गर्नुपर्छ ।

अग्रिम कर कट्टीको रकम विवरण सहित भुक्तानी गरिएको महिना समाप्त भएको २५ दिन भित्र दाखिला गर्नु पर्दछ ।

अग्रीम कर कट्टी गर्नुपर्ने कुनै पनि भुक्तानी गर्दा भुक्तानीकर्ताले अग्रिम कर कट्टी गर्नुपर्दछ ।

अग्रिम कर कट्टी भुक्तानी गर्दाका बखत वा खर्च लेख्दाका बखत गर्नुपर्दछ ।

अग्रिम कर कट्टी गर्नेले विवरण समेत महिना समाप्त भएको २५ दिनभित्र सम्बन्धित आन्तरिक राजस्व  विभाग मातहतका कार्यालयमा वुझाउनु पर्दछ ।

अग्रिम कर कट्टी गरेको रकम अग्रिम कर कट्टी गरिएको महिना समाप्त भएको २५ दिन भित्र स्थायी लेखा नम्बर लिएको वा भुक्तानी स्थलसंग सम्बद्ध आन्तरिक राजस्व विभाग मातहतका कार्यालयमा दाखिला गर्नुपर्दछ ।

अग्रिम कर कट्टी गर्दा मूल्य अभिवृद्धि कर बाहेकको मूल्यमा गर्नुपर्छ ।

अग्रिम कर कट्टी गर्न छुट भएमा अग्रिम कर कट्टी हुने व्यक्ति र सो अग्रिम कर कट्टी गर्ने व्यक्ति दुबैजना संयुक्त रुपमा र छुट्टा–छुट्टै रुपमा जिम्मेवार हुन्छन् ।

अग्रिम कर कट्टी गर्ने व्यक्तिले अग्रिम कर कट्टी हुनेको विवरण आन्तरिक राजस्व  विभागको मातहतका सम्बन्धित कार्यालयहरुमा दिनु पर्दछ । यस्तो विवरण र रकम संयुक्त रुपमा वा छुट्टा–छुट्टै पेश गर्न सकिन्छ ।

कुनै करयोग्य कारोवारमा संलग्न हुन चाहने व्यक्तिले कारोवार शुरु हुनुभन्दा अगावै वा विगत १२ महिनामा तोकिए बमोजिमको थ्रेसहोल्ड भन्दा बढी कारोवार भएको वा आगामी ३ महिनामा हुने अनुमानित कारोबारको आधारमा थ्रेसहोल्ड भन्दा बढी कारोबार हुने भएमा त्यस्तो व्यक्ति अनिवार्य रुपमा दर्ता हुनु पर्दछ । 

विगत बाह्र महिनामा वस्तुको कारोबारको हकमा वार्षिक पचास लाख रुपैयां, वस्तु तथा सेवा मिश्रित कारोबार र सेवाको हकमा रु. बीस लाखभन्दा बढीको करयोग्य कारोबार गर्ने व्यक्ति, ... व्यवसायिक प्रयोजनको लागि एक पटकमा रु. दश हजार रुपैयांभन्दा बढीको करयोग्य वस्तु वा सेवा पैठारी गरेमा अनिवार्य दर्ता हुनु पर्ने व्यवस्था रहेको छ ।   

कुनै व्यक्तिले वार्षिक दश लाख रुपैयांभन्दा बढी रकमको कुनैं बैंकबाट व्यवसायिक ऋण प्राप्त गरेमा त्यस्तो व्यक्ति अनिवार्य रुपमा दर्ता हुनु पर्दछ । साथै मूल्य अभिवद्धि कर ऐन, २०५२ को दफा १०() (), () मा उल्लेखित व्यक्ति समेत अनिवार्य दर्ता हुनु पर्छ ।

अग्रिम कर कट्टी हुने व्यक्तिले सो भुक्तानी गरेको आय वर्षमा दाखिला गर्नु पर्ने कर रकममा मात्र मिलान गर्न दाबी गर्न सक्छ । अग्रीम कर कट्टी भएको कर रकम मिलान गर्न कुनै वर्ष छुट भए पछिल्लो वर्षमा मिलान गर्न  पाइदैन । अन्य कर दायित्व चुक्ता गरेर बढी दाखिला गरेको अग्रिम कर फिर्ता माग गर्न वा आगामी आ.व. मा तिर्नुपर्ने कर रकममा मिलान गर्न पाईन्छ ।

अग्रिम भाडा भुक्तानी भएमा सो भुक्तानी भएको बखत अग्रिम कर कट्टी गर्नुपर्दछ ।

अनुमानित करको शुद्धता (अनुमानित विवरणको शुद्धता) घटीमा ९० प्रतिशत  हुनु पर्दछ ।

हुँदैन । 

त्यसरी थप हुने अन्तःशुल्क रकमको शत प्रतिशत रकम जरिवाना गर्न सकिन्छ । 

अन्तःशुल्क अधिकृतले अन्तःशुल्क निर्धारण तथा असूलीका लागि गरेको निर्णय उपर चित्त नबुझेमा सो आदेशको सूचना पाएको मितिले तीस दिन भित्र प्रशासकीय पुनराबलोकनको  लागि महानिर्देशक समक्ष निबेदन दिनु पर्नेछ । 

अबैध मदिराको कारोबार गरेको मानी कारबाही गरिन्छ ।

अन्तःशुल्क अधिकृतलाई देहाय बमोजिमको अधिकार हुनेछ :-

क. सम्बन्धित बस्तुहरु, स्थान, कागजपत्र, लेखा तथा अभिलेख जाँच गर्ने

ख. कारोबार स्थल, कसूर संग सम्बन्धित प्रमाण हुन सक्ने अन्य ठाउँको जाँचबुझ गर्ने,

ग. अभिलेख किताब, खाता, विबरण  तयार गर्ने व्यक्तिसंग जानकारी माग गर्ने

घ. कारोबार स्थल वा सो संग सम्बन्धित कागजपत्रहरु  कव्जामा लिने

ङ. अन्तःशुल्क लेखापरीक्षण गर्ने तथा 

च. कारोबार सम्बन्धी जानकारी बैंक, वित्तीय संस्था लगायत कुनै पनि व्यक्ति संग माग  गर्न सक्नेछ ।

(क) परराष्ट्र मन्त्रालयको सिफारिसमा कुटनैतिक सुविधा अन्तर्गत अन्तःशुल्क लाग्ने वस्तुको पैठारी गर्दा । 

(ख) स्वयम् निष्काशन प्रणाली अन्तर्गतका वस्तुहरुको विक्री वा संचय गर्न । तर स्वयं निश्काशन भए पनि चुरोट तथा सूर्तिजन्य वस्तुको उत्पादन र विक्री वितरणको हकमा इजाजत लिनुपर्दछ । त्यस्तै स्वदेशी झुत्रा वा पत्रु (कवाडी) वस्तु प्रयोग गरी उत्पादन गर्ने उद्योगले अन्तःशुल्क इजाजत लिएर मात्र कारोबार गर्नु पर्दछ ।

कारोबार नगर्ने भएमा आफुसँग भएको अन्तःशुल्क लाग्ने वस्तुको स्टक बिक्री गरी बुझाउन बाँकी रहेको सबै अन्तःशुल्क रकम तिरी सो को प्रमाण  सहित  आफु संग भएको ईजाजतपत्र संलग्न राखी खारेजिका लागि कार्यालयमा निबेदन  दिनु पर्दछ ।

राजस्व न्यायाधिकरणमा ३५ दिनभित्र पुनराबेदन गर्नु पर्नेछ ।

ईजाजतपत्र नलिई कारोबार गरेको रहेछ भने ईजाजतपत्र बापत र सोको नवीकरण  बापत लाग्ने दस्तुरबाट निजले उन्मुक्ति पाउने छैन र ऐन तथा नियमानुसार लाग्ने  दण्ड र जरिवाना समेत हुन्छ । 

विगो जफत गरी विगो बमोजिम जरिवाना वा एक बर्ष सम्म कैद वा दुबै सजाय  हुनेछ । 

अन्तःशुल्क लाग्ने वस्तुबाट असुल भएको विगोको दश प्रतिशत पाउनेछ ।

उत्पादन गरी निश्कासन गर्दाको वखत उत्पादकले र पैठारी हुने बस्तुमा सम्वन्धित भंसार  कार्यालयले असूल गर्नु पर्दछ । 

म्याद गुज्रिन गएको कारण खोली म्याद गुज्रेको मितिले ७ दिन भित्र म्याद थपका लागि निबेदन दिएमा विभागले म्याद गुज्रेको  मितिबाट बढीमा तीस दिनको म्याद थप गर्न सक्नेछ । 

अन्तःशुल्क वस्तु तथा सेवाको आन्तरिक उत्पादन र पैठारीमा लाग्ने कर हो । सिद्दान्ततः मानवीय स्वास्थ्य र वातावरणमा नकारात्मक प्रभाव पार्ने तथा बिलासिताका वस्तुमा अन्तःशुल्क लगाईन्छ । यो सामान्यतया उत्पादकको तहमा र पैठारीमा मात्र लाग्दछ । अन्तःशुल्क लाग्ने भनि तोकिएका स्वदेशी उत्पादन वा पैठारी हुने बस्तु वा प्रदान गरिने सेवामा त्यस्ता बस्तु वा सेवा उत्पादन गर्न लाग्ने खर्च र प्रतिष्ठानको नाफा मात्र जोडी हुने मूल्यमा वा निश्कासन भएको परिमाणमा तोकिएको दर अनुसार निष्कासनका बखत लाग्ने कर नै अन्तःशुल्क हो ।

अन्तःशुल्क लाग्ने वस्तुबाट असुल भएको विगोको बीस प्रतिशत रकम पुरस्कार स्वरुप दिन सकिने छ ।

अन्तःशुल्क टिकट टाँस नभएको चुरोट विक्री गर्नु दण्डनीय अपराध हो । त्यस्तो अबैध  कारोबार गरेमा विगो जफत गरी विगो बमोजिम जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सँजाय हुन्छ ।

सम्बन्धित निकायमा ब्यबसाय दर्ता गरेको ब्यबसाय दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाणपत्रको छायाँ प्रति, राहदानी आकारको फोटो २ प्रति, कारोबार गर्ने ठाउँको नक्सा र तोकिए बमोजिमका कागजात संलग्न गर्नु पर्दछ ।

आन्तरिक राजस्व कार्यालय, करदाता सेवा कार्यालय तथा उक्त कार्यालयहरु नभएका  जिल्लामा कोष तथा लेखा नियन्त्रक कार्यालयहरुले तोकिए बमोजिमको लाग्ने दस्तुर  लिई उपलब्ध गराउँछन् ।

स्वदेशमा उत्पादन हुने तथा विदेशबाट पैठारी गरिने प्रत्येक चुरोटको बट्टामा  अन्तःशुल्क टिकट लगाउनु पर्छ ।

मदिरा, वियर, साइडर र वाइनको प्रत्येक बोतलमा र चुरोटको प्रत्येक बट्टामा, सूर्ति र खैनीका प्रत्येक ४०० ग्रामको आउटरमा र गुट्खा तथा पान मसलाका प्रत्येक १५० ग्रामको आउटर प्याकेटमा अनिबार्य लगाउनु पर्नेछ ।

मदिरा वा सूर्तिजन्य पदार्थ उत्पादन वा पैठारी गरी भण्डारण गर्दाको वखत अन्तःशुल्क टिकट टाँस गर्नुपर्दछ ।

अबैध हुन्छ । यो कार्य दण्डनीय अपराध हो र त्यसरी बिक्रि गरिएका सूर्तीजन्य पदार्थ  तथा मदिरा जफत हुन्छ । विगो कायम गरी विगो वमोजिम जरिवाना हुन्छ ।

विगो जफत गरी विगो बमोजिम जरिवाना वा एक बर्ष सम्म कैद वा दुबै सजाय  हुनेछ ।

आफुलाई चाहिने अन्तःशुल्क टिकट तोकिए बमोजिमको मूल्य दाखिला गरी सम्बन्धित आन्तरिक राजस्व कार्यालयबाट खरिद गर्नु पर्नेछ ।

स्वदेशमा उत्पादन हुने वा पैठारी हुने मदिरा, सूर्तीजन्य पदार्थ र यस्तै अन्य तोकिएका वस्तुमा टाँस गर्नु पर्ने भनि विभागले तोके बमोजिमको सुरक्षण प्रविधियुक्त टिकटलाई अन्तःशुल्क टिकट भनिन्छ ।

प्रतिष्ठानलाई उपलब्ध गराईएका अन्तःशुल्क टिकट प्रयोग गर्ने सिलसिलामा च्यातिएमा,  विग्रिएमा वा कम भएमा अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीले भौतिक  परीक्षण गरी प्रमाणित गरेको आधारमा कार्यालयले त्यस्ता अन्तःशुल्क टिकट प्रतिस्थापन  गर्न सक्नेछ ।

दुई किसिम बाट लगाईन्छ । मालबस्तु वा सेवाको मोलमा तोकिएको प्रतिशतमा वा मालवस्तुको  परिमाणका आधारमा तोकिएको दरले अन्तःशुल्क लाग्दछ ।

सालवसाली जारी हुने आर्थिक ऐन द्धारा अन्तःशुल्क ऐन २०५८ को दफा ३ संग  सम्वन्धित अनुसूचीमा तोकिएको दरलाई बुझाउछ ।

कानून सम्मत छैन, सफाई पेश गर्न १५ दिनको म्याद दिनु पर्छ । 

अन्तःशुल्क विवरण वुझाउनु पर्ने अवधि समाप्त भएको मितिले एक वर्ष भित्र फिर्ता  दावी गरि सक्नु पर्नेछ ।

फिर्ता पाउने ठहरेमा ६० दिन भित्र

  • उत्पत्तिको प्रमाणपत्र
  • निकासी प्रज्ञापनपत्र, रसिद तथा वीजक
  • विल अफ ईन्ट्री र Airway Bill/Consignment Note/Transport Bill

  • बैक मार्फत विदेशी मुद्रा भुक्तानी प्राप्तीको विवरण

अन्तःशुल्क लाग्ने वस्तु उत्पादन गरी विदेश निकासी गर्ने उद्योगले निकासी गरेको  परिमाण उत्पादन गर्दा प्रयोग भएको कच्चा पदार्थ खरिद वा पैठारी गर्दा तिरेको  अन्तःशुल्क उद्योगवाट  वस्तु निष्काशन गर्दा तिर्नु पर्ने अन्तःशुल्क रकम कट्टी गर्दा  मिलान हुन नसकेमा फिर्ता पाईन्छ ।

अन्तःशुल्क निर्देशिका, २०६८ (परिमार्जित संस्करण २०७६) ले तोकेका अन्तःशुल्क लाग्ने बस्तु वा सेबाको उत्पादन, विक्री तथा संचय गर्नेले त्यस्तो वस्तु वा सेवा उत्पादनका लागि प्रयोग हुने कच्चा पदार्थसहायक कच्चा पदार्थ  आदिको खरिद, खपत तथा अन्तिम मौज्दातको विबरण सहितका खाताहरु अनिवार्य अद्यावधिक गरी राख्नु पर्छ । 

अन्तःशुल्कजन्य बस्तुको कारोबार गर्ने इजाजतपत्र प्राप्तकर्ताहरुले अन्तःशुल्क ऐन तथा  नियमावली बमोजिमका सबै कर्तव्यहरुको पालना गर्नु पर्नेछ ।

लिनु पर्छ ।

अन्तःशुल्क ईजाजतपत्र लिनु अगाडी नै स्थायी लेखा नंबर लिनु पर्छ ।

पैठारी गर्दाकै अबस्थामा भन्सार विन्दूमा लाग्छ । 

अन्तःशुल्क लाग्ने वस्तुको कारोबार गर्दा निम्न बमोजिमको ईजाजत लिनु पर्छः

 क) अन्तःशुल्क लाग्ने बस्तु उत्पादन गर्न उत्पादन ईजाजत

 ख) विदेशबाट अन्तःशुल्क लाग्ने बस्तु पैठारी गर्दा पैठारी ईजाजत,

 ग) अन्तःशुल्क लाग्ने बस्तु खरिद विक्री गर्दा खरिद विक्रीको ईजाजत

 घ) अन्तःशुल्क लाग्ने बस्तु संचय गर्नु परेमा संचय गर्ने ईजाजत,

 ड) अन्तःशुल्क लाग्ने बस्तु निकासी गर्नु परेमा निकासी ईजाजत,

अन्तः शुल्क लाग्ने वस्तुको कारोवार गर्न पहिला एब्ल् लिई सकेका व्यक्तिले पुनः छुट्टै एब्ल् लिनु पर्दैन । अन्तःशुल्क लाग्ने बस्तुको कारोबार गर्नेले सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालय वा कोष तथा लखा नियन्त्रक कार्यालयमा इजाजतपत्रका लागि आवेदन गरी इजाजतपत्र भने लिनु पर्दछ । अन्तः शुल्क इजाजतपत्रको लागि आवेदन दिंदा एब्ल् को प्रतिलिपी पनि संलग्न गर्नुपर्दछ ।

कलाकार वा खेलाडीले पाउने पुरस्कार रकममा आकष्मिक लाभ मानी कर लाग्दछ तर यस्तो पुरस्कार रकममा सरकारले कर नलाग्ने गरी छुट दिन सक्नेछ ।

अन्तःशुल्क लाग्ने बस्तुको देहाय बमोजिम मूल्य निर्धारण गर्नु पर्छः

क) उत्पादकले बस्तु विक्री गर्दा निर्धारण गरेको कारखाना मूल्य, वा

ख) सेवाको हकमा सेवा विक्री गर्दाका बखत जारी गरेको विजक मूल्य, वा

ग) कार्यालयले उत्पादन लागत वा अन्य उपयुक्त आधारमा तोकि दिएको मूल्य, वा 

घ) पैठारी गरिएको बस्तुका हकमा भंसार प्रयोजनको लागि भन्सारले कायम गरेको मूल्यमा भंसार महसूल जोडी हुन आउने मूल्य । 

अन्तःशुल्क राजस्व जोखिमका आधारमा, अन्तःशुल्क लेखापरीक्षणको लागि करदाता  छनौटमा परेमा, बजारमा अबैध बस्तुको सहज उपलब्धता देखिएमा र अन्तःशुल्क  टिकटको अबैध वा अस्वभाविक प्रयोग भएको बुझिन आएमा ।

६ बर्ष सम्म सुरक्षित राख्नु पर्छ । 

(क) अन्तःशुल्क वक्यौता राख्ने व्यक्तिलाई फिर्ता गर्नुपर्ने कुनै रकम भए त्यसमा कट्टा गरेर,

(ख) नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वमा भएको कुनै संगठित संस्था वा स्थानीय निकायहरूबाट त्यस्तो व्यक्तिले पाउने रकमबाट कट्टा गर्न लगाएर,

(ग) त्यस्तो व्यक्तिको बैंक, वित्तीय वा अन्य संस्थामा रहेको हीतबाट कट्टा गर्न लगाएर ।

स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि “हीत” भन्नाले बैंक, वित्तीय वा अन्य संस्थामा रहेको निक्षेप तथा लगानी समेतलाई सम्झनु पर्छ।

(घ) त्यस्तो व्यक्तिको विक्री, निकासी, पैठारी र अन्य व्यवसाय रोक्का गरेर,

(ङ) त्यस्तो व्यक्तिको चल तथा अचल सम्पति कब्जा गरेर,

(च) त्यस्तो व्यक्तिको चल तथा अचल सम्पत्ति सम्पूर्ण वा केही एकै पटक वा पटक   पटक गरी तोकिए बमोजिम लिलाम विक्री गरेर,

(छ) मौज्दातमा रहेको वस्तु लिलाम गरेर

अन्तःशुल्क लाग्ने बस्तु उत्पादन गर्ने उत्पादकले कारोबारको प्रत्येक महिनाको विबरण सो महिना समाप्त भएको पच्चिस दिन भित्र सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा  करदाता सेवा कार्यालयमा र माथि उल्लेख भएका कार्यालय नभएका जिल्लाहरुमा कोष तथा लेखा नियन्त्रक कार्यालय मा पेश गर्नु पर्छ । कारोवार नभएको अवस्थामा समेत कारोवार नभएको महिनाको लागि शून्य विवरण दाखिला गर्नु पर्दछ ।

हरेक महिनाको अन्तःशुल्क लाग्ने वस्तु तथा सेवाको कारोबारको विबरण सो महिना सकिएको पच्चिस दिन भित्र र वार्षिक विवरण आर्थिक बर्ष सकिएको पच्चिस दिन भित्र बुझाउनु पर्नेछ ।

स्वीकृत अवकाश कोषबाट हुने पटके भुक्तानी (जस्तै क.सं. कोषको रकम) मा भुक्तानी रकमको ५० प्रतिशत वा रु. ५ लाख जुन बढी हुन्छ सो रकम घटाई बाँकी रहने रकमलाई लाभ मानी यस्तो लाभमा ५ प्रतिशतका दरले कर लाग्दछ र यस्तो कर अन्तिम मानिन्छ । तर निवृत्तिभरण र यस्तै प्रकारको अन्य (वृत्तिको स्वरुपको) भुक्तानीका हकमा आयमा समावेश गरी कर तिर्नुपर्दछ । निवृत्तिभरण आयको हकमा पारिवारिक वा व्यक्तिको छुट रकमको २५ प्रतिशत रकम करयोग्य आयबाट घटाउन पाइन्छ । स्वीकृत नरहेको अवकाश कोषबाट हुने भुक्तानीको हकमा अवकाश योगदान रकममा कर लागी सकेको हुँदा, अवकाश भुक्तानी रकमबाट अवकाश योगदान रकम घटाई पूँजीगत लाभको गणना गर्ने र यस्तो लाभमा ५ प्रतिशतले कर लाग्दछ ।

भौतिक नियन्त्रणका वस्तुको कारोवार गर्ने ईजाजतपत्रवालाले शाखा थप गर्न चाहेमा छुट्टै  इजाजतपत्र लिनु पर्दछ तर स्वयं निष्काशनको हकमा शाखा थप गरिएको व्यहोरा स्पष्ट खुलाई  सो को प्रतिलिपि शाखामा राख्नु पर्दछ ।

अन्तःशुल्क अधिकृत समक्ष कारोवारका लागि तोकिए वमोजिमको दस्तुर दाखिला गरी निवेदन दिए  पछि अन्तःशुल्क अधिकृतले छानविन गरी उचित देखिएमा इजाजतपत्र प्राप्त हुन सक्छ ।

अन्तःशुल्कजन्य बस्तुको उत्पादनको हकमा सालवसाली जारी हुने आर्थिक ऐनद्वारा अन्तःशुल्क ऐन, २०५८ को अनुशूचीमा तोकीएको दरमा उत्पादकले तथा पैठारीको हकमा सम्वन्धित भंसार  कार्यालयले अन्तःशुल्क निर्धारण गर्दछ ।

टिकट ताल्चा भन्नाले साँचोले बन्द गरी टिकट टाँस गर्ने र ताल्चा खोल्दा टाँसिएको सो  टिकट च्यातिने गरि प्रयोग गरिने ताल्चा साँचोमा लगाउने टिकटलाई जनाउँछ ।

अबैध मदिरा नियन्त्रण गर्ने कार्य अबैध मदिरा नियन्त्रण समिति तथा आन्तरिक राजस्व  कार्यालयहरु, करदाता सेवा कार्यालयहरु वा आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालय नभएका जिल्लाहरुमा कोष तथा लेखा नियन्त्रक कार्यालयहरुले गर्दछ । 

विना ईजाजतपत्र उत्पादन गरिएको मदिरा,  बोतलमा अन्तःशुल्क टिकट टाँस नगरीएको मदिरा तथा अर्काको ब्राण्डको नक्कल गरी उत्पादन गरिएको मदिरा अबैध  मदिरा हो । त्यसरी उत्पादन गरिएको मदिरा ओसार पसार गर्ने, थन्काई राख्ने तथा  विक्री वितरण गर्ने कार्य समेतलाई अबैध मदिराको कारोबार गरेको मानिन्छ ।

जुनसुकै प्रकारको सुविधा वा Fringe Benefit लाई पारिश्रमिक आयमा समावेश गरी करयोग्य आयको गणना गर्नुपर्दछ । जिन्सी वा सेवामा भुक्तानी पाएको भए वा बजार मूल्यभन्दा सहुलियत दरमा कुनै सुविधा पाएको भए (जस्तै मोल नपर्ने उपहार वा सस्तो दरको ब्याजमा ऋण सुविधा) वा परोक्ष रुपमा (तेस्रो व्यक्ति मार्फत् जस्तै विद्यालयलाई सोझै रोजगारदाताले केटाकेटीको फि तिरि दिएको अवस्थामा) कुनै सुविधा प्राप्त गरेको भए पनि प्रचलित बजार मूल्य अनुसार यस्तो जिन्सी वा सेवा सुविधाको परिमाणिकरण (Quantification) र मूल्यांकन गरी हुन आउने रकम करयोग्य आयमा समावेश गर्नुपर्दछ ।

अवकाश कोषमा गरिने योगदान समान रहे पनि वा परिवर्तन भए पनि तोकिएको वार्षिक सीमा ननाघेसम्म करयोग्य आयबाट घटाउन पाइन्छ ।

राजस्व चुहावट भएको रकमको शतप्रतिशत रकम जरिवाना हुनेछ ।

अवकाश कोष भनेको प्राकृतिक व्यक्ति वा निजको आश्रितलाई सेवाबाट सेवा निवृत भएपछि निश्चित समयपछि अवकाश भुक्तानी (जस्तैः– क.सं. कोष, नागरिक लगानी कोष वा स्वीकृत प्राप्त अवकाश कोषबाट हुने भुक्तानी वा उपदान, निवृत्तिभरण रकम) प्रदान गर्ने प्रयोजनको लागि रकम (योगदान रकम समेत) स्वीकार गर्ने र सो रकम तोकिएका क्षेत्रमा लगानी गर्ने उद्देश्यले मात्र स्थापना भएको निकाय/संस्था/कोष हो ।

स्वीकृत अवकाश कोषको स्वीकृत प्राप्त क्षेत्रको आयमा कर लाग्दैन तर अन्य आय र स्वीकृत नभएका अवकाश कोषहरुलाई अन्य निकाय सरह कर लाग्दछ ।

स्वीकृत प्राप्त अवकाश कोषले प्राप्त रकम वा जम्मा गरिएको रकम स्वीकृत क्षेत्रमा मात्र लगानी गर्नुपर्दछ । स्वीकृत लगानी भन्नाले निम्न लगानी सम्झनु पर्दछ ।

            (क)       नागरिक लगानी कोषमा गरिएको लगानी,

            (ख)       सरकारी ऋणपत्रमा गरिएको लगानी,

            (ग)       बैंकमा गरिएको लगानी,

            (घ)       बैंकसंग सहवित्तीयकरणको आधारमा गरिएको लगानी, र

            (ङ)       आफ्ना शेयरहोल्डर बाहेकका हिताधिकारी (Beneficiary) लाई गरिएको लगानी ।

कुनै व्यक्तिले आफुले दाखिला गर्नु पर्ने कर दायित्व भन्दा वढि हुने गरि कर दाखिला गरेमा र तिर्नु पर्ने कुनै कर वाँकी वक्यौता नरहेमा वढि दाखिला गरेको रकम फिर्ता हुन्छ ।

स्वीकृत अवकाश कोषमा रु.३ लाख वार्षिक वा कूल निर्धारणयोग्य आयको एक तिहाई रकममा जुन घटी हुन्छ, सो रकमसम्म अवकाश योगदान गरी (रोजगारदाताले थप्ने रकम समेत) करयोग्य आयबाट घटाउन पाइन्छ । यस्ता स्वीकृत अवकाश कोषहरु एक वा एकभन्दा बढी पनि हुन सक्दछन् । जस्तै क.सं. कोष र नागरिक लगानी कोष तथा बिभागले स्वीकृत दिएका अन्य अबकाश कोषमा अवकाश योगदान जम्मा गर्न पाईन्छ तर कूल अवकाश योगदान रकमले उपरोक्त तोकिएको सीमा नाघ्नु हुँदैन । योगदानमा आधारित सामाजिक सुरक्षा कोष योजनामा सहभागि हुनेको हकमा भने रु.५ लाख वा कूल निर्धारण योग्य आयको एकतिहाई रकममा जुन घटी हुन्छ सो योगदान गर्दा पाउँछ । तोकिएको सीमा भन्दा बढी रकम अवकाश कोषमा जम्मा गर्दा करयोग्य आयबाट घटाउन पाईंदैन ।

अवकाश कोषमा जोसुकै प्राकृतिक व्यक्तिले वा निजको तर्फबाट निजको रोजगारदाताले योगदान गर्दछ । रोजगारी आय नभएका स्वतन्त्र पेशा व्यवसाय गर्ने प्राकृतिक व्यक्तिले पनि अवकाश कोषमा योगदान गर्न सक्दछ ।

औषधी उपचार वापतको कर मिलानवाट वढि भएको रकम र वैदेशिक कर मिलान वापतको रकम ।

स्वीकृत अवकाश कोषमा जम्मा गरेको रकम अवकाश प्राप्त गरेको कर्मचारीले वा ५८ वर्ष उमेर पुगेको beneficiary वा उसको आश्रित व्यक्तिले वा स्थायी रुपले अपांग भएको व्यक्ति वा मृत्यु भएको व्यक्तिको आश्रित व्यक्तिले झिक्न पाउँछ ।

दर्ता खारेजी गर्न सक्ने अवस्थाहरु देहाय वमोजिम छन :-

  • संगठित संस्था भए त्यस्तो संगठित संस्था वन्द, विक्री वा हस्तान्तरण भएमा वा अन्य कुनै किसिमबाट त्यस्तो संगठित संस्थाको अस्तित्व कायम नरहेमा ।
  • व्यक्तिगत स्वामित्व भए त्यस्तो स्वामित्व भएको व्यक्तिको मृत्यु भएमा
  • साझेदारी संस्था भए त्यस्तो साझेदारी संस्था विघटन भएमा वा साझेदारको मुत्यू भएमा,
  • दर्ता भएका व्यक्तिले कर लाग्ने कारोबार गर्न छाडेमा,
  • लगातार बाह्र महिनासम्म शून्य विवरण दिने वा विवरण नै नदिई बसेका करदाता भएमा,
  • विगत बाह्र महिनामा थ्रेसोल्डभन्दा घटिको कारोबार भएमा ,
  • भूलवश दर्ता भएकोमा ।

प्रमाणित गरेको खाता समाप्त हुनासाथ थप (नयाँ) खाता प्रमाणित गर्न निवेदन दिनु पर्दछ ।

आकस्मिक लाभमा आकस्मिक लाभको नामले आयकर लाग्छ ।

लगानीबाट प्राप्त हुने आय पूँजीगत आय अन्तर्गत पर्दछ भने लगानी नगरी अनपेक्षित तवरले प्राप्त गर्ने आय आकस्मिक लाभ अन्तर्गत पर्दछ ।

खाता प्रमाणित गर्ने समयावधि भित्र मिल्छ ।

आकस्मिक लाभको भुक्तानीमा अग्रिम कर कट्टी गर्नुपर्छ । आकस्मिक लाभको भुक्तानीमा २५ प्रतिशतका दरले अग्रिम करकट्टी गर्नु पर्दछ ।

आन्तरिक राजस्व विभाग र सो मातहतमा कार्यालयले समेत प्रत्यक्ष गुनासो सुन्ने निश्चित पदाधिकारी तोकेको हुन्छ । गुनासो गर्ने व्यक्तिले सम्बन्धित अधिकारीलाइ भेटी गुनासो राख्न सकिन्छ । सो बाहेक जुनसुकै समयमा लिखित रुपमा पनि गुनासो पेश गर्न पनि सकिने व्यवस्था छ ।

अन्तःशुल्क नियमावली, २०५९ मा तोकिएको ढाँचाको निवेदन र सम्वन्धित कारोवारको लागि तोकिएको इजाजतपत्र दस्तुर दाखिला गरेको प्रमाण संलग्न गरी सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा र उक्त कार्यालय नभएको जिल्लाहरुमा कोष तथा लेखा नियन्त्रक कार्यालयमा कागजात सहित निबेदन पेश गरी प्राप्त गर्न सकिन्छ । 

तीन महिनासम्म कैद वा रु दश हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

मिल्दैन । VAT दर्ता गर्न आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा नै सम्पर्क गर्नु पर्दछ । PAN प्रदान गर्न स्विकृति दिईएका संस्थाहरुलाई मूल्य अभिबृद्धि करमा दर्ता गर्ने अनुमति दिईएको छैन ।

पाउनुहुन्छ । लगातार एक वर्षे शून्य विवरण बुझाउदैं आएका करदाताले दर्ता खारेज गर्नका लागि आवेदन दिन पाईन्छ ।

 मिल्दैन । ख्ब्त् दर्ता गर्न आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क गर्नु पर्दछ । एब्ल् प्रदान गर्न स्विकृति दिईएका संस्थाहरुलाई मूल्य अभिवृद्धि करमा पनि दर्ता गर्ने अनुमति दिईएको छैन । 

 हो, स्वीकृत प्राप्त संस्थाले शुरुमा तपाईंलाई स्थायी लेखा नम्बर प्रमाणपत्रको निस्सा उपलब्ध गराउँदछ र तीन महिना भित्र आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयबाट स्थायी प्रमाणपत्र प्राप्त गरी तपाईलाई उपलब्ध गराउँदछ । उक्त निस्सा लिएर सम्बन्धित आन्तरि राजस्व कार्यालय वा सेवा कार्यालयमा आफैं उपस्थित भई प्रमाणपत्र लिन सकिन्छ ।

शुल्क लाग्दैन तर दाखिला गर्नुपर्ने कर बांकी रहेको हुनुहुदैन ।

आन्तरिक राजस्व विभाग वा मातहतका कार्यालयहरुबाट र राजस्व अनुसन्धान विभाग समेतको मद्दतले एब्ल् लिएको नलिएको, ख्ब्त् लगायतका करमा दर्ता भए नभएको र बील बिजकमा उल्लेख ९त्तगयतभ० गरे नगरेको अनुगमन गर्ने गर्दछ । यसका लागि बजार अनुगमनको विशेष व्यवस्था गरिएको छ । एब्ल् लिएर मात्र कारोवार गर्नु पर्ने व्यक्तिले एब्ल् नलिई कारोवार गरेको पाइएमा आयकर तथा मू.अ.कर दुबै ऐन बमोजिम आन्तरिक राजस्व विभागले कानूनी कारवाही गर्न सक्दछ ।  

आफुले गर्ने कारोवार, बिल बिजक, खाताबही, आय विवरण लगायत बैंकिंग कागजात तथा कर सम्बन्धी सम्पूर्ण विवरण (आयकर, मू.अ.कर, भन्सार, अन्तःशूल्क समेत) मा एब्ल् उल्लेख गर्न अनिवार्य हुन्छ । आफैंलाई कर सम्बन्धी सुविधा सहुलियत हासिल गर्न वा कुनै सूचना प्राप्त गर्न 

एब्ल् को उल्लेख गर्न आवश्यक हुन्छ । राजस्व दाखिला गर्ने भौचरमा एब्ल् नम्बर राखिएमा त्यसले राजस्वको अभिलेख दुरुस्त राख्न सहयोग गर्दछ ।

तपाईले गर्नु भएको गुनासोको परिणाम थाहा पाउन स्वयं चनाखो भई नतिजाको अनुगमन गर्नु  पर्दछ । यसका लागि ठेगाना, ईमेल वा फोन नंबर समेत टिपाउन सकिन्छ ।

आफूले खरिद गरी कर कट्टी दावी गरिसकेको प्रयोग भैसकेका वस्तुहरु बिक्री गर्दा विक्री मूल्यमा नै कर असूल गर्नु पर्दछ ।

आफूले माग गरेको पूर्वादेश पाउन ढिला भयो भने निवेदकले ऐनको दफा ११५ बमोजिम विभाग समक्ष प्रशासकीय पुनरावलोकनको लागि निवेदन वा दफा ११६(४) बमोजिम राजस्व न्यायाधीकरण समक्ष पुनरावेदन गर्न सकिन्छ ।

 एब्ल् नलिई कारोवार गर्दा आयकर ऐनको अनिवार्य व्यवस्था नमाने वापत ऐनको दफा ११९क अनुसार रु.५ हजार देखि ३० हजारसम्म शुल्क (जरिवाना) हुन सक्दछ । साथै आयात निर्यात गर्दा वा बैकिंग कारोवार गर्दा वा सरकारी÷सार्वजनिक निकायसँग सरोकार पर्ने कार्य पर्दा यस्तो कार्य गर्न नपाईने हुन सक्दछ ।

स्वयं कर निर्धारण गरिएको कर आय विवरण दाखिला गर्ने म्याद भित्र (अर्थात आगामी आ.ब.को असोज मसान्तभित्र) बुझाई सक्नु  पर्दछ ।

आय विवरणका फारामहरु र अनुसूचीहरु कुनै पनि आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयबाट वा आ.रा.वि. को वेवसाईट www.ird.gov.np बाट डाउनलोड गरी प्राप्त गर्न सकिन्छ । 

करदाता दर्ता भएको सम्वन्धित कार्यालय ।

(क)       बढी रकम दाखिला गरेको कारण उत्पत्ति भएको आय वर्षको समाप्ति भएको मितिले २ वर्ष भित्र,

(ख)       वढी रकम दाखिला मितिले २ वर्ष भित्र फिर्ता माग गर्नुपर्छ,

(ग)       मुद्दा फैसला भएको मितिले २ वर्ष भित्र ।

एब्ल् पाउन आवेदन गर्ने महिला प्राकृतिक व्यक्तिले आफ्नो पिता, आमा, पति वा ससुराको नाम अनिवाय लेख्नु पर्दछ र्।

करदाताले वढि दाखिला गरेको पुष्टि हुने कागजात सहित सम्वन्धित कार्यालयमा निवेदन दिनुपर्छ ।

मूल्य अभिबृद्धि कर ख्ब्त् र आयकर दुबै आन्तरिक राजस्व विभागद्वारा प्रशासन गरिन्छ र दुबै प्रयोजनको लागि एउटै एब्ल् दिइन्छ । यसर्थ आयकर तथा मूल्य अभिबृद्धि कर प्रयोजनकालागि छुट्टाछुट्टै दुईटा एब्ल् लिनु पर्दैन । तर एब्ल् मात्र लिएको व्यवसायले मु.अ.करयोग्य कारोबार गर्न चाहेमा सम्बन्धित आन्तरिक राजस्व कार्यालय ÷करदाता सेवा कार्यालयमा निवेदन दिई मु.अ.करमा समेत दर्ता हुनुपर्दछ । 

भंसारले कायम गरेको मूल्यमा भंसार महशूल समेत जोडी हुन आउने जम्मा मूल्यमा  अन्तःशुल्क लाग्दछ । हाल चुरोटमा परिमाणगत आधारमा अन्तःशुल्क लाग्छ ।

हरेक आर्थिक बर्ष समाप्त भएपछि श्राबण महिना भित्र नवीकरण गराउनु पर्छ । 

मौज्दातमा रहेको अन्तःशुल्कजन्य बस्तुको अन्तःशुल्क बुझाई कार्यालयको स्वीकृति लिई  विक्री  गर्न सकिनेछ तर बुझाउनु पर्ने बक्यौता अन्तःशुल्क नबुझाएकोमा सो बस्तु  लिलाम गरी प्राप्त रकमबाट बक्यौता असूल गरी बाँकी रहेको रकम सम्बन्धितलाई  फिर्ता गरिनेछ । 

म्यादभित्र विभागले निर्णय नदिएमा तपाईंले राजस्व न्यायाधिकरण ऐन,२०३१ बमोजिम राजस्व न्यायाधिकरणमा पूनरावेदन दिन सक्नुहुनेछ ।

अन्तःशुल्क लाग्ने वस्तु वा सेवाको कारोवार गर्न छाडेमा पन्ध्र दिनभित्र त्यसको कारण सहित  इजाजतपत्र स्थगन गर्नको लागि अन्तःशुल्क अधिकृत समक्ष निवेदन दिन सकिन्छ । अन्तःशुल्क अधिकृतबाट स्थगनको जानकारी प्राप्त भए पछि स्थगन भएको  अवधि भर अन्तःशुल्क विवरण  दिन र  इजाजतपत्र नविकरण गराउनु पर्दैन ।  

रु. पाँच हजार देखि पन्ध्र हजार रुपैयाँसम्म जरिवाना हुनेछ । 

विगो जफत गरी विगो बमोजिम जरिवाना वा एक बर्ष सम्म कैद वा दुबै सजाय  हुनेछ ।

अन्तःशुल्क ऐन अनुसार जारी भएका ईजाजतपत्रहरुको अबधि एक आर्थिक बर्षको  हुनेछ ।

स्वयं वा तोकिएको अधिकार प्राप्त व्यक्तिबाट गराउनु पर्दछ ।

सम्वन्धित कार्यालयवाट स्वीकृती लिनु पर्छ । 

इन्टरनेटद्वारा अनुमानित करको विवरण ढाँचा विभागको वेबसाईट www.ird.gov.np बाट प्राप्त गर्न सकिन्छ । विवरण बुझाउन बिद्युतीय माध्यमबाट पनि सकिन्छ । यसको लागि सम्बन्धित ठूला करदाता कार्यालय वा आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयवाट User ID  Password लिनु पर्दछ ।

देहायको अवस्थामा इजाजतपत्र रद्द हुन सक्ने व्यवस्था छ ।

(क) इजाजतपत्रमा तोकिएको शर्त तथा बन्देज उल्लंघन भएको पाइएमा,

( सार्वजनिक हित विपरीत हुने देखिएमा,

(ग) बुझाउनुपर्ने अन्तःशुल्क नबुझाएमा,

(घ) इजाजतपत्रवाला संस्था विघटन भएमा वा इजाजतपत्रवालाले आफ्नो इजाजतपत्र रद्द गर्न निवेदन दिएमा ।

उत्पादकले उपयुक्त भण्डारणको व्यवस्था नगरेको कारण सख्खर तथा मोलासिसको  हानी नोक्सानी भएमा उक्त सख्खर वा मोलासेसमा लाग्ने अन्तःशुल्क मिन्हा हुँदैन । 

रु. पाँच हजार रुपैयाँ सम्म जरिवाना हुनेछ । 

तयारी वियर बोतलबन्दी गर्दा फ्लो मिटरले देखाएको परिमाण भन्दा बोतलबन्दी  भएपछिको बोतल काउण्टरले देखाएको परिमाणको कमी र पाश्चराईजेशन, प्याकेजिंग  तथा भण्डारण गर्दा  हुने टुटफूट वा वियरका बोतलमा प्रयोग हुन नसक्ने अबस्थाका  क्राउन कर्कको मौज्दात कमीको विबरण तोकेको ढाँचामा मासिक रुपमा मिनाहाका  लागि अन्तःशुल्क अधिकृत समक्ष पेश गर्नु पर्छ र अन्तःशुल्क अधिकृतले वियरको  भौतिक परीक्षण गरी तोकिए बमोजिम  मौज्दात कमिको मिनाहा दिन सक्नेछ । 

कर छुट संस्थालाई भुक्तानी गरेको व्याजमा अग्रिम कर कट्टी गर्नुपर्छ ।

उपहार वा चिठ्ठा प्राप्त गर्ने व्यक्ति अग्रिम कर बुझाउन नसक्ने अवस्थाको भए पनि करको भार वहन गर्नु नै पर्दछ । अन्यथा करको भार उपहार वा चिठ्ठा दिने व्यक्तिले व्यहोर्नु पर्दछ । यो भुक्तानीमा कर कट्टि गरिने प्रणालीबाट कर संकलन गरिने भएकोले यसको कर कानून परिपालनाको उत्तरदायित्व अग्रीम कर कट्टी गर्ने निकायको भएकोले यो जिम्मेवारी भुक्तानी गर्नेको हुन्छ ।

पाइदैन । कर रकम सम्बन्धित राजस्व शीर्षकमा  सम्बन्धित बैंकमा बुझाए पछि सोको भौचर सहितको आय विवरण आफुले PAN लिएको सम्बन्धित आ.रा.का. तथा करदाता सेवा कार्यालयहरुमा दाखिला गर्नुपर्दछ ।

कर छुट हुने संस्थालाई भुक्तानी गरिने रोयल्टी रकममा पनि अग्रिम करकट्टी गर्नुपर्छ ।

मिल्छ, असम्बन्धित व्यक्तिहरुसितको स्वतन्त्र कारोबार मूल्य (Arm’s length Price) का आधारमा मूल्य निर्धारण गरी बिक्री गर्नुपर्दछ ।

मिल्छ, । कुनै ईजाजतपत्रवालाले चाहेमा तीन आर्थिक बर्षको लागि लाग्ने नवीकरण  दस्तुर  दाखिला गरी तीन बर्षको लागि एकै पटक नवीकरण गर्न सकिन्छ ।

एकपटक अवकाश कोषमा योगदान गरेपछि संधै गर्नुपर्छ वा पर्दैन भन्ने कुराको करारोपणसंग सम्बन्ध छैन । योगदान स्वीकार गर्ने अवकाश कोष र योगदान गर्ने प्राकृतिक व्यक्ति बीचको करारमा यो कुरा भर पर्दछ ।

आन्तरिक राजस्व विभागले स्थायी लेखा नं. लिनुपर्ने भनी तोकेको निर्धारण योग्य आय आर्जन गर्न चाहने वा भुक्तानीमा करकट्टी गर्नुपर्ने जुनसुकै व्यक्तिले त्यस्तो आय आर्जन गर्नु वा करकट्टी गर्नु अगावै स्थायी लेखा नम्वर अनिवार्य रुपमा लिनुपर्दछ । स्थायी लेखा नम्बर लिन अनिवार्य नभएको र स्थायी लेखा नं प्राप्त गरी नसकेको अन्य व्यक्तिले पनि स्थायी लेखा नं लिन सक्नेछ ।

एभचकयलब ितथा द्यगकष्लभकक एब्ल् को लागि आन्तरिक राजस्व विभागको वेबसाइट धधध।ष्चम।नयख।लउ मा गई त्यहां उपलब्ध फाराम ९एब्ल् पाउनका लागि गरिने दरखास्त फाराम) अनलाईनको माध्यमबाट भरी त्यस्को एचष्लत इगत वा क्गदmष्ककष्यल ल्गmदभच लिएर वा आन्तरिक राजस्व विभाग मातहतका कार्यालयहरुमा प्राप्त हुने दरखास्त फाराम पूर्ण रुपमा भरी सो साथ आवश्यक पर्ने कागजातहरु समेत संलग्न गरी आन्तरिक राजस्व विभाग मातहतका सम्बन्धित कार्यालयहरुमा दरखास्त गर्न सकिन्छ । यसरी दरखास्त प्राप्त भएपछि आन्तरिक राजस्व विभाग मातहतका कार्यालयहरुले जांचबुझ गरी कम्प्यूटर प्रणालीबाट एब्ल् जारी गर्दछन । सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयबाट आवेदकलाई उक्त एब्ल् को प्रमाणपत्र प्रदान गरिन्छ ।

एब्ल् का लागि आवेदन गर्दा प्राकृतिक व्यक्तिको हकमा आफ्नो २ प्रति फोटो बुझाउनु पर्छ । निकायको हकमा संचालक समितीले निर्णय गरे अनुसारका व्यक्तिको फोटो संलग्न गर्नुपर्दछ ।

पुरानो आयकर दर्ता प्रमाणपत्र लिने व्यक्तिले पनि एब्ल् लिन अनिवार्य छ । पुरानो आयकर प्रमाणपत्रलाई यसले प्रतिस्थापन गर्दछ । तर यो नयाँ नम्बरले हिजोको व्यवसायलाई भने नियमितता दिन्छ । 

एब्ल् लिए पछि आफ्नो वैयक्तिक विवरण र एब्ल् संख्या उल्लेख भएको फोटो सहितको एब्ल् कार्ड पाइन्छ । 

एब्ल् लिएपछि कारोवार गर्न, आयात निर्यात गर्न, बैंकसंग ऋण लिन एवं राजस्वसम्बन्धी सम्पूर्ण काम गर्न सहज हुन्छ । साथै तपाईको व्यवसायमा पारदर्शिता आउने हुन्छ । एब्ल् लिएर त्यसको आधारमा करदाताको पहिचान पाउनु तपाईको लागि गौरवको विषय पनि हो । यो हरेक करदाताको पहिचान सम्बन्धी विशेष संकेत पनि हो ।

एब्ल् लिन आन्तरिक राजस्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु र आन्तरिक राजस्व विभागबाट स्था.लेखा.नम्बर प्रदान गर्न स्विकृति प्राप्त उद्योग बाणिज्य संघहरु लगायतका निकायहरुमा तथा यल ष्लिभ मार्फत आवेदन गर्न धधध।ष्चम।नयख।लउ वेबसाइटमा सम्पर्क राख्नु पर्दछ ।

उद्योग, व्यापार, पेशा, व्यवसाय (फर्म नराखी स्वतन्त्र व्यवसाय गर्ने प्राकृतिक व्यक्तिसमेत), रोजगारी गर्ने व्यक्तिले आफुले गर्ने कारोवार, बैंकिङ्ग कारोवार, जारी गर्ने बील बीजक, खाता बही, कागजात तथा आय विवरण लगायत कर सम्बन्धी सम्पूर्ण विवरणमा एब्ल् को उल्लेख गर्न अनिवार्य भएकोले एब्ल् लिनु पर्दछ । साथै यो नम्बरले करदातालाई एउटा विशिष्ट पहिचान दिने भएकोले आफ्नो व्यवसाय गर्न र सोमा सम्बद्ध राजस्व दाखिला गर्न यो एब्ल् लिए पछि सहज हुने भएकोले एब्ल् लिन आवश्यक छ ।

एब्ल् लिन निम्न लिखित कागजात पेश गर्नु पर्दछ ।  

प्राकृतिक व्यक्तिको लागि ः नागरिकताको प्रमाणपत्रको प्रतिलिपी÷विदेशीको हकमा राहदानी वा कुटनैतिक नियोगद्वारा जारी गरिएको परिचयपत्रको प्रतिलिपी, व्यवसाय वा पेशागत प्रमाणपत्रको प्रतिलिपी र फोटो २ प्रति साथै कारोबार स्थल आफ्रनै घरमा भए लालपूर्जाको फोटोकपी अन्यथा घरधनी संगको घरबहाल सम्झौताको फोटोकपी । 

निकायका लागि ः साझेदारी फर्म÷कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपी, प्रवन्धपत्र,नियमावली,विधान, आवेदन पत्रमा दस्तखत गर्नेको पासपोर्ट साइजका २ प्रति फोटोहरु, साझेदारी फर्म वा कम्पनी भए सबै साझेदार वा संचालकहरुको नागरिकताको प्रतिलिपीे, मुख्य कारोवार स्थल वा प्रधान कार्यालय देखिने गरी बनाइएको नक्सा र संचालक समितिको निर्णय, कम्पनीको हकमा अख्तियार वालाको फोटो समावेश गर्ने, अख्तियारी नामा साथै आफ्नो भवन भए लालपूर्जाको फोटोकपी अन्यथा घरधनी संगको घरबहाल सम्झौताको फोटोकपी । एब्ल् लिन समय लाग्दैन । यो तुरुन्त पाइन्छ । 

होटल तथा पर्यटन ब्यवसायीले मात्र ।

एभचकयलब िएब्ल् लिन प्राकृतिक व्यक्तिले आफ्नो नाम, थर, स्थायी ठेगाना, पिताको नाम, जन्म मिति, नागरिकता÷परिचयपत्र नम्बर बारे जानकारी गराउनु पर्दछ । सो साथ नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, विदेशीको हकमा राहदानी वा सम्बन्धित कुटनैतिक नियोगद्वारा जारी गरिएको परिचयपत्र, पेशागत प्रमाणपत्रको प्रतिलिपी र दुई प्रति फोटो पेश गर्नु पर्दछ । स्थायी लेखा नम्बर लिन अनिवार्य नभएका प्राकृतिक व्यक्तिले एब्ल् लिन चाहेमा नागरिकता प्रमाणपत्रको प्रतिलिपी र फोटो भए पुग्दछ । व्यावसायिक स्थायी लेखा नम्बर ९द्यगकष्लभकक एब्ल्० को लागि व्यवसाय दर्ता प्रमाणपत्र समेत पेश गर्नुपर्दछ ।

तपाईंले एब्ल् लिनका लागि कुनैपनि किसिमको दस्तुर बुझाउनु पर्दैन ।

व्यवसाय दर्ता गरिसकेपछि एभचकयलब िएब्ल् लाई व्यावसायिक स्थायी लेखा नम्बर ९द्यगकष्लभकक 

एब्ल्० मा परिवर्तनका लागि व्यवसाय दर्ता प्रमाणपत्र सहित सम्बन्धित आन्तरिक राजस्व 

कार्यालय वा करदाता सेवा कार्यालयमा निवेदन दिएको अबस्थामा तपाईको एभचकयलब िएब्ल् लाई कार्यालयले द्यगकष्लभकक एब्ल् मा रुपान्तरण गरिदिन्छ ।  

स्थायी लेखा नम्बर ९एब्ल् ० लिने तरीका ९च्भनष्कतचबतष्यल एचयअभकक ० 

ःयशष्ििब ँष्चभायह वेव व्राउजर प्रयोग गरी धधध।ष्चम।नयख।लउ पेज लोड गर्नुहोस ।  

होमपेजमा भएको तबहउबथभच उयचतब िमा क्लिक गर्नुहोस । 

तत् पश्चात प्राप्त हुने कअचभभल मा च्भनष्कतचबतष्यल ँयमिभच लाई छनौट गर्नुहोस । 

तत् पश्चात ब्उउष्अिबतष्यल ायच च्भनष्कतचबतष्यल मेनु क्लिक गर्नुहोस ।  

क्गदmष्ककष्यल ल्य प्राप्त गर्न आवश्यकता अनुसारको बक्समा टाइप गरी आफ्नो कारोवार स्थलसंग सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयबाट ९एब्ल् ० लिने हो सोही कार्यालय छनौट गरी इप् बटनमा क्लिक गर्नुहोस । 

क्गदmष्ककष्यल ल्य प्राप्त गरी आवश्यकता अनुसारको ब्यक्तिगत वा ब्यावसायिक ९एभचकयलबरि द्यगकष्लभकक० छनौट गर्नुहोस ।  

अब क्अचभभल मा माग भए बमोजिमको विवरणहरु प्रविष्टि गरी क्बखभ वटनमा क्लिक गर्नुहोस ।  

आवश्यक सबै विवरण रुजु गरी विवरण ठीक भएमा क्गदmष्त द्यगततयल ऋष्अिप गरी विवरण क्गदmष्त भएको जानकारी प्राप्त गर्नुहोस ।  

यसरी विवरण क्गदmष्त भै सकेपछि त्यस पेजमा भएको क्बखभ र क्गदmष्त द्यगततयल म्ष्कबदभि भै एचष्लत द्यगततयल मात्र भ्लबदभि हुन्छ ।  

अब एचष्लत द्यगततयल मा क्लिक गरी विवरणहरु प्रिन्ट गरी आवश्यक अन्य कागजातहरु ( जस्तै ब्यवसाय दर्ता प्रमाण, दुइ प्रति पासपोर्ट साइजको फोटो, नागरिकताको फोटोकपि, घरभाडा संझौता लगायतका, कारोबार स्थल पहिचान हुने गरी तयार गरेको हस्त लिखित नक्सा) सहित सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा गएर स्थायी लेखा नम्बर ९एब्ल्० प्राप्त गर्न सकिन्छ ।  

  तपाईंलाई कुनै कुरा स्पष्ट नभएमा ज्भउि मा गई सहयोग लिन सक्नु हुनेछ ।

एभ्च्क्इल्ब्ी एब्ल् का लागि यलष्लिभ फाराम पाउन सकिन्छ र सो यलष्लिभ नै भरी बुझाउन ९कगदmष्त गर्न० सकिन्छ । तर एब्ल् कार्ड लिन आ.रा.का.वा क.से.का. मा सम्पर्क राख्नै पर्दछ ।

  • VAT मा दर्ता भएका करदाताले हरियो पृष्ठभूमिमा सेतो अक्षर ।
  • VAT लाग्ने वस्तु वा सेवाको कारोवार गर्ने तर थ्रेसहोल्ड भन्दा कमको कारोवार भई दर्ता  गर्नु नपर्ने करदाताले पहेंलो पृष्ठभूमिमा कालो अक्षर ।
  • VAT छुट भएका वस्तु वा सेवाको कारोवार गर्ने करदाताले सेतो पृष्ठभूमिमा रातो अक्षर ।

कारखानामा ल्याईएको (स्वदेशी तथा विदेशी समेत) सबै किसिमका कच्चा र कोरा  सूर्तीको हिसाब तथा विवरण अन्तःशुल्क नियमावली, २०५९ को नियम १४(क) बमोजिम तोकिएको अनुसूचीको ढाँचामा  कारखाना धनी वा प्रवन्धकले प्रमाणित गरेर राख्नु पर्छ ।

रु. १० लाखभन्दा कम मूल्यमा निसर्ग भएको जग्गा तथा निजी भवनको पूँजीगत लाभमा कर लाग्दैन ।

एक पटकमा रु.१०,००० भन्दा बढीको करयोग्य वस्तु पैठारी गर्दा VAT दर्ता गर्नु पर्दछ  ।

कमिशन भुक्तानीमा अग्रिम कर कट्टी गर्नुपर्छ ।

कमिशन भुक्तानीमा १५ प्रतिशतका दरले अग्रिम कर कट्टी गर्नुपर्छ ।

कमिशन शब्दले वस्तु वा सेवाको खरीद बिक्री सम्बन्धी कुनै शर्त पुरा गरि दिए वापत प्रदान गरिने बिक्री बोनस भुक्तानी लगायत सबै भुक्तानीलाई समेटदछ ।

रोजगारदाता कम्पनीले दिएको घर र सवारी साधनको सुविधालाई परिमाणिकरण गरी निश्चत दरले आयमा समावेश गर्नुपर्दछ ।  यस्तो परिमाणीकरण गर्ने तरिका निम्नानुसार छ :-

(क) सवारी साधन सुविधा लिएको हकमा खाईपाई आएको तलबको शुन्य दशमलब पाँच प्रतिशतले हुने रकम कर योग्य आयमा समावेश गर्नु पर्दछ ।

(ख) भवन (आवास) सुविधा लिएको हकमा खाईपाई आएको तलबको दुई प्रतिशतले हुने रकम कर योग्य आयमा समावेश गर्नु पर्दछ ।

कार्यालयमा पेश भएका विवरणहरुको जाँच अन्तःशुल्क अधिकृतले गर्दछन् ।

कर अधिकृतले गरेको कर निर्धारणको निर्णयको सूचना पाएको मितिले तीस दिनभित्र सो निर्णय बिरुद्ध प्रशासकीय पुनरावलोकनका लागि आन्तरिक राजस्व विभागका महानिर्देशक समक्ष निवेदन दिन सक्नुहुनेछ । निवेदन दिने म्याद गुज्रिन गई कुनै करदाताले म्याद थपको लागि म्याद गुज्रिएको मितिले सात दिन भित्र निवेदन दिएमा विभागले म्याद गुज्रेको मितिबाट बढीमा तीस दिनको म्याद थप गर्न सक्नेछ ।

ऐन बमोजिम कर अधिकृतले रु.१००००।- (दस हजार ) जरिवाना गर्न सक्दछ ।

ऐन बमोजिम कर अधिकृतले पटकैपिच्छे रु. २०,०००।- (वीस हजार) जरिवाना हुन्छ ।

रोजगारदाताले गरेको अग्रिम कर कट्टी रकम e-Payment मार्फत वा सम्बन्धित (नजिकको रोजगारदाताको कार्यालय रहेको स्थानसँग सम्बद्ध वा पारिश्रमिक भुक्तानी हुने स्थानसँग सम्बद्ध) ठुला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयमा दाखिला गर्नु पर्दछ । यस्तो कर कट्टी रकम बैंकमा राजस्व बुझाई e-TDS का माध्यमले विवरण बुझाई दाखिला गर्न सकिन्छ । रोजगारदाताले कर कट्टी नगरेको अवस्थामा सम्बन्धित करदाता (रोजगारी गर्ने व्यक्ति वा दम्पत्ति) स्वयंले आफ्नो कर रकम गणना गरी दाखिला गर्नु पर्दछ । एकै पटक एकभन्दा बढी रोजगारी गर्ने व्यक्ति वा रोजगारी सँगै व्यवसायको पनि आय हुने व्यक्तिले आय विवरण दाखिला गर्नु पर्दछ,। अन्यथा अग्रिम कर कट्टी गरी दाखिला भएपछि सम्बन्धित करदाताले (रोजगारी गर्ने व्यक्तिले) आय विवरण बुझाउनु पर्दैन ।  

करदाताले पेश गरेको स्वयम कर विवरण/वित्तीय विवरण अनुसार सम्पुर्ण कर रकम दाखिला भए पछि कर चुक्ता प्रमाणपत्र जारी गरिन्छ । कर चुक्ता प्रमाणपत्र लिएता पनि करदाताले घोषणा गरेको स्वयम कर विवरण/वित्तीय विवरणमा कर परीक्षण वा अनुसन्धान वा अन्य कुनै तरिकाले थप आय कायम भएमा सो आयमा कर तिर्नुपर्ने दायित्व करदाताको रहिरहन्छ ।

कर छुट हुने संस्थालाई भुक्तानी गरेको भाडामा पनि अग्रिम कर कट्टी गर्नुपर्छ ।

कर छली गरेको प्रमाणित हुने यथार्थ र वास्तविक कागजात तपाईले पेश गर्नुपर्दछ । आफ्नो नाम नदिई सांकेतिक चिन्ह प्रयोग गरेर पनि कर छलिको सूचना दिन सक्नु  हुन्छ । यस्तो प्रकारका सांकेतिक सूचना गोप्य तबरले तपाईको स्पष्ट हुने गरी अधिकार प्राप्त अधिकारी समक्ष  पहिले नै उल्लेख गर्नु पर्दछ ।

कर छलेको प्रमाणको सुचना र तपाईंको परिचय खुल्ने कागजात । तपाईको परिचय गोप्य रहनेछ ।

भाडा भुक्तानी गर्दा अग्रिम कर कट्टी गर्नुपर्दछ ।

कर छुट भन्नाले त्यस्तो आपूर्तिलाई बुझाउंछ जस अन्तर्गत बिक्रेताले न त मूल्य अभिबृद्धि कर संकलन गर्दछ न त आपूर्तिसंग सम्बद्ध खरिदमा उसले तिरेको कुनै कर कटृी दावी गर्न सक्छ । करछुटको कारोवार गर्नेले दर्ता पनि गर्नु पर्दैन ।

कर छुट संस्थाको रुपमा स्वीकृति लिन आफूले स्थायी लेखा नम्वर लिएको आन्तरिक राजस्व विभाग मातहतको कार्यालयहरुमा सम्पर्क राख्नु पर्दछ ।

ऐनको दफा २९(१) बमोजिम दश हजार रुपैया जरिवाना हुन्छ । साथै प्रमाणित नगरी राखिएका खाता आधिकारिक नहुने हुँदा छानविन तथा अनुशन्धान समेत हुन सक्छ ।

कर छुट लिन चाहने संस्थाले थप जानकारी लिन चाहेमा आ.रा.वि. वा आ.रा.का. वा करदाता सेवा कार्यालयको करदाता सेवा शाखा वा कार्यालयहरुको हेल्प डेस्कहरुमा सम्पर्क राख्नु पर्दछ ।

पाइदैंन ।

कर छूट पाउने निवेदन साथ कुनै दस्तुर बुझाउनु पर्दैन ।

कर छुट पाउने संस्थाले यस्तो छुट पाउन निवेदन दिनु अगावै स्थायी लेखा नम्बर (PAN) लिई सक्नु पर्दछ ।

व्यक्तिको मृत्यु भएमा, नागरिकता त्याग गरी नेपाल छाडेमा, विदेशीको हकमा आय आर्जन गर्ने काम गर्न छाडेमा ।

कर छुट पाउने संस्थाले PAN मा दर्ता भई (PAN लिई) आफूले अग्रिम कर कट्टी गर्नुपर्ने सबै भुक्तानीहरुबाट (जस्तै पारिश्रमिक, घर बहाल, ठेक्का/करार वा सेवाको भुक्तानी) आयकर ऐनले ताके अनुसारका दरले भुक्तानीका बखत वा खर्च लेख्दा अग्रिम कर कट्टी गरी सोको विवरण तथा कर रकम प्रत्येक महिना समाप्त भएको २५ दिन भित्र सम्बन्धित आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयहरुमा दाखिला गर्नु पर्दछ । समयमा अग्रिम कर कट्टी गरी रकम दाखिला नगरेमा शुल्क तथा व्याज लाग्छ ।

कर छूट पाउने संस्थाले प्रतिस्पर्धा गरी वा नगरी कुनै व्यावसायिक कारोवार (जस्तै ठेक्का, सेवा करार) गर्न सक्दछ तर यस्तो कारोवार कर लाग्ने कारोवार भएकोले ति कारोवारबाट प्राप्त आय/रकममा करछुटको प्रमाणपत्र लिएको भएतापनि आयकर ऐन अनुसार कर तिर्नु पर्दछ ।

कर छूट हुने प्रमाण पाउन सम्बन्धित इच्छुक संस्थाले कर छूटको लागि आन्तरिक राजस्व विभाग अन्तर्गत रहेका कार्यालयहरुमा निवदेन दिनु पर्दछ । यस्तो निवेदनमा इच्छुक निकाय, संघ वा संस्थाको नाम, PAN, सम्बन्धित निकायमा दर्ता भएको दर्ता नम्बर, ठेगाना, उद्देश्य, कृयाकलाप संचालन गर्ने स्थान, संस्थाको अध्यक्ष वा मुख्य व्यक्तिको नाम, पद, ठेगाना, संस्थाको आयश्रोत सम्बन्धी विवरण बारे उल्लेख गर्नु पर्दछ । कर छुट हुने प्रमाण पाउन इच्छुक संस्थाले निवेदनका साथ (क) संस्थाको गठन सम्बन्धी विधान, (ख) अन्य कुनै निकायबाट स्वीकृति लिनु पर्ने भए स्विकृती भएको प्रमाणपत्रको प्रतिलिपि, (ग) PAN को प्रमाणपत्रको प्रतिलिपि र (घ) लेखा परीक्षणको प्रतिवेदन भए सोको प्रतिलिपि पेश गर्नु पर्दछ ।

कर छुट हुने संस्थाको कर नलाग्ने आय जस्तै संस्थाको उद्देश्यमा सहयोग पुर्र्याउन प्राप्त गर्ने चन्दा, उपहार, अनुदान, सदस्यता शुल्क वा सरकारी/गैर सरकारी (स्वदेशी वा विदेशी) संस्थाबाट प्राप्त सहयोग रकममा मात्र कर छुट हुन्छ । तर अरु व्यवसाय वा लगानी गर्ने करदाता झैं व्यवसाय वा लगानी गरेमा (जस्तै ब्याज वा घर भाडा आर्जन गरेमा) सोमा कर लाग्दछ ।

कुनै व्यक्तिले निश्चित मिति सम्मको ऐन बमोजिम वुझाउनु पर्ने आय विवरण/वित्तिय विवरण र तिर्न पर्ने सम्पुर्ण कर दाखिला गरिसकेपछि करदाताको माग बमोजिम जारी गरिने कर तिरिसकेको प्रमाण पत्रलाई कर चुक्ता प्रमाण पत्र भनिन्छ ।

कर छूट हुने संस्थाले प्राप्त गर्ने कर नलाग्ने रकम जस्तै संस्थाको उद्देश्य प्राप्तिमा सहयोग पुर्‍याउन लिइएको चन्दा, उपहार, अनुदान, आर्थिक सहायता, सदस्यता शुल्क वा सरकारी तथा गैरसरकारी (स्वदेशी वा विदेशी) संस्थाबाट प्राप्त सहयोग रकममा कर छुट हुन्छ ।

रोजगारीको आयमा आफूले कर तिर्ने नभई रोजगारदाताले कर कट्टी गर्ने भएकोले रोजगारदाताले e-Payment मार्फत वा रोजगारदाता दर्ता रहेको करदाता सेवा कार्यालय, आन्तरिक राजस्व कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय तथा ठूला करदाता कार्यालयमा यस्तो कर रकम दाखिला गर्नु पर्दछ । तपाईंले सम्पर्क गर्दा सम्बन्धित कार्यालयहरुमा  गर्नुपर्दछ  । 

रोजगारीको आयमा लाग्ने कर वा अन्य पेशा व्यवसायमा लाग्ने कर तिर्नु सम्बन्धित करदाताको दायित्व हो र यसका लागि व्यक्तिगत स्थायी लेखा नम्वर (PAN) लिनु पर्दछ । अग्रिम कर कट्टी गर्ने व्यक्तिले पनि अनिवार्य रुपमा PAN लिनै पर्दछ ।

मिल्दैन । करको दाखिला गर्दा करको प्रकार अनुसार वर्गिकरण गरेको राजस्व शिर्षक प्रयोग गर्नु पर्दछ । यस सम्बन्धमा मिति २०७६।०४।०१ देखि लागू भएका करको प्रकार अनुसारका राजस्व शिर्षकहरु तपसिल बमोजिम रहेका छन् ।

सि. नं.

आ.व. २०७६.०४.०१ देखी कायम भएको राजस्व संकेत

राजस्व आधार शीर्षक, मूल शीर्षक, शीर्षक तथा उपशीर्षक

व्याख्या

१.

१११११

एकलौटी फर्म तथा व्यक्तिगत आयमा लाग्ने कर

एकलौटी फर्म तथा व्यक्तिगत आयमा लाग्ने कर यसमा पर्दछ ।

२.

११११२

पारिश्रमिक कर

कुनै प्रकृति व्यक्तिले रोजगारबाट प्राप्त गरेको तलव, ज्याला, मजदुरी, पारिश्रमिक, भत्ता एवं सुविधा, अवकाश भुक्तानी, रोजगारका सम्बन्धमा गरिएका अन्य भुक्तानी, अध्ययन, अध्यापन आदि विभिन्न श्रोतबाट हुने आयमा लाग्ने कर यसमा पर्दछ ।

३.

११११३

पूँजीगत लाभ कर

घर, जग्गा, शेयर आदि सम्पत्तिको बिक्री, पट्टा, हक हस्तान्तरण लगायत विभिन्न किसिमका निःसर्ग बाट भएको पूँजीगत लाभमा व्यक्ति तथा एकलौटी फर्मलाई लाग्ने कर यसमा पर्दछ ।

४.

१११२०

निकायको आयमा लाग्ने कर

व्यवसायिक निकाय तथा संस्थानको आयमा लाग्ने कर यसमा पर्दछ । यो शीर्षकमा रकम जम्मा गर्न मिल्दैन ।

५.

१११२१

निकायको मुनाफामा लाग्ने कर (सरकारी संस्थान)

सरकारको पुर्ण वा अधिकांश (५० प्रतिशत भन्दा बढी) स्वामित्व भएका सरकारी निकाय तथा त्यस्ता निकायको व्यवस्थापकीय नियन्त्रण भएको निकायको आयमा लाग्ने कर यसमा पर्दछ ।

६.

१११२२

निकायको मुनाफामा लाग्ने कर (पब्लिक लिमिटेड कम्पनी)

कुनै विषेश ऐन  वा कम्पनी ऐन अन्तर्गत दर्ता भएका पब्लिक लिमिटेड कम्पनी र सरकारको ५० प्रतिशत भन्दा कम स्वामित्व भएका कम्पनीको आयमा लाग्ने कर यसमा पर्दछ ।

७.

१११२३

निकायको मुनाफामा लाग्ने कर (प्राइभेट लिमिटेड कम्पनी)

कम्पनी ऐन अन्तर्गत दर्ता भएका प्राइभेट लिमिटेड कम्पनी तथा आयकर ऐन बमोजिम तोकिएको कम्पनीको आयमा लाग्ने कर यसमा पर्दछ ।

८.

१११२४

निकायको मुनाफामा लाग्ने कर (अन्य संस्था)

माथि उल्लिखित उपशीर्षक १११२१ देखि १११२३ भित्र परेका बाहेक अन्य संस्थाहरुः- साझेदारी फर्म, सहकारी संस्था, ट्रस्ट, संघ संथा, विदेशी कम्पनी एवं अन्य निकायको आयमा लाग्ने कर यसमा पर्दछ ।

९.

१११२५

पूँजीगत लाभ कर

निकाय

घर, जग्गा शेयर आदि सम्पत्तिको बिक्री, पट्टा, हक हस्तान्तरण लगायत विभिन्न किसिमका निःसर्गबाट भएको पुँजीगत लाभमा निकायलाई लाग्ने कर यसमा पर्दछ ।

१०.

१११३०

लगानीको आय तथा अन्य आयमा लाग्ने कर

माथि उल्लेखित शीर्षक १११११ दखि १११२५ भित्र परेका बाहेक अन्य आयमा लाग्ने कर यसमा पर्दछ । यो शीर्षकमा रकम जम्मा गर्न मिल्दैन ।

११.

१११३१

सम्पति, बहाल तथा पट्टा वापतको आयमा लाग्ने कर

घर, जग्गा, सवारी साधन तथा अन्य अचल सम्पत्ती वहाल वा पट्टा वा दीर्घकालीन करारमा दिए वापतको आयमा लाग्ने कर यसमा पर्दछ ।

१२.

१११३२

ब्याजमा लाग्ने कर

बैंक, वित्त कम्पनी वा अन्य निकाय वा व्यक्तिबाट भुक्तानी गरिने वा प्राप्त हुने व्याजमा लाग्ने कर यसमा पर्दछ ।

१३.

१११३३

लाभांशमा लाग्ने कर

कुनैपनि कम्पनी वा निकायमा लगानी गरे वापत प्राप्त हुने लाभांशमा लाग्ने कर यसमा पर्दछ ।

१४.

१११३४

लगानी सम्बन्धी अन्य आयमा लाग्ने कर

लगानी सम्बन्धी अन्य आयमा लाग्ने कर यसमा पर्दछ ।

१५.

१११३५

आकस्मिक लाभ कर

जुवा, चिठ्ठा, बाजी, उपहार, दान, अपुताली, सुराकी, पुरस्कार लगायतका आकस्मिक लाभका स्रोतबाट प्राप्त आयमा लाग्ने कर यसमा पर्दछ ।

१६.

१११३९

अन्य आयमा लाग्ने कर

माथि उल्लखित शीर्षक नं. हरूमा नपरेका अन्य आयमा  लाग्ने कर यसमा पर्दछ ।

१७.

११२११

पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा कर

कुनै प्राकृतिक व्यक्तिले रोजगारीबाट प्राप्त गरेको तलव, ज्याला, मजदुरी, पारिश्रमिक, भत्ता एवं सुविधा, अवकाश भुक्तानी, रोजगारीका सम्बन्धमा गरिएका अन्य भुक्तानी, अध्ययन, अध्यापन आदि विभिन्न स्रोतबाट हुने समग्र आयमा एकमुष्ट रुपमा तोकिए बमोजिम लिईले सामाजिक सुरक्षा कर यसमा पर्दछ ।

१८.

११४४२

स्वास्थ्य सेवा कर

सरकार तथा सामुदायिक अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवा बाहेक अन्य स्वास्थ्य संस्थाले प्रदान गर्ने स्वास्थ्य सेवामा लाग्ने कर यसमा पर्दछ ।

१९.

११४४३

शिक्षा सेवा कर(शैक्षिक संस्था)

निजी शैक्षिक संस्थाले प्रदान गर्ने तोकिएका शैक्षिक सेवाहरूमा लाग्ने शिक्षा सेवाशुल्क यसमा पर्दछ ।

२०.

११४४४

शिक्षा सेवा कर(वैदेशिक अध्ययन)

विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरूले बुझाउनु पर्ने शिक्षण शुल्कमा लाग्ने सेवा शुल्क वापतको रकम यसमा पर्दछ ।

२१.

११४५४

सडक निर्माण तथा संभार कर

सवारी साधन दर्ताका वखत यातायात व्यवस्था कार्यालायमा सवारी साधनको किसिम अनुसार संकलन गरिने कर यसमा पर्दछन् ।

२२.

१४२१४

दूरसंचार सेवा शुल्क

दूरसञ्चार सेवा शुल्क वापतको रकम यसमा पर्दछ ।

२३.

१४२१५

टेलिफोन स्वामित्वको शुल्क

टेलिफोन स्वमित्व वापतको रकम यसमा पर्दछ ।

२४.

३३३११

मू.अ. कर (उत्पादन)

उत्पादनकर्ताले वस्तु उत्पादन गरी बिक्री गर्दा लाग्ने मूल्य अभिबृद्धि कर वापत तिर्नु पर्ने रकम यसमा पर्दछ ।

२५.

३३३१३

मू.अ.  कर (वस्तु बिक्री र वितरण)

थोक तथा खुद्रा बिक्रेताबाट मूल्य अभिबृद्धि कर वापत तिर्नु पर्ने रकम यसमा पर्दछ ।

२६.

३३३१४

मू.अ.  कर (परामर्श तथा ठेक्का)

सबै प्रकारका ठेक्का व्यवसाय तथा परामर्श सेवामा लाग्ने मूल्य अभिबृद्धि कर यसमा पर्दछ । मूल्य अभिवृद्धि कर लागू हुनु अगाडि असुल हुन बाँकी रहेका ठेक्का कर असुल भएमा यसैमा जम्मा गर्नु पर्दछ ।

२७.

३३३१५

मू.अ.  कर (पर्यटन सेवा संकलन)

पर्यटन व्यवसायसँग सम्बन्धित होटल, ट्राभल एजेन्सी, पदयात्रा (ट्रकिङ), जलयात्रा (र्‍याफ्टिङ) समेतका व्यवसायमा लाग्ने मूल्य अभिवृद्धि कर यसमा पर्दछ । मूल्य अभिवृद्धि कर लागू हुनु अगाडी असुल हुन बाँकी रहेका होटल कर असुल भएमा यसैमा जम्मा गर्नु पर्दछ ।

२८.

३३३१६

मू.अ. कर (संचार सेवा, विमा, हवाई उडान र अन्य सेवा संकलन)

सबै प्रकारका सञ्चार सेवा (सरकारी हुलाक सेवा बाहेक), बीमा र तोकिएका अन्य सेवाको बिक्रीमा लगाइने मूल्य अभिवृद्धि कर र हवार्इ उडान कर वापतको रकम यसमा पर्दछ । मूल्य अभिवृद्धि कर लागू हुनु अगाडि असुल हुन बाँकी रहेका मनोरन्जन कर असुल भएमा यसैमा जम्मा गर्नु पर्दछ ।

२९.

३३३१७

मू.अ.  कर (बेदर्तावालाबाट गर्ने संकलन)

नेपाल बाहिरको दर्ता नभएको कुनै व्यक्तिबाट सेवा प्राप्त गर्दा उठाउनु पर्ने मूल्य अभिवृद्धि कर, काठ बिक्रीमा लगाइने मूल्य अभिवृद्धि कर, स्थानीय तह वा नेपाल स्थित अन्तर्राष्ट्रिय संघ संस्था वा नियोग वा सरकार वा मूल्य अभिवृद्धि कर नलाग्ने वस्तुको कारोवार गर्ने सार्वजनिक संस्थानले सङ्कलन/दाखिला गर्ने मूल्य अभिवृद्धि कर यसमा पर्दछ ।

३०.

३३३३१

अन्तःशुल्क (सुर्तिजन्य पदार्थ)

सबै प्रकारका सुर्तीजन्य पदार्थको उत्पादनमा लाग्ने अन्तःशुल्क यसमा पर्दछ ।

३१.

३३३३२

अन्तःशुल्क  (मदिरा)

मदिरा (वार्इन र हल्का पेय पदार्थ समेत) के उत्पादनमा लाग्ने लाग्ने अन्तःशुल्क यसमा पर्दछ ।

३२.

३३३३३

अन्तःशुल्क  (बियर)

वियर उत्पादनमा लाग्ने अन्तःशुल्क यसमा पर्दछ ।

३३.

३३३३४

अन्तःशुल्क  (अन्य औद्योगिक उत्पादन)

माथि उल्लखित उपशीर्षक ३३३३१, ३३३३२, ३३३३३ मा परेको बाहेक अन्य औद्योगिक उत्पादनमा लाग्ने अन्तःशुल्क यसमा पर्दछ ।

कर निर्धारण आदेशबमोजिमको कर, थप दस्तुर र व्याजको रकम सम्बन्धित करदाताले त्यस्तो आदेश प्राप्त गरेको मितिले सात दिनभित्र दाखिल गर्नु पर्नेछ ।

ऐनको दफा ३०क मा कर निर्धारण भई नसक्दै सो कर निर्धारण सम्बन्धी कुनै कारबाही अनियमित हुन लागेको छ वा भएको छ भन्ने कुरा महानिर्देशकलाई प्राप्त सूचनाबाट देखिन आएमा स्पष्ट कारण खोली पर्चा खडा गरी महानिर्देशकले पुनः कर निर्धारण गर्न सम्बन्धित कर अधिकृतलाई निर्देशन दिन वा अन्य कुनै कर अधिकृतलाई सो काम गर्न आदेश दिन सक्ने व्यवस्था रहेको हुँदा सो दफा अन्तर्गत महानिर्देशकबाट उपचार प्राप्त गर्न सक्नुहुन्छ ।

कुनै व्यक्तिले आफ्नो करको दायित्व छलेको वा छल्ने कोशिस गरेको प्रमाण सहितको सूचना दिई कर प्रशासनलाई सहयोग गरेमा पुरस्कार पाउन सकिन्छ ।

पर्छ ।

  • कानूनी ब्यक्ति खारेज वा विघटन भएमा लिक्विडेटरले ।
  • मृत्यु भएमा हकवाला वा संरक्षकले ।

बढी दाखिला भएको कर आगामी दिनमा दाखिला गर्नु पर्ने करमा मिलान गर्न सकिन्छ । सो गर्न नसकिएमा निवेदन दिई फिर्ता प्राप्त गर्न पनि सकिन्छ । यसका लागि कर मिलान दाबिको फारम भने आय बिबरण साथ पेश गर्नु पर्दछ ।

 भाडा भुक्तानीमा १० प्रतिशतका दरले अग्रिम कर कट्टी गर्नुपर्दछ ।

कार्यालयले राजस्व शिर्षक  आय वर्ष, जम्माकर्ताको नाम,ठेगाना र स्थायी लेखा नं. आदि फरक परेको अवस्थामा संशोधन गर्न सामान्यतया सम्बन्धित आर्थिक वर्ष भित्र र अन्तिम अवधि आगामी आर्थिक वर्षको असोज मसान्तसम्म सम्बन्धित कार्यालय, बैंक र को.ले.नि.का मा सम्पर्क गरी शिर्षकमा सुधार गर्न सकिन्छ ।

करयोग्य व्यक्तिले नेपालभित्र कर लाग्ने वस्तु वा सेवाको आपूर्ति गरेमा त्यसलाई करयोग्य कारोबार भनिन्छ । साथै करयोग्य वस्तु तथा सेवा विदेशबाट स्वदेशमा आयात गरेमा र नेपाल बाहिर निर्यात गरेमा त्यस्तो कारोवारलाई पनि करयोग्य कारोवार मानिन्छ ।

पर्दैन ।

कर लाग्ने मूल्यमा देहायका रकमहरु समावेश गर्नुपर्दछ ।

  • उत्पादन वा खरिद लागत ।
  • कारोवारको सिलसिलामा विके्रताले व्यहोरेको ढुवानी र वितरण सम्बन्धी खर्चहरु ।
  • नाफाको रकम ।
  • मू.अ.कर बाहेक अन्तःशुल्क, स्वामित्व शुल्क र अन्य कर रकम ।

करदाताले प्रत्येक कर अवधिको कर सो अवधि समाप्त भएको मितिले पच्चिस दिन भित्र  बुझाउनु पर्दछ । कर अवधि भन्नाले मासिक रुपमा कर विवरण बुझाउनु पर्ने करदाताको हकमा  सो महिना समाप्त भएको २५ दिन भित्र, द्धिमासिकर चौमासिक रुपमा विवरण बुझाउनु पर्ने करदाताको हकमा द्धिमासिकर चौमासिक अवधि समाप्त भएको २५ दिन भित्र)

कुल निर्धारणयोग्य आयमा दफा १२ अनुसार कर छुट पाएका संस्थाहरुलाई दिइएका चन्दा उपहार र दफा ६३ बमोजिम स्वीकृत अवकाश कोषमा जम्मा गरिएको तोकिएको सीमासम्मको भुक्तानी घटाई हुन आउने करयोग्य आयमा ऐनको अनुसूची–१ बमोजिम पाउने सुविधा कट्टा गरि बाँकी हुन आउने रकममा सोही अनूसूचीमा उल्लेखित करको दरले  गणना गरी हुने कर रकममा दफा ५१ बमोजिम औषधि उपचार खर्च भए बढीमा रु. ७५०।०० कर मिलान गरी  बाँकि हुन आउने रकमलाई दामासाहीले मासिक रुपमा विभाजन गरी पारिश्रमिक आय प्राप्त गर्दाका बखत अग्रिम रुपमा कर तिर्नुपर्दछ ।

लाग्ने अन्तःशुल्कको प्रतिदिन शून्य दशमलव शून्य पाँच प्रतिशत वा प्रति विबरण एक हजार  रुपैयाँ मध्ये जुन बढी हुन्छ सो रकम जरिवाना हुन्छ । 

लाग्ने करको गणना भुक्तानीकर्ताले गर्छ । सो ठीक भए नभएको सम्बन्धमा भुक्तानी पाउने व्यक्ति पनि सचेत हुनुपर्दछ ।

पारिश्रमिक भुक्तानी गर्ने रोजगारदाताको कार्यालयले (त्यहाँको लेखा अधिकारीले) करको गणना गर्ने गर्दछ तर सम्बन्धित कर्मचारी (रोजगारी गर्ने व्यक्ति) ले आफ्नो वैयक्तिक विवरण (जस्तै व्यक्ति वा दम्पत्तिको छनौट, औषधि खर्च वापत कर मिलान दावी, अवकाश भुक्तानी वा लगानी विमाको प्रिमियम भुक्तानी) बारे आफ्नो कार्यालयको लेखापाललाई जानकारी गराउनु पर्दछ ।

  • सम्मानपूर्बक व्यवहारको अधिकार,
  • अन्तःशुल्क सम्बन्धी कुराहरुको आवश्यक सूचनाहरु प्रचलित कानून बमोजिम प्राप्त गर्ने,
  • अन्तःशुल्क सम्बन्धी कुरामा सफाइको सबूद पेश गर्ने मौका प्राप्त गर्ने,
  • प्रतिरक्षाको लागि कानून व्यवसायी वा लेखापरीक्षक नियुक्ति गर्ने,
  • अन्तःशुल्क सम्बन्धी गोपनीय कुराहरु अन्तःशुल्क ऐनमा उल्लेख भए बाहेक अनतिक्रम्य हुने ।

करको गणना गलत भएमा सोको जानकारी आफुलाई वा लेखा अधिकारीलाई हुने वित्तिकै सो गल्ती सच्याई आगामी महिनादेखि दाखिला गर्ने कर रकममा समायोजन गर्नु पर्दछ । आर्थिक वर्षको अन्त्यमा मात्र यस्तो त्रुटी थाहा हुन आए बढी कर दाखिला भएको भए आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालय र ठूला करदाता कार्यालयबाट कर फिर्ता माग गर्नु पर्दछ भने कम कर दाखिला भएको भए सोको विवरण र लाग्ने शुल्क/ब्याज साथ घटी तिरेको कर (थप्नु पर्ने कर रकम) तुरुन्त दाखिला गर्नुपर्दछ । 

करको भुक्तानी सरकारी कारोबार गर्ने बैंक, आन्तरिक राजस्व कार्यालय,करदाता सेवा कार्यालय, ठूला करदाता कार्यालयमा गर्न सकिन्छ ।

ऐन तथा नियमावली बमोजिम करपाटी नराखेको खण्डमा वा तोकिएको ठाउमा करपाटी नराखेमा पटकै पिच्छे दुईहजार  रुपैयां जरिवाना लाग्छ ।

अग्रिम कर कट्टि वापतको रकम भुक्तानी गरिएको महिना समाप्त भएको २५ दिनभित्र, किस्ताबन्दी कर बुझाउनेले पौष, चैत्र र आषाढ मासान्तभित्र, स्वयं कर निर्धारण गरिएको कर आय विवरण दाखिला गर्ने म्याद भित्र (अर्थात आगामी आ.ब.को असोज मसान्तभित्र), निर्धारण गरिएको कर, व्याज, शुल्क सूचनामा लेखिएको म्याद भित्र बुझाउनु पर्दछ ।

VAT मा दर्ता भए नभएको, VAT लाग्ने वा कर छुटको वस्तु वा सेवाको कारोवार गर्ने करदाताको पहिचान गराउने प्लेट ।

करदाताको अधिकारको सम्मान भएन भने आन्तरिक राजस्व कार्यालयको प्रमुख वा आन्तरिक राजस्व विभागको महानिर्देशक वा अर्थ मन्त्रालयमा गुनासो गर्न सकिन्छ ।

करदाताको अधिकारको प्रत्याभूति आयकर ऐन, २०५८ को दफा ७४(२) मा गरिएको   छ । सो अनुसार करदातालाई देहाय बमोजिमको अधिकार हुनेछ ।

क) सम्मानपूर्वक व्यवहारको अधिकार,

ख) कर सम्बन्धी कुराहरुको सूचना प्रचलित कानून बमोजिम प्राप्त गर्ने अधिकार,

ग) कर सम्बन्धी कुरामा सफाइको सबुत पेश गर्ने मौका प्राप्त गर्ने अधिकार,

घ) प्रतिरक्षाका लागि कानून व्यवसायी वा लेखा परीक्षक मुकरर गर्ने अधिकार र

ङ) कर सम्बन्धी गोपनीय कुराहरु यसमा उल्लेख भए बाहेक अनतिक्रम्य हुने अधिकार  आदि ।

करदाताले आफ्नो अधिकारको दाबी गर्दा ऐन नियममा उल्लेखित कर्तव्यहरु पालना गर्नुपर्दछ । प्रमुख कर्तव्यहरु देहाय बमोजिम छ :–

क) तोकिएको समयमा विवरण एवं कर बुझाउनु पर्ने,

ख) तोकिएको समयमा निर्धारित कर दाखिला गर्ने,

ग) प्रशासनले माग गरेको सूचना, कागजात उपलब्ध गराउने र

घ) प्रशासनलाई सहयोग गर्ने आदि ।

करदाताको गुनासो गर्न सम्बन्धित कार्यालयको गुनासो सुन्ने अधिकृत वा सम्बन्धित कार्यालयको प्रमुख वा आन्तरिक राजस्व विभागको महानिर्देशक वा अर्थ मन्त्रालयका सचिवसंग सम्पर्क गर्न सकिन्छ । निम्नलिखित ठेगाना, र इमेल वा हटलाइनमा समेत गुनासो राख्न सकिन्छ ।

क) सम्बन्धित आन्तरिक राजस्व कार्यालय,

ख) आन्तरिक राजस्व विभाग, लाजिम्पाट, काठमाडौं,

ग) अर्थ मन्त्रालय सिंहदरबार, काठमाडौं,

घ) विभाग/कार्यालयको टेलिफोन नम्बर र

ङ) Email –website:  www.iro_@ird.gov.np

      www.ird.gov.np

      www.mof.gov.np

      हटलाइन ०१४४१५८०२, ०१४४१५८०३, ०१४४१९७१९

करदाताको कारोवारस्थलमा सबैले स्पष्ट देख्ने ठाउँमा ।

त्यस्ता सामान, ज्यावल, मेशिन, उपकरण तथा सवारी साधन समेत जफत हुनेछ । तरसबारी  धनीको अनुमति विना सबारी साधन प्रयोग गरेको देखिएमा त्यस्तो सबारी साधन जफत  नगरी सबारी  धनीलाई पच्चिस हजार रुपैयाँ जरिवाना र चालकलाई कशूरको प्रकृति  हेरी १५ हजार रुपैया  जरिवाना वा तीन महिना सम्म कैद वा दुबै सजाय हुनेछ । भाडाको सावारीमा दर्ता गरी सवारी साधनको मालिकले नै प्रयोग गरेको पाइएमा  त्यस्तो सवारी जफत हुनेछ ।

कसैलाई जिन्सी सामान उपहार दिएमा वा चिठ्ठा परेमा सो को मौद्रिक मूल्य गणना गरी सो मूल्यमा अग्रिम करकट्टी गर्नुपर्दछ ।

बुझाउन बाँकी रहेको अन्तःशुल्क रकममा प्रति दिन ०.०५ प्रतिशतका दरले विलम्ब शुल्क लाग्नेछ ।

देहाय बमोजिमका संस्थाहरुलाई कर छूट हुन्छ ।

क) आन्तरिक राजस्व बिभागबाट कर छुट पाउने संस्थाको प्रमाण पत्र पाएका नाफा नकमाउने उद्देश्यले स्थापना भएका सार्वजनिक प्रकृतिका सामाजिक, धार्मिक, शैक्षिक, परोपकारी संस्था, सदस्यहरुले लाभ नलिने गरी सामाजिक वा खेलकुद सम्बन्धी सुविधा प्रवर्द्धन गर्ने उद्देश्यले गठन भएका अव्यवसायी संस्था ।

ख) आयकर ऐन, २०५८ ले आयकर छुट हुने संस्थाका रुपमा परिभाषित गरेका निर्वाचन आयोगमा दर्ता भएको राजनीतिक दल ।

  • मदिराजन्य र सूर्तिजन्य पदार्थका सम्वन्धमा त्यस्तो वस्तु उत्पादन गर्न प्रयोग गरिने कच्चा पदार्थ खरिदमा तिरेको अन्तःशुल्क उत्पादनमा प्रयोग भएको आधारमा कट्टी गर्न पाइन्छ ।
  • अन्य स्वयं निश्कासन प्रणालीका वस्तु (सूर्तीजन्य वाहेक) को हकमा खरिदको आधारमा कट्टा गर्न पाइन्छ ।

व्यक्तिको मृत्यु भएमा,नागरिकता त्याग गरी नेपाल छाडेमा, विदेशीको हकमा आय  आर्जन गर्ने काम गर्न छाडेमा ।

ऐनको दफा ३० बमोजिम महानिर्देशकले गरेको निलम्बनको आदेश वा दफा ३१क.बमोजिम विभागले प्रशासकीय पुनरावलोकन गर्दा गरेको निर्णय उपर राजस्व न्यायाधिकरण ऐन, २०३१ बमोजिम राजस्व न्यायाधिकरणमा पुनरावेदन दिन सकिन्छ ।

देहायको अवस्थालाई काबू बाहिरको परिस्थिति मानिन्छः–

  • कर बुझाउनु पर्ने व्यक्ति बिरामी परी अशक्त भएमा निको भएको मितिले सात दिनसम्म,
  • कर बुझाउनु पर्ने व्यक्तिले क्रिया बस्नु परेमा क्रिया समाप्त भएको मितिले सात दिनसम्म,
  • कर बुझाउनु पर्ने महिला सुत्केरी भएमा सुत्केरी भएको मितिले पैंतीस दिनसम्म,
  • कर बुझाउनु पर्ने व्यक्तिको मृत्यु भएमा वा बौलाएमा वा बेपत्ता भएमा त्यस्तो भएको मितिले पैंतीस दिनभित्र निजको हकवाला वा संरक्षकले निवेदन गरेमा त्यस्तो निवेदन प्राप्त भएको मितिले सात दिनसम्म,
  • बाढी, पहिरो, हिउँ वा अन्य त्यस्तै कारणबाट बाटो बन्द भै आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयमा आउन नसकेको अवस्थामा बाटो खुलेको मितिले सात दिनसम्म,
  • यातायातको साधन पूर्ण रुपमा बन्द भई आउन नसक्ने अवस्था भएमा त्यस्तो बन्द समाप्त भएको भोलिपल्ट सम्म ।

आगलागी, भुकम्प जस्ता दैवी विपत्तिका कारणले कावु वाहिरको परिस्थिति सिर्जना भएमा सो विपत्ति परेको मितिले तीस दिन सम्म ।

व्यक्तिको रोजगारी, व्यवसाय वा लगानीसंग प्रत्यक्ष रुपले सम्बन्धित नरहेको अनपेक्षित आय वा पूर्व अनुमान नगरिएको आयलाई जस्तैः (चिठ्ठा,उपहार, पुरस्कार, बक्सिस,जितौरी तथा अन्य कुनै पनि आकस्मिक रुपमा प्राप्त हुने  लाभ) लाई  आकस्मिक लाभको आय भनिन्छ ।

दर्ता खारेजीको दरखास्त र व्यापार बन्द अवस्थामा भर्नु पर्ने कर विवरण (अनुसूची –११) । दरखास्त दिइ सकेपछि कर परिक्षणका लागि आवश्यक कागजातहरु ।

तलब, ज्याला जस्ता खरिद बील नहुने खर्च बाहेक बीजक प्राप्त हुने सबै प्रकारका खरिद सम्बन्धी भुक्तानीहरुलाई खरिद खातामा प्रविष्ट गर्नु पर्दछ ।

विभागले जारी गरेको पूर्वादेश, अग्रिम कर वा विवरण दाखिला गर्न दिइएको आदेश, अनुमानित कर (किस्ताबन्दी करको लागि) बारे आन्तरिक राजस्व विभागका मातहतका कार्यालयहरुले गरेको निर्णय, आय विवरण पेश गर्न दिएको आदेश, आय विवरणको म्याद थप गर्न दिएको निवेदनमा विभागले गरेको निर्णय, संशय वा संशोधित कर निर्धारण, लिलाम बिक्री खर्चको निर्धारण, शुल्क र ब्याजको निर्धारण, प्रापकलाई कुनै रकम छुट्याई राख्न विभागले दिएको आदेश (कर असूलीको प्रयोजनार्थ), कर बक्यौता राख्ने व्यक्तिलाई बुझाउनु पर्ने रकम राख्ने कुनै व्यक्तिलाई सो रकम विभागमा दाखिला गर्न दिएको आदेश, गैर बासिन्दा व्यक्तिको तर्फबाट कुनै व्यक्तिलाई कर दाखिला गर्न दिएको आदेश, कर फिर्ता पाउँ भनी दिएको निवेदन उपरको विभागको निर्णय र प्रशासकीय पुनरावलोकनका लागि दिइने निवेदनको म्याद थप्न दिएको निवेदन उपरको निर्णयबाट मर्का परी वा त्यस्तो निर्णय वा आदेशमा चित्त नबुझे प्रशासकीय पुनरावलोकनमा जान पाईन्छ । 

करदाताले काबु बाहिरको परिस्थिति दर्शाई निवेदन गरेमा र व्यहोरा मनासिब देखेमा महानिर्देशकले ढीला भुक्तानीमा लाग्ने थपदस्तुर मात्र मिनाहा दिन सक्नेछन ।

प्रतिष्ठानमा रहेको आन्तरिक राजस्व कार्यालयको अन्तःशुल्क ईकाई कार्यालयले प्राप्त भएका अन्तःशुल्क टिकटको आम्दानी र खर्च जनाई खाता अद्यावधिक राख्नु पर्दछ । स्वयं निष्काशन अन्तर्गतका वस्तुको हकमा प्रतिष्ठानवाट तोकिएको कर्मचारीले अन्तःशुल्क स्टीकरको आम्दानी खर्चको हिसाब राख्नु पर्छ ।

कारोबारको आधारमा कर तिर्ने व्यक्तिले २ किस्तामा कर दाखिला गर्नुपर्छ । पुष २० गते सम्मको कारोबारमा तोकिएको दर अनुसार लाग्ने कर पुष महिनाको अन्त्यसम्म र असार २० गते सम्मको यर्थाथ कारोबारको आधारमा असार महिनाको अन्त्यसम्म हुने कारोबार अनुमान गरी तोकिएको दर अनुसार लाग्ने करको गणना गरी सो कर रकमबाट पुष मसान्तभित्र दाखिला गरेको कर घटाई हुन आउने कर रकम आषाढ महिनाको अन्त्यमा दाखिला गर्नुपर्छ ।

रु. दश हजार जरिवाना हुनेछ । 

लेखा अद्यावधिक नराखेमा दश हजार जरिवाना र लेखा निरिक्षण गर्न नदिएमा पटकै पिच्छै पाँच हजार रुपैयाँ जरिवाना हुनेछ ।

कुनै करदाताको कूल बार्षिक बिक्रीलाई आधार मानेर सो कारोबारमा निश्चित प्रतिशतको आधारमा तिर्नुपर्ने कर कारोबारमा आधारित कर हो ।

अन्तःशुल्क निर्धारण र असूली गर्नु पर्ने दायित्व भएका व्यक्तिले अन्तःशुल्क लाग्ने कारोबार गरेको वा नगरेको जे सुकै भएतापनि विबरण पेश गर्नु पर्दछ । 

कारोबार शुरु गर्नु अगाडि नै इजाजतका लागि आबेदन दिनु पर्दछ । 

खरीद मूल्यभन्दा बिक्री मूल्य कम भएको शेयरको बिक्री कारोवारमा नोक्सानी भएकोले अग्रिम कर कट्टी गर्नु पर्दैन । सम्बन्धित करदाताले यस्तो नोक्सानी आय विवरण पेश गर्दा दावी गर्न पाउँछ र लगानीको अन्य आयमा मिलान गर्न पाउँछ ।

किस्ताबन्दी रुपमा बुझाउनु पर्ने अनुमानित करको ४० प्रतिशत पौष मसान्तभित्र, ७० प्रतिशत चैत्र मसान्तभित्र र १०० प्रतिशत कर आषाढ मसान्त भित्र भुक्तानी गरी सक्नु पर्दछ ।

किस्तावन्दीमा कर दाखिला गर्न पहिलो किस्तासंगै वार्षिक अनुमानित करको विवरण करदाता आफैले तयार गरी (लेखापरीक्षक चाहिंदैन) सो का आधारमा किस्ताबन्दी करको गणना गर्नुपर्दछ । अनुमानित आयको विवरण तयार गर्दा अरु सामान्य आय विवरण तयार गरे झैं रोजगारी, व्यवसाय र लगानीको श्रोतबाट छुट्टाछुट्टै आयको अनुमान गरी निर्धारणयोग्य आय र करयोग्य आय गणना गर्नुपर्दछ र यस्तो करयोग्य आयमा औषधि उपचार खर्च वापत कर मिलानको रकम नघटाई करको गणना गर्नुपर्दछ । यस्तो अनुमानमा ९० प्रतिशतसम्म शुद्धता हुनु अनिवार्य छ । सोभन्दा बढी त्रुटी भयो भने र दाखिला गरेको कर रकम तिर्नुपर्ने कर रकमको ९० प्रतिशतभन्दा घटी भएमा यस्तो घटी तिरिएको रकममा ब्याज तिर्नुपर्ने हुन्छ ।

पक्रिएको अन्तःशुल्क लाग्ने वस्तुबाट असुल भएको वस्तुको मूल्यको पच्चिस प्रतिशत  हुनेछ ।

कर दाखिला निर्धारित समयसम्म नगर्ने (मनासीब कारण बिना), झुठा वा भ्रमपूर्ण विवरण जानाजानी वा लापरवाहीसाथ पेश गर्ने, कर प्रशासनमा बाधा विरोध गर्ने वा अनुचित प्रभाव पार्ने, कसूर गर्न मतियार बन्ने, ऐनको पालना नगर्ने व्यक्तिलाई अदालतको आदेशले कैद वा नगद जरिवाना वा दुबै सजाय हुन सक्दछ । अख्तियार प्राप्त व्यक्तिले सरकारी गोप्यता भंग गरेमा वा अख्तियार नपाएको कुनै व्यक्तिले कर वा कर भनी अन्य कुनै रकम उठाएमा पनि जरिवाना र कैद दुबै सजाय हुन सक्दछ । 

 (१) देहायका कुनै अवस्थामा अन्तःशुल्क अधिकृतले अन्तःशुल्क निर्धारण गर्न सक्नेछ :-

(क) म्यादभित्र अन्तःशुल्क विवरण पेश नगरेमा,

(ख) अधुरो वा त्रुटीपूर्ण अन्तःशुल्क विवरण पेश गरेमा,

(ग) झुट्टा अन्तःशुल्क विवरण पेश गरेमा,

(घ) अन्तःशुल्कको रकम कम देखाएको वा ठीक नभएको भन्ने अन्तःशुल्क अधिकृतलाई  विश्वास गर्नु पर्ने आधार भएमा,

(ङ) विक्री मूल्यमा न्यून विजकीकरण गरेको भन्ने अन्तःशुल्क अधिकृतलाई विश्वास  गर्नुपर्ने  आधार र कारण भै ऐनको दफा ७ को उपदफा (४) वमोजिम पुनः मूल्य  निर्धारण वा अतिरिक्त मूल्य निर्धारण गर्नुपर्ने भएमा,

(च) अन्तःशुल्क लाग्ने वस्तु वा सेवाको उत्पादन प्रतिलब्धी तोकिएकोमा सो अनुसारको उत्पादन प्रतिलब्धी नपुगेमा,

(छ) निष्कासन गरेको मदिरा र चुलाईमा जाने पदार्थको अल्कोहलको मात्रा एक प्रतिशत  भन्दा बढी फरक परेमा,

(ज) अन्तःशुल्क छलेमा,

(झ) इजातजपत्र नलिई कुनै व्यक्तिले अन्तःशुल्क लाग्ने बस्तुको कारोवार गरेमा ।

दाखिला गर्नु पर्ने भनि आन्तरिक राजस्व कार्यालयले गरेको सूचना अनुसारको कर समयमा नबुझाएमा, किस्ताबन्दी कर, अग्रिम कर वा आय विवरणसाथ दाखिला गर्नु पर्ने कर समयमा नबुझाएमा ब्याज लाग्दछ ।

मू.अ.कर ऐनको अनुसूची १ मा उल्लेख गरिएका वस्तु र सेवाको बाहेक देहायका कारोवारमा  मूल्य अभिबृद्धि कर लाग्छ :-

  • नेपाल भित्र आपूर्ति भएका वस्तु वा सेवामा,
  • नेपाल भित्र आयात गरिएको वस्तु वा सेवामा,
  • नेपाल बाहिर निर्यात गरिएको वस्तु वा सेवामा,

अन्तःशुल्क लाग्ने वस्तुबाट असुल भएको विगोको पच्चिस प्रतिशत रकम पुरस्कार  स्वरुप  दिईनेछ ।

सामान्यतया नेपालबाहिर निर्यात हुने वस्तु र नेपालबाहिरको व्यक्तिलाई आपूर्ति हुने सेवा । शून्य दर आकर्षित हुने बस्तु तथा सेवाहरुको विस्तृत सूची मू.अ.कर ऐनको अनुसूची – २ मा उल्लेख गरिएको छ ।

सामान्यतया नगद मात्र प्रतिफल भएको अवस्थामा बिक्रेताले क्रेतासँग लिएको मूल्यमा कर   असूल गर्नु पर्दछ ।

कुनै शर्त पुरा गरे वापत नगद वा जिन्सी उपहार दिएमा पनि अग्रिम कर कट्टी गर्नुपर्छ ।

कुनै करदाताले आफ्नो करको दायित्वको सम्पूर्ण वा केही अंश छलेको वा छल्न कोशिस गरेको  प्रमाण सहितको सूचना दिने व्यक्तिलाई त्यस्तो सूचनाको आधारमा असूलउपर गरिएको करको रकम मध्ये निजले पेश गरेको प्रमाणबाट निर्धारण भए जतिको कर रकमको बीस प्रतिशत वरावरको रकम महानिर्देशकको निर्णयले पुरस्कार दिन सक्नेछ ।

विगो जफत गरी विगो बमोजिम जरिवाना वा एक बर्ष सम्म कैद वा दुबै सजाय  हुनेछ ।

लाग्छ । यस्ता वस्तु तथा सेवाको कारोवार मूल्यको गणना वास्तविक बजार मूल्यको आधारमा गर्नुपर्दछ।

कुनै व्यक्ति वा संस्थाबाट प्राप्त चन्दा कर छुट संस्थाले प्राप्त गरेको भएमा मात्र आकस्मिक लाभ अन्तर्गत पर्दैन । अन्यथा अरु सबैको आकस्मिक लाभको परिभाषा भित्र पर्दछ ।

प्रत्येक महिना सकिए पछि मासिक र आर्थिक बर्ष समाप्त भएपछि बार्षिक विबरण पेश  गर्नु पर्छ । 

कुनै शर्त पुरा गरे वापत नगद वा जिन्सी उपहार दिएमा पनि अग्रिम कर कट्टी गर्नुपर्छ ।

कुनै सम्पत्ति लिजमा लिएमा पनि अग्रिम कर कट्टी गर्नुपर्दछ । लिज वापतको रकम भुक्तानी गर्दाका बखत अग्रिम कर कट्टी गर्नुपर्दछ ।

पाउँछ ।

सकिन्छ । तर Account Payee  चेकबाट जुनसुकै मितिमा कर रकम बुझाएको भए तापनि चेक बुझाएको दिनलाई गणना नगरी खाताबाट घटाएको (debit) दिनलाई गणना गरिने हुँदा म्याद भन्दा ढिला जम्मा भएमा थप दस्तुर, व्याज तिर्नु पर्छ ।

PAN एउटा स्थायी परिचयपत्र हो । यसको नविकरण गराइ राख्न पर्दैन । तर करदाताको ठेगाना, कारोवार स्थल वा कारोबारको प्रकृति आदिमा कुनै परिवर्तन भए सोको सूचना सम्बन्धित आन्तरिक राजस्व कार्यालय/करदाता सेवा कार्यालयलाई परिवर्तन भएको मितिले १५ दिन भित्र दिई सक्नु पर्नेछ ।

आकस्मिक लाभहरु (जस्तै क्यासिनोको जितौरी, चिठ्ठा, पुरस्कार रकम आदि) मा प्राप्त भुक्तानी रकमको २५ प्रतिशतका दरले आयकर लाग्दछ ।

फिर्ता हुन्छ ।

सक्दैन । एउटा व्यक्ति (प्राकृतिक व्यक्ति वा निकाय) ले जीवनमा एउटा मात्रै PAN लिन सक्दछ । एउटै मात्र PAN रहन्छ । त्यसैमा आफ्नो व्यवसायको प्रकारहरु थप गर्दै लैजानु पर्दछ । प्राकृतिक व्यक्तिले थप कारोबार गर्न चाहेमा सोही PAN मा कारोबार थप गर्नुपर्दछ ।

सक्दैन । एउटा व्यक्ति (प्राकृतिक ब्यक्ति वा निकाय) ले जीवनमा एउटा मात्रै एब्ल् लिन सक्दछ । एउटै मात्र एब्ल् रहि रहन्छ । त्यसैमा आफ्नो व्यवसायको प्रकारहरु थप गर्दै लैजानु पर्दछ । प्राकृतिक व्यक्तिले थप कारोबार गर्न चाहेमा सोही एब्ल् मा कारोबार थप गर्नुपर्दछ । 

हुदैंन ।

विभागले जारी गरेको सार्वजनिक परिपत्र रद्द नभए सम्म कार्यरत कर अधिकृतहरु सार्वजनिक परिपत्र मान्न बाध्य हुन्छन् । यो एउटा बिभागीय कानूनी व्याख्याको धारणाको परिपत्र हो । 

अनिवार्य छैन । करदाताको आवश्यकता अनुसार कर चुक्ता प्रमाण पत्र लिन सकिन्छ ।

आयकर ऐनले तोकेको सामान्य व्याजदर सहित फिर्ता हुन्छ ।

कर अधिकृतले गरेको कर निर्धारणको निर्णयको बिरुद्ध मात्र प्रशासकीय पुनरावलोकनका लागि निवेदन दिन सकिन्छ ।

प्राकृतिक व्यक्तिका लागि एवं निकायका लागि छुट्टाछुट्टै आय विवरणका ढाँचाहरु छन् । त्यसै गरी रोजगारी, व्यवसाय, लगानी वा गैर व्यावसायिक करयोग्य सम्पत्तिको निसर्गबाट लाभको लागि छुट्टाछुट्टै आय विवरणका अनुसूचीहरु छन् । पूर्वानुमानित कर तिर्न छनौट गर्ने प्राकृतिक व्यक्तिका लागि छुट्टै फाराम तोकिएको छ । आय विवरण भर्दा  आयका शिर्षकको आधारमा र व्यवसायको आकारको आधारमा छुट्टाछुट्टै अनुसूची र विवरणहरु बुझाउनु पर्ने व्यवस्था छ । यी फारामहरु र अनुसूचीहरुको प्रयोग एवं भर्ने तरिका बारे निर्देशिकाहरु फारामसाथ उपलब्ध छन् र यी सबै फाराम एवं निर्देशिका आ.रा.वि. को वेबसाईटबाट डाउनलोड गरी प्राप्त गर्न सकिन्छ । 

कुनै काल्पनिक विषयमा विभागको राय जान्न पूर्वादेश माग गर्न सकिदैन । पूर्वादेशको विषयवस्तु निवेदकको कारोबारको यथार्थ अवस्थासँग सम्बन्धित भई कानूनी द्विविधा परेको हुनुपर्छ ।

कुनै काल्पनिक विषयमा विभागको राय जान्न पूर्वादेश माग गर्न सकिदैन । पूर्वादेशको विषयवस्तु निवेदकको कारोबारको यथार्थ अवस्थासँग सम्बन्धित भै कानूनी द्विविधा परेको हुनुपर्छ ।

ऐनको कार्यान्वयनका सम्बन्धमा देखापरेको कुनै द्विविधा सम्बन्धी विषय अदालतमा विचाराधीन रहेको वा अदालतबाट निर्णय भई सकेको अवस्थामा बाहेक आफूलाई परेको द्धिविधा बारेमा पूर्वादेशका लागि आवेदन गर्न सकिन्छ ।

तपाईंले आफ्नो दर्ता किसिम (अनिवार्य वा स्वैच्छिक) अनुसार  मासिक, द्विमासिक वा चौमासिक रुपमा विवरण बुझाउनु पर्दछ ।

प्राकृतिक व्यक्ति र कम्पनीले फरक फरक PAN लिनु परे पनि स्थायी लेखा नम्बरको रुपमा एउटै किसिमको विशिष्ट नम्बर (Unique Number)  दिइएको हुन्छ । PAN को संकेत बाटै प्राकृतिक व्यक्ति र कम्पनी छुट्टिंदैन ।

 प्राकृतिक व्यक्ति र कम्पनीले फरकफरक एब्ल् लिनु परे पनि स्थायी लेखा नम्बरको रुपमा 

एउटै किसिमको विशिष्ट नम्बर ९ग्लष्त्रगभ ल्गmदभच० दिइएको हुन्छ । एब्ल् को संकेत 

संख्याबाटै प्राकृतिक व्यक्ति र कम्पनी छुट्टिंदैन ।  

गर्दैन । यो उपभोक्ताले वस्तु र सेवा उपभोग गरे वापत भुक्तानी गर्नुपर्ने कर हो । तसर्थ सिधा अर्थमा मूल्य वृद्धि गरेको देखिएतापनि वस्तु र सेवाको मूल्य अभिवृद्धिमा मात्र कर लाग्ने हुँदा मूल्य वृद्धि हुँदैन ।

एब्ल् का लागि आवदेन गर्दा कर चुक्ता प्रमाणपत्र वा पुरानो आय विवरण, कर रकम, अग्रिम कर कट्टी रकम दाखिला गर्नु पर्दैन । कारोवार शुरु गर्न बाँकी नै रहेको करदाताले त झन् पर्दै परेन । तर आन्तरिक राजस्व कार्यालयले पुराना करदाताबाट (साविकदेखि कारोवार गरिरहेका) कर असुली प्रयोजनका लागि आय विवरण, अग्रिम कर माग गर्न सक्दछ । एब्ल् दिनबाट बञ्चित गर्न सक्दैन । भाडाको घरमा बसेको करदाताको ठेगानाको पहिचानको लागि बसेको ठाउँको   (कारोवार स्थलको) नक्सा र घरबहालको सम्झौता भने आवश्यक पर्दछ । 

आ.रा.वि.ले ‘e-filing’ को सुविधा दिएकोले PAN हुने करदाताले ‘e-filling’ द्वारा बिद्युतीय माध्यमबाट आ.रा.वि.को www.ird.gov.np मा लग अन गरी आय विवरण बुझाउन सक्दछन् । त्यसैगरी विभागले तोके बमोजिमको प्रकृया अवलम्वन गरी e-Payment पनि गर्न सकिन्छ ।

एब्ल् एउटा स्थायी परिचयपत्र हो । यसको नवीकरण गराइ राख्न पर्दैन । तर करदाताको ठेगाना, कारोवार स्थल वा कारोबारको प्रकृति आदिमा कुनै परिवर्तन भए सोको सूचना सम्बन्धित आन्तरिक राजस्व कार्यालय÷करदाता सेवा कार्यालयलाइ परिवर्तन भएको मितिले १५ दिन भित्र दिई सक्नु पर्नेछ ।

पर्दैन ।

नियमित कारोवार भईराखेका व्यवसायीले आर्थिक बर्षको शुरुमा र नयाँ व्यवसायीले कारोबार शुरु गर्नु भन्दा अगाडी  खाता प्रमाणित गराउनु पर्दछ ।

विदेशी नागरिकले नेपालको प्रचलित कानून अनुसार नेपालमा उद्योग, व्यापार, पेशा, व्यवसाय, रोजगारी वा लगानी गर्दा PAN लिनु पर्दछ । यसका लागि आवेदन गर्दा अन्य कागजातका अतिरिक्त निजको परिचय खुल्ने राहदानी वा सम्बन्धित कूटनैतिक नियोगद्वारा जारी गरिएको परिचयपत्र पेश गर्नु पर्दछ ।

ब्याज र शुल्क फरक/फरक प्रयोजनको लागि लाग्ने भएकोले एउटै करदातालाई एकैचोटि उही आय वर्षको उही आय विवरणमा लाग्न सक्दछ । शुल्क कानूनी परिपालना नगरे बापत लगाईन्छ भने व्याज आर्थिक क्षतिपूर्ति वापत लगाईन्छ ।

सबैले पर्दैन । थ्रेसहोल्डभन्दा बढीको कर (VAT) लाग्ने वस्तु तथा सेवाको कारोवार गर्ने र कानूनले अनिवार्य दार्ता गर्नु पर्ने भनी तोकेका व्यक्तिले दर्ता गर्नु पर्दछ । 

करदाताले आफुले पेश गरेको कुनै पनि बिबरण वा कागजातमा त्रुटी छ भन्ने कुरा आफुले थाहा पाएपछि अय विवरण पेश गरेको ३० दिन भित्र सो कुराको जानकारी सम्बन्धित कार्यालयलाई दिई आय विवरणको संशोधित विवरण पेश गर्न पाइन्छ । ३० दिन कटेपछि भने शंसोधित विवरण पेश गर्न पाईदैन । 

डेबिट नोट वा क्रेडिट नोट जारी गरी खरिद र बिक्री खातामा नै प्रविष्ट गर्नु पर्दछ ।

बिक्री विजक जारी गर्ने बित्तिकै र खरिद विजक प्राप्त हुने बित्तिकै ।

प्रत्येक आर्थिक वर्षको लागि सिलसिलेवार नम्वरको खरिद र बिक्री खाता अनिवार्य रुपमा प्रमाणित गर्नुपर्दछ । मासिक कर विवरण बुझाउने करदाताको हकमा साउन महिना भित्र, द्वैमासिक कर विवरण बुझाउने करदाताको हकमा श्रावण र भाद्र महिना भित्र र  चौमासिक कर विवरण बुझाउने सुविधा पाएका करदाताहरुले श्रावण महिनादेखि कार्तिक महिना भित्र मू.अ.कर खरिद तथा बिक्री खाता प्रमाणित गर्नुपर्दछ । 

अन्तःशुल्क लाग्ने बस्तुको कारोबार गर्ने ईजाजतपत्रवालाले ऐनको दफा १०ख (१) बमोजिमका  विवरणहरुको लेखा राख्ने प्रयोजनको लागि प्रयोगमा ल्याइने खाता  प्रमाणित गराउने कार्यलाई खाता प्रमाणित भनिन्छ । सोको अन्तःशुल्क अधिकृतबाट  प्रमाणित गराउनु पर्छ । 

 पर्छ ।

कुनै बासिन्दा व्यक्तिले कुनै ठेक्का वा करार अन्तर्गत कुनै गैर बासिन्दा व्यक्तिलाई (क) वायुयान मर्मत तथा तथा अन्य ठेक्का वा करार बापतको भुक्तानीमा मा ५%, (ख) गैर वासिन्दा बीमा कम्पनीलाई विमा प्रिमियम भुक्तानी गर्दा १.५% र (ग) खण्ड (क) वा (ख) मा लेखिएदेखि बाहेक विभागले भुक्तानीकर्ता बासिन्दा व्यक्तिलाई लिखित सूचना दिएकोमा सो सूचनामा उल्लिखित अग्रिम कर कट्टी गर्नुपर्दछ ।

गैर बासिन्दा व्यक्तिको हकमा निज स्वयंले वा निजको नेपालमा रहेको स्थायी संस्थापन वा प्रतिनिधिले PAN लिन आवेदन गर्नुपर्दछ ।

गैर बासिन्दा व्यक्तिको हकमा निज स्वयंले वा निजको नेपालमा रहेको स्थायी संस्थापन वा प्रतिनिधि एजेण्टले एब्ल् लिन आवेदन गर्नुपर्दछ ।  

कर छुट पाउने संस्थाको लागि आवश्यक निवेदनको ढाँचा इन्टरनेटबाट विभागको वेबसाईट www.ird.gov.np बाट प्राप्त गर्न सकिन्छ तर निवेदन आफूले स्थायी लेखा नम्वर लिएको आन्तरिक राजस्व विभाग मातहतको कार्यालयहरुमा पेश गर्नु पर्दछ ।

घरजग्गाको कारोवारमा कर लाग्दछ । व्यवसायमा प्रयोग नभएको घरजग्गालाई निसर्ग गर्दा प्राप्त लाभ गैर व्यावसायिक करयोग्य आय मानी लाभको गणना गरी कर लगाईन्छ भने व्यवसायमा प्रयोग भएको घरजग्गालाई व्यावसायिक सम्पत्ति मानी सोको निसर्गबाट हुने लाभलाई व्यवसायको आयमा समावेश गरी कर लगाइन्छ । तर रु. १० लाखभन्दा कम मूल्यको घरजग्गाको बिक्री, तीन पुस्ता भित्रको खरीद बिक्री बाहेकको तरिकाले गरिएको हस्तान्तरण र १० वर्षभन्दा बढी स्वामित्व भई बसोबास गरेको प्राकृतिक व्यक्तिको घरलाई गैर व्यवसायिककरयोग्य सम्पत्ति मानिंदैन । 

पाँच वर्षभन्दा बढी स्वामित्वमा रहेको घरजग्गा तथा जग्गामा २.५ प्रतिशतका दरले  र सो भन्दा कम  समय स्वामित्वमा रहेको घरजग्गा तथा जग्गामा ५ प्रतिशतले कर लाग्दछ । 

घर भाडा वापत पेश्की रकम लिइसकेमा पछि सम्झौता टुट्न गइ प्राप्त पेश्की रकम फिर्ता गर्नु परेमा बढी दाखिला कर नियमानुसार फिर्ता दाबी गर्नुपर्दछ ।

घरमै बसेर कम्प्यूटरबाट इन्टरनेटका माध्यमले एब्ल् का लागि आवेदन गर्न सकिन्छ तर एब्ल् कार्ड लिन आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा उपस्थित भई कार्ड लिनु पर्दछ । कम्प्यूटरमा इन्टरनेटका माध्यमले आवेदन गर्न सम्पर्क राख्ने ठेगाना धधध।ष्चम।नयख।लउ हो । त्यसभित्र रहेको त्बह एबथभच एयचतब िमा गएर आफूले चाहेको विषय छनौट गर्न सकिन्छ । 

पहिलो प्रति निष्कासन भएको बस्तु साथ पठाउने, दोश्रो प्रति वस्तु निष्काशन गर्ने  प्रतिष्ठान संग सम्वन्धित कार्यालयमा पठाउने, तेश्रो प्रति ईकाई कार्यालयमा र चौथो  प्रति सम्बन्धित विक्रेता वा प्रतिष्ठानमा राख्नुपर्दछ ।

सख्खर वा मोलासिस उत्पादन गरे पछि दैनिक रुपमा भएको त्यस्तो उत्पादन तथा  बिक्रीको हिसाब अनुसूची १२ बमोजिमको ढाँचामा अद्याबधिक गरी मासिक रुपमा  कार्यालयमा प्रतिबेदन  पेश गर्नु पर्नेछ । 

(क) कच्चा र कोरा सूर्तीको हिसाब तोकिएको ढाँचामा राख्ने ।

(ख) सूर्ती खपतको हिसाब तोकिएको ढाँचामा राख्ने । 

(ग) चुरोटमा सूर्तीको अनुपात खुलाउने । 

(घ) तयारी चुरोटको बट्टा बन्दी गर्ने । 

(ङ) चुरोटको बट्टाहरु प्याकिङ्ग गर्ने ।

चुरोट उत्पादन गर्न पैठारी गरिएका विभिन्न जात र गुणका सूर्तीलाई विभिन्न ब्राण्ड र  स्तरको चुरोट बनाउन मिश्रण गर्ने प्रकृयालाई ब्लेण्डिङ्ग भनिन्छ । 

चुरोट उत्पादन भै दैनिक प्याकिंग गरिएको बट्टा संख्या, सिलसिलेवार नम्बर र बन्द  मिति देखिने गरी अनुसूची ७ बमोजिमको ढाँचामा तयार गर्ने र गोदाममा राखिएको  चुरोटको हिसाब अनुसूची ८ बमोजिमको ढाँचामा उल्लेख गरी राख्नु पर्छ ।

चुरोट उत्पादन को प्रतिलब्धी दर विभागले तोके अनुसार हुनेछ । विभागले नतोकेको अवस्थामा कारखानाले पेश गरेको प्रतिलब्धिलाई अवश्यक छानविन पश्चात मान्यता दिन सकिनेछ । 

M (एम) भनेको चुरोट प्याकिङ्ग ईकाइ हो । १ M (एम) मा १००० खिल्ली चुरोट हुन्छ ।

तयारी चुरोटका बट्टाहरुलाई ठूलो कागजको वक्सामा बन्द गरी दैनिक बन्द गरिएको  चुरोटको वट्टा संख्या, वक्साको सिलसिलेवार नम्वर र वन्द गरिएको मिति समेत स्पष्ट  देखिने गरी अनुसूची ७ वमोजिमको ढांचामा उल्लेख गर्ने तथा गोदाममा राखिएको  चुरोटको हिसाव अनुसूची ८ वमोजिमको ढांचामा राख्नु पर्छ ।

विदेशी मुलुकबाट पैठारी गरिएको चुरोटलाई पनि चुरोटको परिभाषामा समेटेको छ ।

चुरोटको उत्पादन मिति, व्याच नम्वर, इजाजतपत्रवाला उत्पादक वा पैठारीकर्ताको नाम, ठेगाना, ट्रेडमार्क र देवनागरी लिपीमा (सूर्तीजन्य पदार्थ स्वास्थ्यको लागि हानिकारक छ) भनी आउटरमा लेख्नु पर्दछ । यसको साथै आउटरको अधिकतम खुद्रा मूल्य खुलाउनु पर्ने र नेपाल सरकारले तोकेवमोजिमका स्वास्थ्य सम्वन्धी सचेतनामूलक सन्देशहरु अंकित गरेको हुनुपर्छ ।

सूर्तीलाई ड्रयरमा राखि तातो हावा दिई चिसोपना हटाउने काम गरिन्छ र राम्ररी सुके  पछि चुरोट बनाउन प्रयोग गरिन्छ ।

प्रयोग गर्ने सिलसिलामा च्यातिएका र विग्रिएका अन्तःशुल्क टिकटको मुचुल्का तयार गरी विभागले तोकेको प्रक्रिया अनुसार सम्बन्धित कार्यालयले नष्ट गर्नु पर्नेछ । नष्ट गर्ने सम्बन्धमा विभागीयस्तरमा तथा कार्यालयस्तरमा छुट्टाछुट्टै समितिको व्यवस्था गिरएको छ । उक्त समितिले तोकिएको प्रक्रीया पुरा गरी नष्ट गर्न सक्ने व्यवस्था गरिएको छ ।  

तोकिएको प्रकृया पुर्याए पछि त्यस्ता टिकटको प्रतिस्थापन गर्न सकिनेछ ।

ठेक्का वा करार अन्तर्गत रू. ५० हजार भन्दा बढीको रकममा भुक्तानी  दिदा अग्रिम कर कट्टी गर्नुपर्छ ।

ठेक्का वा करार अन्तर्गत भुक्तानी प्राप्त गर्ने पक्ष कर छुट संस्था भए पनि अग्रिम कर कट्टी गर्नु पर्दछ ।

ठेक्का वा करार अन्तर्गत वस्तु र सेवा दुवैको आपूर्ति भएमा पुरै ठेक अंकमा अग्रिम कर कट्टी गर्नुपर्छ ।

ठेक्का वा करारको भुक्तानी गर्दा १.५ प्रतिशतका दरले अग्रिम कर कट्टी गर्नुपर्दछ ।

अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीले डिष्टिलरी वा ब्रुअरी निरीक्षण गर्दा  निरीक्षण मिति, समय र मदिरा उत्पादन प्रक्रियाका सम्बन्धमा देखिएका त्रुटी र  त्यस्ता  त्रुटीहरुलाई भविष्यमा सुधार गर्दै लैजाउन भन्ने उद्धेश्यले निरीक्षण पुस्तिका राख्नु परेको  हो । 

स्वदेशी तथा विदेशी सूर्ती, खैद जातको रुखको पात वा कागज विडीको कच्चा पदार्थ  हुन ।

हुँदैन, आन्तरिक राजस्व विभागद्वारा तोकिए वमोजिम बोतल बन्दी गरी मात्र विक्री गर्नु  पर्छ ।

जुन महिनामा बीजक प्राप्त हुन्छ, सोही महिनामा प्रविष्ट गर्नुपर्दछ । तर एक वर्ष भन्दा ढिला हुनु हुँदैन ।

वियर तयार हुँदा सम्म त्यसमा रहेका हानिकारक जिबाणु लाई नष्ट गर्न पास्चराईज्ड्  गर्नु परेको हो ।

कारखाना धनीको हो ।

६० दिन भित्र विभागले निवेदन उपरको निर्णयको सूचना निवेदकलाई नदिएमा निवेदकले सो को जानकारी विभागमा दर्ता गराई विभागले निवेदन अस्वीकार गरेको मान्न सक्नेछ र सो कुरा लिखित रुपमा विभागलाई जानकारी गराईराजस्व न्यायाधिकरणमा पुनरावेदन दिन सक्दछ ।

म्यादभित्र बुझाउनु पर्ने कर नबुझाएमा वांकी रहेको कर रकममा वार्षिक दश प्रतिशतका दरले थप दस्तुर लाग्दछ । थप दस्तुरका अतिरिक्त वार्षिक पन्ध्र प्रतिशतका दरले ब्याज समेत बुझाउनु पर्दछ । साथै यस ऐन बमोजिमको बुझाउनु पर्ने कर कुनै करदाताले म्यादभित्र नबुझाएमा महानिर्देशकको पूर्व स्वीकृति लिई सम्बन्धित कर अधिकृतले देहायका कुनै वा सबै तरिका अपनाई कर असुल गर्न सक्दछ :-

  • करदातालाई फिर्ता गर्नु पर्ने रकम भए त्यसमा कट्टा गरेर ।
  • करदाताको चल तथा अचल सम्पति कब्जा गरेर ।
  • करदाताको सम्पूर्ण वा केही सम्पत्ति एकै पटक वा पटक पटक गरी सिलबन्दी वोलपत्र वा सार्वजनिक वढावढद्धारा लिलाम विक्री गरेर ।
  • बैंक तथा अन्य वित्तिय संस्थामा रहेको करदाताको रकमबाट कट्टा गर्न लगाएर ।
  • नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वमा भएको कुनै संगठित संस्था वा स्थानीय तहहरुबाट करदाताले पाउने रकमबाट कट्टा गर्न लगाएर ।
  • कुनै तेश्रो व्यक्तिले करदातालाई तिर्नुपर्ने रकम दावी गरेर ।
  • करदाताको आयात निर्यात र अन्य कारोवार रोक्का गरेर ।
  • नेपालबाहिर जान रोक लगाएर ।

तोकिएको समयमा कर नबुझाएमा आयकर ऐन, २०५८ ले व्याज, शुल्क, जरिवाना , लाग्ने, कर बुझाउनेको सबै प्रकारका संपत्ति माथि दाबि गर्न सक्ने, विदेश जानमा रोक लाग्ने लगायत मुद्धा सम्म पनि व्यहोर्नु पर्ने कानूनी व्यवस्था गरेको छ ।

यसमा दर्ता भएको व्यक्तिले आफ्नो औद्योगिक प्रदर्शनी कक्ष, बिक्री कक्ष, होटल, रेष्टुरेण्ट, बार, कारोबार स्थल वा आपूर्ति गर्ने स्थानमा राखिएको कर लाग्ने वस्तु वा सेवाको बिक्री मूल्य (ट्याग प्राइस, मेनु प्राइस र सेल्स प्राइस) मा कर सहितको मूल्य उल्लेख गर्नु पर्दछ । यसरी कर लाग्ने वस्तु तथा सेवाको बिक्री मूल्य घोषणा वा प्रदर्शन गरी सकेपछि छुट्टै मू.अ.कर जोडेर मूल्य कायम गर्न पाईदैन ।

ऐनको दफा १०.घ तथा नियम ६क बमोजिम अन्तःशुल्क निर्धारण गरी असूल उपर गर्नु पर्दछ ।

६० दिन भित्र ।

सरकारले तोकेको दुर्गम क्षेत्रमा सञ्चालन गरिने उद्योग धन्दाहरुका लागि उद्योग सञ्चालन मितिले १० वर्षसम्म आयकर लाग्दैन । सो पछिका आय वर्षमा लाग्ने आयकरको पचास प्रतिशत सम्म कर  लाग्दछ ।

  • साउन र भाद्रकोः आश्विन २५ गते भित्र ।
  • आश्विन र कार्तिककोः मंसिर २५ गते भित्र ।
  • मंसिर र पौषकोः माघ २५ गते भित्र ।
  • माघ र फाल्गुणकोः चैत्र २५ गते भित्र ।
  • चैत्र र वैशाखकोः जेष्ठ २५ गते भित्र ।
  • जेष्ठ र आषाढकोः साउन २५ गते भित्र ।

नयाँ उत्पादन तथा व्राण्डको इजाजत सम्बन्धमा देहाय बमोजिम कानूनी व्यवस्था  रहेको छ :

(क) अन्तःशुल्क लाग्ने नयाँ व्राण्डको कुनै पनि वस्तु उत्पादन गर्न वा व्राण्ड परिवर्तन गर्न चाहेमा उद्योग विभागबाट ट्रेडमार्क दर्ता प्रमाणपत्र प्राप्त भएपछि आन्तरिक राजस्व विभागमा उत्पादन स्वीकृति माग गर्नु पर्नेछ ।

(ख) उद्योग विभागमा ट्रेडमार्क दर्ताका लागि निवेदन दर्ता भएको तर ट्रेडमार्क दर्ता प्रमाणपत्र प्राप्त भै नसकेको अवस्थामा उद्योग विभागले ट्रेडमार्क दर्ता प्रयोजनका लागि औद्योगिक सम्पत्ति वुलेटिनमा सूचना प्रकाशन गर्ने निर्णय गरी सो को जानकारी आन्तरिक राजस्व विभागलाई गराएमा उक्त पत्रका आधारमा पनि नयाँ वस्तु वा ब्राण्ड उत्पादन अनुमति प्रदान गर्न सकिनेछ । यसरी उत्पादन अनुमति प्राप्त गर्ने उद्योगले अनुमति पाएको मितिले एक वर्ष भित्रमा ट्रेडमार्क दर्ता प्रमाणपत्र प्राप्त गरी आन्तरिक राजस्व विभागमा पेश गर्नु पर्नेछ । एक वर्ष भित्र ट्रेडमार्क दर्ताको प्रमाण पत्र पेश नभएमा आन्तरिक राजस्व विभागले उक्त नयाँ वस्तु वा ब्राण्ड उत्पादन अनुमति पत्र खारेज गर्नेछ ।

तर उद्योग विभागले कुनै कारणबस १ वर्षभित्रमा ट्रेडमार्क जारी गर्न नसकिने भई समय थप गरी सो को जानकारी विभागलाई गराएको अवस्थामा सो अवधिसम्म उत्पादन इजाजतलाई निरन्तरता दिन सकिनेछ ।

(ग) भौतिक नियन्त्रण प्रणाली अन्तर्गतका वस्तु र स्वयं निष्कासन प्रणाली अन्तर्गतका चुरोट तथा सूर्तीजन्य वस्तु स्वीकृत ब्राण्ड बिना उत्पादन गर्न तथा बिक्री वितरण गर्न पाइने छैन । नयाँ ब्राण्ड उत्पादन गर्नु अघि आन्तरिक राजस्व विभागबाट परीक्षण उत्पादनको स्वीकृति लिनुपर्नेछ । नयाँ ब्राण्ड उत्पादन गर्न वा ब्राण्ड परिवर्तन गर्न चाहेमा उद्योग विभागबाट अनुमति लिएर मात्र आन्तरिक राजस्व विभाग अन्तर्गतका कार्यालयहरुमा निवेदन गर्नुपर्नेछ ।

(घ) अन्तःशुल्क ऐन अनुसार उत्पादकले कुनै नयाँ ब्राण्डको परीक्षण उत्पादन गर्ने स्वीकृति माग गर्नु अघि बुझाउनु पर्ने वा बुझाउन बाँकी अन्तःशुल्क, अन्तःशुल्क टिकट वापतको शुल्क, अग्रिम रुपमा तिर्नुपर्ने रकमहरु, मूल्य अभिवृद्धि कर तथा आय करका रकमहरु चुक्त गरेको प्रमाण पेश गरिसके मात्र नयाँ ब्राण्डको परीक्षण उत्पादन स्वीकृति प्रदान हुनेछ । 

(ङ) परीक्षण उत्पादनको स्वीकृति लिई सो आधारमा उत्पादन गरेको मदिरा, वियर, वाइन, साईडरको ब्राण्ड अनुसारको उत्पादनलाई परीक्षण गर्न आन्तरिक राजस्व विभागमा पठाउनु पर्दछ । परीक्षणको लागि प्राप्त नमुना साथ त्यस्तो उत्पादनमा प्रयोग भएका Ingredients को विवरण समेत खुलाएको हुनुपर्नेछ । 

(च) आन्तरिक राजस्व विभागले प्राप्त उत्पादनको नमूना मध्ये १ थान विभागमा नमूनाको रुपमा राखी प्रयोगशाला परीक्षण गरी वा गराई नमुना दावी गरिए बमोजिमको देखिएमा वा खान योग्य देखिएमा मात्र व्यवसायिक उत्पादन अनुमतिको लागि योग्य मानिनेछ ।

(छ) माथि उल्लिखित कागजात तथा प्रक्रिया पूरा भएको उत्पादन स्विकृतिको मागलाई मात्र व्यावसायिक उत्पादन स्वीकृति प्रदान गरिनेछ ।

उत्पादन गर्नु पूर्ब नै आन्तरिक राजस्व विभागबाट स्वीकृति लिनु पर्छ ।

अन्तःशुल्क ईजाजतपत्र लिनु पर्दैन । एक पटकमा ५ लिटर सम्म रक्सी र दश लिटर सम्म जाँड एक वर्ष मा ६ पटक सम्म वनाउन पाईन्छ । त्यस्तो जाड रक्सी वनाउने व्यक्तिले त्यसको सूचना अन्तःशुल्क अधिकृतलाई दिनु पर्छ । 

निजी भवन भन्नाले भवन र भवनले ओगटेको क्षेत्रफल बराबरको जग्गा वा एक रोपनी जग्गामध्ये जुन घटी हुन्छ सोलाई जनाउँछ ।

नियमनकारी  निकाय, प्राधिकरण जस्ता निकायहरुलाई भुक्तानी गरेको रोयल्टीमा अग्रिम कर कट्टी गर्नुपर्दछ ।

दर्ता हुनु पर्ने कर्तव्य भएका व्यक्ति दर्ता नभएमा कर प्रशासनले दर्ता गर्न आदेश दिन सक्दछ । यस किसिमको दर्ता व्यवस्थालाई निर्देशनात्मक दर्ता (Forced Registration) भनिन्छ । यस्तो आदेश करदाताको लागि वाध्यकारी हुन्छ । यसरी प्राप्त हुने आदेश बमोजिम दर्ता हुन नपर्ने अवस्था रहेको भए सो को प्रमाण पुर्‍याउनु पर्ने दायित्व सम्बन्धित करदाताको रहन्छ ।

लाग्दछ । तर सामाजिक सुरक्षा वापत १ प्रतिशतले लाग्ने कर भने लाग्दैन ।

निवृत्तिभरणमा कर लाग्दछ । तर सामाजिक सुरक्षा कर बापत १ प्रतिशतले लाग्ने कर भने लाग्दैन । कर्मचारी संचयकोष र औषधि उपचार वापत पाइने रकममा कर लाग्दछ । 

निष्कासन पूर्व नै अन्तःशुल्क रकम दाखिला गरी सोको प्रमाण माग फारम साथ राख्नु  पर्छ । 

अन्तःशुल्क लाग्ने बस्तु उत्पादन गर्ने प्रतिष्ठानको परिसरबाट तोकिए बमोजिमको प्रकृया पूरा गरी  बाहिर  लैजानु अगाडि अन्तःशुल्क प्रयोजनका लागि भर्नु पर्ने चार प्रति माग फारम नै  निष्कासन फारम हो ।

निष्कासन स्वीकृतिका लागि अन्तःशुल्क अधिकृतकोमा पेश गर्नु पर्छ ।

नेपाल भित्र उत्पादन भएको वा तयार भएको मालवस्तुहरु भन्सार कार्यालयबाट निकासीको प्रकृया पूरा भइसकेपछि वा विदेशमा पुगिसकेपछि सम्बन्धित पार्टीले लिन अस्वीकार गरी वा अन्य कारणले पुनः पैठारी हुन गई सोही मालवस्तु पैठारी भएको ३ महिना भित्र निकासी गर्ने भएमा यसरी फिर्ता ल्याउँदाको बखत लाग्ने मूल्यअभिवृद्धि कर भंसारले धरौटीमा राखी छाड्न सक्दछ र त्यस्तो मालवस्तु पुनः निकासी भएपछि उक्त धरौटी फिर्ता दिनुपर्दछ ।

नेपालमा रोजगारी, व्यवसाय, लगानी र आकस्मिक लाभको श्रोतबाट प्राप्त आयमा कर  लाग्दछ ।

पूँजीगत लाभ भनेको कुनै पनि पूँजीगत सम्पत्ति वा पूँजीगत दायित्वको निसर्ग गर्दा प्राप्त हुने लाभ (वा नोक्सानी भए यस्तो नोक्सानी समायोजन गरी रहेको लाभ वा थप नोक्सानी समेत) लाई जनाउँछ । सम्पत्ति वा दायित्वको निसर्ग भन्नाले मुख्यतया यस्तो सम्पत्ति वा दायित्वबाट स्वामित्व हटेको अवस्थालाई जनाउँछ । यस्तो स्वामित्व हट्ने अवस्था सम्पत्ति वा दायित्व बिक्री हुनु, वितरण गरिनु, अन्य सम्पत्ति वा दायित्वमा गाभिनु, पट्टामा दिइनु, रद्द गरिनु, विनाश हुनु, हराउनु, म्याद सकिनु, समर्पण गरिनु, समापन हुनु, दायित्व फछ्र्यौट वा मुक्त हुनु समेतको अवस्थालाई जनाउँछ ।

वि.सं.२०५४ मंसिर १ गते ।

  • करको दायरा वढाएर राजस्व संकलनमा वृद्धि गर्न ।
  • करको आधार विस्तार गरी करका दरहरु घटाउन ।
  • वस्तु र सेवामा लगाईएका विभिन्न करहरुलाई खारेज गरी मू.अ.करलाई राजस्वको प्रमुख आधारको रुपमा स्थापित गर्न ।
  • स्वयं कर निर्धारण प्रणालीलाई प्रोत्साहन गर्न ।
  • करदाताको कारोबार स्थापित गर्न ।
  • प्रशासनिक जटिलता कम गर्न ।
  • कानूनी प्रकृयालाई सरल र पारदर्शी बनाउन । 
  • करको हिस्सामा अप्रत्यक्ष करको योगदान बढाउंदै लैजान ।

आन्तरिक राजस्व विभाग र सो अन्तर्गतका कार्यालयहरु ।

नेपालमा लाग्ने आय करको दर आयकर ऐन, २०५८ को अनुसुची – १ मा उल्लेख गरिएको छ । यो अनुसूचीलाई सालबसाली आर्थिक ऐनले आयकर ऐनलाई संशोधन गरिरहने भएकोले सम्बन्धित आर्थिक वर्षको आर्थिक ऐन पनि हेर्नुपर्दछ । आयकर ऐनको दफा ११ ले केही क्षेत्र र व्यवस्थालाई करको सहुलियत दिएकोले यसको आधारमा वास्तबिक करको भार थाहा पाउन सकिन्छ ।

तौल लिंदा लेबुल, प्याकिंग मेटेरियल्स्, चुना समेतको तौल कूल तौलमा समाबेश गर्नु  पर्छ ।

पारिश्रमिक आय हुने प्राकृतिक व्यक्तिले ऐनको दफा १२ अनुसार आयकर छुट प्राप्त संस्थालाई दिएको बढीमा एक लाख रुपैया वा समायोजित कर योग्य आयको पांच प्रतिशत रकम मध्ये जुन घटी हुन्छ सो रकम सम्मको चन्दा खर्च दाबी गर्न पाउँछ । तर चन्दा खर्च दावी गर्न आय विवरण पेश गर्नुपर्दछ ।

पारिश्रमिक आयको कर चुक्ता प्रमाणपत्र आन्तरिक राजस्व विभाग मातहतका सम्बन्धित कार्यालयहरुले दिन्छन् ।

पारिश्रमिक आयमा तिरेको कर सो आय वर्षको दाखिला गर्नुपर्ने कर रकममा मिलान गर्दा बढी भएमा आगामी वर्षमा मिलान गर्न पाउँछ ।

पारिश्रमिक वापत वासिन्दा प्राकृतिक व्यक्तिलाई वार्षिक करयोग्य आयको आधारमा लाग्ने करलाई दामासाहीले मासिक रुपमा पारिश्रमिक भुक्तानी गर्दाको बखत रोजगारदाताले अग्रिम कर कट्टी गरी दाखिला गर्नुपर्दछ  र गैर वासिन्दा प्राकृतिक व्यक्तिलाई भुक्तानी गर्दा भुक्तानी गर्ने रकमको २५ प्रतिशतले कर कट्टी गर्नुपर्दछ ।

एक पटकमा प्रति व्यक्ति पन्घ्र हजार रुपैयाँमा नबढ्ने गरी दिनु पर्नेछ ।

पुरस्कार पाउने निश्चित समय बारे स्पष्ट कानूनी व्यवस्था छैन । सामान्यतया सूचनाको आधारबाट छलि भएको कर रकम असूल उपर भएपछि पुरस्कार पाउन सक्नु हुन्छ ।

महानिर्देशकको निर्णयले तपाईंले सूचना दिनु भएको सम्बन्धित आन्तरिक राजस्व कार्यालयबाट ।

यदि पुरस्कार पाउने व्यक्ति एक भन्दा वढी भएमा पुरस्कार वापतको २०% रकम समानुपातिक रुपमा वितरण गरिने कानूनी व्यवस्था रहेको छ ।

पूँजीगत घाटालाई अगामी कारोवारमा पूँजीगत आय/लाभमा मात्र मिलान गर्न पाइन्छ । तर यस्तो नोक्सानी रोजगारी वा व्यवसायको आयमा मिलान गर्न पाइदैन । 

अरु कर झैं पूँजीगत लाभमा लाग्ने करको निर्धारण पनि करदाता स्वयंले स्वयं कर निर्धारण गरी गर्नु पर्दछ ।

पूँजीगत लाभ कर तिरेको प्रमाण आफूले जहाँ कर तिरेको हो सोही कार्यालय, निकाय वा नेपाल स्टक एक्चेन्जबाट प्राप्त हुन्छ । 

पूँजीगत लाभ हुने व्यक्तिले अन्य करदाता झैं आय विवरण पेश गरी कर तिर्नु पर्दछ र अग्रिम दाखिला भएको कर मिलान गर्न वा नोक्सानी भएको भए नोक्सानी दाबी गर्न पाउँदछ । 

सबै पूँजीगत लाभमा कर लाग्दैन । जस्तै प्राकृतिक व्यक्तिले सुन चाँदी, आफ्नो स्वामित्वको निजी सवारी साधन आदी को बिक्रीबाट हुने लाभ वा निश्चित सीमाभित्रको घरजग्गा बिक्रीबाट हुने लाभमा कर लाग्दैन । निकायहरु (जस्तै साझेदारी फर्म, कम्पनी वा संघसंस्था) को व्यावसायिक सम्पत्ति वा दायित्व वा ह्रासयोग्य सम्पत्तिको निसर्गबाट प्राप्त हुने लाभलाई व्यवसायको आयमा समावेश गरी कर लगाईन्छ । व्यवसायिक सम्पत्ति वा दायित्व भन्नाले व्यवसायमा प्रयोग भएका सम्पत्ति हुन् । यी सबै करयोग्य सम्पत्ति हुन् । 

गैर व्यावसायिक करयोग्य सम्पत्तिबाट प्राप्त लाभमा फरक फरक  प्रतिशतका दरले पुँजीगत लाभ कर लाग्दछ । गैर व्यावसायिक करयोग्य सम्पत्ति भन्नाले व्यावसायिक सम्पत्ति, ह्रासयोग्य सम्पत्ति, व्यापारिक मौज्दात, कुनै प्राकृतिक व्यक्तिको अविच्छिन्न वा पटक पटक गरी दश वर्ष वा सो भन्दा बढी अवधि स्वामित्व रहेको र बसोबास गरेको निजी भवन, अवकाश कोषमा रहेको हित, १० लाख रुपैयाँ भन्दा कम मूल्यमा निसर्ग गरेको जग्गा, घरजग्गा तथा निजी भवन वा ३ पुस्ता भित्र खरिद बिक्री बाहेक अन्य किसिमले हस्तान्तरण गरी निसर्ग गरेको सम्पत्ति बाहेकका सबै जग्गा, भवन, हित वा सुरक्षणलाई बुझाउँछ ।

व्यावसायिक सम्पत्ति वा दायित्वको निसर्गबाट प्राप्त लाभ र ह्रासयोग्य सम्पत्तिको निसर्गबाट प्राप्त लाभ वा व्यापारिक मौज्दातको निसर्गबाट हुने मुनाफालाई व्यवसायको आयमा समावेश गरी निर्धारणयोग्य आय र करयोग्य आय गणना गरी कर लगाईन्छ । गैर व्यावसायिक करयोग्य सम्पत्तिबाट हुने लाभलाई पूँजीगत लाभको रुपमा छुट्टै गणना गरी कर लगाइन्छ भने निकायको हकमा (सामान्यतया यस्तो आय नभए पनि, सबै सम्पत्ति प्रायजसो व्यावसायिक सम्पत्ति हुने हुँदा) निकायलाई लाग्ने सामान्य करको दरले कर लगाइन्छ । आयकर ऐन, २०५८ लागू भएको मिति २०५८।१२।१९ अगाडिको अवधिमा प्राकृतिक व्यक्तिको पूँजीगत लाभमा कर लाग्दैन । यसर्थ २०५८।१२।१९ को बजार मूल्यांकनबाट पुरानो सम्पत्तिको मूल्यांकन गर्नु पर्दछ ।

कुनै कुराका सम्बन्धमा अन्तःशुल्क ऐनमा भएको व्यबस्था लागू गर्दा आफुलाई कुनै द्विविधा भएमा सो निराकरणका लागि स्पष्ट गराई लिखितरुपमा विभागले दिने धारणा लाई पूर्बादेश भनिन्छ ।

जो सुकैले करदाताको तर्फबाट करको रकम बैंकमा दाखिला गर्न सक्दछ तर आय विवरणमा करदाता आफैंले वा अधिकृत वारेसले दस्तखत गरी विवरण बुझाउनु पर्दछ । 

आफुले गर्न चाहेको कुनै कुराका सम्बन्धमा ऐनमा भएको व्यबस्था लागू गर्दा उत्पन्न कुनै द्विविधा निराकरणका लागि पूर्बादेश पाउन आन्तरिक राजस्व विभागमा लिखित रुपमा निबेदन दिनु पर्छ ।

दफा ७६ अनुसार आफूद्वारा प्रस्तावित वा आफूले मानेको कुनै प्रवन्धका बारेमा कुनै द्विविधा परी निवेदन गर्ने करदातालाई मात्र पूर्वादेश लागू हुन्छ ।

आन्तरिक राजस्व विभागबाट ।

पूर्वादेश माग गर्न कुनैपनि धरौटी वा दस्तुर बुझाउनु पर्दैन ।

  पूर्वादेश माग गर्न कुनै धरौटी वा दस्तुर बुझाउनु पर्दैन ।

पूर्वादेश माग गर्ने निवेदक र कार्यान्वयन गर्ने कर प्रशासनका लागि मात्र पूर्वादेश बहाल रहेसम्म उक्त आदेश बाध्यकारी हुन्छ । अन्यलाई बाध्यकारी हुँदैन । पूर्वादेशसंग सम्बद्ध विषयको पूर्ण यथार्थ विवरण विभाग समक्ष प्रस्तुत गरेको र पूर्वादेश माग गरिएको निवेदनमा उल्लिखित बुंदा अनुरुपको प्रबन्ध भएको व्यक्तिको हकमा आन्तरिक राजस्व विभाग यस्तो पूर्वादेश मान्न बाध्य छ । पूर्वादेश जारी गरिएको व्यक्तिको हकमा सार्वजनिक परिपत्रभन्दा पूर्वादेशले यस्तो व्यक्तिका लागि प्राथमिकता पाउँछ । तर आयकर ऐन तथा नियमावलीको जुन दफा वा नियमको आधारमा पूर्वादेश जारी गरिएको हो सो दफा वा नियममा संशोधन भएमा जारी भएको पूर्वादेश संशोधन भएको हदसम्म स्वतः बदर हुनेछ ।

पूर्वादेश माग गर्ने निवेदक र कार्यान्वयन गर्ने कर प्रशासनका लागि मात्र पूर्वादेश बहाल रहेसम्म उक्त आदेश बाध्यकारी हुन्छ, अन्यलाई बाध्यकारी हुँदैन । पूर्वादेशसंग सम्बद्ध विषयको पूर्ण यथार्थ विवरण विभाग समक्ष प्रस्तुत गरेको र पूर्वादेश माग गरिएको निवेदनमा उल्लिखित बुंदा अनुरुपको प्रबन्ध भएको व्यक्तिको हकमा आन्तरिक राजस्व विभाग यस्तो पूर्वादेश मान्न बाध्य छ । पूर्वादेश जारी गरिएको व्यक्तिको हकमा सार्वजनिक परिपत्रभन्दा पूर्वादेशले यस्तो व्यक्तिका लागि प्राथमिकता पाउँछ ।

कुनै व्यक्तिले आफूद्वारा प्रस्तावित वा आफूले मानेको कुनै प्रवन्धका सम्बन्धमा द्विविधा भै विभागको धारणा लिन लिखित रुपमा निवेदन दिई जान्न चाहेमा निजलाई दिइएको लिखित विभागीय धारणालाई पूर्वादेश भनिन्छ ।

कुनै व्यक्तिले मू.अ.कर ऐन लागू हुने अवस्था बारे कुनै द्धिविधा निराकरणका लागि विभागसमक्ष लिखित रुपमा निवेदन दिएमा विभागले सो व्यक्तिलाई विभागको धारणा लिखित रुपमा सूचित गर्ने विभागीय धारणा नै पूर्वादेश हो । मु.अ.कर ऐनको दफा ३२(क) मा पूर्वादेश सम्बन्धी व्यवस्था छ ।

त्यस्तो अबस्थामा विभागले पूर्बादेश जारी गर्न सक्दैन ।

पूर्वादेश माग गर्न विभाग समक्ष निवेदन दिनु पर्दछ । यस प्रयोजनका लागि निवेदनको ढाँचा तोकिएको छ । पूर्वादेश माग गर्न सम्बद्ध विषयको पूर्ण र यथार्थ विवरण विभागलाई उपलब्ध गराउनु पर्दछ । तर पूर्वादेश काल्पनिक बिषयमा भने माग्न सकिदैन । यो करदाताको द्विबिधा हटाउनको लागि प्रयोगमा ल्याएको आधुनिक कर प्रणालीको प्रबन्ध हो ।

पूर्वादेश माग गर्न विभाग समक्ष निवेदन दिनु पर्दछ । यस प्रयोजनका लागि निवेदनको ढाँचा तोकिएको छ । पूर्वादेश माग गर्न सम्बद्ध विषयको पूर्ण र यथार्थ विवरण विभागलाई उपलब्ध गराउनु पर्दछ ।

पूर्वादेश आन्तरिक राजस्व विभागका महानिर्देशकबाट जारी हुन्छ ।

कर प्रशासन र निवेदक दुवैले यो आदेशको पालना गर्नु पर्दछ ।

कर प्रशासन र निवेदक दुवैले यो आदेशको पालना गर्नु पर्दछ ।

आन्तरिक राजस्व विभागका महानिर्देशकले जारी गरेको पूर्वादेशमा चित्त नबुझे तपाईले ऐनको दफा ११५ बमोजिम विभाग समक्ष प्रशासकीय पुनरावलोकनको लागि निवेदन वा आयकर ऐन २०५८ दफा ११६(४) वा बमोजिम राजस्व न्यायाधीकरण समक्ष पुनरावेदन दिन सक्नु हुन्छ ।

पूर्वाधार विकास निर्माणका सम्बन्धमा नेपाल सरकार र कुनै व्यक्ति बीच भएको सम्झौत भए सम्झौता अवधिभर कायम भएको सम्झौताको दर लागु हुन्छ । करको दर २० प्रतिशत रहेको छ ।

पूर्वानुमानित कर बुझाउँदा सरलीकृत ढांचाको (डे.१) आय विवरण भरी सम्बन्धित आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयहरुमा बुझाउनु पर्दछ ।

समयमा कर दाखिला नगरेमा ब्याज लाग्दछ । समयमा विवरणहरु (आय विवरण, किस्ताबन्दीको अनुमानित करको विवरण) दाखिला नगरेमा वा कागजात नराखेमा वा आयकर ऐन वा नियमको कुनै व्यवस्थाको पालना नगरेमा वा झुठा वा भ्रमपूर्ण विवरण दाखिला गरेमा तथा कर सम्बन्धी कसूर गर्ने व्यक्तिलाई जानाजान वा लापरवाही गरी मद्दत गरेमा शुल्क लाग्दछ । त्यसै गरी अदालतको फैसला अनुसार कर दाखिला नगर्ने, झुठा वा भ्रमपूर्ण विवरण दिने, कर प्रशासनमा बाधा विरोध गर्ने वा अनुचित प्रभाव पार्ने, कसूरमा मतियार हुने, अख्तियार प्राप्त वा अख्तियार प्राप्त नभएको व्यक्तिले कसूर गरेमा तथा ऐनको पालना नगर्ने व्यक्तिलाई नगद जरिवाना वा कैद वा दुबै सजाय (अवस्था अनुसार) हुने व्यवस्था आयकर ऐनले गरेको छ । 

आय विवरण बुझाउन आयकर ऐनले निर्धारण गरेको म्याद अर्थात् गत आ.व.को कर रकम चालु आ.ब.को आश्विन मसान्तभित्र बुझाउनु पर्दछ ।

पूर्वानुमानीत कर आय विवरण दाखिला गर्ने म्याद भित्र (अर्थात आगामी आ.ब.को असोज मसान्तभित्र) बुझाउनु पर्दछ ।

पूर्वानुमानित कर ढीला बुझाएमा विवरण ढिला बुझाए वापत शुल्क र कर ढिला बुझाए वापत ब्याज लाग्दछ ।

पूर्वानुमानित कर बुझाउने बासिन्दा प्राकृतिक व्यक्तिले औषधि उपचार खर्च वापत वा अग्रिम कर कट्टी वापत कर मिलान गर्न दावी गर्न पाउँदैन ।

पूर्वानुमानित कर बुझाएपछि र सोको जानकारी सहितको आय विवरण दाखिला गरेपछि सम्बन्धित आ.रा.का. तथा करदाता सेवा कार्यालयहरुबाट  विवरण दाखिला गरेको प्रमाण प्राप्त गर्न सकिन्छ । बिद्युतीय माध्यमबाट बिबरण दाखिला गर्नेको हकमा बिबरण सबमिशन गरी भेरिफाई भए पछि कम्प्युटर प्रणालीवाट प्राप्त निस्सा नै विवरण दाखिलाको प्रमाण हो ।

विभागको अनुमति लिई विभागले तोकीदिए बमोजिमको तरिका अपनाई कम्प्यूटर वा  अन्य यान्त्रिक प्रणालीमा राख्न सकिनेछ । 

पूर्वानुमानित कर भनेको वार्षिक रुपमा तिर्नुपर्ने कर रकम बारे आयकर ऐन, २०५८ को अनुसूची १ (करको दर सम्बन्धी) अनुसार तोकिएको अवस्थामा तोकिएको एकमुष्ट रकम तिरे पुग्ने कर हो ।

अन्तःशुल्क अधिकृतले गर्दछ ।

पूर्वानुमानित कर विवरण (Presumptive Income Tax)  बुझाउने तरीका

  • Mozilla Firefox वेव व्राउजर प्रयोग गरी www.ird.gov.np पेजलोड गर्नुहोस  । 
  • होमपेजमा भएको Taxpayer Portal क्लिक गर्नुहोस ।
  • तत् पश्चात प्राप्त हुने Screen मा Income Tax Folder लाई छनौट गर्नुहोस ।
  • तत् पश्चात D01-Return Entry  मेनुमा क्लिक गर्नुहोस । 
  • पूर्वानुमानित करको विवरण दाखिला गर्ने Submission No. प्राप्त गर्न आवश्यकता अनुसारको बक्समा युजरनेम, पासवर्ड, स्थायी लेखा नं. आर्थिक वर्ष (आय वर्ष समाप्त भएपछि सो वर्षको आयविवरण दाखिला गर्नुपर्ने हुँदा आर्थिक वर्ष छनौट गर्दा जहिले पनि गत विगतका वर्ष  छनौट गर्ने)  सम्पर्क न टाइप गरी Register Button मा क्लिक गर्नुहोस ।
  • तपाईलाई Submission No. प्राप्त भएको जानकारी प्राप्त हुने छ । अब Proceed Button मा क्लिक गरी आवश्यकता अनुसारको कारोबार विवरण र राजश्व दाखिला विवरण प्रविष्टि गरी Save Button मा क्लिक गर्नुहोस । 
  • यसरी Save भएको विवरण हेरफेर गर्नुपर्ने भएमा Income Tax Folder मा भएको Tax Return Login मेनुमा क्लिक गरी Submission No.  तथा Submission No. लिदा प्रयोग गरेको UsernamePassword Type गरी Login गरेर विवरणलाई पूर्ण  बनाउनुहोस ।
  • आफूले प्रविष्टि (Entry) गरेका विवरणहरु सबै रुजु गरी ठीक भएमा Submit Button मा क्लिक गरी विवरण Submit भएको जानकारी प्राप्त गर्नुहोस  । 
  • यसरी विवरण Submit भै सकेपछि त्यस पेजमा भएको SaveSubmit Button Disable भै Print Button मात्र Enable हुन्छ । 
  • अब Print Button मा क्लिक गरी विवरणहरु प्रिन्ट गरेर सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा गएर विवरण Verify गर्नुहोस वा आफैले Verify गर्ने Username Password प्राप्त गर्नु भएको छ भने आफै Verify गर्नुहोस् । 
  • तपाईले पेश गर्न चाहनु भएको विवरण Verify नभएसम्म विवरण पेश भएको मान्य हुदैन । अतः आफुले पेश गरेको विवरण तोकिएको समयमा नै सम्बन्धित कार्यालयमा गएर Verify गराउनुहोस् वा आफैले Verify गर्ने Username  र Password प्राप्त गर्नु भएको छ भने आफै Verify गर्नुहोस् । 

यदि तपाईंलाई सहयोगको आबश्यकता भएमा Help मेनुमा गई सहयोग लिन सकिन्छ ।

नेपाल सरकार वा नेपाल आयल निगमबाट स्वीकृति प्राप्त निकायलाई मात्र एनहाईड्र्स ईथानोलमा कम्तिमा दुई प्रतिशत पेट्रेल मिसाउने गरी निष्कासन गर्न कार्यालयले  स्वीकृति दिए पछि मात्र विक्री गर्नु पर्नेछ ।

पैठारी गरेका मदिरा, वियर, साइडर र वाइनको प्रत्येक बोतलमा र चुरोटका प्रत्येक  बट्टामा पैठारी गर्दा कै अबस्थामा अन्तःशुल्क टिकट लगाउनु पर्नेछ ।

तीन पुस्ता भित्रको खरीद बिक्री बाहेक अन्य तरिकाले हुने घरजग्गा वा जग्गाको हस्तान्तरण ‘करयोग्य सम्पत्ति’ नमानिने हुँदा कर तिर्नु पर्दैन । तर यस्तो सम्पत्तिको पनि खरिद बिक्री भएको अवस्थामा कर लाग्दछ ।

कुनै व्यवसाय वा लगानीबाट कुनै आय वर्षमा निर्धारण योग्य आय भएको वा हुने व्यक्तिले पहिलो किस्तामा अनुमानित करको ४०% रकम मध्ये तिर्न बाँकी रकम, दोश्रो किस्तामा अनुमानित करको ७०% रकम मध्ये तिर्न बाँकी रकम र तेश्रो किस्तामा अनुमानित करको १००% रकम मध्ये तिर्न बाँकी रकम दाखिला गर्नु पर्दछ । त्यस्तै कारोबारको आधारमा कर तिर्ने करदाता Turnover Tax (TOT) मा आवद्ध व्यक्ति (करदाता) ले देहाय बमोजिम दुई किस्तामा कर दाखिला गर्नु पर्दछ ।

दाखिला गर्नु पर्ने मिति

दाखिला गर्नु पर्ने कर रकम

पुस महिनाको अन्त्यसम्म

पुस २० गते सम्मको कारोवारमा तोकिएको दर अनुसार लाग्ने कर 

असार महिनाको अन्त्यसम्म

असार २० गते सम्मको यथार्थ कारोवारको आधारमा असार महिनाको अन्त्यसम्म हुने कारोवार अनुमान गरी तोकिएको दर अनुसार लाग्ने करको गणना गरी सो कर रकमबाट पुस मसान्तभित्र दाखिला गरेको कर घटाई हुन आउने कर रकम ।

रु. ५०००।- सम्म जरिवाना हुन्छ ।

प्रशासकीय पुनरावलोकनको निवेदन उपर छानवीन र निर्णय निवेदन दिएको मितिले ६० साठी दिनभित्र विभागले गरिसक्नु पर्दछ । साठी दिन भित्र विभागले प्रशासकीय पुनरावलोकनको निर्णयको जानकारी निवेदकलाई नदिएमा निवेदकले सोको जानकारी विभागमा लिखित रुपमा गराई विभागले यस्तो निवेदन अस्वीकार गरेको मान्न सक्दछ । निवेदकले त्यसो गरेमा राजस्व न्यायाधिकरणमा पुनरावेदन जान सक्दछ र विभागले आफ्नो निवेदन अस्वीकार गरेको मानेको जिकिर गर्न सक्दछ ।  

सम्बन्धित व्यक्तिले राजस्व न्यायाधिकरणमा पुनराबेदन दिन सक्नेछ । 

प्रशासकीय पुनराबलोकन निबेदन वा पुनराबेदन दिएको पन्घ्र दिन भित्र सोको एक प्रति  जानकारीका लागि सम्बन्धित कार्यालयमा दर्ता गराउनु पर्नेछ । 

साठी दिन भित्र विभागले निर्णय गर्नु पर्ने छ । 

प्राकृतिक व्यक्तिको करको दायित्व कानुनमा तोके बमोजिम हुन्छ अर्थात् कर तिर्न अटेरी गरेमा निजको घरघराना, जायजेथा लिलाम विक्री गरेर पनि आयकर असुली गर्न सकिन्छ ।

मिल्दैन । नगद रकम नै दाखिला गर्नु पर्दछ । दाखिला गर्नुपर्ने रकम निवेदन दिनुभन्दा अगाडि नै बढी दाखिला गरेको रहेछ भने त्यस्तो रकमले खामेसम्मको रकम कटाई बाकी रकमा मात्र दाखिला गर्नुपर्दछ ।

पर्छ । निर्धारित कर रकम मध्ये विवाद रहित कर रकम बुझाई विवादित कर रकमको एक चौथाई रकम नगद दाखिला गर्नुपर्दछ ।  दाखिला गर्नुपर्ने रकम निवेदन दिनुभन्दा अगाडि नै बढी दाखिला गरेको रहेछ भने त्यस्तो रकमले खामेसम्मको रकम कटाई बाकी रकम मात्र दाखिला गर्नुपर्दछ ।

कर प्रशासन तथा करदाता बीचको द्वन्द्व तथा विवाद निरुपण गर्न र कर प्रशासनबाट हुने गरेका कार्यगत,गणितीय,प्राविधिक तथा कानूनी त्रुटिहरुलाई प्रशासनिक तवरबाट समाधान गर्न विभागका महानिर्देशक समक्ष निवेदन दिने व्यवस्था नै प्रशासकीय पूनरावलोकन हो । कर प्रणालीको विवाद निरुपणको प्रथम प्रस्थान विन्दु नै प्रशासकीय पूनरावलोकन हो ।

प्रशासकीय पुनरावलोकन भनेको मातहत कार्यालयले/कर अधिकारीले गरेको कर सम्बन्धी कुनै निर्णय उपर चित्त नबुझी विभागका महानिर्देशक समक्ष प्रशासकीय रुपमा पुनर्विचार हुन गरिने आवेदनको हकमा दिइने प्रशासकीय निबेदन हो । 

यो न्यायिक निर्णय वा न्यायिक अधिकारीले गरेको निर्णय नभएता पनि प्रशासकीय निर्णय हो । तर समग्र विभाग करदाता/सेवाग्राहीका नजरमा एकीकृत एउटै संस्था रहने हुँदा विभागका अधिकारीहरुले करदाताको कर दायित्व वा कर सम्बन्धी कर्तव्यका बारेमा गर्ने निर्णय उपर सोझै न्यायिक निकाय (राजस्वन्यायाधिकरण) मा उजूरी जानुभन्दा विभागीय रुपले एकपटक सो निर्णयमा अज्ञानता वा भूलवश कुनै त्रुटीहरु रहन गएको भए सोलाई सच्याई छिटो र सुलभ तरिकाले कर सम्बन्धी विवाद टुंग्याउन मद्दत पुर्र्याउने हेतुले प्रशासकीय पुनरावलोकनको व्यवस्था गरिएको छ । यस्तो व्यवस्थाबाट करदातालाई पनि छिटो विवाद समाधान भई सन्तुष्टि मिल्ने र विभागको लागि पनि न्यायोचित छवि कायम गर्दै छिटो कर संकलन गर्न सहयोग पुग्ने हुन्छ । प्रशासकीय पुनरावलोकनको निवेदन सम्बन्धित आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालय मार्फत् वा सोझै आ.रा.वि.को महानिर्देशकलाई दिन सकिन्छ । 

कर अधिकृतले गरेको कर निर्धारणको निर्णय उपर चित्त नबुझ्ने व्यक्तिले त्यस्तो निर्णयको सूचना पाएको मितिले तीस दिनभित्र त्यस्तो निर्णय बिरुद्ध आन्तरिक राजस्व विभागका  महानिर्देशक  समक्ष निवेदन दिन सक्नेछ ।

प्रशासकीय पुनरावलोकनको लागि निवेदन दिन कुनै ढाँचा/फाराम विभागले तोकेको छैन । तर प्रशासकीय पुनरावलोकन गर्न सकिने निर्णय (माथि बुँदा २ मा उल्लेख भएका निर्णयहरु वा आदेशहरु मध्ये) उपर चित्त नबुझ्ने व्यक्तिले सो निर्णयको सूचना पाएको मितिले ३० दिनभित्र विभागसमक्ष त्यस्तो पुनरावलोकन हुनु पर्ने कारण तथा आधारहरु स्पष्ट रुपमा उल्लेख गरी निवेदन दिनु पर्दछ । यदि ३० दिन भित्र प्रशासकीय पुनरावलोकनको निबेदन दिन नसकिने भएमा त्यो ३० दिन पछिको ७ दिन भित्र म्याद गुज्रेको थामी दिन निबेदन बिभागमा दर्ता गराएमा स्वत म्याद सकिएको ३० दिन पछि पुन ३० दिन को थप गुज्रेको म्याद थाम्न सकिन्छ ।

दफा ३२ बमोजिम विभागले प्रशासकीय पुनरावलोकन गर्दा गरेको निर्णय उपर चित्त नबुझ्ने व्यक्तिले राजस्व न्यायाधिकरण ऐन, २०३१ बमोजिम राजस्व न्यायाधिकरणमा पूनरावेदन दिन सक्नु हुनेछ ।

प्रशासकीय पुनरावलोकन कानूनी फरक मतहरुको निरोपणको लागि होइन । यो प्रशासकीय त्रुटीहरु, प्राविधिक वा गणितीय त्रुटीहरु तथा मातहतका कर अधिकारीले लेखापद्धति, आयकर कानून, विभागीय परिपत्र, निर्देशिका वा पूर्वादेशहरु बारे पर्याप्त जानकारी नराखी वा जानीजानी लापरवाहीबश त्रुटीहरु गरी करदतालाई मर्का पारेमा सोबाट बचाउनका लागि गरिने माथिल्लो अधिकारीबाट प्रशासकीय हस्तक्षेप/निर्देशन (आयकर ऐन अनुसार हुनका लागि) पाउनका लागि हो । तर न्यायिक निरोपणका लागि राजस्वन्यायाधिकरणमा जानू पूर्व विभागसमक्ष प्रशासकीय पुनरावलोकनमा जान अनिवार्य व्यवस्था रहेकोले कुनै हदसम्म कानूनी उपचारको सहज अपेक्षा पनि प्रशासकीय पुनरावलोकनबाट राख्न सकिन्छ । मर्का परेको पक्ष/व्यक्तिले आफ्नो निवेदन/मुद्दाको पुर्पक्षका लागि कानूनी सहयोग लिन सक्दछन् र वकील नियुक्त गरी  (वा लेखा विशेषज्ञ को सल्लाह लिई) विभागमा आफ्ना प्रमाण र आधारहरु प्रस्तुत गर्न सक्दछन् ।

मिल्दैन ।

महिला, पुरुष वा अन्य लिंग भएको मानिस (Human Being) र प्राकृतिक व्यक्तिको स्वामित्वमा रहेको एकलौटी फर्म समेतलाई प्राकृतिक व्यक्ति भनिन्छ ।

महिला, पुरुष वा अन्य लिंग भएको मानिस (Human Beings) र प्राकृतिक व्यक्तिको स्वामित्वमा रहेको एकलौटी फर्म समेतलाई प्राकृतिक व्यक्ति भनिन्छ ।

तयारी वियर अन्तिम रुपमा बोतल बन्दी गर्नु भन्दा अगाडी वियर प्रवाह हुने पाइपमा सिलबन्दी गरी जडान भएको वियरको परिमाण लगायतका विद्युतीय सूचना सम्प्रेषण गर्ने स्वचालित मिटर हो ।

प्राकृतिक व्यक्तिले आयकर नियमावलीले तोके अनुसारको दरले दुर्गम क्षेत्रमा बसोबास गरी व्यवसाय वा रोजगारी गरेमा करयोग्य आयमा छुट पाउँछ । यस्तो छुट ‘ङ’ वर्गको भौगोलिक क्षेत्रमा १० हजार रुपैयाँदेखि ‘क’ वर्गको भौगोलिक क्षेत्रमा रु. ५० हजार रुपैयाँसम्म छ । 

त्यसैगरी बासिन्दा प्राकृतिक व्यक्तिले वार्षिक रु.७५०।– मा नबढ्ने गरी आफुले गरेको औषधि उपचार खर्चको १५ प्रतिशतमा नबढाई (सौन्दर्य सल्य चिकित्सामा भएको खर्च बाहेक) तिर्नुपर्ने करमा सोझै कर कट्टी मिलान दावी गर्न सक्दछन् । एक वर्षको दावी रु.७५०।– को सीमाले कर मिलान गर्न नभ्याए आगामी वर्षहरुमा सार्न समेत पाउँछ ।

प्राकृतिक व्यक्तिले आफू बसोबास गरेको स्थल वा कारोवार गरेको स्थल (प्रोप्राइटरशीप फर्म भए सो फर्मको मुख्य ठेगाना रहेको स्थल) वा रोजगारी गरेको ठाउँसँग सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयबाट स्थायी लेखा नम्बर (PAN) लिनु पर्दछ ।

पाउँदछन् । यदि उसले आय विवरण पेश गरेमा व्यक्तिको लागि आयकर ऐनमा तोकेबमाजिम आर्थिक वर्ष०७६।७७ मा यसको सीमा ४ लाख व्यक्तिको हकमा र र दम्पत्तिको हकमा ४ लाख पचास हजार छुट पाउँदछन् ।

वियरको प्रबाह नाप्न सजिलो हुनाका साथै यो स्वचालित भएकोले वियर बहावको परिमाण सजिलै थाहा पाउन सकिने र वियरको चुहावट हुन नदिनको लागि यसको प्रयोग गरिन्छ ।

प्राकृतिक व्यक्तिले PAN लिंदा आफ्नो परिचय खुलाउने प्रमाणको प्रतिलिपि (जस्तै नागरिकता प्रमाणपत्र वा राहदानी), फोटो, पेशा व्यवसाय गरेको भए पेशागत प्रमाणपत्र वा फर्म दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि र आफ्नै घरमा कारोवार गर्ने भए सो को प्रमाण वा भाडामा भए घरबहाल सम्झौता पत्रको प्रतिलिपी पेश गर्नु पर्दछ ।

ब्यक्तिगत स्थायी लेखा नम्बरलाई नविकरण गराई राख्नु पर्दैन । 

सम्वन्धित कार्यालय प्रमुख वा आन्तरिक राजस्व विभाग समक्ष ।

अन्तःशुल्क लाग्ने वस्तुबाट असुल भएको विगोको तीस प्रतिशत पुरस्कार दिन  सकिनेछ ।

बर्ष भरी प्रतिष्ठानले गरेको कारोबारको विबरण नै बार्षिक प्रगती विबरण हो । तोकिए  बमोजिमको ढाँचामा यस्तो प्रगति विबरण बर्ष समाप्त भएको २५ दिन भित्र कार्यालयमा पेश  गर्नु पर्छ ।

विक्री वापत कसैलाई वोनस स्वरुप कुनै भुक्तानी गरिएमा अग्रिम कर काट्नु पर्छ ।

बेदर्तावालबाट खरिद गरेको प्रयोग भैसकेका वस्तुहरुको कर निर्धारण त्यस्ता वस्तुहरुको विक्री   मूल्य र खरीद मूल्य बीचको बचतमा मात्र कर असूल गर्नु पर्दछ । उदाहरणका लागि पुरानो मोटरसाईकल बेच्ने रिकन्डिशन हाउसले रु.५० हजारमा खरिद गरेको मोटरसाईकल रु.७० हजारमा बिक्री गर्दछ भने विक्री मूल्य र खरीद मूल्य बीचको बचत (रु.७०हजार - रु.५०हजार) अर्थात रु. २० हजारमा कर असूल गर्नु पर्दछ ।

ब्यक्तिगत ब्यावसायिक स्थायी लेखा नम्बर लिएको ब्यक्तिले अर्को ब्यक्तिगत स्थायी लेखा नम्बर लिनु पदैन सोही स्थायी लेखा नम्बरलाई नै अन्य कामका लागि पनि प्रयोग गर्न सकिन्छ । एउटै ब्यक्तिको दुइवटा स्थायीलेखा नम्बर हुँदैन ।

ब्यक्तिगत स्थायी लेखा नम्बर लिन अनलाइन विवरण भर्दा प्रयोग गर्ने युजर आइ डी र पासवर्डमा आफुलाई सजिलो हुने र सम्झन सक्ने शब्द राख्न सकिन्छ । जस्तै युजरनेममा आफ्नो नाम र पासवर्डमा मोवाइलन नम्बर आदी । तर यसरी राखिएको युजरनेम, पासवर्ड र सब्मीसन नम्बरबाट पुन लगइन गरी सबमिट नगर्दा सम्म संशोधन एवं तत् पश्चात निवेदन प्रिन्ट गर्न सकिनेछ ।

स्थायी लेखा नम्बर प्रत्येक करदातालाई दिइने नौ अंकको स्थायी संकेत हो । यसलाई अंग्रेजीमा 

एभचmबलभलत ब्अअयगलत ल्गmदभच र छोटकरीमा एब्ल् भनिन्छ ।  एभचकयलब ितथा द्यगकष्लभकक एब्ल् प्राप्त गर्न आन्तरिक राजस्व कार्यालय वा करदातासेवा कार्यालयबाट प्राप्त दरखास्त फारम पूर्ण रुपमा भरी सो साथ आवश्यक पर्ने कागजातहरुसमेत संलग्न गरी आन्तरिक राजस्व विभाग मातहतका सम्बन्धित कार्यालयहरुमा दरखास्त गर्न सकिन्छ भने अर्कोतर्फ आन्तरिक राजस्व विभागको वेबसाइट धधध।ष्चम।नयख।लउ मा गई त्यहां उपलब्ध फाराम ९एब्ल् पाउनका लागि दिईने दरखास्त फाराम) अनलाईनको माध्यमबाट भरी त्यस्को एचष्लत इगत वा क्गदmष्ककष्यल ल्गmदभच लिएर आवश्यक पर्ने कागजातहरु समेत संलग्न गरी आन्तरिक राजस्व विभाग मातहतका सम्बन्धित कार्यालयहरुमा दरखास्त गर्न सकिन्छ । यसरी अनलाईनको माध्यमबाट एब्ल् प्राप्त गर्न प्रयोग गरिने माध्यमलाई भ(एब्ल् को रुपमा बुझिनछ । । भ(एब्ल् भनेको छुट्टै एब्ल्  होइन । 

प्राकृतिक श्रोत वापत भएको भुक्तानी बाहेक भाडा अन्तर्गत घर बहाल समेतका मूर्त सम्पत्तिको बहालमा लगाएको पट्टा अन्तर्गत गरिएको प्रिमियम लगायतका सबै भुक्तानीहरु पर्दछन् ।

व्यवसाय सञ्चालन गरिरहेको बाहेक प्राकृतिक व्यक्तिले भाडा वापत प्राप्त गरेको अग्रिम कर कट्टी अन्तिम कर भएकोले मिलान गर्न पाइदैन । तर व्यवसाय सञ्चालन गरी भाडा प्राप्त गरेको प्राकृतिक व्यक्ति र निकायले प्राप्त गरेको भाडा वापतको अग्रिम कर कट्टी मिलान गर्न पाइन्छ ।

भाडा वापत कम्पनी÷प्राकृतिक व्यक्तिलाई भुक्तानी गर्दा समान दरमा अग्रिम कर कट्टी  गर्नुपर्दछ ।

प्राकृतिक व्यक्तिका लागि यस्तो कर रकम अन्तिम मानिन्छ तर कम्पनी लगायत निकायका भाडाका सवारी साधनका हकमा यो कर बुझाउन अनिवार्य भए पनि यो अन्तिम कर होइन र आय विवरणमा स्वयं कर निर्धारण गरी कर दाखिला गर्नु पर्दछ । यसरी कर दाखिला गर्दा सवारी साधन पिच्छे तिरेको कर रकम मिलान भने गर्न पाइन्छ ।

कम्पनी भाडाको सवारी साधन धनी भए पनि प्रति सवारी साधन लाग्ने कर तिर्नु पर्दछ । तर यो अन्तिम कर नभई अग्रीम कर कट्टी भएकोले वार्षिक कर दायित्वमा मिलान गर्न पाईन्छ ।

भौतिक नियन्त्रण अन्तर्गतका यस्ता वस्तुको उत्पादन गरी निष्काशन गर्दाका वखत सम्वन्धित आन्तरिक राजस्व कार्यालयमा र आयातकर्ताले भन्सार विन्दूमा अन्तःशुल्क दाखिला गर्नु पर्छ ।

उद्योग वा प्रतिष्ठानमा खटिएका अन्तःशुल्क कर्मचारी (निरिक्षक) को जिम्मामा रहन्छ ।

भौतिक नियन्त्रण प्रणालीमा अन्तःशुल्क अधिकृत वा निजले तोकेको कर्मचारीको प्रत्यक्ष नियन्त्रणमा अन्तःशुल्क लाग्ने बस्तुको उत्पादन, निष्कासन, पैठारी तथा निकासी गरिन्छ भने स्वयं निष्कासन प्रणालीमा भौतिक नियन्त्रण प्रणालीमा आधारित बाहेकका अन्तःशुल्क लाग्ने अन्य बस्तु वा सेवाको व्यवसायी आफैले खरिद, उत्पादन, निष्कासनपैठारी तथा निकासी, विक्री वितरणा गरी सो वापत लाग्ने अन्तःशुल्कको दायित्व निर्धारण तथा  दाखिला गर्ने गरिन्छ ।

मिल्दैन । छोराको कारोबार स्वतन्त्र हैसियत (यस अवस्थामा अर्को छुट्टै ठाँउमा) हुने भएमा मात्र मिल्छ ।

पर्दैन । एउटै दर्ताको प्रमाणपत्रबाट जति पनि शाखा खोली कारोबार गर्न सकिन्छ ।

जुन स्थानमा शाखा कायम गरी कारोबार गर्ने हो सोही स्थानको स्थानीय तहमा व्यवसाय दर्ता गरी शाखा कायम गरीआफूँ दर्ता रहेको मूल आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा निवेदन दिई, कारोवारको शाखा रहेको स्थानको वहाल संझौता समेत राखी शाखा कायम गर्न सकिन्छ ।

पर्छ । एक दिनको भएपनि एक कर अवधि गणना हुने हुँदा विवरण बुझाउनु पर्दछ ।

मिल्दैन । तपाईंले एकलौटी व्यवसाय दर्ता नम्बर खारेजीको प्रक्रियामा लगी कम्पनी (प्रा.लि.) का लागि नयाँ दर्ता गर्नु पर्दछ ।

पर्दैन । तपाईंले कारोबार दर्ता गरेको निकायबाट कारोबार थपेको कागजातका आधारमा निवेदन दिई पहिलेकै दर्ता नं. प्रयोग गर्न सक्नुहुन्छ ।

स्वेच्छाले आफ्नो कारोबार दर्ता गराएको सानो कारोबार गर्ने व्यवसायीले कारोबार दर्ता गराएको मितिले एकवर्ष पुरा नभएसम्म स्वेच्छाले आफ्नो कारोबार दर्ता खारेजी गर्न पाउँदैन । दर्ता भएको एक वर्षपछि निवेदन दिई दर्ता खारेजी गराउन सक्नेछ ।

एब्ल् नलिएका व्यक्तिले पनि करयोग्य कारोवार गरेको भए आय विवरण पेश गर्न र कर तिर्नु पर्दछ । एब्ल् नलिंदैमा करको दायित्वबाट मुक्ति पाइंदैन । कर तिरेपछि सोको निस्सा (कर चुक्ता प्रमाण) पनि पाइन्छ । तर एब्ल् नलिंदा जरिवाना हुने, लिन अति सजिलो भएको र यसले करदातालाई नै फाइदा पुग्ने भएकोले एब्ल् लिनका लागि पनि आवेदन गर्नु अनिवार्य हुन्छ ।

तपाइको व्यवसाय एकलौटी हो भने आफ्नो दर्ता नम्बर अर्को व्यक्तिलाई दिन मिल्दैन, तपाईंले अर्को व्यक्तिलाई  कारोबार बिक्री गरी आफ्नो दर्ता खारेज गर्नुपर्दछ । अर्को व्यक्तिले नयाँ नम्बर लिई कारोबार गर्नु पर्दछ । कुनै कारोबार वा व्यवसाय बिक्री वा बन्द भएमा त्यसरी बन्द वा बिक्रीको अवस्थामा मौज्दातमा रहेको वस्तु पूंजिगत सामान समेत बजार मूल्यमा बिक्री भएको मानी प्रचलित दर अनुसार लाग्ने कर बुझाउनु पर्ने हुन्छ ।

दर्ता खारेजीको अवस्थामा मौज्दातमा रहेका वस्तु बिक्री भएको मानी कर तिर्नु पर्छ ।

तपाईंले प्रयोग गर्न चाहेको सफ्टवेयरको विस्तृत विवरण सहित कार्यालयमा निवेदन दिनुपर्दछ । कार्यालयबाट स्वीकृती प्राप्त गरेर मात्र लेखा कम्प्युटरमा राख्न पाईन्छ । सफ्टवेयरमा ऐनले तोकेको ढाँचामा खरिद खाता,बिक्री खाता राख्ने र कर बीजक जारी गर्ने व्यवस्था हुनु पर्दछ । एकपटक जारी भईसकेको बीजक मेट्न नमिल्ने हुनु पर्दछ । संशोधन गर्नु पर्ने भएमा डेबिट नोट वा क्रेडिट नोटका माध्यमले मात्र संशोधन गर्ने व्यवस्था हुनु पर्दछ ।

तपाइको व्यवसाय एकलौटी हो भने आफ्नो दर्ता नम्बर छोरालाई दिन मिल्दैन, तपाईंले छोरालाई कारोबार हस्तान्तरण गरी आफ्नो दर्ता खारेज गर्नु पर्दछ । छोराले नयाँ नम्बर लिई कारोबार गर्नु पर्दछ ।

मिल्दैन । कारोवार भए पनि नभए पनि तपाईंले आफ्नो कारोवारको कर अवधि पूरा भएपछि विवरण बुझाउनु पर्दछ ।

() अस्थायी रुपमा आयोजना गर्ने प्रदर्शनी, मेला तथा यस्तै प्रकृतिका कार्यक्रम गर्ने मूल्य अभिवृद्धि करमा दर्ता नभएकाले ऐनको दफा १०क. बमोजिम कारोबार दर्ता गर्न सम्बन्धित आयोजकको सिफारिस सहित सम्बन्धित आन्तरिक राजश्व कार्यालय वा करदाता सेवा कार्यालयमा निवेदन दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम निवेदन दिंदा त्यस्तो कार्यक्रमबाट प्राप्त हुने आयको पूर्वानुमान गरी सो आयको दुई प्रतिशतले हुने रकम सो कार्यालयमा धरौटी राख्नु पर्नेछ ।

(३) उपनियम (१) बमोजिम कुनै निवेदन प्राप्त भएमा आन्तरिक राजश्व कार्यालय वा करदाता सेवा कार्यालयका कर अधिकृतले त्यस्तो कारोबार मूल्य अभिवृद्धि करमा दर्ता गरी निवेदकलाई दर्ता नम्बर सहितको प्रमाणपत्र दिनु पर्नेछ ।

(४) उपनियम (३) बमोजिम दर्ता भएकाले प्रदर्शनी, मेला तथा यस्तै प्रकृतिका कार्यक्रम समाप्त भएको सात दिनभित्र कारोबार दर्ता गर्नेले सम्बन्धित आन्तरिक राजश्व कार्यालय वा करदाता सेवा कार्यालयमा मूल्य अभिवृद्धि कर विवरण र मूल्य अभिवृद्धि कर दाखिला गरी अस्थायी दर्ता खारेजीका लागि स्थायी लेखा नम्बरको सक्कल प्रमाणपत्र, अस्थायी दर्ता भएको अवस्थाको कर चुक्ता प्रमाणपत्र र आयोजकको सिफारिस सहित निवेदन दिनु पर्नेछ ।

(५) उपनियम (४) बमोजिम अस्थायी दर्ता खारेजीको निवेदन प्राप्त भएमा सम्बन्धित कर अधिकृतले करदाताले पेश गरेको मूल्य अभिवृद्धि कर विवरण तथा अन्य कागजात जाँचबुझ गरी पन्ध्र दिन भित्र अस्थायी दर्ता खारेज गरी सोको जानकारी निवेदकलाई दिनु पर्नेछ ।

(६) उपनियम (२) बमोजिम निवेदकले राखेको धरौटी उपनियम (४) बमोजिम बुझाउनु पर्ने मूल्य अभिवृद्धि करमा मिलान गर्न पाउनेछ ।

(७) उपनियम (५) बमोजिम जाँचबुझ गर्दा थप कर निर्धारण हुन गएमा निवेदकलाई कर दाखिला गर्न तीन दिनको सूचना दिइनेछ । सो अवधि भित्र निवेदकले कर दाखिला नगरेमा निजले धरौटी राखेको रकमबाट असुल गरिनेछ र सो रकमबाट पनि नपुगेमा बाँकी रकम आयोजकबाट असुल गरिनेछ ।

हुन्छ । अन्न, फलफुल, माल्ट वा त्यसका एसेन्स स्प्रिटमा मिसाई व्लेण्डिग गरी विभिन्न प्रकारका मदिरा तयार गर्न सकिन्छ । 

जुनसुकै ठाउँबाट इन्टरनेट मार्फत् फाराम डाउनलोड गरी अनलाईनबाट नै एब्ल् का लागि आवेदन गर्न सकिन्छ । यसरी अनलाईन आवेदन फाराम भर्दा प्राप्त भएको निस्सा (सब्मिशन नम्बर) लिई सम्बन्धित आ.रा.का.वा करदाता सेवा कार्यालयमा . सम्पर्क राख्नु पर्दछ । रोजगारी गर्ने व्यक्तिले आफ्नो रोजगारदाता मार्फत् पनि एभचकयललभ िएब्ल् का लागि आवेदन गर्न सक्दछन् ।  

मिल्छ । करदाताले आफू दर्ता हुंदाका बखत मौज्दातमा रहेका वस्तुमा लागेको कर कट्टी गर्नको लागि नियमावलीको अनुसूची – १६ बमोजिमको ढांचामा कर अधिकृत समक्ष दरखास्त दिनु पर्छ । यसरी कर कट्टीको दावी गर्दा कर तिरेको बिजकहरु र अन्य प्रमाण कागजातहरु दर्ता भएको १५ दिनभित्र पेश गरी सक्नु पर्दछ । करदाताद्घारा गरिएको दावी उपर कर अधिकृतले छानविन गरी स्वीकृत भए पछि मात्र करदाताले कर कट्टीको सुबिधा पाउंदछ ।

विदेशी नागरिकले नेपालको प्रचलित कानून अनुसार नेपालमा उद्योग, व्यापार, पेशा, व्यवसाय, रोजगारी वा लगानी गर्दा एब्ल् लिनु पर्दछ । यसका लागि आवेदन गर्दा अन्य कागजातका अतिरिक्त निजको परिचय खुल्ने राहदानी वा सम्बन्धित कूटनैतिक नियोगद्धारा जारी गरिएको परिचय पत्र पेश गर्नु पर्दछ ।

चार प्रति निष्कासन माग फारम भर्नु पर्छ ।

तपाईंले कारोबार दर्ता गरेको निकायबाट कारोबारको स्थान परिवर्तन गराई आफू दर्ता रहेको कार्यालयमा निवेदन दिनु भएमा सो कार्यालयले बाँकी बक्यौता केही भए सो लिई फाइल सार्ने निर्णय गरी तपाईंको फाइल आ.रा.का. बिरगञ्ज पठाई सो को जानकारी विभागलाई दिनेछ ।

रेक्टिफाईड स्प्रिट वा ई.एनं.ए.उत्पादन गर्दा प्रत्येक महिनाको चुलाईमा प्रति क्विण्टल मोलासिसवाट न्यूनतम ६५ ओ.पी शक्तीको कम्तिमा २० लिटर रेक्टीफाईड स्प्रिट वा १९ लिटर ई.एनं.ए.उत्पादन गर्नु पर्ने र एनहाईड्र्स ईथानोल उत्पादन गर्दा प्रत्येक महिनाको चुलाईमा न्यूनतम ७२ ओ.पी. शक्तिको कम्तिमा १९ लिटर ईथानोल उत्पादन गर्नु पर्ने गरी प्रतिलब्धी दर कायम गरिएको छ । त्यसै गरी १०० लिटर रेक्टिफाईड स्प्रिटबाट ई.एन.ए. बनाउँदा न्यूनतम ९५ लिटर प्रतिलब्धी हुनु पर्छ । अन्नको दानाबाट रेक्टिफाईड स्प्रिट वा इ.एन.ए. उत्पादन गर्ने इजाजतपत्रवालाले भन्सार शीर्षक १०.६ अन्तर्गत पर्ने अन्न (चामल, कनिका) बाट प्रत्येक महिनाको चुलाईमा प्रति क्वीन्टल ६६ ओ.पी. शक्तिको कम्तीमा ४० लिटर रेक्टिफाईड स्प्रिट वा ३८ लिटर इ.एन.ए. र चामल बाहेकका अन्य अन्नबाट प्रति क्वीन्टल ६६ ओ.पि. शक्तिको कम्तीमा ३७ लिटर रेक्टिफाईड स्प्रिट वा ३५.१५ इ.एन.ए. उत्पादन गर्नु पर्ने व्यवस्था रहेको छ । त्यसै गरी फलफूलबाट वाइन उत्पादन गर्ने इजाजतपत्रवालाले प्रत्येक महिनाको चुलाईमा प्रति किलो फलफूलबाट १२ प्रतिशत अल्कोहलको मात्रा भएको १.५ लिटर वाइनका उत्पादन गर्नु पर्ने व्यवस्था छ । सो बाहेक अन्य वस्तुबाट रेक्टिफाईड स्प्रिट वा इ.एन.ए. उत्पादन गर्न चाहेमा विभागले तोके बमोजिम ढाँचामा विभागमा निवेदन दिनु पर्नेछ । Dried tapioca chips (cassava) सिमल तरुलबाट रेक्टिफाइड स्प्रिट उत्पादन गर्दा एक क्विन्टल Dried tapioca chips (cassava) बाट ६६.५ ओ.पि. शक्तिको २९.९४५ लिटर रेक्टिफाइड स्प्रिट उत्पादन गर्नुपर्ने गरी प्रतिलब्धि दर तोकिएको छ । 

मोलासिस, सख्खर, अन्न, फलफूल वा कुनै पनि स्टार्च युक्त बस्तु तथा मर्चा कच्चा  पदार्थको रुपमा प्रयोग गरी मदिरा उत्पादन गरिन्छ ।

मोलासेस, स्प्रिट लगायतका कच्चा पदार्थको उचित संरक्षणको प्रवन्ध नगरी हानी नोक्सानी भएमा सो वापत त्यस्तो ईजाजतपत्रवालाले उत्पादन गर्ने मदिरा तर्फको उच्चतम दरवन्दी अनुसार लाग्ने राजस्व इजाजतपत्रवालावाट अशुल हुन्छ ।

मदिरा उत्पादन प्रक्रिया समाप्त भए पछि त्यस्तो मदिरा राखिएको प्रत्येक वोतलमा व्याच नम्बर, सिलसिलेवार नम्वर, उत्पादन मिति, उत्पादन गर्ने इजाजतपत्रवालाको नाम, ट्रेडमार्क र शक्ति लेखिएको लेवल टाँस गर्नु पर्छ । 

अन्तःशुल्क टिकट प्रयोग गर्ने सिलसिलामा च्यातिएमा, विग्रीएमा अन्तःशुल्क अधिकृत वा निजले खटाएको कर्मचारीले भौतिक परीक्षण गरी प्रमाणित गरेको आधारमा कार्यालयले त्यस्ता अन्त:शुल्क टिकटको नमूना संलग्न राखी मिनाहा दिन र सोहि संख्या वरावर सोहि वर्गको नँया स्टिकर साधभर्ना स्वरुप उपलव्ध गराउन सक्छ । 

उत्पादकले मदिरा विक्री गर्दा मदिरा खरीद/विक्री गर्ने ईजाजतपत्र प्राप्तकर्तालाई मात्र गर्नु पर्छ ।  त्यसरी  विक्री गर्दा ईजाजतपत्रमा उल्लेख भएका शर्तको अधिनमा रहेर मात्र विक्री गर्नु  पर्नेछ ।

सूचनाको सत्यताको आधारमा विभागले तोके बमोजिम बढीमा १० हजार रुपैयाँ सम्म सुराकी प्रोत्साहन खर्च दिन सकिने छ ।

मदिरा उत्पादन गर्ने ईजाजतपत्रवालाले (मोलासिस वा खुदो) स्टिल टेंक वा छाना भएको तथा नचुहिने पक्कि खाडल (Pit)  मा र (स्प्रिट) गेजीङ गरिएको स्टिल टेंक वा काठको भ्याट वा HDPE टेंकमा राखी नोक्सानी नहुने गरी संरक्षण गर्नु पर्दछ ।

आन्तरिक राजस्व विभागबाट स्वीकृति लिनु पर्छ । 

मदिरा उत्पादन गर्ने ईजाजतवालाले मोलासिसबाट चुहान भएको मदिराको परिमाण र  शक्ति  समेत खुलाई अनुसूची १० र मदिरा विक्री र सो बाट प्राप्त हुने अन्तःशुल्कको फाँटवारी अनुसूची ११ बमोजिमको ढाँचामा विबरण बनाई राख्नु पर्छ । साथै मदिरा  बनाउन प्रयोग गरेको अन्न र फलफूलको हिसाब राखी त्यसबाट उत्पादन भएको  मदिराको विबरण तयार गरी प्रमाणित गराई राख्नु पर्छ ।

सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालय वा आन्तरिक राजस्व  विभागमा सम्पर्क राखेमा यस सम्बन्धी जानकारी पाईन्छ ।

सार्वजनिक परिपत्रका विषयवस्तुमा चित्त नबुझे कानूनी उपचारमा जान सक्नु हुन्छ । सार्वजनिक परिपत्रको अन्तर्वस्तुसँग सहमत हुन नसकेमा कानूनी उपचारको बाटो प्रयोग गर्नु पर्दछ । कानूनी उपचारको जरियामा निर्णय नभए सम्म मान्न बाध्य हुनु पर्दछ ।

पूर्वादेश माग गरेको ४५ दिनभित्र बिभागले उपलब्ध गराउनु पर्ने कानूनी व्यवस्था छ ।

अन्तःशुल्क लाग्ने वस्तु उत्पादन गर्ने प्रतिष्ठानले महिना भरी भएको कारोबारको  तोकिए  बमोजिम तयार गरिने विबरण लाई मास्केवारी भनिन्छ । प्रत्येक महिनाको मास्केवारी प्रत्येक महिना समाप्त भएको मितिले २५ दिनभित्र कार्यालयमा पेश गर्नु पर्छ ।

 त्यस्तो भुक्तानीमा १.५ प्रतिशतले कर कट्टी गर्नुपर्दछ ।  

करदाता भन्नाले मू.अ.कर लाग्ने कारोबारमा संलग्न रहेका प्राकृतिक व्यक्ति वा निकाय दुवैलाई बुझाउँदछ । त्यस्तै व्यक्ति भन्नाले प्राकृतिक व्यक्ति तथा निकाय दुवैलाई बुझाउँदछ ।

मू.अ.कर प्रयोजनका लागि करदाता हुनको लागि मूख्य गरी दुई वटा आधार महत्वपूर्ण हुन्छन् । पहिलो कारोबार गर्ने वस्तु वा सेवाको प्रकृति र दोस्रो कारोबार रकम । तसर्थ मू.अ.करमा कारोवारको प्रकृति करयोग्य हो ? होइन ? र त्यस्तो कारोवारको सिमा वा कारोबार रकम महत्वपूर्ण हुने हुँदा कुनै पनि व्यक्तिले उक्त कारोबारबाट मूनाफा आर्जन गर्ने वा नगर्ने जे सुकै उद्देश्य राखे पनि फरक पर्दैन । मू.अ.कर ऐनले करछुट हुने वस्तु वा सेवा भनी किटान गरेको वस्तु वा सेवा वाहेक अन्य सवै वस्तु वा सेवाको कारोबार गर्ने व्यक्तिले कुनै निश्चित अवधीमा कानूनले निर्धारण गरेको कारोबार रकम (थ्रेसहोल्ड) भन्दा वढीको कारोबार गरेमा त्यस्ता व्यक्तिहरु करदाता हुन र त्यस्ता व्यक्तिहरु मू.अ.कर प्रयोजनका लागि अनिवार्य रुपमा दर्ता हुनु पर्दछ ।

हुदैंन । तोकिएको राजस्व शीर्षक र बैंकमा नै बुझाउनु पर्दछ ।

मूल्य अभिवृद्धि कर (VAT) वस्तु र सेवाको उपभोगमा लाग्ने अप्रत्यक्ष कर हो । करयोग्य वस्तु  तथा सेवाको उत्पादन, पैठारी तथा वितरणका विभिन्न तह र चरणहरुमा हुने मूल्य अभिवृद्धिको तहमा लाग्ने कर भएकाले नै यसलाई मूल्य अभिवृद्धि कर भनिएको हो । 

कर रकम बुझाउन तोकिएका बैँकहरू र निश्चित सीमा भन्दा कम रकमको हकमा आन्तरिक राजस्व कार्यालयहरु तथा करदाता सेवा कार्यालयहरुमा र आ.रा.का. नभएको जिल्लाका करदाताले १५ गते भित्र को.ले.नि.का.मा  मू.अ.कर रकम दाखिला  गर्न सक्नेछ ।

१३ प्रतिशत ।

  • कानूनको परिपालना ।
  • करकट्टी पाईने कारणले अन्यसँग प्रतिस्पर्धा गर्न सकिन्छ ।
  • सरकारी कार्यालयसँग कारोबार गर्न पाईने हुँदा व्यवसाय विस्तार हुन्छ ।

मूल्य अभिवृद्धि करमा दर्ता भएको व्यक्तिलाई ठेक्का वा करारको भुक्तानी गर्दा अग्रिम कर कट्टी गर्ने छुट्टै व्यवस्था छैन, अरु सरहनै गर्नुपर्छ ।

मूल्य अभिवृद्धि करमा दर्ता भएको सेवा प्रदायक वासिन्दा व्यक्तिलाई भुक्तानी गर्ने सेवा शुल्कमा समान रुपमा १.५ प्रतिशतका दरले अग्रिम कर कट्टी गर्नुपर्दछ ।

तपाईंले आय विवरणसाथ संलग्न गर्नुपर्ने अनुसूची १० मा कर दावी महलमा अन्य विवरणका अतिरिक्त  e-TDS को Transaction Number मात्र राखे पुग्छ, अन्य कागजात (भौचर, अग्रिम कर कट्टी फाराम) संलग्न गर्नु पर्दैन ।

Username, Password प्राप्त गर्न सम्बन्धित ठूला करदाता कार्यालय वा आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क गर्नुहोस । त्यसपछि,

    • Mozilla Firefox वेव व्राउजर प्रयोग गरी ird.gov.np पेजलोड गर्नुहोस ।
    • होमपेजमा भएको taxpayer portal क्लिक गर्नुहोस ।
    • तत् पश्चात प्राप्त हुने screen मा e-TDS Folder लाई छनौट गर्नुहोस ।
    • तत् पश्चात e-TDS मेनुमा क्लिक गर्नुहोस ।
    • Withholdee Login मा क्लिक गर्नुहोस ।
    • Username, password राखी आफ्नो विवरण हेर्नुहोस।

हुँदैन । किनभने एब्ल् नलिई उद्योग व्यापार पेशा व्यवसाय संचालन गरेमा आयकर ऐन, २०५८ को उल्लघंन हुन गई दण्ड जरिवानामा समेत परिन्छ । तसर्थ उद्योग व्यापार पेशा व्यवसाय थालनी गर्नु अगावै एब्ल् का लागि आवेदन गरी एब्ल् लिई सक्नु पर्दछ । 

एब्ल् लिन आवेदन गर्दा इन्टरनेटका माध्यमबाट वा अरुलाई मञ्जुरीनामा दिएर पनि आवेदन गर्न सकिन्छ तर एब्ल् कार्ड लिंदा आफू करदाताले (निकायको हकमा अधिकृत व्यक्तिले) दस्तखत गर्नुपर्ने हुँदा स्वयं उपस्थित हुनु पर्दछ ।

स्वीकृत औषधि उपचार खर्च वापत बढीमा रू. ७५०।– सम्म कर मिलान गर्न पाइन्छ । स्वीकृत औषधि उपचार खर्चको प्रमाण पेश गर्नुपर्दछ ।

यदि तपाईंको कर कट्टी गर्ने व्यक्तिले e-TDS मार्फत अग्रिम करकट्टीको विवरण बुझाएको रहेछ भने तपाईं आफैंले विद्युतीय प्रणाली (Internet) बाट हेर्न सक्नुहुन्छ ।

करदाताको स्वयंकर निर्धारणको बिबरणहरुको द्रुत परीक्षण गर्दा दुरुस्त नपाएमा वा करदाताका बिबरणहरुमा बिभिन्न सूचकांकका आधारमा राजस्व जोखिमको अबस्था देखिएमा वा करदाताको कर सहभागिता न्यून भएमा मात्र थप बिस्तृत परीक्षण तथा अनुसन्धानका लागि छानिन सक्तछ । त्यस्तै आफ्नो आय बिबरणमा सही आयको घोषणा गर्ने, आयकर ऐन तथा निर्देशिकाले निर्दिष्ट गरेका बिबरणहरु अध्याबधिक राखेको अबस्थामा तपाईंको आय बिबरण पूर्ण कर परीक्षण र तथा अनुसन्धानको लागि छनौटमा पर्न सक्दैन । 

व्यवसायिक रुपमा कृषिको कारोवार गर्ने फर्म, कम्पनी, साझेदारी तथा संगठित संस्थाहरुले बाहेक अन्य व्यक्तिको कृषि आम्दानीमा कर लाग्दैन ।

दुई स्थानमा रोजगारी आय भएमा आय विवरण पेश गर्नु पर्दछ ।

सम्बन्धित कार्यालयमा सम्पर्क गरी उद्देश्य थप गर्न निवेदन दिनु पर्दछ ।

वार्षिक ४० लाख भन्दा कम पारिश्रमिक आय (एकपटकमा एउटा रोजगारदाताबाट मात्र रोजगारी आय भएको र चन्दा खर्च दावी नगरेको अवस्थामा) मात्र हुने प्राकृतिक व्यक्तिले आय विवरण बुझाउनु पर्दैन । रोजगारदाताले प्रत्येक महिनाको पारिश्रमिक रकमको भुक्तानीमा अग्रिम कर कट्टीको माध्यमले कर कट्टी गरी दाखिला गर्नु पर्दछ । तर वार्षिक ४० लाख भन्दा वढी पारिश्रमिक आय आर्जन गर्ने व्यक्तिले D-4 को आय विवरण भर्नु पर्दछ ।

पर्दैन । प्रत्येक शाखाको विवरण जोडी आफू दर्ता भएको आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयहरुमा कर विवरण बुझाउनु पर्दछ ।

राजस्वन्यायाधिकरणको फैसलामा पनि चित्त नबुझे सर्वोच्च अदालत समक्ष अनुमति लिई पुनः पुनरावेदन जान सकिन्छ । यस्तो पुनरावेदनमा जान अधिकार क्षेत्रको प्रश्न, गम्भीर कानूनी त्रुटिको प्रश्न वा बुझन् पर्ने प्रमाण नबुझेको वा बुझ्नु नपर्ने प्रमाण बुझेको अवस्था हुनु पर्दछ । सर्वोच्च अदालतले गरेको फैसला नजीर हुन्छ र Case Law को रुपमा उस्तै प्रकृति र अवस्थाको अरु मुद्दाको फैसलाको हकमा पनि सबै तल्लो न्यायिक निकाय वा आन्तरिक राजस्व विभाग मान्न बाध्य हुन्छन् । 

तपाईको सूचनाको आधारमा असूल उपर गरिएको करको रकम मध्ये तपाईले पेश गरेको प्रमाणको आधारमा थप असुल भएको कर रकमको २० प्रतिशत बराबरको रकम पुरस्कार पाउन सक्नु हुन्छ । पुरस्कार पाउने व्यक्ति एकभन्दा बढी भएमा पुरस्कारको रकम समानुपातिक रुपमा दिइनेछ ।

बील बिजक जारी गर्दा आफ्नो एब्ल् साथै सामान खरीद कर्ता व्यवसायीको एब्ल् को उल्लेख गर्न पनि अनिवार्य हुन्छ । यसबाट बिक्रेता र खरीदकर्ताको कारोबार मिलान गर्न सहज र सम्भव हुन्छ । आफ्नो व्यवसायिक कारोबारको यथार्थ चित्रण प्रस्तुत गर्नेुपर्ने भएकोले बिक्रेताले बिक्री बिलमा एब्ल् उल्लेख गर्नु पर्दछ । यसले ग्राहकलाई तपाईंको व्यवसायको पहुचमा रहिरहन समेत सघाउने गर्दछ ।

पर्दैन । Good For Payment चेकबाट म्याद भित्रै बुझाएको कर रकम जुनसुकै मितिमा debit गरेको भएपनि चेक बुझाएको दिनलाई गणना गरिने हुँदा थप दस्तुर, व्याज तिर्नु पर्दैन ।

तपाईंले VAT मात्र दर्ता  खारेज गर्नु भएको हो भने VAT दर्ताका लागि निवेदन दिनुपर्दछ । तर स्थायी लेखा नम्बर (PAN)  पनि स्थगन गराउनु भएको छ भने पुरानो स्थायी लेखा नम्बर (PAN) राखी दर्ताका लागि सबै प्रक्रिया पुरा गर्नु पर्दछ ।

मदिराजन्य पदार्थहरु (मदिरा, वाईन, वियर, स्प्रिट लगायत) तथा सूर्तीजन्य पदार्थहरु (चुरोट, विंडी, खैनी, गुट्खा पानपराग, पानमसला वा अन्य यस्तै पदार्थहरु) को उत्पादन, आयात तथा विक्री वितरणको कारोबार गर्नु अगाबै इजाजत पत्र लिनु पर्दछ । चुरोट तथा अन्य सूर्तीजन्य पदार्थहरु बाहेकका स्वयंनिष्कासन प्रणाली अन्तर्गतका वस्तुहरु जस्तै मार्वल, टायलटेलिभिजन, मोटरसाइकल, कुरकुरे, सिमेन्ट, फलामे डण्डि, पेन्टस, प्लाष्टिकका  सामानहरुको उत्पादन गर्नु अगावै इजाजत पत्र लिनु पर्दछ । तर यस्ता वस्तुको विक्री वितरणको कारोवार गर्नको लागि इजाजत पत्र लिनु पर्दैन ।

तपाईंले सम्वन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा र उक्त कार्यालय नभएको जिल्लाहरुमा  कोष तथा लेखा  नियन्त्रक कार्यालयमा गई इजाजतपत्र लिनु पर्दछ । 

तपाईंले आ.रा.का.पोखरामा सम्पर्क गरी पुरानो स्थायी लेखा नम्बर (PAN)  राखी दर्ताका लागि सबै प्रक्रिया पूरा गर्नु पर्दछ ।

निजी आवादी वा सामुदायिक वनको काठ व्यापारिक प्रयोजनको लागि बिक्री गरेमा रोयल्टी नलाग्ने भए पनि राष्ट्रिय वनको काठ सरह नै कर लाग्छ ।

तुरुन्तै प्राप्त गर्न सकिन्छ । 

एब्ल् का लागि आवदेन गर्न सहयोगका लागि विभागले ब्रोसियर÷निर्देशिका बनाएको छ । यस्तो ब्रोसियर÷निर्देशिका धधध।ष्चम।नयख।लउ मा पनि उपलब्ध छ र तपाई नजिकको आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा पनि यो उपलब्ध हुन्छ । तपाईले प्राप्त गर्नुभएको ब्रोसियर÷निर्देशिका अध्ययन गरी सजिलै फाराम भर्न सकिन्छ । साथै आ.रा.का. तथा क.से.का.हरुमा रहेको हेल्पडेस्क, धधध।ष्चम।नयख।लउ को वेबसाईट र उद्योग वाणिज्य महासंघहरुबाट समेत थप जानकारी र सहयोग लिन सकिन्छ ।

एब्ल् लिनको लागि भर्नुपर्ने निवेदन फारामको ढाँचा धधध।ष्चम।नयख।लउ को वेबसाइटबाट डाउनलोड गरी प्राप्त गर्न सकिन्छ । साथै आन्तरिक राजस्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु, आन्तरिक राजस्व विभागबाट स्था.ले.नं. जारी गर्न स्विकृति प्राप्त उद्योग बाणिज्य संघहरु लगायतका निकायहरुबाट समेत प्राप्त गर्न सकिन्छ ।  

यदि तपाईले दाखिला गर्नु पर्ने कर भन्दा बढी दाखिला भएको अबस्थामा कर फिर्ता दाबि गर्न सकिन्छ । कर फिर्ता ढिलो पाउँदा पनि आफुले कर ढिलो बुझाउँदा तिर्ने ब्याज कै दरले अर्थात् वार्षिक १५ प्रतिशतका दरले ब्याज थप गरेर फिर्ता पाईन्छ । यसको दाबि चाँही भएको हुनु पर्दछ । 

गत वर्षको भौचर केन्द्रीय हिसाब मिलान नगरुन्जेल सम्म (ढिलोमा यस आ.ब.को आश्विन मसान्त भित्र) सच्याउन निवेदन दिनु भएमा मात्र परिवर्तन गर्न मिल्छ । अन्यथा मिल्दैन । यस अवस्थामा आयकर वापत रकम बुझाई मूल्य अभिवृद्धि करको रकम आगामी कर अवधिमा मिलान गर्नु पर्ने हुन्छ ।

तपाइले चलाएको अबधिको सबै अन्तःशुल्क चुक्ता गरी अन्तःशुल्क ईजाजतपत्र फिर्ता गरी खरिद गर्ने व्यक्तिको नाउँमा दर्ता गरी छुट्टै इजाजतपत्र लिई व्यबसाय संचालन गर्नु पर्छ । इजाजतपत्र नामसारी हुँदैन ।

सकिदैन । पूर्वादेश जसको लागि जारी भएको हो त्यसैलाई मात्र लागु हुन्छ ।

सबै कर अग्रिम करको रुपमा तिरी सकेको भए पनि यस्तो अग्रिम कर अन्तिम रुपमा लाग्ने कर नभएको अवस्थामा (जस्तै बासिन्दा प्राकृतिक व्यक्तिले व्यवसायसंग असम्बन्धित भाडा, ब्याज, लाभांश, पारिश्रमिक आयमा लाग्ने कर बाहेकको कर) सम्बन्धित करदाता व्यक्तिले आय विवरण बुझाउनु पर्दछ । आय विवरण नबुझाउँदा शुल्क तिर्नुपर्ने हुन्छ । आय बिबरण सहित कर पनि बुझाउन बाँकी भएमा १५ प्रतिशतका दरले व्याज लाग्दछ । 

कार्यालयले दर्ता खारेज भएको जानकारी नदिएसम्म दर्ता खारेज भएको मान्न मिल्दैन । दर्ता खारेजीको निवेदन दिएको १५ दिनभित्र आफनो कारोवारको लेखा परीक्षणको लागि कागजातहरु पेश गर्नु पर्दछ ।

तपाईंले दर्ता खारेजीको अवस्थामा भर्नुपर्ने कर विवरण  (अनुसूची –११) भरी बुझाइ आन्तरिक राजस्व विभागको कम्प्युटर प्रणाली -ITS_ बाट रजु -verify_ गराई सक्नु भएको छ भने विवरण बुझाइ रहनु पर्दैन । तर दार्ता खारेजीको लागि कार्यालयले दर्ता खारेज गरी निस्सा दिनु पर्दछ । त्यस्तो निस्सा वा जानकारी दिएको छैन भने कार्यालयमा सम्पर्क गर्नु होला ।

तपाईंले दर्ता खारेजीको अवस्थामा भर्नु पर्ने कर विवरण (अनुसूची –११) भरी बुझाइ सक्नु भएको छ भने विवरण बुझाइ रहनु पर्दैन । तर कार्यालयले दर्ता खारेज भएको जानकारी नदिएसम्म दर्ता खारेज भएको मान्न मिल्दैन ।

कुनै आर्थिक बर्षमा एक पटकमा एउटा मात्र रोजगारदाताकोमा रोजगारी गरी सो रोजगारीको मात्र आय हुनेले आय विवरण पेश गर्नु पदैन । तर रु.४० लाख भन्दा बढी बार्षिक आय हुने प्राकृतिक व्यक्तिले अनिवार्य रुपमा आय विवरण पेश  गर्नु पर्दछ । 

पैठारी गरिएको बस्तुको भंसार महसूल प्रयोजनको लागि निर्धारण गरिएको मूल्यमा भंसार महसूल समेत थप गरी कायम हुन आएको रकमलाई आधार मानी भन्सार अधिकृतले अन्तःशुल्क निर्धारण गर्दछ । 

 प्रोप्राइटरसीप फर्म (एकल प्राकृतिक व्यक्तिको स्वामित्वमा रहने) र कम्पनी (छुट्टाछुट्टै व्यक्तिको स्वामित्वमा रहने) भएकोले प्राइभेट लिमिटेड कम्पनीले (एकल प्राकृतिक व्यक्तिको स्वामित्वमा रहे पनि, छुट्टै कानूनी व्यक्ति भएकोले) छुट्टै एब्ल् लिनु पर्दछ ।  

आफ्नो कारोवार बारे सबभन्दा बढी जानकारी र ज्ञान करदाता स्वयंलाई नै हुने हुँदा आयकर ऐन, २०५८ ले पूर्णतया स्वयं कर निर्धारणको व्यवस्था गरेको छ  अर्थात् यो व्यवस्था ऐच्छिक होइन । आवश्यकता अनुसार वित्तीय वा कर लेखा परीक्षकद्वारा प्रमाणीकरण समेत गरी विवरण र फाँटवारीहरु पेश गर्नु पर्दछ । साना र मझौला करदाताका लागि (खास गरी प्राकृतिक व्यक्तिका लागि) सरलीकृत विवरणहरु, पूवानुमानित कर तिर्न छनौट गर्न पाइने र अन्तिम रुपले अग्रिम कर कट्टी भई दाखिला हुने र आय विवरण पेश गर्नु नपर्ने व्यवस्था पनि गरिएको छ । तर विभाग स्वयंले स्वयं कर निर्धारणको सट्टा न्यायोचित आधारमा कर निर्धारण गर्दैन । स्वयं कर निर्धारणको विवरण बुझाउनु पर्ने करदाताले यस्तो विवरण नबुझाए पनि बुझाउनु पर्ने समय (आगामी आ.ब. को असोज मसान्त) मा बुझाएको र कर दाखिला गरेको मानी विभागले आवश्यक छानबीन गरी संशोधित कर निर्धारण भने गर्न सक्दछ । यस्तो अवस्थामा विवरण वा कर दाखिला नगरे वापत छुट्टाछुट्टै ब्याज, शुल्क वा जरिवाना लाग्ने हुन्छ ।

घर भाडामा १० प्रतिशतले आयकर लाग्दछ । यस्तो कर प्राकृतिक व्यक्तिका लागि अन्तिम हुने व्यवस्था छ । बहालमा लगाउने कम्पनीहरुका हकमा भने आय विवरण पेश गरी स्वयंकर निर्धारण गर्नु पर्दछ । आ.व. २०७५।०७६ देखि प्रकृतिक व्यक्तिले घरभाडा स्थानीय तहले तोकेको दरमा स्थानिय तहमा बुझाँउनु पर्छ भने निकायको हकमा घरभाडाकै कारोबार गर्ने निकायले १०% का दरले आन्तरिक राजस्व कार्यालय/करदाता सेवा कार्यालयमा घरभाडा बुझाउनु पर्दछ ।

उही प्राकृतिक व्यक्ति हो भने ठाउँ वा कारोवारको प्रकृति बदलेपनि पुनः एब्ल् लिई राख्नु पर्दैन । तर परिवर्तन सम्बन्धी सूचना सम्बन्धित आन्तरिक राजस्व कार्यालय (आफुले एब्ल् लिएको आ.रा.का तथा करदाता सेवा कार्यालय) मा दिई आफ्नो अभिलेख अद्यावधिक गराउनु पर्दछ । काठमाण्डौमा आई पूनः उद्योग व्यवसाय सूचारु गर्नुपरेमा व्यवसाय गर्न छनौट भएको स्थान अन्तरगतको क्षेत्रमा पर्ने आन्तरिक राजस्व कार्यालय ÷करदाता सेवा कार्यालयम निवेदन दिई एब्ल् लाई च्भबअतष्खबतभ गर्नुपर्दछ ।

मैले के गर्नु पर्दछ ?  तपाईंले सोही नम्बर प्रयोग गर्नका लागि व्यवसाय दर्ता गरी व्यावसायिक स्थायी लेखा नम्बरमा परिवर्तनका लागि आवश्यक कागजात सहित कारोवार स्थलसंग सम्वन्धित आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयहरुमा निवेदन दिनु पर्दछ ।

तपाईंले सोही नम्बर प्रयोग गर्नका लागि व्यवसाय दर्ता खारेज वा स्थगन गरी व्यक्तिगत स्थायी लेखा नम्बरमा परिवर्तनका लागि आवश्यक पर्ने कागजातहरु सहित कारोवार स्थलसंग सम्वन्धित आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयहरुमा निवेदन दिनु पर्दछ ।

विद्यालय संचालकले मुनाफा/लाभको रुपमा विद्यालयबाट आय आर्जन गरी जीविकोपार्जन गरेको रहेछ भने, संचालकलाई अरु करदाता सरह यस्तो मुनाफा/लाभमा कर लाग्दछ । यसका लागि आय विवरण पेश गरी स्वयंकर निर्धारण गरी कर दाखिला गर्नु पर्दछ । विद्यालय संचालकले प्रधान अध्यापकको रुपमा वा प्रमुख कार्यकारीको रुपमा कुनै पारिश्रमिक लिएको रहेछ भने, त्यस्तो आयमा रोजगारीको आय सरह अग्रिम कर कट्टी गरी राजस्व दाखिला गर्नु पर्दछ ।

फ्लो मिटरले देखाएको परिमाण भन्दा बोतल काउण्टरले देखाएको मौजदातको बढीमा  १.५ प्रतिशत सम्म र पाश्चराईजेशन, प्याकेजिंग तथा भण्डारण गर्दा हुने टुटफूट वा विगे्रको  वियरको बढीमा दुई प्रतिशतसम्म मौज्दात कमिको मिन्हा हुन सक्नेछ । 

रोयल्टी भुक्तानीमा १५ प्रतिशतका दरले अग्रिम कर कट्टी गर्नुपर्दछ । तर भुक्तानी प्राप्त गर्ने व्यक्ति दोहोरो कर उन्मुक्ति सम्बन्धी संझौता भएको देशको व्यक्ति भए संझौतामा लेखिएको दरमा कट्टी गर्नुपर्दछ ।

मदिरा उत्पादन गर्ने ईजाजतपत्रवालाले आफूसंग रहेको मदिराको मौजदातमा  वाष्पिकरण, दुर्बोधिकरण, चुहावट वा बोतलबन्दी गर्दा कमी हुन आएमा १ प्रतिशत सम्म कमि भएमा मासिक विबरणमा उलेख गरी मिन्हाको लागि अन्तःशुल्क अधिकृत समक्षपेश गर्नु पर्छ र सो पेश भएको विबरण अन्तःशुल्क अधिकृतले तीस दिन भित्र  जाँच गरी मौज्दातमा भएको कमीको मनासिब माफिकको कारण भएमा एक  प्रतिशतसम्म मौजदात कमी मिन्हा दिन वा नदिने निर्णय गर्न सक्छ ।

यदि कसैको २ वटा घर भए उसको निजी भवनको रुपमा कुनै एकलाई करदाता आफैले छनौट गर्न पाउँदछ ।

गैर वासिन्दा व्यक्तिलाई  वाहेक अन्यलाई रोयल्टी भुक्तानीमा गरिने अग्रिम कर कट्टी अन्तिम हुँदैन । मिलान गर्न पाइन्छ ।

पूर्वानुमानित करको रकम आफू दर्ता भएको आ.रा.का. तथा करदाता सेवा कार्यालयहरुमा र भाडाको सवारी साधनको हकमा यातायात व्यवस्था कार्यालयमा बुझाउनु पर्दछ । नगद रकम बैंक दाखिला गरी भौचर सहित सरलिकृत आय विवरण सम्बन्धित आ.रा.का. तथा करदाता सेवा कार्यालयहरुमा. बुझाउनु पर्दछ । बिद्युतीय माध्यमबाट पनि बिभागको www.ird.gov.np मा गई Taxpayer portal मा गएर online को माध्यमवाट ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयहरुमा नगई बिबरण दाखिला गर्न सकिन्छ ।

यो प्रणाली अन्तर्गत उत्पादन, पैठारी तथा विक्री वितरण हुने बस्तु तथा सेवाको हकमा  अनुसूची १३ बमोजिम विजक जारी गर्दाको बखत नै लाग्ने अन्तःशुल्क उल्लेख गरी  असूल गर्नु पर्छ ।

  • राजस्व न्यायाधिकरण, काठमाडौं :- काठमाडौं उपत्यका भित्रका तथा हेटौंडा, भरतपुर, सीमरा, बिरगन्ज र जनकपुर आ.रा.का.को कार्यक्षेत्र अन्तर्गतका करदाताहरु ।  
  • राजस्व न्यायाधिकरण विराटनगर :- भद्रपुर, दमक, विराटनगर, धरान, इटहरी र लहान आ.रा.का. को कार्यक्षेत्र अन्तर्गतका करदाताहरु ।
  • राजस्व न्यायाधिकरण पोखरा  :-  पोखरा, भैरहवा, बुटवल, कावासोती, वागलुङ्ग, दमौली र कृष्णनगर आ.रा.का.को कार्यक्षेत्र अन्तर्गतका करदाताहरु ।
  • राजस्व न्यायाधिकरण नेपालगंज  :- नेपालगन्ज, सुर्खेत, जुम्ला, दांग, धनगढी, महेन्द्रनगर, डडेल्धुरा आ.रा.का.को कार्यक्षेत्र अन्तर्गतका करदाताहरु ।

राजस्व न्यायाधिकरणको फैसलाको कार्यान्वय विभागले (आ.रा.का.ले) तुरुन्त गर्नुपर्दछ । राजस्व न्यायाधिकरणको वा अन्य अदालतको फैसला अनुसार दाखिला भई सकेको कर रकम फिर्ता गर्नुपर्नेमा कर दाखिला गरेको मितिले कर फिर्ता गरेको मितिसम्मको ब्याज तिर्नुपर्ने भएकोले पनि यथाशक्य छिटो यस्तो निर्णय कार्यान्वयन गर्नुपर्दछ । राजस्व न्यायाधिकरणले पुनः छानविन गरी कर निर्धारण गर्न आदेश दिएकोमा छानवीन गरी संशोधित कर निर्धारण गर्नु पर्दछ । 

प्रशासकिय पुनरावलोकनको निवेदन उपर भएको निर्णयमा चित्त नबुझ्ने व्यक्तिले राजस्व न्यायाधिकरणमा पुनरावेदन जान सक्दछ । साथै प्रशासकीय पुनरावलोकन हुन सक्ने निर्णय विभागको महानिर्देशकले गरेको भए त्यस्तो निवेदन उपर पनि सोझै (अर्थात् प्रशासकीय पुनरावलोकनको प्रकृयामा नगई) राजस्व न्यायाधिकरणमा पुनरावलोकन लाग्दछ ।

पर्छ । राजस्व न्यायाधीकरणमा पुनरावेदन दिंदा निर्धारित कर रकम मध्ये विवादरहित कर रकम  बुझाई विवादित कर रकम र जरिवानाको पचास प्रतिशत रकम धरौटी राख्न वा त्यस्तो रकम वापत वैंक प्रत्याभूती दिनु पर्नेछ । 

मिल्छ ।

रोजगारी आय मात्र हुने व्यक्तिको वार्षिक करयोग्य आयको आधारमा लाग्ने करलाई दामासाहीले मासिक रुपमा पारिश्रमिक भुक्तानी गर्दाको बखत रोजगारदाताले अग्रिम कर कट्टी गरी दाखिला गर्नुपर्दछ ।

रोजगारी आय हुने व्यक्तिको पारिश्रमिक भुक्तानी प्राप्त गर्दाका बखत रोजगारदाताले अग्रिम कर कट्टी गरी दाखिला गर्नुपर्दछ ।

रोजगारीको आय बाहेक श्रोतमा अन्तिम करको रुपमा कट्टी हुने भुक्तानीहरु (जस्तै घर बहाल, ब्याज, लाभांश, बैठक भत्ता, पटके रुपमा अध्यापन गरे वापतको भुक्तानी, अवकाश भुक्तानी, लगानी विमाको भुक्तानी) बाट हुने आय मात्र छ भने आय विवरण पेश गर्नु पर्दैन । सो बाहेक उद्योग, व्यापार, पेशा, व्यवसाय वा लगानीका अन्य आयहरु प्राप्त भएका छन् भने आय विवरण पेश गर्नु पर्दछ । 

रोजगारीको आय हुने व्यक्तिले पनि PAN लिनु पर्ने गरी आर्थिक वर्ष २०६६।६७ देखि व्यवस्था गरिएको छ ।एउटै मात्र रोजगारदाता भएको अवस्थामा व्यक्तिगत PAN लिनु पर्दछ । यस्तो PAN हुने व्यक्तिको रोजगारदाताले नै पारिश्रमिक भुक्तानी गर्दा कर कट्टी गरी दाखिला गरिदिने भएकोले आय विवरण पेश गर्नुपर्दैन । तर एकभन्दा बढी रोजगारदाता भएको अवस्थामा अन्तिम कर दायित्व यकिन गरी आय विवरण पेश गर्न पनि PAN लिनुपर्दछ ।

रोजगारीको आय हुने व्यक्तिले पनि एब्ल् लिनु पर्ने गरी आ.ब. २०६६।६७ देखि व्यवस्था गरिएको छ । एउटै मात्र रोजगारदाता भएको अवस्थामा व्यक्तिगत एब्ल् लिनु पर्दछ । यस्तो एब्ल् हुने व्यक्तिको रोजगारदाताले नै पारिश्रमिक भुक्तानी गर्दा कर कट्टी गरी दाखिला गरिदिने भएकोले आय विवरण पेश गर्नुपर्दैन । तर एकभन्दा बढी रोजगारदाता भएको अवस्थामा अन्तिम कर दायित्व यकिन गरी आय विवरण पेश गर्नु पर्ने भएकोले द्यगकष्लभकक एब्ल् लिनुपर्दछ । 

रोजगारीको आय हुने व्यक्तिले सवारी साधनको सुबिधा वापत नगद प्राप्त गरेको छ भने त्यस्तो प्राप्त सम्पूर्ण नगद रकम सो व्यक्तिको रोजगारीको आयमा समाबेश गर्नु पर्दछ ।   

रोयल्टी वापत अग्रिम भुक्तानी वा पेश्की प्रदान जे गरेको भएमा पनि भुक्तानी गर्दाका वखत नै अग्रिम कर कट्टी गर्नुपर्छ ।

प्रत्येक महिनाको पारिश्रमिक रकमको भुक्तानीसँगै वा पटके रकमको भुक्तानीमा अग्रिम कर कट्टीको माध्यमले पारिश्रमिक आयकर दाखिला गर्नु पर्दछ ।

प्रत्येक महिनाको पारिश्रमिक रकमको भुक्तानीसँगै वा पटके रकमको भुक्तानीमा अग्रिम कर कट्टीको माध्यमले पारिश्रमिक आयकर दाखिला गर्नु पर्दछ ।

वस्तु र सेवाको मूल्य छुट्टा–छुट्टै उल्लेख नगरी एकमुष्ट उल्लेख भएमा कुल मूल्यमा अग्रिम कर कट्टी गर्नुपर्छ ।

पाउँछ ।

प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा चालिस लाख रुपैया भन्दा बढी आय भएमा ऐनको दफा ९६ बमोजिम आय विवरण पेश गर्नु पर्ने छ सो भन्दा कम पारिश्रमिक आय मात्र हुने बासिन्दा व्यक्तिको एकपटकमा एउटा मात्र रोजगारदाता भए तथा चन्दा खर्च दावी नगरेको भए आय विवरण बुझाउनु पर्दैन । अन्य सबै अवस्थामा आय विवरण बुझाउनु पर्दछ ।

 रोयल्टी भुक्तानीमा अग्रिम कर कट्टी गर्नुपर्छ ।

  विजक जारी भए पछिको महिनाको पच्चिस दिन भित्र अन्तःशुल्क दाखिला गर्नु पर्छ ।

रु. १ करोड भन्दा बढी वार्षिक मुनाफा वा लाभ हुने व्यवसाय/लगानीको आय हुने करदाताले (पेशा व्यवसायीको हकमा रु. ५० लाख भन्दा बढी) कर लेखा परीक्षण गराई प्रमाणीकरण (सबै विवरण र अनुसूचीहरुको) गराउनु पर्दछ । यस्तो कर लेखापरीक्षक नेपाल चार्टर्ड एकान्टेन्ट्स संस्थामा सूचीकृत हुन्छन् । आन्तरिक राजस्वविभागले कर लेखापरीक्षकको स्वीकृति संम्बन्धी कार्य गर्दैन । तसर्थ आन्तरिक राजस्वविभागको  स्वीकृति चाहिदैन । 

वस्तु र सेवाको मूल्य छुट्टा–छुट्टै उल्लेख भई आएमा सेवाको मूल्यमा मात्र अग्रिम कर कट्टी गर्नुपर्छ ।

विजक भन्नाले अन्तःशुल्क ऐन बमोजिम मूल्य उल्लेख गरी दिइने विल, रसिद, पूर्जी वा भरपाई संझनु पर्दछ । 

वस्तु वा सेवा प्रदान भईसकेपछि दर्तावाल व्यक्तिले कर असूल नगरेपनि वा खरीदकर्ताले कर वापतको रकम भूक्तानी नगरेतापनि कर दायित्व सिर्जना हुने हुँदा कर संकलन गरेको सरह व्यवहार गर्नु पर्दछ ।

वस्तु वा सेवा प्रदान भईसकेपछि दर्तावाल व्यक्तिले कर असूल नगरेपनि वा खरीदकर्ताले कर वापतको रकम भूक्तानी नगरेतापनि कर दायित्व सिर्जना हुने हुँदा कर संकलन गरेको सरह व्यवहार गर्नु पर्दछ ।

पाउँछ ।

भुक्तानीकर्ता/रोजगारदाताले वार्षिक पारिश्रमिक आय प्रमाणित गर्नुपर्दछ ।

१० प्रतिशत कर दरले कर कट्टी गर्नुपर्छ ।

नेपाली बासिन्दा व्यक्तिको जहाँसुकैको आयमा पनि नेपालमा कर लाग्दछ तसर्थ बासिन्दा व्यक्तिले विदेशमा आर्जन गरेको आयमा पनि नेपालमा कर लाग्दछ । तर, विदेशमा तिरेको कर भने नेपालमा तिर्नु पर्ने करमा (नेपाली करको सरदर दरले हुने गणनामा नबढ्ने गरी) हिसाब मिलान गर्न वा खर्च लेख्न पाइन्छ ।

नेपालको करको औसत दरलाई निम्नानुसार बुझ्न सकिन्छ :-

करको औषत दर =  बिदेशी कर मिलान अघि जम्मा लाग्ने कर  x १००%

                                                            करयोग्य आय

विदेशी वा गैर वासिन्दा व्यक्तिलाई वायूयान मर्मत तथा अन्य ठेक्का वा करार बापतको रकम भुक्तानी गर्दा  ५ प्रतिशत र गैर वासिन्दा वीमा कम्पनीलाई प्रिमियम भुक्तानी गर्दा १.५ प्रतिशतका  दरले  अग्रिम कर कट्टी गर्नुपर्छ ।

गैर बासिन्दा व्यक्तिलाई बासिन्दा रोजगार कम्पनिले भुक्तानी गरिने कमिशनमा ५ प्रतिशतका दरले अग्रिम कर कट्टी गर्नुपर्दछ ।

यस्ता निकायलाई २० प्रतिशतका दरले कर लाग्दछ ।

 अनुमानित करको विवरण (Estimated Tax Return) भर्ने तरिका

  • Mozilla Firefox वेव व्राउजर प्रयोग गरी www.ird.gov.np पेजलोड गर्नुहोस  ।
  • होमपेजमा भएको Taxpayer Portal मा क्लिक गर्नुहोस ।
  • तत् पश्चात प्राप्त हुने Screen मा Estimated Return लाई छनौट गर्नुहोस ।
  • तत् पश्चात Estimated Return Entry  मेनुमा क्लिक गर्नुहोस ।
  • अनुमानित करको विवरण दाखिला गर्ने Submission No. प्राप्त गर्न आवश्यकता अनुसारको बक्समा युजरनेम, पासवर्ड, स्थायी लेखा नं. आर्थिक वर्ष (अनुमानित करको विवरण जहिले पनि चालु आर्थिक वर्षको हुन्छ त्यसैले चालु आर्थिक वर्ष छनौट गर्ने)  सम्पर्क न टाइप गरी Register Button मा क्लिक गर्नुहोस ।
  • तपाईलाई Submission No. प्राप्त भएको जानकारी प्राप्त हुने छ । अब Proceed Button मा क्लिक गरी आवश्यकता अनुसारको अनुमानित कारोबार विवरण र राजश्व दाखिला विवरण प्रविष्टि गरी Save Button मा क्लिक गर्नुहोस ।
  • यसरी Save भएको विवरण हेरफेर गर्नुपर्ने भएमा Estimated Return Folder मा भएको Estimated Return Login मेनुमा क्लिक गरी Submission No.  तथा Submission No. लिदा प्रयोग गरेको UsernamePassword Type गरी Login गरेर विवरणलाई पूर्ण  बनाउनहोस ।
  • आफुले प्रविष्टि (Entry) गरेका विवरणहरु सबै रुजु गरी ठीक भएमा Submit Button मा क्लिक गरी विवरण Submit भएको जानकारी प्राप्त गर्नुहोस  । 
  • यसरी विवरण Submit भै सकेकपछि त्यस पेजमा भएको SaveSubmit Button Disable भै Print Button मात्र Enable हुन्छ । 
  • अब Print Button मा क्लिक गरी विवरणहरु प्रिन्ट गरेर सम्बन्धित ठुला करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा गएर विवरण Verify गर्नुहोस वा आफैले Verify गर्ने Username  र Password प्राप्त गर्नु भएको छ भने आफै Verify गर्नुहोस् । 
  • तपाईले पेश गर्न चाहनु भएको विवरण Verify नभएसम्म विवरण पेश भएको मान्य हुदैन । अतः आफुले पेश गरेको विवरण तोकिएको समयमा नै सम्बन्धित कार्यालयमा गएर Verify गराउनुहोस् वा आफैले Verify गर्ने Username  र Password प्राप्त गर्नु भएको छ भने आफै Verify गर्नुहोस् । 

यदि तपाईंलाई सहयोगको आबश्यकता भएमा Help मेनुमा गई सहयोग लिन सकिन्छ ।

  • करदाताले आफुले पेश गरेको विवरण आफैले Verify गर्न सक्ने कर नीति अनुसार तपाईले आफै विवरण Verify गर्न सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा कर दाता सेवा कार्यालयमा गएर विवरण Self Verify को Username तथा Passwordलिनुहोस। 
  • यदी तपाईको Self Verify गर्ने Username तथा Password एउटै भएको खण्डमा विवरण भेरीफाइ हुदैन । तसर्थ विवरण भेरीफाई गर्नु पूर्व Taxpayer Portal को General Folder मा गइ Change Password मेनु खोली आफ्नो Password परिवर्नत गर्नुहोस । 
  • अब फेरी General Folder मा भएको Login मेनुमा क्लिक गरी Username तथा Password Type गरी Login गर्नुहोस र आवश्यकता अनुसारको Income Tax को Module छनौट गरी आफुले पेश गरेको विवरणको Submission No. छनौट गर्नुहोस ।

Login Menu बाट करदाताले आफुले पेश गरेका आयकर विवरणहरु अबलोकन तथा प्रिन्ट गर्न सक्नु हुनेछ । करदाताले पेश गरेको सम्पूर्ण विवरणहरु यसै पेजबाट हेर्न र आवश्यकता अनुसारको विवरणहरु Verify समेत गर्न सकिन्छ ।

१० वर्षभन्दा बढी समयसम्म स्वामित्वमा रहेको र बसोबास पनि गरेको (१० वर्षभन्दा बढी) घरजग्गा बिक्री गर्दा ‘करयोग्य सम्पत्ति’ नमानिने हुँदा कर तिर्नु पर्दैन । ५ वर्षभन्दा बढीको स्वामित्वको घरजग्गा विक्री गर्दा लाभ रकममा २.५ प्रतिशतले मात्र कर लाग्दछ र सोभन्दा कम समयको स्वामित्वको घरजग्गा विक्री गर्दा लाभ रकममा ५ प्रतिशतले कर लाग्दछ । 

  • करदाताले आफुले पेश गरेको विवरण आफैले Verify गर्न सक्ने कर नीति अनुसार तपाईले आफै विवरण Verify गर्न सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा गएर विवरण Self-Verify को Username तथा Password लिनुहोस् । 
  • यदि तपाईको Self-Verify गर्ने Username तथा Password एउटै भएको खण्डमा विवरण भेरीफाइ हुदैन । तसर्थ विवरण भेरीफाई गर्नुपूर्व Taxpayer Portal को General भित्र गई Change Password मेनु खोली आफ्नो Password परिवर्नत गर्नुहोस् । 
  • अब  General मा भएको Taxpayer Login मेनुमा क्लिक गरी Username तथा Password टाइप गरी Login गर्नुहोस र VAT,  Income Tax को Module छनौट गरी आफूले पेश गरेको विवरणको Submission Number छनौट गर्नुहोस् ।
  • आवश्यकता अनुसारको Previous Vat Due Amount टाइप गरी विवरण Verify गर्नुहोस ।  
  • यस Taxpayer Login मेनु बाट करदाताले आफुले पेश गरेका आयकर तथा मु.अ.करका विवरणहरु अबलोकन तथा प्रिन्ट गर्न सक्नु हुनेछ । करदाताले पेश गरेको सम्पूर्ण विवरणहरु यसै पेजबाट हेर्न र आवश्यकता अनुसारको विवरणहरु Verify समेत गर्न सकिन्छ । मू..करको ATR हेर्नका साथै तिर्नुपर्ने कर e-Payment को माध्यमबाट तिर्न वा भौचर तयार गर्न समेत सकिन्छ । 

आन्तरिक राजस्व कार्यालयबाट एक पटक User name password दर्ता गराए पुग्छ, पटक पटक User name password लिनुपर्दैन । सुरक्षाको लागि समय समयमा आफैले Password बदल्नु पर्दछ ।

हरेक पटक Submission Number लिँदा आफैले User Name तथा Password इन्ट्री गर्नु पर्दछ । एक पटक लिएको User name password नै सँधै प्रयोग गर्न सकिन्छ ।

ऐनको कार्यान्वयनको सिलसिलामा एकरुपता ल्याई प्रशासनलाई सरल बनाउन, विभाग वा अन्तर्गतका कार्यालयका अधिकृत लगायत यस ऐनबाट प्रभावित हुने व्यक्तिलाई मार्ग निर्देशन दिन विभागले यस ऐनमा भएका व्यवस्थाको सम्बन्धमा व्याख्या सहित लिखित सार्वजनिक परिपत्रहरु विभागको वेवसाईट र राष्ट्रियस्तरको पत्र पत्रिकामा प्रकाशन गर्न सक्दछ ।

वियर थोक खरीद विक्री गर्ने ईजाजतपत्र प्राप्तकर्तालाई मात्र ईजाजतपत्रमा  उल्लेखित शर्त तथा बन्देजको अधिनमा रहि विक्री वितरण गर्ने गरी विक्री गर्नु पर्नेछ ।

शुन्य दशमलव पाच प्रतिशत देखि आठ प्रतिशतसम्म अल्कोहलको मात्रा रहेको हुन्छ ।

प्रत्येक महिनाको २५ गते भित्र अधिल्लो महिनाको तोकिए बमोजिमका मासिक  विबरणहरु अनिबार्य रुपमा कार्यालयमा पठाउनु पर्नेछ ।

जौ (malt), हप्स (hops), पानी र मर्चा (yeast) को समिश्रण गरिएको हुन्छ ।

निष्काशन गर्नु पर्ने वियरको लाग्ने अन्तःशुल्क र अन्य कर तिरी चार प्रति माग फारम  भरी राजस्व तिरेको भौचर साथै राखी निष्कासन गर्ने स्वीकृतिका लागि ईकाई कार्यालय  मार्फत  अन्तःशुल्क अधिकृत समक्ष पेश गर्नु पर्छ । अन्तःशुल्क अधिकृतले सो माग  फारम बमोजिम निष्कासन गर्न स्वीकृति दिएपछि अन्तःशुल्क टिकट टाँस गरी निष्कासन गर्नु पर्नेछ ।